NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान बुधबार कार्तिक १९ , २०८२
सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर बुधबार कार्तिक १९ , २०८२
९ पार्टीबिच आज एकता, ओलीपछि प्रचण्डसंग झलनाथको वार्ता, जान्छन् कता ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

पूर्वराजाको आर्शीवाद लिन होडबाजी,प्रसाईदेखि कमल र लिङदेनसम्म

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० फागुन , काठमाण्डौ।

गणतन्त्र नेपालमा पनि केही राजनीतिक दलहरु अझै राजा फर्काउने अभियानमा छन् । विचारधारा एउटै भएपनि उनीहरु विभिन्न समूहमा विभक्त छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ खोजेपछि उनको आर्शीवाद लिएर आफ्नो राजनीतिक उद्धेश्य पूरा गर्ने धाउन्नमा राजतन्त्रको वकाल गर्ने राजनीतिक दल र समूह सक्रिय भएका छन्।

फागुन ६ को ज्ञानेन्द्रको अभिब्यक्तिपछि राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा शक्ति प्रर्दशन गर्याे । कार्यक्रम पूर्व निर्धारित भएपनि ज्ञानेन्द्र आफूहरुकै साथमा रहेको सन्देशसहित उनको सपना आफूहरुले पूरा गर्ने भन्दै अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई डोहोर्याएरै नारायणहिटीमा पुर्याउनले दाबी गरे ।

अहिले राप्रपाकै सिको गर्दै ज्ञानेन्द्रको आर्शीवाद लिन कमल थापा नेतृत्वको राप्रपा नेपालपनि मैदानमा उत्रिने निर्णय गरेको छ । आगामी चैत २६ गते राप्रपाले काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुशासन, हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनप्रर्दशन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौँलाले बताएका छन् । बैठकले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्ने, समान विचार भएकाहरूबीच एकता र सहकार्यको प्रयास निरन्तर जारी राख्ने निर्णय भएको समेत बताएका छन् ।

भ्रष्ट व्यवस्था र संघीयता खारेजीका लागि आन्दोलनको तयारी स्वरूप विभिन्न कार्यक्रम संचालन गर्दै जनपरिचालन अभियानलाई निरन्तरता दिने निर्णय भएको समेत उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

पूर्वराजाको आर्शीवादको खोजीमा रहेका अर्का पात्र हुन् । चर्चित मे्डिकल व्यवसायी दुर्गा प्रसाईँ । दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा राजतन्त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ घोषणा गरेका थिए ।

उनले काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए। उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए। उनले आफूलाई ज्ञानेन्द्रको सबैभन्दा निकट ब्यक्तिको रुपमा पटक पटक सार्वजनिक समारोहरुमा परिभाषित गर्दै आएका छन् ।

यद्यपि उनको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को केन्द्रीय नेतृत्व भंग भइसकेको छ भने यस अभियानमा रहेकाहरु लाखापाखा लागेको अवस्था छ । तर अहिले पनि उनी आफूलाई ज्ञानेन्द्रको निकट भएको देखाउन कुनै कसर बाँकी राख्दैनन् ।

प्रसाईंले पनि ज्ञानेन्द्रको स्वागतका लागि अपिल गरेका छन् । उनले ज्ञानेन्द्रको काठमाडौं फर्किने फागुन २५ मा सम्पुर्ण राष्ट्रवादी शक्तिहरुलाई बिमानस्थलको आन्तरिक टर्मिनल अगाडी उपस्थित हुनुहुन् अनुरोध गरेका छन् ।

नेपालमा राजावादी विचारधाराका समर्थकहरू विभिन्न समूहमा बाँडिएका छन्, तर मुख्य रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) राजसंस्थाको पुनःस्थापनाका लागि वकालत गर्दै आएका दलहरू हुन्।

यद्यपि यी दलहरू पूर्ण रूपमा एकीकृत विचारधारा लिएर अगाडि बढ्न सकेका छैनन् । नेपालमा असली राजावादी को हो भन्ने विषय विवादित छ। केही समूहहरू राजसंस्थाको पुनःस्थापनाको लागि स्पष्ट रूपमा संघर्षरत छन् भने केहीले राजनीतिक रणनीतिको रूपमा राजावादी भावनालाई प्रयोग गर्ने गरेका छन्।

कमल थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष हुन् । उनी हिन्दू राष्ट्र र राजसंस्थाका कट्टर समर्थक मानिन्छन् । तर राप्रपा परित्याग गर्दा कमल थापा नै राजतन्त्र र पूर्वराजाका कट्टर आलोचकका रुपमा उभिएका थिए ।

उनले आफूलाई राप्रपाको अध्यक्षमा दरबारले पराजित गराउन भूमिका खेलेको भन्दै नेपालमा राजसंस्था कहिल्यै नफर्किने उद्घोष गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) दुबै दलले राजसंस्थाको पुनस्र्थापनाको मुद्दालाई केन्द्रमा राखे पनि तिनका राजनीतिक सिद्धान्तहरूमा केही भिन्नता छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनमार्फत संवैधानिक राजसंस्था पुनस्र्थापना, लोकतान्त्रिक बहुदलीय व्यवस्था, सांस्कृतिक, धार्मिक र जातीय विविधताको सम्मान, हिन्दू राष्ट्र पुनस्र्थापना, स्थिर शासन प्रणाली , राष्ट्रिय एकता र सार्वभौमिकता संरक्षणको वकालत गर्दै आएको छ ।

यस्तै कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले संविधान संशोधनमार्फत संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग अघि सारेको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट हटाएर हिन्दू राष्ट्र घोषणा गर्ने नीति ,सुदृढ संघीयता र स्थानीय सरकार सशक्तिकरण, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र स्वतन्त्रतामा अडिग रहने नीति ,नेपाललाई परनिर्भर नभई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्ने अवधारणा समेत अघि सारेको छ ।

नेपालका विभिन्न राजावादी शक्तिहरूमा एकता नहुँदा उनीहरू विभाजित छन्। केही राजावादीहरू पूर्ण संवैधानिक राजसंस्थाको पक्षमा छन् भने केही “संशोधित लोकतन्त्रसहितको राजसंस्था“ को अवधारणामा छन्।

Tags: #नेपालको असली राजावादी को हो ?#पूर्वराजाको आर्शीवाद लिन होडबाजी

लोकप्रीय

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

विचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

थप समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?
ताजा समाचार

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने
ताजा समाचार

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर
अन्तर्राष्ट्रिय

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.