६ फागुन ,काठमाण्डौ । रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ । इशनाथ पूर्व जोकहा गाउँ, पश्चिम सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । इशनाथ… Continue reading कर्फ्यु लगाउनु पर्ने गरी रौतहटमा के भयो ?
Category: समाचार
नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी
५ फागुन,काठमाण्डौ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट… Continue reading नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी
नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट
५ फागुन,काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा १३७ रनमा समेटिएको हो । नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल… Continue reading नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट
विश्वभर नै लोकतन्त्रमा ठूलो गिरावट, कारण के हो ?
५ फागुन, एजेन्सी । विश्वभर नै लोकतन्त्रको स्तरमा ठुलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले सन् २०२३ मा १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ । ‘द इकोनोमिस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनमा एक सय ६७ देशलाई ४ श्रेणीमा विभाजन गरिएको छ । जसमा पूर्ण लोकतन्त्र, त्रुटिहरू सहितको लोकतन्त्र र अधिनायकवादी शासन छ ।… Continue reading विश्वभर नै लोकतन्त्रमा ठूलो गिरावट, कारण के हो ?
ज्वालालाई कारबाही गर्न दबाव, एमालेको २४ घण्टे अल्टिमेटम
५ फागुन,काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितले यस्तो माग गरेका हुन् । डेढ महिनाअघि ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही… Continue reading ज्वालालाई कारबाही गर्न दबाव, एमालेको २४ घण्टे अल्टिमेटम
नाभाल्नी मृत्यु प्रकरणमा अमेरिकी वक्तव्यः पुटिन दोषि
५ फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाएका छन् । वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार,… Continue reading नाभाल्नी मृत्यु प्रकरणमा अमेरिकी वक्तव्यः पुटिन दोषि
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
५ फागुन, काठमाण्डौ । बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीले गितेन्द्र बहादुर (जिबी) राई अध्यक्ष तथा… Continue reading सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने झाक्री पक्राउ
४ फागुन,विराटनगर । मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझी छिन् । ५५ वर्षीय महिलालाई कुटपिटका साथै यातना दिएर मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए… Continue reading बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने झाक्री पक्राउ
विराटनगरको मुटुमा डिप बोरिङ, आगलागी नियन्त्रणको पूर्वतयारी
४ फागुन,विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी… Continue reading विराटनगरको मुटुमा डिप बोरिङ, आगलागी नियन्त्रणको पूर्वतयारी
कांग्रेसमा हिन्दू राष्ट्र बुलन्द, नयाँ दल लोकरिझाइँ
४ फागुन, विराटनगर । देशको सबैभन्दा ठूलो दल नेपाली काग्रेस महासमिति बैठकमा जुटेको छ । बैठकमा लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले विभिन्न प्रस्ताव पेश गरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । जुन प्रस्तावमा पार्टीको… Continue reading कांग्रेसमा हिन्दू राष्ट्र बुलन्द, नयाँ दल लोकरिझाइँ
अयोध्याको राम मन्दिर बमले उडाउने कसले दियो धम्की ?
४ फागुन, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित धार्मिक नगरी अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ । यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध… Continue reading अयोध्याको राम मन्दिर बमले उडाउने कसले दियो धम्की ?
हिन्दू राष्ट्रको पक्षमा खुलेका २२ कांग्रेस नेता कोको हुन् ?
४ फागुन, काठमाण्डौ । सबैभन्दा ठूलो दल नेपाली काग्रेसलाई सनातन हिन्दु राष्ट्रका पक्षमा उभ्याउने विधिवत प्रयास सुरु भएको छ । यसका लागि नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव… Continue reading हिन्दू राष्ट्रको पक्षमा खुलेका २२ कांग्रेस नेता कोको हुन् ?
नेपालको एसिया कप सपना चकनाचुर, मलेसियासँग पराजित
४ फागुन, एजेन्सी । एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पूरा गर्याे । योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि… Continue reading नेपालको एसिया कप सपना चकनाचुर, मलेसियासँग पराजित
फेरि बढ्यो पेट्रोल,डिजल र मट्टीतेलको भाउ ,कति पुग्यो ?
४ फागुन, काठमाण्डौ । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई÷दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली,… Continue reading फेरि बढ्यो पेट्रोल,डिजल र मट्टीतेलको भाउ ,कति पुग्यो ?
