काठमाडौं : मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले… Continue reading मलेसियामा अवैधानिक रूपमा काम गर्ने ४७ नेपाली पक्राउ
Category: समाज
बलात्कारको आरोपमा विवाह मण्डपबाटै दुलाहा पक्राउ परेपछि…
दोलखा : विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्ने बित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा… Continue reading बलात्कारको आरोपमा विवाह मण्डपबाटै दुलाहा पक्राउ परेपछि…
कञ्चनपुरको घटना सेलाउन नपाउँदै युवतीमाथि एसिड र छुरा प्रहार
तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी… Continue reading कञ्चनपुरको घटना सेलाउन नपाउँदै युवतीमाथि एसिड र छुरा प्रहार
निर्मला हत्या प्रकरण : गृह मन्त्रीलाई बुझाएको प्रतिवेदनमा एसपी बिष्ट मुख्य दोषी
निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। , यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन… Continue reading निर्मला हत्या प्रकरण : गृह मन्त्रीलाई बुझाएको प्रतिवेदनमा एसपी बिष्ट मुख्य दोषी
निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन,विष्टमाथि आशंका
निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ। समितिका एक सदस्यले भने,… Continue reading निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन,विष्टमाथि आशंका
तीन किलो सुनसहित दुईजना पक्राउ
काठमाडौँ, असोज ९ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो… Continue reading तीन किलो सुनसहित दुईजना पक्राउ
विराटनगरमा ३४ लाखको वडा कार्यालय
विराटनगर,असोज १० विराटनगर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । मंगलबार कार्यवाहक मेयर इन्दिरा कार्कीले भवन निर्माणको शिलान्यास गरेकी हुन् । डेढ विगाहा क्षेत्रफलमा ५ कोठाको सुविद्या सम्पन्न भवन निर्माण गरिन लागिएको उनले जानकारी दिईन् । फोहर प्रशोधनको लागि राखिएको जमिन खाली भएपछि सोही जग्गामा वडा कार्यालयको भवन निर्माण गर्न… Continue reading विराटनगरमा ३४ लाखको वडा कार्यालय
मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याईयो
सिमकोट, असोज ९ मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु… Continue reading मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याईयो
दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने
काठमाडौं,असोज ९ नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुनः सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो । हाल अन्डरपासमा धमाधम पिचको काम भैरहेको छ । एक दुई दिनमै पिचको काम सकिने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माले बताए । उनका… Continue reading दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने
आजदेखी सोह्रश्राद्ध सुरु
विराटनगर, असोज ९ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपaदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । पहिलो दिन श्रद्धालुहरु अगस्त्य मुनिको तर्पण गरेका छन । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा… Continue reading आजदेखी सोह्रश्राद्ध सुरु
विवाह गर्न नमान्दा एसिड प्रहार
चितवन, असोज ९ चितवनको नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ । कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो । आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा छिमेकी रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन । पक्राउ परेका विमलले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको… Continue reading विवाह गर्न नमान्दा एसिड प्रहार
यस्तो छ,निर्मला हत्याको प्रतिवेदन
काठमाडौं, असोज ९ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छानबिन गर्न गठित समितिले अनुसन्धान सकी मंगलबार प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनाली सहितको समितिको टोलीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा… Continue reading यस्तो छ,निर्मला हत्याको प्रतिवेदन
तीन हजार ५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार
काठमाडौँ, असोज ९ सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो । दुई करोड… Continue reading तीन हजार ५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार
निर्णय उल्टाउँदै सरकार,२० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्न दिने तयारी
सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो। , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको… Continue reading निर्णय उल्टाउँदै सरकार,२० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्न दिने तयारी
एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप
अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल… Continue reading एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप
छिमेकी नै पापी भएपछि…
चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् । भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि… Continue reading छिमेकी नै पापी भएपछि…
निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । घटनाको भएको दुई महिना भइसक्दा पनि… Continue reading निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य
१ हजार ८५ सिँढी चढेको थकान क्षणभरमै बिर्साइदिने ‘जेफाले’
मोरङ,असोज ९ तराईको चर्को गर्मीमा समेत सदाबहार चिसो भइरहने ‘जेफाले’को मौसमले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याउँदै छ । मोरङमै इलाम बिर्साउने चियाबगान, धनकुटाको भेडेटार बिर्साउने भ्यू टावर र यहाँको मौसमले आन्तरिक पर्यटकहरुलाई जेफालेसम्म डोर्होयाउन थालेको छ । जेफाले डाँडामा छिनछिनमा लाग्ने हुस्सु र कुहिरोले पर्यटकलाई बेग्लै आनन्दको अनुभूति हुने गर्छ । समुन्द्री सतहबाट १ हजार… Continue reading १ हजार ८५ सिँढी चढेको थकान क्षणभरमै बिर्साइदिने ‘जेफाले’
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति
पशुपतिनगर, असोज ८ इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको… Continue reading सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति
सरकार बनेको ७ महिनापछि प्रदेश सरकारलाई कार्यकारी हैसियत
विराटनगर असोज, ८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सातमहिना पछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् । उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुदै आएको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रशासनिक कार्यालयका रुपमा अस्थायी राजधानी… Continue reading सरकार बनेको ७ महिनापछि प्रदेश सरकारलाई कार्यकारी हैसियत
कृषि बिकास निर्देशनालयको स्थापना
विराटनगर, असोज ८ सरकार गठन भएको सात महिना पछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना गरिएको छ । साविकको जिल्ला कृषि कार्यालय रहेको भवनमा प्रदेश सरकारको पहिलो औपचारिक प्रशासनिक कार्यालयका रुपमा कृषि बिकास निर्देशनालय स्थापना गरिएको हो । प्रदेश नं १ को सरकार ३ फागुनमा गठन भएको थियो । उससंग… Continue reading कृषि बिकास निर्देशनालयको स्थापना
दसैका लागि अग्रिम टिकट बुकिङ खुल्यो
विराटनगर,असोज ८ दसैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज ललितपुरमा बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले भोलिबाट दसैं टिकट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो । दसैंका लागि भोलिबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । सरकारले यातायातको… Continue reading दसैका लागि अग्रिम टिकट बुकिङ खुल्यो
सार्वजनिक यातायातको नयाँ भाडादर प्रकाशित, हेर्नुस कहाँदेखि कहाँजान कति भाडा लाग्छ ?
काठमाडौँ,असोज ८ सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको भाडादर प्रकाशित गरेको छ । शनिबार भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयमा , यातायात व्यवसायी र सरकारबीच भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो । सोही निर्णयानुसार मन्त्रालयले यातायात व्यवस्था विभागलाई नयाँ भाडादर सार्वजनिक गर्न निर्देशन दिएको थियो। यातायात व्यवसायी र सरकारी वार्ता टोलीबीच हालै भएको… Continue reading सार्वजनिक यातायातको नयाँ भाडादर प्रकाशित, हेर्नुस कहाँदेखि कहाँजान कति भाडा लाग्छ ?
विराटनगरको चप्पल उद्योगमा व्यापक श्रम शोषण, पोल खुल्ने डरले ५० जना श्रमिक थुनामा
विराटनगर,असोज ८ मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम… Continue reading विराटनगरको चप्पल उद्योगमा व्यापक श्रम शोषण, पोल खुल्ने डरले ५० जना श्रमिक थुनामा
निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही !
प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ।एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो। समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न… Continue reading निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही !
सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक,कुन ठाउँबाट कुन ठाउँको कति भाडा जान्नुहोस् (सुचीसहित)
काठमाडौं,असोज ८ सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । कहाँदेखि कहाँसम्मको कति भाडा ,जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् : Bhadadar 2075-06-07
१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन गरिँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ। आयोगका अननुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । गत साउन र भदौमा मात्र आयोगले त्यस्ता २१ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। थप कर्मचारीमाथि मुद्दा… Continue reading १५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन गरिँदै
निर्मला हत्यापछि नै प्रदेश ७ मै २८ बलात्कृत !
कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ।,यो खबर आजको नागरिक दैनिकमा छ । असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन।योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा… Continue reading निर्मला हत्यापछि नै प्रदेश ७ मै २८ बलात्कृत !
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि………….
सुन्दा पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी लाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । , यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद… Continue reading आफ्नै छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि………….
अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल खरिद गर्दै नेपाली सेना
नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ। करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ। करिब ९७… Continue reading अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल खरिद गर्दै नेपाली सेना
सरकारले तोक्यो नयाँ सवारी भाडादर,कुन स्थानमा कति भाडा जान्नुहोस्
काठमाडौँ, असोज ७ सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको… Continue reading सरकारले तोक्यो नयाँ सवारी भाडादर,कुन स्थानमा कति भाडा जान्नुहोस्
विराटनगरको बजार अनुगमनमा यस्तो भेटियो
विराटनगर,असोज ७ चाडपर्व नजिकिएसँगै विराटनगरमा अनुगमन सुरु गरिएको छ । बाणिज्य कार्यालय विराटनगरको अगुवाईमा विराटनगरका किरान लगायतका पसलहरुको अनुगमन गरिएको छ । विराटनगरको तिनपैनी २ मा रहेको दिक्षा इन्टरप्राइजेज अनुगमन गर्दा एमआरपी मूल्य भन्दा बढी मूल्यमा रक्सी बेचेको पाइएको छ । यस्तै विराटनगर–२ मै रहेको भागवत किराना पसलबाट नेपालमा बन्देज गरिएको दावत तोरीको तेल भेट्टिएको… Continue reading विराटनगरको बजार अनुगमनमा यस्तो भेटियो
आफैँले गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
स्याङ्जा, असोज ७ जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आज बिहान ३ः३० बजे आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । मृतक थापाको… Continue reading आफैँले गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
बाघ गणना : पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि , ३७ बाघ थपिए
काठमाडौँ, असोज ७ वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले… Continue reading बाघ गणना : पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि , ३७ बाघ थपिए
विराटनगरमा पनि मनाइयो सांकेतिक भाषा दिवस
विराटनगर,असोज ७ अन्तरराष्ट्रिय सांकेतिक भाषा दिवस विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा बहिरा सप्ताहको आयोजना गरिएको छ । कोशी बहिरा संघको आयोजनामा साताब्यापी कार्यक्रम सुरु भएको हो । कार्यक्रमको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले उदघाटन गरिन । कार्यक्रमको पहिलोदिन प्रभातफेरी र जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ । सांकेतिक भाषाको महत्व र… Continue reading विराटनगरमा पनि मनाइयो सांकेतिक भाषा दिवस
विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा
विराटनगर,असोज ७ समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यकालागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ । पछिल्लो समयम श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यायमा यसखालका कार्यक्रम गरिएको क्लवकी अध्यक्ष अपर्णा दाहालले बताइन् । क्लवले विराटनगर राउण्ड टेबल नम्बर पाँचको सहयोगमा उक्त… Continue reading विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा
बिराटनगरमा फेरि शव भेटियो
विराटनगर,असोज ७ बिराटनगरमा फेरि एक ब्यक्तिको शव भेटिएको छ । बिराटनगर वडा नम्बर १६ र १७ सीमा क्षेत्र बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिकै सडकको होम पाइपको मुनि शव फेला परेको हो । शव गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगभग सडिसकेको शव डोजर प्रयोग गरेर होम पाइपबाट बाहिर निकालिएको छ । शव… Continue reading बिराटनगरमा फेरि शव भेटियो
ब्रेकिङ न्युज : विराटनगरमा फेरी शव भेटियो, हत्या गरेर फालिएको आशंका
विराटनगर,असोज ७ विराटनगर महानगरपालिका वडा नं. १७ र वडा नं.१८ को सीमा क्षेत्रमा एक शव भेटिएक छ । छाला फ्याक्ट्री पछाडि होम पाइपमा पुरुषको जस्तो देखिने शव फेला परेको हो ।घटनाको थप विवरण आउँदै ।
फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध उजुरी दिन पुगेकी बुहारीलाई उल्टै थुनिदिने धम्की
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो । नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका… Continue reading फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध उजुरी दिन पुगेकी बुहारीलाई उल्टै थुनिदिने धम्की
गोरु भनेर लखेट्दा भालुको आक्रमण, एक गम्भीर घाईते
बुटवल : शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन् । कोदोबारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु जस्तै ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ ।वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते… Continue reading गोरु भनेर लखेट्दा भालुको आक्रमण, एक गम्भीर घाईते
शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको जग्गा दिने निर्णय, प्रहरीको असन्तुष्टि
काठमाडौं : सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ । गत… Continue reading शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको जग्गा दिने निर्णय, प्रहरीको असन्तुष्टि
निरीह सरकार : खारेज भईसकेको संघसँग वार्तामा बसेर दसैँको मुखैमा बढायो गाडी भाडा
गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघसँग वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने… Continue reading निरीह सरकार : खारेज भईसकेको संघसँग वार्तामा बसेर दसैँको मुखैमा बढायो गाडी भाडा
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
काठमाडौं : सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओआर) संशोधन प्रस्ताव पास गरेसँगै लाइसेन्स खुल्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक ३ बर्षमा संशोधन गरिने भनेको कार्यविधि झन्डै १० बर्षपछि शुक्रबार संशोधन भएको हो ।… Continue reading अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
विवादित पप्पुलाई फेरि नयाँ सरकारी ठेक्का,राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि छानिने निश्चित
काठमाडौं : दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक… Continue reading विवादित पप्पुलाई फेरि नयाँ सरकारी ठेक्का,राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि छानिने निश्चित
मेलम्चीको सिमेन्ट चालकले बेचिदिए
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको छ । ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते… Continue reading मेलम्चीको सिमेन्ट चालकले बेचिदिए
स्पेन दूतावासमा आर्थिक अनियमितता भएको खुलासा
काठमाडौं : स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । तेस्रो पक्ष बिमा नगरी सवारी खरिद गरेको दूतावासले ‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा गरेको छैन । भिजिटिङ कार्ड र नेम… Continue reading स्पेन दूतावासमा आर्थिक अनियमितता भएको खुलासा
खानेपानी लिनसमेत भारत जान बाध्य !
नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ । सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन्। बेलाबेलामा भारतीइ पक्षले त्यही पानी पनि बन्द… Continue reading खानेपानी लिनसमेत भारत जान बाध्य !
दशैँको मुखमा ग्यास अभावको त्रास
काठमाडौं : उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् । यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् । तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ… Continue reading दशैँको मुखमा ग्यास अभावको त्रास
अब गाडी चढ्न भयो महँगो,सार्वजनिक यातायातमा भाडा बढ्यो
विराटनगर,असोज ७ सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको… Continue reading अब गाडी चढ्न भयो महँगो,सार्वजनिक यातायातमा भाडा बढ्यो
कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान
विराटनगर,असोज ६ कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपाने र प्रमुख संरक्षक शोभा लामा बलले संयुक्त रुपमा नगद २५ हजार १… Continue reading कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान
स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने
काठमाडौँ, असोज ६ नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो… Continue reading स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने
शिक्षक खुर्शीदको हत्या नियोजित डिजाइन : मुस्लिम गठबन्धन
विराटनगर,असोज ६ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले असोज ४ गते बिहिबार सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका खुर्शीद आलमको हत्या लगायतका घटना नियोजित डिजाइनमा हुने गरेको दाबी गरेको छ । गठबन्धले शनिबार विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि हत्यारा पक्राउ गर्नुका साथै घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्न पनि माग… Continue reading शिक्षक खुर्शीदको हत्या नियोजित डिजाइन : मुस्लिम गठबन्धन
विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी
विराटनगर, असोज ६ स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियन्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् । श्रेष्ठले प्रगतिशील समूहतर्फबाट यही आउँदो असोज १३ गते हुने निर्वाचनका लागि खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन् । उनी प्रदेश १ बाट नेपाल जनस्वास्थ्य संघको खुल्ला सदस्यमा उम्मेदवार दिने एक्ला… Continue reading विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी
जनस्वास्थ्य संघमा निर्वाचन लाग्यो, प्रगतिशील समूह प्रचारमा
विराटनगर, असोज ६ यही असोज १३ गते हुने नेपाल जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समहूले शनिबारबाट अन्तरक्रिया कार्यक्रमको प्रारम्भ गरेको छ । सात वटै प्रदेश र काठमाडौँसहित गरी ८ स्थानमा मतदान हुने भएकोले सबै ठाउँमा आफनो एजेन्डा सुनाउँदै कार्यक्रम गर्ने योजना बनाएको प्रगतिशिल समूहले बिराटनगरबाट अन्तरक्रिया कार्यक्रमको प्रारम्भ गरेको हो ।… Continue reading जनस्वास्थ्य संघमा निर्वाचन लाग्यो, प्रगतिशील समूह प्रचारमा
यसबर्ष दशैंको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा
काठमाडौँ,असोज ६ यसबर्षको दशैं नजिकिएको छ । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यस वर्षको दशैं टीकाको साइत सार्बजनिक गरेको छ । समितिले कार्तिक २ गते शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको विष्कर्ष निकालेको हो । समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा… Continue reading यसबर्ष दशैंको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा
रेलमार्ग निर्माणका लागि डिपिआर तयार गर्ने कार्यअन्र्तगत घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा
कञ्चनपुर, असोज ६ मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकी अन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ । रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका… Continue reading रेलमार्ग निर्माणका लागि डिपिआर तयार गर्ने कार्यअन्र्तगत घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा
खुर्सिद अन्सारीलाई सरकारले गर्याे सहिद घोषणा,यस्ता छन् मन्त्रीपरिषद्का निर्णय
सुनसरी,असोज ६ शुक्रबार अबेरराति सम्म बसेको संघीय सरकारको मन्त्रीपरिषद् बैठकले सुनसरीमा अज्ञात समूहले गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गरेको छ । साथै बैठकले पिडित परिवारलाई १० लाख राहत दिने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु यस्ता छन् : मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको… Continue reading खुर्सिद अन्सारीलाई सरकारले गर्याे सहिद घोषणा,यस्ता छन् मन्त्रीपरिषद्का निर्णय
अमेरिकामा एक नेपालीसहित तीनको हत्या
वाशिङ्टन डिसी, असोज ६ अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया… Continue reading अमेरिकामा एक नेपालीसहित तीनको हत्या
१३ वर्षमै फेसबुकमा ‘लभ’ परेपछि यस्तो सम्म
काठमाडौं : काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग… Continue reading १३ वर्षमै फेसबुकमा ‘लभ’ परेपछि यस्तो सम्म
सरकारले अश्लील वेबसाइट बन्द गर्ने
काठमाडौं : सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो । सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।… Continue reading सरकारले अश्लील वेबसाइट बन्द गर्ने
विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ
जेनेभा, असोज ६ मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ । राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक… Continue reading विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