भारतमा खेल्न पाकिस्तानले राख्यो अर्को शर्त

२४ असार, एजेन्सी । भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न जानका लागि पाकिस्तान सरकारले अर्को शर्त अघि सारेको छ । पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले एसिया कप क्रिकेटका लागि भारतीय टोली पाकिस्तान खेल्न नआए पाकिस्तानले पनि विश्वकपका लागि तटस्थ मैदानको माग गर्ने दाबी गरेका छन् । भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म… Continue reading भारतमा खेल्न पाकिस्तानले राख्यो अर्को शर्त

एमालेले अवरोध हटाउने भनेपनि संसद बैठक किन सर्याे ?

२४ असार काठमाण्डौ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि आज एक बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ ।… Continue reading एमालेले अवरोध हटाउने भनेपनि संसद बैठक किन सर्याे ?

मर्निङ वाकमा हिंड्नेको सुनको सिक्री लुट्ने समूह पक्राउ

२४ असार, काठमाण्डौ । मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई पक्राउ गरेको हो । उनीहरुको समूहले १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेको प्रहरीको दाबी छ । प्रहरीका… Continue reading मर्निङ वाकमा हिंड्नेको सुनको सिक्री लुट्ने समूह पक्राउ

वैज्ञानिकहरुले फेला पारे ब्रह्माण्डसँगैको ब्ल्याक होल

२४ असार, एजेन्सी । ब्ल्याक होल हाम्रो अन्तरिक्षमा सबैभन्दा रहस्यमय चीजहरू मध्ये एक हो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पछिल्लो समय वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपको सहयोगमा सबैभन्दा टाढाको सुपरमासिभ ब्ल्याक होल पत्ता लगाएको घोषणा गरेको छ । यो ब्ल्याक होल यति पुरानो छ कि ब्रम्हाण्डको सृष्टि भएको ५७ करोड वर्षपछि नै अस्तित्वमा आएको छ ।… Continue reading वैज्ञानिकहरुले फेला पारे ब्रह्माण्डसँगैको ब्ल्याक होल

दिल्लीमा मनसुनको १५ प्रतिशत वर्षा १२ घण्टामा

२४ असार, एजेन्सी । छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली यो मनसुनी सिजनको पहिलो भारी वर्षाले जलमग्न भएको छ । डुबानमा परेपछि सामाजिक सञ्जालमा जनताको आक्रोश देखिएको छ । यस्तो अवस्थामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै विभागका अधिकारीहरूलाई आइतवारको बिदा रद्द गरेर मैदानमा जान निर्देशन दिएका छन्। केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘हिजो दिल्लीमा १२६ मिलिमिटर… Continue reading दिल्लीमा मनसुनको १५ प्रतिशत वर्षा १२ घण्टामा

अमेरिकामा अवतरण हुनु अघि एयरपोर्ट नजिकै विमान दुर्घटना, ६ जनाको मृत्यु

२४ असार, एजेन्सी । अमेरिकामा विमान दुर्घटना भएको छ । विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। लस एन्जलस र सान डिएगोको बीचमा रहेको क्यालिफोर्नियाको मुरिटा सहरको एयरपोर्ट नजिकै एउटा सानो विमान दुर्घटना भएको छ । रिभरसाइड काउन्टी सेरिफको विभागले आपतकालीन सेवाहरूले फ्रेन्च भ्याली एयरपोर्ट बाहिरको मैदानमा विमान फेला पारेको बताएको छ। त्यसपछि यो विमान आगोले… Continue reading अमेरिकामा अवतरण हुनु अघि एयरपोर्ट नजिकै विमान दुर्घटना, ६ जनाको मृत्यु

आरजुलाई पैसा दिएको भन्ने अडिओ शरणार्थी प्रकरणका अभियुक्तको

२४ असार,काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको हो । अडियोमा बोल्ने व्यक्ति… Continue reading आरजुलाई पैसा दिएको भन्ने अडिओ शरणार्थी प्रकरणका अभियुक्तको

कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

२४ असार, काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू समाजवादी मोर्चामा नअटाएपछि यो मोर्चा गठनको रहस्य खोलेका छन् । उनले रहस्यमय ढंगले एकतर्फी रूपमा समाजवादी मोर्चाको घोषणा गरिएको बताएका छन् । आफूहरूसँग परामर्श र छलफलविनै चारदलीय सो मोर्चाको घोषणा गरिएको उनको भनाइ छ । शनिबार राति सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस र… Continue reading कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

इंग्ल्याण्डले उचाल्यो युरोकपको उपाधि

२४ असार,एजेन्सी । स्पेनलाई हराउँदै यु–२१ युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ। चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले ३९ वर्षपछि उपाधिको खडेरी तोड्यो। इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् १९८४ मा जितेको थियो। अन्तिम मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इंग्ल्याण्डको गोलरक्षक जेम्स ट्राफोर्डले रोकेपछि इंग्ल्याण्ड विजयी भयो। पहिलो हाफको अतिरिक्त समयमा… Continue reading इंग्ल्याण्डले उचाल्यो युरोकपको उपाधि

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार, काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको… Continue reading आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा बैंकिङ कसुर ह्वातै बढ्यो

२३ असार,काठमाण्डौ । गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ । गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षको सोही तीन महिनाको समयमा १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर… Continue reading नेपालमा बैंकिङ कसुर ह्वातै बढ्यो

अज्ञात रोगले एउटै गाउँमा ३०० बढी बिरामी

२३ असार,काठमाण्डौ । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।… Continue reading अज्ञात रोगले एउटै गाउँमा ३०० बढी बिरामी

एसईई : प्राप्त ग्रेडमा चित्त नबुझे साउन ५ गतेसम्म आवेदन दिनुपर्ने

२३ असार, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । बढीमा दुई… Continue reading एसईई : प्राप्त ग्रेडमा चित्त नबुझे साउन ५ गतेसम्म आवेदन दिनुपर्ने

हरियाणामा अविवाहितले मासिक भत्ता पाउने

Hand with Indian thousand rupee notes

२३ असार,एजेन्सी । भारतको हरियाणा राज्यमा अबदेखि अविवाहितले मासिक भत्ता पाउने भएका छन् । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला–पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गरेका हुन् । अविवाहित महिलापुरूष मात्रै होइन पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन् । बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा… Continue reading हरियाणामा अविवाहितले मासिक भत्ता पाउने

आदिपुरुषका लेखकले मागे माफी

२३ असार, एजेन्सी । रामायणबाट प्रभावित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि सुरुमा माफी माग्न अस्वीकार गरेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत क्षमायाचना गरेका हुन् । समाजिक… Continue reading आदिपुरुषका लेखकले मागे माफी

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपालको टोली कस्तो छ ?

२३ असार, काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । श्रीलंकामा अर्को हप्तादेखि शुरु हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा देव खनालदेखि स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पूनरागमन गरेका छन्… Continue reading इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपालको टोली कस्तो छ ?

चीनले ल्यायो विदेश नीतिसम्बन्धी नयाँ कानुन/बीआरआईलाई भारतको असहयोग

२३ असार, एजेन्सी । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)लाई लिएर भारतले आफ्नो असहमति फेरि एक पटक दोहोर्याएको छ । चीनको नेतृत्वमा अघि बढेको सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भारतले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई समर्थन गरेन । भारतले गत मंगलबार एससीओ शिखर सम्मेलनको आयोजना गरेको थियो । भर्चुअल रुपमा आयोजना गरिएको शिखर सम्मेलनमा… Continue reading चीनले ल्यायो विदेश नीतिसम्बन्धी नयाँ कानुन/बीआरआईलाई भारतको असहयोग

ओलीले माओवादीलाई दिए रअ को जवाफ रअ

२२ असार,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी समेत गरेका छन् ।… Continue reading ओलीले माओवादीलाई दिए रअ को जवाफ रअ

कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता/आइतबार छिनोफानो हुने

२२ असार,विराटनगर । कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै रिट दर्ता गराएका छन् । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । रिटमा कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश;… Continue reading कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता/आइतबार छिनोफानो हुने

बालेनको गुन तिर्दै हर्कले भने करोडौंका प्रधानमन्त्री

२२ असार, विराटनगर । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक दर्जन स्वतन्त्र जनप्रतिनिधि मध्ये एक वर्षको अवधिमा जनतामाझ चर्चाको शिखरमा रहेका दुई मेयर हुन् काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह वालेन र धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । संजोक मात्रै हो निर्वाचनमा दुवैको चुनाव चिन्ह थियो लौरो । त्यस बाहेक कुनै ब्यक्तिगत र राजनीतिक… Continue reading बालेनको गुन तिर्दै हर्कले भने करोडौंका प्रधानमन्त्री

आखिर कहाँ गए वाग्नर प्रमुख प्रिगोजिन ?

२२ असार, एजेन्सी । बेलारुसमा शरण लिएका भनिएका वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिन हराएको आशंका गरिएको छ । गत महिना बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्ततामा वाग्नर समूहले कु का लागि मस्कोतर्फ बढाएको कदम फिर्ता लिएको थियो र प्रिगोजिनसहित यो समूह बेलारुस प्रस्थान गरेको स्वयं लुकासेन्कोले नै मिडियामा बताएका थिए । लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसले शरण दिन… Continue reading आखिर कहाँ गए वाग्नर प्रमुख प्रिगोजिन ?

सन्दीप र दीपेन्द्र विनाको इमर्जिङ कप कस्तो होला ?

२२ असार,एजेन्सी । विश्व चर्चित लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् । जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ… Continue reading सन्दीप र दीपेन्द्र विनाको इमर्जिङ कप कस्तो होला ?

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने शेखर कोइरालाको भनाई

२२ असार,विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गरे । नेता डा।कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल… Continue reading सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने शेखर कोइरालाको भनाई

मोरङ कारागारमा ४ सय कैदीबन्दीको निःशुल्क स्वास्थ परीक्षण

२२ असार, विराटनगर । मोरंग कारागारमा रहेका कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ । लाइफ लङ पोली क्लिनिकको समन्वयमा मोरंग कारागार आन्तरिक प्रशासनले शिविर आयोजना गरेको हो । विहीबार सम्पन्न सो स्वास्थ शिविरमा कारागारमा रहेका ४ सय कैदीबन्दीहरुलाई निःशुल्क स्वास्थउपचार तथा औषधि वितरण गरिएको छ । शिविरमा लाइफ लङ पोली क्लिनिकका आधा दर्जनबढी… Continue reading मोरङ कारागारमा ४ सय कैदीबन्दीको निःशुल्क स्वास्थ परीक्षण

कोशीका मुख्यमन्त्रीले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

२२ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ लिएका छन् । उनी हिजो बिहीबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । थापालाई आज प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आफूले शपथ लिएलगत्तै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । पहिलो चरणमा… Continue reading कोशीका मुख्यमन्त्रीले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्सकी पोखरेललाई

२१ असार,विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको महिला पत्रकार प्रोत्साहन पुरस्कार यस वर्ष नेपाल टाइम्सकी समाचार संयोजक रन्जिता पोखरेललाई प्रदान गर्ने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको स्थापना दिवसको अवसर पारेर एक दशकदेखि सक्रिय पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन्… Continue reading महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्सकी पोखरेललाई

नासु कुटिएको प्रकरणमा ७ बुँदे सहमति /कसरी मिल्यो लफडा ?

२१ असार,काठमाण्डौ । ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङ अधिवक्ता अमिर लामिछानेबाट कुटिएको भनिएको प्रकरणमा सात बुँदे सहमति भएको छ। गएको असार १३ गते साँझ ललितपुर जिल्ला अदालतमा अधिवक्ता लामिछानेले नासु तामाङमाथि हातपात गरेपछि विवाद सुरु भएको थियो। विवादलाई समाधान गर्ने प्रयोजनार्थ ललितपुर जिल्ला अदालतबाट गठन भएको वार्ता समिति तथा ललितपुर बार एशोसिएशनका तर्फबाट… Continue reading नासु कुटिएको प्रकरणमा ७ बुँदे सहमति /कसरी मिल्यो लफडा ?

प्रधानमन्त्रीको अभिब्यक्तिको सचिवालयले गर्याे बचाउ

२१असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ। अभिव्यक्तिबाट प्रधानमन्त्री प्रचण्ड विवादमा परेपछि उनको सचिवालयले बचाउ गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न… Continue reading प्रधानमन्त्रीको अभिब्यक्तिको सचिवालयले गर्याे बचाउ

पुटिनको फेरि बज्यो घण्टी, प्रिगोजिन रुस फर्किए,अब के हुन्छ ?

२१ असार, एजेन्सी । बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले रूसी निजी सेना कम्पनी वाग्नर समुहका नेता येभगेनी प्रिगोजिन देश फिर्ता भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्धको असफल विद्रोह र त्यसपछि बेलारुसमा शरण लिएको घटनापछि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन स्वदेश फर्किएका हुन् । लुकाशेन्कोले अहिले प्रिगोजिन रूसी सहर सेन्ट पीटर्सबर्गमा भएको बताएका हुन्… Continue reading पुटिनको फेरि बज्यो घण्टी, प्रिगोजिन रुस फर्किए,अब के हुन्छ ?

माओवादी नेताहरूलाई बीजेपीको चुलै निम्तो !

२१ असार,एजेन्सी । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी प्रितम सिंहले पहल गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिब्यक्ति दिएपछि राजनीतिक तरंगित बनिरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमण गराउने तयारी गरेको खबर बाहिरिएको छ । भारतको दिल्लीस्थित भाजपाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा अध्यक्ष जेपी नड्डाले माओवादी केन्द्रका… Continue reading माओवादी नेताहरूलाई बीजेपीको चुलै निम्तो !

एसइई को नतिजा सार्वजनिक,कसरी हेर्ने?

२१ असार,काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा… Continue reading एसइई को नतिजा सार्वजनिक,कसरी हेर्ने?

क्यानका महानिर्देशकलाई दोस्रोपटक मन्त्रीले सोधे स्पष्टीकरण

२१ असार, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो । तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ… Continue reading क्यानका महानिर्देशकलाई दोस्रोपटक मन्त्रीले सोधे स्पष्टीकरण

प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष

२१ असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई भारतीयहरुले प्रधानमन्त्री बनाएको भन्दै दिएको अभिब्यक्तिको विरोधस्रुप संसद अवरुद्ध पार्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा मागिरहँदा सत्तारुढ दलहरुले भने प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको कदम नै असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता… Continue reading प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष

सुनचाँदीको भाउमा सामान्य वृद्धी

२१ असार,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा… Continue reading सुनचाँदीको भाउमा सामान्य वृद्धी

बलात्कार प्रकरणमा कसरी जोडियो एलओडी ?

२१ असार, काठमाण्डौ । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि विश्व चर्चित नाइट क्लब एलओडीका संचालकहरु एक सातादेखि फरार रहेका छन् । क्लबमा सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको… Continue reading बलात्कार प्रकरणमा कसरी जोडियो एलओडी ?

ट्विटरलाई टक्कर दिने थ्रेड्सको लोप्रियता बढ्यो

This photo, taken in New York on Wednesday, July 5, 2023, show the logo for Meta's new app Threads, right, and that of Twitter. Meta is poised to unveil the new app that appears to mimic Twitter — a direct challenge to the social media platform owned by Elon Musk. A listing for the Threads app appeared on Apple's App Store, indicating it would debut as early as Thursday. (AP Photo/Richard Drew)

२१ असार, एजेन्सी । विश्वकै सर्वाधिक प्रयोगकर्ता भएको सामाजिक संजाल मध्येको एक फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक गरेको छ । यो एप करिब १०० देशमा आईओएस र एन्ड्रोइडका लागि उपलब्ध भएको छ । एक सार्वजनिक भएसँगै केही घण्टामै यसले उच्च लोप्रियता हासिल गरेको छ । मेटा प्रमुख मार्क जुकरबर्गले… Continue reading ट्विटरलाई टक्कर दिने थ्रेड्सको लोप्रियता बढ्यो

मनिलाको सडकभरि पैसा, टिप्नेहरुको भीड, के हो वास्तविकता ?

२१ असार,एजेन्सी । अहिलेसम्म पैसाको वर्षा शब्दावलीमा मात्र प्रयोग गरिदै आएको छ । तर पछिल्लो समय फिलिपिन्समा तटीय राजमार्गमा पैसाको वर्षा भएको जस्तै दृश्य देखिएको छ । केही बेरमा सडकमा खसेको पैसा उठाउन चालक र यात्रुको भीड लागेको देखिन्छ । तर यो कुनै चमत्कार थिएन। हावामा उडिरहेका नोटहरू आकाशबाट खसेका थिएनन् तर सेबु साउथ कोस्टल… Continue reading मनिलाको सडकभरि पैसा, टिप्नेहरुको भीड, के हो वास्तविकता ?

आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से

२१ असार ,काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४… Continue reading आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से

हर्कलाई भेटेपछि एलिजाले लिइन् राजनीतिबाट सन्यास

२१ असार, विराटनगर । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै उनले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् । एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ५ महिनामै राजनीतिबाट… Continue reading हर्कलाई भेटेपछि एलिजाले लिइन् राजनीतिबाट सन्यास

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ? प्रीतम सिंह को हुन् ?

२० असार,काठमाण्डौ । काठमाडौंमा सोमबारआयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्दमुस्कानका साथमा मुक्तकण्ठले सरदार प्रीतम सिंहको प्रशंसा गरे । उनले सोमबार गरेको त्यही प्रशंसा अहिले आलोचनाको मुख्य विषय बनेको छ । त्यही अभिब्यक्तिपछि प्रतिपक्षका लागि प्रधानमन्त्री अस्वीकार्यसम्म बन्न पुगेका छन् । सामाजिक संजाल उनको अभिब्यक्तिकै विषयले भरिएका छन् भने प्रतिप्रक्ष दललाई… Continue reading प्रचण्डलाई प्रधानमन्त्री बनाउने ? प्रीतम सिंह को हुन् ?

आज नेप्से ३९ अंकले घटेर २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

२० असार ,काठमाण्डौ । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।… Continue reading आज नेप्से ३९ अंकले घटेर २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

आफ्नै बोलीको गलपासोमा परे प्रचण्ड !

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२० असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण पटक पटक विवादमा तानिदै आएका छन् । पछिल्लो पटक उनी पुनः विवादमा तानिएका छन् । सोमबार यातायात व्यवसायी भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै आफैले दिएको एक अभिब्यक्तिले उनी यतिबेला आलोचनाको घेरामा परेका छन् । सो क्रममा उनले भनेका थिए, ‘प्रितम सिंहले… Continue reading आफ्नै बोलीको गलपासोमा परे प्रचण्ड !

युवाका प्रेरणा  Legendary Singer Robin Tamang को थिए ?

२० असार, काठमाण्डौ । गायक तथा कलाकार रविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । बुधबार बेलुकी बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र… Continue reading युवाका प्रेरणा  Legendary Singer Robin Tamang को थिए ?

पौडी खेल्न ताल बनाएपछि नेइमारलाई तिराइयो ३३ लाख डलर जरिवाना

२० असार,एजेन्सी । विश्व चर्चित फुटबलर नेइमार जुनियरलाई ब्राजिलको स्थानीय प्रशासनले ३३ लाख अमेरिकी डलर जरिवाना तिराएको छ । घर छेउमा कृत्रिम ताल बनाएपछि प्रकृति र वातावरणको नियम तोडेको भन्दै उनलाई मंगारातिबाको नगरपालिकाले ठूलो रकम जरिवाना गराएको हो । मंगारातिबामा नेइमारले आलिसान घर बनाएका छन् । उनले घरछेउमै कृत्रिम ताल बनाएको थाहा पाएपछि वातावरणविद् र… Continue reading पौडी खेल्न ताल बनाएपछि नेइमारलाई तिराइयो ३३ लाख डलर जरिवाना

क्रोएसियाका मार्सेलो रोनाल्डोसँगै अल नासरमा

२० असार, एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर विश्व फुटबलमा आफ्नो स्थान जमाउँदै लगेको साउदी अरबको क्लब अल नासरले त्यसपछि पनि पश्चिमा नाम चलेका खेलाडीहरुलाई अनुबन्धित गर्ने काम जारी राखेको छ । यो क्रममा अल नासरले क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचलाई पनि अनुबन्ध गरेको छ । साउदी क्लबले १८ मिलियन युरो खर्चेर इटालियन क्लब इन्टर… Continue reading क्रोएसियाका मार्सेलो रोनाल्डोसँगै अल नासरमा

आज पनि सुन–चाँदीको भाउमा वृद्धी

२० असार ,काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार… Continue reading आज पनि सुन–चाँदीको भाउमा वृद्धी

महासागरमा ह्वेल भित्रफेला पर्यो करोडौको तैरिरहेको सुन

२० असार, एजेन्सी । एट्लान्टिक महासागरमा अफ्रिकी तट नजिकै रहेको स्पेनको क्यानरी टापुको तटमा वैज्ञानिकहरूले करोडौं मूल्यको ‘तैरिरहेको सुन’ फेला पारेका छन् । वास्तवमा, क्यानरी टापुको तटमा विशाल ह्वेल माछाको शव बगेको थियो। जब वैज्ञानिकहरूले यसलाई देखे, उनीहरूलाई थाहा थिएन कि यसको आन्द्रा भित्र अमूल्य खजाना लुकेको थियो । जब वैज्ञानिकहरूले यो ह्वेल माछाको पोस्टमार्टम… Continue reading महासागरमा ह्वेल भित्रफेला पर्यो करोडौको तैरिरहेको सुन

कसरी भयो रकस्टार रविन तामाङको निधन ?

२० असार, काठमाण्डौ । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का रकस्टार तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित आफ्नै निवासमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् । कार्कीका अनुसार… Continue reading कसरी भयो रकस्टार रविन तामाङको निधन ?

काठमाडौंमा कांग्रेसको भ्रातृ संगठन नरहेको बालेनको ’घोषणा’

२० असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले काठमाडौं महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको ’घोषणा’ गरेका छन् । काठमाडौं क्षेत्र नमबर ४ का प्रतिनिधिसभा सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई दिन अघि एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाइने भनी दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै… Continue reading काठमाडौंमा कांग्रेसको भ्रातृ संगठन नरहेको बालेनको ’घोषणा’

ओलीलाई बाढीको चिन्ता भने ,उद्धारका लागि तयारी गर्नु

२० असार, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशको सप्तरी जिल्लामा भारी वर्षा भइरहेको विभागले जनाएको छ। कोशी… Continue reading ओलीलाई बाढीको चिन्ता भने ,उद्धारका लागि तयारी गर्नु

मनसुनी कहरः २४ जनाको मृत्यु, २५ बेपत्ता, ५ करोडको क्षति

२० असार, काठमाण्डौ । नेपालमा मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् ।… Continue reading मनसुनी कहरः २४ जनाको मृत्यु, २५ बेपत्ता, ५ करोडको क्षति

आयरल्यान्डविरुद्ध सन्दीप र गुल्सनले नेपाललाई उकासे

१९ असार, एजेन्सी । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डलाई नेपालले २ सय ६९ रनको लक्ष्य दिएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले ४२… Continue reading आयरल्यान्डविरुद्ध सन्दीप र गुल्सनले नेपाललाई उकासे

हार्वर्डमा अब रोबोटले कम्प्युटर पढाउने

१९ असार, एजेन्सी । रोबोटले कारखाना चलाउनेदेखि रेष्टुरेन्ट सेवा, गाडी चलाउनेदेखि पार्किङ, हुँदै विरामीको अपरेशन, मनोरंजन लगायत यस्तो कमै क्षेत्र होला जहाँ रोबोटले मानिसलाई सहजसंगै विस्थापित पनि गर्दै आएको छ । यस्तोमा अब रोवोटले विद्यार्थीहरुलाई पढाउने पनि भएको छ, त्यो पनि औपचारिक तवरमा। अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले आउँदो सेमेष्टरदेखि यन्त्र मानव अर्थात् रोबोटलाई एउटा… Continue reading हार्वर्डमा अब रोबोटले कम्प्युटर पढाउने

एलन मस्कको फ्लाइङ कार एलेफले पायो उडान अनुमति

१९ असार,एजेन्सी । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ । क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन FAA बाट उडान अनुमति पाएको जानकारी दिएको हो । कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि… Continue reading एलन मस्कको फ्लाइङ कार एलेफले पायो उडान अनुमति

हनुमानढोकामा सवारी निषेध गर्नुको कारण बालेनले बताए

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। मेयर बालेनले परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्। ‘काठमाडौं मुख्यरूपमा प्राचीन र… Continue reading हनुमानढोकामा सवारी निषेध गर्नुको कारण बालेनले बताए

गण्डकी र लुम्बिनीमा खहरे उर्लियो, आज राति झनै ठूलो वर्षा

१९ असार, काठमाण्डौ । नेपालमा सक्रिय रहेको मनसुनका कारण स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान… Continue reading गण्डकी र लुम्बिनीमा खहरे उर्लियो, आज राति झनै ठूलो वर्षा

सुन–चाँदीको भाउमा वृद्धी

१९ असार,काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५०… Continue reading सुन–चाँदीको भाउमा वृद्धी

सुदन किराँती र क्यान निर्देशकबीचको टसल के हो ?

१९ असार, काठमाण्डौ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटन मन्त्री सुदन किरातीले मागेको स्पष्टीकरण दिन अस्वीकार गरेका छन् । संस्थाको हितविपरीत काम गरेको आरोप लगाउँदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री किरातीले अधिकारीसंग हप्ता दिनअघि स्पष्टीकरण सोधेका थिए । त्यसको एक साता पुगेकै दिन सामाजिक सञ्जाल ट्वीटरमार्फत महानिर्देशक अधिकारीले प्राधिकरण स्वायत्त निकाय भन्दै… Continue reading सुदन किराँती र क्यान निर्देशकबीचको टसल के हो ?

जुकरबर्ग र मस्कबीच भर्चुअल लडाईं, जित कसको होला ?

१९ असार, एजेन्सी । मेटाले ट्वीटरको प्रतिस्पर्धी एप बिहीबारबाट लन्च गर्ने भएको छ । फेसबुकले ट्वीटरको प्रतिस्पर्धी एप ल्याउने तयारीसँगै एलन मस्कले ट्वीटरका प्रयोगकर्तालाई सीमित मात्रामा पोस्ट हेर्न मिल्ने भन्दै आफ्नो डेटा सुरक्षाको विषय उठाएका थिए ।फेसबुकको कम्पनी मेटाले ल्याउन लागेको एपको नाम थ्रेड्स राखिएको छ । एप स्टोरमा यसलाई प्रि–अर्डर गर्न सकिन्छ र इन्स्टाग्रामसँग… Continue reading जुकरबर्ग र मस्कबीच भर्चुअल लडाईं, जित कसको होला ?

इन्धनको मूल्य अब ठाउँ अनुसार फरक, कहाँको कति ?

१९ असार, काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले ढुवानी भाडाका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको छ । यो आधारमा… Continue reading इन्धनको मूल्य अब ठाउँ अनुसार फरक, कहाँको कति ?

नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन

१९ असार, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले सोमबार बिहान ५ बजे एक फोन कल आएको थियो । पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार… Continue reading नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन