कुखुरा फारममा आगलागी

सुनसरी, जेठ २७ सुनसरीको वराह नगरपालिका ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा शनिबार विहान आगलागी भएको छ। विहान ८ः३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो। आगलागीबाट फारममा रहेको करिब सात लाख बराबरको कुखुरा तथा ४५ बोरा दाना जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ६५ हजार रुपैया बराबरको क्षति भएको बताइएको छ। आगलागी… Continue reading कुखुरा फारममा आगलागी

भारततर्फ लैजादै गरेको तीन सय लिटर डिजेल बरामद

विराटनगर,जेठ २७ मोरङको रंगेलीबाट भारत तर्फ तस्करी हुँदै गरेको तीन सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले भारततर्फ लैजादै गरेको दुई वटा मोटरसाइकलसहित ३०० लिटर डिजेल नियन्त्रणमा लिएको हो। तस्करहरुले बिभिन्न पेट्रोल पम्पहरुबाट किसानहरुको नाममा ड्रम तथा ग्यालेनमा डिजेल भर्ने र तस्करी गर्ने पाइएपछि त्यस्तो कार्यमा समेत रोक लगाउन टोली… Continue reading भारततर्फ लैजादै गरेको तीन सय लिटर डिजेल बरामद

पाँचथरमा जिप दुर्घटना, चार जना घाइते

विराटनगर,जेठ २७ पाँचथरको हिलिहाङ गाउँपालिका १ मा शनिबार साँझ बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाईते भएका छन् । घाईते हुनेमा चालक ताप्लेजुङ तिरिङगे– ४ का खेम लिम्बु, पाचथर हिलेहाङे–१ की सम्झना लिम्बु, अन्जना लिम्बु र सीता योङहाङ सामान्य घाइते भएका छन्। पाँचथरको थर्पुबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ज २२८३ नम्बरको जिप… Continue reading पाँचथरमा जिप दुर्घटना, चार जना घाइते

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन, जेठ २७ बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी… Continue reading जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

विराटनगर,जेठ २६ वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ । देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो । उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्खौली घरमा लगिएको हो । घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने देवकोटाले इच्छा व्यक्त गरेका थिए । देवकोटाको… Continue reading डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

साहित्यकार सुवेदीको नागरिक अभिनन्दन

विराटनगर, जेठ २६ विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई शनिबार विराटनगरमा भव्य समारोहका बीच अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय २ सयभन्दा बढी संस्थाहरूले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् । २००४ सालमा भोजपुरमा जन्मिएका सुवेदी दुईपटक नेपाल पज्ञा प्रतिष्ठानको प्राज्ञ… Continue reading साहित्यकार सुवेदीको नागरिक अभिनन्दन

सौराहामा हात्तीपार्क निर्माण गरिने

चितवन, जेठ २६ जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ । हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने हात्तीलाई प्रयोग गरेर हात्तीपार्क निर्माण गर्न लागिएको हो । युनाइटेड इलाफेन्ट कोअपरेटिभ सौराहाका… Continue reading सौराहामा हात्तीपार्क निर्माण गरिने

स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

नुवाकोट, जेठ २६ भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्यचौकी र विदुर नगरपालिका–१२ स्थित चारघरे स्वास्थ्य चौकी भवन शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त… Continue reading स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

जबर्जस्ती करणी आरोपमा एक जना वृद्ध पक्राउ

राजविराज, जेठ २६ बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन्… Continue reading जबर्जस्ती करणी आरोपमा एक जना वृद्ध पक्राउ

तरा एयरको जहाज जुम्लामा दुर्घटना !

विराटनगर,जेठ २६ जुम्लाका लागि नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर हुँदा जहाज धावनमार्ग बाहिर गई दुर्घटना भएको हो । नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज फेन्समा ठोक्किएको थियो । दुर्घटना… Continue reading तरा एयरको जहाज जुम्लामा दुर्घटना !

ईद नजिकिँदै गर्दा मुस्लिम समुदायलाई हातेमालोको सहयोग

विराटनगर,जेठ २६ साप्ताहिक रुपमा सरसफाई लगायतका विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्था ‘परिवर्तनकालागि हातेमालो’ले २० औँ हप्ता पनि विभिन्न सरसफाई कार्यक्रम गरेको छ । सरसफाई महाअभियानको २० औँ हप्तामा शनिबार संस्थाले विराटनगर–८, अशोक चौकमा रहेको मुस्लिम धर्म लम्बिहरुको दर्गा(प्रार्थना गर्ने ठाउँ) वरपर सरसफाई कार्यक्रम तथा रङ्गरोगन गरेको हो । मुस्लिम धर्म लम्बिहरुको महान चाड इदलाई… Continue reading ईद नजिकिँदै गर्दा मुस्लिम समुदायलाई हातेमालोको सहयोग

मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने

s curve road

चितवन, जेठ २६ नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो । मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको… Continue reading मुग्लिन–नौबिसे सडक स्तरोन्नति गरिने

फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

????????????????????????????????????

