पूर्वमुख्यमन्त्री नै अनशनमा,बाध्यता कि स्टण्ट ?

२५ भदौ , विराटनगर। सरकारबाट बाहिरिएको ४ महिनापनि पूरा नहुँदै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सरकारविरुद्ध नै अनशनमा बस्ने भएका छन् । आफू नेतृत्वको प्रदेश सरकारले घोषणा गरेका योजना र कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने मागसहित कार्की आजदेखि आमरण अनशनमा बस्ने भएका हुन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि अनशन शुरु… Continue reading पूर्वमुख्यमन्त्री नै अनशनमा,बाध्यता कि स्टण्ट ?

छोरी मुनाको अन्त्येष्टिमा आमा भावविभल

२५ भदौ , काठमाण्डौ। अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ हिन्दु परम्परा अनुसार नै उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छोरीको अन्त्येष्टि समारोहमा उनकी आमा अनिता भावविभल बनेकी थिइन। मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो । उनलाई… Continue reading छोरी मुनाको अन्त्येष्टिमा आमा भावविभल

एप्पलको आईफोन १६ सार्वजनिक, कति छ मूल्य ?

२५ भदौ , एजेन्सी । एप्पलले वहुप्रतिक्षित आईफोनको १६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गरिएको थियो । इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड–४, एयरपड म्याक्स साथै आईफोन–१६ का सबै सिरिज सार्वजनिक गरिएको हो । जहाँ आईफोन–१६,… Continue reading एप्पलको आईफोन १६ सार्वजनिक, कति छ मूल्य ?

कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलिदेखि आमरण अनशन बस्ने

२४ भदौ, विराटनगर ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । सोमबार पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले अनसन थाल्ने जानकारी दिएका हुन् । मंगलबार अपराह्न ४ बजेदेखि कोशी प्रदेशसभा अगाडि आमरण अनशन बस्ने उनले घोषणा गरेका हुन् । केदारले कोशीका… Continue reading कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलिदेखि आमरण अनशन बस्ने

खातामा पैसा नभएको चेक दिए अब सिधै जेल

२४ भदौ , काठमाण्डौ। अहिले धेरै सुनिने गरेको शब्द हो, चेक बाउन्स । बैंकिङ सेवासँग प्रत्यक्ष नजोडिएका कालागि यो अलि नौलो विषय हुन सक्छ । यद्यपि बैंकिङ क्षेत्रमा भने यो आम शब्द नै हो । कुनै पनि व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई जारी गरेको चेक प्रापक व्यक्ति वा संस्थाले सम्बन्धित बैंक तथा वित्तीय… Continue reading खातामा पैसा नभएको चेक दिए अब सिधै जेल

बालेन एक्लो बृहस्पति, न्यायाधीसमाथि महाअभियोगको माग

२४ भदौ , विराटनगर। बागमती र यसका सहायक नदी किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसलाले अहिले संघीय राजधानीको राजनीति उम्लिएको छ। काठमाडौं महानगरदेखि सिंहदरबार, एमाले पार्टी कार्यालय च्यासलदेखि उपत्यकाका मेयरहरुको फोरमसम्मै यो मनसुनको बेला पनि यसले गर्मी बढाएको छ ।साथै यही विषयमा काठमाडौंका मेयर बालेन्द्र शाह एक्लो बृहस्पति जस्ता देखिन थालेका छन् ।… Continue reading बालेन एक्लो बृहस्पति, न्यायाधीसमाथि महाअभियोगको माग

कैद सजाय रकममा परिणत गरेका कांग्रेस सांसद हेलिकप्टर चार्डर गरी काठमाडौं उडे

२४ भदौ, दाङ ।  धन हुनेलाई चैन भनेको यहीँ हो । धन नहुनेहरू क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएको कारागारमा बसेर मृत्यु वरण गर्न बाध्य छन् । कोही भने कैद सजाय रकममा परिणत गरी हेलिकप्टर चार्डर गरेर संघीय राजधानी काठमाडौं उड्छन् । मोटरसाइकल चोरी आरोपमा पक्राउ परेर एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि… Continue reading कैद सजाय रकममा परिणत गरेका कांग्रेस सांसद हेलिकप्टर चार्डर गरी काठमाडौं उडे

कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी

२४ भदौ , काठमाण्डौ । सहकारीको वचत अपचलन र ठगी गरेको आरोपसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गम्भिर प्रश्न उठाउँदै आएको नेपाली कांग्रेसका उपसभापति नै सहकारी ठगी प्रकरणमा जोडिएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङविरुद्ध नै सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत… Continue reading कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी

ओलीको शैली : काम जसले गरोस् जस आफू लिने

२४ भदौ , काठमाण्डौ । प्रधानमन्त्री पदमा आसीन रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएयता सामाजिक संजालमा विगतको तुलनामा अझ बढी सक्रिय छन् । सामाजिक संजालबाटै हरेक दिनका महत्वपूर्ण निर्णय र जानकारीहरु उनले सार्वजनिक गर्दै आएका छन् । आफ्ना कामको प्रचार गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री अरुले नै निर्णय… Continue reading ओलीको शैली : काम जसले गरोस् जस आफू लिने

बालेनले फेसबुकमा उठाएको माग संसद्‌मा पनि उठ्यो, होला त रेखा शर्मालाई कारबाही ?

२४ भदौ, काठमाडौं । केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत् उठाएको माग संघीय सदनमा पनि उठेको छ । बालेनले  प्रदेश सांसद रेखा शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित हुँदै प्रश्न गरेका थिए । सोही विषयमा सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले राखेकी हुन् ।… Continue reading बालेनले फेसबुकमा उठाएको माग संसद्‌मा पनि उठ्यो, होला त रेखा शर्मालाई कारबाही ?

बालेनले निर्णय कार्यान्वयन गर्दा जनता मात्र होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतकाे आदेशलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यान्वयन गर्दा जनतामात्र नभएर भगवान पनि पीडित बताएका छन् । काठमाडौं उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने बालेनको निर्णयप्रति आपत्ति जनाउँदै ओलीले उक्त अभिव्यक्ति दिएका हुन् ।… Continue reading बालेनले निर्णय कार्यान्वयन गर्दा जनता मात्र होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री

चार वर्षे कार्यकालमा बाइडेनले लिए एक वर्ष ४ महिना छुट्टी

२४ भदौ , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा नयाँ रेकर्ड बनाएका छन् । तर यो रेकर्ड काम गरेर होइन बिदा धेरै लिएर बनेको हो । ८१ वर्षको बृद्ध अवस्थामा समेत राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरिरहेका बाइडेन उमेरकै कारण आलोचित बनिरहेका बेला उनले आफ्नो चार वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएको सार्वजनिक भएको… Continue reading चार वर्षे कार्यकालमा बाइडेनले लिए एक वर्ष ४ महिना छुट्टी

इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

२४ भदौ , एजेन्सी ।  पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको… Continue reading इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

रुसलाई इरानी क्षेप्यास्त्र

Relationship between the Russia and the Iran. Two flags of countries on heaven with sunset. 3D rendered illustration.

२४ भदौ , एजेन्सी । इरानले रुसलाई छोटो दूरीमा प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्र दिएको अमेरिकी र अन्य पश्चिमा गुप्तचर निकायहरूले जनाएका छन् । रुसले ती क्षेप्यास्त्र युक्रेन युद्धमा प्रयोग गर्ने उनीहरूको भनाइ छ । ती क्षेप्यास्त्र इरानले कहिले आपूर्ति गरेको हो, स्पष्ट छैन । तर, अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै वाल स्ट्रिट जर्नलले सो खबर प्रकाशित… Continue reading रुसलाई इरानी क्षेप्यास्त्र

अफगानिस्तानमा १० टन लागुऔषध नष्ट

National flag of Afghanistan flying from a pole

२४ भदौ ,एजेन्सी । अफगानिस्तानको पश्चिमी निमरुज प्रान्तमा १० टन अवैध लागुऔषध नष्ट गरिएको छ । प्रान्तीय निर्देशक अब्दुल वासी रायहानले यसबारेमा जानकारी दिए । तस्करीमा हेरोइन, अफिम, चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने वस्तुहरू थिए । विगत चार महिनादेखि प्रदेशभरबाट सङ्कलन गरी सार्वजनिक रूपमा जलाइएको रैहानले बताए । अप्रिल २०२२ मा अफगान कार्यवाहक सरकारले… Continue reading अफगानिस्तानमा १० टन लागुऔषध नष्ट

केन्यामा १७ बालबालिकाको मृत्यु

२४ भदौ ,एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानबिन गर्न आदेश दिएका छन् । आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताए । राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग… Continue reading केन्यामा १७ बालबालिकाको मृत्यु

सुपर टाइफुनले चीन तहसनहस

Chinese flag in beijing tiananmen square

२४ भदौ ,एजेन्सी । सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ। चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ । विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई… Continue reading सुपर टाइफुनले चीन तहसनहस

नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

२४ भदौ , काठमाण्डौ । नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आज सार्वजनिक गरेको विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सम्बन्धी खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई… Continue reading नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

राष्ट्रसंघमा ओलीले उठाउने नेपालका एजेण्डा के छन् ?

२४ भदौ , एजेन्सी । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हँुँदैछ । महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल… Continue reading राष्ट्रसंघमा ओलीले उठाउने नेपालका एजेण्डा के छन् ?

जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु

२४ भदौ ,एजेन्सी । क्रोएसियाका कप्तानसमेत रहेको मिडफिल्डर लुका मोड्रिच आजकै दिनबाट ३९ वर्षमा टेके । सन् २००६ को मार्चमा अर्जेन्टिनासँग खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मोड्रिचले आज जन्मदिन मनाउँदै छन् । २० वर्षको उमेरबाट राष्ट्रका लागि खेल्न थालेका मोड्रिचले करिब–करिब १८ वर्षभन्दा बढी क्रोएसियाका लागि खेलिसकेका छन् । त्यस अवधिमा १८० खेलमा २७… Continue reading जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु

ह्वील स्टेरिङ लक भएपछि श्रीएयरलाइन्सको विमान ‘डाइभर्ट’

२४ भदौ, विराटनगर । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इन्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । सोमबार बिहान काठमाडौंबाट सुर्खेतका लागि… Continue reading ह्वील स्टेरिङ लक भएपछि श्रीएयरलाइन्सको विमान ‘डाइभर्ट’

प्रहरी नै घेराबन्दीमा,अनुमतिबिना भेटघाटमा रोक

२४ भदौ , काठमाण्डौ  । चेन अफ कमान्डमा चल्ने नेपाल प्रहरीभित्र राजनीतिक र विचौलियाको हस्तक्षेप बढेपछि बाहिरी भेटघाटमा कडाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार एक परिपत्र जारी गर्दै कार्यालयको कामबाहेक अन्य कामका लागि अनुमति लिएर मात्रै भेटघाट गर्न अन्यथा कारबाही हुने चेतावनी दिएको छ । देशभरका युनिटलाई आइतबार ‘सर्कुलर’ गरी ‘अफिसियल’ कामबाहेक बाहिरी… Continue reading प्रहरी नै घेराबन्दीमा,अनुमतिबिना भेटघाटमा रोक

अब सरकारी कर्मचारीले डेढदेखि दुई बजेसम्ममा खाजा खाइसक्नुपर्ने !

२४ भदौ, काठमाडौं । सरकारले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई खाजा खाने समय आधा घण्टा तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारले सरकारी कार्यालयहरूको खाजा खाने समय ३० मिनेट कायम गरेको हो । आइतबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले… Continue reading अब सरकारी कर्मचारीले डेढदेखि दुई बजेसम्ममा खाजा खाइसक्नुपर्ने !

युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस

२३ भदौ ,एजेन्सी । ३ वर्षदेखि जारी रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि लामो समयदेखि पहल भइरहेको छ । तर पटक पटकका युद्ध विरामका प्रयास समेत सफल हुन् नसकेको अवस्थामा पछिल्लो समय छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस र युक्रेनको भ्रमणपछि अमेरिका युरोपसहित यस युद्धमा जोडिएका युक्रेन र रुसले समेत भारतले नै युद्ध अन्त्य… Continue reading युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस

अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

२३ भदौ ,विराटनगर । आन्तरिक र भूराजनीतिकरुपले संकटमा परेको भेनेजुएलामा यतिबेला त्यहाँका विपक्षी दलका नेताहरुको त्राहीमाम छ । विपक्षी नेताहरु कोही देश छाडिरहेका छन् भने कोही विदेशी नियोगहरुमा शरण लिइरहेका छन् । अर्कातिर त्यहाँस्थिति विदेशी दूतावास तथा नियोगहरु पनि सरकारी फौजको घेराबन्दीमा परेका छन् । यसबीच भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी… Continue reading अर्जेन्टिनी दूतावासमा किन घेरा हाले मादुरोले?

ओलम्पियन संगिना वैद्यले दिइन् उपनिर्देशकबाट राजीनामा

२३ भदौ ,एजेन्सी । ओलम्पियन समेत रहेकी संगिना वैद्यले राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छन् । यो संस्थामा निर्देशकका लागि दाबेदारसमेत रहेकी उनले अचानक किन राजीनामा दिइन् भने खबर अब नेपाल टाइम्स अनलाइन समाचारमा । आफ्नो वरियता मिचेर सरकारले जुनियरलाई निर्देशकमा नियुक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण… Continue reading ओलम्पियन संगिना वैद्यले दिइन् उपनिर्देशकबाट राजीनामा

मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए

२३ भदौ , एजेन्सी । अमेरिकामा केही दिनअघि नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक बबी सिंह नेपालमै जन्मिएको खुलेको छ । त्यो पनि राजधानी काठमाडौंमै । भारतीय नागरिक बबीको जन्म कसरी नेपालमा भयो ? अनि उनी कहिले अमेरिका गए ?  सन् १९६० ताका बबीका पिता दर्शन सिंह भारतको… Continue reading मुनाको ज्यान लिने !बबी नेपालमै जन्मिएका थिए

स्वीडेनमा २ वर्ष मुनिका बालबालिकालाई मोबाइल हेर्न प्रतिबन्ध

२३ भदौ ,एजेन्सी । प्रविधिको विकाससँग हात हातमा मोबाइल र इन्टरनेट पुगेपछि नेपालमा पनि पछिल्लो समय अधिकांश बालबालिकाहरुले लामो समय स्क्रिनमा बिताउने गरेका छन् । अभिभावहरुले समेत आफ्ना बालबालिकालाई भुल्याउन मोबाइल दिने गरेका छन् । यहाँसम्मकी बालबालिकाहरुलाई खाना खान र खुवाउँदा समेत मोबाइल अनिवार्य जत्तिकै बनेको छ । तर यसरी लामो समय स्क्रिनमा बस्दा बालबालिकाहरुलाई… Continue reading स्वीडेनमा २ वर्ष मुनिका बालबालिकालाई मोबाइल हेर्न प्रतिबन्ध

मस्कले २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाउने

२३ भदौ , एजेन्सी । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका छन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै मंगल ग्रहमा रकेटको सुरक्षित अवतरणको परीक्षण गरिने पनि बताएका छन् । आगामी २० वर्षमा मंगल ग्रहमा सहर स्थापना गर्ने तयारीमा मस्कले… Continue reading मस्कले २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाउने

ओखलढुंगामा बढ्यो डेंगु संक्रमण दर, हालसम्म ५४ जनामा पुष्टि

२३ भदौ, ओखलढुंगा । ओखलढुंगामा डेंगु संक्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । हालसम्म २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको सूचना अधिकारी विनोद पोखरेलले जानकारी दिए । सङ्क्रमण… Continue reading ओखलढुंगामा बढ्यो डेंगु संक्रमण दर, हालसम्म ५४ जनामा पुष्टि

कोशी अस्पतालमा उपचाररत कैदीको मृत्यु, धरौटी तिर्न नसकेर थिए कारागारमा

२३ भदौ, विराटनगर । मोरङ कारागारमा रहेर कैदभुक्तान गरिरहेका एक कैदीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङ रहेका छन् । मोटरसाइकल चालक मुद्दामा कैद भुक्तान गरिरहेका तामाङको आइतबार बिहान कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले जानकारी दिए ।… Continue reading कोशी अस्पतालमा उपचाररत कैदीको मृत्यु, धरौटी तिर्न नसकेर थिए कारागारमा

मानव तस्करको चंगुलमा नेपाली, अमेरिकी प्रहरीले समात्यो

२२ भदौ  ,एजेन्सी । नेपालीमात्रै होइन, संसारकै लागि अमेरिका एक सपनाको देश हो । अमेरिका जानु पनि एउटा सफलताको मानक बन्दै आएको छ । नेपालीहरुका लागि पनि त्यहाँ गएपछि काम र दाम दुवै हुने, जीवन सुरक्षित हुने जस्ता अमेरिकी सपना बग्रेल्ती छन् । यसैले लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छन् । त्यसमा पनि अझ… Continue reading मानव तस्करको चंगुलमा नेपाली, अमेरिकी प्रहरीले समात्यो

झापामा दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा समातिए चार जना

२३ भदौ, झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेर राखिएको दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा झापा प्रहरीले चार जनालाई समातेको हो । मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको… Continue reading झापामा दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा समातिए चार जना

सरकारविरुद्ध बालेनको स्टाटसः आफै धामी, आफै झाक्री

२३ भदौ , काठमण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि संघीय सरकार, सत्तारुढ दलहरु र तिनका नेताकार्यकर्ता माथि खनिएका छन् । कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको भन्दै उनले सामाजिक संजालमा आक्रोश पोखेका छन् । उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन् । ’खोलाको… Continue reading सरकारविरुद्ध बालेनको स्टाटसः आफै धामी, आफै झाक्री

विराटनगर आएर प्रचण्डले पारे स्पष्ट : मैले नेपाललाई बंगलादेश बनाउँछु भनेर भनेको छैन

२३ भदौ, विराटनगर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाललाई बंगलादेश बनाउँछु भनेर नभनेको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको जिकिर गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो… Continue reading विराटनगर आएर प्रचण्डले पारे स्पष्ट : मैले नेपाललाई बंगलादेश बनाउँछु भनेर भनेको छैन

रित्तिँदै छ देश : कोरिया जान नौ लाख १९ हजार युवाको आवेदन !

२३ भदौ, काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको संख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । आजभन्दा १७ वर्षअघि अर्थात् सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको… Continue reading रित्तिँदै छ देश : कोरिया जान नौ लाख १९ हजार युवाको आवेदन !

तेक्वान्दो क्वीन पलेशालाई पुरस्कार मात्रै ८१ लाख माथि

२३ भदौ , काठमण्डौ । नेपालमा सरकार तथा निजी क्षेत्रले घोषणा गरेका पुरस्कार नै खेलाडीहरू लामो समयसम्म नपाएका खबरहरू हामीले सुन्दै आएका छौं । खेलाडीका लागि दिने भनेर घोषणा गरिएका पुरस्कार राशिमा पनि कटौती गरिएको घटनाहरू पनि छन् । नेपाली खेलक्षेत्रको प्रवद्र्धनका लागि कहीँकतै आशाजनक ठाउँ नरहेको निष्कर्षसहित धेरै खेलाडी पलायन पनि भएकै छन् ।… Continue reading तेक्वान्दो क्वीन पलेशालाई पुरस्कार मात्रै ८१ लाख माथि

सरकारले दोहोरो नीति लिएको भन्दै बालेनको आपत्ति, भने- सरकार आफैं धामी, आफैं झाँक्री

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आइतबार बिहान सामाजिक सञ्जालमा संघीय सरकारलक्षित हुँदै स्टाटस लेखेका छन् । महानगरसँग जोडिएको पछिल्लो प्रकरणमा संघीय सरकारले दोहोरो नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् । बालेनले नयाँ मापदण्डअनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने पनि बताएका छन् । यस्ता घर भत्काउनै… Continue reading सरकारले दोहोरो नीति लिएको भन्दै बालेनको आपत्ति, भने- सरकार आफैं धामी, आफैं झाँक्री

विराटनगरबाट पक्राउ परे सट्टेबाज दाजुभाइ

२२ भदौ, विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट प्रहरीले सट्टेबाज दाजुभाइलाई समातेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन् । मोरङ प्रहरीका अनुसार उनीहरू एउटै घरका दाजुभाइ हुन् । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजीसम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएका उनीहरूलाई घरबाटै भदौ १८ गते पक्राउ गरिएको प्रहरीले… Continue reading विराटनगरबाट पक्राउ परे सट्टेबाज दाजुभाइ

विश्वकप क्रिकेट लिग–२ मा नेपालको तयारी कस्तो ?

२२ भदौ , काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा र ओमानविरुद्धको एकदिवसीय सिरिजको तयारीका नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा छ । क्यानडामा हुने दोस्रो चरणको त्रिकोणात्मक सिरिजका लागि नेपालले एकदिवसीय अभ्यास खेलहरू खेलिरहेको छ ।अब, आइतबार उसले अभ्यास खेलको अन्तिम खेलमा श्रीलंकाको एसएल डेभ्लपमेन्ट टिम खेल्ने छ । त्यसअघि पनि श्रीलंकाको स्थानीय टोली… Continue reading विश्वकप क्रिकेट लिग–२ मा नेपालको तयारी कस्तो ?

यसपटक दशैंमा नयाँ होइन सुकिला नोट

२२ भदौ , काठमाण्डौ । दसैं नजिकिदै गर्दा बजारमा चहलपहल बढेको छ । कतिपयले यस पटक दसैं कसरी मनाउँने, घुम्न, टिका थाप्न कहाँ कहाँ जाने भन्ने योजना पनि बनाउन थालिसकेका छन् । दसैं भन्नासाथ हाम्रो मानसपटलमा मिठो खाने, राम्रो लगाउने, आफन्त भेटघाट, टिका, आशिर्वाद सम्झना आइहाल्छ । संगै सम्झना आउँछ दक्षिणा, त्यो पनि नयाँ नयाँ… Continue reading यसपटक दशैंमा नयाँ होइन सुकिला नोट

सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

२२ भदौ , विराटनगर । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । यो यान न्यू मेक्सिकोको मरुभूमिमा स्थानीय समय अनुसार शुक्रबार अवेर राति अवतरण गरेको हो । यान तोकिएको समय भन्दा महिनौं ढिलाइ गरी पृथ्वी फर्किएको हो । तर, यो यानमा गएका बुच र सुनिता अझै… Continue reading सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

केही गर्दा बढेन दक्षिण कोरियाको जन्मदर

२२ भदौ , एजेन्सी । तीव्र गतिमा घट्दो जन्मदर दक्षिण कोरियाका लागि निकै ठूलो समस्या बनेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू पनि अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको… Continue reading केही गर्दा बढेन दक्षिण कोरियाको जन्मदर

८ वर्षदेखि देशभरमै भेटिएन सर्वोत्कृष्ट कर्मचारी

२२ भदौ , एजेन्सी । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । आज सिंहदरबार परिसरमा आयोजना… Continue reading ८ वर्षदेखि देशभरमै भेटिएन सर्वोत्कृष्ट कर्मचारी

जापानमा घरायसी खर्च बढ्यो

२२ भदौ , एजेन्सी । जुलाईमा जापानको घरायसी खर्च एक वर्ष अघिको मुद्रास्फीति–समायोजित वास्तविक शर्तहरूमा ०.१ प्रतिशतले बढेको छ । आन्तरिक मामिला मन्त्रालयले यसबारेमा जानकारी गराएको हो । दुई वा सोभन्दा बढी सदस्य भएका घरपरिवारको औसत खर्च जुलाईमा २ लाख ९० हजार ९३१ येन (लगभग २ हजार २९ अमेरिकी डलर) पुगेको छ । उच्च ज्यालाले… Continue reading जापानमा घरायसी खर्च बढ्यो

अमेरिकामा बेरोजगारी घट्यो

२२ भदौ ,एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अगस्टमा अपेक्षाभन्दा कम १ लाख ४२ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ । श्रम तथ्याङ्क विभागको ब्यूरोअनुसार निर्माण र स्वास्थ्य सेवामा रोजगारी प्राप्त भएको छ । निर्माण रोजगारी अगस्टमा ३४ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा १९ हजारको औसत मासिक लाभ भन्दा… Continue reading अमेरिकामा बेरोजगारी घट्यो

प्रचण्डलाई इंगित गर्दै बाँस्कोटाले भने-स्वट्जरल्यान्ड बनाउँछु भन्थे, बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्

२२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले स्विट्जरल्यान्ड बनाउँछु भन्ने प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साएको आरोप लगाए । उनले लेखेका छन्, ‘प्रचण्ड बंगलादेश बनाउँछु भनेर तर्साउँदै छन्, पहिला स्विट्जरल्यान्ड बनाउँछु भन्थे ।’ यस्तै उनले सत्ता बर्बराहट… Continue reading प्रचण्डलाई इंगित गर्दै बाँस्कोटाले भने-स्वट्जरल्यान्ड बनाउँछु भन्थे, बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्

ट्रम्प होइन पुटिनले रोजे कमला

Photo by Adam Schultz / Biden for President

२२ भदौ , एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन् । रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले ह्यारिसलाई समर्थन गर्ने बताएका हुन् । ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक छ’, उनले भने । डोनाल्ड ट्रम्पले रूसमाथि अन्य… Continue reading ट्रम्प होइन पुटिनले रोजे कमला

दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउन स्वीकृति

२२ भदौ , विराटनगर। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले… Continue reading दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउन स्वीकृति

टिनएजरलाई युट्युबमा फिटनेस भिडियो हेर्न प्रतिबन्ध

२२ भदौ ,एजेन्सी । .टिनएजरले अबदेखि युट्युबमा फिटनेस सम्बन्धी भिडियोहरु हेर्न नपाउँने भएका छन् । युट्युबले कतिपय स्वास्थ्य तथा फिटनेस सम्बन्धी भिडियोहरुमा किशोरकिशोरीहरुको पहुँचमा प्रतिबन्ध लगाएको छ । १३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरु सीमित शारीरिक व्यायाम तथा फिटनेस सम्बन्धी भिडियोहरु हेर्न सक्षम हुन्छन् । तर युट्युबले ती किशोरकिशोरीहरुलाई त्यस्ता भिडियो फेरि दोहो¥याएर… Continue reading टिनएजरलाई युट्युबमा फिटनेस भिडियो हेर्न प्रतिबन्ध

दुर्गा प्रसाईंको बिएन्डसी अस्पतालले पायो एमबिबिएस पढाउन औपचारिक स्वीकृति

२२ भदौ, विराटनगर ।  झापाको बिर्तामोड नगरपालिका-५ बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) पढाउने औपचारिक स्वीकृति पाएको छ । पछिल्लो समय ‘राष्ट्र र राष्ट्रियता’ अभियानमा सक्रिय बनेका अभियन्ता दुर्गा प्रसाईंको बिएन्डसीले लामो प्रतीक्षापछि चिकित्सा शिक्षा आयोगबाटमा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको हो । पहिलोपल्ट यसै शैक्षिक वर्षमा… Continue reading दुर्गा प्रसाईंको बिएन्डसी अस्पतालले पायो एमबिबिएस पढाउन औपचारिक स्वीकृति

बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

२२ भदौ , काठमाण्डौ ।  मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभरको मौसम कस्तो छ, कहाँ कति वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

जापानको ठूलो खतरा चीन,अब क्षेप्यास्त्रदेखि सुपर क्यारियर बनाउने

२१ भदौ , एजेन्सी । जापानले आफ्नो सैन्य बजेटमा भारी वृद्धि गरेको छ । यसका लागि जापानको रक्षा मन्त्रालयले आर्थिक वर्ष २०२५ मा हालसम्मकै सबैभन्दा ठूलो करिब ५८ अर्ब डलर बजेटको व्यवस्था गरेको छ । यसमार्फत जापानले सन् २०२५ सम्ममा रक्षा श्वेतपत्र र रक्षा निर्माण कार्यक्रममा उल्लिखित योजनाहरू कार्यान्वयन गर्ने प्रयास गर्नेछ। यो बजेटले जापानलाई… Continue reading जापानको ठूलो खतरा चीन,अब क्षेप्यास्त्रदेखि सुपर क्यारियर बनाउने

तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

२१ भदौ , विराटनगर । हिन्दु नारीहरुले आज हर्षोउल्लाहसका साथ हरितालिका तीज मनाउदैछन् । हुन त तीजको अर्थ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन,हरितालिका अर्थात् तीज हो भनेर नेपाली बृहत् शब्दकोशमा नै परिभाषित गरिएको छ । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख,… Continue reading तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

बालेनको फेसबुक पोस्ट तीन दिनपछि भयो फिर्ता

२१ भदौ, विराटनगर । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले लेखेको फेसबुक पोस्ट ‘रिकभरी’ भएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै बालेनले गरेको पोस्ट फेसबुकले नै हटाएको थियो । घरेलु बालश्रमसम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । तथापि, यसबारे फेसबुकले आधिकारिक रूपमा केही उल्लेख भने… Continue reading बालेनको फेसबुक पोस्ट तीन दिनपछि भयो फिर्ता

रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?

२१ भदौ , काठमाण्डौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मखमा कालोटेप टासेर काठमाडौंमा आयोजित विरोध सभामा ओली, तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारी र समग्र एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्री फेरि एमाले फर्किने तयारीमा जुटेकी छन् । झाक्री एमालेमै फर्किने आधारहरु भनेको चाँही केही… Continue reading रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?

चीनले कसरी प्रदूषण घटायो ? नेपालले केही सिक्ने कि ?

Chinese flag in beijing tiananmen square

२१ भदौ , एजेन्सी । नेपाल विश्वमै प्रदूषित हुने देशहरु भित्र परिसकेको छ । जाडो सकिनासाथ पछिल्लो वर्षदेखि सुख्खा मौसममा प्रदूषणको समस्या पनि फर्किदै आएको छ । कयौ पटक विश्वमै सर्वाधिक प्रदूषित बनेको देशको राजधानी काठमाडौं यसपटक नबन्ने गरी अहिलेसम्म खास पहल र कामहरु भएका छैनन् । जुन तपाई हामीलाई बिरामी बनाउन पर्याप्त हुनेछ ।… Continue reading चीनले कसरी प्रदूषण घटायो ? नेपालले केही सिक्ने कि ?

मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

२१ भदौ , एजेन्सी । समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशक यता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि… Continue reading मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

सौर्य जहाज दुर्घटनाको कारण खुल्यो

२१ भदौ ,काठमाण्डौ। १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण तौल सन्तुलन नमिल्नु रहेको खुलेको छ । दुर्घटनाको अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेका कारण दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ… Continue reading सौर्य जहाज दुर्घटनाको कारण खुल्यो

मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

२१ भदौ , काठमाण्डौ । समकालीन फुटबलका महान् हस्तीहरू भन्नेबित्तिकै हामी अर्जेन्टिनाका लियोनल मेसी अनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई मात्रै सम्झन्छौं । सर्वाधिक प्रतिष्ठित अवार्डका विषयमा होस् वा विभिन्न कीर्तिमानमा होस्, ३७ वर्षीय मेसी अनि ३९ वर्षका रोनाल्डोले नै एकछत्र राज गरेका छन् । यसैले पनि उनीहरूलाई दिग्गज खेलाडीका रूपमा सम्झनु स्वभाविक हो । तर, एक… Continue reading मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

गैंडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक घाइते

२१ भदौ , काठमाण्डौ। बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैँडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए । विदेशी पर्यटकलाई जोगाउन खोज्दा… Continue reading गैंडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक घाइते