सुन–चाँदीको भाउ बढ्यो ,कतिमा हुँदैछ कारोबार ?
४ फागुन, काठमाण्डौ । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५०… Continue reading सुन–चाँदीको भाउ बढ्यो ,कतिमा हुँदैछ कारोबार ?
कस्तो रहनेछ आजको मौसम ?
४ फागुन, काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
मन्त्रीको हातमा पोछा, परिवर्तन कि स्टण्ड ?
४ फागुन, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काम गरेर र नगरे वर्तमान सरकारका मन्त्रीहरु मध्ये चर्चामा रहेका मन्त्री हुन् । उनी प्रधानमन्त्रीको भारतभ्रमण उपलब्धिहीन भएको अभिब्यक्तिसहित, लुम्बिनीमा ल्यारक्याल नियुक्ति प्रकरण, पशुपतिमा कार्यकारी निर्देशक नियुम्क्ति विवाद, जथाभावी जहाज खरिदको टेण्डर, क्रिष्चियन धर्म मोह तथा मन्त्रालयका कर्मचारीहरुलाई मनलाग्दी स्पष्टिकरण सोधेका लगायतका विषयमा… Continue reading मन्त्रीको हातमा पोछा, परिवर्तन कि स्टण्ड ?
डिभोर्स मागेकी प्रहरी श्रीमतीलाई प्रहरी पतिले गोली हाने
४ फागुन, विराटनगर । दाङको घोराहीमा बिहीबार बेलुका एकजना प्रहरीले प्रहरी नै रहेकी आफ्नी पत्नीलाई गोली हानी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको दामोदर चोकमा डिउटीमै रहेका बेला प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर ज्यान लिएका हुन् । वडा प्रहरी कार्यालय घोराहीमा… Continue reading डिभोर्स मागेकी प्रहरी श्रीमतीलाई प्रहरी पतिले गोली हाने
युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने
३ फागुन , विराटनगर । छिमेकी युक्रेनमा रुसले पूर्ण आकारको युद्ध सुरु गरेको अर्को साता तेस्रो वर्षमा प्रवेश गर्दैछ । जतिजति वर्षहरु बित्दै जादैँछन् यो युद्ध थप जटिल र अनिश्चित बन्दै गएको छ । युक्रेनका नवनियुक्त सेना प्रमुखले त्यहाँको अवस्थालाई निकै जटिल र तनावपूर्ण भनेका छन् । अर्कातर्फ युक्रेनले पनि रुसलाई ठूलै क्षति पुग्ने गरि… Continue reading युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने
आज नेप्सेमा दोहोरो अंकको गिरावट
३ फागुन , काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो । आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन… Continue reading आज नेप्सेमा दोहोरो अंकको गिरावट
जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा
३ फागुन ,काठमाण्डौ । बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले जिल्ला प्रहरी कार्यालय कास्की, सम्पत्ति शुद्धीकरण लगायतबाट अनुशन्धान भईरहेको छ भने यो विषय अदालतमा समेत विचाराधीन छ । अनुशन्धानकै क्रममा काठमाडौंस्थित पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको र त्याहाबाट सहकारीको सम्पूर्ण सर्बर फेला पारेको खबर बाहिरिएपछि यो घटनामा पूर्वडीआईजी जोशीको नाम… Continue reading जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा
नामिबियाविरुद्ध नमज्जाले हार्याे नेपाल, कारण के थियो ?
३ फागुन , काठमाण्डौ । विश्वकप छनोट पुग्ने पहिलो खुट्किलो रहेको आईसीसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नै नेपालले पराजय भोगेको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले खराब प्रर्दशन गर्दै प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले बलियो… Continue reading नामिबियाविरुद्ध नमज्जाले हार्याे नेपाल, कारण के थियो ?
