विराटनगर,असार १५ नेपाल भारत प्रबुद्ध व्यक्ति समूह(ईपीजी)को नवौं संयुक्त बैठक काठमाडौमा सुरु भएको छ । काठमाडौमा आज सुरु भएका ईपीजीको बैठकमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, महेन्द्र पी लामा, जयन्तप्रसाद र डाक्टर बिसी उप्रेती छन् । सन् १९५० को सन्धिका असमान विषयहरुमा समझदारी… Continue reading नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को निर्णायक बैठक
Category: समाज
[अपडेट ]जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत
सोलुखुम्बु, असार १५ जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ,… Continue reading [अपडेट ]जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत
विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी
झापा, असार १५ विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया… Continue reading विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी
जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
काठमाडौँ, असार १५ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन्। युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा आजदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै उनले खेतीयोग्य जमीनमा खेती… Continue reading जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा
सुरुङ्गा, असार १५ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन्। झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा… Continue reading किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा, असार १५ पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकामा बुधबार राती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टर कमल गाउँपालिका ३ चुलाचुली मोडमा विपरित दिशाबाट आउदै गरेको मे १०प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ईलाम सोही गाउँपालिका २ बस्ने २६ वर्र्षीय साङगेन राईको… Continue reading ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु
रौतहट, असार १५ जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय… Continue reading प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु
सोलुखुम्बुमा जीप दुर्घटना: ७ जनाको मृत्यु !
सल्लेरी, असार १५ सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडाैँ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना… Continue reading सोलुखुम्बुमा जीप दुर्घटना: ७ जनाको मृत्यु !
धान उत्पादन वृद्धि कछुवाकाे गतिमा,नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धान आवश्यकता
काठमाडौँ, असार १४ असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । भोलि असार १५ गते धान दिवस ।‘धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान… Continue reading धान उत्पादन वृद्धि कछुवाकाे गतिमा,नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धान आवश्यकता
सुन तस्करी र सनम हत्याकाण्ड प्रकरण ःउच्च अदालतको पेशी स्थगित
विराटनगर,असार १४ सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाले ले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको पेशी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरुले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती… Continue reading सुन तस्करी र सनम हत्याकाण्ड प्रकरण ःउच्च अदालतको पेशी स्थगित
झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर
विराटनगर, असार १४ न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय… Continue reading झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर
मनसुन देशैभर फैलियो ः सामान्यदेखि मध्यम खालको वर्षा हुने
काठमाडौँ, असार १४ यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए। उनका अनुसार… Continue reading मनसुन देशैभर फैलियो ः सामान्यदेखि मध्यम खालको वर्षा हुने
आयो वाईड बडी एयरबस विमान, यस्ताे छ भित्री भाग(फोटो फिचरसहित)
विराटनगर,असार १४ नेपाल वायुसेवा निगमले विहीबार पहिलो वाईड बडी एयरबस विमान नेपाल भित्र्याएको छ । विहिबार नेपाल वायुसेवा निगमको पहिलो वाईड बडी एयरबस ए ३३० विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान अवरणपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबडी एयर विमान नेपालमा भित्र्याउने कामबाट सिंगो मुलुक… Continue reading आयो वाईड बडी एयरबस विमान, यस्ताे छ भित्री भाग(फोटो फिचरसहित)
असार २८ गते एक जोडी गैँडा चीन पठाइने
चितवन, असार १४ नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार… Continue reading असार २८ गते एक जोडी गैँडा चीन पठाइने
भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित
काँकडभिट्टा, असार १४ झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन… Continue reading भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित
दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात
संखुवासभा, असार १४ संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । हराएका एकजनाको खोजीकार्य भइरहेको… Continue reading दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात
धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरकाे भूकम्पकाे धक्का महशुस
विराटनगर,असार १४ धादिङलाई केन्द्र विन्दु बनाएर बिहीबार बिहान ९ बजेर ५२ मिनेट मा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान गएको उक्त भुकम्पको धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पको पराकम्प रहेको केन्द्रले बताएको छ । मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो । केही समय… Continue reading धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरकाे भूकम्पकाे धक्का महशुस
चार सय लिटर घरेलु मदिरा बरामद
मोरङ, असार १४ अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले चार सय लिटर घरेलु मदिरा तथा ३५ बोतल उमङ रक्सी बरामद गरी बुधबार आन्तरिक राजश्व कार्यालयमा बुझाएको छ। उक्त कार्यालयबाट मंगलबार साँझ खटिएको प्रहरी टोलीले अवैध रुपमा घरेलु मदिरा उत्पादन, बिक्रिबितरण गर्न राखेको चार सय लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग… Continue reading चार सय लिटर घरेलु मदिरा बरामद
अवैध रुपपमा नदीजन्य पदार्थ निकाल्ने सवारी नियन्त्रणमा
मोरङ, असार १४ मोरङको सुन्दरहरैचा नगरपालिका–६ खदम खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी गछियाबाट खटिएको टोलीले खोलाबाट अबैध रुपमा ढुंगा बालुवा निकाली ओसार्दै गरेको अवस्थामा को २ त ५३९४, को २ त २२७८, को २ त ७३३९, को २ त ३८०१, को २ त ५६७८ र… Continue reading अवैध रुपपमा नदीजन्य पदार्थ निकाल्ने सवारी नियन्त्रणमा
लागुऔषध गाँजा र ब्राउनसुगर सहित चार पक्राउ
मोरङ, असार १४ इलाका प्रहरी कार्यालय बेलबारी,मोरङले बुधबार बिहान एघार किलो पाँच सय ग्राम लागुऔषध गाँजा र ६१० मिलिग्राम ब्राउनसुगसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –११ शुक्रबारे बस्ने मुखियालाल चौधरी, सोही नगरपालिका –६ गैरीगाँउ बस्ने भेषबहादुर खत्री, बेलबारी नगरपालिका–५ कसेनी बस्ने लवनारायण चौधरी रहेका छन।प्रहरीले मुखियालालको साथबाट ९ किलो, भेषबहादुरबाट… Continue reading लागुऔषध गाँजा र ब्राउनसुगर सहित चार पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ
मोरङ, असार १४ मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको हत्याका फरार आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।घटनाकाे अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ७ बस्ने ३० वर्षीय हिकबहादुर बस्नेतलाई बुधबार विशेष सुराकी परिचालन गरी पक्राउ गर्न… Continue reading कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ
उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए
धादिङ, असार १४ धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६… Continue reading उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए
विद्यार्थीका लागि मिनि स्टुडेन्ट वाकिङ ब्रिज
विराटनगर,असार १३ मोरङको धनपालथान गाउँपालिका–४ स्थित शारदा माविका छात्रछात्राले अब खोलामा बाढी आउँदा जोखिम मोलेर यात्रा गर्नुुपर्ने बाध्यता हट्ने भएको छ । खोलामा मिनि स्टुडेन्ट वाकिङ ब्रिज निर्माणाधीन अवस्थामा छ । विद्यालयको छेउ भएर बग्ने गदिया खोलामा पुुल नहुँदा विगत पाँच वर्षदेखि विद्यालयमा अध्यनरत छात्राछात्रा बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । धनपालथान गाउँपालिकाले गदियाखोलामा… Continue reading विद्यार्थीका लागि मिनि स्टुडेन्ट वाकिङ ब्रिज
हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ
विराटनगर,असार १३ मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ग्यांग्री खोलामा गएको चैत २० गते मृत भेटिएकी शान्ति राई तामाङको हत्यामा संलग्नभएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आजपत्रकार सम्मेलन गरी पक्राउ गरिएका मिक्लाजुङ गाउँपालिका–७का ३० वर्षीय हिकबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ । जिल्लाप्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले अभियुक्त बस्नेतले… Continue reading हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ
विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित
विराटनगर, असार १३ विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले प्रस्तुत गरेका ऐन, कानून, नियमावली र कार्यविधि पारित भएका हुन् । आर्थिक ऐन २०७५÷७६, विनियोजन ऐन २०७५÷७६, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली… Continue reading विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित
कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने
काठमाडौँ, असार १३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै काठमाडौँभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले काममा ढिलाइ भएको बताए।… Continue reading कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने
‘सीधा कुरा जनता सँग’ कार्यक्रमलार्इ अधार बनार्इ जथाभावी लेख्ने दुई पक्राउ
काठमाडौँ, असार १३ महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता सँग’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम… Continue reading ‘सीधा कुरा जनता सँग’ कार्यक्रमलार्इ अधार बनार्इ जथाभावी लेख्ने दुई पक्राउ
भोटेकोशीको बाढीले ९० लाखको क्षति
चौतारा, असार १३ अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल… Continue reading भोटेकोशीको बाढीले ९० लाखको क्षति
वैदेशिक रोजगारीका सबै निकाय अब अनलाईनमा, विदेशमकाे जेल परेका कामदारको मुद्धा सरकारले लडिदिने
विराटनगर,असार १३ ठगी नियन्त्रण तथा सेवा प्रवाहमा गुणस्तर आउने विश्वासले सरकारले आगामी २० दिनभित्रै वैदेशिक रोजगारी सम्बन्धी सबै सेवा अनलाईनबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण विष्टले प्रतिनिधी सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धीत सबै खाले सेवाहरु अनलाईनबाटै प्रवाह हुने घोषणा गरेका हुन् । उनले कुटनीतिक नियोग, श्रम कार्यालय, वैदेशिक… Continue reading वैदेशिक रोजगारीका सबै निकाय अब अनलाईनमा, विदेशमकाे जेल परेका कामदारको मुद्धा सरकारले लडिदिने
मोहियानी समस्या समाधान इकाई गठन
काठमाडौँ, असार १३ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ । मन्त्रालयले भूमिमा… Continue reading मोहियानी समस्या समाधान इकाई गठन
डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी
चितवन, असार १३ डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् । रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका… Continue reading डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी
नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे
चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो । बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम गर्न नसकिएको… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे
नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह
चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु… Continue reading नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह
अर्काको नाममा ट्रायल दिने पक्राउ
काठमाडौँ, असार १३ नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो… Continue reading अर्काको नाममा ट्रायल दिने पक्राउ
अवैध रुपमा भारत लैजादै गरेको चौपाया बरामद
मोरङ, असार १३ भारततर्फ तस्करी हुन लागेको २७ वटा चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ। गस्तीमा रहेको प्रहरी टोलीले मंगलबार रातीे रंगेली नगरपालिका– ३ बेतौना, धनपालथान गाउँपालिका १ नोचा र सोही गाउँपालिका २ भवानीपुरबाट चोरी छिपाई भारततर्फ तस्करी हुँदै गरेको २३ वटा गोरु र २ वटा गाई नियन्त्रणमा लिएको इलाक प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
अवैध ढुङा, गिट्टी ओसारपसारमा संलग्न पाँच सवारी नियन्त्रणमा
मोरङ, असार १३ मोरङको सुन्दरहरैचा नगरपालिका–५ बाट अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ। अवैध रुपमा ढुङा, गिट्टी, बालुवा ओसारपसारमा संलग्न दुई वटा टिपर र तीन वटा ट्याक्टरलाई मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ । नियन्त्रणमा लिईएका सवारी साधनहरुमा को १ ख ६३०७ र को १… Continue reading अवैध ढुङा, गिट्टी ओसारपसारमा संलग्न पाँच सवारी नियन्त्रणमा
बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जना घाइते
विराटनगर, असार १३ मंगलबार भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जनाको घाईते भएका छन् ।सुनसरीको इटहरीमा मंगलबार कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा… Continue reading बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जना घाइते
पानीमा डुबेर मृत्यु
विराटनगर, असार १२ः सुनसरीको कोशी गाउँपालिका ८ स्थित पूर्वी नहरमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका ६ बस्ने अन्दाजी ३६ वर्र्षीय पप्पु साहको डुबेर मृत्यु भएकोे जानकारी प्राप्त भएको हो। साहलाई स्थानीयले नहरमा डुबी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको… Continue reading पानीमा डुबेर मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा आज पनि पहिरो खस्यो, सडक अवरुद्घ
चितवन, असार १३ नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार… Continue reading नारायणगढ-मुग्लिन सडकखण्डमा आज पनि पहिरो खस्यो, सडक अवरुद्घ
एघार घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, असार १२ नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ । बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो… Continue reading एघार घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक
मेलम्ची तोकिएको समयमा पूरा गर्न कार्ययोजना तयार ः खानेपानी मन्त्री
काठमाडौँ, असार १२ खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाएके प्रश्नको जवाफ दिँदै उनले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताइन्। मन्त्रालयलाई आगामी वर्ष करीब रु ३४ अर्ब… Continue reading मेलम्ची तोकिएको समयमा पूरा गर्न कार्ययोजना तयार ः खानेपानी मन्त्री
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा, असार १२ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन ।… Continue reading बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ
भीमदत्तनगर, असार १२ घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । “बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी… Continue reading श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ
पानीमा डुबेर झापा र उदयपुरका दुई जनाको मृत्यु
विराटनगर, असार १२ झापा र उदयपुर जिल्लाको दुई स्थानमा सोमबार डुबेर दुई जनाको ज्यान गएको छ। झापाको शिवसताक्षी नगरपालिका ७ सिंहहाङगेस्थित पैनीमा डुबेर सोही ठाउँका १० वर्षीय बालकको ज्यान गएको छ। घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा गणेश विश्वकर्माको मृत्यु भएको हो। साथीहरुसँग पौडी खेल्न गएका गणेशलाई पानीमा… Continue reading पानीमा डुबेर झापा र उदयपुरका दुई जनाको मृत्यु
पहिरोमा परी एकै घरका तीनको मृत्यु
बागलुङ, असार १२ भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।… Continue reading पहिरोमा परी एकै घरका तीनको मृत्यु
शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने
काठमाडौँ, असार ११ उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ । अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो । प्राधिकरणले यही असार… Continue reading शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने
सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग
काठमाडौँ, असार ११ प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरे । डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन… Continue reading सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग
३३ ब्राण्डका दूधमा कोलिफर्म, दाेषी डेरी उद्योग उम्कने नदिने कृषि मन्त्रालयकाे भनार्इ
काठमाण्डाैँ ः विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा शरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । बालाजुस्थित दूग्ध विकास संस्थान (डिडीसी), काभ्रेको एलिसाजरगल्फु विनायक डेरी, बालकोटको अनमोल, काभ्रेकै अर्पण र जय श्री कृष्ण डेरी लगायतका उद्योगहरुमा कोलिफर्म भेटिएको हो । कोलिर्फम हुनुको मुख्य कारण… Continue reading ३३ ब्राण्डका दूधमा कोलिफर्म, दाेषी डेरी उद्योग उम्कने नदिने कृषि मन्त्रालयकाे भनार्इ
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
इनरुवा, असार ११ सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भँैसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो… Continue reading हात्तीको आक्रमणबाट महिलाको मृत्यु
तरकारी बोक्ने निशान गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते
बनेपा, असार ११ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा… Continue reading तरकारी बोक्ने निशान गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते
बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार
काठमाडौँ, असार ११ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने… Continue reading बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार
धरानमा विमानस्थल बन्ने अनिश्चित
इटहरी, असार ११ नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने… Continue reading धरानमा विमानस्थल बन्ने अनिश्चित
झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ
विराटनगर, असार ११ प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट को १ त ६४२५ नम्बरको ट्याक्टरबाट चार बोतल कोरेक्स बरामद भएपछि ट्याक्टर चालक सुनवर्षी–८ सिक्टी बस्ने सईम मियाँँसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।मियाँले गहुँको बोराभित्र सो लागुऔषध लुकाएर ल्याउँदै थिए। यसैगरी झापाको मेचीनगर नगरपालिका ६… Continue reading झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ
घरेलु मदिरा बरामद
मोरङ, असार ११ मोरङको रंगेली एरियाबाट प्रहरीले आईतबार र एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ। रंगेली नगरपालिका २,३,६,७ बाट एक सय तीस र सुनवर्षी… Continue reading घरेलु मदिरा बरामद
रेडपाण्डाको छालासहित तीन पक्राउ
काठमाडौँ, असार १० नेपाल प्रहरीले रेडपाण्डाको छालासहित आज तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बौद्धस्थित कैलाश गेष्ट हाउस नजिक रेडपाण्डाको छाला लुकाइछिपाइ राखेको अवस्थामा तीनैजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरीको विशेष टोलीले सूचनाका आधारमा जाँच गर्दा रेडपाण्डाको छाला एक थान र बा५८प १३७८ नं को मोटरसाइकलसहित सोलुखुम्बुका आङदावा शेर्पा, लाक्पा शेर्पा र आङचिन्डु… Continue reading रेडपाण्डाको छालासहित तीन पक्राउ
विदेश जाँदैहुनुहुन्छ भने विचार पु¥याउनुहोस् , १९७ मेनपावर कालोसुचीमा(सुचीसहित)
विराटनगर,असार १० श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १९७ वटा मेनपावर कम्पनीहरुलाई कालो सूचिमा राखेको छ । नियमबमोजिम काम नगरेका १९७ वटा कम्पनीलाई मन्त्रालयले नियम बमोजिम कालो सूचिमा राखेको विवरण सार्वजनिक गरेको हो । नेपाली कामदार ठगीको शिकार बन्न नपरोस भनेर कालो सुचीको विवरण सार्वजनिक गरेको जनाउँदै श्रम मन्त्री गोकर्ण बिष्टले ती मेन पावर कम्पनीहरुबाट… Continue reading विदेश जाँदैहुनुहुन्छ भने विचार पु¥याउनुहोस् , १९७ मेनपावर कालोसुचीमा(सुचीसहित)
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
राजविराज, असार १० पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन् ।… Continue reading मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
एक वर्षभित्र तातोपानी नाका खुल्ने
काठमाडौँ, असार १० ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ । चीनको छदिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेकेा विशेष पत्रकार सम्मेलनमा सो नाका खोल्ने विषयमा चीन सरकारसँग… Continue reading एक वर्षभित्र तातोपानी नाका खुल्ने
मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति
उर्लाबारी, असार १० मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख… Continue reading मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति
ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु
सुनसरी, असार १० सुनसरीको ईटहरी उपमहानगरपालिका–५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ। घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाएका उनी अचानक हराएपछि खोजी गर्दा स्थानीयले अचेत अवस्थामा भेटेका थिए । बालकलाई उपचारका लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको पीडितका आफन्तले… Continue reading ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु
माथीबाट खसेको ढुङ्गाले लागेर मृत्यु
विराटनगर,असार १० उदयपुरको कटारीमा शनिबार माथीबाट खसेको ढुङाले लागेर एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका ९ लिम्पाटार बस्ने ५७ वर्षीय चन्द्रनारायण श्रेष्ठलाई शनिबार दिउँसो आफ्नै खेतमा काम गर्दै गर्दा भीरबाट खसेको ढुङाले लाग्दा गम्भीर घाइते भएको र उपचारका लागि कटारी अस्पताल तर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी सोरुङछबिसे र… Continue reading माथीबाट खसेको ढुङ्गाले लागेर मृत्यु