आगलागीबाट क्षति

रुकुम, पूर्व, ३ कात्तिक ः रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला… Continue reading आगलागीबाट क्षति

मुसहरको सामूहिक टीका

बर्दिवास, ३ कात्तिक ः महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् । बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी… Continue reading मुसहरको सामूहिक टीका

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक  ः मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका… Continue reading खुकुरी प्रहार गरी युवकको हत्या

प्रधानमन्त्रीले पिता मोहन प्रसादको हातबाट टीका ग्रहण गरे

केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा टीका र जमरा ग्रहण गरेका हुन्। पितासँग टीका लगाउनुअघि उनले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए। टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन्।

राष्ट्रपतिले आमा मिथिलाको हातबाट लगाइन् टीका

/fi6«klt 6Lsf u|x0f /fi6«klt ljBfb]jL e08f/L ljhof bzdLdf cfdfsf] xftaf6 lztnlgjf;df z'qmaf/ 6Lsf tyf hd/f u|x0f ub}{ . t:jL/ M /Tg >]i7, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका लगाइदिएका हुन् । राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो । राष्ट्रपति… Continue reading राष्ट्रपतिले आमा मिथिलाको हातबाट लगाइन् टीका

बस दुर्घटनामा तीनको मृत्यु

चितवन, २ कात्तिक ः इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन… Continue reading बस दुर्घटनामा तीनको मृत्यु

यस वर्षको विजयादशमीमा टीकाको उत्तम साइत कति बजे ?

बिहीबार, १ कार्तिक, विराटनगर यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ । दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै… Continue reading यस वर्षको विजयादशमीमा टीकाको उत्तम साइत कति बजे ?

आज महानवमी,विशेष पूजाअर्चना

काठमाडौँ, १ कात्तिक :- आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन… Continue reading आज महानवमी,विशेष पूजाअर्चना

कुन रोगका बिरामीले के खाने, के नखाने ? यी कुरा ध्यान दिनुहोस

विराटनगर, असोज ३१ चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ… Continue reading कुन रोगका बिरामीले के खाने, के नखाने ? यी कुरा ध्यान दिनुहोस

पाकिस्तानमा बलात्कारीलाई झुण्ड्याएर मृत्युदण्ड

एजेन्सी, असोज ३१ पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड दिंदा जैनाबका बाबु अमिन अन्सारी र अरु नातेदार पनि उपस्थित रहेको प्रहरीले जनाएको छ । यसअघि, अमिन अन्सारीले इमरान अलीलाई सार्वजनिकस्थलमा झुण्ड्याउन गरेको अपिल… Continue reading पाकिस्तानमा बलात्कारीलाई झुण्ड्याएर मृत्युदण्ड

विश्वभर यूट्यूब डाउन हुने यस्तो छ कारण

एजेन्सी, असोज ३१ शर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ । यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो । प्रयोगकर्ताहरुले… Continue reading विश्वभर यूट्यूब डाउन हुने यस्तो छ कारण

दशैंका लागि ११ अर्ब ७९ करोडको नयाँ नोट सटही

काठमाडौं, असोज ३१ नेपाल राष्ट्र बैकको मुद्रा व्यवस्थापन विभागले दशैंका लागि भन्दै करीब ११ अर्ब ७९ करोड रूपैयाँको नयाँ नोट सटही गरेको छ । बैक तथा वित्तीय संस्था र विभागबाट गत असोज २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारण नागरिकलाई ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरू वितरण गरेको हो । यस वर्षको दशैंमा करीब… Continue reading दशैंका लागि ११ अर्ब ७९ करोडको नयाँ नोट सटही

बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी

विराटनगर, असोज ३१ नेपालीहरुको महान चाड बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी । महाअष्टमीको मध्यरातमा बलीसहित कालरात्रीको पुजा गर्ने चलन छ । महाअष्टमीका दिन दशैघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । यसदिन घटस्थापना गरिएको स्थानमा विशेष पूजा आजा गर्ने परम्परा छ । यसदिन घर तथा कलकारखानामा रहेका… Continue reading बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी

सिरहाको दुर्गा मन्दिरमा वृहत सरसफाइ

सिरहा, असोज ३१ सिरहाको दुर्गा मन्दिर परिसर एवम् सुब्बा पोखरीको सरसफाई गरिएको छ । सिरहाली सेवा समाज नेपाल काठमाडौंको आयोजनामा मंगलवार वृहत सरसफाई गरिएको हो । दुर्गा मन्दिर परिसर र सुब्बा पोखरी सरसफाई गरिएको जनाइएको छ । वृहत सरसफाइ कार्यक्रममा सो क्षेत्रका सांसद, कर्मचारी, स्थानीय जनप्रतिनिधि लगायतसंघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सिसेस काठमाडौं नेपालको… Continue reading सिरहाको दुर्गा मन्दिरमा वृहत सरसफाइ

सरकारले नै दिन्छ २ हजार बलि

काठमाडौं – उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा छापिएको छ । शक्तिपीठहरुमा… Continue reading सरकारले नै दिन्छ २ हजार बलि

महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्, आजको नागरिक दैनिकमा खबर छ । आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ । बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै… Continue reading महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

पप्पु कन्ट्रक्सनले पुल बनाएन, कात्तिक ५ गतेभित्र उपस्थित हुन निर्देशन

काठमाडौं, असोज २९ निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ । लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् । सिन्धुली जिल्ला अन्तर्गतको सोखुखोलामा पुल… Continue reading पप्पु कन्ट्रक्सनले पुल बनाएन, कात्तिक ५ गतेभित्र उपस्थित हुन निर्देशन

श्रीपेच सार्वजनिक

काठमाडौँ, असोज २९ नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच अवलोकन गरी प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । सोमबार नारायणहिटी पुगेर ओलीले श्रीपेचको अवलोकन गरी उद्घाटन गरेसँगै अब सर्वसाधारणका लागि पनि खुला भएको छ । नारायणहिटी दरबार हेर्न जाने जो कोहीले पनि अब श्रीपेचको अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयको सुर्खेत… Continue reading श्रीपेच सार्वजनिक

११ डिआइजीको बढुवा : भावी आईजीपी को ?

काठमाडौं, असोज २९ प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ एसएसपीहरुलाई आज डिआईजीको दज्र्यानी चिह्न प्रदान गरिएको छ । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको थियो । डिआइजीमा बढुवा भएका विनोद शर्मा घिमिरे,विकास श्रेष्ठ ,ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी ,तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र… Continue reading ११ डिआइजीको बढुवा : भावी आईजीपी को ?

फास्ट ट्रयाकको ६२ वटा अग्ला पुल बनाउन सेनाले छान्यो ६ वटा कम्पनी, ५ चिनियाँ मात्रै

काठमाडौं,असोज २९ नेपाली सेनाले फास्ट ट्रयाकका अग्ला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौट गरेको छ । फास्ट ट्रयाकमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुलहरुको निर्माणका लागि सेनाले इपिसिएफ मोडलमा काम गर्ने गरि अन्तराष्ट्रिय टेण्डर निकालेको थियो । त्यसमा आवेदन दिएकामध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेको नेपाली सेनाका प्रवक्ता गोकुल… Continue reading फास्ट ट्रयाकको ६२ वटा अग्ला पुल बनाउन सेनाले छान्यो ६ वटा कम्पनी, ५ चिनियाँ मात्रै

कर्मचारी समायोजन : एक तह बढुवा गरेर प्रदेशमा पठाउने तयारी

काठमाडौँ : कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजन भएर जाने कर्मचराीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो ।,आजको नयाँ पत्रिका दैनिकमा… Continue reading कर्मचारी समायोजन : एक तह बढुवा गरेर प्रदेशमा पठाउने तयारी

संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’-छानविन समिति

काठमाडौँ : सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।,आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबर्जस्ती फर्काएपछि भ्रमण विवादीत बनेको थियो । विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानविन माग गरेका थिए… Continue reading संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’-छानविन समिति

मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

काठमाडौँ : नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन् । यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए । नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम… Continue reading मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

