×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

पूर्वराजाको आर्शीवाद लिन होडबाजी,प्रसाईदेखि कमल र लिङदेनसम्म

२० फाल्गुन २०८१

२० फागुन , काठमाण्डौ।

गणतन्त्र नेपालमा पनि केही राजनीतिक दलहरु अझै राजा फर्काउने अभियानमा छन् । विचारधारा एउटै भएपनि उनीहरु विभिन्न समूहमा विभक्त छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ खोजेपछि उनको आर्शीवाद लिएर आफ्नो राजनीतिक उद्धेश्य पूरा गर्ने धाउन्नमा राजतन्त्रको वकाल गर्ने राजनीतिक दल र समूह सक्रिय भएका छन्।

Advertisement
Advertisement

फागुन ६ को ज्ञानेन्द्रको अभिब्यक्तिपछि राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा शक्ति प्रर्दशन गर्याे । कार्यक्रम पूर्व निर्धारित भएपनि ज्ञानेन्द्र आफूहरुकै साथमा रहेको सन्देशसहित उनको सपना आफूहरुले पूरा गर्ने भन्दै अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई डोहोर्याएरै नारायणहिटीमा पुर्याउनले दाबी गरे ।

अहिले राप्रपाकै सिको गर्दै ज्ञानेन्द्रको आर्शीवाद लिन कमल थापा नेतृत्वको राप्रपा नेपालपनि मैदानमा उत्रिने निर्णय गरेको छ । आगामी चैत २६ गते राप्रपाले काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुशासन, हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनप्रर्दशन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौँलाले बताएका छन् । बैठकले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्ने, समान विचार भएकाहरूबीच एकता र सहकार्यको प्रयास निरन्तर जारी राख्ने निर्णय भएको समेत बताएका छन् ।

भ्रष्ट व्यवस्था र संघीयता खारेजीका लागि आन्दोलनको तयारी स्वरूप विभिन्न कार्यक्रम संचालन गर्दै जनपरिचालन अभियानलाई निरन्तरता दिने निर्णय भएको समेत उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

पूर्वराजाको आर्शीवादको खोजीमा रहेका अर्का पात्र हुन् । चर्चित मे्डिकल व्यवसायी दुर्गा प्रसाईँ । दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा राजतन्त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ घोषणा गरेका थिए ।

उनले काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए। उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए। उनले आफूलाई ज्ञानेन्द्रको सबैभन्दा निकट ब्यक्तिको रुपमा पटक पटक सार्वजनिक समारोहरुमा परिभाषित गर्दै आएका छन् ।

यद्यपि उनको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को केन्द्रीय नेतृत्व भंग भइसकेको छ भने यस अभियानमा रहेकाहरु लाखापाखा लागेको अवस्था छ । तर अहिले पनि उनी आफूलाई ज्ञानेन्द्रको निकट भएको देखाउन कुनै कसर बाँकी राख्दैनन् ।

प्रसाईंले पनि ज्ञानेन्द्रको स्वागतका लागि अपिल गरेका छन् । उनले ज्ञानेन्द्रको काठमाडौं फर्किने फागुन २५ मा सम्पुर्ण राष्ट्रवादी शक्तिहरुलाई बिमानस्थलको आन्तरिक टर्मिनल अगाडी उपस्थित हुनुहुन् अनुरोध गरेका छन् ।

नेपालमा राजावादी विचारधाराका समर्थकहरू विभिन्न समूहमा बाँडिएका छन्, तर मुख्य रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) राजसंस्थाको पुनःस्थापनाका लागि वकालत गर्दै आएका दलहरू हुन्।

यद्यपि यी दलहरू पूर्ण रूपमा एकीकृत विचारधारा लिएर अगाडि बढ्न सकेका छैनन् । नेपालमा असली राजावादी को हो भन्ने विषय विवादित छ। केही समूहहरू राजसंस्थाको पुनःस्थापनाको लागि स्पष्ट रूपमा संघर्षरत छन् भने केहीले राजनीतिक रणनीतिको रूपमा राजावादी भावनालाई प्रयोग गर्ने गरेका छन्।

कमल थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष हुन् । उनी हिन्दू राष्ट्र र राजसंस्थाका कट्टर समर्थक मानिन्छन् । तर राप्रपा परित्याग गर्दा कमल थापा नै राजतन्त्र र पूर्वराजाका कट्टर आलोचकका रुपमा उभिएका थिए ।

उनले आफूलाई राप्रपाको अध्यक्षमा दरबारले पराजित गराउन भूमिका खेलेको भन्दै नेपालमा राजसंस्था कहिल्यै नफर्किने उद्घोष गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) दुबै दलले राजसंस्थाको पुनस्र्थापनाको मुद्दालाई केन्द्रमा राखे पनि तिनका राजनीतिक सिद्धान्तहरूमा केही भिन्नता छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनमार्फत संवैधानिक राजसंस्था पुनस्र्थापना, लोकतान्त्रिक बहुदलीय व्यवस्था, सांस्कृतिक, धार्मिक र जातीय विविधताको सम्मान, हिन्दू राष्ट्र पुनस्र्थापना, स्थिर शासन प्रणाली , राष्ट्रिय एकता र सार्वभौमिकता संरक्षणको वकालत गर्दै आएको छ ।

यस्तै कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले संविधान संशोधनमार्फत संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग अघि सारेको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट हटाएर हिन्दू राष्ट्र घोषणा गर्ने नीति ,सुदृढ संघीयता र स्थानीय सरकार सशक्तिकरण, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र स्वतन्त्रतामा अडिग रहने नीति ,नेपाललाई परनिर्भर नभई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्ने अवधारणा समेत अघि सारेको छ ।

नेपालका विभिन्न राजावादी शक्तिहरूमा एकता नहुँदा उनीहरू विभाजित छन्। केही राजावादीहरू पूर्ण संवैधानिक राजसंस्थाको पक्षमा छन् भने केही “संशोधित लोकतन्त्रसहितको राजसंस्था“ को अवधारणामा छन्।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top