विराटनगरका साप्ताहिक हाटबजार हटाउने महानगरको तयारी

विराटनगर,असार ५ विराटनगर महानगरपालिले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने तयारी गरेको छ । साेमबार विराटनगरमा विकल्प नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रमुख प्रशासकीय अधिकृतले साप्ताहिक हाटबजार बन्द गराउने तयारी गरिएको बताएका हुन्। महानगरपालिका भित्रका फुटपाथ र हाटबजारलाई कसरी व्यबस्थित गर्न सकिन्छ भनेर आयोजित कार्यक्रममा प्रमुख… Continue reading विराटनगरका साप्ताहिक हाटबजार हटाउने महानगरको तयारी

भुक्तानी नदिने चिनी मिल र क्रसर उद्योगलाई कारवाही

काठमाडौँ, असार ४ सरकारले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायत जिल्लामा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकामा प्रजिअले उद्योगीलाई बोलाई छलफल गरी तत्काल… Continue reading भुक्तानी नदिने चिनी मिल र क्रसर उद्योगलाई कारवाही

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

काठमाडौँ, असार  ४ सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) ले आजदेखि शुरु गरेको ‘नेपालमा पुनः निर्माण र भूकम्पीय जोखिम व्यवस्थापनको अनुभव एवम् तयारी’ विषयको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा… Continue reading विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार !

विराटनगर, असार ४ विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । ०७५ जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न… Continue reading नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार !

इराकीलाई लियोको सम्मान

विराटनगर ,असार ४ लियोका बहुजिल्ला परिषद् ३२५ का प्रिसिडेन्ट लियो चाँदबाबु इराकीलाई लियो क्लव अफ विराटनगर युनिकले सम्मान गरेको छ । आईतबार लियो क्लब अफ विराटनगरले लिडरसिप कार्यक्रमको अबसर पारेर विराटनगरमा आयोजित कार्यक्रममा इराकीलाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी एवम् विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र… Continue reading इराकीलाई लियोको सम्मान

बेलायती राजदूत मोरिस र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबीच भेटघाट

विराटनगर, असार ४ नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताएका छन्। विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन्। राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले… Continue reading बेलायती राजदूत मोरिस र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबीच भेटघाट

पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा ३ रुपैयाँ घट्यो

विराटनगर,असार ४ चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसअघि लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र… Continue reading पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा ३ रुपैयाँ घट्यो

बाढीजन्य प्रकोपको जोखिम न्यूनिकरणका लागि पुर्वानुमानमा अभ्यास

विराटनगर,असार४ बाढीजन्य प्रकोपको जोखिम न्यूनिकरण गर्न पुर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यसञ्चालन विधीको मस्यौदालाई अन्तिम रुप दिइएको छ । आइतबार आयोजित कार्यक्रममा बाढीको पूर्वतयारीबारे कृत्रिम अभ्यास समेत गरिएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा तथा जिल्ला विपद् व्यवस्थापन समिति मोरङको समन्वयमा विराटनगरमा आयोजित कार्यक्रममा समूहगत छलफलबाट बाढी पूर्वतयारी कार्य सञ्चालन विधीलाई अन्तिम रुप दिइएको हो ।… Continue reading बाढीजन्य प्रकोपको जोखिम न्यूनिकरणका लागि पुर्वानुमानमा अभ्यास

चीनसँगका परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र

विराटनगर,असार ४ सरकारले चीन सहयोग सम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले चीन सहयोगसम्बन्धि कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारी पत्रको मस्यौदा स्विकृत गरेको हो । सो समझदारी पत्रमा चीनको परराष्ट्र मन्त्रालयसँग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय पनि गरिएको… Continue reading चीनसँगका परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र

देवानगञ्ज गांउपालिकामा छाँया सरकार

विराटनगर,असार ४ सुनसरीस्थित देवानगञ्ज गांउपालिकाले निरंकुश र हुकुमी शैलीमा कार्यसम्पादन गरिरहेको सरोकारवालाले आरोप लगाएका छन । गांउपालिका प्रमुखले संघीय समावेशी लोकतन्त्रको भावना विपरीत एकलौटी र मनपरी ढंगले कार्यसम्पादन गरिरहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी र संघीय समाजबादी फोरमका स्थानिय प्रतिनिधिले छाँया सरकार प्रतिपक्ष संघर्ष समिति गठन गरेर गांउपालिकाको गतिविधिको बिरोध गरेका छन । उनीहरुले मनपरी र… Continue reading देवानगञ्ज गांउपालिकामा छाँया सरकार

