रुकुम, २४ वैशाख ः जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा गरिएको जिल्ला… Continue reading विवाह मण्डपबाटै दुलहादुलही पक्राउ
Category: समाज
आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण ः राजदूत युसुफ
पोखरा, २४ वैशाख ः नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताए। नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत… Continue reading आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण ः राजदूत युसुफ
तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द
रुकुम, २४ वैशाख ः जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने, “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना… Continue reading तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द
धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा
बिराटनगर,बैशाख २४ ः हिन्दु धर्मगुरु श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहार उनको आफ्नै योजना अनुसार भएको खुलेको छ । देशमा हिन्दु धर्म कायम गर्ने वातावरण बनाउन श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो । गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल… Continue reading धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा
अकूत सम्पत्ति कमाउनेमाथि छानबिन गर्न माग
काठमाडौँ, २४ वैशाख ः राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै अन्य क्षेत्रमा समेत पहल गर्न आग्रह गरेका छन् । उनीहरुले यातायात क्षेत्रमा लामो समयदेखि जकडिएको एकाधिकार अन्त्य गरेर जनतालाई सहज रुपमा सेवा दिन गरेको प्रयास सराहनीय रहेको भन्दै सो क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्नसमेत… Continue reading अकूत सम्पत्ति कमाउनेमाथि छानबिन गर्न माग
लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रण
रसुवा, २४ वैशाख ः लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई… Continue reading लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रण
असिनापानीले २० करोडको केराखेती सखाप
चितवन, २४ वैशाख ः हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ । पन्तको १८… Continue reading असिनापानीले २० करोडको केराखेती सखाप
एउटै गाउँका तीन बालबालिका नदीमा बेपत्ता
खोटाङ, २४ वैशाख ः एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि बराहापेाखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।… Continue reading एउटै गाउँका तीन बालबालिका नदीमा बेपत्ता
आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते
पर्सा, २४ वैशाख ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ… Continue reading आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते
तेजाप छर्किंदा एक गम्भीर घाइते
चितवन, २४ वैशाख ः भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा… Continue reading तेजाप छर्किंदा एक गम्भीर घाइते
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
दाङ, २४ वैशाख ः विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ । त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँं सहजरुपमा पुग्नका लागि सिँढी निर्माण कार्यको थालनी भएको छ । पृथक पौराणिक महत्वका दुवै मन्दिर सिँढीले जोडिएपछि त्यहाँको धार्मिक… Continue reading पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध
बैतडी, २४ वैशाख ः बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा… Continue reading बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध
नदीमा डुबेर बेपत्ता बालकको शव फेला
धनकुटा, बैशाख २४ःधनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव आइतबार फेला परेको छ । एक साता अघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका ६ बस्ने चन्द्र सिंह राईको १४ बर्षका छोरा राम कुमार राईको शव आईतबार फेला परेको हाे। आइतबार साँझ… Continue reading नदीमा डुबेर बेपत्ता बालकको शव फेला
गोरुगाढाबाट लडेर मृत्यु
उदयपुर, बैशाख २४ ःउदयपुरको बेलका नगरपलिका–२ करैयामा गोरुगाढाबाट लडेर एक जनाको ज्यान गएको छ । गोरु गाढाबाट खस्दा छातीमा चोट लागेका सोही ठाउँ बस्ने ६५ वर्षीय बेचन चौधरीको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको प्रहरी चौकी भागलपुरले जनाएको छ । जंगलबाट दाउरा लिएर घरतर्फ फर्कदै गर्दा अचानक गोरु गाढाबाट खस्दा चौधरीलाई छातीमा चोट लागेर घाइते भएका… Continue reading गोरुगाढाबाट लडेर मृत्यु
लेक लागेर जापानी नागरिकको मृत्यु
सोलुखूम्बु, बैशाख २४ ःसोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका –४ स्थित लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ । सगरमाथा आरोहणका क्रममा लेक लागेर विरामी परेका बर्ष ४२ को कुगा टाकाहिरोको उपचारका लागी पासाङल्हामु निकोल निकिल अस्पताल लुक्ला ल्याउने क्रममा आइतबार अपरान्ह ३ बेज मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । टाकाहिरो… Continue reading लेक लागेर जापानी नागरिकको मृत्यु
लागुऔषधसहित तीन जना पक्राउ
झापा, बैशाख २४ ः झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेची पुल नजिकैबाट भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाएको अवस्थमा लागुऔषध नाईट्रोजन ट्याबलेट ४२–पिस र स्पामोप्रोक्सिङ –२१ पिस बरामद भएको छ । बरमाद… Continue reading लागुऔषधसहित तीन जना पक्राउ
राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ, २३ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो… Continue reading राष्ट्रपतिसँग शिष्टाचार भेट
छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट
डोल्पा, २३ वैशाखः यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस… Continue reading छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
चितवन, २३ वैशाख ः भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल… Continue reading मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै
पाल्पा, २३ वैशाख ः पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हँुगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य… Continue reading कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै
आगलागी पीडितलाई घर हस्तान्तरण
बाबियाचौर, म्याग्दी २३ वैशाख गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई… Continue reading आगलागी पीडितलाई घर हस्तान्तरण
सडक निर्माण विवादमा एकको मृत्यु
गौशाला, २३ वैशाख ः महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच… Continue reading सडक निर्माण विवादमा एकको मृत्यु
प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति
कञ्चनपुर, २२ वैशाख ः शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ । एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो । आगलागीबाट चार परिवारको घर जल्दा रु छ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए । हावाहुरीबाट घरको छानोमा राखेका टायल… Continue reading प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति
ज्येष्ठ नागरिकहरुलाई हातेमालोको सहयोग
टेकराज बन्जरा विराटनगर,बैशाख २२ सामाजिक संस्था ‘परिवर्तनकालागि हातेमालो’ले विराटनगर पुष्पलालचौक स्थित जागृती बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई शनिबार फलफुल वितरण गरेको छ । साप्ताहिक रुपमा विभिन्न सामाजिक कार्य गर्दै आएको सो संस्थाले १२ औँ हप्तामा शनिबार उक्त आश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुका साथै आश्रम परिसरमा सरसफाई समेत गरेको हो । सेवा गर्न कुनै पनि… Continue reading ज्येष्ठ नागरिकहरुलाई हातेमालोको सहयोग
यातायात व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता
विराटनगर , बैशाख २२ःसरकारको निर्णय विरुद्ध उत्रिएका आन्दोलनरत यातायात व्यवसायी सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै झुक्न बाध्य भएका छन् । शुक्रबार गाडी ग्यारेजमा थन्क्याएर आन्दोलित बनेका यातायात व्यवसायीमाथि सरकार कडा रुपमा प्रस्तुत भएको थियो । सरकारले आन्दोलनको नेतृत्व गर्ने यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिमा आबद्ध व्यवसायीलाई पक्राउ गर्नेदेखि रुट परमिट खारेजी र… Continue reading यातायात व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता
अज्ञात समूहद्धारा गाडीमा आगजनी
इलाम, २२ वैशाख ः मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ । बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी… Continue reading अज्ञात समूहद्धारा गाडीमा आगजनी
अवकाश रोज्नेलाई स्वीकृति माग
काठमाडौँ, २२ वैशाख ः नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताए। उनले अहिलेसम्म नौ हजार ६८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी… Continue reading अवकाश रोज्नेलाई स्वीकृति माग
दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर
नुवाकोट, २१ वैशाख ः नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहयोगी चालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले… Continue reading दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर
बस व्यवसायी समितिका पदाधिकारीहरु गिरफ्तार
बुटवल, २१ वैशाख ः यातायात व्यवसायी संस्थाहरुको आह्वानमा सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका व्यावसायिक संस्थाका नेतालाई स्थानीय प्रशासनले कारवाही थालेको छ । सरकारले हालै जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले आज आ–आफ्ना सवारी साधन रोकेर आन्दोलनमा उत्रिएपछि व्यवसायीलाई प्रहरीले पक्राउ गर्न थालेको छ । प्रहरीले पश्चिम नेपाल बस व्यवसायी… Continue reading बस व्यवसायी समितिका पदाधिकारीहरु गिरफ्तार
सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने
काठमाडौँ, २१ वैशाख ः सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी… Continue reading सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने
बन्द हडताल स्वीकार्य हुँदैन ः वाइसिएल
काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गरेका छन् । तीव्र… Continue reading बन्द हडताल स्वीकार्य हुँदैन ः वाइसिएल
तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
म्याग्दी, २१ वैशाख ः कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ । प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री… Continue reading तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
गोरुले हान्दा विष्टको मृत्यु
जाजरकोट, २१ वैशाख ः आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताए । रासस
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
मोरङ, बैशाख २१ः मोरङको रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपालथानको क १ ख २७८१ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो। ठक्करबाट… Continue reading स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित
काठमाडौँ, २१ वैशाख ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । महासंघका महासचिव सरोज सिटौलाले… Continue reading यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित
लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद
काठमाडौँ २० वैशाख ः नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए। उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद… Continue reading लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद
श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल
काठमाडौँ, २० वैशाख ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन् । विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज काठमाडौँमा सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए। उनले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने… Continue reading श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल
यातायात समितिद्धारा सार्वजनिक यातायात बन्द
दाङ, २० वैशाख ः दाङका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताए । सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा… Continue reading यातायात समितिद्धारा सार्वजनिक यातायात बन्द
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र
मुस्ताङ, २० वैशाख ः मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको… Continue reading प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र
घुससहित नासु यादव पक्राउ
काठमाडौँ, १९ असार ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । माहुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले राजविराज नगरपालिका–६ स्थित… Continue reading घुससहित नासु यादव पक्राउ
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
बारा, १९ वैशाख ः बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए… Continue reading विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड
काठमाडौँ, १९ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गरिन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ । ऊर्जा, जलस्रोत तथा… Continue reading निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड
सीमा विवाद समाधान गर्न माग
काठमाडौँ, १९ वैशाख ः माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो । सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत… Continue reading सीमा विवाद समाधान गर्न माग
सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी
काठमाडौँ, १९ वैशाख ः यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् । वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण… Continue reading सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी
धादिङमा सेनाको गाडी ट्रकमा ठोक्किँदा अागलागी
विराटनगर ः पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित हुलाकडाँडामा दुर्घटनासँगै ट्रकमा आगलागी भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको ना ६ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान आपसमा ठोक्किन पुगेको थियो । दुर्घटनालगत्तै काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको नेपाली सेनाको बा२ग २४६३ नम्बरको ट्रकले दुर्घटनापछि रोकिराखेको ट्रकलाई ठक्कर दिएकोे प्रहरीले… Continue reading धादिङमा सेनाको गाडी ट्रकमा ठोक्किँदा अागलागी
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
सुर्खेत, १९ वैशाख ः कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएकी छिन् । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट… Continue reading कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप
सुर्खेत, १९ वैशाख ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाएका छन् । यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको १० औँ राष्ट्रिय भेलामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक बन्दै गएको दुखेसो गरे । “मुलुक धर्मनिरपेक्ष… Continue reading ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप
गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता
तेह्रथुम, १९ वैशाख ः जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र… Continue reading गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता
भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु
राजविराज, १९ वैशाख ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो म्याजिक भ्यानबाट खसेर गम्भीर… Continue reading भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु
अपांगता भएकालाई बाख्रा वितरण
दाङ, १९ वैशाख ः तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न… Continue reading अपांगता भएकालाई बाख्रा वितरण
भेंडा चढाउन गएका मृत भेटिए
रुकुम, १८ वैशाख ः रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनी घरबाट भेंडा चढाउन गएका थिए । सोमबार असिना पानीसँगै चट्याङ परेको थियो । यस विषयमा थप अनुसन्धान… Continue reading भेंडा चढाउन गएका मृत भेटिए
रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख
काठमाडौँ, १८ वैशाख ः रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री ९कङ्क्रिट० हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । आचार्यले भने, “अबको… Continue reading रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख
सचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव
काठमाडौँ, १८ वैशाख ः उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदनले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सरकारलाई सुझाव दिएको छ । चाँडो सरुवा गर्दा प्रशासनिक काममा समस्या आउने भएकाले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव दिएको समितिका अध्यक्ष काशीराज दाहालले बताए । यस्तै अन्य कर्मचारीलाई पनि… Continue reading सचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव
मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने
ललितपुर, १८ वैशाख ः रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ । यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ । अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने… Continue reading मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने
महानगरले मजदूरमैत्री नीति ल्याउने
विराटनगर, १८ वैशाख ः एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ । ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा… Continue reading महानगरले मजदूरमैत्री नीति ल्याउने
विद्युतीय मोटर प्रयोग गरी खानेपानी
तेह्रथुम, १८ वैशाख ः तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने… Continue reading विद्युतीय मोटर प्रयोग गरी खानेपानी
एउटा कुवाको भरमा दुईसय परिवार
पाल्पा, १८ वैशाख ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का… Continue reading एउटा कुवाको भरमा दुईसय परिवार
मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते
विराटनगर, वैशाख १८ः मोरङको दुई ठाउँमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन्। ग्रामथान गाउँपालिका–५ कौशलिया चौक स्थित विराटनगर बिराटचौक सडक खण्डमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप अपरान्ह ४ बजेतिर आपसमा ठोक्किदा कारमा सवार झापाका ५० बर्षिय… Continue reading मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते
विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह
काठमाडौँ, १७ वैशाख ः तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ । कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या देखापरेको छ । परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको… Continue reading विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह
असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति
कञ्चनपुर, १७ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र… Continue reading असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति
राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास
बुटवल, १७ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गरेकी छिन् । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का… Continue reading राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास