विराटनगर : स्थायी राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न विराटनगर महानगरपालिकाले ५० विघा जग्गा उपलब्ध गराउने भएको छ । स्थायी राजधानी विराटनगरमै रहने वा अन्यन्त्र सार्ने बिषयमा बहस सुरु भैरहेको बेला विराटनगर महानगरपालिकाले विराटनगर–१९ मा ५० विघा जग्गा उपलब्ध गराउने भएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । महानगरपालिकाले विराटनगर–१९ मा व्यवस्थित… Continue reading राजधानीलाई महानगरले ५० बिघा जग्गा उपलब्ध गराउने
Category: समाज
पूर्वराजाका परिवार भारत जाँदै
काठमाडौं : थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा उनीसँगै… Continue reading पूर्वराजाका परिवार भारत जाँदै
विकास र सार्वजनिक नीतिका विषयमा युवाहरुलाई प्रशिक्षण
विराटनगर, असोज २३ देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने विषयमा विभिन्न शहरका युवाहरुलाई विराटनगरमा प्रशिक्षण गराइएको छ । तीन दिनसम्म चलेको आइ पोलिसी प्रशिक्षणमा बिराटनगर, इटहरी, धरान, लेटांग, काठमाडौँ, सुर्खेत लगायतका शहरका २४ जना युवायुवतीको सहभागिता रहेको थियो । विकल्प एन अल्टरनेटिभ, सेन्टर फर सिविल सोसाईटी र ल्याङ्गवेज फर लिबर्टीको संयुक्त… Continue reading विकास र सार्वजनिक नीतिका विषयमा युवाहरुलाई प्रशिक्षण
बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने
काठमाडौं,असोज २२ बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले आयोजना निर्माण सुरु गर्न लागेको हो । यो वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ । केवलकारको अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । आउँदो २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ… Continue reading बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने
स्वास्थ्यकाे लागि हिमाली खसी उत्कृष्ठ, भारतीय खसीबाेकाकाे मासुमा यस्ता छन् खराबी
काठमाडौं,असोज २२ दशैंका लागि स्वदेशी तथा विदेशी खसी बोका काठमाडौं भित्रिने क्रम जारी छ । दशैंमा अत्याधिक मासुको प्रयोग हुने भएकोले भारतबाट अत्यधिक मात्रामा खसीबोका भित्रिरहेको छ । दशैंको समयमा लगभग ८० प्रतिशत नेपाली बजार भारतीय खसीले ओगट्ने गरेको चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले बताए । भारतीय खसी नेपाली खसी भन्दा २०… Continue reading स्वास्थ्यकाे लागि हिमाली खसी उत्कृष्ठ, भारतीय खसीबाेकाकाे मासुमा यस्ता छन् खराबी
दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने
काठमाडौँ, असोज २२ दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका… Continue reading दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने
प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार
विराटनगर,असोज २२ विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको छ । सोमबार विराटनगर महानगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेशको राजधानी विराटनगरबाट स्थानान्तर गर्ने चर्चा चलिरहेको भन्दै कुनै पनि हालतमा अन्यन्त्र सार्न नहुने धारणा राखे । उनले प्रदेश नम्बर १ को… Continue reading प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार
प्रदेशसभा सदस्यहरुलाई लोगो वितरण
विराटनगर, असोज २२ प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाईदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए… Continue reading प्रदेशसभा सदस्यहरुलाई लोगो वितरण
महिला तथा बालबालिकालाई शसक्तिकरणका लागि लायन्सको सहयोग
विराटनगर, असोज २२ महिला तथा बालबालिकालाई शसक्तिकरण गर्ने उद्देश्यले लायन्स क्लबले आज विविध कार्यक्रम गरेको छ । विराटनगर–१८, बुधनगरस्थित श्रीराम आधारभूत प्राथमिक विद्यालयलाई विभिन्न ५ वटा लायन्स क्लबले समूहगत सहयोग उपलब्ध गराएका छन् । लायन्स क्लबहरुले सो स्कुललाई नगद ६१ हजार र २५ हजार बराबरको जिन्सी सहयोग उपलब्ध गराएका छन् । स्कुलको छाना निर्माणका लागि… Continue reading महिला तथा बालबालिकालाई शसक्तिकरणका लागि लायन्सको सहयोग
महिला तथा बालबालिकालाई शसक्तिकरणका लागि लायन्सको सहयोग
विराटनगर,असोज २२ महिला तथा बालबालिकालाई शसक्तिकरण गर्ने उद्देश्यले लायन्स क्लबले आज विविध कार्यक्रम गरेको छ । विराटनगर–१८, बुधनगरस्थित श्रीराम आधारभूत प्राथमिक विद्यालयलाई विभिन्न ५ वटा लायन्स क्लबले समूहगत सहयोग उपलब्ध गराएका छन् । लायन्स क्लबहरुले सो स्कुललाई नगद ६१ हजार र २५ हजार बराबरको जिन्सी सहयोग उपलब्ध गराएका छन् । स्कुलको छाना निर्माणका लागि १०… Continue reading महिला तथा बालबालिकालाई शसक्तिकरणका लागि लायन्सको सहयोग
शरीरमा आगो लगाउँदा महिलाको मृत्यु
राजविराज, असोज २२ सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका… Continue reading शरीरमा आगो लगाउँदा महिलाको मृत्यु
निर्मला हत्या प्रकरणः सुरूवाल पखाल्ने र अनुसन्धान अधिकृत निलम्बित
विराटनगर, असोज २२ प्रहरी प्रधान कार्यालयले कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलाई निलम्बन गरेको छ । निर्मलाको सुरूवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश… Continue reading निर्मला हत्या प्रकरणः सुरूवाल पखाल्ने र अनुसन्धान अधिकृत निलम्बित
एसपी विष्ट र बम दिदीबहिनीमाथि पुन: अनुसन्धान गर्न निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिएको हो ।,… Continue reading एसपी विष्ट र बम दिदीबहिनीमाथि पुन: अनुसन्धान गर्न निर्देशन
इन्जिनियरको ३ करोड अवैध सम्पत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ ।,आजकोअन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ । छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजाार ७ सय २० रुपैयाँबराबरको सम्पत्तिको स्रोत… Continue reading इन्जिनियरको ३ करोड अवैध सम्पत्ति
निर्मला हत्या प्रकरणः अनिता बम परिन शंकाको घेरामा
निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । साथै समितिले विष्ट र म… Continue reading निर्मला हत्या प्रकरणः अनिता बम परिन शंकाको घेरामा
कर्मचारीको दबाबका कारण निजामती सेवा विधेयक हेरफेर हुँदै
सरकारले संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर कार्य अघि बढाएको छ ।विभिन्न कर्मचारी संगठनले प्रस्तावित विधेयकप्रति व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वमा दबाब दिएपछि सरकारले प्रस्तावित विधेयकलाई हेरफर गर्न लागेको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिमा मन्त्रीहरू सो विधयेक हेरफेर गर्नुपर्ने टुंगोमा पुगेका हुन् ।त्यसपछि मन्त्रिपरिषद्मा… Continue reading कर्मचारीको दबाबका कारण निजामती सेवा विधेयक हेरफेर हुँदै
सीके राउत प्रहरी नियन्त्रणमा
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो।, यो खबर आजको नागरिक दैनिकमा छ । रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको… Continue reading सीके राउत प्रहरी नियन्त्रणमा
निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर रहेको छ । सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घटनासँग सम्बन्धित प्रमाण संकलणमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्र्याइँ भएका निष्कर्ष निकालेको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद… Continue reading निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी
स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा
सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ ।विभागले पटकपटक छोटो… Continue reading स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा
निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ,असोज २२ निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागका प्रमुख सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको हो । प्रतिवेदन ३७ पेजको रहेको छ । प्रतिवेदन हेर्न तल क्लिक गर्नुहोस् : निर्मला_पन्त_हत्या_२०७५ ६ ४_Corrected_final
लागु औषध सहित २ पक्राउ
झापा, आश्विन २१ झापाको भद्रपुर नगरपालिका–५ मेची खोला नजिकबाट प्रहरीले शनिबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो करिब ४ बजे मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका– ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी–१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने… Continue reading लागु औषध सहित २ पक्राउ
प्राधिकरणले बनाउने चारवटा एकीकृत बस्ती मध्ये तीन वटा एकीकृत बस्ती योजना सिन्धुपाल्चोकमा
काठमाडौं,असोज २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण योजना सिन्धुपाल्चोक केन्द्रित भएको छ । प्राधिकरणाले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गर्दा तीन वटा सिन्धुपाल्चोकमा राखेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको… Continue reading प्राधिकरणले बनाउने चारवटा एकीकृत बस्ती मध्ये तीन वटा एकीकृत बस्ती योजना सिन्धुपाल्चोकमा
अझै मेटिएका छैनन् द्वन्द्व पिडितका घाउ
विराटनगर,असोज २१ १० वर्षे सशस्त्र युद्ध सकिएको १५ वर्ष वितिसक्दा पनि त्यसक्रममा मारिएका, घाइते भएका र वेपत्ता पारिएकाहरुका परिवारले अझैसम्म न्याय नपाएको गुनासो गरेका छन् । आइतबार विराटनगरमा नागरिक आवाज नामक संस्थाले आयोजना गरेको न्यायको पखाई कहिलेसम्म सम्बन्धी कार्यक्रममा बोल्ने पीडितहरुले यस्तो बताएका हुन् । द्वन्द्वपीडित माया भट्टराईले २०५६ सालमा ससुराको हत्या भएको र आफ्ना… Continue reading अझै मेटिएका छैनन् द्वन्द्व पिडितका घाउ
कोठा खोज्ने बाहानामा चोरी गर्ने प्रहरीको नियन्त्रणमा
सुनसरी, आश्विन २१ कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले निगरानी बढाएको प्रहरीले शनिबार बेलुका ईटहरी उपमहानगरपालिका–५ रक्तमाला टोलबाट २०… Continue reading कोठा खोज्ने बाहानामा चोरी गर्ने प्रहरीको नियन्त्रणमा
स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत रौतहटबाट पक्राउ
रौतहट : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा.सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन्। राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ गरेको हो। जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउतको समर्थनमा आएका करिब एक सय समर्थकहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । राउतलाई राज्य विरुद्धको… Continue reading स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत रौतहटबाट पक्राउ
विराटनगरमा ५० तल्ले भ्यू टावर बन्ने
विराटनगर, असोज २१ विराटनगरबासीको लामो प्रतिक्षाको विषय बनेको भ्यू टावर अन्तत अब बन्ने भएको छ । महानगरले विराटनगरमा ५० तल्ले भ्यू टावरको निमार्ण गर्ने तयारी सुरु गरेको छ । सत्यनारायण मन्दिर व्यवस्थापन समितिले ९९ बर्षको लिजमा भ्यू टावर निर्माणको लागी २ विगाहा ८ कठ्ठा जमीन उपलब्ध गराएसँगै भ्यू टावर बन्ने पक्का भएको हो । व्यवस्थापन… Continue reading विराटनगरमा ५० तल्ले भ्यू टावर बन्ने
आजदेखि नयाँ नोट साट्न सकिने
विराटनगर,असोज २१ यसवर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । बैंक तथा वित्तीय… Continue reading आजदेखि नयाँ नोट साट्न सकिने
समितिपिच्छे निर्देशनको होड
काठमाडौं : संघीय संसद्का समितिहरूले सरकारलाई एउटै विषयमा फरक–फरक निर्देशन दिने गरेका छन् । समितिहरूबीच समन्वय नहुँदा निर्देशन पाउने सरकारी निकाय अन्योलमा पर्न थालेका छन् । सरकारी अधिकारीलाई एउटै विषयमा दिनहुँ फरक–फरक समितिमा सांसदका प्रश्नको जवाफ दिन भ्याइनभ्याइ छ । चाडपर्वमा बजार अनुगमन र कारबाहीका विषयमै राष्ट्रिय सभा र प्रतिनिधिसभाका तीन समितिले सरकारलाई तीनथरी निर्देशन… Continue reading समितिपिच्छे निर्देशनको होड
चाडबाड नजिकिँदै जाँदा अचाक्ली महँगी,तरकारी पनि ७१ प्रतिशतसम्म महँगियो
काठमाडौं : चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धन मूल्यवृद्धिले ढुवानी… Continue reading चाडबाड नजिकिँदै जाँदा अचाक्ली महँगी,तरकारी पनि ७१ प्रतिशतसम्म महँगियो
दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै, विपन्नलाई भान्सा चलाउनै मुस्किल
धनगढी : दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केही दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ । सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् ।खाने तेल प्रतिपोका ९आधा लिटर० ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले… Continue reading दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै, विपन्नलाई भान्सा चलाउनै मुस्किल
नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स
काठमाडौं : राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको छ । ,यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा… Continue reading नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स
चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य
विराटनगर : चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ… Continue reading चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य
गोरुले दुध दिन थालेपछि गाउँपालिका आफैं जुट्यो संरक्षणमा
सिन्धुपाल्चोक : पहिले कहींकतै नदेखेको(नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ । ,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख… Continue reading गोरुले दुध दिन थालेपछि गाउँपालिका आफैं जुट्यो संरक्षणमा
डिएसपी नै घुससहित पक्राउ
असोज २१ : काठमाडौ महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साझ उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरेका छन् । राईलाई १ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरिएको… Continue reading डिएसपी नै घुससहित पक्राउ
युवतीलाई आत्मरक्षा तालिम, झण्डै एक हजार महिला सहभागी
धनगढी, असोज २० धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए । राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् । ‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला जमघट भएको… Continue reading युवतीलाई आत्मरक्षा तालिम, झण्डै एक हजार महिला सहभागी
इलामलाई किबी क्षेत्र घोषणा
मङ्गलबारे, असोज २० किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा… Continue reading इलामलाई किबी क्षेत्र घोषणा
अपडेट : माइक्रोबस र ट्रक ठोक्किँदा ६ को मृत्यु, १७ घाइते
नेपालगञ्ज, असोज २० बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक… Continue reading अपडेट : माइक्रोबस र ट्रक ठोक्किँदा ६ को मृत्यु, १७ घाइते
बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु
असोज २० : बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन । पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना… Continue reading बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु
पप्पु कन्स्ट्रक्सनका मालिक सांसद हरिनारायण रौनियार निलम्बनमा
काठमाडौं,असोज २० पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारको सांसद पद नै जाने भएको छ । भ्रष्टाचार सम्बन्धी मुद्धा दायर भएसँगै अदालतले सोको जानकारी संसदमा गराएपछि रौनियारको सांसद पद निलम्बन हुने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विकासन्युजलाई जानकारी दिए । संसदको पुरानो कार्यबिधी अनुसार अदालतमा मुद्धा दायर भए लगत्तै संसद पद निलम्बन हुने व्यवस्था थियो ।… Continue reading पप्पु कन्स्ट्रक्सनका मालिक सांसद हरिनारायण रौनियार निलम्बनमा
विराटनगरमा ग्याँस सिलिण्डर पड्किएर आगलागी, करीब ८ लाखको क्षति
विराटनगर,असोज २० विराटनगर महानगरपालिका– ६ सरौचिया स्थित कबाडी समानहरु राखेको गोदाममा आगलागी हुँदा करीब ८ लाखको क्षति भएको छ । विराटनगर – ६ निवासी शंकर सहनीको गोदाममा गएराती करीब ११ : १५ तिर आगलागी भएको हो । आगलागी भए लगत्तै गएको महानगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सक्रियतामा करिब २ बजे तिर नियन्त्रणमा लिईएको थियो ।… Continue reading विराटनगरमा ग्याँस सिलिण्डर पड्किएर आगलागी, करीब ८ लाखको क्षति
रेल विभागका महानिर्देशक माथि हमला
विराटनगर : शुक्रबार रेल विभागका महानिर्देशक बलराम मिश्र अवलोकन गर्न आउने थाहा पाएपछि विराटनगर – १८ बुधनगर भेडियारीका स्थानीयबासीले रेलको लिकका कारण आफुहरुले हिँड्ने गरेको बाटो राकिएको भन्दै गुनासो सुनाउन आएका थिए । विराटनगर सीमावर्ती क्षेत्र हुँदै भेडियारीसम्म पुग्ने सडक एकीकृत जाँच चौकी निर्माण सुरु गरिएपछि बन्द गरिएको थियो । स्थानीयले नेपालतर्फ निर्माणाधिन रेल स्टेशनको… Continue reading रेल विभागका महानिर्देशक माथि हमला
रुखको हाँगाले लागेर मृत्यु
धरान उपमहानगरपालिका – ६ पानमारा स्थित विशाल चौकमा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान घर नजिकैको जंगलमा सुकेको रुख काट्ने क्रममा हाँगा झरेर लाथ्दा स्थानिय ५० वर्षीय लम्दाथाङ आङदम्बेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
निर्मलाको नाममा युट्युब च्यानलको व्यापार
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ । घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । यो समाचार आजको… Continue reading निर्मलाको नाममा युट्युब च्यानलको व्यापार
ग्यासबाट खाना पकाउदा होसियार
विराटनगर,असोज १९ अब ग्यासबाट खाना पकाउदा थप सावधानी र होसियारी अपनाउनु पर्ने भएको छ । विराटनगर–५ कारखाना टोलमा बिहीबार सांझ कोशी ग्यास सिलीण्डरबाट ग्यास लिक भई आगलागी हुँदा एक महिला जलेर घाईते भएकी छिन् । आगलागीमा परी ३० बर्षीया मुन्नी खातुन गम्भीर घाइते भएकी हुन् । घटनामा उनको अनुहार र दुवै हातसहित शरीरका विभिन्न भाग… Continue reading ग्यासबाट खाना पकाउदा होसियार
विराटनगरमा पहिलो पटक भब्य म्यूजिक अवार्ड
विराटनगर,असोज २० म्यूजिक खबरको आयोजनामा आज विराटनगरमा भएको अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान रानुदेवी अधिकारीलाई प्रदान गरिएको छ । प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिएको हो । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायिका अधिकारीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७५ प्रदान गरिएको छ । दशकको… Continue reading विराटनगरमा पहिलो पटक भब्य म्यूजिक अवार्ड
महानगरको सचेतनामुलक ‘कचहरी’ नाटकको समापन
विराटनगर,असोज १९ विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विभिन्न ३ विधामा प्रर्दशन गरिएको सचेतनामुलक नाटकको प्रर्दशनी शुक्रबारबाट सकिएको छ । महानगरका १९ वटै वडामा देखाइएको नाटक १४ दिनेसम्म चलेको थियो । नाटक समापनको दिन विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहित विराटनगर महानगरका विभिन्न वडाका वडाध्यक्षहरु समेत सहभागी थिए । आरोहण गुरुकुल विराटनगरका कलाकारहरुको सहभागितामा असोज ६ गतेबाट शुरु… Continue reading महानगरको सचेतनामुलक ‘कचहरी’ नाटकको समापन
बडिबिल्डिंग एण्ड फिटनेश एशोसिएसनको ‘से नो टु ड्रग्स’
विराटनगर,असोज १९ मोरङ जिल्ला बडिबिल्डिंग एण्ड फिटनेश एशोसिएसनले शुक्रबार विराटनगरमा ‘से नो टु ड्रग्स’ कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लागुऔषधको दुब्र्यसनबाट जोगाउन तथा खेलकुदप्रति आर्कषित गर्ने उद्धेश्यल आयोजित कार्यक्रममा कराँते,उसु र महिला तथा पुरुष बडिबिल्डींग खेल प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष अमलेश कर्णले जानकारी दिए । कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले… Continue reading बडिबिल्डिंग एण्ड फिटनेश एशोसिएसनको ‘से नो टु ड्रग्स’
विराटनगरमा ३ सय ३५ को पाइन्टलाई १२ सय ७० मा बेचिदै
विराटनगर,असोज १९ विराटनगरका विभिन्न पसलहरुमा खरिद मूल्य भन्दा अत्यधिक मुनाफा लिएर विक्री गर्ने गरेको भेटिएकोछ । दुईदिनदेखि जारी राखिएको अनुगमनका क्रममा बिक्रेताले सर्वसाधरणलाई अत्यधिक ठगीरहेको पाइएको हो । अनुगमानका क्रममा विराटनगरको मेनरोडमा रहेको न्यू चाइना बजारले नाफासहित ३ सय ३५ रुपैयाँमा बेच्नु पर्ने जिन्सको पाइन्टलाई १२ सय ७० मा बेचेको भेटिएको छ । यस्तै पाल… Continue reading विराटनगरमा ३ सय ३५ को पाइन्टलाई १२ सय ७० मा बेचिदै
नोबल शान्ति पुरस्कार बलात्कारविरोधी अभियन्तालाई
विराटनगर, असोज १९ यसवर्षको नोबल शान्ति पुरस्कार अभियन्ता डेनिस मुकेवेगे र नदिया मुरादले पाउने भएका छन् । कंगोमा अतिवादी संगठन आइएसका लडाकुबाट बलात्कार र अन्य दुव्र्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई नोबल शान्ति पुरस्कार दिने घोषणा गरिएको हो । उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई… Continue reading नोबल शान्ति पुरस्कार बलात्कारविरोधी अभियन्तालाई
प्रदेश १ मा मिटर रिडिङ कार्य अवरुद्ध
विराटनगर,असोज १९ बिजुली मिटर रिडिङ गरेवापत गोटा गन्ती अनुसार ज्याला पाउदै आएका प्रदेश एकका मिटर रिडरहरुले पारिश्रमिकमा विभेद गरेको भन्दै रिडिङ कार्य अवरुद्ध गरेका छन् । सँगै काम गर्ने अन्य मिटर रिडरहरुको तुलनामा आफुहरुलाई सेवासुविधामा विभेद गरिएको भन्दै उनीहरुले मिटर रिडिङ अबरुद्ध गरेका हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आज पत्रकार सम्मेलनको आयोजनागर्दै मिटर… Continue reading प्रदेश १ मा मिटर रिडिङ कार्य अवरुद्ध
विराटनगरमा यही महिना रेल आउने
विराटनगर,असोज १९ भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा यही महिना भित्र रेल आउने भएको छ । रेल ल्याउनका लागि आवश्यक पूर्वधारको काम ९५ प्रतिशत पूरा भएकाले परीक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी गरिएको हो । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले यी महिनामा रेल ल्याउने तयारी… Continue reading विराटनगरमा यही महिना रेल आउने
दशैैंमा बसले जुन रुटमा पनि यात्रु बोक्न पाउने, मोटरसाइकल दर्ता सोमबारदेखि खुल्ने
काठमाडौं,असोज १८ दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो । दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका… Continue reading दशैैंमा बसले जुन रुटमा पनि यात्रु बोक्न पाउने, मोटरसाइकल दर्ता सोमबारदेखि खुल्ने
दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने
विराटनगर ,असोज १९ दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने नारायणगढ मुग्लिन सडक आयोजनाले दाबी गरेको छ । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले अब यो सडकखण्डमा लामो जाममा बस्नु नपर्ने दाबी गरेको हो । आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यो सडकखण्डमा सडक सुरक्षाको थोरै काम बाहेक अरु सबै काम सकिएको छ ।… Continue reading दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने
धानमा कीरा लागेपछि ७० बर्षीय वृद्धलाई बोक्सो भन्दै दुर्व्यवहार
धनगढी : धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुव्र्यवहार गरेको जोखनका छोरा पदमले बताए ।,यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । ‘बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी… Continue reading धानमा कीरा लागेपछि ७० बर्षीय वृद्धलाई बोक्सो भन्दै दुर्व्यवहार
बन्दरगाह निर्माणमा स्थानीयको अवरोध
काठमाडौं : चोभार क्षेत्रका स्थानीय बासिन्दाले सरकारले आफ्ना माग पूरा नगरेसम्म सुख्खा बन्दरगाह बनाउने कार्यमा अवरोध गरिरहने अडान लिएका छन् । उनीहरूले उक्त कार्य थाल्नु अगाडि हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पु¥याएको क्षतिको उचित राहत दिइनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई नै फिर्ता गरिनुपर्ने, कारखानाका कर्मचारी अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्नेलगायतका माग राखेका छन् ।, यो समाचार आजको नेपाल… Continue reading बन्दरगाह निर्माणमा स्थानीयको अवरोध
चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अराोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ । विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।तीन जनाविरुद्ध ४५ हजार… Continue reading चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्धा
प्रहरी महानिरीक्षक फेर्न नेकपाभित्र गोप्य छलफल
काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च… Continue reading प्रहरी महानिरीक्षक फेर्न नेकपाभित्र गोप्य छलफल
जनकपुरबाट गुड्यो रेल
जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका… Continue reading जनकपुरबाट गुड्यो रेल
‘अपार्टमेन्ट’ लाई अस्पताल बनाउन चलखेल
स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित ‘अमार्टमेन्ट’मा काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ । कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ । प्रतिवेदनको सुभावविपरीत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनथ प्याकुर्याल… Continue reading ‘अपार्टमेन्ट’ लाई अस्पताल बनाउन चलखेल
आइजिपी हटाउने खेल सुरु
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन् ।,यो समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित… Continue reading आइजिपी हटाउने खेल सुरु
वनमा फेरी पनि वाम बाहुल्य
काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् । फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् । यसपटक उपाध्यक्ष भीमलाल… Continue reading वनमा फेरी पनि वाम बाहुल्य