×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

२३ फाल्गुन २०८२

२३ फागुन , काठमाण्डौ ।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । आज बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी प्राप्त गरे भन्ने विवरण सहित म उपस्थित भएकी छु । १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउद रास्वपा प्रष्ट वहुमत तर्फ अघि वढी रहेको छ ।

Advertisement
Advertisement

निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । ति मध्ये अहिले सम्म २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।प्रारम्भिक मतपरिणाम हेर्दा रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित निकालिसकेको छ ।

रास्वपालका मनिष झाले धनुषा–३ बाट जित निकालेका छन् । उनले कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतोलाई धेरै फराकीलो मतान्तरले हराएका थिए । उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।

यसै गरी रास्वपाकी बिना गुरुङ कास्की–३ मा निर्वाचित भएकी छिन् । उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा पुगे । उता मोरङ–४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई फराकीलो मतान्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।

राजवंसीले घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरेका थिए । उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् । यसै गरी कास्की–२ बाट रास्वपाकै उत्तमप्रसाद पौडेलले जित निकालेका छन् । उनले एमालेले जित्दै आएको क्षेत्रमा २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।

उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए । काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए ।

काठमाडौं–४ बाट रास्वपाका पुकार बम विजयी बनेका छन् । कांग्रेस सभापति गगन थापाले लड्दै आएको यो क्षेत्रमा यस पटक कांग्रेसले सचिन तिमल्सिना अघि सारेको थियो । नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराएका बमले २९ हजार १८२ मत प्राप्त गरेका छन् ।

काठमाडौं–५ बाटपनि रास्वपाकै सस्मित पोखरेल विजयी भएका छन् । उनले नेपाली कांग्रेशका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराउन सफल भए ।

यसै गरी काठमाडौं–६ बाटपनि रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
काठमाडौं–८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पुनः यसै क्षेत्रबाट निर्वाचित भएका छन् । उनले २४ हजार ५९२ मत ल्याए ।

काठमाडौं–१ रञ्जु दर्शना (नेउपाने) विजयी भएकी छिन् । उनले कांग्रेसका प्रबल थापा क्षेत्री, राप्रपाका रवीन्द्र मिश्रलाई हराएकी थिइन । उनले कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याथए ।

काठमाडौं–९ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् । उता मोरङ–६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

यसै गरी बाँके–१ बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए । स्याङ्जा–१ म बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् । उनले २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए । रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम भने कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

अहिलेसम्म नेपाली कांग्रेसले तेह्रथुम, मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी ५ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ ।दैलेख–१ बाट कांग्रेसकी बासना थापाले जित निकालेकी छिन् । थापाले १२ हजार ३७२ मत ल्याइन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।

रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । १० हजार ६सय ५६मत प्राप्त गरी आचार्य निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।

मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३३०७ मत ल्याए ।
मनाङबाट टेकबहादुर गुरुङले जित निकालेका छन् । यसअघि दुई पटक संसदमा पुगिसकेका यो उनको तेस्रो जित हो ।

रूकुम पूर्व–१ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित भए । उनले १० हजार २४० मत ल्याए । उनले नेपाली कांग्रेश र नेकपा एमालेका उम्मेदवारलाई पछि पारे । कालिकोट–१ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाहीले जित निकालेका छन् ।

उनले ११ हजार ३३६ मत ल्याएर उनी विजयी भएका हुन् । नेकपा एमाले बाँके–२ बाट पहिलो जित निकालेको छ । २४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी बने ।

श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए । उनको अग्रता र जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top