२९ माघ ,विराटनगर । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् भने ३० करोडको कारोबार… Continue reading कोशी एक्स्पो हेर्न ४ लाख भन्दा बढी पुगे/३० करोडको कारोबार
Category: समाचार
भारतविरुद्ध खेल्ने नेपाली महिला टोलीको बिदाई
२९ माघ, काठमाण्डौ । मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय… Continue reading भारतविरुद्ध खेल्ने नेपाली महिला टोलीको बिदाई
सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढ्यो
२९ माघ, काठमाण्डौ । आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो।गत शुक्रबार प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ कोरोबार भएको सुन आज आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय… Continue reading सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढ्यो
विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?
२९ माघ, काठमाण्डौ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा पुन चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रविन्द्र मिश्रले पार्टी छोडेपछि बाँस्कोटा यसअघि पनि अध्यक्ष थिइन् । महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महासचिवमा रन्जु… Continue reading विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?
चिकित्सकको आन्दोलन फिर्ता, ओपिडी सेवा सुरु
२९ माघ, काठमाण्डौ । आफ्ना सहकर्मी कुटिएपछि आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति अनुसार घाइते चिकित्सवको… Continue reading चिकित्सकको आन्दोलन फिर्ता, ओपिडी सेवा सुरु
आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव
२९ माघ, काठमाण्डौ । नेपालको पश्चिमी क्षेत्रमा हाल पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ। जसका कारण आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो १२ बजेपछि… Continue reading आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव
सौराहामा सेफ्टीट्याङ्कीमा फसेको गैँडाको सकूशल उद्धार
२८ माघ , काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार… Continue reading सौराहामा सेफ्टीट्याङ्कीमा फसेको गैँडाको सकूशल उद्धार
भोली आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
२८ माघ,काठमाण्डौ । नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको… Continue reading भोली आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
एमालेलाई धक्का लाग्न सुरु भयोः माधव नेपाल
२८ माघ, काठमाण्डौ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएको बताएकी छिन् । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ ।… Continue reading एमालेलाई धक्का लाग्न सुरु भयोः माधव नेपाल
नेपाली युवामाझ ‘भ्यालेन्टाइन डे’ (फोटोफिचर)
२८ माघ, काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । संसारभरिका प्रेमिल जोडीहरूका लागि महत्वपूर्ण दिन । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमाञ्चक र प्रेममय दिन हो… Continue reading नेपाली युवामाझ ‘भ्यालेन्टाइन डे’ (फोटोफिचर)
४० हजार फिटबाट अमेरिकाले फेरि खसाल्यो एक अपरिचित वस्तु
२८ माघ,एजेन्सी । अमेरिकासहित केही देशहरुका आकाशमा एक्कासी देखिएको चिनियाँ बेलुनको घटना सेलाउन नपाउँदै अलास्काको उत्तरी तटमाथि अर्को अपरिचित वस्तु देखिएको छ, जसलाई अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ । निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ–२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको जनाइएको छ । उक्त वस्तु… Continue reading ४० हजार फिटबाट अमेरिकाले फेरि खसाल्यो एक अपरिचित वस्तु
राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित
२८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले जानकारी दिए । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ… Continue reading राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित
किम जु एलाई किन भन्न थालियो ‘सम्मानित’ छोरी ?
२८ माघ, एजेन्सी । विश्वमान चित्रमा उत्तर कोरिया एक यस्तो देश हो जो रहस्य नै रहस्यले भरिएको छ । एकातिर अत्याधुनिक क्षेप्यास्त्र प्रहारदेखि विशाल सैन्य परेड तथा शक्ति राष्ट्रहरुलाई चेतावनीको शैलीमा बक्तब्यवाजी दिएर उत्तरले विश्वलाई आफ्नो तागत र दृढताको प्रदर्शन गर्छ । अर्कोतिर यो देशभित्र आम मानिस कसरी बस्छन्, यहाँको राजनीति कसरी अगाडि बढिरहेको छ,… Continue reading किम जु एलाई किन भन्न थालियो ‘सम्मानित’ छोरी ?
टर्की भूकम्पः मृतकको संख्या लगातार बढ्दै
२८ माघ, एजेन्सी । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । मृतकको सङ्ख्या लगातार बढिरहेको छ । अहिले दुवै देशमा राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यसैबीच… Continue reading टर्की भूकम्पः मृतकको संख्या लगातार बढ्दै
सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार
२७ माघ, एजेन्सी । टर्की र सिरियामा गएको भीषण भूकम्पपछि राहत उद्धार कार्य जारी छ । भग्नावशेष हटाउने क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यद्यपि इँटा र ढुङ्गा मुनिबाट जिवितै उद्धार गर्ने प्रयास अहिले पनि जारी रहेको उद्धारकर्तालाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । सिरियामा गएको भूकम्पको ९० घण्टापछि आमासँगै भग्नावशेषमा… Continue reading सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार
थुनामा रहेका सांसदलाई निलम्बन नगर्ने सहमति
२७ माघ, काठमाण्डौ । फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो । कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने… Continue reading थुनामा रहेका सांसदलाई निलम्बन नगर्ने सहमति
मेसीको चोटले पिएसजीलाई टेन्सन/च्याम्पियन्स लिग गुमाउने सम्भावना
२७ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ । ह्यामस्ट्रिङ चोटका कारण यस हप्ताको खेल उनले गुमाउन सक्ने पीएसजीले जनाएको छ । पीएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेग पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा… Continue reading मेसीको चोटले पिएसजीलाई टेन्सन/च्याम्पियन्स लिग गुमाउने सम्भावना
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ
२७ माघ, काठमाण्डौ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २७ पुसमा… Continue reading सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरेको आरोपमा १ युवक पक्राउ
२७ माघ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी… Continue reading अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरेको आरोपमा १ युवक पक्राउ
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउदै
२७ माघ, काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् ।परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ । क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला… Continue reading प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउदै
विमानस्थलका प्रमुखले १० करोड मागेको अडिओमा के छ ?
२७ माघ, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरु एकपछि अर्काे घुस प्रकरणमा समातिन थालेका छन् । घुस मागेको अडिओ बाहिरिएपछि महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ ।… Continue reading विमानस्थलका प्रमुखले १० करोड मागेको अडिओमा के छ ?
समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो
२७ माघ, काठमाण्डौ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीले आजदेखि सुरू गरेको पहिलो महाधिवेशन नै पूर्वअध्यक्ष रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड भएको बताएकी छन्।पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजिएको भन्दै उनले आफूहरूले पार्टीको अस्तित्व बचाएर चुनावमा गएको समेत बताइन्। पूर्वअध्यक्ष मिश्रलगायत विवेकशील साझा छाडेर केही नेताहरू राप्रपामा प्रवेश गरेका थिए।बास्कोटाले आफूहरू ऊर्जासहित… Continue reading समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो
आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना
२७ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी… Continue reading आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना
प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै?
२७ माघ ,काठमाडौं। शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार… Continue reading प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै?
सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य
२७ माघ, एजेन्सी । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले तहसनहस बनाएको छ । हालसम्म दुवै देशमा २१ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीमा मात्रै १८ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने सिरियामा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका… Continue reading सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य
मौद्रिक नीतिको समीक्षाःऋणीलाई राहत, यस्ता छन् व्यवस्था
२७ माघ, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७९÷८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो । समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा–ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ । समीक्षामा… Continue reading मौद्रिक नीतिको समीक्षाःऋणीलाई राहत, यस्ता छन् व्यवस्था
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो/ अर्को प्रकोपको चेतावनी
२७ माघ,एजेन्सी। टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजारभन्दा बढी पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस भूकम्पमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । टर्कीमा कम्तिमा १७,६७४ जनाको मृत्यु भएको छ भने सिरियामा ३,३७७ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पले करिब ६ हजार भवनमा क्षति पु¥याएको छ… Continue reading टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो/ अर्को प्रकोपको चेतावनी
सत्ताबाट बडारिएको कांग्रेस सुदूरपश्चिमको सरकारमा
२७ माघ, काडमाण्डौ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त… Continue reading सत्ताबाट बडारिएको कांग्रेस सुदूरपश्चिमको सरकारमा
रोनाल्डोले देखाए जादु, एकै खेलमा ४ गोल,६१ औं ह्याट्रिक पूरा
२७ माघ,एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरको ६१औं ह्याट्रिक पूरा गरेका छन् । साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दा अल नासरका रोनाल्डोले सबै चार गोल गरेका हुन् । रोनाल्डोले अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक… Continue reading रोनाल्डोले देखाए जादु, एकै खेलमा ४ गोल,६१ औं ह्याट्रिक पूरा
नामिबिया र स्कटल्याण्डसँग सन्दीपले खेल्ने पक्का
२७ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ। क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै बिहीबार टिम घोषणा गरेको हो। क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्। नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।… Continue reading नामिबिया र स्कटल्याण्डसँग सन्दीपले खेल्ने पक्का
माओवादीले आफ्नै पार्टीको नाम र झण्डा फेर्ने
२६ माघ, काठमाण्डौ । पार्टी एकताको प्रयास गरिरहेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भनेका… Continue reading माओवादीले आफ्नै पार्टीको नाम र झण्डा फेर्ने
गुगललाई १ खर्ब डलरको नोक्सानी
२६ माघ, काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा भारी गिरावट आएको छ ।गुगलको माउ कम्पनी अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ । बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको… Continue reading गुगललाई १ खर्ब डलरको नोक्सानी
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच बालुवाटारमा भेटवार्ता
२६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापा भेटवार्ता भएको हो । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बुझिएको छ । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न… Continue reading प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच बालुवाटारमा भेटवार्ता
आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
२६ माघ,काठमाण्डौ । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको… Continue reading आज नेप्सेमा साढे १२ अङ्कको वृद्धी
पिएसजी फ्रेन्च कपबाट आउट, एम्बापेको अभाव खड्किए
२६ माघ,एजेन्सी । रियल म्याड्रिड गएरातिको खेलबाट फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गर्दा अर्काे चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियल उपाधि नजिक पुगेको हो। केही मुख्य खेलाडी बिनानै मैदान उत्रिएको रियलले ४२ औं मिनेटमा भिनिसियस जुनियरको… Continue reading पिएसजी फ्रेन्च कपबाट आउट, एम्बापेको अभाव खड्किए
फिफाको गोलकिपर अवार्डमा मार्टिनेजलाई चुनौती/ कसले जित्ला अवार्ड ?
२६ माघ, एजेन्सी । फिफाले प्रदान गर्ने उत्कृष्ट गोलकिपरका लागि प्रमुख तीन जना प्रतिस्पर्धी छानिएका छन् । विश्वकप विजेता इमिलियानो मार्टिनेजलाई फिफाले प्रदान गर्ने उत्कृष्ट गोलकिपर अवार्डमा थिबाउट कोर्टुवा र यासिन बोनोले चुनौती प्रस्तुत गर्ने भएका छन् । फिफाको गोलकिपर अवार्डका लागि पाँच गोलकिपर मनोनयनमा परेका थिए । जसमा सन् २०२१ को अगस्टदेखि २०२२ को… Continue reading फिफाको गोलकिपर अवार्डमा मार्टिनेजलाई चुनौती/ कसले जित्ला अवार्ड ?
हराएका दुई सीमास्तम्भ पर्साको ओरिया खोलामा फेला
२६ माघ,काठमाण्डौ। नेपाल भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन्।जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ। ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो… Continue reading हराएका दुई सीमास्तम्भ पर्साको ओरिया खोलामा फेला
ट्विटरलाई ९ सय तिरेपछि के पाइन्छ सुविधा ?
२६ माघ, एजेन्सी । सामाजिक सञ्जाल ट्विटरले आध्यकारी बनाएको ‘ब्लु टिक’को लागि पैसा तिनुपर्ने सेवाको सुरूवात गरेको छ । एन्ड्रोइड र आईओएस भएका मोबाइल प्रयोगकर्ताले ब्लू टिक सब्सक्रिप्सनका लागि भारतमा मासिक ९ सय भारतीय रूपैयाँ तिनुपर्ने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वेब प्रयोगकर्ताहरूले भने ६ सय ५० भारतीय रूपैयाँ तिनुपर्ने छ । वेब प्रयोगकर्ताले… Continue reading ट्विटरलाई ९ सय तिरेपछि के पाइन्छ सुविधा ?
सन्दीपसँग क्रिकेट खेल्न नामिबिया र स्कटल्याण्ड तयार
२६ माघ,एजेन्सी । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा धरौटीमा रिहा भएपछि उनीमाथिको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवासँग उनी अहिले नियमित क्यानको प्रशिक्षणमा सहभागि भइरहेका छन् । अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा निलम्बन फुुकुवा भएको भन्दै विरोध समेत भईरहेको अवस्थामा उनले निलम्बन फुकुवापछि पहिलो पटक कीर्तिपुरमा नामिबिया र स्कटल्याण्ड विरुद्धको घरेलु… Continue reading सन्दीपसँग क्रिकेट खेल्न नामिबिया र स्कटल्याण्ड तयार
भूकम्पले थिलथिलो टर्की र सिरियाको दर्दनाक कथा/मृतक १५ हजार कटे
२६ माघ, एजेन्सी । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको… Continue reading भूकम्पले थिलथिलो टर्की र सिरियाको दर्दनाक कथा/मृतक १५ हजार कटे
मनकारी मेसीले गरे टर्की र सिरियाका भूकम्प प्रभावितलाई ३५ लाख युरो सहयोग
२६ माघ, एजेन्सी । विश्व चर्चित अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले आर्थिक रुपमा तथा फुटबलबाट कमाएको नाममा मात्रै नभइ वास्तममै मनका पनि त्यति नै धनी छन् भनेर आफूलाई प्रमाणित गरिदिएका छन् । मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय… Continue reading मनकारी मेसीले गरे टर्की र सिरियाका भूकम्प प्रभावितलाई ३५ लाख युरो सहयोग
जेलेन्स्की देश छाड्दै डिनर गर्न पेरिस पुगे
२६ माघ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण गरेको एक वर्ष पुग्दै गर्दा दोस्रो पटक गोप्य रुपमा देश छाडेका छन् । उनी भ्रमण सार्वजनिक नगरी बेलायत र फ्रान्स पुगेका छन् ।बुधबार बेलायती सांसदहरूलाई सम्बोधन गर्दै उनले बेलायती जनतालाई रुसको आक्रमणको पहिलो दिनदेखि नै समर्थन गरेकोमा कृतज्ञता व्यक्त गरे। उनी थप सहयोग खोज्न आफ्नो… Continue reading जेलेन्स्की देश छाड्दै डिनर गर्न पेरिस पुगे
ओलीले जोगाउन नसक्ने भए सुदूरपश्चिम सरकार/रेशम चौधरीका लागि बार्गेनिङ
२६ माघ ,काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । त्यसका लागि बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दैछ । सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए का छन् । मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक… Continue reading ओलीले जोगाउन नसक्ने भए सुदूरपश्चिम सरकार/रेशम चौधरीका लागि बार्गेनिङ
साफ महिला च्याम्पियनशिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
२४ माघ, काठमाण्डौ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एकरएक… Continue reading साफ महिला च्याम्पियनशिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
एआईजी पुजा सिंह फागुन ३ मा अवकाशमा जाँदै
२४ माघ, काठमाडौँ । नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंह अवकाशमा जान लागेकी छन् । एआईजीको उमेरहदका कारण उनी फागुन ३ मा सेवा निवृत्त हुन लागेकी हुन् ।प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ । मानव श्रोत विकास विभागमा कार्यरत सिंह नेपाल प्रहरीको प्रशासन तर्फको… Continue reading एआईजी पुजा सिंह फागुन ३ मा अवकाशमा जाँदै
रहेन्न अब कांग्रेसका पूर्वसांसद कर्मा घले
२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।
बिदा धेरै भएकाले पुनर्विचार आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाई
२४ माघ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन । मङ्गलवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले नागरिकका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको… Continue reading बिदा धेरै भएकाले पुनर्विचार आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाई
विप्लवले भोली विशेष पत्रकार सम्मेलन गदै
२४ माघ , काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो ।समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’… Continue reading विप्लवले भोली विशेष पत्रकार सम्मेलन गदै
भारतीय मिडियाले रविलाई भने केजरीवाल
२४ माघ, काठमाण्डौ । सर्वाेच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुसँग विगतमा गरिएको सहमति वमोजिम गृहमन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्न आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनको चर्चा देशभित्र मात्रै होइन छिमेकी राष्ट्रमा समेत भएको छ । देश भित्र हरेक संचारमाध्यामको हेडलाइन बनेको रविको अभिब्यक्ति भारतमा समेत हेडलाइन… Continue reading भारतीय मिडियाले रविलाई भने केजरीवाल
आज नेप्सेमा ७६ अंकको वृद्धि
२४ माघ,काठमाडौं । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ।यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब… Continue reading आज नेप्सेमा ७६ अंकको वृद्धि
साफ महिला च्याम्पियनसिपमा नेपाल भर्सेस भारत
२४ माघ, एजेन्सी । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्थत राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र भारतबीचको उक्त खेल आज दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको… Continue reading साफ महिला च्याम्पियनसिपमा नेपाल भर्सेस भारत
जासुसी बेलुनको पर्दाफास, बाइडेनले दिए चेतावनी
२४ माघ, एजेन्सी । अमेरिकी लडाकु विमानले चिनियाँ जासूस बेलुनलाई खसालेपछि चीन आक्रोशित भएको छ। योसँगै अमेरिकाले जासुसी बेलुनको पर्दाफास गर्न थालेको छ । अमेरिकाले यो चिनियाँ जासुसी बेलुन २०० फिट अग्लो रहेको र ठूला यात्रु विमान जत्तिकै तौल भएको पेलोड बोकेको जनाएको छ । धेरै विज्ञहरूले यो बेलुनमा विस्फोटक पदार्थ पनि जोडिएको हुनसक्ने बताएका… Continue reading जासुसी बेलुनको पर्दाफास, बाइडेनले दिए चेतावनी
टर्कीमा ३ दिन अघि गरिएको थियो भूकम्पको भविष्यवाणी
२४ माघ, एजेन्सी । सोमबार विहान टर्कीमा गएको शक्तिशाली भूकम्पले भवन भत्काउँदा भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु मृत्युको मुखबाट फर्किएका छन् । उनी भग्नावषेशले पुरिएको अवस्थामा जीवितै फेला परेका हुन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । बेलायती अनलाइन डेलीमेलका अनुसार इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै… Continue reading टर्कीमा ३ दिन अघि गरिएको थियो भूकम्पको भविष्यवाणी
लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त
२४ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मुख्य प्रशिक्षक जेसी मार्र्स बर्खास्तीमा परेका छन् । आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेको हो । उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् । मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि… Continue reading लिड्सका खेलाडीले गोल नगर्दा मुख्य प्रशिक्षक बर्खास्त
महँगी ७ प्रतिशतले बड्दा नेपालीको तलब १० प्रतिशतले बढ्यो
२३ माघ, काठमाण्डौ । ६ महिनाको अवधिमा नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकले आज ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार ६ महिनाको तथ्याङ्कले महंगीभन्दा नेपालीहरुको तलब बढेको देखाएको हो । २०७९ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ७.२६ प्रतिशत रहेको छ । अघिल्लो… Continue reading महँगी ७ प्रतिशतले बड्दा नेपालीको तलब १० प्रतिशतले बढ्यो
के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?
२३ माघ, काठमाण्डौ । भारतका मोन्टी देसाई औपचारिकरुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम गर्दै देसाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो । क्यानले देसाईसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । प्रक्रियागत ढिलाइका कारण आज सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको… Continue reading के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?
अर्थतन्त्रमा सुधार,डलरले १० महिनाभन्दा बढी धान्ने
२३ माघ, काठमाण्डौ । विदेशी मुद्रा संचिति बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै सो बारे जानकारी दिएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको… Continue reading अर्थतन्त्रमा सुधार,डलरले १० महिनाभन्दा बढी धान्ने
ईयूको नेपालमा चासो/ यूरोपेली यूनियन कि आयुक्त बुधबार नेपाल आउँदै
२३ माघ, एजेन्सी । यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका… Continue reading ईयूको नेपालमा चासो/ यूरोपेली यूनियन कि आयुक्त बुधबार नेपाल आउँदै
प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता
२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नागरिकता विधेयकको छिनोफानो अब संसदबाटै
२३ माघ, काठमाण्डौ । सरकारले लामो समयदेखि अड्किएको नागरिकता लगायत प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग… Continue reading नागरिकता विधेयकको छिनोफानो अब संसदबाटै
३८ वर्ष लागे रोनाल्डो/जन्मदिनको शुभकामना दिनेलाई रोनाल्डोको सन्देश
२३ माघ, एजेन्सी । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो ३८ वर्ष लागेका छन् । आफ्नो ३८ औं जन्मदिनको शुभकामना दिएका विश्वभरका शुभचिन्तक सबैलाई धन्यवाद दिँदै उनले इन्स्टाग्राममा हार्दिक सन्देश पोस्ट गरेका छन्। पोर्चुगिज सुपरस्टार जो अहिले साउदी अरेबियाको अल नासर क्लबका हट केक भनिरहेका छन्, जसलाई व्यापक रूपमा खेलमा उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छ, आइतबार… Continue reading ३८ वर्ष लागे रोनाल्डो/जन्मदिनको शुभकामना दिनेलाई रोनाल्डोको सन्देश