किसान संघ जिल्ला अध्यक्षको मृत्यु

मंगलबारे, इलाम, २९ चैत ः नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको मृत्यु भएको छ । हिजोराति खानपिन गरेर सहजै सुतेका घिमिरे आज बिहान मृत अवस्थामा फेला परेको परिवार स्रोतले जानकारी दिएको छ । ५५ वर्षीय घिमिरेको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बिहान करीब ८ः३० बजेतिर नउठेपछि ओछ्यानमा उठाउन जाँदा घिमिरेको मृत्यु… Continue reading किसान संघ जिल्ला अध्यक्षको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा, २९ चैत ः लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए । अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार… Continue reading पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

राजदूत सुवेदी उपाध्यक्षमा चयन

काठमाडौँ, २९ चैत ः बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त समितिको उपाध्यक्षमा चयन गरेको हो । सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी… Continue reading राजदूत सुवेदी उपाध्यक्षमा चयन

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

रत्ननगर, चितवन, २९ चैत ः पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु… Continue reading प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

महानिरीक्षकद्धयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त… Continue reading महानिरीक्षकद्धयलाई दर्ज्यानी चिह्न प्रदान

सडक दुर्घटनामा एकको मृत्यु

विराटनगर, २९ चैत ः सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको… Continue reading सडक दुर्घटनामा एकको मृत्यु

निःशुल्क रुपमा सोलार सेट वितरण

बैतडी, २९ चैत ः बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ । उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष… Continue reading निःशुल्क रुपमा सोलार सेट वितरण

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्। गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए। आजै गृहमन्त्रालयले… Continue reading डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

आठ देशका चिया व्यापारी इलाममा

मंगलबारे, इलाम २८ चैत ः चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् । चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि… Continue reading आठ देशका चिया व्यापारी इलाममा

ग्यास बिक्री केन्द्रको अनुगमन

नवलपरासी, २८ चैत ः गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्याँस बिक्री केन्द्रको अनुगमन गरेको छ । ग्यासका सिलिण्डरमा तौल कम भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले मंगलबार अनुगमन गरेको हो । कार्यालयका वरिष्ठ निरीक्षक योगेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले पश्चिम नवलपरासीको सुनवल, भूमही, बासा लगायतका स्थानमा… Continue reading ग्यास बिक्री केन्द्रको अनुगमन

भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

भक्तपुर, २८ चैत ः भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पु¥याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु¥याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए । विगतका वर्षहरुमा… Continue reading भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

आर्थिक गणना वैशाख १ गतेबाट शुरु

काठमाडौँ, २८ चैत ः केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ । संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा… Continue reading आर्थिक गणना वैशाख १ गतेबाट शुरु

नदीमा बेपत्ता बालक मृत फेला

रामपुर, पाल्पा, २८ चैत ः कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् । कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् । स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको… Continue reading नदीमा बेपत्ता बालक मृत फेला

मोटरसाइकसहित तस्कर पक्राउ

गौर, रौतहट, २८ चैत  ः तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका… Continue reading मोटरसाइकसहित तस्कर पक्राउ

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला, २८ चैत ः कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताए । महोत्तरी जिल्ला अदालतको २०६२ असार १५ गतेको फैसलाअनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा… Continue reading उपचारका क्रममा कैदीको मृत्यु

ईपिजी बैठकमा सहभागी हुन नेपाली टाेली भारत जाँदै

g]kfn–ef/t ;DaGw k|a'4 ;d"xsf] ;ftf}F a}7s g]kfn–ef/t ;DaGw k|a'4 ;d"x -OlkhL_ sf] zlgaf/ sf7sf8f}Fdf a;]sf] ;ftf}F a}7sdf ;xefuLx? . x/]s tLg dlxgfdf a:b} cfPsf] a}7s cfh / ef]nL rNg]5 . tl:a/ M k|bLk/fh jGt,/f;;

चैत्र २८, २०७४ः नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपिजीको बैठकमा सहभागि हुन नेपाली टोली आज भारतको नयाँ दिल्ली जाँदैछ । भेखबहादुर थापा संयोजकत्वको टोली मध्यान्ह त्यसतर्फ जान लागेको हो । भोलि र पर्सी नयाँ दिल्लाीमा हुने ईपिजीको आठौँ बैठकमा हालसम्म भएका दुईपक्षिय सम्झौतालाई अन्तिम रुप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने बिषयको टुङ्गो लगाउने नेपाली टोलीको तयारी… Continue reading ईपिजी बैठकमा सहभागी हुन नेपाली टाेली भारत जाँदै

चट्याङ लागेर मृत्यु

सुरुङ्गा,झापा, २८ चैत ः वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको… Continue reading चट्याङ लागेर मृत्यु

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने

फलेवास, पर्वत, २८ चैत ः पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ । प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो । अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ । वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला… Continue reading सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने

अर्ना गणना प्रारम्भ

इटहरी, २८ चैत ः कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ । प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना… Continue reading अर्ना गणना प्रारम्भ

‘युवा आज’ अभियान शुरु

ललितपुर, २८ चैत ः युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ । दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत गरेको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘युवा आज’ जस्ता अभियान र त्यसको निष्कर्ष सरकारका लागि मार्गनिर्देशक बन्न सक्ने बताउँदै… Continue reading ‘युवा आज’ अभियान शुरु

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, फोहर विसर्जनमा अवरोध

नुवाकोट, २५ चैत ः मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने… Continue reading मिनीट्रकको ठक्करले महिलाको मृत्यु, फोहर विसर्जनमा अवरोध

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत ः उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार… Continue reading आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विरानगरस्थित जतुवामा आइतबार बिहान गोली चलेको छ। बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका छन्। घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ। जतुवामा आइतबारदेखि सुरू हुने श्रीमद् भागवत… Continue reading विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान

?????????????????????????????????????????????????????????

ललितपुर, २४ चैत ः व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप युवालाई अनुदान दिने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम… Continue reading प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान

घर भत्काइएकामा विरोध

काठमाडौँ, २४ चैत ः काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले शुक्रबार स्थानीय असनबाट घर भत्काइएकामा विरोध जुलुस प्रदर्शन गरेको छ । सभासद् राजेन्द्रप्रसाद श्रेष्ठसहित नेवा अभियानकर्ता सम्मिलित सो समितिको नेतृत्वले सरकारले आदिवासी नेवार समुदायको घर गैरन्यायिक ढंगले भत्काएको आरोप लगाउँदै आफ्नो स्ववासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु नैसर्गिक अधिकार भएको जनाएको छ… Continue reading घर भत्काइएकामा विरोध

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

कैलाली, २३ चैत  : करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक… Continue reading करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, २३ चैत ः बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि कोशी… Continue reading मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

काठमाडौँ, २३ चैत ः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान… Continue reading वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालियो

ललितपुर, २३ चैत ः पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि… Continue reading पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालियो

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

धनगढी, २३ चैत ः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।… Continue reading नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

त्रिपुराकोट, डोल्पा, २३ चैत ः दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ… Continue reading हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च

काठमाडौँ, २३ चैत ः राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा… Continue reading प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इनरुवा, २३ चैत ः सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु… Continue reading सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौं, २२ चैत ः चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो । “अपुग रकमका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसक्यौं” विभागका सूचना… Continue reading सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

कपडा पसलमा आगलागी रु दश लाखको क्षति

Within minutes a home on Hillrose street in Sunland has burned to the ground at the Creek fire Tuesday. ( Photo by David Crane, Los Angeles Daily News/SCNG)

राजविराज, २२ चैत ः सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको बताइएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति… Continue reading कपडा पसलमा आगलागी रु दश लाखको क्षति

नेपाली र भारतीय युवाबीच अनुभव साटासाट

काठमाडौँ, २२ चैत ः नेपाल र भारतका युवाबीच आ–आफ्ना देशका युवाले खेलेको भुमिकाबारे अनुभव साटासाट भएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताए । उनले छोटो… Continue reading नेपाली र भारतीय युवाबीच अनुभव साटासाट

माझी बस्ती निर्माण जेठभित्र

बागलुङ, २२ चैत ः सडक खन्दा घरबास गुमाएका यहाँका सीमान्तकृत माझी परिवारले आउँदो जेठभित्रमा नयाँ घर पाउने भएका छन् । बागलुङ नगरपालिकाले तोकिएको समयमै माझी बस्ती हस्तान्तरण गर्ने वाचा गरेको छ । निर्माणमा भएको ढिलासुस्तीप्रति विरोध उठेपछि नगरपालिकाले कामलाई गति दिन लागेकोे हो । अघिल्लो सम्झौताअनुसार गत पुसभित्र माझी बस्ती निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदार… Continue reading माझी बस्ती निर्माण जेठभित्र

चार महिनादेखि बालक बेपत्ता

राजविराज, २२ चैत ९ ः चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् । राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ… Continue reading चार महिनादेखि बालक बेपत्ता

धनुषामा बम विस्फोट, एक महिला घाइते

महेन्द्रनगर, धनुषा, २२ चैत ः धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा… Continue reading धनुषामा बम विस्फोट, एक महिला घाइते

चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

खोटाङ, २२ चैत ः चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको… Continue reading चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते

भक्तपुर, २२ चैत ः दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा,… Continue reading अविरल वर्षाले घर भत्किँदा पाँच घाइते

जंगली फल खाँदा मृत्यु

बाजुरा, २१, चैत  ः गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदा स्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ । जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । रासस

सेनाद्धारा बम निष्क्रिय

नुवाकोट,२० चैत्र ः त्रिशुली–ककनी–बालाजु सडकखण्ड अन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका –११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय पारेको छ । नेपाल कम्युनिष्ट पाटी विप्लव समुहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्षित गरीे राखेको बमलाइ श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी… Continue reading सेनाद्धारा बम निष्क्रिय

चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

भक्तपुर, २० चैत ः बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरिएको छ । गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको एक महिना पनि नबित्दै बच्चासहित चितुवा… Continue reading चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

विपन्न विद्यार्थीका लागि अभियान थाल्दै “पहिलो पाइला नेपाल”

विराटनगर ,सामाजिक कामका लागि शैक्षिक गुणस्तर उकास्न पहिलो पाईला नेपाल–विराटनगरले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कलेक्सन अभियान सुरु गरेको छ । आगामी शैक्षिक सत्रदेखि विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका लागि सहयोग गर्ने अभिप्रायले पहिला पाईला नेपालले उत्त अभियान थालेको हो । आगामी शैक्षिक सत्रमा सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्य रहेको र… Continue reading विपन्न विद्यार्थीका लागि अभियान थाल्दै “पहिलो पाइला नेपाल”

मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

नवलपरासी, २० चैत ः बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर निर्माण गरिएको हो । रु… Continue reading मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

बैतडी, २० चैत ः स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् । बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा… Continue reading बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

भारतमा जातीय आन्दोलनमा सात जनाको मृत्यु

चैत २०, २०७४ भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म सात जनाको ज्यान गएको छ। सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन्। मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ। निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ। प्रान्तीय सरकारले भने… Continue reading भारतमा जातीय आन्दोलनमा सात जनाको मृत्यु

दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

दैलेख, २० चैत  ः दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका… Continue reading दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

मोटरसाइकल चोरी गर्ने पक्राउ

धनगढी, १९ चैत  ः वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन राना र २५ वर्षीय जगदीश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुबाट धनगढी उपमहानगरपालिका–५ का नरेन्द्र शाहको घरबाट चोरी गरिएको से४प ६५५२… Continue reading मोटरसाइकल चोरी गर्ने पक्राउ

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा, १९ चैत ः पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक… Continue reading पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

सगरमाथाको बाटो बनाउँछन असी वर्षे शेर्पा

सल्लेरी, सोलुखुम्बु, १९ चैत ९ः ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने… Continue reading सगरमाथाको बाटो बनाउँछन असी वर्षे शेर्पा

मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक, १९ चैत  ः काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले… Continue reading मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

एस्काभेटरसहित ट्र्याक्टर पक्राउ

दाङ, १९ चैत  ः जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ । पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान… Continue reading एस्काभेटरसहित ट्र्याक्टर पक्राउ

दाइजो न्यूनिकरण गर्न राजवंशी युवा–युवतीको अग्रसरता

विराटनगर, चैत १८ राजवंशी समुदायमा ब्याप्त दाइजो न्यूनिकरण गर्न युवा–युवतीले अग्रसरता लिनुपर्ने मोरङको कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।   विराट राजवंशी युवा समितिले मोरङको कटहरी सितपुरमा आयोजना गरेको दाइजो प्रथा न्यूनिकरण अभियान कार्यक्रममा बोल्ने वक्ताहरुले दाइजोका कारण समाज जर्जर हुंदै गएकाले युवायुवतीले अग्रसरता लिनुपर्ने बताएका थिए । आयोजक संस्थाका अत्यानन्त राजवंशीले दाइजोका… Continue reading दाइजो न्यूनिकरण गर्न राजवंशी युवा–युवतीको अग्रसरता

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

नवलपरासी, १८ चैत  ः पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हँुदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हँुदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले… Continue reading जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

विराटनगर, चैत १६ लायन्स क्लब ईन्टरनेशनल को युथ प्रोजेक्ट लियो डिस्ट्रीक्टको अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । यही चैत १० गते बिराटनगरको उद्योग संगठनको हलमा आयोजित लियो डिस्ट्रीक्ट ३२५ ए १ को छैटौं अधिवेशनसम्पन्न भएको हो । उक्त अधिवेशनमा लिaयो डिस्ट्रीक्ट ३२५ ए १ को अध्यक्षमा रन्जन कुमार शाही निर्वाचीत भएका छन् ।   समितिको… Continue reading लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

आरोहण गुरुकुलमा मसान

विराटनगर÷ आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन गरिने भएको छ । चैत १० गते शनिवारदेखि एकसाता सम्म मसान मञ्चन गरिने भएको हो । सहित्यकार स्व.गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गरेका छन् । महिलालाई हेपिएको बिषयबस्तुलाई समेटेर रिमालले विस २००३ सालमा लेखेको नाटक मञ्चन गर्न लागिएको हो ।… Continue reading आरोहण गुरुकुलमा मसान

लोप भए पोखरेली ढुंगेधारा र पोखरी

kfgL gcfpg] 9'+u]wf/f kfgL gcfpg] cj:yfdf /x]sf] kf]v/fsf] e}/j6f]ndf lj;+= !(&& ;fndf ag]sf] 9'+u]wf/f b]vfpFb} () jifL{o hutaxfb'/ tfd|fsf/ . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा, चैत ८ अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ । प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङ्ेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादुर ताम्राकारले बताए । विसं १९७६… Continue reading लोप भए पोखरेली ढुंगेधारा र पोखरी

लिओ क्लब अफ बिराटनगर युनिकद्धारा अग्नीपिडितलाई राहत वितरण

विराटनगर, चैत ८ सुनसरीको इक्रहीका आग्नीपिडलाई लियो क्लब अफ विराटनगरले राहत समग्री हस्तान्तरण गरेको छ । सो क्लबले ईक्राहीका अग्नीपिडितलाई विभिन्न दाताहरुबाट संकलित खाद्यान्नलगायतका राहत सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको हो । क्लबले चामल, आटा, चाउ चाउ बिस्कुट, दाल, झुल, कपडा पानीलगायतका सामग्री राहत स्वरुप वितरण गरेको हो । क्लबले आगलागी पिडितका लागि निशुल्क स्वास्थ्य… Continue reading लिओ क्लब अफ बिराटनगर युनिकद्धारा अग्नीपिडितलाई राहत वितरण

भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत  ः पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई… Continue reading भारतीय नागरिक पक्राउ