बेहुलो भाग्दा ३५ लाख जरिवाना

झापा, चैत ६ कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै… Continue reading बेहुलो भाग्दा ३५ लाख जरिवाना

‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन

विराटनगर, चैत ५ बाँतर जातिको चिनारी समेटिएको खोजमूलक पुस्तकको विराटनगरमा लोकर्पण गरिएको छ । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गरे । पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको… Continue reading ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन

नारायणी नदिको सरसफाइमा जुटे युवा

चितवन, चैत ५ चितवनको नारायणी नदी बचाउ अभियान अन्र्तगत युवा विद्यार्थीहरु नदी सरसफाईमा जुटेका छन् । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि स्थानीयहरु आफै जागरुप बन्दै यो क्षेत्रको बजार बन्द हुने सोमबारको दिन पारेर बिहानी समयमा सरसफाईमा जुटेका हुन् । आफ्नो घर, टोल सफा गरेमा मात्रै नगर हुँदै समाज र… Continue reading नारायणी नदिको सरसफाइमा जुटे युवा

साजिदले जस्तै अनुपमा र शिक्षाले विराटनगरको नाम राख्लान त ?

विराटनगर, फागुन २९ सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा विराटनगरलगायत पूर्व क्षेत्रकै नेतृत्व गरेर सेकेन्ड रनर अप विराटनगरका साजिद आलम भए । धेरै प्रतियोगिहरुलाई पछि पार्दै उनी म्यान हन्टको सेकेण्ड रनरअप भएर विराटनगरको नाम राख्न सफल भए । यस्तै दौडमा अहिले विराटनगरकी दुइ युवती पनि रहेका छन् । विराटनगरकि अनुपमा बाँस्तोला र शिक्षा संग्रौला… Continue reading साजिदले जस्तै अनुपमा र शिक्षाले विराटनगरको नाम राख्लान त ?

अज्ञात व्यक्तिद्वारा छुरा प्रहार

विराटनगर, फागुन २५ अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ । ईटहरिबाट साथिभाइ सङ भेटघाट गर्न आएका अनिस सुवेदी माथी छुरा प्रहार भएको छ  । घटनामा परेका सुबेदीको उपचार विराटनगर लायफ गार्ड हस्पिटलमा भइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् । थप विवरण आउन बाकी

स्कुटर चोरेको अभियोगमा पक्राउ

काठमाडौँ, २५ फागुन  ः नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङबाट नक्कली साँचो प्रयोग गरी स्कुटर चोरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौँका रोशन जोशी र सिन्धुलीका सुशान आले मगरलाई चोरी गरिएका तीन थान स्कुटरसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । प्रहरीले अभियुक्तका साथबाट… Continue reading स्कुटर चोरेको अभियोगमा पक्राउ

हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल प्रथम

 अमर पासवान  सिरहा फागुन २५ गते जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल मिर्चैया प्रथम भएको छ । सिरहा युवा संजालको आयोजनामा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगता विहिवार सम्पन्न भएका छन् । सिरहाको नरहा गाउपलिकामा स्थित श्री जनता बनवाली उच्च माध्यमिक विद्यालयमा वर्छावा, नरहाको प्रागणमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा बिजेता विद्यालयहरु टाईम्स… Continue reading हाजरी जवाफ प्रतियोगितामा टाईम्स स्कुल प्रथम

कुटपिटमा संलग्न पक्राउ

मंगलबारे, इलाम, २५ फागुन  ः सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय… Continue reading कुटपिटमा संलग्न पक्राउ

१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न कार्यक्रम

 सिरहा,फाल्गुन २४ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विहिवार सिरहामा विभिन्न कार्यक्रम गरिएको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसमा विभिन्न संघसंस्थाको समन्वयमा सिरहा सदरमुकाममा रयाली, सडक नाटक, दौड, मटका फोर र अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सहिद राजेश ठाकुर पार्क नजिकै महिला हिंसा, दहेज विरुद्ध र… Continue reading १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न कार्यक्रम

नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने ः सभापति देउवा

काठमाडौँ, २४ फागुन  ः नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताए । नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ भने ।… Continue reading नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने ः सभापति देउवा

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

उर्लाबारी, मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र त्यसका… Continue reading मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

वृद्धको शव फेला

महोत्तरी, फागुन २२  ः गौशालामा एका वृद्धको शव कुहिएको अवस्थामा आज फेला परेको छ । गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो । उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिए… Continue reading वृद्धको शव फेला

बिरामी भारत लैजाने पक्राउ

सुरुङ्गा, झापा, २२ फागुन  ः उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पु¥याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ ।… Continue reading बिरामी भारत लैजाने पक्राउ

दुर्घटनामा ६ महिनामा ३३ जनाको मृत्यु

लहान, २० फागुन  ः चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् । साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।… Continue reading दुर्घटनामा ६ महिनामा ३३ जनाको मृत्यु

होलि विषेश कार्यक्रम भब्य रुपमा सम्पन्न (फाेटाे फिचर सहित)

विराटनगर, फागुन १८ विराटनगरमा बिहिबार विभिन्न संघ संस्था तथा युवा सञ्जालहरुको आयोजनामा होलि विषेश कार्यक्रम भब्य रुपमा सम्पन्न भएका छन् । विराटनगर ट्राफिक चोक स्थित क्रिएटीभ आइको मुख्य आयोजन, विराटनगर जुनियर जेसिस तथा विराटनगरका विभिन्न संघ संस्था र युवा सञ्जालहरुको सहकार्यमा बिहिबार दिउँसो २ बजेदेखी होलि विषेश कार्यक्रम सम्पन्न‌ भएका छन् । विराटनगर जुनियर जेसिस, विराटनगर… Continue reading होलि विषेश कार्यक्रम भब्य रुपमा सम्पन्न (फाेटाे फिचर सहित)

विराट व्यापार संघको ‘होलि मिलन’ भब्यरुपमा सम्पन्न

विराटनगर, फागुन १६ विराट व्यापार संघले प्रत्येक वर्ष आयोजना गर्दैै आएको होलि मिलन कार्यक्रम यसवर्ष पनि भब्य रुपमा आयोजना गरेको छ । विक्रम सम्वत २०५७ साल देखी प्रत्येकवर्ष होलि पर्वको अबसर पारेर संघले हालि मिलन कार्यक्रमलाई निरन्तरता दिए आएको हो । आपसमा सदभाव र भारईचार अभिबृद्धि गर्ने र होलि पर्व सौहार्दपुर्ण वातावरणमा मनाउनुपर्छ भन्ने सन्देश… Continue reading विराट व्यापार संघको ‘होलि मिलन’ भब्यरुपमा सम्पन्न

रंगशालाका लागि ३४ करोड बजेट

दाङ, १६ फागुन  ः बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन… Continue reading रंगशालाका लागि ३४ करोड बजेट

खानेपानी आयोजनाले सदरमुकामवासी हर्षित

रोल्पा, १६ फागुन ः उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या खेप्दै आएका सदरमुकामवासी बृहत् खानेपानी आयोजना शुरु भएपछि हर्षित भएका छन् । रोल्पा सदरमुकाम लिवाङमा साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना शुरु भएसँगै सदरमुकामवासी खुशी भएका हुन् । सदरमुकाम लिवाङभित्र पर्ने रोल्पा नगरपालिका–१, २, ४, ६ र ७ मा सञ्चालन गर्ने गरी प्रस्ताव गरिएको… Continue reading खानेपानी आयोजनाले सदरमुकामवासी हर्षित

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ, १६ फागुन  ः मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ । केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु… Continue reading ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

सुर्खेत, १५ फागुन  ः मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु… Continue reading दुर्घटनामा तीनको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, १३ फागुन  ः सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले… Continue reading बसको ठक्करबाट एकको मृत्यु

महायज्ञबाट तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन  ः ¬लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ… Continue reading महायज्ञबाट तीन करोड संकलन

चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि… Continue reading चर्चित अभिनेत्री श्रीदेवीको निधन

छोराको रड प्रहार बाट आमाको मृत्यु

 सिरहा फागुन ११ । सिरहाको लक्ष्मीपुर वडा नं ४ मा छोराको रड प्रहार बाट महिलाको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए। रड… Continue reading छोराको रड प्रहार बाट आमाको मृत्यु

सिरहाको लहानस्थित मुख्य चोकमा बम विस्फोट

लहान : सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ। बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन्। टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको छ।इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति… Continue reading सिरहाको लहानस्थित मुख्य चोकमा बम विस्फोट

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

मंगलबारे, इलाम ९ फागुन  ः इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । झापा गौरीगञ्ज… Continue reading होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

तीनजना बन्दकर्ता पक्राउ

दाङ, ८ फागुन  ः दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । परियारले बन्दको अवज्ञा गरेको… Continue reading तीनजना बन्दकर्ता पक्राउ

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन  ः बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।… Continue reading जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

मिनीट्रकले ठक्करले मृत्यु

भक्तपुर, ७ फागुन  ः चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ । माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी… Continue reading मिनीट्रकले ठक्करले मृत्यु

राससको ५७औँ वार्षिकोत्सव शुरु

काठमाडौँ–राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ । सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले वार्षिकोत्सव समारोहको उद्घाटन गरे । समारोहमा आमन्त्रित विशिष्ट अतिथि, राससका उच्च पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार, कर्मचारीलगायतको उपस्थिति छ । यस समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रजातन्त्रको अनुभुति नभएको गुनासो

सिरहा– प्रजातन्त्र स्थापनाको आधा सताव्दी वितिसक्दा पनि जनताले अझै त्यसको अनुभुति गर्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा गोलबजार नगारपालीकाले सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले प्रताजन्त्र जनताले जनताको लागि गर्ने शासन व्यवस्था भनेपनि सिमिति व्यक्तिहरुले यसको उपभोग गरेको गुनासो गरेका हुन् । जुनसुकै व्यवस्था आएपनि नेपाली जनताले त्यसको सहि उपयोग… Continue reading प्रजातन्त्रको अनुभुति नभएको गुनासो

जंगली हात्तीले २१ घर भत्काए

भीमदत्तनगर, ७ फागुन  ः कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर… Continue reading जंगली हात्तीले २१ घर भत्काए

मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल

काठमाडौं : विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन। स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन… Continue reading मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल

वडाध्यक्षका हराएका छोरा मृत फेला

जितपुर, कपिलवस्तु, ७ फागुन  ः चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले… Continue reading वडाध्यक्षका हराएका छोरा मृत फेला

अन्तर्राष्ट्रिय कृषि मेलामा रु १० करोड कारोवार

काठमाडौँ, ६ फागुन  ः झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा रु… Continue reading अन्तर्राष्ट्रिय कृषि मेलामा रु १० करोड कारोवार

लागुऔषधसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०÷२० थान एम्पुल तथा गाँजा… Continue reading लागुऔषधसहित तीन जना पक्राउ

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा, ६ फागुन  ः हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडाबाट… Continue reading पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

आगलागीमा मृत्यु

काठमाडौँ, ५ फागुन : कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार… Continue reading आगलागीमा मृत्यु

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक, ४ फागुन  ः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४०… Continue reading ट्रक दुर्घटनामा तीनको मृत्यु

विराटनगरका थापा नेपाल राष्ट्रीय जुनियर जेसीजको संयोजक नियुक्त

विराटनगरका एक युवा अभियन्ता तथा सामाजीक संस्था विराटनगर जुनियर जेसीजका भुतपुर्व अध्यक्ष समेत रहेका अभिनास थापा नेपाल भरिको जुनियर जेसीजको राष्ट्रीय संयोजक नियुक्त भएका छन। थापा नेपाल भरिको जुनियर जेसीजको संयुक्त सर्वसम्मत सिफारिस र नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष श्रीधर वस्यालको मनोयनमा संयोजक नियुक्त भएका हुन। लायन्स क्लव विराटनगर युनाईटेड, पिएन नेपाल जस्तो संस्थावाट युवा सम्मान… Continue reading विराटनगरका थापा नेपाल राष्ट्रीय जुनियर जेसीजको संयोजक नियुक्त

चुरेको फेदीमा महिलाको शव

कञ्चनपुर, ४ फागुन  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ । शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

बसको ठक्करबाट दुईजनाको मृत्यु

दाङ, ३ फागुन  ः लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए छ ।… Continue reading बसको ठक्करबाट दुईजनाको मृत्यु

कारको ठक्करबाट वृद्धको मृत्यु

पथरी, मोरङ, २ फागुन  ः पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर… Continue reading कारको ठक्करबाट वृद्धको मृत्यु

चिकित्सकको लाप्रवाहीले खातुनको मृत्यु

विराटनगर÷ चिकित्सकको लाप्रवाहीका कारण विराटनगर सिटी हस्पिटलमा एकजना विरामीको मृत्यु भएको छ । उपचार गर्न आएकी समिना खातुनको गएराती मृत्यु भएको हो । उपचारमा डाक्टर सितलप्रसाद यादवको लाप्रवाहीका कारण ४२ बर्षिय समिनाको मृत्यु भएको भाई नासिर अन्सारीले जानकारी दिए । उनी अचानक विरामी भएपछि आफन्तले कुदाएर विराटनगर सिटी हस्पीटल ल्याएका थिए । बिहिवार राती डक्टरलाई… Continue reading चिकित्सकको लाप्रवाहीले खातुनको मृत्यु

नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी सुरु

काठमाडौँ– महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले त्रिदिवसीय बृहत् प्रदर्शनी आयोजना गरेको छ ।  ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको आज यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरवगाथा समेटिएका तस्वीरदेखि… Continue reading नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी सुरु

रोलरले च्यापेर एकको मृत्यु

चितवन, २५ माघ  ः भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार को१क ४७८ नंको रोलरले आज बिहान काम गर्ने क्रममा डुम्रे घर भएका तेस्रोलिङ्गी कृष्ण गुरुङलाई च्यापेको हो । रोलरले च्यापेपछि घाइते गुरुङलाई भरतपुर अस्पतालमा ल्याइएकामा अस्पतालले… Continue reading रोलरले च्यापेर एकको मृत्यु

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

भक्तपुर, २४ माघ  ः आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब… Continue reading मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु

काठमाडौँ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गरेको छ । प्रभागले प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रत्येक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । प्रहरीले बसपार्क वरपरको सरसफाइ, प्रभाग वरपर गमलामा पुष्परोपण, पैदलमार्ग र आकाशेपुलमा रहेका पसल… Continue reading ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु

आगलागीमा रु दश लाख क्षति

नगरकोट, २३ माघ  ः चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २.३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता… Continue reading आगलागीमा रु दश लाख क्षति

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

उर्लाबारी, मोरङ, २३ माघ  ः बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका… Continue reading रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

गैँडाको आक्रमणबाट एकको मृत्यु

रत्ननगर, चितवन, २३ माघ  ः चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोजी गर्ने क्रममा सोही राति उनको… Continue reading गैँडाको आक्रमणबाट एकको मृत्यु

टिपर दुर्घटनामा दुईजनाको मृत्यु

महेन्द्रनगर, धनुषा, २१  ः धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका… Continue reading टिपर दुर्घटनामा दुईजनाको मृत्यु

भीडबाट खसेर मृत्यु

रुकुम, २१ माघ  ः रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading भीडबाट खसेर मृत्यु

व्यवसायी चेतन निरौलाद्धारा जन्म दिनमा विपन्न वालवालिकालाई २ सय जोर स्कुल जुत्ता वितरण

किशोर विश्वकर्मा विराटनगर, माघ १७ विराटनगरका व्यवसयी चेतन निरौलाले आफ्नो जन्म दिनका अबसरमा सरकारी विद्यालयमा अध्यनरत आर्थिक रुपले विपन्न परिवारका वालवालिकालाई २ सय जोर स्कुल जुत्ता र मोजा वितरण गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष र लायन्स क्लब अफ विराटनगर युनिकका चार्टर सदस्य समेत रहेका निरौलाले आफ्नो ४४ औँ जन्म… Continue reading व्यवसायी चेतन निरौलाद्धारा जन्म दिनमा विपन्न वालवालिकालाई २ सय जोर स्कुल जुत्ता वितरण

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, १७ माघ  ः सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्ँिटदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ… Continue reading ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

दृष्टिविहीन दम्पत्तिलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग

उर्लावारी, माघ १४ मोरङको रतुवामाई नगरपालिकाका ज्येष्ठ दम्पत्तिले जिल्लाको उर्लाबारी ५ का दृष्टिविहीन दम्पत्तिलाई व्यवसायिक आर्यआर्जनका लागि ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् । . रतुवामाई नगरपालिका ५ गोविन्दपुरका ७७ वर्षीय जागिरमान दुमी राई र उनकी श्रीमती ६९ वर्षीया सुवासी राईले दृष्टिविहीन दम्पत्ति राजकुमार र इन्दिरा राईलाई घरमै पुगेर सो… Continue reading दृष्टिविहीन दम्पत्तिलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग

गार्डको हत्या, ठक्करबाट एकको मृत्यु

काठमाडौँ, १५ माघ  ः काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको… Continue reading गार्डको हत्या, ठक्करबाट एकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट मृत्यु

राजविराज, १४ माघ  ः सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ । सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ… Continue reading ट्र्याक्टरको ठक्करबाट मृत्यु

नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघको चौथो अधिवेशन सम्पन्न

किशोर विश्वकर्मा विरटनगर, माघ १३ नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरङको अधिवेशन सम्पन्न भएको छ । उक्त संघ चौथो अधिवेशन शनिवार विराटनगरमा सम्पन्न भएको हो । अधिवेशनले सहवाज हकको को अध्यक्षतामा ११ सदस्यीय सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा हमिद खान, महिला उपाध्यक्ष संगिता थापा , सचिवमा इमरान हुसैन,… Continue reading नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघको चौथो अधिवेशन सम्पन्न

किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

खोटाङ,माघ १२ नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ । किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको एँेसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् । किरात राई जातिको… Continue reading किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

ताप्लेजुङमा हिमपात

vf]8k] ahf/df lxdkft bz/yrGb /fhdfu{cGtu{t vf]8k] ahf/df k/]sf] lxpF . zlgaf/ /flt k/]sf] ef/L lxdkftn] cj?¢ ag]sf] /fhdfu{ cfOtaf/ lbpF;f]af6 ;~rfngdf cfPsf] 5 . tl:a/ Mljgf]b l;+x lji6, a}t8L, /f;;

ताप्लेजुङ, ११ माघ  ः ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् । हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ… Continue reading ताप्लेजुङमा हिमपात