प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो?

२१ असाेज, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै  आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आपत्ति जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको तर बालुवाटारले बालहठ गरेको भन्दै आपत्ति जनाइएको छ । शर्माले केसीका जाजय आवाजलाई सम्बोधन नगरेर भुल नगर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । विज्ञप्तिमा भनिएकाे छ- ‘डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू। लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’

कांग्रेसका पालामा डा केसीका थुप्रै माग सम्बोधन गरिएको दाबी कांग्रेसको छ। कांग्रेसका पालामा पूरा गरिएका डा केसीका माग उल्टाएको आरोप समेत कांग्रेसले ओली नेतृत्वको सरकारलाई लगाएको छ। विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’

२४ दिनयता अनसन बस्दा डा केसीको स्वास्थ्य अवस्था कमजोर भएपनि उनले उपचार लिन मानेका छैनन्। सरकारले भने बेला सुहाँउदो नभएको भन्दै डा केसीलाई गलाएर अनसन तोडाउने पक्षमा छ। तर केसीले आफ्ना माग पूरा नहुन्जेल अनसन नतोड्ने अडान राख्दै आएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.