भारतमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने

१८ कार्तिक , एजेन्सी । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६ दशलमव ५ प्रतिशत कुल मूल्य वृद्धि कायम राख्न वर्षमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ । बितेका दुई दशकमा भारतले झण्डै १९ करोड ६० लाख रोजगारी थपेको छ । त्यसमध्ये दुई–तिहाइ पछिल्लो… Continue reading भारतमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने

लाहोरको प्रदूषण ४० गुणा बढी

१८ कार्तिक , एजेन्सी । जारी युद्ध र त्यसको धङधङीले मध्यपूर्व वा पश्चिम एसियामै व्यापक विनास निम्त्याइरहेका बेला वायु प्रदूषणले पनि यो क्षेत्रका साथै दक्षिण एसियालाई समेत चपेटामा लिएको छ । नेपाल र भारतका राजधानीले वायु प्रदूषणको चरम अवस्था भोगिरहँदा पाकिस्तान पनि यसको चपेटामा आएको छ । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व… Continue reading लाहोरको प्रदूषण ४० गुणा बढी

राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूद्धारा ’विनाशकारी’ अवस्थामा कडा चेतावनी जारी

१८ कार्तिक , एजेन्सी । यता उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले ’विनाशकारी’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले… Continue reading राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूद्धारा ’विनाशकारी’ अवस्थामा कडा चेतावनी जारी

इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी

१८ कार्तिक ,  एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् । खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । इरानी… Continue reading इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी

हसिनाविरुद्ध हत्या मुद्दामा आदेश

१२ कार्तिक , एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ । मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य… Continue reading हसिनाविरुद्ध हत्या मुद्दामा आदेश

चीनमा विश्वकै अग्लो बाँध

६ कार्तिक ,  एजेन्सी । उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण शुरु भएको थियो । यो २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो भागमा पानी नियन्त्रण परियोजनाको निर्माण गरेको छ । जुन पूरा भएपछि… Continue reading चीनमा विश्वकै अग्लो बाँध

मोदी रुस हिँडे

६ कार्तिक , एजेन्सी । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए। उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत… Continue reading मोदी रुस हिँडे

ब्राजिलका राष्ट्रपतिद्धारा आगामी रुस भ्रमण रद्द

५ कार्तिक , एजेन्सी । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए । तर शनिबार सिल्भा आफ्नै घरमा दुर्घटनामा परेका छन् ,उनको टाउकोमा चोट लागेको थियो । सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्नेवाला थिए… Continue reading ब्राजिलका राष्ट्रपतिद्धारा आगामी रुस भ्रमण रद्द

गाजामा थप ८७ को मृत्यु

५ कार्तिक , एजेन्सी । उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको पछिल्लो हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन् । धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ । इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।… Continue reading गाजामा थप ८७ को मृत्यु

युक्रेनसँग युद्ध लडिरहेको रुसले सिरियामा गर्यो आक्रमण

२ कार्तिक , काठमाण्डौ । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ । “इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले… Continue reading युक्रेनसँग युद्ध लडिरहेको रुसले सिरियामा गर्यो आक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा

२ कार्तिक , एजेन्सी । रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन जर्मनीको भ्रमणमा निस्किएका छन् । बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नेछन । त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा

सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने

२ कार्तिक , एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि… Continue reading सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने

कुकुरको करबाट जर्मनीले गर्यो रेकर्ड कमाई

२९ असोज, एजेन्सी । जर्मनीले कुकुरबाट मनग्गे फाइदा लिएको खबर सार्वजनिक भएको छ । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो । यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो । जर्मनीमा कुकुर… Continue reading कुकुरको करबाट जर्मनीले गर्यो रेकर्ड कमाई

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा आतिशबाजीमा रोक

२९ असोज,एजेन्सी । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धित गर्ने सोमवार त्यहाँको प्रशासनले जनाएको छ । यो प्रतिबन्ध दीपावलीमा भारतीयहरूमाझ अत्यधिक लोकप्रिय पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्येको कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि… Continue reading वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा आतिशबाजीमा रोक

अमेरिकामा दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

२८ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको ¥यालीनजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको ¥यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो । ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । ४९ वर्षीय वेम मिलरलाई… Continue reading अमेरिकामा दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

गाजाको एक विद्यालयमा इजरायलको आक्रमण, १५ जनाको मृत्यु

२८ असोज,एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो । गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले बिहीबार ठूलो गोलाबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण… Continue reading गाजाको एक विद्यालयमा इजरायलको आक्रमण, १५ जनाको मृत्यु

अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने

२८ असोज, एजेन्सी । अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने भएको छ । इरानले अप्रिल १३ र अक्टोबर १ मा गरेको अभूतपूर्व आक्रमणपछि इजरायलको हवाई प्रतिरक्षालाई बलियो बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट्रिक राइडरले आइतबार एक विज्ञप्तिमा अमेरिकाले मध्यपूर्वमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड)… Continue reading अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने

इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

२७ असोज , एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही हताहत भएका छन् । गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो आक्रमणमा बालबालिका… Continue reading इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

२७ असोज , एजेन्सी । फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले… Continue reading फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

कर्मचारी कटौति गर्दै बोइङ , १७ हजार कामदारलाई असर पर्ने

२७ असोज , एजेन्सी । अमेरिकामा बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ । बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ । कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि… Continue reading कर्मचारी कटौति गर्दै बोइङ , १७ हजार कामदारलाई असर पर्ने

रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

२७ असोज , एजेन्सी । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८ः३६ मा उनको निधन भएको हो । गत महिना उनको पित्त थैली हटाउन शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको मुटुले काम नगरेको जटिलताका कारण उनलाई अस्पताल लगिएको थियो । डाक्टरहरूले उनलाई सीपीआर दिए पनि उनको… Continue reading रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

श्रीलंकामा २२ हजार विस्थापित

२७ असोज, एजेन्सी ।  विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् । श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन् । वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ ।

पाकिस्तानमा जनजातिबीच भीषण झडप

२७ असोज ,  एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचजना बालबालिका र ६ जना महिला छन् । गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो । हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको… Continue reading पाकिस्तानमा जनजातिबीच भीषण झडप

नाइजेरियाले ३ सय आतंकवादी मार्यो

१७ असोज ,  एजेन्सी । नाइजेरियामा ठुलो संख्यामा आतंककारी मारिएका छन। त्यहाँको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र देशका अन्य आतंकवादी संगठनका कम्तीमा ३ सय कमाण्डरहरूलाई मारेको राष्ट्रपति बोला टिनुबुले बताएका छन् । देशको ६४ औं स्वतन्त्रता दिवसको सम्झनामा राष्ट्रिय प्रशारणमा टिनुबुले सो कुरा बताएका हुन् । देशको उत्तरी भागमा सयौं समुदायमा शान्ति… Continue reading नाइजेरियाले ३ सय आतंकवादी मार्यो

भारतबाट बंगलादेशी दूत फिर्ता

१७ असोज , एजेन्सी । यता बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ। भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाइएको छ । पछिल्लो समय बङ्गलादेशमा ठुलो राजनीतिक परिवर्तन भएको छ । हप्तौँसम्म उग्र विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्रीको… Continue reading भारतबाट बंगलादेशी दूत फिर्ता

सिंगापुरका पूर्वमन्त्रीलाई जेल

१७ असोज ,एजेन्सी । सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको हो । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड… Continue reading सिंगापुरका पूर्वमन्त्रीलाई जेल

टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही

१७ असोज ,एजेन्सी । टर्की राष्ट्रिय गुप्तचर संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ । गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेन्टबाट पक्राउ गरेको बताएको हो । कारबाहीका क्रममा सुरक्षा बलले… Continue reading टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही