पोखरा, १७ वैशाख ९रासस० ः सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं… Continue reading प्रतिवेदनअनुरुप छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै
Category: समाज
सवारी दुर्घटना दुईको मृत्यु ,१० घाइते
इटहरी, १७ वैशाख ः झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत… Continue reading सवारी दुर्घटना दुईको मृत्यु ,१० घाइते
विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी
नुवाकोट, १७ वैशाख ः भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)उपलब्ध गराएको हो । शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९… Continue reading विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
रोल्पा, १७ वैशाख ः भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार… Continue reading भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा
पोखरा, १६ वैशाख ः पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बागमाराका स्थानीयवासीले ‘चिलाउने चौतारा सालघारी बेतखोला’ भन्ने जंगलको ६८ रोपनी क्षेत्रफलको वनजग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । चैनपुर पशुपतिघाट वन संरक्षण संघर्ष समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी समुदायबाटै पूर्खौंदेखि उपयोगका साथै संरक्षण हुँदै आएको वन क्षेत्र षडयन्त्रपूर्ण… Continue reading वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा
नारायणी नदीमा सिग्नेचर पुल बन्ने
चितवन, १६ वैशाख ः पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम… Continue reading नारायणी नदीमा सिग्नेचर पुल बन्ने
धर्मगुरु आचार्य उपचारपछि घर फर्कीए
विराटनगर, १६ वैशाख ः केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कीएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ । धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए । दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि… Continue reading धर्मगुरु आचार्य उपचारपछि घर फर्कीए
जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते
डडेल्धुरा, १६ वैशाख ः डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् । जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हँुदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।… Continue reading जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते
चिया दिवसमा भोजपुरको चिया
काठमाडौँ, १६ वैशाख ः राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार काठमाडौँमा एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य… Continue reading चिया दिवसमा भोजपुरको चिया
खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण
विराटनगर ः अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरको छानामुक्त बनाउन जस्तापाता वितरण सुरु गरिएको छ । खरको छाना भएका गरिबहरुकोे जीवनस्तर उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक भएको निष्कर्षसहित गाउँपालिकाले खरको छानोमुक्त बनाउने अभियान सुरु भएको हाे । २० बर्षदेखि खरको छानामा बस्दै आएकी स्थानिय बिष्णुमाया नेपालीले टिन पाएपछि खुसि हुँदै भनिन् ‘२० वर्षदेखि खरको छानोमा बस्दै… Continue reading खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण
शक्ति देखाउन कर्णालीमा हाम फाल्ने झाँक्रीकाे मृत्यु
विराटनगर,वैशाख १६ ः धामीको शक्ति देखाउने भन्दै बाजुराको जगन्नाथ गाउँपालिका–१ का दुई जना कर्णाली नदीमा हाफ फालेका छन् । नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय… Continue reading शक्ति देखाउन कर्णालीमा हाम फाल्ने झाँक्रीकाे मृत्यु
चन्दाबाट दश किलोमिटर सडक निर्माण
म्याग्दी, १६ वैशाख ः अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए । “राजनीतिक… Continue reading चन्दाबाट दश किलोमिटर सडक निर्माण
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सुनसरी, वैशाख १६ः सुनसरीको दुहवी नगरपालिका–८ स्थित जुट मिल नजिकै शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी चालककको ज्यान गएको छ । ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गडी गाउँपालिका–२ भमरी बस्ने अन्दाजी २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्। बस्नेत सवार उक्त मोटरसाइकलले बेलुका १० बजेतिर साईकलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई दुर्घटना भएको… Continue reading मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोरङ र सुनसरीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते
विराटनगर, बैशाख १५ ः मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन् । सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ । उनको शनबिार दिउँसो २ बजेतिर पिपलको रुख मुनी बसिरहेको अबस्थामा हावाहुरी संगे परेको चट्याङ लाग्दा घटनास्थलमानै… Continue reading मोरङ र सुनसरीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते
हातेमालोकाे अभियान जारी
टेकराज बन्जरा विराटनगर,बैशाख १५ ः परिवर्तनका लागी हातेमालोले आज ११औँ हप्ता पनि सरसफाई लगायतका विभिन्न कार्यक्रम गरेको छ । सहभागीहरुले आज विराटनगरको पुष्पलालचौकमा सरसफाई, जेब्रा क्रसिगं बनाउनुका साथै ठाउँ–ठाउँमा ट्राफिक नियम सम्बन्धी बोर्डहरु झुन्ड्याएका छन् । परिवर्तनका लागी हातेमालोको उक्त कार्यक्रममा पत्रकार, स्थानीय सरोकारवाला,ट्राफिक प्रहरी साथै विराटनगर महानगरको दमकल टिम लगायतको संलग्नता रहेको थियो ।… Continue reading हातेमालोकाे अभियान जारी
युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने
काठमाडौँ, १५ वैशाख ः युवा रोजगारीका लागि एसओएस बालग्रामले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका बालग्राममा हुर्केका विद्यार्थीका लागि रोजगारीको विषय चुनौतीपूर्ण रहेको भए पनि सरकारले नयाँ योजनासहित स्वदेशमै युवा रोजगारीको कार्यक्रम अघि सारेमा बालग्रामले त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । भूकम्पपीडितका लागि एसओएस बालग्रामले बनाइदिएको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा… Continue reading युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने
अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने ः मन्त्री विष्ट
काठमाडौँ, १५ वैशाख ः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् । श्रम विभागको ‘१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् । “व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ… Continue reading अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने ः मन्त्री विष्ट
नौमुठे गाई लोप हुने अवस्थामा
अछाम, १५ वैशाख ः विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । प्रदेश नं ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टादेखि जुरो सम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ… Continue reading नौमुठे गाई लोप हुने अवस्थामा
बस र ट्रक ठोक्किँदा २७ घाइते
विराटनगर ः धादिङको गजुरी–६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्। मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक र झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस शनिबार बिहान आपसमा ठोक्किएका हुन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी… Continue reading बस र ट्रक ठोक्किँदा २७ घाइते
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु
रुपन्देही, १५ वैशाख ः भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गोष्ठीको उद्घाटन गरे । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत,… Continue reading अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु
दुर्घटनामा एकको मृत्यु
लहान, १५ वैशाख ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । पडरिया चोकदेखि पश्चिममा सवारी… Continue reading दुर्घटनामा एकको मृत्यु
जलविद्युत आयोजनाहरुको निरीक्षण गर्दै उर्जामन्त्री
विराटनगर ः जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन रसुवामा पुगेका छन् । हिजो रसुवा पुगेर उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरेका छन् । उनले आजै साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने छन् । मन्त्री… Continue reading जलविद्युत आयोजनाहरुको निरीक्षण गर्दै उर्जामन्त्री
असिनाले लाखौंँको क्षति,किसान मारमा
नुवाकोट ,१५ वैशाख ः हावाहुरीसँगै परेको असिनापानीले नुवाकाेट जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको… Continue reading असिनाले लाखौंँको क्षति,किसान मारमा
इटहरीमा आगलागी,१कराेड बराबरकाे क्षती
इटहरी, १५ वैशाख ः सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका… Continue reading इटहरीमा आगलागी,१कराेड बराबरकाे क्षती
मत्स्येन्द्रनाथको जात्रामा झण्डै ७० लाख खर्च लाग्ने
ललितपुर, १४ वैशाख ः रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ । रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै रु २० लाख गरेर रु ७० लाख पुग्ने अनुमान गुठी संस्थान ललितपुर शाखाको छ । वर्षेनी पाँचदेखि १० प्रतिशतको हाराहारीमा खर्च बढ्ने… Continue reading मत्स्येन्द्रनाथको जात्रामा झण्डै ७० लाख खर्च लाग्ने
फेरि भारतीय सुरक्षाकर्मीले पुनर्वासमा दादागिरी देखाए
१४ वैशाख, विराटनगर ।जंगली जनाबर नियन्त्रणका लागि कैलालीको पुनर्वास नगरपालिका-९ का बासिन्दाले विद्युतीय तारबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । १९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । सो क्षेत्रमा पूर्वसहमति अनुसार विद्युतीय तारवार लगाउन खाेजे पनि बिहीबार एसएसबीले पुनः अवरोध गरेको अध्यक्ष जैशीले… Continue reading फेरि भारतीय सुरक्षाकर्मीले पुनर्वासमा दादागिरी देखाए
त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु
धादिङ, दार्खा, वैशाख १४ ः धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र… Continue reading त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु
आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति
कञ्चनपुर, १४ वैशाख ः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हँुदा रु छ लाखभन्दा बढीको क्षति भएको छ । वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । स्थानीय बासिन्दा र प्रहरीको… Continue reading आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति
जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही
काठमाडौँ, १४ वैशाख ः काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने… Continue reading जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही
फेसबुकमा कमेन्ट गर्दा दुई घाइते
विराटनगर ः यसैबीच, सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।… Continue reading फेसबुकमा कमेन्ट गर्दा दुई घाइते
शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
दमक, १४ वैशाख ः पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानाकर्षण गराएको हो । टोलीले दमकमा बिहीबार पत्रकार… Continue reading शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
मलेसियामा अलपत्र परेका तीस नेपालीको उद्धार
काठमाडौँ, १३ वैशाख ः मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ । मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ ।… Continue reading मलेसियामा अलपत्र परेका तीस नेपालीको उद्धार
विकट गाउँमा अझै इन्जिनियर पुगेनन्
खोटाङ, १३ वैशाख ः दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् । दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही… Continue reading विकट गाउँमा अझै इन्जिनियर पुगेनन्
मृत्युदण्ड पाएका नेपालीलार्इ पाकिस्तानी परिवारबाट माफी
विराटनगर ः पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन् । हत्या गरेको अभियोगमा मृत्युदण्डकाे फैसला सुनार्इएका यादव जुवेल जेलमा बसिरहेका छन् । पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र पीडक पक्षबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो। पीडित… Continue reading मृत्युदण्ड पाएका नेपालीलार्इ पाकिस्तानी परिवारबाट माफी
निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा
काँकडभिट्टा, १३ वैशाख ः झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक… Continue reading निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा
आगलागीबाट तीन घर नष्ट
राजविराज, १३ वैशाख ः सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य… Continue reading आगलागीबाट तीन घर नष्ट
एक महिनामा तीन दर्जन बलात्कृत
काठमाडौँ, १२ ः महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । चैत… Continue reading एक महिनामा तीन दर्जन बलात्कृत
नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु
बैतडी, १२ वैशाख ः चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ । रासस
दाेषीलार्इ पक्राउ गर्न माग गर्दै प्रहरी वृत्त घेराउ
भक्तपुर, १२ वैशाख ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर… Continue reading दाेषीलार्इ पक्राउ गर्न माग गर्दै प्रहरी वृत्त घेराउ
ढाकाबाट आइपुगे यात्रुबाहक बस
काँकडभिट्टा, १२ वैशाख (रासस) ः नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेका छन् । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग… Continue reading ढाकाबाट आइपुगे यात्रुबाहक बस
महाभुकम्पमा ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम
टेकराज बन्जरा बैशाख १२,विराटनगर ः विराटनगर जुनियर जेसिसद्धारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान नै जीवनदान हो भन्ने नारालाई आत्मसात गर्दै जुनियर जेसिसले आज विराटनगरको ट्राफिक चौकमा गरेको २३ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बि.सं. २०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम गरेको अयोजकले जनाएको… Continue reading महाभुकम्पमा ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम
९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका !
१२ वैशाख, ।करिब ९ हजार नेपालीलाई अमेरिकी सरकारले देश निकालाको तयारी गरेको छ । द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाए अनुसार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको हाे । सन् २०१५ मा नेपालमा गएकाे विनाशकारी भूकम्पको कारण दर्शाउँदै अमेरिकी सरकारले तीन वर्षअघि ‘अनडकुमेन्टेड’ अवस्थामा… Continue reading ९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका !
धरानमा गोली चल्यो, ज्यान मुद्दाका फरार कुम्भे समातिए
११ वैशाख, विराटनगर ः फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो प्रहरीले धरानमा एक राउण्ड गोली चलाएको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गाेली चलाएर पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई छन् । पक्राउका लागि राईलार्इ लखेट्दै गएको… Continue reading धरानमा गोली चल्यो, ज्यान मुद्दाका फरार कुम्भे समातिए
राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल
काठमाडौँ, ११ वैशाख ः सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए । बन्द हडताल गर्न नपाइने सरकारले… Continue reading राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल
माेरङकाे एक घरबाट लागुऔषध बरामद
मोरङ,११ बैशाख ः मोरङको सुन्दर-हरैचा नगरपालिका १२ स्थित एक घरबाट लागुऔषध बरामद गरिएकाे छ। सुन्दर-हरैचा नगरपालिका १२ खोर्साने बस्ने बर्ष ३२ को आनन्द बस्नेतको घरबाट लुकाई राखिएको अवस्थामा लागुऔषध डाइलेक्स एक सय एम एलको ५७ बोतल र इस्मास्बोप्रोक्सिवन ट्याब्लेर २८८ थान बरामद गरिएकाे हाे। बस्नेतको घरमा लागुऔषध लुकाई राखिएको छ भन्ने विशेष सुचना पाएर इलाका… Continue reading माेरङकाे एक घरबाट लागुऔषध बरामद
चुरे क्षेत्रबाट अवैध ढुंगा उत्खनन गर्ने सवारी साधन पक्राउ
मोरङ,११ बैशाख ः प्रहरीले चुरे संरक्षन क्षेत्र खदम खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन् गर्ने एक जेसिबि र टिपरलाई सोमबार नियन्त्रणमा लिएको छ। केराबारी गाउँपालिका वडा नं. ७ मुगु स्थित चुरे संरक्षण क्षेत्र खदम खोलाबाट अवैध रूपमा उत्खनन् गरीएकाे ढुङ्गा लाेड गर्दै गरेकाे अबस्थामा अन-टेष्ट जेसिबि र ढुंगा लोड गर्दै गरेको टिपरलाई मंगलबार प्रहरीले नियन्त्रणमा… Continue reading चुरे क्षेत्रबाट अवैध ढुंगा उत्खनन गर्ने सवारी साधन पक्राउ
हात्तीको आक्रमणबाट मृत्यु
राजविराज, ११ वैशाख ः सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो… Continue reading हात्तीको आक्रमणबाट मृत्यु
जानकी दिवस मनाइँदै
बर्दिवास, ११ वैशाख महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ । पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल… Continue reading जानकी दिवस मनाइँदै
बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते
चितवन ११ वैशाख ः नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६… Continue reading बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते
महाभुकम्पमा ज्यान गुमाउनेकाे स्मृतीमा रक्तदान कार्यक्रम हुने
टेकराज बन्जरा बैशाख १०, विराटनगर विराटनगर जुनियर जेसिसको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । जुनियर जेसिसले यही बैशाख १२ गते विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रम गर्ने भएको हो । बि.सं.२०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा परी ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । आयोजकले रक्तदान नै जीवनदान हो भन्ने… Continue reading महाभुकम्पमा ज्यान गुमाउनेकाे स्मृतीमा रक्तदान कार्यक्रम हुने
वाग्मती तीर्थयात्रा ४० वर्षपछि पुनः शुरु
काठमाडौँ, १० वैशाख ः नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ । कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो ।… Continue reading वाग्मती तीर्थयात्रा ४० वर्षपछि पुनः शुरु
जुवाखालबाट सातजना पक्राउ
भक्तपुर, १० वैशाख ः मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो । जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३००… Continue reading जुवाखालबाट सातजना पक्राउ
पोर्चुगलमा बृहत् शोभायात्रा हुने
लिस्बन(पोर्चुगल), ९ वैशाखः युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिए । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी… Continue reading पोर्चुगलमा बृहत् शोभायात्रा हुने
घरको छतबाट खसेर एककाे मृत्यु
दाङ, १० वैशाख ः घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट… Continue reading घरको छतबाट खसेर एककाे मृत्यु
युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना
काठमाडौँ, ९ वैशाख ः सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको ‘सुशील श्री पुरस्कार’ स्थापना गरेको छ । स्थापनाकालदेखि नै सिर्जनात्मक कार्य गर्र्दै आएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी नेपालसम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेखमार्फत उत्कृष्ट ढंगले व्यक्त गर्ने लेखकलाई उक्त पुरस्कारबाट सम्मानित… Continue reading युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना
डोटीमा भएकाे जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे
डोटी, ९ वैशाख ः डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल… Continue reading डोटीमा भएकाे जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे
रानीपोखरी पुनःनिर्माणमा रु साढे दुई करोड खर्च ः बालुवामा पानी
काठमाडौँ, ९ वैशाख ः रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी… Continue reading रानीपोखरी पुनःनिर्माणमा रु साढे दुई करोड खर्च ः बालुवामा पानी
प्रवासीको लगानीमा मोटरबाटो निर्माण
बेनी, म्याग्दी, ९ वैशाख ः म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण… Continue reading प्रवासीको लगानीमा मोटरबाटो निर्माण
यौन व्यवसायमा संलग्न ३४ पक्राउ
काठमाडौँ, ९ वैशाख ः महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५… Continue reading यौन व्यवसायमा संलग्न ३४ पक्राउ
मलेसिया गएकाे तीन महिना नबित्दै मृत्यु
विराटनगर — रोजगारीको लागि मलेसिया गएका एक युवकको घरबाट गएको ३ महिनामै मृत्यु भएको छ । लमजुङकाे दूधपोखरी गाउँपालिका-१, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे । दूधपोखरीस्थित बाघभैरब प्राविका शिक्षक… Continue reading मलेसिया गएकाे तीन महिना नबित्दै मृत्यु
सभामुखद्वारा पुस्तक लोकापर्ण
काठमाडौँ, ८ वैशाख ः सभामुख कृष्णबहादुर महराले नेपाल साधन, श्रम र सीपको दृष्टिकोणले धनी भएकाले समृद्धिका लागि अब ठिक ढंगले योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” नामक कृतिको आज यहाँ लोकापर्ण गर्दै उनले सो कुरा बताएका हुन्… Continue reading सभामुखद्वारा पुस्तक लोकापर्ण