सहमती तोड्दै भारत : नयाँ हवाई रुट थप्न मानेन

काठमाडौँ : नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् । ‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि… Continue reading सहमती तोड्दै भारत : नयाँ हवाई रुट थप्न मानेन

गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

काठमाडौँ : सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको छ । मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।, आजको नागरिक दैनिकमा खबर छ… Continue reading गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

निगमको लापरवाही : दशैँमा पेट्रोल पम्पमा लाइन

काठमाडौँ : दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो ।त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थिया ।शुक्रबार आधा दिनमात्र… Continue reading निगमको लापरवाही : दशैँमा पेट्रोल पम्पमा लाइन

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौँ : ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । यो समाचार आजको नयाँ पत्रिकामा छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन… Continue reading सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

यसपालिको दशैँमा नयाँ बस थपिएनन्

विराटनगर : दशैँ यातायात ब्यबसायीका लागि कमाई गर्ने राम्रो चाड हो । राम्रो कमाई हुने भएकाले व्यबसायीहरुले दशैँमा नै नयाँ गाडी थप्ने गर्छन् । तर यो दशैँमा भने विराटनगरबाट कुद्नेगरी एउटा गाडी पनि थपिएको छैन । रात्री तथा दिवाकालिन परिवहन सेवाका अध्यक्ष टिकाप्रसाद लिम्बुका अनुसार लामा तथा छोटा दुरीमा कुद्ने गाडीहरु दशैँका मुखमा थप्ने हाडबाजी… Continue reading यसपालिको दशैँमा नयाँ बस थपिएनन्

५९ दरबन्दीमा ९ जनामात्र कर्मचारी !

इलाम : माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मार्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाई कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक पटक नगरपालिका धाउनुपर्ने समस्या पर्न गएको छ । क्र्मचारी अभाव भएपछि पशुप्राविधिकले वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने… Continue reading ५९ दरबन्दीमा ९ जनामात्र कर्मचारी !

नेपालको बालुवा तस्करी गर्दै भारततर्फ लैजाँद

भारतीय सीमासँग जोडिएको सुनसरी अमडुवाबाट नेपालको गिट्टी बालुवा तस्करी गरेर भारत लाने गरेको पाईएको छ । विराटनगर रानी दरहियामा बस्ने भारतीय नागरिक नेरेश यादवले नेपालको गिट्टी बालुवा भारत लाने गरेको आईतबार बेलुका ट्याङ्कर पक्राउ परेपछि पत्ता लागेको हो । सिमावर्ती क्षेत्रमा शसस्त्र र नेपाल प्रहरीको मिलेमतोमा नेपालको बालुवा भारततर्फ तस्करी हुनेगरेको छ । सशस्त्रको बराहा… Continue reading नेपालको बालुवा तस्करी गर्दै भारततर्फ लैजाँद

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत, असोज २८ सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो । श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा… Continue reading घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)

विराटनगर असोज २८ देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ । एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिलले दुई सातायताबाट व्यवसायीक उत्पादन दिन शुरु गरेको छ । मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत… Continue reading ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)

कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खाेल्न ७० प्रतिशत सरकारी अनुदान

काठमाडौं,असोज २८ कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट प्रस्ताव आब्हान गरेको छ । उद्योग स्थापना गर्न चाहाने उद्योगीले ३१ दिनभित्र शिलबन्दी प्रस्ताव आब्हान गरेको छ… Continue reading कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खाेल्न ७० प्रतिशत सरकारी अनुदान

विराटनगरमा ‘डाण्डिया नाइट’ सम्पन्न

विराटनगर, असोज २८ विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगरमा ‘डाण्डिया नाइट’ सांस्कृतिक कार्यक्रम गरेको छ । यसप्रकारको ठूलो र बृहत डाण्डिया नाचको कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक भएको आयोजक राउण्ड टेबल ५ का अध्यक्ष स्वतन्त्र नेवटियाले बताए । डाण्डिया भनेको मारवाडी समुदायका महिलाहरुले लाठी ठोक्काउदै नाच्ने नाच हो । भारतको राजस्थान र गुजरातको संस्कृति… Continue reading विराटनगरमा ‘डाण्डिया नाइट’ सम्पन्न

श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

काठमाडौँ, असोज २८ नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको हिजो राति निधन भएको थियो । शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको… Continue reading श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक… Continue reading हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, असोज २८ धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै… Continue reading बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

काठमाडौं : निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा परिमार्जन गर्दैछ । सो रणनीतिमा स्थानीय तहलाई बालमैत्री घोषणा गर्न नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ… Continue reading स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

वृद्ध हत्या प्रकरण : १५ महिनासम्म पनि दोषी पत्ता लागेन

विराटनगर : बोक्साको आरोपमा पटकपटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन । रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ बर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतबर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो । घटनामा… Continue reading वृद्ध हत्या प्रकरण : १५ महिनासम्म पनि दोषी पत्ता लागेन

काष्ठमण्डप पुनर्निर्माण गर्न ५ करोड थप

ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ । मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्। करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । यसअघि गएको जेठ २९ गते ५० लाख… Continue reading काष्ठमण्डप पुनर्निर्माण गर्न ५ करोड थप

केन्द्रले स्वीकृत गरेको संरचना भत्काएर प्रदेश ३ ले वन कार्यालय घटायो

काठमाडौं : केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक(एकवटा मात्र राख्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई–दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम… Continue reading केन्द्रले स्वीकृत गरेको संरचना भत्काएर प्रदेश ३ ले वन कार्यालय घटायो

दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

/fli6«o uf}/jsf] d]nDrL vfg]kfgL cfof]hgfcGtu{t cfh hf]l8Psf] ;'Gb/Lhntkm{sf] ;'?ª dfu{ -6g]n_ / l;Gw'kfNrf]stkm{sf] ;'?ª dfu{ . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए ।, आजको कान्तिपुरमा समाचार छापिएको छ । उनका अनुसार, ३ स्थानमा सुरुङभित्रको हावा बाहिर… Continue reading दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

१० बर्षीया बालिकाको बलात्कारपछि हत्या

जनकपुर : धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ । घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ । घटनामा संलग्न स्थानीय विनोद मुखिया… Continue reading १० बर्षीया बालिकाको बलात्कारपछि हत्या

एघार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर,असोज २७ विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं साधारणसभाको अवसर पारेर विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा स्थापित छात्रवृत्ति सरकारीको साधारणसभाका अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा महेन्द्र मावि विराटनगरकी दीक्षा खतिवडा, जनपथ माविकी अञ्जलीकुमारी साह, मनिषाकुमार ऋषिदेव, सरस्वती माविकी… Continue reading एघार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

ग्यास विक्रेताले गरे कमिसन वृद्धिको माग

विराटनगर,असोज २७ ग्यास विक्रेता व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएका छन् । नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादसंै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग्यास बिक्री बन्द गर्ने चेतावनी समेत दिए । कार्यक्रममा महासंघका प्रदेश नम्बर १ का अध्यक्ष… Continue reading ग्यास विक्रेताले गरे कमिसन वृद्धिको माग

नहरमा डुबेर १ जनाको मृत्यु, १ बेपत्ता

सुनसरी, आश्विन २७ सुनसरीको इटहरी उप–महानगरपालिका १३ स्थित मियाँ टोलमा शनिबार विहान नहरमा डुबेर १ बालकको मृत्यु भएको छ भने १ बालिका बेपत्ता भएकी छन् । बिहान करिब सवा ९ बजे घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही स्थान बस्ने तलाम मियाँको छोरा वर्ष ४ को समिर मियाँको मृत्यु भएको हो भने निजकै भाईको… Continue reading नहरमा डुबेर १ जनाको मृत्यु, १ बेपत्ता

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर

काठमाडौं ,असोज १७ नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार दिउँसो न्यूरो अवस्ताल बाँसबारीले बास्कोटालाई घर फिर्ता पठाएको छ । शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् ।

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

भद्रपुर, असोज २७ सवारी दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले झापाका पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट… Continue reading दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

एनआरएनएमा ६ जना उपाध्यक्ष रहने, विधानसभा नरहने

काठमाडौ ,असोज २७ गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो… Continue reading एनआरएनएमा ६ जना उपाध्यक्ष रहने, विधानसभा नरहने

निर्मला हत्या प्रकरण : २६ प्रहरीमाथि छानबिन

भीमदत्तनगर,असोज २७ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गत भदौ ३१ गते गठन भएको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै… Continue reading निर्मला हत्या प्रकरण : २६ प्रहरीमाथि छानबिन

लायन्सले बनाइदियो बृद्धाश्रमलाई पक्की भवन

विराटनगर,असोज २७ लायन्स क्लब विराटनगर एक्टिभले महिला जागृति तथा बृद्धाश्रमलाई ३ कोठाको भवन निर्माणगरि हस्तान्तरण गरेको छ ।पुष्पलालचोकस्थित बृद्धाश्रम परिसरमा एक कार्यक्रमको आयोजनागरि निर्मित भवन बृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमकाबीच लायन्स क्लबका पुर्व अन्तरराष्ट्रिय निर्देशक संजय खेतानले भवनको साँचो आश्रम संचालिका भुवनेश्वरी आचार्यलाई हस्तान्तरण गरेका थिए । आश्रम परिसरमा रहेको भवनको माथिल्लो तल्लामा १२… Continue reading लायन्सले बनाइदियो बृद्धाश्रमलाई पक्की भवन

पूर्वसांसदले किन गरे आत्महत्या ?

विराटनगर,असार २७ मोरङमा एकजना पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरिक्षक.गोविन्द खवासले जानकारी दिए । उनी २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अन्चल प्रशासक रहेका… Continue reading पूर्वसांसदले किन गरे आत्महत्या ?

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी, असोज २७ म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने… Continue reading गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

उपत्यकामा प्रहरीको ‘हप्ता असुली’

काठमाडौं – ‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको… Continue reading उपत्यकामा प्रहरीको ‘हप्ता असुली’

शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

काठमाडौँ-शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।,गाेरखापत्र दैनिकमा खबर छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको… Continue reading शाहवंशीय श्रीपेच प्रदर्शनमा राखिदै

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैयाँका नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सहकारीका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपैयाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये… Continue reading नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

सुनको भाउ ६ वर्षयताकै महंगो

आजको नागरिक दैनिकले सुनको भाउ ६ वर्षयताकै महंगो भएको समाचार छापेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौयता सबैभन्दा महंगो रहेको छ ।

फेरि अर्को बलात्कारः छिमेकीद्वारा बालिका बलात्कृत

सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सप्तरीमा यसअघि पनि ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत भएका थिए । त्यो घटना भएको एक साता नबित्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा बिहीबार १४ वर्षीया अर्की बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार घरमा एक्लै रहेकी… Continue reading फेरि अर्को बलात्कारः छिमेकीद्वारा बालिका बलात्कृत

यातायातमा सीसीटीभी मुन्तिरै घूस

यातायात कार्यालयले सञ्चालन गर्ने ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएको छ  । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकुन् भन्ने उद्देश्यले सीसीटीभी जडान गरिएको हो  । तर, पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले ‘घूस’ खाएर ट्रायल फेल भएकालाई ‘पास’ उल्लेख गरी लाइसेन्स जारी गरेको भेटिएको छ । ‘उजुरीका आधारमा… Continue reading यातायातमा सीसीटीभी मुन्तिरै घूस

बझाङमा अझै गाउँभरि हलिया

बझाङ — थलारा गाउँपालिका–६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षका थिए । ऋणको कथा सुनाउन बझाङको छविस पाथिभेरा गाउँपालिका उदयपुरमा भेला भएका हलिया परिवार । तस्बिर स् बसन्तप्रतापरकान्तिपुर उनको मृत्यु भएको… Continue reading बझाङमा अझै गाउँभरि हलिया

प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौँ — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ  । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन  । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दाेषलाई दोषीका रूपमा प्रस्तुत… Continue reading प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?