सित्तैमा गरगहना सफा गरिदिने भन्दै ठगी

विराटनगर : सित्तैमा गरगहना सफा गरिदिने भन्दै सर्वसाधारण ठगी गर्ने दुई भारतीय नागरिक सुनसरीको रामधुनीबाट पक्राउ परेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । रामधुनी नगरपालिका– ७ बस्ने मन्दिरा गिरीलाई ललाई– फकाई सित्तैमा गहना सफा गरिदिने प्रलोभनमा पारी गलाएर भाग्ने भारत, फारबिसगञ्जका राजु साह र मुकेश साह पक्राउ परेका हुन् । बेसार… Continue reading सित्तैमा गरगहना सफा गरिदिने भन्दै ठगी

विराटनगरमा नयाँ नोट साट्नेको भिँड

विराटनगर : दशैँ आएपछि नयाँ नोट लिन बैँक तथा वित्तीयसंस्थामा भीड लाग्न थालेको छ । दशैँमा शक्तिको पुजा गर्ने हो भने नयाँ नोट नै प्रयोग गर्नुपर्ने कुनै सांस्कृतिक मान्यता नरहेको संस्कृतिक प्राडा सोमप्रसाद खतिवडा बताउँछन् । उनका अनुसार दशैँका नाममा नयाँ नोट साट्नु समयको बर्बादी भएको बताए ।नेपाल राष्ट्र बैंक विराटनगरले असोज १७ गतेदेखि नयाँ… Continue reading विराटनगरमा नयाँ नोट साट्नेको भिँड

विराटनगरमा इको चाइल्ड फ्रेण्ड्ली पार्क

विराटनगर, असोज२७ विराटनगरमा इको चाइल्ड फ्रेण्ड्ली पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रसभा गृह छेउमा रहेको पार्क अब सर्वसाधरणका लागि खुला गरिएको छ । २०६९ साल साउन ३ गतेबाट विरेन्द्रसभा गृहस“गै रहेको खाली जग्गामा निर्माण सुरु गरिएको पार्क शुक्रबारबाट सर्बसाधरणका लागि खुला गरिएको हो । करिब पाँच बर्ष लगाएर निर्माण गरिएको पार्क विराटनगर महानगरपालिकाका मेयर भीम… Continue reading विराटनगरमा इको चाइल्ड फ्रेण्ड्ली पार्क

‘समाजमा हुने ७० प्रतिशत हिंसाको कारण मदिरा सेवन’

काठमाडौँ, असोज २६ गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् । गृह मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए ।“सबै… Continue reading ‘समाजमा हुने ७० प्रतिशत हिंसाको कारण मदिरा सेवन’

विराटनगरमा अधिकांश पसलले उपभोक्ता ठगे

विराटनगर,असोज २६ दसै लागेसँगै विराटनगर महानगर पनि बजार अनुगमनमा निस्किएको छ । अनुगमनका क्रममा महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरेको साथै खरिद मूल्यभन्दा अत्यधिक मूल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ । बेलाबेलामा छड्के अनुगमन गर्दे आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अनुगमन गर्न थालेको उपमेयर… Continue reading विराटनगरमा अधिकांश पसलले उपभोक्ता ठगे

सुनकोशीमा बस दुर्घटना : एक जनाको मृत्यु र सात जनाको जीवितै उद्धार

सिन्धुली, असोज २६ बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को… Continue reading सुनकोशीमा बस दुर्घटना : एक जनाको मृत्यु र सात जनाको जीवितै उद्धार

ग्रामीण जीवनस्तर उकास्न साझेदारीमा सहकार्यःमेयर पराजुली

विराटनगर, असोज २६ विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विपन्नवर्गको जीवनस्तर उकास्न साझेदारीमा सहकार्य गरिने बताएका छन् । विराटनगर–९ स्थित नेपाल ग्रामिण विकास समाज केन्द्रको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अतिविपन्नतामा जीवनयापन गरिरहेका नगरबासीकालागि बिशेष योजना ल्याउन लागेको बताए । उनले आर्थिक सम्मुन्नति नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने बताउदै अति विपन्न समुदायको जीवनस्तर उकास्न महानगरपालिका… Continue reading ग्रामीण जीवनस्तर उकास्न साझेदारीमा सहकार्यःमेयर पराजुली

सडक दुर्घटनामा फोरम मोरङका २ नेताको मृत्यु

विराटनगर , असोज २६ संघीय समाजवादी फोरम मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष र सहसचिवको सडक दुर्घटनामा परी मृत्यु भएको छ । विहीबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत बेलवारी ४ बेतना सिमसार नजिकै भएको दुर्घटनामा फोरम मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राईको मृत्यु भएको हो । बेलबारीबाट लक्ष्मीमार्ग फर्कदै गरेका… Continue reading सडक दुर्घटनामा फोरम मोरङका २ नेताको मृत्यु

आज दसैंको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै

२६ असोज ,विराटनगर बडादसैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठहरुमा आजपनि बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विराटनगरको कालीमन्दिर, रंगेलीको संसारीमाई स्थान, काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवीलगायतका भगवती मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको हो । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलपुत्री, ब्रम्हचारिणी,… Continue reading आज दसैंको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै

सवारी दुर्घटनामा तीनको मृत्यु

उर्लाबारी,असोज २६ मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११… Continue reading सवारी दुर्घटनामा तीनको मृत्यु

दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

काठमाडौं : प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास… Continue reading दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम… Continue reading पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई टीका लगाइदिने

विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन। यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री… Continue reading विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति

पशुपतिमा ६८ करोड भेटि

काठमाडौं : पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।,यो समाचार आजको गोरखापत्रले छापेको छ । कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त… Continue reading पशुपतिमा ६८ करोड भेटि

लोकसेवाले गर्यो १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

काठमाडौं : लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ। निजामति सेवा ऐनअनुसार… Continue reading लोकसेवाले गर्यो १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो ।, यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । आयोगले बिहीबार सो विषयमा कानुनी… Continue reading निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

मनाङ १० महिनादेखि जनप्रतिनिधिविहीन

काठमााडौं : काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधि विहीन छ । निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ । मनाङ ख मा निर्वाचन त भयो तर त्यहाँबाट निर्वाचित… Continue reading मनाङ १० महिनादेखि जनप्रतिनिधिविहीन

एउटै कार्यालयका १९ कर्मचारी विदेश भ्रमणमा !

काठमाडौं : राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको… Continue reading एउटै कार्यालयका १९ कर्मचारी विदेश भ्रमणमा !

दशैँमा कालोबजारी : जनप्रतिनिधिको मौन समर्थन !

– गत बिहीबार विराटनगर मेनरोडमा सञ्चालित ग्यालेक्सी मार्ट र साकेत ट्रेडर्सले खरिद गरेको मुल्यको नौ गुणासम्म बढी मुल्य राखेर कालोबजारी गरेको भेटियो । जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा यस्तो कालोबजारी गरेको देखेपछि सात दिन भित्र उपस्थित हुन पत्र काटियो । बिहीबार नै गोल्छा डेरी उद्योगका उत्पादनमा मिसावटको आशंका गर्दै समितिले उत्पादन र बिक्री… Continue reading दशैँमा कालोबजारी : जनप्रतिनिधिको मौन समर्थन !

जन्मदिन छ भन्दै जंगलमा लगेर बलात्कार

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । अरुको घरमा काम गर्न बसेकी किशोरीलाई गत मंगलबार दिउँसो साथीले ‘आफ्नो जन्मदिन छ’ भन्दै बोलाएर लगेकी थिईन् । साथीको जन्मदिन मनाउन गएकी ती किशोरी रातभर बलात्कृत भएकी हुन् । जन्मदिन मनाउने बहानामा पथरीशनिश्चरे–२ को जंगलमा लगेर उनलाई दुईजनाले बलात्कार गरेका हुन् । ती… Continue reading जन्मदिन छ भन्दै जंगलमा लगेर बलात्कार

मासु किन्दा ध्यान दिनुहोस्, यसरी बेचिँदैछ कुहिएको मासु

इटहरी,असोज २६ इटहरी वजारको अनुगमनको क्रममा कुहिएको मासु समेत वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा केहि पसलमा खसी र कुखुराको कुहिएको मासु समेत वेच्न राखेको पाइएको हो । अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा.मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसाबले खान योग्य नरहेको पाइएको वताए । पशु वधशाला तथा… Continue reading मासु किन्दा ध्यान दिनुहोस्, यसरी बेचिँदैछ कुहिएको मासु

खसी किलाेकाे ५०० र च्याङग्रा ७०० मा बेच्दै खाद्य संस्थान, बजार मूल्यभन्दा ५० रुपैयाँ सस्तो

काठमाडौं : नेपाल खाद्य संस्थानले दशैंका लागि शुक्रबारदेखि खसी र च्याङग्रा बिक्री शुरु गर्ने भएको छ । संस्थानले बिहीबार ५०० च्याङग्रा र ३०० खसी बिक्री शुरु गर्न लागेकाे हो । संस्थानले खसीको मूल्य किलाेकाे ५००  र च्याङग्राको ७०० रुपैंयाँ तोकेको छ । बजार मूल्य भन्दा सस्तोमा खसी च्याङग्रा बिक्री गर्न लागेको संस्थानको सूचना अधिकृत शंकर… Continue reading खसी किलाेकाे ५०० र च्याङग्रा ७०० मा बेच्दै खाद्य संस्थान, बजार मूल्यभन्दा ५० रुपैयाँ सस्तो

रु ४० हजार घुस सहित उपसचिव पक्राउ

काठमाडौँ, असोज २५ शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो… Continue reading रु ४० हजार घुस सहित उपसचिव पक्राउ

अग्रसेनको जन्मजयन्ती विराटनगरमा यसरी मनाइयो

विराटनगर,असोज २५ अग्रवाल समुदायका महाराज अग्रसेन को ५१ सय ४२ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभायात्रा निकालिएको छ । नेपाल अग्रवालसभा विराटनगरको आयोजनामा शोभायात्रा निकालिएको हो । शोभायात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । स्थानिय अतिथि सदनबाट निकालिएको शोभायात्रा गोल्छामोड,गोश्वारा रोड,शहिद रंगशाला,जलजलारोडबाट मेनरोड हुंदै फेरी अतिथि सदन पुगेको थियो । शोभायात्रा र ¥यालीमा अग्रवाल समुदायका… Continue reading अग्रसेनको जन्मजयन्ती विराटनगरमा यसरी मनाइयो

उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

काठमाडौँ, असोज २५ प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन… Continue reading उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

कांग्रेस वडाले गर्याे शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर,असोज २५ नेपाली कांग्रेस वडा नम्बर–३ विराटनगरले दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस वडा नम्बर ३ विराटनगरको आयोजनामा भएको शुभकामना कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सुख , शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरे । कांग्रेस अहिले प्रतिपक्षमा भएर सरकारका राम्रा कामलाई प्रोत्साहन गर्ने र नराम्रा कामलाई खबरदारी… Continue reading कांग्रेस वडाले गर्याे शुभकामना आदानप्रदान कार्यक्रम

४१० स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, असोज २५ चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बताए । पोखरेलका अनुसार स्थानीय तहले सम्पत्ति विवरण सङ्कलन गरे पनि केन्द्रलाई बुझाएका छैनन् । एक सय ४३ स्थानीय तहका ४५ हजार ७७८ मध्ये… Continue reading ४१० स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्

पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

काठमाडौं,असोज २५ नेपालमा विद्युत प्रवाह गर्न ठुलो क्षमताको (पावर ट्रान्सफरमर) उत्पादन शुरु भएको छ । निजी क्षेत्रको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्राइभेट लिमिटेडले १० एमभीए १३२ केभी क्षमताको पावर ट्रान्सफरमर उत्पादन थालेको हो । १० एभीए क्षमताका ट्रान्सफरमर नेपालमा उत्पादन नभएपछि भारतबाट आयात हुँदै आएको छ । पावर ट्रान्सफरमर उत्पादन गरी बिक्री पनि भइसकेको नेपाल… Continue reading पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

पहाडी क्षेत्रमा सञ्चालन हुने बसले क्षमताभन्दा बढी यात्रु बोक्दै, यात्रुको ज्यान जोखिममा

गाईघाट, असोज २५ बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका… Continue reading पहाडी क्षेत्रमा सञ्चालन हुने बसले क्षमताभन्दा बढी यात्रु बोक्दै, यात्रुको ज्यान जोखिममा

प्रहरी पनि अब प्रादेशिक हुनुपर्छः मुख्यमन्त्री राई

विराटनगर,असोज २५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गईसकेकाले अव नेपाली प्रहरीपनि प्रादेशिक ढाँचामा आउनु पर्नेमा जोड दिएका छन । उनले कानुन बनाउने कुरा ढिला भएपनि प्रदेशका जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने कुरामा प्रदेश सरकार माताहातमा प्रादेशिक प्रहरी अपरिहार्य भएकोमा जोड दिए । प्रदेश नं १ प्रहरी कार्यालयले ६३ आँै प्रहरी… Continue reading प्रहरी पनि अब प्रादेशिक हुनुपर्छः मुख्यमन्त्री राई

मोरङमा मापसे गर्नेको लिखित परीक्षा

विराटनगर, असोज २५ चाडपर्व नजिकिएसँगै विशेष सुरक्षा योजना ल्याएको मोरङ प्रहरीले मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउनेका लागि लिखित परीक्षा लिन सुरु गरेको छ । चेकजांचका क्रममा मापसे गरेर सवारीसाधन चलाएको फेला परेकाहरुलाई प्रहरीले सचेतनामुलक कारवाहीस्वरुप परीक्षामा सहभागि गराइएको हो । जिल्लाका विभिन्नस्थानमा मंगलबार गरिएको चेकजांचका क्रममा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाएका मोटरसाइकल चालक ७४ जना, ट्रक चालक… Continue reading मोरङमा मापसे गर्नेको लिखित परीक्षा

उनी सडकमै छट्पटाईरहे

सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए । राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थापा पाएनन् । बस… Continue reading उनी सडकमै छट्पटाईरहे

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति सदस्य… Continue reading इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता

दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो–… Continue reading दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । ठगी मुद्धाका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तम ५ लाख रुपैयाँ घुस लिँदालिँदै उनी समातिएका हुन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । घुस रकम लिएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएका कर्मचारीसहितको टोलीले थापालाई कार्यालयबाटै पक्रिएको हो ।… Continue reading सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

ज्युँदी महिलालाई पनि मृत प्रमाणित !

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए ।वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो… Continue reading ज्युँदी महिलालाई पनि मृत प्रमाणित !

रसिया पठाउने भन्दै ४५ लाख ठगी

काठमाडौं ः रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु… Continue reading रसिया पठाउने भन्दै ४५ लाख ठगी

मापसे गरी सवारी चलाउनेलाई परीक्षा लिइँदै

विराटनगर : मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई मोेरङ प्रहरीले बुधबारदेखि लिखित परीक्षा लिन थालेको छ । मंगलबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मध्ये मोटरसाईकल ७४, ट्रक दुई, ट्याक्टर चार, टेम्पो पाँच र सिटीसफारी तीन गरी ८८ वटा सवारी साधनका चालकलाई २४ घण्टे पुर्जी दिईएको थियो । मंगलबार ट्राफिक… Continue reading मापसे गरी सवारी चलाउनेलाई परीक्षा लिइँदै

बनिया राँगो नियन्त्रण गर्न माग: पाँचवटा घरपालुवा राँगो मार्यो, स्थानियसमेत घाईते

विराटनगर : धनपालनाथ गाउँपालिका वडा नं ६ कदमाहावासीले गाउँमा आतंक मच्चाउने बनिया राँगो नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय माहिर हुसेन सहित १३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ वडा कार्यालयमा निवेदन दिएका छन् । बनिया राँगोले पाँचवटा घरपालुवा राँगालाई आक्रमण गरि मारेको र स्थानीय मानिसहरुलाई समेत घाईते बनाएको स्थानीयबासीको उजुरीमा… Continue reading बनिया राँगो नियन्त्रण गर्न माग: पाँचवटा घरपालुवा राँगो मार्यो, स्थानियसमेत घाईते

छातीमा जमरा उमार्न निर्जल उपवास

मोरङ : मोरङको रंगेलीस्थित संसारीमाईस्थान मन्दिरमा एक महिलाले छातीमा जमरा उमार्न निर्जल उपवास बसेकी छन् । बुधबार घटस्थापनादेखि विधिवत्रुपमा पुजापाठ गरेर मोरङ जहदा गाउँपालिका–४ बस्ने ४० बर्षीया नीरादेवी मण्डलले छातीमा जमरा उमार्न कलशसहित निर्जल उपबास बसेकी हुन् । मण्डलले मन्दिरको पक्की भुँईमा माटो थुपारेर त्यसमाथि आफु सुतेर छाती माथि कलशसहित जमरा उमार्न मकै, धान, जौ,… Continue reading छातीमा जमरा उमार्न निर्जल उपवास

रामशाहपथमा ७१ करोडमा ७ तले महान्यायाधिवक्ताकाे भवन निर्माण शुरु, २ वर्षमा सकिने

काठमाडौ,असोज २४ महान्यायाधिवक्ता कार्यालयले सिंहदरवार परिसरमा ७ तले भवन निर्माण शुरु गरेको छ । नयाँ भवनको बुधबार महान्यायधिवत्ता अग्नीप्रसाद खरेलले शिलन्यास गरेका छन् । ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन बनाउन झण्डै ७१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्लास्तरीय परियोजना कार्यान्वयन एकाइले शर्मा र समानान्तर जेभीसँग ७० करोड ९५… Continue reading रामशाहपथमा ७१ करोडमा ७ तले महान्यायाधिवक्ताकाे भवन निर्माण शुरु, २ वर्षमा सकिने

प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

धनकुटा : दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ । महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन्… Continue reading प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय

निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लाष्टिकले ढाकेर जोगाए ।, , आजको नयाँ पत्रिकामा यो खबर छ । ब्राईटक कन्ट्रक्सन र ज्ञानज्योती निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २… Continue reading सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय

दशैं सुरु भएसँगै उपत्यकाबाट १० लाख बाहिरिए

packed micro bus old bus park

काठमाडौँ : दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् । ‘त्यसअघि दैनिक ३०– ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप… Continue reading दशैं सुरु भएसँगै उपत्यकाबाट १० लाख बाहिरिए

सहकर्मीको हत्या गरेको ठहर गर्दै यूएईमा नेपालीलाई ५ वर्ष जेल

काठमाडौं: यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन्… Continue reading सहकर्मीको हत्या गरेको ठहर गर्दै यूएईमा नेपालीलाई ५ वर्ष जेल

‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन्  । संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर परेको दाबी गरे । ‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह… Continue reading ‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

काठमाडौँ : बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक… Continue reading जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

मुख्यमन्त्रीले पत्रकारलाई थर्काए, महानगरप्रति झनै रुष्ट

विराटनगर : मंगलबार प्रदेशसभाको जारी वर्षे अधिवेशन अन्त्य हुँदैथियो । संसद अधिवेशनको अन्त्य हुँदैगर्दा सभामुख प्रदिपकुमार राज भण्डारीले सत्ताधारी दलको संसदीय दलको नेता एवम् मुख्यमन्त्री शेरधन राईलाई आफ्नो भनाई र शुभकामना राख्न समय दिए । तर रोष्टम पुगेको मुख्यमन्त्री राईले भने सरकारका तर्फबाट राख्ने कुराभन्दा पनि सञ्चारकर्मीहरुलाई थर्काउनमै समय खर्र्चिए । मुख्यमन्त्री राईले सदनमा ४५… Continue reading मुख्यमन्त्रीले पत्रकारलाई थर्काए, महानगरप्रति झनै रुष्ट

भत्ताका लागि गएका बृद्धको वडा कार्यालयमै मृत्यु

विराटनगर : सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नविकरण गर्न विराटनगर महानगरपालिका– ८ नम्बर वडा कार्यालय पुगेका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घरबाट एक किलोमिटर पैदल हिँडेर वडा कार्यालय पुगेका ८३ वर्षिय सोनाई मुखियाको मंगलबार बिहान ११ बजे मृत्यु भएको हो । सिंढीबाट पहिलो तला चढेपछि थकित भएर कुर्सीमा बसेका मुखियाको तत्कालै मृत्यु भएको… Continue reading भत्ताका लागि गएका बृद्धको वडा कार्यालयमै मृत्यु

जयनगर-जनकपुर रेलः मंसिर देखि सञ्चालनमा आउने, बर्दिबास-निजगढ पनि अघि बढ्यो

काठमाडौं,असोज २३ जयनगर–जनकपुर रेल मंसिर देखि सञ्चालनमा आउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणका क्रममा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३४ किलोमिटर लामो रेल उद्घाटन गर्न लागिएको हो । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारका अनुसार आगामी डिसेम्बर९मंसिर०महिनाभित्र सो रेल सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । नेपाल र… Continue reading जयनगर-जनकपुर रेलः मंसिर देखि सञ्चालनमा आउने, बर्दिबास-निजगढ पनि अघि बढ्यो

रुख काटेको हेर्न गएका कलाकारको मृत्यु

काठमाडौँ,असोज २३ चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले थिचेर उनको निधन भएको हो ।उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ । टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए ।… Continue reading रुख काटेको हेर्न गएका कलाकारको मृत्यु

चाडबाडको मुखमा विराटनगरका फोहोर संकलक आन्दोलित

विराटनगर,असोज २३ चाडबाडको मुखमा विराटनगरका फोहोर संकलक आन्दोलित भएका छन । फोहोर संकलक कामदारहरुले तलबवृद्धि र बोनस दिन माग गर्दै ठेकेदार कार्यालयमा धर्ना दिएका छन् । विराटनगर महानगरपालिकासँगको ठेक्का सम्झौताअनुसार फोहोर संकलन गर्दै आएको वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रालिद्वारा खटाइँदै आएका फोहोर संकलक कामदारहरुले तलब बृद्धि र बोनसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले… Continue reading चाडबाडको मुखमा विराटनगरका फोहोर संकलक आन्दोलित

राउण्ड टेबल ५ ले डाण्डिया नाइट आयोजना गर्ने

विराटनगर, असोज २३ राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले विराटनगरमा ‘डाण्डिया नाइट’ आयोजना गर्ने भएको छ । डाण्डिया भनेको मारवाडि समुदायका महिलाहरुले लाठि ठोक्काउदै नाच्ने नाच हो । भारतको राजस्थान र गुजरातको संस्कृति अनुसार मनाइने डाण्डिया नाच नेपालमा पनि खासगरी मारवाडी वाहुल्यता क्षेत्रमा मनाउने गरिन्छ । कार्यक्रममा… Continue reading राउण्ड टेबल ५ ले डाण्डिया नाइट आयोजना गर्ने

समाज सेवामा विराटनगर डाइनो,सहयोगका लागि सुनसरी पुग्यो

विराटनगर, असोज २३ लायन्स क्लब अन्तर्राष्ट्रियको आह्वानमा लायन्स क्लव अफ विराटनगर डाइनोले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, बकुल्लाचापस्थित भगवती आधारभूत विद्यालयमा विविध कार्यक्रम गरेको छ । उक्त स्कूलमा लायन्स क्लव डाइनोले विद्यालयकी जेहेन्दार छात्रालाई छात्रवृति र विद्यार्थीहरुलाई टिफिन वितरण एवम् विद्यार्थी तथा अभिभावकहरुकालागि निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर… Continue reading समाज सेवामा विराटनगर डाइनो,सहयोगका लागि सुनसरी पुग्यो

प्रतिवेदनमाथि निर्मलाकी आमा दुर्गादेवीको टिप्पणी : ‘के नै नयाँ कुरा आयो र ?’

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् । समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन सार्वजनिक गर्दा उनका यी सबै आशा निराशामा बदलिए । ‘प्रतिवेदन चित्तबुझ्दो छैन, पुरानै कुरा आए, न अपराधी पत्ता लाग्यो, न त प्रमाण… Continue reading प्रतिवेदनमाथि निर्मलाकी आमा दुर्गादेवीको टिप्पणी : ‘के नै नयाँ कुरा आयो र ?’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे विज्ञहरुले भने– ‘रूख कति काट्ने प्रधानमन्त्री/मन्त्रीले भन्ने होइन’

काठमाडौं : वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी वीरेन्द्रकुमार सिंहले विमानस्थलका लागि कति रूख काट्ने र कति क्षेत्रफल चाहिन्छ भन्ने प्रधानमन्त्री र मन्त्रीको विषय नभएको तर्क गरे ।… Continue reading निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे विज्ञहरुले भने– ‘रूख कति काट्ने प्रधानमन्त्री/मन्त्रीले भन्ने होइन’

च्याङ्ग्रालाई तहैपिच्छे चर्को कर

कास्की : मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर लिइएको हो । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । ‘मुस्ताङको घाँसामा प्रतिगोटा ५० र तातोपानीमा ३५ रुपैयाँ कर लिए,’ च्यांग्राका हुल लिएर हेम्जा आइपुगेका… Continue reading च्याङ्ग्रालाई तहैपिच्छे चर्को कर

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय

काठमाडौं : प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रिय छन् । आजको कारोबार दैनिकमा समाचार छापिएको छ । पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा… Continue reading काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय

राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने

राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ । हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान… Continue reading राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने

छानविन प्रतिवेदनमाथि नै प्रश्नः आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

निर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ ।  समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ । छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको… Continue reading छानविन प्रतिवेदनमाथि नै प्रश्नः आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

तलब नपाएपछि शिक्षकहरु धर्नामा

विराटनगर : चार महिनादेखि तलब सुविधा नपाएका काज शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय ईकाईमा तालाबन्दी गरी विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा सोमबार उनीहरुले शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले विराटनगर महानगरपालिकाले साउन यताको तलब… Continue reading तलब नपाएपछि शिक्षकहरु धर्नामा