२५ फागुन , काठमाण्डौ ।
इरानमा हमला गरेको दोस्रो सातासम्म आइपुग्दा यसमा अमेरिकाको भित्री उद्येश्य र योजनाबाट विस्तारै विस्तारै पर्दा हट्दै गएको छ । अमेरिका इरानको खर्ग आइल्याड कब्जा गर्न चाहान्छ र यसका लागि उसले आफ्नो सेना पठाउने तयारी गरिरहेको खुलेको छ । फारसको खाडीमा रहेको यो सानो द्वीप डोनाल्ड ट्रम्पको प्लानमा छ ।
एक्सियोसको रिपोर्टमा ट्रंप प्रशासनका केही अधिकारीहरुलाई उदृत गर्दै भनिएको छ कि ट्रंपसंग जुन विकल्प थियो त्यसमा पहिलो दिनदेखि नै खर्ग आइल्याण्ड थियो । खर्ग आइल्याण्ड इरानको सबैभन्दा ठूलो तेल भंडार हो । एक्सियोसको एक रिपोर्टका अनुसार डोनाल्ड ट्रंपको प्रशासनले यो द्वीप नजिक नयाँ मिलिट्री अप्शनमा विचार गरिरहेको छ ।
अर्थात ट्रंप खर्ग आइल्याण्ड कब्जा गर्ने तयारीमा रहेका हुन् । फारसको खाडीमा र इरानको तटबाट लगभग २५देखि ३० किलोमीटरको दूरीमा रहेको एउटा सानो इरानी द्वीप, खर्ग द्वीपले आफ्नो सानो भौगोलिक स्थितिका बावजूद इरानको अर्थव्यवस्थामा एउटा ठूलो भूमिका राख्दछ ।
द इकोनोमिक टाइम्सका अनुसार यो द्वीपले इरानको मुख्य कच्चा तेलको एक्सपोर्ट टर्मिनलका रुपमा काम गर्छ । यहींँबाट इरानले आफ्नो करीब ९० प्रतिशत तेल बेच्दछ । यसको लोडिंग टर्मिनलले हरेक दिन लगभग सात मिलियन ब्यारल तेल ह्यान्डल गर्न सक्छ ।
खर्ग आइल्याण्ड कयौं दशकदेखि इरानको इकोनोमीका लागि मुख्य खम्बा हो । यदी अमेरिकाले यो द्वीपमा कब्जा गर्यो भने इरानको त्यो खम्बा भाँचिनेछ । अमेरिकाले इरानभित्र अहिलेसम्म न्यूक्लियर फ्यासिलिटी, मिसाइल बेस र मिलिट्री इंफ्रास्ट्रक्चरलाई निशाना बनाएको थियो ।
तर खर्ग आइल्याण्ड जस्ता एनर्जी इंफ्रास्ट्रक्चरमा अहिलेसम्म हमला गरेको छैन । द फाइनेंशियल टाइम्सको रिपोर्टका अनुसार यो आइल्याण्डमा अहिलेसम्म हमला नगर्नुले पनि यो द्वीप इरानको इकोनोमी र ग्लोबल आयल मार्केट दुवैका लागि कति आवस्यक छ भन्ने बुझ्न सकिन्छ ।
एनालिस्टको भनाइ छ कि फ्यासिलिटीमा हमला गर्दा वा त्यसलाई रोक्दा नै इरानको क्रूड एक्सपोर्ट गर्ने क्षमतामा निकै क्षति पुग्ने छ । यसको ठूलो परिणाम हुनसक्छ जस्तो कि विश्भरमा तेलको मूल्यमा भारी उछाल । गल्फमा ट्यांकर ट्राफिकमा रुकावट र सिंगो विश्व नै एउटा क्षेत्रीय संघर्षमा पुरै अल्झिन पुग्छ ।
खर्ग आइल्याण्ड होर्मुज स्ट्रेट नजिक रहेको छ जुन विश्वको सबैभन्दा आवस्यक आयल चोकपोइंट्स मध्ये एक हो । यसैकारण यसको आसपास कुनै पनि मिलिट्री एक्शनले ग्लोबल इकोनोमीमा असर पर्न जान्छ । तर अब अमेरिकाको आँखा सोही द्विपमा गडेको छ ।
इरानमा गत एक सातादेखि आकाशबाट बमबारी गरेपछि अब यसैका लागि र इरानी परमाणुका लागि पनि अमेरिका कमांडो अपरेशन गर्ने तैयारीमा जुटेको हो । एक्सियोसले यसबारेमा जानकार चार अधिकारिहरुलाई उदृत गर्दै यसबारे जानकारी दिएको हो । ती अधिकारीहरुका अनुसार अमेरिका र इजरायली अधिकारीले ईरानमा पसेर ४५० किलो यूरेनियम खोस्नका लागि कमांडो अपरेशन पनि संचालन गर्ने योजना बनाएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपको भनाइ छ कि उनको मुख्य उद्येश्य इरानको परमाणु हतियार बनाउने क्षमतालाई सदाका लागि अन्त्य गर्नु हो । इरानसंग ४५० किलो ६०% एनरिच्ड यूरेनियम रहेको बताइन्छ । वैज्ञानिकहरुका अनुसार यदी यो सत्य हो भने केही सातामा नै इरानले परमाणु बम बनाउन सक्छ ।
