मोरङ, असार १० मोरङको विराटनगर महानगरपालिका –११ स्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन। विराटनगर महानगरपालिका ११ बस्ने तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ। श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरुलाई तास खेलेको… Continue reading नौ जना जुवाडे पक्राउ
Category: समाज
क्रसर ब्यवसायी भीम पौडेललाई ६ लाख जरिवाना
विराटनगर,असार १० मोरङ उर्लाबारी नगरपालिका अनुमतिमा स्थनीय मिक्लु र सोल्टी खोला अबैध उत्खनन गरी ढुंगागिटी बिक्री गरेका ठेकेदार भीम पौडेललाई ६ लाख जरिवाना गरिएको छ । बातावरणीय प्रभाव मूल्याङकन नगरिएको खोलाको अबैध उत्खनन गरी नदीजन्य पदार्थ तस्करी गरेको आरोप लागेका ठेकेदार पौडेललाई ६ लाख पाँच हजार ९ सय रुपैया जरिवाना गरिएको हो । अबैध रुपमा… Continue reading क्रसर ब्यवसायी भीम पौडेललाई ६ लाख जरिवाना
डा.गोविन्द केसीले दिए आन्दोलनको चेतावनी
विराटनगर,असार ९ डाक्टर गोविन्द केसीले सरकारको गैर प्रजातान्त्रिक कदमविरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिएका छन । अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आज काठमाडौको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्रविरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताएका हुन । प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर… Continue reading डा.गोविन्द केसीले दिए आन्दोलनको चेतावनी
अन्तराष्ट्रिय एकल महिला दिवसका अवसरमा छात्रबृति प्रदान
विराटनगर,असार ९ द्वन्द पीडित र एकल महिलाका सन्तानलाई छात्रबृति प्रदानगर्दै विराटनगरमा आठौं अन्तराष्ट्रिय एकल महिला दिवस मनाईएको छ । एकल महिला दिवसको अवसरमा मानवअधिकारलागि महिला,एकल महिला समुहले एक कार्यक्रमको आयोजनागरि द्वन्द पीडित सहितका १० जना छात्र–छात्रालाई छात्रबृति प्रदान गरेको हो । कार्यक्रममा संस्थाकी मोरङ अध्यक्ष राजकुमारी भट्टराई,संस्थाको रतुवामाई नगरपालिका अध्यक्ष भगवती सुब्बा,तेतरीया अध्यक्ष मिना चौधरी… Continue reading अन्तराष्ट्रिय एकल महिला दिवसका अवसरमा छात्रबृति प्रदान
चोरीका गहना र नगदसहित तीन पक्राउ
काठमाडौँ, असार ९ महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको… Continue reading चोरीका गहना र नगदसहित तीन पक्राउ
महिला हिंसाको यस्तो रुप,विराटनगरकी संगिताको औँला चुँडियो !
विराटनगर,असार ९ विराटनगर वडा नं -८ मधुमारा निवासी टेकबहादुर गिरिले स्थानिय संगिता पोख्रेलमाथि कुटपिट गरि अङ्गभङ्ग बनाईदिएका छन् । सामान्य विवादमा गिरिले उनीमाथि कुटपिट गरि दाँतले टोकेर हातको औँला समेत चुँडाईदिएका हुन् । घाईते पोख्रेलको न्युरो हस्पिटल विराटनगरमा उपचार भईरहेको विराटनगरका स्थानिय नारायण गौतमले बताए । नेपाली काङ्ग्रेस क्रियाशिल सदस्य समेत रहेकी संगिता पोख्रेलमाथि अमानविय… Continue reading महिला हिंसाको यस्तो रुप,विराटनगरकी संगिताको औँला चुँडियो !
दुर्घटनामा परी १५ यात्रु घाइते
नवलपरासी, असार ९ पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर… Continue reading दुर्घटनामा परी १५ यात्रु घाइते
काठमाडाैंबाट एक व्यापारी पक्राउ, चार पसल सिलबन्दी
काठमाडौं,असार ९ काठमाडौंबाट शुक्रबार एक व्यापारीलाई पक्राउ गरिएको छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो । केही दिनअघि देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आक्रमक रुपमा अनुगमन शुरु गरेयता १० जना व्यापारीलाई पक्राउ गरिसिकएको छ… Continue reading काठमाडाैंबाट एक व्यापारी पक्राउ, चार पसल सिलबन्दी
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
झापा, असार ९ झापाको शिवसताक्षी नगरपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली गाउँपालिका १ बस्ने ३५ वर्षीय ईन्द्र कुमार राई रहेका छन्। मे ६ प ७६०५ नम्बरको राई सवार मोटरसाइकल अपरान्ह ४ बजेतिर शिवसताक्षी नगरपालिका १ कमलपुरमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका… Continue reading मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
खोलामा डुबेर मृत्यु
ईलाम, असार ९ ईलाम माई नगरपालिका ३ को लोदिया खोलामा डुबेर ९ वर्र्षीय बालकको ज्यान गएको छ। माई नगरपालिका ३ बगैचा बस्ने ज्ञानबहादुर दर्जीको छोरा प्रविण दर्जीको शुक्रबर दिउँसो खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको हो। साथीहरुसंग खोलामा पौडी खेल्न गएका दर्र्जीको डुबेर मृत्यु भएको भन्ने प्रहरी चौकी दानबारीमा साँझ ५ बजे… Continue reading खोलामा डुबेर मृत्यु
प्रहरीद्धारा आधा रोपनी जग्गामा फैलिएको गाँजा नष्ट
विराटनगर,असार ८ भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेका छन्। अस्थायी प्रहरी चौकी सुन्तलेका प्रहरीले षडानन्द नगरपालिका–५सुन्तलेमा रहेको लागुपदार्थ गाँजाका करिब पाँच सय बोट बिहिबार उखेलेर नष्ट गरेका हुन्। उक्त स्थानमा करिब आधा रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु थिए।
आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका श्रीनिवासाचार्य धरौटीमा रिहा
विराटनगर,असार ८ आफैं माथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्य धरौटीमा रिहा भएका छन । जिल्ला अदालत मोरङको आदेश अनुसार उनी धरौटीमा रिहा भएका हुन । बन्दी प्रत्यक्षिकरण रिटमा जिल्ला अदालत मोरङमा भएको बहसपछि अदालतको आदेश अनुसार उनी ५ हजार धरौटीमा रिहा भएका हुन । हातहतियार तथा खरखजाना मुद्धा चलाइएका उनी यसअघि पुर्पक्षकालागि… Continue reading आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका श्रीनिवासाचार्य धरौटीमा रिहा
मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ
वीरगञ्ज, असार ८ राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए। उनलाई हाल नख्खु जेलमा राखिएको छ । दुई सातायता, राजश्व विभागले थालेको मरिच… Continue reading मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ
असी हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट
काठमाडौँ, असार ८ लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ । प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे… Continue reading असी हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट
नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो
काठमाडौँ, असार ८ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिए। मन्त्री अधिकारीले सरकारको… Continue reading नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो
करोडौँ रुपैयाँ लिएर व्यापारी फरार
वीरगञ्ज, असार ८ बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित… Continue reading करोडौँ रुपैयाँ लिएर व्यापारी फरार
विवाद भएपछि जनप्रतिनिधिद्धारा फुटबलरमाथि छुरा प्रहार !
विराटनगर,असार ८ फुटबल हेर्ने क्रममा भनाभन भएपछि उर्लाबारी नगरपालिका –६ का वडा सदस्यले मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरेका छन् । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि शुक्रबार बिहान छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार विश्वकप… Continue reading विवाद भएपछि जनप्रतिनिधिद्धारा फुटबलरमाथि छुरा प्रहार !
सुन तस्करीका प्रहरी अधिकारी सहित ९ अभियुक्तले गुहारे उच्च अदालत
विराटनगर,असार ८ ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरुले उच्च अदालतको १७ नम्बरको लागि… Continue reading सुन तस्करीका प्रहरी अधिकारी सहित ९ अभियुक्तले गुहारे उच्च अदालत
बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर
रुकुम, असार ८ रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा… Continue reading बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम
विराटनगर,असार ८ वर्षा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड निकै जोखिमपूर्ण बन्दै गइरहेको छ ।हिउँदमा समेत सुख्खा पहिरो खसेर अवरुद्ध हुँदै आएको यो सडकखण्डमा सर्वसाधारण जनताले अझै पनि सहज यात्राको महसुस गर्न पाएका छैनन् । सडकखण्डमा स्तरोन्नतिको कामसँगै बाटो फराकिलो भए पनि पहिराको जोखिमले यात्रुहरुमा त्रास फैलिएको छ । सडक आयोजनाले पनि पहिरोको जोखिम हुने स्थानमा पहिरो रोक्ने… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम
चितवनका घडियाल गोहीको अवस्था यस्तो छ
विराटनगर,असार ८ वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ । खड्काका अनुसार धमिलो पानीमा… Continue reading चितवनका घडियाल गोहीको अवस्था यस्तो छ
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
सुनसरी, असार ८ सुनसरीको देवागञ्ज गाउँपालिकामा बिहिबार मोटरसाइकलको ठक्करबाट ११ वर्षका बालकको ज्यान गएको छ। को ९ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा देवागञ्ज–३ बस्ने तेज नारायण मेहताको छोरा प्रशान्त कुमार मेहताको निधन भएको हो । बालक सवार साइकललाई देवानगन्ज गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए। घाइते बालकको… Continue reading मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
एक सय लिटर घरेलु मदिरा बरामद
मोरङ, असार ८ “घरेलु मदिरा नियन्त्रण अभियान” अन्तर्गत मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ। बरामद मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगर… Continue reading एक सय लिटर घरेलु मदिरा बरामद
मोरङमा चट्याङले लागेर एकको मृत्यु
मोरङ, असार ८ मोरङको धनपालथान गाउँपालिकामा बिहिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान ७ कदमाहाका ४५ वर्षीय मोहमद रसुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बिहान करिब १० बजे खेत जोतेर घरतर्फ फर्कदै गर्दा पानीसंगै खसेको चट्याङका कारण मियाँको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।
अवैध उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा
मोरङ, असार ८ मोरङस्थित गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन्दरहरैचा नगरपालिका ६ र ७ स्थित गछिया खोलाबाट ढुङा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो। प्रहरी चौकी… Continue reading अवैध उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा
बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र
काठमाडौँ, असार ७ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात,… Continue reading बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र
कारबाहीमा पर्ने भएपछि रवि लामिछानेद्धारा राहदानी र नागरिकता त्यागको निवेदन
विराटनगर,असार ७ छोटो समयमानै सिधा कुरा जनतासँग कार्यक्रमबाट चर्चा बटुलेका पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएका खुलेको छ । प्रेस काउन्सिलले उनको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते गरेको पत्राचारको ४८ घण्टा नबित्दै २०७५ असार ६ गत लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।—… Continue reading कारबाहीमा पर्ने भएपछि रवि लामिछानेद्धारा राहदानी र नागरिकता त्यागको निवेदन
दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिँदै
काठमाडौँ, असार ७ स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “ सरकारले कर्मचारीलाई… Continue reading दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिँदै
बालविवाह न्युनिकरणका लागि मुस्लिम महिलाहरुलाई सचेतना तालिम
विराटनगर,असार ७ बालविवाह र बहुविवाह न्युनिकरणगर्ने उद्धेश्यले विराटनगरका मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम दिइएको छ । विराटनगर महानगरपालिकाको सहयोग र अल आमना मुस्लिम महिला नेपालको आयोजनामा विराटनगरका विभिन्न वडाका मुस्लिम महिलाहरुलाई सचेतना तालिम दिइएको हो । विराटनगर–६ सरौचियास्थित इस्लामिक संघमा आयोजित कार्यक्रमकाबीच दुईदिन दिन अघिदेखि आयोजना गरिएको तालिम समापन भएको हो । तालिमका सहभागिलाई अधिवक्ता… Continue reading बालविवाह न्युनिकरणका लागि मुस्लिम महिलाहरुलाई सचेतना तालिम
नेपाल आउने विदेशी पर्यटक बढे
काठमाडौँ, असार ७ सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका… Continue reading नेपाल आउने विदेशी पर्यटक बढे
वन्यजन्तु अवलोकनका लागि ‘भ्यू–टावर’ निर्माण
रत्ननगर, असार ७ पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताए । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी… Continue reading वन्यजन्तु अवलोकनका लागि ‘भ्यू–टावर’ निर्माण
सप्तरीमा यसरी मनाईयो योग दिवस
विराटनगर,असार ७ चौथो विश्व योग दिवस आज विविध कार्यक्रमका बीच मनाइदैछ । सप्तरीको राजविराजमा पनि आज विविध कार्यक्रमको आयोजना गरि योग दिवस मनाइएको छ । पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति तथा यूवा पतञ्जली योग समिति नेपालको संयुक्त आयोजनामा प्रभातफेरी तथा योग शिविरको आयोजना गरिएको छ । योग गरौं, निरोग बनौं, कपालभाती जिवन साथी… Continue reading सप्तरीमा यसरी मनाईयो योग दिवस
मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने
म्याग्दी, असार ७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताएका छन्। म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री थापाले अप्ठ्यारोमा… Continue reading मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने
गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन
चितवन, असार ७ वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ । खड्काका अनुसार धमिलो… Continue reading गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन
जग्गा विवादमा दाइद्वारा भाइको हत्या
रुकुम, असार ७ रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय,… Continue reading जग्गा विवादमा दाइद्वारा भाइको हत्या
लागूऔषध मुद्दाका फरार पक्राउ
मोरङ, असार ७ लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा एक लाख रुपैया जरिवाना भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक सुनसरी ईटहरी उपमहानगरपालिका–१ हाल ईटहरी उपमहानगरपालिका–६ का ३८ वर्षीय रोशन चौधरी रहेका छन् । “फरार प्रतिवादी पक्राउ अभियान” अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेको अनुसन्धान समुहको टोलीले… Continue reading लागूऔषध मुद्दाका फरार पक्राउ
नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द
काठमाडौँ, असार ७ नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम… Continue reading नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द
भारतद्वारा दशगजामा बनाइएको १५४ फिट लामो नाला पुरियो
गौशाला, असार ६ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला आज एकाबिहानै पुरिएको छ । करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो । भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर… Continue reading भारतद्वारा दशगजामा बनाइएको १५४ फिट लामो नाला पुरियो
कार्यान्वयन हुने बजेट ल्याउन महानगरलाई सुझाव
विराटनगर,असार ६ प्रभावकारी रुपमा कार्यान्वयन हुुने खालका योजना समेटेर बजेट ल्याउन विराटनगरका निजिक्षेत्र, पर्यटन व्यवसायी, पत्रकारहरुले विराटनगर महानगरपालिकालाई सुुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले आगामी वजेट र निति तथा कार्यक्रम कस्तो ल्याउने विषयमा आज आयोजित सुुझाव तथा छलफल कार्यक्रममा उनीहरुले निर्वाचनपछि आउन लागेको वजेट महानगरवासीहरुले अनुुभुुति हुनेखालको हुुनुुपर्नेमा जोड दिएका थिए । पत्रकार माहासंघ मोरङ… Continue reading कार्यान्वयन हुने बजेट ल्याउन महानगरलाई सुझाव
सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु
राजविराज, ६ असार ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य… Continue reading सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु
काठमाडौँ, असार ६ सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु भएको छ । सो अवसरमा आज गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाइने जानकारी दिए । लागुऔषधको प्रयोग… Continue reading लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु
फोहर उठाउन महानगरलाई जाजुले दिए ५ लाखको ट्रिपर
विराटनगर , असार ६ विराटनगर महानगरपालिकालाई ग्रिन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर हस्तान्तरण गरेको छ । महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई ग्रिन मोटरका सञ्चालक आशिस जाजुले संयुक्तरुपमा बुधवार साँचो तथा ट्रिपर हस्तान्तरण गरे । नगरका साना गल्लीहरुमा सहजरुपमा लगेर फोहर संकलन… Continue reading फोहर उठाउन महानगरलाई जाजुले दिए ५ लाखको ट्रिपर
कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु, ६को उद्धार
विराटनगर,असार ६ जेसिबी बोकेको ट्रक कोशी नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएर बढी पुलबाट खसेको हो । प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन्… Continue reading कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु, ६को उद्धार
बस्ती भत्काउने महानगरको तयारीपछि सुकुम्वासी आन्दोलित
विराटनगर,असार ६ विराटनगर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगर महानगरपालिकाले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेपछि आन्दोलित भएका छन् । उनीहरुले महानगरपालिकाले सडक बिस्तारका नाममा पुस्तौदेखि बस्दै आएको आफ्नो बस्ती भत्काउन पठाएमा आफूहरु मर्न तयार रहेको तर बस्ती भत्काउन नदिने बताएका छन् । विराटनगर वडा नम्बर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगरमहानगरपालिले बस्ती भत्काउन ३५ दिने… Continue reading बस्ती भत्काउने महानगरको तयारीपछि सुकुम्वासी आन्दोलित
हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल
चितवन, असार ६ चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ । ‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहा, कसरा, लामिचौर, बेलशहर, खोरीयामुहानलगायतका ठाउँमा विद्युतीय तारबार गरी हात्तीलाई साङ्लो मुक्त बनाएको थियो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र… Continue reading हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल
सेनाद्वारा बम निष्कृय
धनकुटा, असार ६ धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम बिहान ७ बजे २ बाहिनी हिले अड्डाबाट खटी गएको टोलीले… Continue reading सेनाद्वारा बम निष्कृय
दुई पटक भूकम्पको धक्का !
विराटनगर,असार ६ आज विहान दुई पटक भूकम्प गएको छ । ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो । विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ सहित तेह्रथुम, पाँचथर, इलाम सहित… Continue reading दुई पटक भूकम्पको धक्का !
प्रदेश नम्बर १ मा रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धी नयाँ कानून लागू
विराटनगर,असार ६ प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धी नयाँ कानून लागू भएको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक पारित गरेसँगै नयाँ कानून लागू भएको हो । संसदमा पेश भएको उक्त विधेयक संशोधनसहित पारित भएको हो ।… Continue reading प्रदेश नम्बर १ मा रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धी नयाँ कानून लागू
नीति तथा कार्यक्रमका लागि महानगरले छलफल चलायो
विराटनगर,असार ६ विराटनगर महानगरपालिकाले राजनैतिकदलका प्रतिनिधि तथा समाजका अगुवा व्यक्तिहरु संग छलफल गरेको छ । मंगलबार भएको छलफलमा महानगरले गरेका गतिविधि र भावी दिनमा गर्नसक्ने कार्यहरुका विषयमा सुझाव लिएको थियो । आगामी असार १० गते महानगरले नगरसभा मार्फत वजेटका लागि नीति तथा कार्यक्रम ल्याउदैछ । सोही कार्यका लागि महानगरले विभिन्न संघ,संस्था र सामाजिक व्यक्तित्वहरुवाट छुट्टाछुट्टै… Continue reading नीति तथा कार्यक्रमका लागि महानगरले छलफल चलायो
२ करोड २० लाखको लागतमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, मस्जिदसहतिको वस्ती हस्तान्तरण
मोरङ, असार ६ कुवेत स्थित रहमा इन्टरनेशनलको आर्थिक सहयोग र नेपाल डेभल्पमेन्ट सोसाइटीको समन्वयमा मोरङका सुकुम्बासी र विपन्न परिवारकालागि २ करोड २० लाख रुपैयाको लागतमा भौतिक संरचना निमार्ण गरी हस्तान्तरण गरिएको छ । मोरङको धनपाल गाँउपालिका–६ मा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, एउटा विद्यालय र एउटा मस्जिद निर्माणगरी समुदायलाई हस्तान्तरण गरिएको हो । ती संस्थाहरुले… Continue reading २ करोड २० लाखको लागतमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, मस्जिदसहतिको वस्ती हस्तान्तरण
प्रदेश एक सरकारले धार्मिक पर्यटक बढाउन बराहक्षेत्रमा योग शिविर गर्ने
विराटनगर, असार ६ विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले बराहक्षेत्रमा बृहत योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग दिवशका अवसरमा शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी लगायत केही जिल्लाका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरमा सहभागी… Continue reading प्रदेश एक सरकारले धार्मिक पर्यटक बढाउन बराहक्षेत्रमा योग शिविर गर्ने
लागुऔषधसहित दुई पक्राउ
विराटनगर,असार ६ सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेबाट प्रहरीले मंगलबार साँझ लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका रन्जित मल्लिक र समिर खान रहेका छन। उनीहरुको साथबाट १८० पिस नाइट्रोसन ट्याब्लेट, कोरेक्स १ बोतल र स्पासमोप्रोक्सिवन क्याप्सुल १० पिस बरामद भएको छ । दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको… Continue reading लागुऔषधसहित दुई पक्राउ
१४ बोरा अवैध सुर्तीसहित पक्राउ
विराटनगर,असार ६ प्रहरीले सुनसरीको बर्जु गाउँपालिका ४ गढि टोलबाट भन्सार छलेको १४ बोरा अवैध सुर्तीसहित मानिस पक्राउ गरेको छ। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको १४ बोरा सुर्तीसहित सात वटा साइकल र तस्करीमा संलग्न सात जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी साहेबगञ्जको टोलीले उनीहरुलाई… Continue reading १४ बोरा अवैध सुर्तीसहित पक्राउ
भरुवा बन्दुकसहित एक पक्राउ
लहान – हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरमाथि आवश्यक… Continue reading भरुवा बन्दुकसहित एक पक्राउ
इटहरीमा सर्पसँगै बेवारिसे शव फेला
विराटनगर,असार ५ सुनसरीको इटहरीमा आज विहान बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । गस्तीको क्रममा ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले इटहरी उपमहानगरपालिको दीपेन्द्र चौकस्थित सडक पेटीमा अन्दाजी ४० बर्षीय पुरुष मृत अवस्थामा फेला पारेको हो । प्रहरीले मृत शरीर नजिकै बोरामा जीवित अवस्थाको एउटा बिषालु सर्प समेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका… Continue reading इटहरीमा सर्पसँगै बेवारिसे शव फेला
महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा
चितवन, असार ५ एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाैँडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए । शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भई अस्पतालमा… Continue reading महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा
चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ
विराटनगर,असार ५ सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित तीन जनालाई पक्राउ गरेको छ। ईटहरी–४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइलसहित परिया सोमबार राती बुढीखोलाबाट पक्राउ परेका… Continue reading चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ
लागुऔषधसहित दुई पक्राउ
विरानगर,असार ५ सुनसरीको धरान– ८ तिनकुनेबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले धरान –५ बस्ने २८ वर्षीय बाबु बोहरालाई ७४ पिस नाइट्रोसन ट्याब्लेट र धरान–१३ बस्ने ३५ वर्षीय कान्छा राईलाई एभिल ८ एम्पुल, डाईजेलाप ८ एम्पुल, लुपिजैसीक ८ एम्पुल गरी जम्मा २४ एम्पुल टिडिजेसिकसहित सोमबार साँझ पक्राउ गरेको… Continue reading लागुऔषधसहित दुई पक्राउ
अवैध उत्खनन र ओसारपसारमा संलग्न दुई सवारी नियन्त्रणमा
विराटनगर,असार ५ अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ओसार पसारमा संलग्न दुई वटा सवारी साधनलाइ प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । मोरङ केराबारी गाउपालिका वडा नं.८ स्थित खदम खोलाबाट ढुङा, गिट्टी उत्खनन्मा प्रयोग भएको ना १ क ८०४४ नं। को जेसिबि र ओसार पसारमा संलग्न ना ७ ख ३२२० नम्बरको हाइवा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा… Continue reading अवैध उत्खनन र ओसारपसारमा संलग्न दुई सवारी नियन्त्रणमा
साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका किशोरको शव तीन हप्तापछि नेपाल ल्याइयाे
पर्वत, असार ५ साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए । मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ… Continue reading साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका किशोरको शव तीन हप्तापछि नेपाल ल्याइयाे
डा देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार
काठमाडौँ, असार ५ वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा… Continue reading डा देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार