निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

२९ पुष , काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ५१ दिन बाँकी छ। जसमा समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार विभिन्न राजनीतिक दलका जम्मा १६४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका… Continue reading निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

घनश्याम भूसालसंगै प्रभु साहले पनि छाडे एमाले

२४ असोज, काठमाण्डौ । आसन्न निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका छन् । यसक्रममा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको… Continue reading घनश्याम भूसालसंगै प्रभु साहले पनि छाडे एमाले

अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न… Continue reading अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ

४ जेष्ठ, काठमाण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय तहमा निर्वाचनमा पराजय व्यहोरेको बताएका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीभित्रैकै कमजोरी हारको मुख्य कारण बताएका हुन् । संघीय र प्रादेशिक संसदको निर्वाचनमा कमजोरी सुधारेर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय चुनावमा हामीलाई… Continue reading पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ

भरतपुरमा रोकिएको मतगणना पुन सुरु

९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं। २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले… Continue reading भरतपुरमा रोकिएको मतगणना पुन सुरु

उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

Photo: Naresh Shrestha/ THT

५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेको जनमत यथावत रहेको बताएका हुन् । अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ । ‘हामी समग्र देशैभरिको तथ्यहरु… Continue reading उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता

३ जेष्ठ , भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छन । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन।… Continue reading भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता

एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त… Continue reading एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् । मेयरमा कांग्र्रेसले स्पष्ट मतका साथ अग्रता बढाउर्द लैजादा उपमेयरमा त्यसैगरी एमालेले अग्रता बढाउदै लगेको छ । यसैगरी वडा तहमा पनि एमालेले आफूलाई अब्बल सावित गर्दै आएको छ । कांग्रेसले मेयरमा अग्रता लिए पनि वडाहरुमा भने विगतको पकड… Continue reading विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

काठमाडौंको मेयरमा बालेनलाई १३ सय मतको अग्रता

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइ रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल… Continue reading काठमाडौंको मेयरमा बालेनलाई १३ सय मतको अग्रता

इटहरीमा ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० केन्द्रको गणना जारी

१ जेष्ठ,सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाको ६ वटा मतदान केन्द्रको मतगणना सकिएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २ को शान्ति आधारभूत विद्यालय, शान्तिनगर ‘क’ र ‘ख’ र वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ को मतगणना सकिएको हो । अहिलेसम्म इटहरीमा… Continue reading इटहरीमा ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० केन्द्रको गणना जारी

पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

३१ वैशाख, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो ।… Continue reading पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.