खोटाङ : भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजलले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे । तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले… Continue reading जहाँ मेयरले नगरपालिकाबाटै हेर्छन शिक्षकको हाजिरी
Category: समाज
प्राधिकरणले भन्यो : भाजपा नेता जौलीको भनाइमा सत्यता छैन
काठमाडौं : भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुराम कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताएका छन् । यो समाचार… Continue reading प्राधिकरणले भन्यो : भाजपा नेता जौलीको भनाइमा सत्यता छैन
दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस् ,नत्र फसिएला
काठमाडौं : नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको हो । महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी… Continue reading दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस् ,नत्र फसिएला
त्रिभुवन विमानस्थल खतराको सूचीमा रहेको भन्दै भाजपा नेताको प्रधानमन्त्रीलाई चिठ्ठी
काठमाडौं : भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत… Continue reading त्रिभुवन विमानस्थल खतराको सूचीमा रहेको भन्दै भाजपा नेताको प्रधानमन्त्रीलाई चिठ्ठी
विद्युत प्राधिकरणमा राजनीति नगर्न डा. मिनेन्द्र रिजालको सुझाव
विराटनगर,असोज ५ नेपाली कांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले राष्ट्रसेवक कर्मचारीहरुले सेवाको गुणस्तरमा वृद्धिहुनेगरी काम गर्नुपर्ने वताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारीसंघ आधिकारिक ट्रेड युनियन मेची कोशी क्षेत्रिय समितिद्धारा विराटनगरमा शुक्रबार आयोजित क्षेत्रिय भेला तथा रक्तदान कार्यक्रममा वोल्दै नेता रिजालले नेपाल विद्युत प्राधिकरण जस्तो सेवा दिने संस्थामा राजनिति गर्नु नहुने वताए । राजनिति भन्दापनि… Continue reading विद्युत प्राधिकरणमा राजनीति नगर्न डा. मिनेन्द्र रिजालको सुझाव
२ सय ५७ प्रहरी जवान दिक्षीत
विराटनगर,असोज ५ पूर्वक्षेत्रीय प्रहरी तालिमकेन्द्र विराटनगरमा संचालित प्रहरी जवान आधारभुत तालिम १३५ औं समूहका २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका छन् । प्रदेश एक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७४ मंसिर २८ गतेबाट संचालित उक्त तालिममा ४३ महिलासहित २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत… Continue reading २ सय ५७ प्रहरी जवान दिक्षीत
आरोहण गुरुकुलमा शनिवारदेखि एक चिहान नाटक मञ्चन गरिदै
विराटनगर÷ हामी युवाको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा नाटक एक चिहान मञ्चन गरिने भएको छ । असोज ६ गते शनिवारदेखि १६ गते सम्म १० दिन गुरुकुलमा नाटक एक चिहान मञ्चन गरिने भएको हो । स्व. उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण गरी मञ्चन गर्न लागिएको निर्देशक मुकेश कर्णले जानकारी दिए ।… Continue reading आरोहण गुरुकुलमा शनिवारदेखि एक चिहान नाटक मञ्चन गरिदै
निर्मला पन्तको पोस्टमार्टम रिपोर्टमा यस्तो दखियो,, सैनिकमाथि पनि अनुसन्धान
दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ ।प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने… Continue reading निर्मला पन्तको पोस्टमार्टम रिपोर्टमा यस्तो दखियो,, सैनिकमाथि पनि अनुसन्धान
स्कुल लाइसेन्स लिन १ लाख घूस
वीरगञ्ज : विद्यालयलाई प्रदान गरिने लाइसेन्स् (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घुस लिने क्रममा अरुण साह कानुलाई पक्राउ गरेको हो । यो समाचार आजको… Continue reading स्कुल लाइसेन्स लिन १ लाख घूस
आज दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको… Continue reading आज दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
विराटनगरका पसलमा छड्के अनुगमन
विराटनगर,असोज ५ बाणिज्य कार्यालय विराटनगरको अगुवाईमा बिहीबार विराटनगरका आधा दर्जन भन्दा बढी किराना पसलहरुको अनुगमन गरिएको छ । विराटनगरको गुद्री आसपासमा गरिएको अनुगमनका क्रममा सोभम किराना पसलबाट मिति गुज्रीसकेको कोकोनट नरिवलको तेल ३० पिस बरामद गरिएको छ । यस्तै धिरेन्द्र किराना पसलबाट दावत तोरीको तेल र विग्रेको कोदोको पिठो बरामद गरिएको छ । यस्तै ऊशुमभ… Continue reading विराटनगरका पसलमा छड्के अनुगमन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत
काठमाडौँ, असोज ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिर सर्वसम्मत भएका छन् ।आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सर्वसम्मतिले अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । आयुक्त घिमिरेले… Continue reading अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत
संघीय सरकारकै कारण संघीयता जोखिममा : मन्त्री आङ्बो
वित्त आयोग गठन नगरे संघीयता असफल विराटनगर, असोज ४ प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तत्काल वित्त आयोग गठन नगरे संघीयता दुर्घटनामा पर्ने बताएका छन् । विराटनगरमा बिहीबार नेपाल पत्रकार प्रदेश–१ आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन अझै नचाहेको आरोप लगाए । संघीय सरकारकै कारण… Continue reading संघीय सरकारकै कारण संघीयता जोखिममा : मन्त्री आङ्बो
अपराध नियन्त्रणका लागि मोरङ प्रहरीले ल्यायो मोबाइल एप्स
विराटनगर ,असोज ४ जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवम् अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीको एप्सको बिकास गरेको छ । प्रहरी कार्यालयले प्रविधियुक्त सो एप्सलाई आजबाट कार्यान्वयमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालयका आयोजित कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ए्प्सको एक कार्यक्रमका वीच एप्सको शुभारम्भ गरे । नेपाल प्रहरीले पहिलो पल्ट… Continue reading अपराध नियन्त्रणका लागि मोरङ प्रहरीले ल्यायो मोबाइल एप्स
प्रदेश सरकारले माग्यो ६ सय १३ कर्मचारी
विराटनगर, असोज ४ कर्मचारी अभाव झेली रहेको एक नं प्रदेश सरकारले संघीय सरकारसंग अपूग कर्मचारी माग गरेको छ । सरकार गठन भएको सात महिनासम्मपनि आवश्यक संख्या भन्दा आधा कर्मचारीले काम चलाउनु परेको निष्कर्ष निकाल्दै प्रदेश सरकारले तत्काल कर्मचारीको व्यवस्थापन गरीदिन संघीय सरकारसंग माग गरेको हो । प्रदेश सरकारका मन्त्रालय र त्यस अन्तर्गतका निकायका लागि आवश्यक… Continue reading प्रदेश सरकारले माग्यो ६ सय १३ कर्मचारी
सुनसरीमा गोली चल्यो ,एक शिक्षक मारिए
सुनसरी,असोज ४ सुनसरीको हरिनगर गाँउपालिका भुटाहामा गोलीप्रहारबाट एक स्थानीय शिक्षकको हत्याभएको छ । भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको हो । मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक खुर्सित आलममाथि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यूभएको प्रहरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको गोली… Continue reading सुनसरीमा गोली चल्यो ,एक शिक्षक मारिए
९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाउन भारतको जीएमआर असफल, लगानी बोर्डले अब के गर्ला ?
काठमाडौ,असोज ३ ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन भारतीय कम्पनी असफल भएको छ । निर्धारित समयमा पनि लगानी जुटाउन नसकेपछि केही साताअघि जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले पुनः १ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । लगानी जुटाउन थप समय आवश्यक भएको जीएमआरको जिकिर गरेको छ । जीएमआरको म्याद असोज २ गते अर्थात सेप्टेम्बर… Continue reading ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाउन भारतको जीएमआर असफल, लगानी बोर्डले अब के गर्ला ?
ब्रेकिङ न्युज : सुनसरीमा गोली चल्यो, एकजनाको मृत्यु
विराटनगर,असोज ४ सुनसरीको हरिनगर गाँउपालिका भुटाहामा गोलीप्रहारबाट एक स्थानीय शिक्षकको हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको हो । मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक खुर्सित आलममाथि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यूभएको प्रहरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको… Continue reading ब्रेकिङ न्युज : सुनसरीमा गोली चल्यो, एकजनाको मृत्यु
दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी, काम शुरु नगरे कारवाही
काठमाडौं,असोज ४ नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्राचार गरेको छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो । प्राधिकरणले सोमबार नै युटीएललाई पत्र काटिसकेको अध्यक्ष दिगम्बर झाले बताए । विकासन्युजसँगको कुराकानीमा झाले युटिएललाई समयमै सुध्रिन चेतावनी दिएको बताए ।… Continue reading दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी, काम शुरु नगरे कारवाही
तेजाब खन्याएर बालकको हत्या
अछाम, असोज ४ छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको… Continue reading तेजाब खन्याएर बालकको हत्या
पर्सामा ५५ वटा सीमा स्तम्भ गायब
वीरगञ्ज : पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य… Continue reading पर्सामा ५५ वटा सीमा स्तम्भ गायब
देशभर गम्भीर प्रकृतिको घटना बढ्दै, दैनिक दुई हत्या र तीन बलात्कार
०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ… Continue reading देशभर गम्भीर प्रकृतिको घटना बढ्दै, दैनिक दुई हत्या र तीन बलात्कार
सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, १ बर्षमा ८ सय घण्टा उडान
काठमाडौं : सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६–७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार… Continue reading सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, १ बर्षमा ८ सय घण्टा उडान
डराउँछन् निर्मलाका साथी,भन्छन् –स्कुल पनि नआउँ जस्तो लाग्छ
कञ्चनपुर : निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । , यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया… Continue reading डराउँछन् निर्मलाका साथी,भन्छन् –स्कुल पनि नआउँ जस्तो लाग्छ
पूराणबाट ७ लाख रकम संकलन
सुनसरी,असोज ४ सुनसरीको चतराधाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित विराटनगरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिनसम्म ७ लाख बढी रकम संकलन भएको छ । चतरास्थित जगद्गुरु पीठ तथा मन्दिर दीगोरुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ३० गतेबाट शुरु भएको सप्ताह पुराणमा मंगलबार बेलुकासम्म ५ लाख संकलन भएको आयोजक समितिका सचिव दधिराज सुवेदीले जानकारी दिए ।… Continue reading पूराणबाट ७ लाख रकम संकलन
मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो
काठमाडौँ, असोज ४ मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् । ज्यान जानेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय… Continue reading मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो
लुटेरा पक्राउ
गौशाला, ३ असोज ः महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायक उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।… Continue reading लुटेरा पक्राउ
निर्मला पन्तको हत्याको विरोधमा दुहवीमा र्याली
दुहवी,असोज ३ कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा बुधवार सुनसरीको दुहवीमा र्याली निकालिएको छ ।सरकारको फितलो अनुसन्धानले निर्मलाको हत्यारा अझै यकिन हुन नसकेको भन्दै दोषीलाई पत्ता लगाउन दबाब स्वरुप र्याली निकालिएको हो । हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्य अनुरूप विरोध गरिएको र्यालीमा सहभागी एलिना ढकालले बताईन् । दुहवीको स्थानिय पेट्रोल पम्पबाट सुरु भएको… Continue reading निर्मला पन्तको हत्याको विरोधमा दुहवीमा र्याली
लागुऔषधसहित एक पक्राउ
वीरञ्ज, ३ असोज ः भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५… Continue reading लागुऔषधसहित एक पक्राउ
तस्विरमा सविधान दिवसको कार्यक्रम (फाेटाे फिचर)
