तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ

तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ

२१ आश्विन, कञ्चनपुर ।
विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् ।

पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.