१७ फागुन,काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार… Continue reading आज सुनको भाउ बढ्दा चाँदी स्थिर
Category: समाचार
मेसीको नारा लागेपछि रोनाल्डोलाई असह्य, गरे अश्लील इशारा
१७ फागुन,एजेन्सी । विश्व चर्चित फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वभर करोडौं समर्थक रहेका प्रभावशाली खेलाडी हुन् । यी दुईमा को सर्वाेत्कृष्ट भन्ने विषयमा समर्थकहरु विश्वभर नै दुई कित्तामा बाँडिएका छन् । केही समयअघि मात्रै अमेरिकी क्लब मियामीबाट मेसी रोनाल्डो आबद्ध अल नासरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि साउदी पुगेका थिए । तर रोनाल्डो मैदानमा… Continue reading मेसीको नारा लागेपछि रोनाल्डोलाई असह्य, गरे अश्लील इशारा
११ जना घाइते हुनेगरिको झडपको स्थिति कसरी भयो ?
१७ फागुन, काठमाण्डौ। काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् । बुधबार साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो । उक्त झडपमा परी छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरी उपरीक्षक मनोज लामिछानेको… Continue reading ११ जना घाइते हुनेगरिको झडपको स्थिति कसरी भयो ?
गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन १ अर्ब १० करोडको टेण्डर
१७ फागुन,काठमाण्डौ । लामो समयदेखि अलपत्र परेको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अब गति लिने भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । धुर्मुस सुनतली फाउन्डेशनले निर्माण आरम्भ गरी ३० प्रतिशत निर्माण सम्पन्न गरेपनि बजेट अभावले निर्माण अलपत्र बनेको रंगशालाका लागि महानगरपालिकाले पहिलो चरणको निर्माण कार्यका… Continue reading गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन १ अर्ब १० करोडको टेण्डर
७३ औं स्थानको जोर्डनसँग खेल्दै नेपाल,उपाधि घर ल्याउला ?
१७ फागुन,एजेन्सी । वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । सेमिफाइनलमा लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो… Continue reading ७३ औं स्थानको जोर्डनसँग खेल्दै नेपाल,उपाधि घर ल्याउला ?
विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय खुल्ने
१६ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय… Continue reading विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय खुल्ने
कोशीका मुख्यमन्त्रीले गरे २४३ किमि पैदल यात्रा, हात्तीमैत्री पदयात्रा सम्पन्न
१५ फागुन , विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सम्पन्नभएको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो । यसक्रममा मुख्यमन्त्रीकार्कीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेका छन् । यसक्रममा उनले ती जिल्लाका २४ स्थानीयतह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुंदै पदयात्रा गरेकाथिए ।यसक्रममाकार्कीले दैनिक… Continue reading कोशीका मुख्यमन्त्रीले गरे २४३ किमि पैदल यात्रा, हात्तीमैत्री पदयात्रा सम्पन्न
प्रभु बैंकका सीईओ न्यौपानेसहित ११ पक्राउ, के हो कसुर ?
१५ फागुन, काठमाण्डौ । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । न्यौपाने २०७८ असारदेखि सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।… Continue reading प्रभु बैंकका सीईओ न्यौपानेसहित ११ पक्राउ, के हो कसुर ?
धरानमा विमानस्थल नबन्ने भएपछि हर्कको अभद्र टिप्पणी
१५ फागुन, विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा यस्तो देखिएको हो । सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण… Continue reading धरानमा विमानस्थल नबन्ने भएपछि हर्कको अभद्र टिप्पणी
मंगलबार नेप्सेमा ९.३४ अंकको वृद्धी
१५ फागुन, काठमाण्डौ । आज मंगलबार नेप्सेमा ९.३४ अंकको वृद्धी भएको छ। नेप्से ०.४६ प्रतिशतले बढेर २००१. ६४ विन्दुमा बन्द भएको छ।नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।मंगलबारको बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब १ करोड… Continue reading मंगलबार नेप्सेमा ९.३४ अंकको वृद्धी
सामसङको ’ग्यालेक्सी रिंग’
१५ फागुन, एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसका क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो । सामसङका सर्कुलर सह–संस्थापक तथा सिइओ अमाउरी कोसमनले सामसङ ग्यालेक्सी रिंग यसै वर्षको अन्त्यमा बजारमा आउने जानकारी गराए । औँठीमा रहेको सेन्सरले… Continue reading सामसङको ’ग्यालेक्सी रिंग’
चीनको १०० अन्तरिक्ष यान प्रक्षेपण
१५ फागुन, एजेन्सी । चीनले यो वर्ष करिब १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो । यो योजनाबाट अन्तरिक्षका क्षेत्रमा नयाँ रेकर्ड कायम हुनेछ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान… Continue reading चीनको १०० अन्तरिक्ष यान प्रक्षेपण
नामिबियासँग फेरि हार्याे नेपाल,पहिलो गाँसमै ढुङ्गा
१५ फागुन, काठमाण्डौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ । यसअघिको खेलभन्दा केही सुधारिएको प्रर्दशन गरेपनि सुरुवातमै विकेट गुमाएको नेपालले २०७ रनको लक्ष्य पूरा गर्न सकेन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा… Continue reading नामिबियासँग फेरि हार्याे नेपाल,पहिलो गाँसमै ढुङ्गा
कुशल मल्लको विश्व कीर्तिमान नामिबियाका लोफ्टीले तोडे
१५ फागुन, काठमाण्डौ । नेपालका युवा ब्याटर कुशल मल्लले टी–२० क्रिकेट इतिहासमा बनाएको सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड नामिबियाका खेलाडीले तोडिदिएका छन् । काठमाडौंमा जारी त्रिदेशीय सिरिजको आज नेपालसँगको खेलमा नामिबियाका जन निकोल लोफ्टी–इटनले कुशलको कीर्तिमान तोडेका हुन् । उनले नेपालविरुद्ध सर्वाधिक छिटो ३३ बलमा नै शतक पुरा गरेर विश्वकीर्तिमान बनाएका छन् । इटन… Continue reading कुशल मल्लको विश्व कीर्तिमान नामिबियाका लोफ्टीले तोडे
इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमामा पहिरो
१५ फागुन, एजेन्सी । इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । दक्षिण सुलावेसी प्रकोप न्युनिकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार बिहान करिव ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए । पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको… Continue reading इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमामा पहिरो
टर्कीमा क्रोमाइट खानी भत्कियो
१५ फागुन, एजेन्सी । टर्कीको पूर्वी प्रान्त एलाजिगमा सोमवार क्रोमाइट खानी भत्किँदा केही मानिसहरु बेपत्ता भएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजि कार्य जारी राखेको बताएको छ । पालु जिल्लामा रहेको खानी भत्किएको हो । इलाजिगका गभर्नर ओमेर तोरामारले लिखित बयानमा टर्कीका अधिकारीहरूले… Continue reading टर्कीमा क्रोमाइट खानी भत्कियो
क्यानलाई बाबुरामको प्रश्न, महिला र पुरुषमा किन विभेद ?
१५ फागुन, काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोप लगाएका छन् । नेपाल क्रिकेटसँगले हिजो गरेको निर्णयविरुद्ध प्रश्न उठाउदै उनले , “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य… Continue reading क्यानलाई बाबुरामको प्रश्न, महिला र पुरुषमा किन विभेद ?
लाल सागरमा रोकिएन आक्रमण, हुथीमाथि अमेरिका फेरि जाइलाग्यो
१५ फागुन, एजेन्सी । गाजापट्टीमा इजरेल–हमास युद्ध शुरू भएदेखि लाल सागरमा अन्तर्राष्ट्रिय शिपिंग लेनबाट आवतजावत गर्ने व्यापारिक जहाजहरुमाथि अहिलेसम्म लगभग २ दर्जन हमला भइसकेको छ । यमनका हूथी विद्रोहीले त्यहाँ जहाजहरुलाई निशाना बनाइरहेका छन्। अमेरिका, ब्रिटेनसमेत कयौं देशहरुले खुल्ला शब्दमा चेतावनीसहित कारबाही समेत गर्दा पनि हूथीले आफ्नो अडान जारी राखेको छ । यसैबीच अमेरिकाले फेरि… Continue reading लाल सागरमा रोकिएन आक्रमण, हुथीमाथि अमेरिका फेरि जाइलाग्यो
ललिता निवासमा डोजर लगाउने बालेनको योजनामा तगारो
१५ फागुन, काठमाण्डौ । सरकार मातहत आएका बालुवाटारस्थित ललितानिवासमा रहेका केही संरचनामा डोजर चलाउने काठमाडौं महानगरपालिकाको तयारी अदालतले तत्कालका लागि रोक लगाएको छ । विशेष अदालतले दुई साताअघि ललितानिवास जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता भएको ठहरसहित जग्गा सरकारी हुने फैसला गरेपछि ती जग्गामा बनेका संरचना भत्काउन ७ दिनको समयसीमा दिँदै सो समयमा नभत्काए आफैले… Continue reading ललिता निवासमा डोजर लगाउने बालेनको योजनामा तगारो
एलन मस्कले अब एक्समेल पनि ल्याउने
१५ फागुन, एजेन्सी । टेस्ला, स्पेसएक्सका मालिक, विश्वकै धनाढ्य एलन मस्कले अब एक्समेल पनि ल्याउने घोषणा गरेका छन् । सामाजिक संजाल एक्स(पहिलाको ट्विटर) किनेका मस्कले यसका साथै अब ईमेल सेवा दिने गरि एक्समेल ल्याउने बताएका हुन् । मस्कले एक्समा सोधिएको प्रश्नमा एक्समेल आउने बताएका छन् । उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफूले एक्समेल इमेल… Continue reading एलन मस्कले अब एक्समेल पनि ल्याउने
बालेनलाई १४० स्वयंसेवक चाहियो, को छ इच्छुक ?
१५ फागुन, काठमाण्डौ । बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले १४० जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र… Continue reading बालेनलाई १४० स्वयंसेवक चाहियो, को छ इच्छुक ?
प्यालेस्टाइनका प्रधानमन्त्रीले किन दिए राजीनामा ?
१५ फागुन, एजेन्सी। प्यालेस्टाइनी मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका छन् । गाजामा चर्को संकटको समयमा केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका हुन् । यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले… Continue reading प्यालेस्टाइनका प्रधानमन्त्रीले किन दिए राजीनामा ?
२९ स्थान पछि रहेको लेबनानसँग भिड्दै नेपाल
१५ फागुन, काठमाण्डौ । वाफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल लेबनानसँग खेल्दैछ । नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र… Continue reading २९ स्थान पछि रहेको लेबनानसँग भिड्दै नेपाल
तीन महिना अघि नै बजेट बहस, के छ खास ?
१४ फागुन, काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेट प्रस्तुत… Continue reading तीन महिना अघि नै बजेट बहस, के छ खास ?
अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?
१४ फागुन, विराटनगर । अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर र अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोन क्रिस्टोफर एक्विलिनो यतिबेला नेपालमा छन् । सहायक मन्त्री अख्तरले आफ्नो भ्रमणका क्रममा नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नेछिन् । उनी आजै नेपाल आएकी हुन् । यस्तै नौसेनाध्यक्ष जोन यही… Continue reading अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?
आज नेप्सेमा १३.२८ अंकको वृद्धी
१४ फागुन, काठमाण्डौ । घट्न थालेको छैटौँ दिनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ । लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो ।आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि… Continue reading आज नेप्सेमा १३.२८ अंकको वृद्धी
डुंगामा जानुपर्ने द्वीपमा भारतले बनायो ९७८ करोडको पुल
१४ फागुन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गृहनगर गुजरातमा भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ । समाचार एजेन्सी एएनआईका अनुसार यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो । अब यसलाई ’सुदर्शन सेतु’ नाम दिइएको छ । बेट द्वारका मुख्य… Continue reading डुंगामा जानुपर्ने द्वीपमा भारतले बनायो ९७८ करोडको पुल
कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो
१४ फागुन, विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले २२१ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । प्रदेश निजामती सेवा तर्फका विभिन्न सेवा,… Continue reading कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो
युद्धविरामका लागि इजरेल र हमास सकारात्मक
१४ फागुन, एजेन्सी । इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ । यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो । जारी छलफलमा बन्धकहरूको… Continue reading युद्धविरामका लागि इजरेल र हमास सकारात्मक
नेपाली क्रिकेटर कसको तलब कति ?
१४ फागुन, काठमाण्डौ । नेपाली क्रिकेटरहरुले उचित पारिश्रमिक नपाइरहेको गुनासो लामो समयदेखि बढिरहेका बेला नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरहरुलाई मासिक एक लाख सम्म तलब दिने निर्णय गरेको छ । क्यानले कप्तान रोहितकुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको हो । क्यानको फागुन १२… Continue reading नेपाली क्रिकेटर कसको तलब कति ?
माउन्टेन ट्रेल रेसमा चम्किदै प्रिया राई
१४ फागुन, काठमाण्डौ । नेपाली ट्रेल धाविका प्रिया राई लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेसमा दोस्रो पटक च्याम्पियन बनेकी छन् । भोटेकोशी समृद्धिको आधार भन्ने नाराका साथ भोटेकोशी गाउँपालिका र इन्द्रध्यवज गणको समन्यवमा आयोजना भएको लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रियाले २४.५ किलोमिटरको दुरीमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन् । उनले २ महिना भित्र कुल ५… Continue reading माउन्टेन ट्रेल रेसमा चम्किदै प्रिया राई
अडानीको कारखानमा ड्रोन, मिसाइल र AK–47 का गोली बन्ने
१४ फागुन, एजेन्सी । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश स्थित कानपुर डिफेन्स करिडोरमा भारतीय धनाढ्य अडानी समूहको डिफेन्स एकाई स्थापना भएको छ । २०० हेक्टरमा बनेको यस एकाईमा तोपदेखि ड्रोन, गोला बारूद, मिसाइल, अन्य हतियारहरु बन्ने बताइएको छ । यहाँ शर्ट रेन्ज मिसाइलहरु बनाइने बताइएको छ । योे एशियाकै सबैभन्दा ठूलो गोला–बारूद निर्माण एकाई हो ।… Continue reading अडानीको कारखानमा ड्रोन, मिसाइल र AK–47 का गोली बन्ने
कोशीमा २० करोड ५४ लाख खर्चिएर ८ वटा कानून निर्माण
१४ फागुन ,विराटनगर । प्रदेश सभाको दुई कार्यकालमा कानून निर्माण भन्दा सरकार गठन गर्नमै अधिकांश समय खर्चिएको कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी… Continue reading कोशीमा २० करोड ५४ लाख खर्चिएर ८ वटा कानून निर्माण
कतारले अब प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने
१४ फाग्न , एजेन्सी । विश्वको शीर्ष एलएनजी उत्पादक मध्येको एक कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जसअनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पुर्याउने लक्ष्य रहेकोसमेत जनाएको छ । ‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार… Continue reading कतारले अब प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने
सेन्ट जुलियन स्कुलले मनायो १५ औं वार्षिक उत्सव
१३ फागुन , काठमाण्डौ । काठमाडौंको चावहिलमा अवस्थित सेन्ट जुलियन इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार चावहिलस्थित एक पार्टी प्यालेसमा ९ सयभन्दा बढी अभिभावकहरुको उपस्थितिमा विद्यालयले वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक समेत रहेका सुजन बरालले विद्यालयले बालबालिकाले अभिभावकको… Continue reading सेन्ट जुलियन स्कुलले मनायो १५ औं वार्षिक उत्सव
चन्द्रमामा मानववस्ती बसाउने मस्कको तयारी, के फाइदा हुन्छ ?
१३ फागुन, विराटनगर । तीन दिनअघि विहीबार विहान अमेरिकाको एक निजी कम्पनी ’इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरण भयो । योसँगै ’इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिका पुनः उपस्थिति भएको छ । निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय… Continue reading चन्द्रमामा मानववस्ती बसाउने मस्कको तयारी, के फाइदा हुन्छ ?
बच्चा चोरीमा सैनिक जवान पतिको संलग्नता देखिएन
१३ फागुन, काठमाण्डौ । काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरी प्रकरणमा पक्राउ परेका दुई जनालाई प्रहरीले छाडेको छ । बच्चा चोरी प्रकरणमा मुख्य आरोपी रहेकी दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहबाहेक उनका पति र दिदी छुटेका हुन्। दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र शारदा… Continue reading बच्चा चोरीमा सैनिक जवान पतिको संलग्नता देखिएन
घरेलु मैदानकै सिरिजमा नेपाल अन्तिम, कमजोरी के थियो ?
१३ फागुन, काठमाण्डौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालमाथि नेदरल्यान्ड्सले सहज जित हात पारेको छ। यसअघिको खेलमा नेदरल्यान्ड्सविरुद्ध जित हात पारेको नेपालको ४ खेलमा त्यही मात्रै एक जित रहन् पुग्यो । नेपालले नामिबियासँगको दुवै खेलमा पराजय ब्यहोरेको थियो । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले… Continue reading घरेलु मैदानकै सिरिजमा नेपाल अन्तिम, कमजोरी के थियो ?
तीन ठूला दलमा कसको कमाइ कति ?
१३ फागुन, काठमाण्डौ । नेपालका शीर्ष राजनीतिक दलको वार्षिक आयमा गिरावट आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको भने आयव्ययको विवरणमा नाफा देखाइएको छ । घाटामा चलेको… Continue reading तीन ठूला दलमा कसको कमाइ कति ?
गाजामा अहिलेसम्म के भयो ? कति मारिए ?
१३ फागुन, एजेन्सी । इजरेली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको प्रयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर आक्रमण भएको छ । आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना… Continue reading गाजामा अहिलेसम्म के भयो ? कति मारिए ?
सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, प्रति कित्ता कति ?
१३ फागुन, काठमाण्डौ । लामो समयको प्रतिक्षापछि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीको प्रिमियम मूल्य ३६०.९० रुपैयाँमा तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम ५० कित्ता आवेदन… Continue reading सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, प्रति कित्ता कति ?
अन्ततः नाभाल्नीको शव आमालाई हस्तान्तरण
१३ फागुन, एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शंकास्पद मृत्युलाई लिएर विश्वभरबाट चासोका साथ हेरिएको उनको शव अन्ततः मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको छ। सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनेका छन्, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।”… Continue reading अन्ततः नाभाल्नीको शव आमालाई हस्तान्तरण
नेपाललाई फेरि एसिया कपको ढोका खोल्ने अवसर
१३ फागुन, एजेन्सी । आगामी २०२५ मा हुने एसिया कपमा पुग्ने अवसरका रुपमा रहेको एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। टी–२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। एसियाली क्रिकेट काउन्सिलले आज प्रकाशित… Continue reading नेपाललाई फेरि एसिया कपको ढोका खोल्ने अवसर
पर्यटनमन्त्री किराँती १८ करोड कमिसनको चक्करमा लिप्त
१३ फागुन,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न विवादमा जोडिदै आएका मन्त्री सुदन किराँतीमाथि सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले कमिसन र स्टन्टबाजीमा लिप्त रहेको गम्भिर आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद रामहरि खतिवडाले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा… Continue reading पर्यटनमन्त्री किराँती १८ करोड कमिसनको चक्करमा लिप्त
कोशीका मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा,डेढ सय किलोमिटर पदयात्रा गरिसके
१३ फागुन, विराटनगर । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र पुगेका छन् । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा… Continue reading कोशीका मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा,डेढ सय किलोमिटर पदयात्रा गरिसके
एक क्लिकमै फेसबुक कब्जा गर्ने कमजोरी नेपालीले पत्ता लगाए
१३ फागुन , काठमाण्डौ । विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै जुनसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता अर्याललाई पहिलो ¥याङ्कमा राखेको हो । शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक… Continue reading एक क्लिकमै फेसबुक कब्जा गर्ने कमजोरी नेपालीले पत्ता लगाए
कतारी राष्ट्र प्रमुख किन आउँदैछन् पहिलो पटक नेपाल ?
१३ फागुन ,एजेन्सी । नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरु मध्येको एक कतारका सरकार तथा राष्ट्र प्रमुखले पहिलो पटक नेपाल भ्रमण गर्ने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल आउने भएका हुन् । आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिरले नेपालको भ्रमण गर्ने भएका हुन् । त्यस… Continue reading कतारी राष्ट्र प्रमुख किन आउँदैछन् पहिलो पटक नेपाल ?
नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा
१३ फागुन ,विराटनगर । काठमाण्डौ । नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । लगातार तेस्रो जितका साथ नेपालले ९… Continue reading नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा
खानाका पारखीको मन जित्दै विराटनगरको केएफसी
१३ फागुन ,विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो १७ औं शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय फूड चेन केएफसीले छोटो समयमै विराटगरवासीको मन जितेको छ । केएफसीको ब्राण्ड र गुणस्तरले आफूहरुलाई तानेको त्याहा पुगेका खानाका पारखीहरुले बताउने गरेका छन् । विराटनगरस्थित द सेन्चुरियन मलमा संचालित केएफसीसँगै नेपालका लागि केएफसीको आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनल नेपालले संचालनमा ल्याएको… Continue reading खानाका पारखीको मन जित्दै विराटनगरको केएफसी
नेपाललाई स्वर्णिम बनाउने सेतो सुन,१२ सय मेगावाट विद्युत
११ फागुन, विराटनगर । नेपालीहरुको समृद्धिको सपना साकार बनाउने प्रमुख क्षेत्र हो नेपालको जलविद्युत । यही सेतो सुन बेचेर नै नेपालमा स्वर्णिम युगको सपना देख्न थालिएको छ । त्यस भित्रको एक आयोजना हो । बूढीगण्डकी जलविद्युत आयोजना । सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना कार्यान्वयनमा जाने तरखरमा छ । नेपालीकै लगानीमा… Continue reading नेपाललाई स्वर्णिम बनाउने सेतो सुन,१२ सय मेगावाट विद्युत
१० देशहुँदै अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट
११ फागुन, एजेन्सी । संसारभरका लागि सपनाको देश भन्ने गरिने अमेरिका पुग्नका लागि वर्षेनी लाखौ आप्रवासीहरुले अवैध बाटोको प्रयोग गर्ने गरेका छन् । एसिया, अफ्रिका , ल्याटिन अमेरिकी राष्ट्र हुँदै खोला, जङगल हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेको संख्या वर्षेनी बढ्दै गएपछि अमेरिकाले मेक्सिको खुला सीमामा पर्खाल लगाइरहेको छ । तरपनि अमेरिकामा अवैध बाटो प्रयोग… Continue reading १० देशहुँदै अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट
लहरी घरमा पल्टिएपछि सुतेकै ठाउँमा बिते बालबालिका
११ फागुन, विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवा चोक नजिकै भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको ज्यान गएको छ । भारतबाट मार्बलको ब्लक लिएर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी सडक छेउमा रहेका घरमा पल्टिँदा किचिएर बालबालिकाहरूको मृत्यु भएको हो । शुक्रवार बिहान करिब ८ बजेतिर भएको दुर्घटनापछि दुर्घटना स्थलबाट घाइतेहरूको उद्धार गर्ने… Continue reading लहरी घरमा पल्टिएपछि सुतेकै ठाउँमा बिते बालबालिका
आणविक वम बोकेको विमानमा जब पुटिन चढे
११ फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सबैभन्दा नयाँ रणनीतिक बमवर्षक टुपोलेभ Tu–160M बाट उडान भरेका छन् । बुधवार पुटिनले आणविक हतियार बोक्न सक्षम यो विमानबाट उडान भरेका हुन् । पुटिनले मस्कोबाट ७२० किलोमिटर पूर्वमा रहेको काजानमा रहेको जेट उत्पादन गर्ने एयरक्राफ्ट प्लान्टबाट Tu–160M मा ३० मिनेटको उडान भरेका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री… Continue reading आणविक वम बोकेको विमानमा जब पुटिन चढे
चीनले बसायो पेरिस शहर, एफिल टावरमा हनिमुन जोडीको भिड
११ फागुन, एजेन्सी । छिमेकी राष्ट्र चीन विश्व शक्ति महाराष्ट्र मानिने अमेरिकालाई टक्कर दिने एक प्रमुख राष्ट्र हो । भूराजनीतिमा विश्व प्रभाव, अर्थतन्त्र, प्रविधि हुँदै सैन्य तथा अन्तरिक्षसम्म चीनले अमेरिकालाई टक्कर दिदै आएको छ । चीन कुनैपनि नयाँ उत्पादनको नक्कल गर्नमा माहिर मान्निछ । त्यसैले कतिपय सामग्रीहरु त्यसको गुणस्तरीयता र टिकाउलाई लिएर चीनमा उत्पादन भएका… Continue reading चीनले बसायो पेरिस शहर, एफिल टावरमा हनिमुन जोडीको भिड
वाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा,साम्बाको ह्याट्रिक
११ फागुन, एजेन्सी । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।समूहगत चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि… Continue reading वाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा,साम्बाको ह्याट्रिक
११६ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल शीर्ष २५ मा
११ फागुन, एजेन्सी । मिस नेपाल २०२२ प्रियंकारानी जोशी विश्व सुन्दरी प्रतियोगिताको शीर्ष २५ मा पुगेकी छन् । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ मा सहभागी जोशी टप २५ मा प्रवेश गरेकी हुन् । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ हेड टू हेड च्यालेन्जमा पर्न सफल भइन् । ब्युटी विथ पर्पस… Continue reading ११६ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल शीर्ष २५ मा
नेपाल र भारतमा कटन क्यान्डीलाई प्रतिबन्ध !
११ फागुन, एजेन्सी । नेपालमा काठमाडौँ महानगरपालिका सहित केही स्थानीय तहले हानिकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर विक्री वितरणमा रोक लगाएका छन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो । गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना… Continue reading नेपाल र भारतमा कटन क्यान्डीलाई प्रतिबन्ध !
भारतमा किसानमाथि गोली प्रहारः उग्र बन्यो आन्दोलन
१० फागून , विराटनगर । भारतमा पञ्जाबका किसानहरुले सुरु गरेको दिल्ली कुच आन्दोलन झनै उग्र बन्दै गएको छ । बुधबार आन्दोलनका क्रममा हरियाणाको खानुरी सीमामा प्रहरी र किसानहरुबीच भएको झडपमा एक किसान युवाको मृत्यु भएपछि आन्दोलनरत पक्ष झनै आक्रोषित बनेको छ । यद्यपी यसैका कारण किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि… Continue reading भारतमा किसानमाथि गोली प्रहारः उग्र बन्यो आन्दोलन
अन्तरिक्ष यान पृथ्वीमा खस्यो
१० फागुन, एजेन्सी । विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ । अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ । यसअघि कुनै पनि मिसन पृथ्वीको… Continue reading अन्तरिक्ष यान पृथ्वीमा खस्यो
६० रुसी सैनिक मारिए
१० फागुन,एजेन्सी । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ज्यान नगएको प्रतिक्रिया दिएका… Continue reading ६० रुसी सैनिक मारिए
त्रिविको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त
१० फागुन,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन्।कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य विनोद न्यौपनेले जानकारी दिए। सिफारिस गरिएका तीन जनामध्ये बराललाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका हुन्। केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको… Continue reading त्रिविको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त