एसपीहरुलाई गृहमन्त्रीको कडा निर्देशन, दबाबमा नपर्नु
३ फागुन , काठमाण्डौ । सरकार गठन पिच्छे नै प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउन सरोकारवाला मन्त्रालयका मन्त्री र प्रधानमन्त्रीले विर्सिदैनन् । तर प्रहरी संगठन राजनीतिक दबाब र प्रभावबाट मुक्त हुन् सकेको छैन् । कतिपय घटनाका अनुशन्धान र अनुशन्धानकै क्रममा रहेका उच्च अधिकारीहरुको मुद्धाको किनारा नलाग्दै हुने सरुवाले राजनीतिक हस्तक्षेप कहाँसम्म छ भन्ने प्रष्ट… Continue reading एसपीहरुलाई गृहमन्त्रीको कडा निर्देशन, दबाबमा नपर्नु
बाबुरामले टोपबहादुरकी श्रीमतीले दिएको टोपी किन सम्झिए ?
३ फागुन , काठमाण्डौ । तत्कालीन नेकपा माओवादीका नेता पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन भूमिगत अवस्थाबाट वार्ताको समयमा सार्वजनिक हुँदा लगाइएको टोपीको रहस्य खुलाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा त्यस अवधिमा ‘बाबुराम टोपी’को रुपमा ब्राण्ड बनेको उक्त टोपी पहिरिँदाको अन्तरकथा सार्वजनिक गरेका हुन्। उनले टोपी लगाइएको क्षणको स्मरण गर्दै उक्त टोपी… Continue reading बाबुरामले टोपबहादुरकी श्रीमतीले दिएको टोपी किन सम्झिए ?
सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ
३ फागुन , विराटनगर । कोशी प्रदेशको सुन्दर नगरी धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै सरस्वती पूजा धुमधामका साथ मनाएको छ । सो अवसरमा सुशिक्षामा अध्ययनरत विद्यार्थी बालबालिकासहित अन्य स्थानीय बालबालिका र तिनका अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने… Continue reading सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ
नामिबियाविरुद्ध नेपालको चलेन ब्याट १३२ मा अलआउट
३ फागुन , काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष र मध्यक्रमका ब्याटर सस्तैमा पभेलियन फर्किएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा… Continue reading नामिबियाविरुद्ध नेपालको चलेन ब्याट १३२ मा अलआउट
कस्तो रहनेछ आजको मौसम ?
३ फागुन , काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?
फेरि अर्को दुःखद बस दुर्घटना
३ फागुन , विराटनगर । नेपालमा सवारी दुर्घटनामा परि दिनहुँ यात्रुहरुको ज्यान जानु दुर्भाग्यपूर्ण नियती नै बनिसकेको छ । पाल्पामा जीप दुर्घटनामा परि १० जनाको ज्यान गएको दुई दिन नवित्दै आज विहान फेरि दशै जनाको ज्यान जाने गरि अर्को दुःखद दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा… Continue reading फेरि अर्को दुःखद बस दुर्घटना
आज सुनको भाउ स्थिर रहँदा चाँदीको बढ्यो
३ फागुन , काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार… Continue reading आज सुनको भाउ स्थिर रहँदा चाँदीको बढ्यो
ललितानिवासको फैसला आज,दोषी देखिए गच्छदार जेल
३ फागुन , काठमाण्डौ । ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीको भनाइ छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग… Continue reading ललितानिवासको फैसला आज,दोषी देखिए गच्छदार जेल
युक्रेनयुद्धमा मारिएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने
३ फागुन , एजेन्सी । नेपालका तर्फबाट गरिएको लामो समयको पहलपछि बल्ल रुस नेपालीलाई क्षतिपूर्तिका लागि लचिलो भएको छ । अब रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको हो । मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।… Continue reading युक्रेनयुद्धमा मारिएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने
रुसमा युक्रेनयुद्धको आलोचना गरे तत्काल कारबाही
३ फागुन , एजेन्सी । रुसमा अबदेखि युक्रेनमा भएको युद्धबारे बोल्नेको सम्पत्ति नै खोसिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भएको आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएकाहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन् । मस्कोले सन् २०२२ फेब्रुअरी २२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध… Continue reading रुसमा युक्रेनयुद्धको आलोचना गरे तत्काल कारबाही
हमासविरुद्ध उत्रिए बन्धकका आफन्त, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा
३ फागुन , एजेन्सी । गाजामा बन्धक बनाइएकाहरुका आफन्तहरु प्यालेस्टाइनी विद्रोही समूह हमासविरुद्ध उत्रिएका छन् । हमासको कब्जामा रहेका झण्डै एक सय परिवारका प्रतिनिधिले हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् । इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले… Continue reading हमासविरुद्ध उत्रिए बन्धकका आफन्त, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा
विराटनगरका मेयरले सशस्त्र प्रहरीको मुक्तकण्ठले गरे प्रशंसा
२ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम… Continue reading विराटनगरका मेयरले सशस्त्र प्रहरीको मुक्तकण्ठले गरे प्रशंसा
कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, सेवाग्राही बेखबर
२ फागुन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रदेश सरकारले केही समयअघि मात्रै १० वर्षमुनिका बालबालिकाहरुका लागि घोषणा गरिएको निःशुल्क उपचार लागू भए नभएको बारे अनुगमन गरेका छन् । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गतमाघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ । प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै… Continue reading कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, सेवाग्राही बेखबर
सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?
१ फागुन,विराटनगर । आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिज नेपालबाट सुरु हुँदैछ । विहीबार नेपाल र नामिबिया आमनेसामने भएसंगै लिग २ को २०२४–२७ को चक्र सुरु हुँनेछ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ ।… Continue reading सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?
मलेसियामा नेपाली चेलीले बनाए कीर्तिमान माथि कीर्तिमान
१ फागुन ,एजेन्सी । नेपाल र नेपालीलाई सबैभन्दा धेरै आशा र विश्वास दिलाएको क्षेत्र हो, क्रिकेट । नेपाली क्रिकेट टोलीले पछिल्लो समय एकपछि अर्काे उपलब्धि हासिल गर्दै आएका छन् । एसिया कपसहित विश्वकपसम्म नेपाल क्रिकेट पुगिसकेको छ । सोमबार मात्रै कीर्तिपुरमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाली पुरुषक्रिकेट टोलीले क्लिनस्वीप मात्रै गरेन,सिरिजमा ऐतिहासिक ५ कीर्तिमानहरु समेत… Continue reading मलेसियामा नेपाली चेलीले बनाए कीर्तिमान माथि कीर्तिमान
शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट
१ फागुन , काठमाण्डौ । हिजो १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो… Continue reading शेयर बजारमा ३० दशमलव ५६ अङ्कको गिरावट
पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?
१ फागुन , विराटनगर । राजनीतिक दलहरूले पूर्वराजालाई बदनाम गराउने काम मात्र गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको… Continue reading पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?
जनयुद्ध दिवस मनाउन प्रचण्डको अपिल
१ फागुन , विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गरेका छन् । माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको २९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीले नेतृत्व गरेको भएपनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण… Continue reading जनयुद्ध दिवस मनाउन प्रचण्डको अपिल
गठबन्धनमा धोकाको खेल, विकल्प सोच्न प्रचण्डको ब्रिफिङ
१ फागुन , विराटनगर । आगामी ०८४ को निर्वाचनसम्म वर्तामान सत्तारुढ गठबन्धनलाई निरन्तरता दिदै आलोपालो सरकार संचालन गर्ने सहमति गरेका सत्तारुढ दलहरुबीचमा चरम तिक्कता देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको भन्दै गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको बताएपछि गठबन्धनप्रति माधव नेपालले पनि जनताका अपेक्षा पूरा गर्ने विषयमा… Continue reading गठबन्धनमा धोकाको खेल, विकल्प सोच्न प्रचण्डको ब्रिफिङ
विराटनगरमा कसले राख्यो डेटुनेटरसहितको कुकर ?
१ फागुन , विराटनगर । विराटनगर –३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज डिस्पोज गरिएको हो । शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङकोको टोलीले घेराउ गरी उक्त वस्तु डिस्पोज गरिएको हो। विराटनगर –३ भुपि… Continue reading विराटनगरमा कसले राख्यो डेटुनेटरसहितको कुकर ?
अनिल साह र भीम सार्कीले नयाँ इतिहास कोरे
२९ माघ , काठमाण्डौ । क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिज नेपालले क्लीनस्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै तीन वटै खेलमा जित हासिल गरेको हो। क्यानडाविरुद्धको खेलमा नेपालको एकदिवसीय इतिहासमै पहिलो पटक नेपालका २ जना ब्याटरले एउटै इनिङमा शतक बनाएका छन् । तेस्रो एकदिवसीयमा नेपालका अनिल साह र भिम सार्कीले शतक… Continue reading अनिल साह र भीम सार्कीले नयाँ इतिहास कोरे
छिमेकमा विपक्षी हावी हुँदा इन्डिया गठबन्धन चुनाव नआउँदै कोमामा
२९ माघ , विराटनगर । छिमेकी पाकिस्तानमा भर्खरै सम्पन्न चुनावमा सम्पुर्ण शक्ति लिएर बसेको सत्तारुढमाथि विपक्षी दल हावी भयो । विपक्षी पीटीआई जसलाई चुनावमा भाग लिन समेत दिइएको थिएन, जसका अध्यक्षलाई विभिन्न आरोपमा जेलमा राखिएको छ, तर उसका समर्थकहरुले स्वतन्त्र उठेर सत्तामा हालिमुहाली गरिरहेकाहरुलाई ठूलै धक्का दिए । यद्यपी इमरानका समर्थकहरुले पहिलो स्थानमा आएपछि अब… Continue reading छिमेकमा विपक्षी हावी हुँदा इन्डिया गठबन्धन चुनाव नआउँदै कोमामा
क्यानडाविरुद्ध नेपालको क्लिन स्वीप, अन्तिम खेलमा ९ विकेटको जित
२९ माघ , काठमाण्डौ । लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लिनस्वीप गरेको हो । अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जित दर्ता गर्दा अनिल साह र भीम… Continue reading क्यानडाविरुद्ध नेपालको क्लिन स्वीप, अन्तिम खेलमा ९ विकेटको जित
अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीशलाई कारबाही
२९ माघ , काठमाण्डौ । बहुचर्चित बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरुप सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । जिल्ला अदालत काठमाडौंका… Continue reading अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीशलाई कारबाही
आज नेप्सेमा १५ अङ्कको वृद्धी
२९ माघ , काठमाण्डौ । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ । बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा… Continue reading आज नेप्सेमा १५ अङ्कको वृद्धी
भोली जनयुद्ध दिवसमा छैन विदा
२९ माघ , काठमाण्डौ । भोली फागुन १ गते जनयुद्ध दिवसको बिदा नहुने भएको छ । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतको… Continue reading भोली जनयुद्ध दिवसमा छैन विदा
साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा
२९ माघ , एजेन्सी । साउदी अरबमा सात दशकदेखि मदिरा प्रतिबन्धित छ । त्यहाँ मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय दिने व्यवस्था छ । यस्तो कडा सजायसहित प्रतिबन्ध लगाएता पनि त्यहाँ पुगेका नेपालीहरुले भने अवैधरुपमा मदिरा बनाउने र बेच्ने गर्दै आएका छन् । जसका कारण अहिले सयौंको… Continue reading साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा
रक्तदाता अर्जुनले किन रोजे पीडादायी मुक्तिको बाटो ?
२९ माघ , काठमाण्डौ । अमेरिकामा रहँदै आएका चर्चित ब्लड डोनर(रक्तदाता) अर्जुन मैनालीले आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको… Continue reading रक्तदाता अर्जुनले किन रोजे पीडादायी मुक्तिको बाटो ?
लगानी सम्मेलनका लागि कानुन संशोधनको तयारी
२९ माघ , काठमाण्डौ । सरकारले लगानी सम्मेलन अगावै नेपालमा लगानीका लागि अवरोध मानिएका कानुन संशोधन गर्ने जनाएको छ । कानुन संशोधनको लागी निजी क्षेत्र समेतको सहभागितामा गठित नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले सूची बुझाइसके पनि सरकारको तर्फबाट ती कानुन संशोधनका लागि प्रतिनिधि सभामा लैजान बाँकी छ । आउँदो वैशाख १६ र… Continue reading लगानी सम्मेलनका लागि कानुन संशोधनको तयारी
सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद
२९ माघ , विराटनगर । सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद भएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा फेला परेको छ । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी… Continue reading सुनसरीमा झण्डै २ करोड नक्कली नोट बरामद
कतारमा मृत्युदण्ड पाएकालाई भारतले फिर्ता ल्यायो
२९ माघ , एजेन्सी । कतारमा जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ पूर्व कर्मचारीहरु स्वदेश फर्किएका छन् । उनीहरुलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।… Continue reading कतारमा मृत्युदण्ड पाएकालाई भारतले फिर्ता ल्यायो
देव खनाल बने उत्कृष्ट युवा खेलाडी
२९ माघ , एजेन्सी । पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड एट्लेटिक्सका चन्द्र गुरुङलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करण अन्तर्गत शीर्ष तीनको मनोनयनमा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उनले अवार्ड पाएका हुन् । उनको प्रशिक्षणमा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले… Continue reading देव खनाल बने उत्कृष्ट युवा खेलाडी
अष्ट्रेलियालाई चौथो पटक यु–१९ विश्वकपको उपाधि
२९ माघ , एजेन्सी । भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आइतबार भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रनमात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो । भारतका… Continue reading अष्ट्रेलियालाई चौथो पटक यु–१९ विश्वकपको उपाधि
फागुनमा कुन बैंकको ब्याजदर कति ?
२९ माघ , काठमाण्डौ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।… Continue reading फागुनमा कुन बैंकको ब्याजदर कति ?
पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?
२८ माघ , विराटनगर । नेताहरुका लागि जनताको मत नै उनीहरुको राजनीतिक जीवनका लागि भाग्य र भविष्य बन्ने गर्दछ । जनताले ब्यालेट बक्सबाट नै आफ्नो जनादेशबाट शासन सत्तामा पुग्नेहरुको छिनोफानो गर्दछन् । यदि त्यो देशमा कानून र विधिको सर्वाेच्चता छ भने । अहिले दक्षिण एसियाली राष्ट्र पाकिस्तानमामा भएको आम निर्वाचनमा पाकिस्तानी जनता मात्रै होइन सारा… Continue reading पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?
क्यानडाविरुद्ध नेपालले बनाएका तीन कीर्तिमान
२८ माघ , एजेन्सी । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाइसकेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हरायो । यसअघि पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमान्चक जित हासिल गरेको थियो । शनिबारको खेलमा नेपालका तर्फबाट तीन… Continue reading क्यानडाविरुद्ध नेपालले बनाएका तीन कीर्तिमान
कसरी संकटोन्मुख बन्यो एनआइसी एसिया बैंक ?
२८ माघ, काठमाण्डौ । बजारमा व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया बैंक खस्कँदै गएपछि शाखा बन्द गर्ने अवस्थामा पुगेको छ । बैंकको केही शाखा निरन्तर घाटामा गएपछि बन्द गर्न भन्दै नियामक निकाय राष्ट्र बैंकमा निवेदन दिएको छ । बैंकले एकै पटक ५० शाखा तथा एक दर्जन एक्सटेन्सन काउन्टर बन्द गर्न राष्ट्र बैंकलाई निवेदन समेत दिइसकेको… Continue reading कसरी संकटोन्मुख बन्यो एनआइसी एसिया बैंक ?
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
२८ माघ, एजेन्सी । गत वर्ष माल्दिभ्समा भएको राष्ट्रपतीय निर्वाचनमा ‘इन्डिया आउट’ नाराको निकै चर्चा भएको थियो र यो नारा दिने मोहम्मद मुइज्जुले पनि चुनाव जितेका थिए । त्यसयता भारतको माल्दिभ्ससँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको छ । अहिले भारतको अर्को महत्वपूर्ण छिमेकी देश बंगलादेशमा अहिले ‘इन्डिया आउट’ अभियान चलिरहेको छ । भारतको भरपर्दो सहयोगी… Continue reading बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
पाकिस्तानमा चुनाव जितेको पीटीआईले किन गर्दैछ देशभर प्रर्दशन ?
२८ माघ, एजेन्सी । जेलमा रहेका पाकिस्तानी विपक्षी नेता इमरान खानको पार्टीको समर्थनमा रहेका उमेदवारले सरकार गठन गर्ने योजना बनाएका छन् । पूर्वप्रधानमन्त्री खानका तत्कालीन निकट सहयोगीले अन्तिम चुनावी नतिजा सार्वजनिक नगरे शान्तिपूर्ण विरोध गर्न समर्थकलाई आग्रह गरेका छन् । बिहीबार भएको निर्वाचनमा पाकिस्तानका २४ करोड १० लाख नागरिकले मतदान गरेका थिए । खानको पार्टी… Continue reading पाकिस्तानमा चुनाव जितेको पीटीआईले किन गर्दैछ देशभर प्रर्दशन ?