×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

२५ फाल्गुन २०८२

२५ फागुन , काठमाण्डौ ।

फागुन २१ गतेको मतदाता गोप्य थियो । सबै मतदाता चुपचाप मत पत्रमा छाप लगाए । मतदान गोप्य भए पनि प्राय सबै नेपालीको मन चाही मिलेको थियो । सबैको मनमा एउटा यस्तो कल्पना थियो जसलाई साकार बनाउन सबैका हात घण्टीमा पुग्यो । परिणाम परिवर्तनको पक्षमा दुई तिहाइ मत आयो । यही मतबाट आज सारा नेपालीले भोलि बालेन साह प्रधानमन्त्री भएपछिको यस्ता दिनहरूको कल्पना गरिरहेका छन् ।

Advertisement
Advertisement

२०४६ सालपछि राज्यको लाभको पदमा बसेका सबै राजनीतिक नेता र उच्च सरकारी कर्मचारीहरूको सम्पत्तिमाथि निष्पक्ष छानबिन सुरु हुन्छ। सत्ता, पद र प्रभावको आडमा कमाइएको अवैध कालो धन सहित भ्रष्टहरू कानुनको कठघरामा उभिने छन् । कानुन सबैका लागि बराबर हुन्छ—पद, पार्टी र पहुँचका भरमा जम्मा गरेको कालो धन राज्यको ढुकुटीमा आउने छ ।

वर्षौँदेखि लुकेका भ्रष्टाचारका फाइलहरू भटाभट खुल्ने छन् । दोषी प्रमाणित हुनेहरू जेल पुग्छन्, कालो छिँडीमा आफूले गरेको अपराधको पश्चात्ताप गर्ने छन् । भदौ २३ र २४ गतेका हत्याराहरू जेलमा पुग्ने छन् । अनि भन्ने छन् हाम्रो जस्तो कु कर्म कसैले नगरोस् ।यसै गरी कामका लागि सरकारी कार्यालयमा पुगेका सेवाग्राहीले रिँगटा लाग्ने गरी सानो फाइल बोकेर कुद्ने दिनको अन्त्य हुने छ ।

सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती सदाका लागि बिदा हुने छ । राज्यको प्रशासन चुस्त बन्छ, निर्णय प्रक्रिया छिटो हुन्छ र विकासका कामहरू वर्षौँ अल्झिने होइन, समयमै सम्पन्न हुन थाल्ने छन् । सडक, पुल, अस्पताल, विद्यालयजस्ता भौतिक पूर्वाधार निर्माणमा नयाँ गति लिने छ । शासन व्यवस्थामा सुधारसँगै पारदर्शिता र उत्तरदायित्वको नयाँ संस्कृति बस्छ।

कर्मचारीतन्त्र सेवामुखी बन्छ र जनताले पहिलो पटक राज्यलाई आफ्नै पक्षमा काम गरेको महसुस गर्नेछन् । मुलुकले समृद्धिको यात्रा अघि बढाउने छ । देशमा रोजगारी बढ्नेछ, युवाहरू बिदेसिनु पर्ने बाध्यता घट्छ र गाउँदेखि सहर सम्म विकास र परिवर्तनको अनुभूति हुने छ । यही कल्पना गरेर आम नेपाली मतदाताहरूले फागुन २१ गते आफ्नो सबै भन्दा ठुलो दान मतदान घण्टी चुनाव चिन्हमा गरेका छन् ।

यो देशको साँचो दुई तिहाइ मतका साथ रास्वपा र बालेन्द्र साह बालेनको हातमा हाली दिएका छन् । हुन त नेपाली जनताले २००७ सालदेखि कै परिवर्तन सँगै यस्तै कल्पना गर्दै पटक पटक परिवर्तनकै पक्षमा आफूलाई नउभ्याएका चाही हैनन् तर उनीहरूले जसरी पटक पटक विश्वास गरे त्यसै गरी धोका पनि खादै आएका छन् ।