यद्यपि अमेरिकी बमबारीमा इरानको परमाणु अड्डाहरु जस्तो कि फोर्डो र इस्फहान न्यूक्लियर प्लांटमा भारी क्षति पुगेको छ तर उसले ४५० किलो यूरेनियम अमेरिकी बमबारीभन्दा अगाडि नै लुकाएर राखेको बताइन्छ । ती चार अधिकारीहरुका अनुसार एनरिच्ड यूरेनियमलाई कब्जामा लिनका लागि इरानमा सैनिकहरु जमिनमै उत्रिनु पर्छ ।
ईरानले अंडरग्राउंड बंकरहरुमा एनरिच्ड यूरेनियम लुकाएको छ । तर यहाँनिर के प्रश्न गरिएको छ भने के इरानभित्र सैनिकहरुलाई पठाउनु अमेरिका र इजरायलको सबैभन्दा ठूलो भुल हुँदैन ? यसबारेमा अमेरिकी कंग्रेसमा पनि ब्रीफिंग भएको छ । मंगलवार अमेरिकी कंग्रेसको एक ब्रीफिंगमा मार्को रुबियोलाई के इरानको एनरिच्ड यूरेनियम सुरक्षित गर्न लागिएको हो भन्दै प्रश्न सोधिएको थियो ।
त्यसमा उनले भने, “मानिसहरुले गएर त्यसलाई नियन्त्रणमा लिनुपर्छ“ । तर उनले ति मानिसहरु को हुन् भन्ने खुलाएनन् । यता इजरायलका एक रक्षा अधिकारीले भने, डोनाल्ड ट्रंप र उनको कोर टीम एक खास मिशनलाई सफल बनाउँनका लागि ईरानमा स्पेशल अपरेशन यूनिट पठाउने कुरामा गंभीरतापूर्वक विचार गरिरहेका छन् ।
यता एक अमेरिकी अधिकारीले भने, ट्रंप प्रशासनले दुई विकल्पहरुमा विचार गरिरहेको छ । एउटा– ईरानबाट मटीरियललाई पूर्णरुपमा हटाउने वा साइटमा यसलाई डाइल्यूट गर्नका लागि न्यूक्लियर एक्सपर्ट लैजाने । यो मिशनमा शायद इंटरनेशनल एटोमिक एनर्जी एजेंसीका वैज्ञानिकहरुका साथ स्पेशल अपरेटर पनि सहभागी हुनेछन् ।
यो मामिलामा जानकार दुई स्रोतहरुले भने, यस्तो अपरेशन युद्धभन्दा पहिला ट्रंपलाई जुन विकल्पहरुका बारेमा बताइएको थियो त्यसैको हिस्सा हो । एनबीसी न्यूजले शुक्रवार आफ्नो रिपोर्टमा भनेको छ, ट्रंपले खास रणनीतिक उद्येश्यका लागि इरानमा अमेरिकी सैनिकहरुको एउटा सानो टुकडी तैनात गर्नेमा विचार गरिरहेका छन् ।
यता सेमाफोरले रिपोर्ट गरेको छ कि ट्रंपको ईरानलाई लिएर रहेका विकल्पहरुमा न्यूक्लियर साइट्समा स्पेशल अपरेशन रेड सामेल छ । ट्रंपले पनि शनिवार एयरफोर्स वनमा पत्रकारहरुसंग कुरा गर्दै भने, जमीनमा सैनिकहरुलाई पठाउन सम्भव छ तर राम्रो कारणका लागि । उनले भने यदी हामीले यस्तो गर्यौं भने इरानी यति कमजोर हुनेछन् कि उनीहरुले जमिनको लडाई पनि लड्न सक्दैनन ।
वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले एक्सियोसलाई भनेकी छन्, कि ट्रंपले “समझदारीपूर्वक आफूसंग रहेका सबै विकल्पहरुलाई खुला राख्छन् र कुनै पनि कुरालाई खारेज गर्दैनन् । यूरेनियमका अलावा ट्रंप प्रशासनका अधिकारिहरुले एक्सियोसलाई भनेका छन् कि खर्ग आइल्याण्डमा पनि कब्जा गर्ने कुरामा चर्चा भएको छ ।
जहाँबाट ईरानले लगभग ९०% कच्चा तेल निकाल्ने गरेको छ र यो एक स्ट्रेटेजिक टर्मिनल हो । यसअघि १९८० को दशकमा ईरान–इराक युद्धका क्रममा पनि इराकले खर्ग द्वीपमा सैयौं पटक हवाई आक्रमण गरेको थियो, ताकि ईरानको तेल आयलाई रोक्न सकियोस । त्यो बेला ईरानले यसको सुरक्षाका लागि भारी मात्रामा एंटी–एयरक्राफ्ट मिसाइलहरु तैनात गरेको थियो ।
यसको अलावा गत वर्ष जूनमा भएको हमलाले ईरानको करीब करीब सबै सेंट्रीफ्यूज नष्ट भएका थिए । र अहिले ती एनरिचमेंट पुनः सुरु भएकोमा कुनै प्रमाण पनि छैन । अमेरिकी र इजरायली अधिकारिहरुको भनाइ छ कि धेरैजसो स्टकपाइल इस्फहानमा न्यूक्लियर फ्यासिलिटीको अंडरग्राउंड सुरंगहरुमा छ ।
बाँकी फोर्डो र नतांजका बाँडिएका छन् । युद्धको शुरुवाती दिनहरुमा अमेरिकी र इजरायलले नतांज र इस्फहानमा हमला गरे जसको उद्येश्य शायद एंट्री गेटलाई बन्द गनु थियो ताकि सोभित्र ईरानी अधिकारी प्रवेश गर्न नसकुन ।