विराटनगर भदौ ३ , तिन दिनको विभिन्न कार्यक्रम सार्वजनिक गरी तेस्रो संबिधान दिवस मनाउने घोषण गरेका एक नम्बर प्रदेश सरकारले भव्यता पुर्वक मनाएको छ । अस्थायी राजधानी रहेको बिराटनगरमा पहिलो पल्ट बृहत्त औपचारिक कार्यक्रम आयोजना गर्दै एक नम्बर प्रदेश सरकारले भव्यरुपले संबिधान दिवस मनाएको हो । बिराटनवरको शहिद रंगशालामा आयोजित मुल समारोह समितिले आयोजना गरेको… Continue reading तस्विरमा सविधान दिवसको कार्यक्रम (फाेटाे फिचर)
मुख्यमन्त्री राईद्धारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त
विराटनगर, असोज ३ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत… Continue reading मुख्यमन्त्री राईद्धारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त
पश्चिम सेती बनाउने चिनियाँ कम्पनीको सम्झौता खारेज
लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविधुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा समाचार छ । मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको हो । ०६८ मा भएको सम्झौताअनुसार सात बर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने… Continue reading पश्चिम सेती बनाउने चिनियाँ कम्पनीको सम्झौता खारेज
राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार
राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार मामा नाता पर्ने अर्जुनले… Continue reading राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार
भारतबाट मात्र भित्रिन्छन् वार्षिक ६ अर्बका खसीबोका
काठमाडौं : विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरिँदै गएको छ । नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् । नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन… Continue reading भारतबाट मात्र भित्रिन्छन् वार्षिक ६ अर्बका खसीबोका
संविधान जारी भएको तीन बर्ष पुरा : नेता मालामाल, जनताको बेहाल
काठमाडौं : सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भएको देखिदैन । संबिधान सफल नहुनुमा राजनितीक दल… Continue reading संविधान जारी भएको तीन बर्ष पुरा : नेता मालामाल, जनताको बेहाल
पानी छोएको निहुँमा वडाध्याक्षद्धारा दलित युवा कुटिए !
पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।,आजको नयाँ पत्रिकामा यो खबर छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय… Continue reading पानी छोएको निहुँमा वडाध्याक्षद्धारा दलित युवा कुटिए !
बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ
महोत्तरी : साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ बर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ । ,यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या… Continue reading बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ
लखेट्दै लगेर १५ बर्षीया किशोरी बलात्कार
म्याग्दी : चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै… Continue reading लखेट्दै लगेर १५ बर्षीया किशोरी बलात्कार
भोजपुर नगरपालिकाले कर नलिने
स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले असोज १ गतेबाट कार्यान्वयन हुनेगरी नगरपालिकामा कर नलिने प्रस्ताव पारित गरेका छन् । स्थानीय सरकारले जथाभावी कर उठाईरहेको बेला भोजपुर नगरपालिकाले विभिन्न आठ विषयमा कर नलिने भएको हो । नगरपालिकाले अपाङ्गता परिचयपत्रको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, स्वास्थ्य, विवाहदर्ता, बसाइसराई, सम्बन्ध विच्छेद र मृत्युदर्ता… Continue reading भोजपुर नगरपालिकाले कर नलिने
एकपछि अर्काे गर्दे सुनकाण्डका आरोपी रिहा , अभियुक्त बनाइएका एसपी विकासराज खनालपनि छुटे
विराटनगर,असोज ३ ३८ किलो सुन तस्करी प्रकरणमा अभियुक्त बनाइएका एसपी विकासराज खनाललाई जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउदै उच्च अदालत विराटनगरले तारेखमा रिहा गर्न आदेश दिएको छ । ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च… Continue reading एकपछि अर्काे गर्दे सुनकाण्डका आरोपी रिहा , अभियुक्त बनाइएका एसपी विकासराज खनालपनि छुटे
प्रदेश प्रमुखले आयोजना गरे चियापान समारोह (फोटो फिचरसहित)
विराटनगर,असाज ३ प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले संविधान दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेका छन । प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित समारोहमा प्रदेश प्रमुख तुम्बाहाङले शुभकामनासमेत दिए । लामो राजनीतिक अस्थिरतापछि जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले संविधान… Continue reading प्रदेश प्रमुखले आयोजना गरे चियापान समारोह (फोटो फिचरसहित)