पुराना दलहरूको बिदाइ सँगै अब दुई तिहाइ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाँदै छ । त्यसको नेतृत्व गर्दै छन् ३५ वर्षका नवयुवक बालेन्द्र साह वालेनले । विश्वभरका धेरै कम कान्छा उमेरका कार्यकारी राष्ट्र प्रमुखहरु मध्ये बालेन सबै भन्दा कान्छो उमेरमा पर्नेछन् । उनले यस अघि काठमाडौँ महानगरपालिकाको मेयर चलाइ सकेका छन् ।

नेपाली जनताले हरेक कालखण्डमा कुनै न कुनै तन्त्रलाई फ्याँक्दै आएको इतिहास साक्षी छ । २००७ सालमा जनताले जहानीया राणा शासन फ्याके । २०४६ सालमा आएर एक दलीय पञ्चायती व्यवस्था फ्याके ।२०६४ सालमा आएर एउटा लामो इतिहास बोकेको राज संस्थालाई संग्रालयमा परिणत गरिदिए । ३० बर्षे एक दलीय पञ्चायती व्यवस्थाको अन्त्य सँगै २०४७ सालमा पहिलो पटक कृष्णप्रसाद भट्टराई बनेका थिए ।

त्यसपछिका ३५ वर्षमा ३० पटक प्रधानमन्त्री फेरिए । यो अवधिमा १४ जना यो देशको प्रधानमन्त्री बने । ३५ वर्षमा सबै भन्दा बढी ५ पटक काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा यो देशको प्रधानमन्त्री बने । यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओली चार पटक, पुष्पकमल दाहाल प्रचण्ड ३ पटक प्रधानमन्त्री बने भने गिरिजा प्रसाद कोइराला चार पटक प्रधानमन्त्री बनेका थिए ।

पञ्चायती व्यवस्थामा दुई दुई पटक प्रधानमन्त्री बनेको सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पनि ४७ सालपछि फेरी दुई दुई पटक प्रधानमन्त्री बन्न भ्याए । २०५९ सालमा आएर तत्कालीन राजा ज्ञानेन्द्र शाहलेपनि यो देशमा प्रत्यक्ष शासन गरे । २०६९ सालमा झन्डै १ वर्ष खिलराज रेग्मी पनि यो देशको कार्यकारी प्रधानमन्त्री बने ।

हरेक काल खण्डले व्यवस्था र व्यक्ति परिवर्तन गर्दै आयो तर जनताको अवस्था र सरकारको कार्यशैलीमा कहील्यौ सुधार आउन सकेन । दलहरू सत्ताको खेलमा लागे भ्रष्टाचार यो देशको सिस्टम बन्यो । ठूला ठूला तस्करी र भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू सम्मको नाम जोडियो । मन्त्रीका ७० करोडका अडियोहरु सार्वजनिक भए ।

मन्त्रीका गाडीले बालिकालाई किच्दा समेत सामान्य सहानुभूति समेत दिन आवश्यक ठानिएन् । एक पछि अर्को अपराध गर्नेहरूलाई दल, बल, पावर र पैसाको भरमा न त राज्यको कानुनले छोयो न त पार्टीले कुनै कारबाही नै ग¥यो । उल्टै उनीहरूलाई पुरस्कार स्वरुप पार्टीका पद मात्र हैन सरकारी नियुक्ति सम्म मिल्यो ।

देशमा एउटा राजा फ्याँकेर हजारौँ राजा जन्मिए । नेपो बेबी संस्कृति नेपालमा भित्रियो । नातावाद र कृपावादको जालोले पुरौँ देश जेलिएको थियो । न्यायालय देखि सरकारका हरेक निकाय राजनीतिक दलका भागबन्डाका अखडा बनेका थिए । यसैको विरोधमा गएको भदौ २३ गते नेपालमा जेनजीहरुले विद्रोह गरे र ८० वर्षको हाराहारीमा पुगेका शेरबहादुर देउवा अनि ७४ वर्षका ओली मात्र हैन बेला बेला उनीहरूलाई साथ दिने ७१ वर्षका प्रचण्डको शासनलाई बिदाइ गरे।

फागुन २१ गते आएर नेपाली जनताले ५ वर्षका लागि ब्याटलेबाट व्यवस्था फेरेनन् बुढा नेताहरूको अहङ्कार, देशमा रहेको कुशासन, भ्रष्टाचारदेखि नेपो बेबी सम्मलाई बिदा गरेका छन् । मतगणनाको परिणाम हेर्दा रास्वपाले दुई तिहाइ मत हासिल गर्ने स्पष्ट देखिन्छ। यो निर्वाचनले काँग्रेस–कम्युनिस्ट युगको अन्त्य गरेको छ।

त्यति मात्र हैन जातियतालाई आधार बनाएर क्षेत्रीय राजनीतिक गरी रहेका मधेसी मूल पार्टीहरुपनि पर्दाबाट हटेका छन् । मधेस केन्द्रित दल मधेस प्रदेशमै बडारिएका छन्। भक्तपुरको नेमकिपा र बागलुङको मसालको विरासत पनि भत्किएको छ। बरु हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले पूर्वमा जबर्जस्त उपस्थिति देखाएको छ।

यो निर्वाचनले संविधान निर्माणमा सहभागी प्रायः सबै दलका प्रमुख नेतालाई राजनीतिक पर्दाबाट हटाइ दिएको छ । एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति गगन थापा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका हस्तीहरूले नै पराजय भोग्नु परेको छ ।

तर काँग्रेस–कम्युनिस्ट युगको त अन्त्य भयो, नयाँ युग कस्तो हुन्छ ? बालेनको नयाँ युगले नेपाली जनतालाई के दिन्छ भन्ने प्रश्न चाही अहिले पनि सगरमाथा जस्तै ठिङ्ग छ । निर्वाचनले रास्वपालाई प्रश्नकर्ता पक्षबाट जबाफदेहीको कित्तामा पु¥याएको छ । अब बालेनले नबोलेर जित्न पाउँदैन । यदि बोलेनन भने पनि काम चाही गर्नै पर्ने बाध्यता उनीमाथि छ ।

बालेनले तत्काल नवयुवा विद्रोहका दोषीउपर कारबाही गरेर देखाउनुपर्नेछ। भ्रष्टाचारी पुराना नेता र प्रशासकलाई कारबाही गरेर देखाउनुपर्नेछ। काठमाडौँमा गरेजस्तै शिक्षा र स्वास्थ्यको सुधार देशव्यापी बनाउनुपर्नेछ। यस्ता कामले मात्र बालेन र रास्वपाप्रतिको जनविश्वासले निरन्तरता पाउँछ ।

रविलाई अदालतले दण्डित ग¥यो भने रविको अनुपस्थितिमा रास्वपा भित्र चल्ने शक्ति सङ्घर्षमा बालेनले पकड राख्न सक्नुपर्दछ। तब मात्र बालेन सरकार प्रभावकारी हुन्छ। यदि रविले अदालतबाट सफाइ पाए भने पनि बालेन–रवि एकता जरुरी हुन्छ। सङ्गठित जीवनको अनुभव अति कम भएका वा हुँदै नभएका यी दुई पात्र बिच त्यस्तो दिगो एकताको अपेक्षा आफैँमा चुनौतीपूर्ण छ।

विश्वका इतिहास हेर्ने हो भने पनि बालेन आज जुन उमेरमा प्रधानमन्त्री बन्दै छन् । धेरैले यस्तो अवसर विरलै पाउने गर्छन् । ६ वर्षअघि फिनल्यान्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनकी थिइन । उनलाई फिनल्यान्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

Advertisement

३४ बर्षीया मरिनले कान्छी प्रधानमन्त्री बन्ने अवसर पाएकी थिइन । विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका थिए भने न्यूजील्यान्डकी जसिन्डा आर्डर्नको ३९ वर्षमा प्रधानमन्त्री बनेकी थिइन । अब २०२६ मा विश्व राजनीतिमै चासोका रुपमा नेपालमा बालेनले ३५ वर्षकै उमेरमा नेपालको नेतृत्व गर्ने भएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top