प्रदेश ५ को स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

प्रदेश ५ को स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

२० असोज, काठमाडौं ।

प्रदेश ५ को र स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो।

 अहिले प्रदेशको नाम लुम्बिनीको पक्षमा मतदान जारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.