भक्तपुर, ८ वैशाख ः २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ । अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो । सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले सार्थकता पाउनुपर्ने बताउँदै नदीलाई… Continue reading हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन
Category: समाज
जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते
त्रिपुराकोट, डोल्पा, ८ वैशाख ः हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने… Continue reading जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
काठमाडौँ, ८ वैशाख ः रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । आचार्यले भने, “अबको… Continue reading जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
हात्ती हिँड्ने बाटोमा विमानस्थल
काठमाडौं – बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य करिडोर विनाश गर्न खोजिएको प्रति पर्सा राष्ट्रिय निकुञ्जले आपत्ति जनाएको छ । वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल विनाश गरेर संरचना खडा गर्न खोजिएपछि निकुञ्जले आपत्ति जनाएको हो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।… Continue reading हात्ती हिँड्ने बाटोमा विमानस्थल
दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत
काठमाडौँ, ७ वैशाख ः मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका दरले ५५ जना मनोनीत भएका हुन् । राजनीतिक, महिला,… Continue reading दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत
मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप
काठमाडौँ, ७ वैशाख ः मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ््याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ््याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ््याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये… Continue reading मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप
बाल श्रमिकको उद्धार
काठमाडौँ, ७ वैशाख ः सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन (बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायत) को अनुगमन गरी आज लगनखेल बसपार्कबाट छजना बालकको उद्धार गरिएको हो । श्रम… Continue reading बाल श्रमिकको उद्धार
निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई
चितवन, ७ वैशाख ः चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका… Continue reading निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई
अन्तर्राष्ट्रिय उडान शुरु
काठमाडौँ, ७ वैशाख ः मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिए । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान… Continue reading अन्तर्राष्ट्रिय उडान शुरु
पशु प्राविधिकको राष्ट्रिय भेला
चितवन, ७ वैशाख ः नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ । देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छ । उनीहरुले संघीय विधान बनाउने छन् । संघका केन्द्रीय अध्यक्ष जनक रावलका अनुसार देश संघीय संरचनामा गएपछि सोहीअनुसार विधान… Continue reading पशु प्राविधिकको राष्ट्रिय भेला
कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला
काठमाडौँ, ७ वैशाख ः काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन्। यसअघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई कामपाको यस पदमा पठाउने गरेको थियो । १६ वर्ष सरकारी सेवामा काम गरिसकेका कोइरालाले गृह प्रशासन, सामान्य प्रशासनसँगै इलाम जिल्लाको तत्कालीन स्थानीय विकास अधिकारी भएर स्थानीय सेवाको अनुभव हासिल गरेका छन्। पदबहाली… Continue reading कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला
ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते
चितवन, ७ वैशाख ः काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो ।… Continue reading ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते
महाकालीमा हाम फालेकी महिलाको मृत्यु
दार्चुला, ७ वैशाख ः महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा… Continue reading महाकालीमा हाम फालेकी महिलाको मृत्यु
जनकपुरमा जानकी नवमीको भव्य तयारी
महेन्द्रनगर, धनुषा, ६ वैशाख ः त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख… Continue reading जनकपुरमा जानकी नवमीको भव्य तयारी
खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय स्थापनाको तयारी
काठमाडौँ, ६ वैशाख (रासस) ः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला तहमा कार्यालय खोल्ने भएको छ । अहिले केन्द्रसहित पाँच ठाउँमा क्षेत्रीय कार्यालय सञ्चालन गरिरहेको विभागले आफ्नो सेवा विस्तार गर्न ७७ वटै जिल्लामा कार्यालय खोल्ने भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । “क्षेत्रीय कार्यालयले अनुगमन गर्न नसक्ने भएकाले जिल्लामा कार्यालय खोल्ने तयारी भइरहेको… Continue reading खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय स्थापनाको तयारी
भिरबाट लडेर एकको मृत्यु
Download as zipDownload भोजपुर, ४ वैशाख ः भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको… Continue reading भिरबाट लडेर एकको मृत्यु
पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
दमौली, दमौली, ४ वैशाख ः तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली पुगेका छन्र । गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ पुगेका हुन् । उनले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हालेका छन् । तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता… Continue reading पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
विराटनगरमा रोजगार मेला लाग्ने
विराटनगर, ४ वैशाख ः नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराए । आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र… Continue reading विराटनगरमा रोजगार मेला लाग्ने
तीनदिने इलाम महोत्सव सम्पन्न
इलाम, ४ वैशाख ः इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य… Continue reading तीनदिने इलाम महोत्सव सम्पन्न
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
विराटनगर, ४ वैशाख ः चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन्… Continue reading चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
चितुवाको आक्रमणबाट एकजना घाइते
भीमदत्तनगर, ३ वैशाख ः चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर… Continue reading चितुवाको आक्रमणबाट एकजना घाइते
चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु
खोटाङ, ३ वैशाख ः दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो । उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धान गर्न… Continue reading चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु
तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु
नुवाकोट, ३ वैशाख ः भारत सरकारको सहयोगमा नुवाकाेटकाे तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु¥याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पु¥याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिए… Continue reading तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु
कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
बागलुङ, ३ वैशाख ः यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।… Continue reading कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
गाईघाट, उदयपुर, ३ वैशाख ः उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुबै… Continue reading आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
जाजरकोट, ३ वैशाख ः यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखाँैको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी,… Continue reading बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
मातातीर्थ कुण्डमा भक्तजनको भीड
काठमाडौँ, ३ वैशाख ः चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र… Continue reading मातातीर्थ कुण्डमा भक्तजनको भीड
पुरुष मृत अवस्थामा फेला
इटहरी, ३ वैशाख ः सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा डेरा… Continue reading पुरुष मृत अवस्थामा फेला
एक दर्जन गाँउमा खानेपानीको हाहाकार
गौशाला, ३ वैशाख ः महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् । ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह… Continue reading एक दर्जन गाँउमा खानेपानीको हाहाकार
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
मंगलबारे, इलाम, २ वैशाख ः खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ । आज यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो । भगिनी सम्बन्ध दुई नगरपालिकाबीचको मितेरी सम्बन्ध भएको… Continue reading इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने
चितवन, २ वैशाख ः चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ । मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार… Continue reading सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने
सम्पदाको सफाइ र प्रचारप्रसार गर्न जोड
काठमाडौँ, २ वैशाख ः अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा स्थानीय हनुमानढोकादेखि भुरुङ्खेलसम्म आज सरसफाइ गरिएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले सप्ताहव्यापी अभियान आजदेखि सरसफाइबाट नै शुरु भएको छ । हनुमानढोका(पन्ध्रौँदेखि २०औँ शदी)देखि पौराणिक स्वयम्भूनाथसम्मको २.२ किमीभित्र मरुगणेश(बाह्रौँ… Continue reading सम्पदाको सफाइ र प्रचारप्रसार गर्न जोड
बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने
सिन्धुली, २ वैशाख ः बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र… Continue reading बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
चरीकोट, २ वैशाख ः नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु… Continue reading मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
लहान, २ वैशाख ः केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र… Continue reading जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
छ दिनदेखि बेपत्ता वृद्ध फेला
लहान, २ वैशाख ः सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ । गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका, ठेम्हीबाट फेला पारेको जिल्ला प्रहरी कार्यालयका… Continue reading छ दिनदेखि बेपत्ता वृद्ध फेला
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
नुवाकोट, २ वैशाख ः ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन् । यहाँको स्थानीयतहका प्रतिनिधि सम्मिलित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विदुरमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीमार्फत ११ बुँदे नुवाकोट घोषणापत्र जारी गर्दै ऐनले निर्देशन गरेका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाएका हुन् । स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रशासकीय… Continue reading विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै
कञ्चनपुर, २ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए । “दूषित पानीका कारण लाग्ने रोगबाट… Continue reading आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै
धिमाल जातिको जात्री पर्व शुरु
पथरी, मोरङ, २ वैशाख ः प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला… Continue reading धिमाल जातिको जात्री पर्व शुरु
पोखरीमा डुबेर मृत्यु
उर्लाबारी, मोरङ, २ वैशाख ः मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँया रहेका छन् । उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । वैशाख १ गते नयाँ वर्षको अवसरमा सो… Continue reading पोखरीमा डुबेर मृत्यु
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
रत्ननगर, चितवन, २ वैशाख ः चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा नौ जना घाइते… Continue reading दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द
काठमाडौँ, २ वैशाख ः खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि… Continue reading खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द
आगलागीमा रु पाँच लाख क्षति
राजविराज, १ वैशाख ः सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, दुई क्विन्टल तोरी र एक थान पम्पिङसेट जलेर नष्ट भएको प्रहरीले जनाएको छ… Continue reading आगलागीमा रु पाँच लाख क्षति
नयाँ वर्षसँगै तराईमा सिरूवा पर्व सुरू
विराटनगर, १ वैशाख ः तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ । नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ ।… Continue reading नयाँ वर्षसँगै तराईमा सिरूवा पर्व सुरू
आजबाट नयाँ वर्ष २०७५ सुरु , एकआपसमा शुभकामना आदानप्रदान
काठमाडौं । आजबाट नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको… Continue reading आजबाट नयाँ वर्ष २०७५ सुरु , एकआपसमा शुभकामना आदानप्रदान
नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति
काठमाडौँ, ३० चैत ः महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ । सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ । यस्तै… Continue reading नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति
टेलिकमको नयाँ वर्ष अफर
काठमाडौँ, ३० चैत ः नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ । अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड… Continue reading टेलिकमको नयाँ वर्ष अफर
नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला
चितवन, ३० चैत ः सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला… Continue reading नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला
‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक
रत्ननगर, चितवन, ३० चैत ः ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ । हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ । पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताहअन्तर्गत यसपाली एक हप्तासम्म… Continue reading ‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक
छ वर्षीय बालकको मृत्यु
भीमदत्तनगर, ३० चैत ः कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट… Continue reading छ वर्षीय बालकको मृत्यु
गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी
काठमाडौँ, ३० चैत ः टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ । आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई… Continue reading गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी
हुम्लाका बालकको झुलाघाटबाट उद्धार
बैतडी, ३० चैत ः हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो । गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका… Continue reading हुम्लाका बालकको झुलाघाटबाट उद्धार
प्रदेशकै ठूलो शीतभण्डार सञ्चालनमा
डडेल्धुरा, ३० चैत ः डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरेका हुन् । विसं २०७४… Continue reading प्रदेशकै ठूलो शीतभण्डार सञ्चालनमा
ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु
उर्लाबारी, मोरङ, ३० चैत ः बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो । ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि… Continue reading ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु
फिरौती मागेर ज्यान मार्ने धम्की दिने चार पक्राउ
काठमाडौँ, २९ चैत ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु दुई करोड फिरौती मागी ज्यान मार्ने धम्की दिने चारजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गोरखा सुलिकोट घर भई काठमाडौँ खुशिबुँ नयाँ बजार बस्ने जग्गा व्यवसायी हरिप्रसाद सापकोटा र अन्य व्यवसायीसँग फिरौती माग्ने गोरखाका चेतबहादुर गुरुङ, सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई बुधबार पक्राउ… Continue reading फिरौती मागेर ज्यान मार्ने धम्की दिने चार पक्राउ
दुर्घटनामा एकको मृत्यु, आठ घाइते
नवलपरासी, २९ चैत ः पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् । भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो । मृत्यु हुनेमा जिपमा सवार तनहँु… Continue reading दुर्घटनामा एकको मृत्यु, आठ घाइते
६० वर्षीय पासवान बेपत्ता
लहान, २९ चैत ः सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक बृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् । आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् । बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे… Continue reading ६० वर्षीय पासवान बेपत्ता
आतंकवादी गतिविधि नियन्त्रण गर्न सरकारकाे निर्देशन
काठमाण्डौं,चैत २९ ः आतंकवादी गतिविधि हुन नदिनको लागि आवश्यक कार्ययोजना बनाउन सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहसचिव प्रेमकुमार राईले सानातिना आतंकवादी गतिविधि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कार्ययोजना बनाउन सुरक्षा निकायलाई सचेत गराएका हुन् । विहिबार नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई दर्जानी चिह्न प्रदान… Continue reading आतंकवादी गतिविधि नियन्त्रण गर्न सरकारकाे निर्देशन
दूध दुहुने मेशिनमा किसानकाे अाकर्षण
ललितपुर, २९ चैत ः व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको… Continue reading दूध दुहुने मेशिनमा किसानकाे अाकर्षण
मेलम्ची आयोजना ः सुरुङको ‘ब्रेक थु्र’, भदौसम्ममा पानी खसालिने
मेलम्ची, २९ चैत ः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्र’ु भएको घोषणा गरेका हुन् । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थुर भएको हो । ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति थियोे ।… Continue reading मेलम्ची आयोजना ः सुरुङको ‘ब्रेक थु्र’, भदौसम्ममा पानी खसालिने
इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड
विराटनगर, २९ चैत ः मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन विराटनगरमा अभियान सञ्चालन गरिएको छ । मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज यहाँ पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा… Continue reading इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड