आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

१२ माघ,काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका… Continue reading आज नेप्सेमा झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक

१२ माघ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो।उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य… Continue reading सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक

पादरीले चर्च भित्रै अनैतिक पार्टीको आयोजना गरेपछि…

१२ माघ, एजेन्सी । बेलायतको राजधानी लण्डनको एउटा चर्चमा बयस्कको अनैतिक पार्टी गरेको खुलासाले हंगामा मच्चाएको छ । यस घटनाको खुलासा भएपछि क्रिश्चियन धर्मावलम्बीका सर्वोच्च धर्मगुरु पोप शक्तिका साथ प्रस्तुत भएका छन् । अब भ्याटिकनले पनि यस विषयमा अनुसन्धान थालेको छ ।   संगठित अनैतिक पार्टी एक पास्टर माइकल म्याकोयले कोरोना लकडाउनको समयमा बन्द रहेकोे… Continue reading पादरीले चर्च भित्रै अनैतिक पार्टीको आयोजना गरेपछि…

Barcelona कोपा डेल रेको सेमिफाइनलमा

१२ माघ, एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल सोसिडाडलाई क्वाटरफाइनलमा १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाको जितमा औसमान डेम्बेलाले निर्णायक गोल गरे । फ्रान्सेली फरवार्डले ५२ औं मिनेटमा गरेको गोल नै बार्सिलोनाका लागि जित बन्यो ।… Continue reading Barcelona कोपा डेल रेको सेमिफाइनलमा

प्रचण्ड भारत भ्रमणको तयारीमा

१२ माघ, काठमाण्डौ । तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफ्नो पहिलो विदेश भ्रमण, छिमेकी मुलुक भारतबाट गर्ने भएका छन । यसका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ । फागुन तेस्रो साता राष्ट्रपतिको… Continue reading प्रचण्ड भारत भ्रमणको तयारीमा

सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

१२ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि निलम्बन गरेका नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेट मैदानमा फर्किने बाटो खुलेको छ । सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने भएको छ। आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका छन् । ‘आईसीसीले… Continue reading सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

फेसबुक र इन्स्टामा ट्रम्पको निलम्बन फुकुवा

१२ माघ, एजेन्सी । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने भएका हुन् । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ । सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई… Continue reading फेसबुक र इन्स्टामा ट्रम्पको निलम्बन फुकुवा

उत्तर कोरियामा फैलियो कोरोना, प्योङयाङमा लकडाउन

**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)

१२ माघ, एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उनले राजधानी प्योङयाङमा लकडाउन लगाएका छन् । यस अवधिमा सबै नागरिकलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। राजधानीमा रहेका विदेशी दूतावासलाई समेत सरकारी आदेशको पालना गर्न निर्देशन दिइएको छ । यस्तो अवस्थामा उत्तर कोरियाली नागरिकको जीविकोपार्जनमा संकट आएको छ । दक्षिण कोरियाको एनके न्यूजका अनुशार प्योङयाङका अधिकारीहरूले… Continue reading उत्तर कोरियामा फैलियो कोरोना, प्योङयाङमा लकडाउन

एम्बाप्पेको एकै खेलमा ५ गोल, बने पहिलो खेलाडी

१० माघ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पेस डे कासललाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पेस डे कासललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई विश्राम दिइएको खेलमा पिएसजीले… Continue reading एम्बाप्पेको एकै खेलमा ५ गोल, बने पहिलो खेलाडी

अमेरिकामा हजारौं भारतीयहरुको जागिर चैट

१० माघ, एजेन्सी । विश्वका कयौं ठूला कम्पनीहरुमा कर्मचारी कटौतीको क्रम जारी रहेको छ । अब यही क्रममा आर्थिक संकटसंग जुधिरहेको पाकिस्तान पनि आउने भएको छ । मिडिया रिपोर्टहरुमा अनुमान गरिएअनुसार यसै वर्षको अन्त्यसम्म पाकिस्तानमा लाखौं मानिसहरुले जागिरबाट हात धुनु पर्ने स्थिति आउनसक्छ । पाकिस्तान सरकार अहिले इन्टरनेशनल मनिटरी फण्ड अर्थात आइएमएफको रिणबाटै मिनि बजेटको… Continue reading अमेरिकामा हजारौं भारतीयहरुको जागिर चैट

यू–१९ विश्वकप छनोटःके नेपाल शीर्ष स्थानमा रहला ?

१० माघ, एजेन्सी । नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ… Continue reading यू–१९ विश्वकप छनोटःके नेपाल शीर्ष स्थानमा रहला ?

केबुल व्यवसायीको निसानामा युट्युब/फेसबुकका प्रशारण

१० माघ, काठमाण्डौ । केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलवार केबुल टेलिभिजन व्यवसायीहरुले आफ्ना विभिन्न समस्याहरुको समाधान तत्काल गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका हुन् । केबुल टेलिभिजन व्यवसायीहरुसँगको भेटपछि बोल्दै सञ्चारमन्त्री… Continue reading केबुल व्यवसायीको निसानामा युट्युब/फेसबुकका प्रशारण

पाकिस्तानको ढिकुटीले अब दुई साता मात्रै धान्ने

१० माघ, एजेन्सी । विगत केही दिनदेखि पीठोको अभावको सामना गरिरहेको पाकिस्तान सोमबार अचानक अन्धकारमा डुब्यो । बिहान साढे सात बजे इस्लामावाद, कराँची, लाहोरलगायत देशका धेरै भागमा विद्युत आपूर्ति बन्द भएको थियो । देशको आर्थिक संकट झन झन झन चर्किदै गएको छ । विदेशी मुद्रा सञ्चिति ४ अर्ब ३४३ अर्ब डलरमा संकुचित भएर दुई हप्ताको… Continue reading पाकिस्तानको ढिकुटीले अब दुई साता मात्रै धान्ने

जेलको अनुभव दिलाउने रुपन्देहीको रेस्टुरेन्ट बन्द

१० माघ, काठमाण्डौ । समाजमा नकारात्मक असर सन्देश जाने गरी संचालन गरिएको भन्दै रूपन्देहीको भैरहवामा सञ्चालित जेल रेस्टुरेन्ट एण्ड बारलाई प्रशासनले बन्द गराएको छ । रेस्टुरेन्टमा जेलजस्तो हिरासत, नक्कली बन्दुक पड्काउने र झुण्डिएर आत्महत्या गरेको ‘डेमो’ जस्तो देखाउने गरिएपछि रेस्टुरेन्ट बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपक कुँवरले बताएका छन् । ३… Continue reading जेलको अनुभव दिलाउने रुपन्देहीको रेस्टुरेन्ट बन्द

खेलमैदानमा अवतरण गरेको प्रभुको हेलिकप्टरलाई कारबाही/प्रभु हेलिकप्टरका सबै उडानमा रोक

१० माघ, काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको बताएका छन् । अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु… Continue reading खेलमैदानमा अवतरण गरेको प्रभुको हेलिकप्टरलाई कारबाही/प्रभु हेलिकप्टरका सबै उडानमा रोक

आज नेप्से सामान्य सुधार

१० माघ,काठमाडौं । प्रिओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएके छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको छ । यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकलो लागेको छ भने ४… Continue reading आज नेप्से सामान्य सुधार

बाजुरामा ५.९ रेक्टरको भूकम्प,दिल्लीसम्म धक्का महसुस

१० माघ, काठमाण्डौ । बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन् । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । केही घरहरु भने भत्किएको बताइएको छ । बाजुराको बडिमालिका… Continue reading बाजुरामा ५.९ रेक्टरको भूकम्प,दिल्लीसम्म धक्का महसुस

प्रचण्ड निस्किना साथ इलामका युवाले  संसदअघि शरीरमा पेट्रोल खन्याए

१० माघ,काठमाण्डौ । संघीय संसद भवन नयाँबानेश्वर अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्या ६ का प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । शरीरमा ज्वलनशील… Continue reading प्रचण्ड निस्किना साथ इलामका युवाले  संसदअघि शरीरमा पेट्रोल खन्याए

बाजुराको मेला केन्द्र विन्दु भएर २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प

१० माघ ,काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली(एनसीआर, उत्तर प्रदेश,… Continue reading बाजुराको मेला केन्द्र विन्दु भएर २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प

संसद भवनअघि एक ब्यक्तिले गरे आत्मदाहको प्रयास, पहिचान खुल्न बाँकी

१० माघ, काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका उनलाइ प्रहरीले उद्धार गरेर अस्पताल लगेको र आगो लगाउने को थिए र किन आफैंलाई आगो लगाए भन्ने खुल्न बाकीँ रहेको प्रहरीको भनाई ।

अख्तियारले एकै दिन दुई ठूला माछा समात्यो !

१० माघ, काठमाण्डौ । अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। लामो समयदेखि विवादमा पर्दै आएका गिरीमाथि प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा मुद्दा दायर भएको हो। यस्तै अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई पास बनाइदिने भनी… Continue reading अख्तियारले एकै दिन दुई ठूला माछा समात्यो !

आज मेघगर्जनसहित वर्षा र हिमपात हुने

१० माघ, काठमाण्डौ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण यी क्षेत्रहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम,… Continue reading आज मेघगर्जनसहित वर्षा र हिमपात हुने

२ लाख पुग्छ भनेको सुन १ लाख ६ हजार पुग्यो

१० माघ, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। आज सुन प्रतितोला एक लाख… Continue reading २ लाख पुग्छ भनेको सुन १ लाख ६ हजार पुग्यो

मंसिर ४ को चुनावमा कुन दलले कति खर्च गरे ? नेकपा एसको खर्च सबैभन्दा बढी

१० माघ, काठमाण्डौ । गएको मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर राष्ट्रिय दलबन्नबाट बन्चित हुदै समानुपातिक सिट समेत गुमाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा भने सबैभन्दा बढी खर्च गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार प्रतिनिधि सभा सदस्यको समानुपातिक… Continue reading मंसिर ४ को चुनावमा कुन दलले कति खर्च गरे ? नेकपा एसको खर्च सबैभन्दा बढी

हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका तीन पाइलट कारबाहीमा

९ माघ,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको जानकारी दिए । उनले भने, ‘विमानस्थलमा… Continue reading हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका तीन पाइलट कारबाहीमा

११ मन्त्रालय भएको गण्डकीमा अब ७ मन्त्रालय मात्रै

९ माघ,काठमाण्डौ । गण्डकी प्रदेशमा मन्त्रालय घटाइएको छ । प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो । यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री… Continue reading ११ मन्त्रालय भएको गण्डकीमा अब ७ मन्त्रालय मात्रै

टी–२० लिगमा फिक्सिङ भएको पुष्टि/मेहबुब र आदिल पक्राउ

९ माघ,काठमाण्डौ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई आज विहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि… Continue reading टी–२० लिगमा फिक्सिङ भएको पुष्टि/मेहबुब र आदिल पक्राउ

बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

९ माघ, एजेन्सी । स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिड दुवै आइतबार विजयी रहे । बार्सिलोनाले गेटाफेलाई १–० ले हरायो र त्यसमा स्पेनिस युवा मिडफिल्डर पेड्रीले निर्णायक गोल गरे । शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको जितमा पेड्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । क्याम्प नोउमा आइतबार राति भएको खेलमा… Continue reading बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

आज नेप्सेमा १३ अंकको गिरावट

९ माघ,काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.७१ अंकको गिरावट आएको छ । कारोबार समयमा केही अंकले बढेको नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । ०.६३ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ६५ अंकमा आइपुुगेको छ । यसक्रममा आज १६६ वटा कम्पनीको सेयर मूल्य… Continue reading आज नेप्सेमा १३ अंकको गिरावट

आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने

९ माघ ,काठमाडौं । आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई… Continue reading आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानभर अन्धकार

९ माघ, एजेन्सी । आर्थिक संकटमा डुबेको पाकिस्तान अहिले साँच्चै अन्धकारमा डुबेको छ । पहिले देशमा आटा सकियो, त्यसपछि ग्यास र पेट्रोलको संकट आयो अब बिजुलीविना अन्धकार भएको छ । सोमबार बिहानैदेखि पाकिस्तानको ठूलो भाग अन्धकारमा डुबेको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । क्वेटा र गुड्डु बीचको हाइ–टेन्सन प्रसारण लाइनमा त्रुटिका कारण सोमबार देशका विभिन्न… Continue reading आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानभर अन्धकार

खर्च कटौती गर्ने अभियानमा जुटे प्रधानमन्त्री

९ माघ, काठमाण्डौ । प्रदेशगत संरचनाका कारण राज्यमाथि अधिक व्यहभार थपिरहेको जनगुनासोसँगै प्रदेश सरकारका मन्त्रालयगत संरचनाको औचित्यमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै… Continue reading खर्च कटौती गर्ने अभियानमा जुटे प्रधानमन्त्री

चीनमा कोरोनाले एक हप्तामा १३ हजारको ज्यान लियो

(FILES) In this file photo taken on May 20, 2020, health workers and patients remain in the Intensive Care Unit for COVID-19 of the Gilberto Novaes Hospital in Manaus, Brazil. - Brazilian supreme court judge on January 25, 2021 authorised the opening of an investigation into the possible responsibility of Health Minister Eduardo Pazuello for the collapse of the health system in the Amazonian city of Manaus during the second wave of the coronavirus pandemic. (Photo by MICHAEL DANTAS / AFP)

९ माघ,एजेन्सी । कोरोना भाइरसको उदगमस्थल मानिने चीनमा फेरि संक्रमण दर बढेको छ । पछिल्लो १ हप्तामा मात्रै कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ । जनवरी १३–१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् । चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ । गत जनवरीसम्म कोभिडका कारण ६० हजार… Continue reading चीनमा कोरोनाले एक हप्तामा १३ हजारको ज्यान लियो

जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

९ माघ,विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद, सांस्कृतिक नृत्यसहित शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको हो । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ… Continue reading जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

रविको पार्टीले प्रादेशिक भेला गर्ने,देशभर संगठन बनाउने

९ माघ,काठमाण्डौ । पार्टी गठन गरेको ६ महिनापनि नपुगेको समयमा सहभागिता जनाएको संसदीय निर्वाचनमा आशातित परिणाम हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको हो। जसका लागि जेठसम्म… Continue reading रविको पार्टीले प्रादेशिक भेला गर्ने,देशभर संगठन बनाउने

हालान्डको ह्याट्रिकसँगै म्यानचेस्टर सिटीको जित

९ माघ, एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेड पराजित भयो । खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका… Continue reading हालान्डको ह्याट्रिकसँगै म्यानचेस्टर सिटीको जित

सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

९ माघ, काठमाण्डौ । नाबालिकालाई जबरजस्तीकरणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामा पठाउँदै जिल्ला अदालतले आजका लागि पेशी तोकिएको थियो । उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताएका छन् । जिल्ला अदालतको अन्तिम फ्रसला… Continue reading सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

विराटनगरमा रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षण गर्ने

८ माघ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मिश्रित… Continue reading विराटनगरमा रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षण गर्ने

अन्जनले मुम्बई केन्क्रेबाट आई लिग खेल्ने

८ माघ,काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतीय (आई लिग) खेल्न शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। चर्च ब्वाइज युनाइटेड क्लबकासमेत फरवार्ड रहेका विष्टले मुम्बई केन्क्रे एफसीबाट आइ लिग खेल्ने भएका हुन् । उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि गएका हुन् । यो अवसरलाई अन्जनले आफूलाई थप प्रमाणित गर्ने अवसरको रुपमा… Continue reading अन्जनले मुम्बई केन्क्रेबाट आई लिग खेल्ने

सुष्मा एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश

८ माघ, एजेन्सी ।  नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गरेकी छन् । थाइल्याण्डमा भइरहेको प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुली आरएससीका आधारमा पराजित गरी कम्तिमा रजत पक्का गरेकी हुन् । एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडी फाइनलमा पुगेको यो पहिलो अवसर हो ।… Continue reading सुष्मा एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश

भत्काउन पुग्यो बनाउनु भन्दा भड्किए बालेन

८ माघ, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन धेरैले आशा गरेका जनप्रतिनिधि मध्येका एक हुन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेर शानदार मतका साथ विजयी भएका बालेन निर्वाचित भएपछि पनि लगातार चर्चामा छन् । मेयरपछि महानगरमा चलाएको डोजर अभियानले बालेनको चर्चा झनै बढायो । धेरैले बालेनको यो अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई… Continue reading भत्काउन पुग्यो बनाउनु भन्दा भड्किए बालेन

जुम्लामा जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु/ ३ जना बिरामी

८ माघ,काठमाण्डौ । जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी… Continue reading जुम्लामा जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु/ ३ जना बिरामी

चीनको ८० प्रतिशत जनसंख्या कोरोना संक्रमित

८ माघ,एजेन्सी । चीनको ८० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित भएका छन् । यो जानकारी चीनका एक प्रख्यात सरकारी वैज्ञानिकले दिएका हुन् । उनले ८० प्रतिशत मानिस संक्रमित भइसकेपछि आगामी दुई–तीन महिनामा चीनमा कोरोनाको नयाँ लहर आउन सक्ने सम्भावना निकै कम रहेको बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख एपिडेमोलोजिस्ट वु जुनयुले… Continue reading चीनको ८० प्रतिशत जनसंख्या कोरोना संक्रमित

स्वीडेनमा कुरान जलाएपछि बबण्डर

८ माघ,एजेन्सी । टर्की र स्वीडेनबीचको नेटो सदस्यता विवाद विरोध प्रदर्शनदेखि कुरान जलाउनेसम्म पुगेको छ। टर्कीले स्वीडेनको राजधानी स्टकहोममा रहेको दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा दक्षिणपन्थी समूहले कुरान जलाएको निन्दा गरेको छ। अब पाकिस्तान पनि स्विडेनको बिरुद्धमा आएको छ । स्वीडेनमा पवित्र कुरानको अपमानको निन्दा गर्दै पाकिस्तानले “इस्लामफोबियाको यो मूर्खतापूर्ण र उत्तेजक कार्यले विश्वभरका १.५… Continue reading स्वीडेनमा कुरान जलाएपछि बबण्डर

जनकपुरका दुई युवाको भारतमा अपहरण पछि हत्या

८ माघ, काठमाण्डौ । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको… Continue reading जनकपुरका दुई युवाको भारतमा अपहरण पछि हत्या

विचल्ली बनाउन हुन्न भन्ने हर्कले डोजर चलाएपछि

८ माघ,विराटनगर । स्थानीय तहको निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिबीच सबैभन्दा पहिला काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलले नगरका अवैध संरचनामाथि सुरु गरेको डोजर अभियान अहिले देशका धेरै स्थानीय तहमा निरन्तरता पाएको छ । स्वतन्त्र मेयर बालेनबाट सुरु भएको यो अभियान अहिले धरानमा पुगेको छ । व्यवस्थापन नगरी डोजर चलाउन नहुने भन्दै बालेनको डोजर अभियानको विरोधमा… Continue reading विचल्ली बनाउन हुन्न भन्ने हर्कले डोजर चलाएपछि

सत्तारुढ दल बनेको कांग्रेसले प्रतिपक्षको सुविधा माग्यो !

८ माघ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै… Continue reading सत्तारुढ दल बनेको कांग्रेसले प्रतिपक्षको सुविधा माग्यो !

 फरार सांसद कोइरीलाई पक्रिन देशभर सर्कुलर

८ माघ, काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपनि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आलटाल गर्दै आएको नेपाल प्रहरीले बढ्दो दबाबपछि उनलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको… Continue reading  फरार सांसद कोइरीलाई पक्रिन देशभर सर्कुलर

एस्टन भिल्ला र वेस्टह्याम विजयी/लिभरपुल र चेल्सीको बराबरी

८ माघ,एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो । खेलको तेस्रो मिनेटमा नै काई हाभर्टजले गोल… Continue reading एस्टन भिल्ला र वेस्टह्याम विजयी/लिभरपुल र चेल्सीको बराबरी

बाइडेनको घरबाट गोप्य दस्ताबेज जफत

८माघ, एजेन्सी । विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक अमेरिकामा कानून कति कडा छ र कानूनको नजरमा सर्वसाधारणदेखि राष्ट्रपतिसम्म सबै समान छन् भन्ने उदाहरण पछिल्ला केही घटनाक्रमहरुले थप पुष्टि गरेको छ । त्यहाँको न्यान विभागले लगातार राष्ट्रपतिहरुको घरमा छापा मारेको छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेको हो ।… Continue reading बाइडेनको घरबाट गोप्य दस्ताबेज जफत

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३ वर्षमा चौथो विवाह गरे

८ माघ, एजेन्सी । निल आर्मस्ट्रङपछि चन्द्रमामा पाइला टेक्ने दोस्रो ब्यक्ति हुन् बज एल्ड्रिन । अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य एल्ड्रिन अहिले ९३ वर्षका भए । उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए । बज चन्द्रमामा पाइला टेकेका चार व्यक्तिमध्ये एक मात्र जीवित व्यक्ति हुन् ।… Continue reading चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३ वर्षमा चौथो विवाह गरे

सोमबार र मंगलबार वर्षा र हिमपात हुने

८ माघ, काठमाण्डौ । नेपालमा सोमबारदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण भोली रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ । यो प्रणालीको प्रभाव मंगलबारसम्म नै पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्चिम,… Continue reading सोमबार र मंगलबार वर्षा र हिमपात हुने

प्रदेश एकलाई हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन

७ माघ, काठमाण्डौ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । इटहरीको जनता पार्कमा शनिवार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । यससँगै सुदूरपश्चिमले ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै… Continue reading प्रदेश एकलाई हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

७ माघ, काठमाडौं । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ।लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो।प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्। यद्यपि उनले जरिवाना भने तिर्नुपर्नेछ।सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना… Continue reading कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

ललितपुरको भैंसेपाटीको एक टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

७ माघ,काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका २५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएकी एक जना महिलाको मृत्यु भएको हो।धनकुटा घर भई हाल उक्त टहरामा… Continue reading ललितपुरको भैंसेपाटीको एक टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका निराकारको शव झापा ल्याइयो

७ माघ, काठमाण्डौ । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ।कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर… Continue reading कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका निराकारको शव झापा ल्याइयो

एट्लेटिको मड्रिडले भित्र्यायो मेम्फिस डिपे

७ माघ, एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सका स्ट्राइकर मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ । बार्सिलोना छाडेर उनी एथ्लेटिको गएका हुन् । बार्सिलोनाको अनुमतिमा उनले बिहीबार नै एट्लेटिकोमा अभ्यास गरेको मार्काले जनाएको छ । २८ वर्षीय डिपेका लागि एट्लेटिको ३० लाख युरो तिर्न तयार भएको बार्सिलोनाले जनाएको छ । उनी २०२१ मा फ्रि ट्रान्सफरमा… Continue reading एट्लेटिको मड्रिडले भित्र्यायो मेम्फिस डिपे

६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

७ माघ, काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । शुक्रबार पूर्वी नवलपरासीमा… Continue reading ६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

FILE - In this Dec. 12, 2020, file photo President Donald Trump walks on the South Lawn of the White House in Washington before boarding Marine One. Unemployment benefits for millions of Americans struggling to make ends meet were set to lapse at midnight Saturday night unless Trump signed an end-of-year COVID relief and spending bill that had been considered a done deal before his sudden objections. (AP Photo/Patrick Semansky, File)

७ माघ, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानीको… Continue reading अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

कस्तो छ आजको मौसम ?

८ माघ, काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा… Continue reading कस्तो छ आजको मौसम ?

इन्दिरा र मुक्ताकुमारी उपसभामुखको प्रतिस्पर्धामा

७ माघ, काठमाण्डौ प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा सत्ता गठबन्धनबाट हिजै उम्मेदवारी दर्ता गराएका इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन् । इन्दिरा रास्वपाकी समानुपातिक सांसद हुन् । उनको प्रस्तावकमा… Continue reading इन्दिरा र मुक्ताकुमारी उपसभामुखको प्रतिस्पर्धामा