साजिद,सिद्धान्त र ललितलाई राईजिङ स्टार अवार्ड

विराटनगर,असार ४ विराटनगरका उदाउँदा युवाहरु मोडल साजिद आलम, क्रिकेटर सिद्धान्त लोहनी र ललित राजवंशीलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरिएको छ । आईतबार लियो क्लब अफ विराटनगर युनिकले लिडरसिप कार्यक्रमको अबसर पारेर उनीहरुलाई राईजिङ स्टार अफ विराटनगर अवार्डबाट सम्मान गरेको हो । उनीहरूलार्इ कार्यक्रमका प्रमुख अतिथी एवम् विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अवार्ड प्रदान… Continue reading साजिद,सिद्धान्त र ललितलाई राईजिङ स्टार अवार्ड

लियोको लिडरशिप कार्यक्रम सम्पन्न,पारसलाई लाईफटाईम एचिभ्मेन्ट अवार्ड

विराटनगर,असार ३ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विराटनगरका युवाहरुसंग आफ्नो क्रिकेट जीवनको संघर्ष ,उपलब्धि र उदेश्यहरु बारे छलफल गरेका छन् । लियो क्लब अफ विराटनगर युनिकद्धारा आज विराटनगरमा आयोजित लिडरशिप कार्यक्रममा कप्तान खड्काले आफ्नो खेल जीवनबारे कुरा गर्दै आफु सन्तुष्ट भए त्यसैलाई सफलता ठान्न आग्रह गरे । खड्काले पहिले आफु त्रिकेटको सिनियर टिममा… Continue reading लियोको लिडरशिप कार्यक्रम सम्पन्न,पारसलाई लाईफटाईम एचिभ्मेन्ट अवार्ड

‘उद्योग क्षेत्रमा विद्युत्को कुनै समस्या छैन’

काठमाडौँ, असार ३ नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ । उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को औद्योगिकीकरण अगाडि बढाउन आयोजित छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक… Continue reading ‘उद्योग क्षेत्रमा विद्युत्को कुनै समस्या छैन’

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

विराटनगर,असार ३ अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५… Continue reading अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयरका आहार अब नेपालमा

विराटनगर,असार ३ विश्वमै लोकप्रियता कमाएको बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयर प्रा.लि. ले बालबालिकाका लागि उत्पादित शिशु आहार नेपालमा पनि भित्रिएको छ । नेपालका लागि अधिकृत विक्रेता ग्लोबल लाईफ साईन्सेसले विराटनगरमा न्युट्रिमेड हेल्थ केयरबाट उत्पादित सामाग्रीहरुको विक्रि वितरण सुरु गरेको हो । ग्लोबल लाईफ साईन्सेसले बच्चाकालागि क्युट बेबी इन्फान्ट मिल्क फर्मुला र सेरोलेक्स मोडोल्याक ब्राण्डको पौष्टिक… Continue reading बहुराष्ट्रिय कम्पनी न्युट्रिमेड हेल्थ केयरका आहार अब नेपालमा

नबिकेपछि किसानले पाेखे सडकमा दूध

झापा, असार ३ झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए । सात वटा गाई पालेका उनले दैनिक २० लिटर दूध उत्पादन… Continue reading नबिकेपछि किसानले पाेखे सडकमा दूध

भारत तस्करी हुन लागेको एक क्विन्टल बढी मरिच बरामद

विराटनगर, असार ३ प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जबाट भारत तस्करी हुन लागेका एक क्विन्टल दुई सय पचास किलो मरिच बरामद गरेको छ। स्थानीय सिताराम मेहताले घरबाट अवैध रुपमा राखिएको २५ बोरा मरिच भन्सार छलेर भारततर्फ तस्करी गर्न लागेको भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय देवागञ्जको टोलीले उनको घरबाट मरिचका बोरा फेला पारेको हो। बरामद… Continue reading भारत तस्करी हुन लागेको एक क्विन्टल बढी मरिच बरामद

ग्याँस लिक हुँदा घरमा आगलागी

मोरङ, असार ३ मोरङको जहदा गाउँपालिका–२ हरिनगरा स्थित एक घरमा शनिबार आगलागी भएको छ। खाना पकाउने ग्याँस लिक हुँदा स्थानीय राजकुमार राजवंशीको घरमा अपरान्ह ३ बजे आगलागी भएको हो। आगलागीबाट राजवंशीको ६ कोठे पक्की घर तथा घरभित्र रहेको तीन तोला सुनका गहना, ६५ तोला चाँदी, खाधान्न, भाडाकुँडाहरु जल्दा करिब २२ लाखको क्षति भएको प्रारम्भिक अनुसन्धान… Continue reading ग्याँस लिक हुँदा घरमा आगलागी

सार्वजनिक विदा नदिएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन

विराटनगर,असार २ ईदको अवसरमा सार्वजनिक विदा नदिएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । विराटनगरको भन्सार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको हो । राष्ट्रबादी युवा समूहको अगुवाईमा विरोध ¥याली सहित निकालिएको प्रर्दशनकारीको जुलुसले विराटनगर भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । मुस्लिम समूदायको सबभन्दा ठूलो चाडमा विदा… Continue reading सार्वजनिक विदा नदिएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन

हातेमालोको २१ औँ हप्ता, सरसफाईलाई निरन्तरता

विराटनगर, असार २ समाजमा सरसफाईको महत्व दर्शाउँदै साप्ताहिक रुपमा विभिन्न सरसफाईका अभियानहरु सञ्चालन गर्दै आईरहेको संस्था परिवर्तन का लागि हातेमालोले २१ औँ हप्तामा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । परिवर्तनका लागि हातेमालोले आफ्नो सरसफाई महाअभियानको २१औँ हप्तामा बिराटनगर– ५ चाँदनि चोकमा रहेको लेखनाथ को मुर्ती रङ रोगन गर्नुका साथै सरसफाइका कामहरु गरेको हो ।… Continue reading हातेमालोको २१ औँ हप्ता, सरसफाईलाई निरन्तरता

अरुण तेश्रो सुरुङ खन्नेक्रममा ४ जनाको मृत्यु

विराटनगर,असार २ अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको छ । अरुण तेश्रोको ड्याम साईट नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा गएराति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायव उपरिक्षक… Continue reading अरुण तेश्रो सुरुङ खन्नेक्रममा ४ जनाको मृत्यु

विदा फिर्ता नगरेपछि मोरङ मुस्लिम समाजको विरोध,कालोपट्टी बाँधेर पढे नमाज

विराटनगर,असार २ इस्लाम धर्मालम्बीहरुको महान् चाड इदमा सार्वजनिक विदा नदिएको प्रति मोरङ मुस्लिम समाजले सरकारको विरोध जनाएको छ । देशै भरी इस्लाम धर्मालम्बीहरुले इद मनाइरहँदा सार्वजनिक विदा नदिएकोप्रति मोरङ मुस्लिम सामाजले भने सरकारको विरोध स्वरुप कालो पट्टी बाँधेर नमाज पढेको हो । लामोसमयदेखि विदा फिर्ताका विभिन्न कार्यक्रमहरु गर्दै आएपनि सरकारले नटेरे पछि आफुहरुले यस्तो गर्नुपरेको… Continue reading विदा फिर्ता नगरेपछि मोरङ मुस्लिम समाजको विरोध,कालोपट्टी बाँधेर पढे नमाज

इदमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, असार २ राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन्। राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुल फित्र पर्वले नेपालीबीच आपसी… Continue reading इदमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

निर्माणाधीन बाँधमा पहिरो खस्दा पाँच जना बेपत्ता

विराटनगर,असार२ अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्। मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८ः४० बजे पहिरो खसेर बेपत्ता भएका हुन् । जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएको संखुवासभा डीएसपी श्याम सारु मगरले जानकारी दिए। बेपत्ता… Continue reading निर्माणाधीन बाँधमा पहिरो खस्दा पाँच जना बेपत्ता

राजविराजमा गर्भवती महिलाको हत्या

विराटनगर,असार२ राजविराज नगरपालिका १५ मा एक जना गर्भवती महिलाको हत्या गरी फ्यालिएको अवस्थामा शव फेला परेको छ । गर्भवती महिलाको ४÷५ दिनअघि नै हत्या भएको प्रहरीको अनुमान छ । राजविराज नगरपालिका १५ मुसहर्नियाकी १७ वर्षीया वेचनीकुमारी साहको शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा आज फेला परेको प्रहरी नायव उपरिक्षक भोवेश रिमालले जानकारी दिए । शव कुहिएर… Continue reading राजविराजमा गर्भवती महिलाको हत्या

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

इटहरी, असार १ सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गरे । सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता… Continue reading इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि विराटनगरमा प्रादेशिक सम्मेलन

विराटनगर,असार १ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौको आयोजनामा विराटनगरमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दुइदिने प्रादेशिक सम्मेलन सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी धिरु बस्न्यातले भदौ १ गतेबाट लागू हुने नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि अपराध अनुसन्धानकर्ता र अभियोजनकर्ता बीच समन्वन हुन जरुरी रहेको बताए… Continue reading नयाँ मुुलुकी संहिताको सफल कार्यान्वयनकालागि विराटनगरमा प्रादेशिक सम्मेलन

निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् ः राष्ट्रपति भण्डारी

काठमाडौँ, असार १ राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्। लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिइन्। राष्ट्रपति भण्डारीले भनिन्, “मुलुकमा स्थायित्व र दिगो शान्तिसहित आर्थिक समृद्धि हासिल गर्ने… Continue reading निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् ः राष्ट्रपति भण्डारी

बस दुर्घटनामा एकको मृत्यु, सात घाइते

तनहुँ, असार  १ तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय दानबहादुर… Continue reading बस दुर्घटनामा एकको मृत्यु, सात घाइते

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज, असार १ सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताए । दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ… Continue reading ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

चितवन, असार १ इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज… Continue reading माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

खोलाले बगाएर मृत्यु

संखुवासभा, असार १ संखुवासभाको चिचिला गाउँपालिका स्थित हाडी खोलाले बगाएर एक जनाको बिहिबार मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–४ बस्ने मनकुमार राई रहेका छन् । राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ। बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी गर्दै जाँदा चिचिला गाउँपालिका २… Continue reading खोलाले बगाएर मृत्यु

कर्तब्य ज्यान मुद्धाका तीनसहित सात फरार पक्राउ

विराटनगर, असार १ कर्तब्य ज्यान मुद्धाका तीन सहित सात जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद सजाय भई फरार रहेक प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहको टोलीबाट खटिएका प्रहरीले कर्तव्य ज्यान मुद्दामा कैद सजाय भई फरार रहेका मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने वर्ष… Continue reading कर्तब्य ज्यान मुद्धाका तीनसहित सात फरार पक्राउ

अर्काको नाममा ट्रायल दिने पक्राउ

विराटनगर,असार १ कोशी यातायात व्यवस्था कार्यालयबाट संचालित सवारी चालक अनुमतिको ट्रायल परिक्षामा अर्काको नाममा ट्रायल दिने एक जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ। छिन्ताङ–७ बस्ने २७ वर्षीय प्रेमकुमार राईलाई सोही ठाउँका नारायण राईको नाममा मोटरसाइकलको ट्रायल दिदै गर्दा प्रहरीले पक्राउ गरेको हो । राईलाई अनुसन्धानका लागी प्रहरी चौकी गछियामा राखिएको छ।

आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

विराटनगर, असार १ मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लि. मा बिहिबार करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। बिहिबार राती डिउटीकै बेला को करेन्ट लाग्दा भारत सितामढी गंगबाराबुजुर ५ घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो। राती साढे १० बजे मेशीन चलाउनेक्रममा अचानक करेन्ट लागेर घाइते भएका रन्जनलाई… Continue reading आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

प्रदेश २ मा इदको सार्वजनिक विदा

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो । बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विराटनगरको सिमावर्ती बजार जोगवनीमा गोली चल्यो

विराटनगर जेठ ३१ विराटनगरको सिमावर्ती बजार जोगबनीमा एक सामाजिक कार्यकर्तामाथि गोली प्रहार भएको छ । आपराधिक समूहले जोगबनी नगरपञ्चायत वडा नम्बर ९ का ३८ बर्षिय सामाजिक कार्यकर्ता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । आज बिहान ११ बजे ३ जनाको समूहमा आएका अज्ञात समुहले रेल्वे स्टेशन नजिकै पटेलमाथि गोली प्रहार गरेका थिए । लागूऔषध विरुद्ध जोगबनी क्षेत्रमा… Continue reading विराटनगरको सिमावर्ती बजार जोगवनीमा गोली चल्यो