काठमाडौँ, जेठ २६ जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए । ऊर्जा मन्त्रालयका… Continue reading फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

प्रधानमन्त्रीको समाचार संकलनमा अवरोध भएको भन्दै पत्रकारको विरोध

विराटनगर, जेठ २६ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर १मा गर्ने सम्बोधनको समाचार संकलनमा अवरोध भएको भन्दै मोरङका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ को संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएपछि सञ्चारकर्मीले विरोध गरेका हुन् ।… Continue reading प्रधानमन्त्रीको समाचार संकलनमा अवरोध भएको भन्दै पत्रकारको विरोध

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुर, जेठ २६ विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता… Continue reading विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

फरार चार जना पक्राउ

मोरङ, जठ २६ इलाका प्रहरी कार्यालय रानीले दुई दिनमा फरार चार जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । सार्वजनिक अपराध मुद्दामा जरिवाना रकम नबुझाई फरार रहेका मोरङ विराटनगर–१५ बस्ने पवनकुमार यादव, सोही ठाउँका जितेन्द्र यादव, विराटनगर १४ का महेन्द्र साहर र फिरोज साहलाई प्रहरीले पक्राउ गरी जिल््ला अदालत मोरङमा उपस्थित गराएको हो । अदालतमा… Continue reading फरार चार जना पक्राउ

साइकल सिक्नेक्रममा लडेर मृत्यु

विराटनगर,जेठ २६ सुनसरीको धरान उपमहानगरपालिका ६ पानमारामा साइकलबाट लडेर सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीया गीता मंग्रातीको मृत्यु भएको छ। बिहिबार साँझ साइकल सिक्नेक्रममा लडेर टाउकोम चोट लागी गम्भीर घाइते भएकी मंग्रातीको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको आफन्तले प्रहरीलाई जनाएको छ । घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी… Continue reading साइकल सिक्नेक्रममा लडेर मृत्यु

एसबिआईद्धारा रक्तदान कार्यक्रम

विराटनगर,जेठ २६ नेपाल एसबिआई बैंकले आफनो स्थापनाको २५ औं बार्षिक उत्सवको अबसरमा रक्तदान कार्यक्रम गरेको छ । आफ्ना देशैभरिका शाखामा रक्तदान कार्यक्रम गरेको एसबिआई बैंकले शुक्रबार विराटनगर शाखामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गर्मी बढेसंगै बिरामी बढ्ने र रगतको अभाव हुन सक्ने भएकाले बैंकले सामाजिक सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको एसबिआई बैंक… Continue reading एसबिआईद्धारा रक्तदान कार्यक्रम

कुलेखानीको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

????????????????????????????????????

काठमाडौँ, जेठ २५ नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत्… Continue reading कुलेखानीको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

मानवअधिकार सरकारको प्राथमिकतामा नपरेको गुनासो

विराटनगर,जेठ २५ राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माले मानवअधिकार वर्तमान सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । जनअधिकार अभियान नेपालले आज विराटनगरमा आयोजना गरेको वर्तमान राजनितिक परिस्थितिमा मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दलहरु सत्ता बाहिर रहेका बेला मानवअधिकारको पक्षमा वकालत गर्ने तर सत्तामा पुगेपछि मानवअधिकार नचाहिने प्रबृति रहेको भन्दै उनले वर्तमान… Continue reading मानवअधिकार सरकारको प्राथमिकतामा नपरेको गुनासो

कोरियाली भाषा परीक्षा शनिबारदेखि

काठमाडौँ, जेठ २५ गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो… Continue reading कोरियाली भाषा परीक्षा शनिबारदेखि

कर तथा ब्याज मिनाहा हुने

विराटनगर, जेठ २५ लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ । यसरी… Continue reading कर तथा ब्याज मिनाहा हुने

रोकिराखेको बसमा आगलागी

विराटनगर,जेठ २५ विराटनगरको जनआन्दोलन चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा गएराति आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भागमा क्षति पुगेको छ ।… Continue reading रोकिराखेको बसमा आगलागी

रंगेली नगरपालिकाको सडक विस्तार

s curve road

विराटनगर, जेठ २५ मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् । उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि रु ५० लाख लागेको वडाध्यक्ष महानन्द मण्डलले बताए । बिपी आश्रमदेखि आमगाछीसम्मको चार किलोमिटर, झुंगिटोलदेखि धनपटी जोडने पाँच किलोमिटर, मधुवनी आमगाछी जोडने चार किलोमिटरलगायतका सडक विस्तार गरिएका हुन् । ती… Continue reading रंगेली नगरपालिकाको सडक विस्तार

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग

काठमाडौँ, जेठ २५ प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भने । उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले)… Continue reading जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, जेठ २५ विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर… Continue reading विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

राजपा केन्द्रीय सचिव लामाको मृत्यु

इनरुवा, जेठ २५ राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उनी ३१ बर्षका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला… Continue reading राजपा केन्द्रीय सचिव लामाको मृत्यु

दाङमा बस दुर्घटना ः एकको मृत्यु, ३२ घाईते

विराटनगर,जेठ २५ जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने बसमा सवार ३२ जना यात्रु घाईते भएका छन् । तीव्र गतिका कारण बस दुर्घटना भएको यात्रुले बताएका छन् । बसमा सवार… Continue reading दाङमा बस दुर्घटना ः एकको मृत्यु, ३२ घाईते

मोरङमा लागुऔषधसहित चार जना पक्राउ

विराटनगर,जेठ २५ मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान–७ बस्ने विशाल श्रेष्ठ र ईटहरी–१४ बस्ने अनिल सरदारलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले प्रेमप्रसाद र विशालको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन २०० पिस र डाइलेक्स डिसी… Continue reading मोरङमा लागुऔषधसहित चार जना पक्राउ

जंगली च्याउ खाँदा विरामी

विराटनगर,जेठ २५ मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी परेका छन। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मिक्लाजुङ गाउँपालिका ५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा र उनकी पत्नी वर्ष ६० की देवीमाया विश्वकर्मा सिकिस्त बिरामी परेका हुन्। उनीहरुले घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ बिहिबार बिहान पकाएर खाएका थिए । दुबैलाई… Continue reading जंगली च्याउ खाँदा विरामी

मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

विराटनगर,जेठ २५ मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । साथीको घरबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा सप्तरी ढाक्नेश्वरी नगरपालिका ४ बस्ने १७ वर्षीय मिथिलेसकुमार साह लाई चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन्। साहले विराटनगर १२ स्थित अजय बर्माको घरमा डेरा गरी बस्ने साथीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको स ८ प ५०७६ नम्बरको… Continue reading मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

विद्युत चोरी गर्ने २३ जना पक्राउ

राजविराज, जेठ २५ विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । पक्राउ परेकाको साथबाट छवटा विद्युत् मिटर, दुईवटा एलइडी… Continue reading विद्युत चोरी गर्ने २३ जना पक्राउ

 ‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौँ, जेठ २४ राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो’  सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक काठमाडौँमा आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले विमोचन गरे ।… Continue reading  ‘बेथितिको जालो’ सार्वजनिक

समयमा काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनीको विवरण मन्त्रालयमा

भक्तपुर, जेठ २४ जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ । उनको निर्माण कम्पनी लोहनी… Continue reading समयमा काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनीको विवरण मन्त्रालयमा

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, जेठ २४ माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत… Continue reading माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

एकचालीस राहदानीसहित विक पक्राउ

काठमाडौँ, जेठ २४ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश… Continue reading एकचालीस राहदानीसहित विक पक्राउ

हिलेपानीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर घाइते

खोटाङ, जेठ २४ ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा आज बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना१ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया… Continue reading हिलेपानीमा जिप दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर घाइते

तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

लहान, जेठ २४ विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य… Continue reading तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा,राजिनामा पछि के भने मन्त्री यादबले ?

विराटनगर,जेठ २४ जग्गा खरिद मा भ्रष्टाचारमा मुछिएर मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए । राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको तर देशीरविदेशी शक्ति र अन्य… Continue reading आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा,राजिनामा पछि के भने मन्त्री यादबले ?

एकैघरका दुई बुहारी वैशाखदेखि सम्पर्कविहीन

म्याग्दी, जेठ २४ म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिए । बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उनले बताए । “हामी… Continue reading एकैघरका दुई बुहारी वैशाखदेखि सम्पर्कविहीन

जाजरकाेटमा एकवर्षमा ३० जनाकाे लडेर मृत्यु

जाजरकोट, जेठ २४ अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना… Continue reading जाजरकाेटमा एकवर्षमा ३० जनाकाे लडेर मृत्यु

चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

गौशाला, जेठ २४ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए ।… Continue reading चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

ताप्लेजुङमा पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु

विराटनगर, जेठ २४ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ मा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु भएको छ। स्थानीय खेजेनीमा कृषि सडक खण्डमा बाटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले बा २ क ५२६३ नम्बरको स्काईभेटर पुरिंदा चालक पाँचथरका हिलिहाङ गाउँपालिका २ बस्ने ३८ वर्षीय कृष्ण बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी… Continue reading ताप्लेजुङमा पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु

सुनसरीको देवानगञ्जमा बस दुर्घटना, सात जना घाइते

सुनसरी, जेठ २४ सुनसरीको देवानगन्ज गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार सात जना यात्रु सामान्य घाइते भएका छन्। देवानगन्जबाट बिराटनगर आउँदै गरेको को १ ख ३६५७ नम्बरको बस बुधबार मध्यान्ह १२ बजेतिर देवानगञ्ज नगरपालिका ६ स्थित राजगञ्जसिनुवारीमा पल्टिएको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरीको टोली खटिगई घाइतेहरुलाई उपचारका लागी विराटनगर नोबेल अस्पताल पठाइएको… Continue reading सुनसरीको देवानगञ्जमा बस दुर्घटना, सात जना घाइते

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर, जेठ २४ मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उनी शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो… Continue reading सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

संघका अध्यक्ष पक्राउ गरिएको प्रति आपत्ति

विराटनगर,जेठ २४ सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरे नगर समितिले सरकारले सुनचाँदी व्यवसायीलाई हतोत्सायी बनाएको आरोप लगाएको छ । संघले बुधबार पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो लेनदेनको कारोवार मिलाउन धरान गएको बेला संघका नगर अध्यक्ष नरेशकुमार विश्वकर्मा घतानी र छोरा सुशान्तलाई पक्राउ गरिएको घटनाप्रति खेद ब्यक्त गरेको छ । यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि एक… Continue reading संघका अध्यक्ष पक्राउ गरिएको प्रति आपत्ति

बाँसबारीबाट सिमरन फिडको ट्रक चोरी

विराटनगर,जेठ २४ मोरङको सुन्दहरैंचास्थित बाँसबारीबाट मंगलबार रातिट्रक चोरी भएको छ । मंगलबार विहानको रातिबाँसबारी चौक भन्दापूर्वतर्फ रहेको सोमनाथ निरौलाको घरको तल्लो तला भाडामा लिएर सिमरन फिड सञ्चालनगर्दै आएकामानबहादुर श्रेष्ठको ट्रक चोरी भएको हो । कुखुराको चारो, चल्ला तथा अण्डाको होलसेल विक्रीगर्दै आएको सिमरन फिडले ढुवानीका लागिप्रयोग गर्ने ४ वटा ट्रक एकैठाऊँमा राखिएको अवस्थामात्यसमध्ये ना ४… Continue reading बाँसबारीबाट सिमरन फिडको ट्रक चोरी

विराटनगरकाे १ नं वडा खुल्ला दिसामुक्त

विराटनगर,जेठ २४ विराटनगर महानगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय श्री राधाकृष्ण धर्मशालामा बुधबार आयोजित कार्यक्रमकाबीच सो वडा लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा उपस्थित सरोकारवालाकाबीच विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले वडा नम्बर १ लाई खुल्ला दिसमाुक्त क्षेत्र घोषणा गरे । उनले सो वडाको सम्पुर्ण २… Continue reading विराटनगरकाे १ नं वडा खुल्ला दिसामुक्त

चट्याङ् लागेर दुईको मृत्यु, चार घाइते

हेटौँडा, जेठ २३ पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले… Continue reading चट्याङ् लागेर दुईको मृत्यु, चार घाइते

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

काठमाडौँ, जेठ २३ संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र… Continue reading मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

रुपन्देही, जेठ २३ सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित… Continue reading सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, जेठ २३ महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार… Continue reading कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

दुई भारतीय पक्राउ

पर्सा, जेठ २३ भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित… Continue reading दुई भारतीय पक्राउ

अब नेपालमै सुलीबाट बिजुली !

स्याङ्जा, जेठ २३ कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक… Continue reading अब नेपालमै सुलीबाट बिजुली !

सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन

सुर्खेत, जेठ २३ कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताए । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका… Continue reading सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन

अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त

धनुषा, जेठ २३ धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत… Continue reading अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त

सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, जेठ २३ सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको… Continue reading सुनसरीमा जंगली हात्तीको आतंक

नारायणगढ—मुग्लिन सडक कालोपत्र कार्य सम्पन्न ,सडक दिउँसो बन्द नहुने

चितवन, जेठ २३ नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा… Continue reading नारायणगढ—मुग्लिन सडक कालोपत्र कार्य सम्पन्न ,सडक दिउँसो बन्द नहुने

स्थानीय जनप्रतिनिधिले राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने

भोजपुर, जेठ २३ भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन् । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ ।… Continue reading स्थानीय जनप्रतिनिधिले राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

;f}/fxfdf u}F8fsf] aRrf lrtjg /fli6«o lgs'~hsf] k"jL{ ;]S6/cGtu{t ;f}/fxfdf /dfpFb} u/]sf] u}F8fsf] aRrf -s]6f]_ . 3fOt] cj:yfdf km]nf k/]s]f s]6f] clxn] :j:y ePsf] 5 . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;

चितवन जेठ २२ चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख… Continue reading चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

काठमाडौँ, जेठ २२ गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका… Continue reading सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग