शहरी विकास मन्त्रालयको प्रस्ताव आएपनि अर्थ बाहेक अरुमा नजाने सुरेन्द्र पाण्डेको अडान

शहरी विकास मन्त्रालयको प्रस्ताव आएपनि अर्थ बाहेक अरुमा नजाने सुरेन्द्र पाण्डेको अडान

२० असोज, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले भने शहरी विकासमा नजाने बताएका छन् ।

अहिले मन्त्रिपरिषदमा शहरी विकास, सञ्चारसँगै अर्थ मन्त्रालय पनि खाली छ । पाण्डेले अर्थ मन्त्रालय चलाइसकेकाले अब शहरी विकासमा नजाने अडान लिएका छन् ।

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेको स्रोतले बताएको छ ।

दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा नयाँ मन्त्रीबारे थप छलफल हुने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.