बिम्स्टेक शिखर सम्मेलन भदौमा

काठमाडौँ, जेठ ३१ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने भएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा… Continue reading बिम्स्टेक शिखर सम्मेलन भदौमा

उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन

काठमाडौँ, जेठ ३१ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न आज काठमाडौँमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराएका… Continue reading उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन

अवैध उत्खननको अभियोगमा २ वटा ट्रिपरसहित ९ थान सवारीसाधन नियन्त्रण

मोरङ, जेठ ३१ मोरङको चिसाँङ खोला र लोहोन्द्रा खोलाबाट अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् भएको पाइएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल सहितको अनुगमन टोलीले अनुगमनका क्रममा अबैध ढंगबाट ढुङ्गा गिट्टी उत्खनन् गरेको पाइएको हो । चिसाङ खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्न नपाउने भएपनि एक दर्जन बढी ट्याक्टर भेटिएको छ । त्यस्तै… Continue reading अवैध उत्खननको अभियोगमा २ वटा ट्रिपरसहित ९ थान सवारीसाधन नियन्त्रण

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

काठमाडौँ, जेठ ३१ भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक… Continue reading कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

काठमाडौँ, जेठ ३१ नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ । महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम… Continue reading क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

हातहतियारसहित दुई पक्राउ

काठमाडौँ, जेठ ३१ महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद… Continue reading हातहतियारसहित दुई पक्राउ

विराटनगरमा लिडरसीप सेमिनार हुँदै, पारस खड्कासँग भेट्ने हैन त ?

विराटनगर,जेठ ३१ नेपाली राष्ट्रिय त्रिकेट टिमका कप्तान पारस खड्कासँग विराटनगरमा लिडरसीप सेमिनार हुने भएको छ । लियो क्लव अफ विराटनगर युनिकले आयोजना गर्ने उक्त सेमिनार असार ३ गते विराटनगरको होटेल नमस्कारमा हुनेछ । कप्तान पारस खड्काले उक्त गोष्ठीमा राष्ट्रिय त्रिकेट टिमका सङ्घर्ष,उपलब्धि र लक्ष्यको बारेमा जानकारी गराउने लियो क्लव अफ विराटनगर युनिकका उपाध्यक्ष पेरिस सुवेदीले… Continue reading विराटनगरमा लिडरसीप सेमिनार हुँदै, पारस खड्कासँग भेट्ने हैन त ?

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

दमक, जेठ ३१ झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन्। नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको… Continue reading नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

मोरङको कार्टून उद्योगमा भीषण आगलागी (फोटो फिचरसहित)

विराटनगर,जेठ ३१ मोरङको बुढीगंगा गांउपालिका–३ स्थित कार्टून उत्पादनगर्ने अरिहन्त अटो कोरोगेशन उद्योगमा आगलागी भएको छ । गएराति भएको आगलागी घन्टौंको प्रयासपछि बिहानबाट नियन्त्रणमा आएको छ । मोरङको बांसबारीचोकबाट उत्तर पश्चिमतर्फ रहेको सो उद्योगमा भएको आगलागीबाट उद्योगभित्रका मेशिन,तयारी कार्टून र कच्चा पदार्थकारुपमा प्रयोग गरिने कागज तथा कुटहरु जलेर नष्ट भएको छ । गएराति लगभग १० बजे… Continue reading मोरङको कार्टून उद्योगमा भीषण आगलागी (फोटो फिचरसहित)

घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

म्याग्दी, जेठ ३१ सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् । उनीहरुको करार सेवाको… Continue reading घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

धारिलो हतियार प्रहार गरी पतिको हत्या

ताप्लेजुङ, जेठ ३१ ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । फक्तालुङ गाउँपालिका ६ बस्ने अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुलाई घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भएको हो। यता सुनसरी बराह नगरपालिका १ स्थित सुनसरी… Continue reading धारिलो हतियार प्रहार गरी पतिको हत्या

ट्याक्टर र मोटरसाइकल जुध्दा अमीनको मृत्यु

विराटनगर,जेठ ३१ सुनसरीको धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर–११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन् । बुधबार साँझ ८ बजेतिर धरान–१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसंग… Continue reading ट्याक्टर र मोटरसाइकल जुध्दा अमीनको मृत्यु

बसको छतमा सुतेका सहचालकको तल खसेर मृत्यु

विराटनगर,जेठ ३१ मोरङको विराटनगर–८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरबाट आमबाडीसम्म चल्ने सो बसको छतमाथी सुतेका ऋषिदेव बुधबार राती… Continue reading बसको छतमा सुतेका सहचालकको तल खसेर मृत्यु

एकै दिन चार फरार पक्राउ

विराटनगर,जेठ ३१ इलाका प्रहरी कार्यालय रानीले अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका एकै दिनमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केही सार्वजनिक अपराध मुद्दाका विराटनगर १५ का बिनोद कामत, सोही ठाउँका श्यामकुमार मुखिया, विराटनगर १८ का कलानन्द ऋषिदेव र सञ्जु सुनार  रहेका छन् । “सम्मानित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका… Continue reading एकै दिन चार फरार पक्राउ

अवैध उत्खननमा संलग्न ९ सवारी नियन्त्रणमा

विराटनगर,जेठ ३१ मापदण्ड विपरित खोलाजन्य पदार्थ उत्खनन् गर्ने ९ वटा सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई गाउँपालिकाको कार्यालयमा बुझाएको छ । इलाका प्रहरी कार्यालय केराबारीको टोलीले बुधबार मोरङ केरावारी गाउँपालिका ८ स्थित खदमखोलाबाट मापदण्ड विपरीत अवैध रुपमा खोलाजन्य पदार्थ (मिक्सगिट्टी) उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा दुई वटा जेसिबि, ५ वटा हाईवा र २ वटा… Continue reading अवैध उत्खननमा संलग्न ९ सवारी नियन्त्रणमा

विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने

काठमाडौँ, जेठ ३० सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच… Continue reading विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने

विशेष अनुसन्धान समितिद्वारा बाजेको सेकुवामा छापा

काठमाडौँ, जेठ ३० सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल… Continue reading विशेष अनुसन्धान समितिद्वारा बाजेको सेकुवामा छापा

कुटपिटबाट मृत्यु

राजविराज, जेठ ३० राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो । मण्डललाई… Continue reading कुटपिटबाट मृत्यु

पचास हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, जेठ ३० महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । “काठमाडौँका विभिन्न वृत्त र… Continue reading पचास हजार लिटर घरेलु मदिरा नष्ट

सेवा प्रभावकारी बनाउन कर्मचारीलाई चारबुँदे निर्देशन

काठमाडौँ, जेठ ३० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताए। उनका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्य रुपमा… Continue reading सेवा प्रभावकारी बनाउन कर्मचारीलाई चारबुँदे निर्देशन

कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

काठमाडौँ, जेठ ३० चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उनको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।… Continue reading कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

विश्वकप हेर्न चाहनुहुन्छ ?त्यसो भए विराटनगरको टेन ११ जाऔँ ।

विराटनगर,जेठ ३० भोलीदेखि रसियामा सुरु हुने विश्वकप फुटबल –२०१८ का सम्पुर्ण खेलहरुको लाईभ(प्रत्यक्ष प्रसारण) विराटनगरमा पनि ठुलो पर्दामा हेर्न पाईने भएकोे छ । कुनै पनि अतिरिक्त शुल्क नलिई विश्वकपका सम्पुर्ण खेलहरु विराटनगरको टेन ११ लाउन्जमा देखाईने भएको हो । व्यबस्थापनको कामहरु पहिले नै मिलाउनु पर्ने भएकोले खेल हेर्न इच्छुकलाई अग्रिम सम्पर्क गर्न आयोजकले आग्रह गरेको… Continue reading विश्वकप हेर्न चाहनुहुन्छ ?त्यसो भए विराटनगरको टेन ११ जाऔँ ।

उद्योग संगठनमा घिमिरे

विराटनगर, जेठ ३० उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, कोष उपाध्यक्षमा प्रदीप मुरारका, कृषि, जलस्रोत र ऊर्जा उपाध्यक्षमा राजकुमार गोल्छा तथा रोजगारदाता उपाध्यक्षमा राकेश सुरानालाई चयन गरिएको छ । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुवोध कोइराला, भोलेश्वर… Continue reading उद्योग संगठनमा घिमिरे

ट्रक पल्टिँदा चालकको मृत्यु

राजविराज, जेठ ३० पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफँै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक… Continue reading ट्रक पल्टिँदा चालकको मृत्यु