२१ आश्विन, काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न कांग्रेस नेता गगन थापाले माग गरेका छन् ।
अहिलेको गुरुयोजना खारेज गरेर पुरानो गुरुयोजनाको समीक्षा गर्नुपर्ने उनको भनाइ छ। बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । थापाले भनेका छन् ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै।
यो गुरुयोजना नै हैन, अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । ’ ‘तत्पश्चात मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’
पशुपति क्षेत्रको विकासका लागि भनेर ल्याइएको गुरु योजनाका बारेमा सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् ।