प्रदेश ५ मा सत्तारुढ दलले पेल्न खोजेपछि तोडफोड : कांग्रेस नेता कनौडिया

प्रदेश ५ मा सत्तारुढ दलले पेल्न खोजेपछि तोडफोड : कांग्रेस नेता कनौडिया

२० असोज, काठमाडौं ।

नेपाली कांंग्रेसले प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दलले पेलेर आफ्नो निर्णय लाद्न खोज्दा तोडफोड भएको बताएकाे छ । प्रदेश सभामा प्रस्तुत भएको राजधानी र नामको प्रस्तावमाथिको छलफलमा बोल्दै  विपक्षी दलका नेता वीरेन्द्र कनोडियाले सत्तारुढ दलले बहुमतको आडमा पेलेर जान खोज्दा मुठभेड भएको प्रष्टिकरण दिएका हुन् ।

उनले भने- ‘यदि मुख्यमन्त्रीजीले ३ दिन यो प्रस्तावलाई छलफल गरेको भए यो परिस्थिति निर्माण नै हुने थिएन । उहाँहरु मुठभेडमा जानुभयो । बहुमतको दम्भमा पेलेर देखाउँछौं भनेर लाग्नुभयो । संख्यामा सानो होस् चाहे ५ जना होस् चाहे एकजना होस् विपक्षीको सधै‌ं सम्मान गर्नुपर्छ ।’

सरकारको अदूरदर्शिताका कारण संसदीय मर्यादा विपरीतका घटना भएको कनोडियाले बताए । प्रदेशसभामा संसदीय मर्यादा विपरीत भएको तोडफोडको काम दु:खद भएको उनले बताए ।

उनले मुख्यमन्त्री शंकर पोखरेलले नयाँ ठाउँमा राजधानी बनाए पनि बुटवल र रुपन्देहीको संवेदनशीलतालाई पनि साथै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएकाले आफूहरु प्रदेशसभामा छलफल गर्न तयार भएको पनि  बताए ।

तीन वर्ष अवधिमा प्रतिपक्ष भए पनि कुनै अवरोध नगरेर रचनात्मक रुपमा सहयोग गरेको उल्लेख गर्दै उनले भने, ‘राजधानीको विषयमा असहयोग गर्न खोजेका छैनौं, तर उहाँले बहुमतको दम्भमा स्थायी राजधानी पास गराउँछौ भन्ने देखाउनु भयो।’

उनले नेकपा पार्टी फुट्ने बेलामा मुख्यमन्त्री पोखरेलले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे। ‘प्रजातन्त्रमा कुनै पार्टी फुट्नु हुदैन। प्रतिस्पर्धी पार्टी भए पनि हामी कहिल्यै फुटोस् भन्ने चाहँदैनौ। प्रजातन्त्रमा पार्टी बलियो नभएसम्म राजनीति र सरकार कहिल्यै स्थायी हुँदैनन्।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.