नेकपा सचिवालय बैठक भाेली बस्ने

नेकपा सचिवालय बैठक भाेली बस्ने

१९ असाेज, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन । तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो । आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।

भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने सापकोटाले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.