धावनमार्गमा समस्या आएपछि विमान आकाशमै ‘होल्ड’
काठमाडौँ, असोज २ धावनमार्ग ‘रनवे’ मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान १० मिनेटदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अबको… Continue reading धावनमार्गमा समस्या आएपछि विमान आकाशमै ‘होल्ड’
नेपालमा तेह्र हजार गिद्ध,हिमाली प्रजातिको गिद्ध मात्रै करीब १० हजार
नवलपरासी, असोज २ नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेको छ । नेपालमा डङ्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो,… Continue reading नेपालमा तेह्र हजार गिद्ध,हिमाली प्रजातिको गिद्ध मात्रै करीब १० हजार
बजारमा आयो हाइजेनिक प्रविधियुक्त तयारी चाउचाउ
झापा,असोज २ झापाका उद्योगी तथा व्यवसायीले मेची अञ्चलमै पहिलो पटक वातावरणमैत्री स्वच्छ सफा हाइजेनिक प्रविधियुक्त तयारी चाउचाउ उद्योग सञ्चालनमा ल्याएका छन् । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्ड एम्बासेडर बनाएका मेचीनगर १४ दुवागढीस्थित मनसा थाई फूडस् प्रा.लिद्धारा उत्पादित मगमग तयारी चाउचाउ बजारमा ल्याएका हुन् । उद्योगले झापाको बिर्तामोडमा… Continue reading बजारमा आयो हाइजेनिक प्रविधियुक्त तयारी चाउचाउ
एक वर्षभित्र प्रदेश १ मा प्रदेश लोकसेवा
विराटनगर ,असोज २ प्रदेश नम्बर १ मा अबको एक वर्षभित्र प्रदेश लोकसेवाको गठन हुने भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश लोकसेवा आयोग गठन गरी एक बर्ष भित्र प्रदेशको प्रशासनिक काम कार्वाही अगाडी वढाउने बताएका हुन् । उनले तत्कालको अबस्थामा अहिले केन्द्र सरकारको मातहातका कर्मचारी मार्फत प्रदेश… Continue reading एक वर्षभित्र प्रदेश १ मा प्रदेश लोकसेवा
थापाखोलाको उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड बराबरको क्षति
काठमाडौं,असोज २ मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोला जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । गत साउन २६ गते आएको बाढीले जलविद्युत केन्द्रको बाँध क्षेत्रमा क्षति पुर्याउँदा उत्पादन बन्द भएपछि प्रवद्र्धक माउन्ट कैलाश इनर्जी कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी गुमेको हो । बाढीले पुरेका तथा भत्काएका संरचनामा… Continue reading थापाखोलाको उत्पादन बन्द हुँदा १ महिनामा साढे ३ करोड बराबरको क्षति
१३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ
विराटनगर असोज २ तराईका जिल्ला जोडने ‘लाइफ लाइन’ सडकका रुपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व – पश्चिम राजमार्ग निर्माणको काम सुरु भएको १३ वर्ष भएको छ । ०६२/०६३ सालदेखि हुलाकी राजमार्गको निर्माणको काम सुरु गरिएको थियो । तर, अझै पनि निर्माणको अवस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तर्गतको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर… Continue reading १३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ
न्युरोडमा ८ तले ई-पार्किङ बनाउन ६ कम्पनी प्रतिस्पर्धामा, अर्को हप्ता छनोट हुने
काठमाडौं,असोज २ काठमाडौं महानगरको धर्मपथमा इलेक्ट्रोनिक पार्किङ बनाउन ६ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । करिब १ अर्ब लागत अनुमान गरिएको पार्किङ निर्माण गर्न ६ वटा ठेकदार कम्पनीले आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीहरुको मूल्याङकन प्रक्रिया सुरु भैसकेको महानगरका प्रशासकिय अधिकृत नवराज ढकालले बताए । उनका अनुसार मुल्याङकन सकिएपछि एक कम्पनीको छनोट गरिनेछ ।… Continue reading न्युरोडमा ८ तले ई-पार्किङ बनाउन ६ कम्पनी प्रतिस्पर्धामा, अर्को हप्ता छनोट हुने
११ दिनमै फेरि बढ्यो पेट्रोल र डिजलको भाउ
काठमाडौँ,असोज २ नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिए । अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ ।… Continue reading ११ दिनमै फेरि बढ्यो पेट्रोल र डिजलको भाउ
बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि भनाभन
काठमाडौं : प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल,… Continue reading बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि भनाभन
विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतद्धारा फुकुवा,आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहमत
काठमाडौं : भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । ,यो समाचार आजको कारोबारमा छापिएको छ । सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै… Continue reading विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतद्धारा फुकुवा,आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहमत
पुर्वराजदुत हत्या प्रकरण : अपराध कबुल गराउन प्रहरीले चर्को यातना दिएको खुलासा
एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ ।, यो समाचार… Continue reading पुर्वराजदुत हत्या प्रकरण : अपराध कबुल गराउन प्रहरीले चर्को यातना दिएको खुलासा
उडानमा लापरबाही गरेकोले ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड,अवालेलाई उडानमा आजीवन रोक
वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण जनाउँदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ । यीमध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ । क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित… Continue reading उडानमा लापरबाही गरेकोले ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड,अवालेलाई उडानमा आजीवन रोक
भारतीय सेना प्रमुखको बिवादास्पद अभिब्यक्ति सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष
बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको… Continue reading भारतीय सेना प्रमुखको बिवादास्पद अभिब्यक्ति सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष
निर्मला हत्या प्रकरणः एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ । समितिले सोमबार मात्रै पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ । अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयान लिने तयारीअनुरूप… Continue reading निर्मला हत्या प्रकरणः एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु
संविधान दिवसमा तीन दिन उत्सव मनाउने तयारी
विराटनगर : तेस्रो संविधान दिवशको अवसर पारेर प्रदेश १ मा तीन दिन दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५ सय १ सदस्यीय समिती गठन गरी प्रदेश सरकारले मंगलबार देखि तीन दिन संविधान दिवसको अवसरमा दीपावलीसहित उत्सव मनाउने तयारी गरेको हो ।\ प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरी संविधान… Continue reading संविधान दिवसमा तीन दिन उत्सव मनाउने तयारी
प्रदेशका नाम र राजधानी तोक्न किन ढिलो?
विराटनगर,असोज १ एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । एक नम्बर प्रदेशको सोमबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानीको विषय छिटो टुङ्ग्याउन माग गरेका हुन् । बैठकमा बोल्दै सांसद लिला सुब्बाले दुई तिहाई बहुमतको सरकार भएपनि अझै प्रदेशको… Continue reading प्रदेशका नाम र राजधानी तोक्न किन ढिलो?
सौर्य एयरलाईन्सको विमानमा चरा ठोक्कियो
विराटनगर,असोज १ निजीक्षेत्रको बायुसेवा कम्पनी सौर्य एयरलाईन्सको विमान ग्राउण्डेड भएको छ । सोमबार विहान उडिरहेको सो कम्पनीको विमानमा चरा ठोक्किएपछि विमान ग्राउण्डेड भएको हो । आज बिहान काठमाण्डौबाट विराटनगरका लागि ८.३० मा उडेको सौर्य एयरलाइन्सको फ्लाईट नम्बर ७२१ मा चरा ठोक्किएको थियो । चरा ठोक्किएपनि विराटनगर विमानस्थलमा सफल अवतरण गरेको विमान त्यसपछि भने ग्राउण्डेड गरिएको… Continue reading सौर्य एयरलाईन्सको विमानमा चरा ठोक्कियो
बिराटनगरका भगत यूथ काउन्सिलमा
विराटनगर,असोज १ बिगत लामो समयबाट समाज सेवाको साथै ब्यापारिक क्षेत्रमा आबद्ध बिराटनगर निवासी रंजीत भगत यू एस एम्बेसी युथ काउन्सिलका सदस्यको रुपमा चयन भएका छन् । भगत लामो समयदेखि लियो क्लब, रोट्रेक्ट क्लब तथा अन्य संघ संस्थामा आबद्ध हुदै आफ्नो समाज सेवाको क्षेत्रमा अगाडि बढिरहेका छन् । त्यस्तै उनले एक उद्यमशील युवाका रूपमा पनि आफ्नो… Continue reading बिराटनगरका भगत यूथ काउन्सिलमा
उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता लोक सेवामा पठाउने तयारी
काठमाडौं,असोज १ सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो । मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।… Continue reading उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता लोक सेवामा पठाउने तयारी
दुई महिनामा १४५ जनामा स्क्रब टाइफस
चितवन,असोज १ जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६… Continue reading दुई महिनामा १४५ जनामा स्क्रब टाइफस