सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो । आजको नेपाल समाचार पत्रमा यो समाचार छापिएको… Continue reading ‘स्मार्ट लाइसेन्स’ निजी क्षेत्रलाई छपाउन दिने तयारी, प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेका ६ लाखले लाइसेन्स पाएनन्
Category: समाज
पूर्वराजदूतको हत्या अनुसन्धान: १५ दिनदेखि तीन कामदार हिरासतमा !
पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको… Continue reading पूर्वराजदूतको हत्या अनुसन्धान: १५ दिनदेखि तीन कामदार हिरासतमा !
कोरियाबाट शव झिकाउन कल्याणकारी कोषको एक करोड !
रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो ।,आजको नागरिक दैनिकमा यो खबर छ । पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले… Continue reading कोरियाबाट शव झिकाउन कल्याणकारी कोषको एक करोड !
वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम
वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । ,आजको कारोवार दैनिकमा यो खबर छ ।… Continue reading वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड रकम
विराटनगरको ऐतिहासिक रथयात्राको ५१ औं संस्करण सम्पन्न,५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुको रथायात्रामा सहभागिता
विराटनगर,भदौ १९ विराटनगरको ५१ औं संस्करणको ऐतिहासिक रथयात्रा सम्पन्न भएको छ । विगतका बर्षहरुभन्दा यसपटकको रथयात्रामा उल्लेख्य श्रद्धालुले सहभागिता जनाएका छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुजापाठपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ भएको थियो । सोमबार अपरान्ह ४ बजे विराटनगर १ स्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्किएको रथ झण्डै ७ किलोमिटरको परिक्रमा पछि फेरी मन्दिर परिसरमा पुगेर… Continue reading विराटनगरको ऐतिहासिक रथयात्राको ५१ औं संस्करण सम्पन्न,५ लाख बढी श्रद्धालु र दर्शनार्थीहरुको रथायात्रामा सहभागिता
१४ बर्षीय किशोरीमाथि सामुहिक बलात्कार !
झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । , आजको कान्तिपुर दैनिकमा छ । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो ।दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् । उनी माइती… Continue reading १४ बर्षीय किशोरीमाथि सामुहिक बलात्कार !
पानीमा डुबेर पाँच बालकको मृत्यु
विराटनगर ः झापा, मोरङ उदयपुर र संखुवासभामा दुई दिनयता पानीमा डुबेर ५ जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका –२ स्थित तावा खोलामा डुबेर १ बालकको ज्यान गएको छ ।मृत्यु हुनेमा कटारी –२ विनोद कुँबरका डेढ बर्षिय छोरा ऋषि कुँबर रहेका छन् । घर नजिकै खेल्ने क्रममा खोलामा डुबेका बालकको उपचारका लागि लाँदै गर्दा… Continue reading पानीमा डुबेर पाँच बालकको मृत्यु
साइकलबाट लडेर मृत्यु
कन्काई नगरपालिका – ४ इलुवाबारी स्थित भित्री सडक खण्डमा आइतबार साइकल बाट लडेर स्थानीय ४० बर्षिय तीर्थ पोखरेलको मृत्यु भएको छ । पोखरेललाई आइतबार दिउँसो ३ बजे स्थानीयले घर नजिकै धान खेतमा साइकलबाट लडेर घोप्टो मुन्टो परेको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।
महिलामाथि यो कस्तो ब्यबहार,श्रीराधाकृष्ण रथयात्रामा जे देखियो
विराटनगर,भदौ १८ विराटनगरमा आज निकालिएको श्रीराधाकृष्णरथ यात्राको ५१ औं संस्करण सम्पन्न भएको छ । रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठूलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी,महिला हिंसालगायतका घटनाहरु समेत हुने भएकोले यसलाई रोक्न प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको थियो । तर सुरक्षा ब्यबस्था कडा पारिए पनि यस्ता घटनालाई रोक्न प्रहरी असफल भएको… Continue reading महिलामाथि यो कस्तो ब्यबहार,श्रीराधाकृष्ण रथयात्रामा जे देखियो
निजामतीमा अब नौ वटा मात्र सेवा रहने
काठमाडौँ, भदौ १८ निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐन स्वीकृत गर्दा… Continue reading निजामतीमा अब नौ वटा मात्र सेवा रहने
रोजगारीको हक सम्बन्धी विधेयक संसदमा, सरकारले न्युनतम १०० दिन रोजगारी दिने
काठमाडौं,भदौ १८ सरकारले न्युनतम् १०० दिन रोजगारी दिने भएको छ । न्युनतम रोगारी दिने गरी सरकारले संघीय संसदमा ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ पेश गरेको छ । स्थानीय तहदेखि नै रोजगार सेवा केन्द्र स्थापना गर्ने, रोजगारी दिन नसके न्यूनतम भत्ता दिएर भए पनि व्यस्थित गर्न विधेयकमा व्यवस्था गरिएको छ । दिगो काम दिने व्यवस्था गर्न… Continue reading रोजगारीको हक सम्बन्धी विधेयक संसदमा, सरकारले न्युनतम १०० दिन रोजगारी दिने
यस्तो छ विराटनगरको ऐतिहासिक रथयात्राको रौनक(फोटो फिचर)
विराटनगर,भदौ १८ विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्राको ५१ औं संस्करणको रथ आज निकालिएको छ ।आज दिउँसो ४ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ ताजा अबस्थामा विराटनगरको शनिमन्दिरमा आइपुगेको छ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको यस रथयात्रा रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहको छ ।विराटनगरका केही समाजसेवी र… Continue reading यस्तो छ विराटनगरको ऐतिहासिक रथयात्राको रौनक(फोटो फिचर)
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको उद्घाटन(फोटो फिचर)
विराटनगर,भदौ १८ बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५१ संस्करणको उद्घाटन सम्पन्न भएको छ ।ऐतिहासिक रथयात्राको ५१ औँ संस्करण आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । राधाकृष्ण मन्दिरबाट सुरु हुने ५१ औं संस्करणको रथयात्रामा घोडाको प्रयोग गरी रथ तानिने छ ।
रथयात्राको सुरक्षा ब्यबस्था कडा बनाउन ड्रोन क्यामरा छाडियो(फोटो फिचर)
विराटनगर,भदौ १८ बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५१ औं संस्करण अहिले केहीबेरमा निकालिँदैछ ।विराटनगरमा आज आयोजना हुने श्रीराधाकृष्ण रथयात्राको सुरक्षा अवस्थाको ड्रोन क्यामराबाट निगरानी राख्नका लागि डा«ेन आकाशमा छाडिएको छ । रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठुलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी लगायतका घटनाहरु समेत हुने गरेकाले यसपटक… Continue reading रथयात्राको सुरक्षा ब्यबस्था कडा बनाउन ड्रोन क्यामरा छाडियो(फोटो फिचर)
झापाका हात्तीकिल्लामा कुकुर आतङ्क, जङ्गली कुकुरले टोकेर ३५ स्थानीयवासीको खसीबोका मरे !
भद्रपुर, भदौ १८ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् ।दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष… Continue reading झापाका हात्तीकिल्लामा कुकुर आतङ्क, जङ्गली कुकुरले टोकेर ३५ स्थानीयवासीको खसीबोका मरे !
ऐतिहासिक राधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै ,विराटनगरमा पानी पर्ने सम्भावना(फोटो फिचर)
विराटनगर,भदौ १८ बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको सम्पुर्ण तयारी पुरा भएको छ ।अहिले केहीबेरमा(अपरान्ह ४ बजे ) निकाल्न लागिएको ऐतिहासिक रथयात्राको ५१ औँ संस्करण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रथ निकाल्न केही समयमात्र बाँकी हुँदा विराटनगरमा हल्का वर्षा हुन थालेको छ ।रथयात्रालाई वर्षाले प्रभाव पार्ने… Continue reading ऐतिहासिक राधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै ,विराटनगरमा पानी पर्ने सम्भावना(फोटो फिचर)
विराटनगरमा ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै,भक्तजनहरुको उपस्थिति बढ्दो(फोटो फिचर)
विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथ यात्रा आज निकालिदैछ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको रथयात्राको यो ५१ औं संस्करण हो । यस रथ यात्रामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिता रहने गर्दछ । सोमबार दिउसो साढे ३ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथयात्राको नेपाल र भारतका गरी लाखौ श्रद्धालुले अवलोकन गर्ने… Continue reading विराटनगरमा ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा केहीबेरमा निकालिँदै,भक्तजनहरुको उपस्थिति बढ्दो(फोटो फिचर)
झन्डै १३ लाख भारूसहित एक नेपाली पक्राउ
विराटनगर,भदौ १८ झापाको काँकड्भिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयासहित एक नेपाली युवा पक्राउ परेका छन् । ललितपुर निवासी ३२ बर्षका रविन्द्र बज्राचार्य पक्राउ परेका हुन् । बज्राचार्यलाई १२ लाख ८० हजार भारूसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेले जानकारी दिए । मेचीनगर ६ स्थित भन्सार चेकपोईन्टमा उनको झोलामा उक्त रकम भेटिएको हो ।… Continue reading झन्डै १३ लाख भारूसहित एक नेपाली पक्राउ
रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ
पर्सा, भदौ १८ नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको… Continue reading रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ
डुबेर दुई बालकको मृत्यु
उर्लाबारी, भदौ १८ मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो । बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका… Continue reading डुबेर दुई बालकको मृत्यु
लिक बन्यो, रेलै छैन
आगामी पुसबाट जयनगर–जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। नेपालले रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको… Continue reading लिक बन्यो, रेलै छैन
पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता
सल्यान, भदौ १८ अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् ।बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार… Continue reading पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता
साथीको बाबुबाट १४ बर्षे किशोरी बलात्कृत !
संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की किशोरीलाई गत बुधबार हर्कबहादुर कँुवरले राती घरमा कोही नभएको बेला पछ्यौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी… Continue reading साथीको बाबुबाट १४ बर्षे किशोरी बलात्कृत !
रथयात्राको ५१ औँ संस्करण आज,मोरङ र सुनसरीमा सार्वजनिक विदा
विराटनगर ः विराटनगरमा सोमबार दिउँसो ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ ।५१ औँ संस्करणको रथयात्रा सोमबार दिउँसो ४ बजे निकालिने छ । रथयात्राको सुरुवात प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । १ नम्बर प्रदेश सरकारले सोमबार मोरङ र सुनसरीमा सार्वजनिक विदा दिईएको छ । श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको ५१ औँ संस्करणमा ४ लाख भन्दाबढी… Continue reading रथयात्राको ५१ औँ संस्करण आज,मोरङ र सुनसरीमा सार्वजनिक विदा
पोखरमल धर्मसंस्कृति पुरस्कार परोपकार अभियान समूहलाई
विराटनगर,भदौ १८ विराटनगरस्थित परोपकार अभियान समूहलाई २०७५ सालको पोखरमल धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । सामुदायिक उत्थान, सामाजिक र धार्मिक उन्नयनको अभियान चलाउँदै आएको सो समूहलाई १ लाख १ हजार राशीको धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । श्रीराधाकृष्ण मन्दिर परिसरमा आईतबार आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र… Continue reading पोखरमल धर्मसंस्कृति पुरस्कार परोपकार अभियान समूहलाई
रथयात्राको सुरक्षा ड्रोन क्यामराबाट
विराटनगर,भदौ १८ विराटनगरमा सोमबार आयोजना हुने श्रीराधाकृष्ण रथयात्राको सुरक्षा अवस्थाको ड्रोन क्यामराबाट निगरानी गरिने भएको छ ।प्रहरी प्रधान कार्यालयबाट बोइलाइएको प्रहरीको टोलीले आइतबार ड्रोन क्यामराको परीक्षण उडान समेत गरेको छ । श्री राधाकृष्ण धर्मशाला परिसरमा प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल र मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीको उपस्थितिमा ड्रोनको परीक्षण उडान गरिएको छ ।… Continue reading रथयात्राको सुरक्षा ड्रोन क्यामराबाट
महानगरको वम विष्फोटमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता,विष्फोटमा सम्लग्न ३ जना सार्वजनिक
विराटनगर,भदौ १८ साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरपालिकामा बम विस्फोट गराएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुमा सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, मोरङको जहदा गाउँपालिका वडा नम्बर… Continue reading महानगरको वम विष्फोटमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता,विष्फोटमा सम्लग्न ३ जना सार्वजनिक
मन्त्री कुसियतद्धारा विभिन्न प्रजातिका विरुवा वितरण
विराटनगर,भदौ १७ प्रदेश नम्बर एकका वन,उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले वनजंगलको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । जिल्ला डिभिजन कार्यालयले मोरङको लेटाङमा आज आयोजना गरेको बिरुवा वितरण कार्यक्रममा बोल्दै मन्त्री कुसियतले बनजङ्गललाई पुर्णरुपले बिकाश गर्नाले वातवरणमा साकारात्मक प्रभाव पर्ने बताएका हुन् । उनले बनजंगलको विकासले पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रलाई समेत अघि… Continue reading मन्त्री कुसियतद्धारा विभिन्न प्रजातिका विरुवा वितरण
सात दिनमा ६ बलात्कार !
एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से… Continue reading सात दिनमा ६ बलात्कार !
सुनौलो भविष्यका लागि किशोरी कक्षा सञ्चालन
इनरुवा ः सुनसरीको वर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्रथामिकताका आधारमा वर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशारी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइन लागिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । जसका लागि बर्जु र बराहाक्षेत्रमा दश दश वटाका दरले २० वटा केन्द्र सत्तचालन गर्न… Continue reading सुनौलो भविष्यका लागि किशोरी कक्षा सञ्चालन
विराटनगर महानगरको न्यायिक समितिमा मुद्धाको चाप
विराटनगर ः विराटनगर महानगपालिकामा उपप्रमुख नेतृत्वको न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको छ । कानुन शाखाको तथ्यांक अनुसार समितिमा खासगरी अंशबण्डा, घरेलु हिंसा,सम्बन्ध विच्छेद, जग्गासम्बन्धि विवाद,ठगीका साथै लेनदेनलगायतका मुद्दा को चाप बढ्दै गएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । ‘स्थानिय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतामा विश्वास बढ्दै गएको छ’… Continue reading विराटनगर महानगरको न्यायिक समितिमा मुद्धाको चाप
अधिकारका लागि आन्दोलन गर्नुपर्ने थारु अगुवाहरुको जोड
विराटनगर,भदौ १७ थारु समुदायको अधिकार सुनिश्चितगर्न थप आन्दोलनको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । थारु कल्याणकारिणी सभा मोरङको आज विराटनगरमा भएको नवौं जिल्ला अधिवेशनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले नयां संबिधानले समेत थारुहरुको अधिकार र भुमि सुनिश्चित गर्न नसकेको भन्दै आन्दोलनको विकल्प नरहेको बिषयमा जोड दिएका थिए । थरुहट–थारुवान… Continue reading अधिकारका लागि आन्दोलन गर्नुपर्ने थारु अगुवाहरुको जोड
श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण
बुटवल, भदौ १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे । भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी… Continue reading श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण
बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि
काठमाडौँ, भदौ १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको… Continue reading बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि
दरखाने रकम बाढीपीडितलाई
विराटनगर,भदौ १६ विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट विस्थापित परिवारलाई संस्थाले सुुकुुम्वासी वस्तीमा पुुगेर राहत वितरण गरेको हो ।… Continue reading दरखाने रकम बाढीपीडितलाई
विराटनगरको रामपुरमा शव भेटियो
विराटनगर,भदौ १६ विराटनगरको रामपुरमा एक ब्यक्तिको शव भेटिएको छ । विराटनगरका ६ का ४० बर्षिया रामचन्द्र पासवानको शव नालामा डुवेको अवस्थामा भेटिएको हो । पासवान ३ दिन अगाडीदेखि घरबाट वेपत्ता भएका थिए । परिवारले उनको खोजी गर्दै जादाँ आज विहान ८ बजे फेला पारेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता… Continue reading विराटनगरको रामपुरमा शव भेटियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा सञ्चालन हुने
काठमाडौँ, भदौ १६ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । सरकारले गत जेठ ७ गतेदेखि २१ घण्टा सञ्चालनमा ल्याएको विमानस्थलको आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा सञ्चालन हुने
सबैै स्थानीय तहमा प्रहरी सङ्गठन विस्तार
काठमाडौँ, भदौ १६ नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो ।यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका छन् । नेपाल… Continue reading सबैै स्थानीय तहमा प्रहरी सङ्गठन विस्तार
जमिन फाटेपछि काठमाडौंमा ४ घर भत्किए
काठमाडौं ः बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका… Continue reading जमिन फाटेपछि काठमाडौंमा ४ घर भत्किए
अनियमितता भएको भन्दै वडा कार्यालय घेराउ
दुहवी ः अनियमितता भएको भन्दै स्थानीयबासीले दुहबी – ६ नम्बर वडा कार्यालय घेराउ गरेका छन् ।बाढीपीडितको नाममा आएको रकम आफ्ना कार्यकर्ता र आसेपासेलाई बाँडेको भन्दै दुहवी ६ का स्थानीयबासी आन्दोलित भएका हुन् । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ । स्थानियबासीले बाढीपीडितका नाममा आएको रकम चलखेल भएको भन्दै शुक्रबार ६ नम्बर वडा कार्यालय घेराउ… Continue reading अनियमितता भएको भन्दै वडा कार्यालय घेराउ
कपडा ब्यापारीको ठगी धन्दा : १५० मा किनेर २ हजारमा बिक्री !
बजारमा लगभग धेरैजसो क्षेत्रमा अनुगमन हुने गर्दछ । यद्यपि कपडाको कारोबारतर्फ भने सरोकारवालाहरुको ध्यान पुगेको पाइँदैन । सुनसरीको इनरुवाका एक ब्यापारीले सरकारलाई बुझाएको राजस्व रकम बापतको बिल सार्वजनिक भएसँगै ब्यापारीको कर छल्ने र ग्राहक ठग्ने शैलीको खुलासा हुन पुगेको छ ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । छानबिनका क्रममा सञ्चारकर्मीमाझ प्राप्त भएको भ्याट बिलमा… Continue reading कपडा ब्यापारीको ठगी धन्दा : १५० मा किनेर २ हजारमा बिक्री !
विराटनगरमा साहराविहिन बृद्ध आमाहरुसँग तीज
विराटनगर,भदौ १५ बिराटनगरका महिलाहरुले साहराविहिन बृद्ध आमाहरुसँग तिज मनाएका छन् । बिराटनगर–८ स्थित हरिहर चौकका महिलाहरुले बिराटेश्वर बृद्दा आश्रममा आश्रय लिइरहेका आमाहरुसँग तिजको दर खुवाएर रमाइलो साटेका हुन् । जिवनको अन्तिम समयमा घरबाट तिरस्कृत भइ आश्रमको साहारामा बस्न बाध्य भएका बृद्द आमाहरुलाई माईतीको अभाव महसुस नहोस भनेर सामूहिक रुपमा तिज कार्यक्रम गरिएको आयोजक तारा देवी… Continue reading विराटनगरमा साहराविहिन बृद्ध आमाहरुसँग तीज
जोर विजोर प्रणाली लागू भएको अवसर पारेर मनपरी भाडा असुली
काठमाडौँ, भदौ १५ सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि… Continue reading जोर विजोर प्रणाली लागू भएको अवसर पारेर मनपरी भाडा असुली
इमो मार्फत रकम ठगी गर्ने प्रहरी नियन्त्रणमा
विराटनगर,भदौ १५ सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षिय अजितकुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालिका ५ वस्ने ३३ वर्षिय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई रंगेली बजार स्थित मनोज… Continue reading इमो मार्फत रकम ठगी गर्ने प्रहरी नियन्त्रणमा
१६ तोला अवैध सुनसहित एक कारोबारी प्रक्राउ
सुनसरी, भदौ १५ सुनसरीबाट १६ तोला अवैध सुनसहित एक कारोबारी प्रक्राउ परेका छन् । तस्करीमा संलग्न तफेजुल अन्सारीलाई शसस्त्र प्रहरीले सुनसरीको हरिनगर गाँउपालिका अन्र्तगत पर्ने भारतीय सीमावर्ती क्षेत्र घुस्कीबाट १६ तोला सुन सहित पक्राउ गरेको हो । घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलिपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको… Continue reading १६ तोला अवैध सुनसहित एक कारोबारी प्रक्राउ
प्रदेश नं २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ
महेन्द्रनगर, धनुषा, भदौ १५ प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गरेका हुन् । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारको विकासले… Continue reading प्रदेश नं २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ
वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन
काठमाडौँ, भदौ १५ वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ ।रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए । नाटककार स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा… Continue reading वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन
नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म हेर्नुहोस् कसको सम्पत्ति कति .(सूचिसहित)
काठमाडौं,भदौ १५ नेपालको सबैभन्दा धनी व्यक्तिको सुचिमा चौधरी ग्रुपका अध्यक्ष उद्योगपति विनोद चौधरी घोषित भएका छन् । फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ मा नेपालको सबैभन्दा धनीको व्यक्ति उद्योगपति चौधरी भएका हुन् । फोब्र्सले चौधरीका अतिरित्त नेपालका १० जना सर्वाधिक धनी व्यक्तिको सूची पनि सार्वजनिक गरेको छ । नेपालको दोस्रो धनीमा गैरआवासिय नेपाल संघ (एनआरएन) का… Continue reading नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म हेर्नुहोस् कसको सम्पत्ति कति .(सूचिसहित)
९० घण्टा दुई मिनेट लामो वक्तव्य दिएर अनन्तरामले राखे विश्व कीर्तिमान
काठमाडौँ, भदौ १५ नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेकोे… Continue reading ९० घण्टा दुई मिनेट लामो वक्तव्य दिएर अनन्तरामले राखे विश्व कीर्तिमान
यस्तो अचम्म ः सोनाम तामाङले दैनिक गोरुको दुध दुहुन्छन् र गाउँलेलाई दुधको प्रसाद बाँड्छन्।
सिन्धुलीपाल्चोक ः सुन्दा अचम्म लाग्न सक्छ ,हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर मा दुध दिने गोरु रहेका छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ । उनी भन्छन् – विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका… Continue reading यस्तो अचम्म ः सोनाम तामाङले दैनिक गोरुको दुध दुहुन्छन् र गाउँलेलाई दुधको प्रसाद बाँड्छन्।
छाउपडी पीडाः न पोसिला खाने कुरा खान पाउँछन् न शौचालय जान
अछाम ः सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् । अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता… Continue reading छाउपडी पीडाः न पोसिला खाने कुरा खान पाउँछन् न शौचालय जान
डुबानबाट विराटनगर महानगरकै २० परिवार विस्थापित
विराटनगर ः बिहीबार बिहान परेको मुसलधारे बर्षा पछि सिंघिया खोलामा आएको बाढी विराटनगर – ८ मधुमारास्थित सुकुम्बासी बस्तीमा पस्दा बीस परिवार बिस्थापित भएका छन् । बाढीबाट अशोक कामत, सुरेश मरिक, राजु मरिक,कासिम खान लगायतका बीस घर परिवार बिस्थापित भएका हुन् ।मधुमारा स्थित सिंघिया खोलाको डिल र आसपासको जग्गामा बस्दै आएका सुकुम्बासी परिवार विस्थापित भएका हुन्… Continue reading डुबानबाट विराटनगर महानगरकै २० परिवार विस्थापित
सहकारी ठगीको आरोपमा मुद्दा, तीन जना पक्राउ
विराटनगर, भदौ १४ जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीसहित नौ जनाविरुद्ध सर्वसाधारणले बचत गरेको करोडौँ रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा दर्ता… Continue reading सहकारी ठगीको आरोपमा मुद्दा, तीन जना पक्राउ
तीन दिन देशभरि नै बद्ली र वर्षा हुने, आज विराटनगरमा ११६ मिलिमिटर वर्षा
काठमाडौँ, भदौ १४ आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो । आज राति देशका अधिकांश स्थानमा… Continue reading तीन दिन देशभरि नै बद्ली र वर्षा हुने, आज विराटनगरमा ११६ मिलिमिटर वर्षा
वर्षाका कारण हाटखोलाको सुकुम्बासी टोल डुबानमा,उद्धार कार्य जारी
विराठनगर,भदौ १४ आज बिहान परेको भीषण वर्षाका कारण मोरङको विराटनगर – ८ हाटखोलाको सुकुम्बासी बस्ती डुबानमा परेको छ । बर्षा पछि सिंगिया खोलामा आएको बाढी बस्तीमा पसेपछि झण्डै दुई दर्जन घर डुबानमा परेका हुन् । डुबानमा क्षेत्रमा अहिले परिवर्तनका लागि हातेमालोका अभियान्ता तथा अन्य क्षेत्रका स्वयंसेवकहरुले उद्धारको कार्य गरिरहेका छन् ।उक्त स्थलमा खटिएका स्वयंसेवकहरुले बस्तीका… Continue reading वर्षाका कारण हाटखोलाको सुकुम्बासी टोल डुबानमा,उद्धार कार्य जारी
बिहानै देखिको भारी बर्षाका कारण विराटनगर जलमग्न
विराटनगर,भदौ १४ आज बिहानै देखि परेको वर्षाका कारण विराटनगरका विभिन्न ठाउँमा डुबान हुनुका साथै अधिकांश भाग जलमग्न भएको छ । आज दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, राती देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रहि धेरै स्थानहरुमा… Continue reading बिहानै देखिको भारी बर्षाका कारण विराटनगर जलमग्न
कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !
कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । , यो खबर आजको नयाँ पत्रिकामा छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले… Continue reading कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !
भिभिआइपी सुरक्षा कारगेड यसकारण दुर्घटना भयो
काठमाडौं : सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । आजको नागरिक दैनिकमा यो समाचार छ । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको… Continue reading भिभिआइपी सुरक्षा कारगेड यसकारण दुर्घटना भयो
सरकारको निर्णयको विपक्षमा सर्वोच्च, बाजेको सेकुवा खोल्न आदेश
गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।न्यायधी सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको… Continue reading सरकारको निर्णयको विपक्षमा सर्वोच्च, बाजेको सेकुवा खोल्न आदेश
जनगणना २०७८ को तयारी, यसपटकको जनगणना दुई ढाँचामा हुने
विराटनगर ः राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ ।केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना सुरु हुनुभन्दा तीन बर्ष अघि देखि २०७८ को तयारी सुरु गरेको हो । विभागले तयारी सन्दर्भका लागि प्रदेशस्तरीय कार्यक्रम गरी सुझाव संकलन गरेको थियो । कार्यक्रममा राष्ट्रिय जनगणनाका विषयमा तीनतहको सरकारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल भएको थियो ।… Continue reading जनगणना २०७८ को तयारी, यसपटकको जनगणना दुई ढाँचामा हुने
सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : पाँच लगानीकर्ता पनि जेल चलान
विराटनगर ः उर्लाबारी मोरङका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पाँच जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ । जिल्ला अदालत मोरङले ‘अपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार ,अपहरण तथा शरीर बन्धक र… Continue reading सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : पाँच लगानीकर्ता पनि जेल चलान