२३ असार , काठमाडौं। आधिकारिक रुपले उत्तर कोरियाली सैनिकहरु र नेपालसहित कयौं मुलुकहरुका सैनिक तथा नौजवानहरुको अवैधरुपमा सहयोग लिइरहेको रुसले अब दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई पनि युक्रेनविरुद्धको युद्धमा सहभागी गराउन खोजेको दाबी गरिएको छ। यो दाबी युक्रेनको सैन्य गुप्तचर निकायले गरेको हो । द कीभ इन्डिपेन्डेन्टले सार्वजनिक गरेको खबरअनुसार, मस्कोले लाओ पिपुल्स आम्र्ड फोर्सेसका सैन्य… Continue reading रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?
Tag: #उत्तर कोरिया
किम जोङको कसमले विश्व थर्कमान, युद्धको तयारी सुरु
३ मंसिर,एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफ्नो परमाणु शक्तिलाई बिना सीमा विस्तार गर्ने कसम खाएका छन्। उनले अमेरिका, जापान, र दक्षिण कोरियाबीचको बढ्दो साझेदारीलाई “एशियाली नेटो“ को रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरता ध्वस्त गर्न सक्ने दाबी गरेका छन्। किमले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको बढ्दो सैन्य सहकार्यप्रति आपत्ति… Continue reading किम जोङको कसमले विश्व थर्कमान, युद्धको तयारी सुरु
रुसमै विश्वभरका नेताले पुटिनलाई भने युक्रेनयुद्ध रोक्नु
८ कार्तिक , विराटनगर। करिब तीन वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिकी नेतृत्वमा विभिन्न पश्चिमा देशहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्व मञ्चबाट एक्ल्याउनका लागि निकै जोडतोडका साथ लागिपरेका बेला पुटिनले भने उल्टै ती देशलाई गतिलो जवाफ दिएका छन् ब्रिक्स सम्मेलन गरेर । चीन–भारत लगायतका विश्वका २० देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई आफ्नै भूमिमा मेजमानी गरेर ।… Continue reading रुसमै विश्वभरका नेताले पुटिनलाई भने युक्रेनयुद्ध रोक्नु
अमेरिकामा ट्रम्प राष्ट्रपति भएको हेर्न चाहान्छन् किम जोङ उन
१९ साउन, एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाको अगामी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई हेर्न चाहेको खुलेको छ । उत्तरबाट भागेर दक्षिण कोरिया आएका एक वरिष्ठ अधिकारीले किमको चाहना अमेरिकाको राष्ट्रपति फेरि डोनाल्ड ट्रम्प होउन् भन्ने रहेको दाबी गरेका छन् । उत्तर कोरियाबाट भागेका वरिष्ठ अधिकारी रि इल क्युले आफूसँग त्यस्तो… Continue reading अमेरिकामा ट्रम्प राष्ट्रपति भएको हेर्न चाहान्छन् किम जोङ उन
२४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै
४ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।… Continue reading २४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै
उत्तरको डम्पिङसाइट दक्षिण कोरिया, बेलुनमा गए फोहोर
१७ वैशाख , एजेन्सी । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो । त्यसपछि बुधबार बिहान यहाँ १५० बेलुन देखियो । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)… Continue reading उत्तरको डम्पिङसाइट दक्षिण कोरिया, बेलुनमा गए फोहोर
उत्तर कोरियाको रकेट पड्कियो
१५ जेठ , एजेन्सी । उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् । यसलाई अमेरिका र दक्षिण कोरियाको निगरानी गर्न धेरै वटा भूउपग्रह सञ्चालन गर्ने त्यहाँका नेता किम जोङ उनको सपना तत्कालका लागि तुहिएको छ । यो… Continue reading उत्तर कोरियाको रकेट पड्कियो
विदेशीलाई प्रवेश सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह
२४ फागुन, एजेन्सी । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ । “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट… Continue reading विदेशीलाई प्रवेश सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह
के किम युद्ध सुरु गर्न खोजिरहेका छन् ?
१४ माघ , एजेन्सी । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार जनाएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणको सिलसिला बढेको छ । यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ । प्रक्षेपणहरू गएको साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र… Continue reading के किम युद्ध सुरु गर्न खोजिरहेका छन् ?
अब उत्तर कोरियाले समुद्रमा ‘आतंक’ फैलाउने
५ माघ, एजेन्सी । राष्ट्र संघसहित पश्चिमा राष्ट्रहरुको प्रतिबन्धका बीच पनि लगातार अत्यधुनिक हतियारसहित क्षेप्यास्त्रहरुको परीक्षण गर्दै आएको उत्तर कोरियाले फेरि पानी मुनि सबैभन्दा घातक मानिएको परमाणुको परीक्षण गरेको छ । अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार… Continue reading अब उत्तर कोरियाले समुद्रमा ‘आतंक’ फैलाउने
उत्तरबाट २ सय तोप प्रहार ,दक्षिणको गाउँ खाली
२३ पुष,एजेन्सी । वर्षाैदेखि छिमकी दक्षिण कोरियासँग शत्रुतापूर्ण सम्बन्ध अघि बढाइरहेको उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार… Continue reading उत्तरबाट २ सय तोप प्रहार ,दक्षिणको गाउँ खाली
किम जङ–उनको मृत्यु भए उत्तर कोरियाको शासक को ?
२० पुष,एजेन्सी । संयुक्त राष्ट्रसंघसहित युरोपेली राष्ट्रको कठोर प्रतिबन्धका बीच आधुनिक परमाणु शस्त्र अस्त्रको विकास गरिरहेको उत्तर कोरियाका शासक किम जङ–उनकी छोरी किम जुए उनका ‘सम्भावित उत्तराधिकारी’ भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। दक्षिण कोरियाको गुप्तचर निकाय ‘नेसनल इन्टेलिजन्स सर्भिस’ले उत्तर कोरियाली नेता किमका उत्तराधिकारी किम जुए हुने खुलासा गरेको हो। किम जुए सन्… Continue reading किम जङ–उनको मृत्यु भए उत्तर कोरियाको शासक को ?
नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया
२२ कार्तिक,काठमाण्डौ । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी उक्त जानकारी दिएका हुन् । नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै… Continue reading नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया
उत्तर कोरियाले सार्वजनिक गर्यो परमाणु क्षमताको पनडुब्बी
२४ भदौ, एजेन्सी । उत्तर कोरियाले परमाणु क्षमताको नयाँ पनडुब्बी सार्वजनिक गरेको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गत शुक्रबार उत्तर कोरियाले आफ्नो परमाणु क्षमताको पनडुब्बी सिन्पो–सी क्लास समुद्रमुनि तैनाथ गरेको हो । सिन्पो–सी क्लास पनडुब्बी उत्तर कोरियाको आणविक हतियारमा सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशालीमध्ये एक भएको बताइएको छ । रुसी पनडुब्बीको डिजाइनलाई… Continue reading उत्तर कोरियाले सार्वजनिक गर्यो परमाणु क्षमताको पनडुब्बी
उत्तर कोरियाले बनायो आणविक पनडुब्बी
२२ भदौ , एजेन्सी । अहिलेसम्म उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेर तनाव बढाउँदै आएको थियो । तर अब उसले आणविक आक्रमण गर्न सक्षम पनडुब्बी लन्च गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले नयाँ शैलीको रणनीतिक आणविक आक्रमण गर्ने पनडुब्बी प्रक्षेपण गरेको जनाएको छ । उक्त समारोहमा सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए… Continue reading उत्तर कोरियाले बनायो आणविक पनडुब्बी
अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया
२१ फागुन, एजेन्सी । उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र अमेरिका मिलेर आफूमाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । अमेरिका र दक्षिण कोरियाले आगामी १३ देखि २३ मार्चसम्म १० दिन लामो युद्ध अभ्यास गर्न लागेका छन् । यसको पूर्वसन्ध्यामा उत्तरले त्यस्तो आशंका गरेको हो । उसले दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यास… Continue reading अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया
उत्तर कोरियाले फेरि गर्यो थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
२० असोज,एजेन्सी । उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो । प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो । मंगलबार उत्तर कोरियाले जापानी आकाशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसलगत्तै अमेरिकाले सुरक्षा… Continue reading उत्तर कोरियाले फेरि गर्यो थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले जापानतर्फ हान्यो ब्यालेस्टिक मिसाइल
१८ असोज, एजेन्सी । उत्तर कोरियाले मंगलबार बिहान जापानको भूमिमाथिबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट उत्तर कोरियाले आफ्नो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यससँगै जापानको होक्काइडोका मानिसहरुलाई सरकारले चेतावनी जारी गर्दै उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको थियो । होक्काइडो द्वीपका… Continue reading उत्तर कोरियाले जापानतर्फ हान्यो ब्यालेस्टिक मिसाइल
रुसको असल साथी बन्यो उत्तर कोरिया ,१ लाख सेना दिन तयार
२३ साउन,एजेन्सी । युक्रेनसँगको युद्धमा लड्नका लागि रुसलाई एक लाख स्वयंसेवक लडाकु उत्तर कोरियाले सहयोग गर्ने भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाले यस्तो प्रस्ताव गरेको जानकारी दिएको हो । अमेरिकाले उच्च क्षमताको रकेट प्रणाली युक्रेनलाई दिने निर्णय गरेसँगै रुसी सञ्चारमाध्यमले यस्तो समाचार प्रकाशित गरेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख… Continue reading रुसको असल साथी बन्यो उत्तर कोरिया ,१ लाख सेना दिन तयार