सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?

१६ माघ ,काठमाडौं ।  सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन् । बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन् । मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी… Continue reading सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?

पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

१६ माघ ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला स्वयम पूर्वराजाले नै दुई दिन स्मरण गरेको दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले घोषणा गरेका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन्… Continue reading पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

मस्क फेरि विश्वकै धनाढ्य,एकैदिन बढ्यो ५ बिलियन डलर

१६ माघ ,एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेका अमेरिकी धनाढ्य एलन मस्क फेरि विश्वकै धनी बनेका छन् । फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेपछि सबैभन्दा धनीको विरासत गुमाएको एक दिन नवित्दै मस्क विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा फर्किएका हुन् । टेस्लाको सेयर गिरावटका कारण सम्पत्तिमा… Continue reading मस्क फेरि विश्वकै धनाढ्य,एकैदिन बढ्यो ५ बिलियन डलर

एनसेलले ८५ अर्ब कर छल्यो,छानविनमा नयाँ रहस्य भेटियो

१६ माघ ,काठमाडौं ।  एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा करिव डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवदेन बुझाएपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक टंकमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न… Continue reading एनसेलले ८५ अर्ब कर छल्यो,छानविनमा नयाँ रहस्य भेटियो

अब मेसीको भिड्न्त रोनाल्डोसँग,कतार क्वाटरफाइनलमा

१६ माघ ,एजेन्सी । अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनल मेसीको टोलीले साउदी अरबमा हार व्योहोरेको छ । साउदी भ्रमणमा रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको हो । सोमबार अल हिलालसंग इन्टर मायामी ४–३ ले पराजित भएको थियो । किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले… Continue reading अब मेसीको भिड्न्त रोनाल्डोसँग,कतार क्वाटरफाइनलमा

सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

१६ माघ ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्यामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । जसमा अदालतले सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को आडमा बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको… Continue reading सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

नयाँ युद्ध फुक्न किम तयार ?,वासिंगटनसम्म हलचल

१५ माघ, विराटनगर । विश्वका दुई प्रख्यात विश्लेषक पूर्वसीआईएका रोबर्ट एल कार्लिन र धेरैपटक उत्तर कोरियाको भ्रमण गरिसकेका आणविक वैज्ञानिक सिगफ्राइड एस हेकरले गएको साता उत्तर कोरियाका शासकहरू युद्धको तयारी गरिरहेको घोषणा गरे । यो घोषणाले एकप्रकारको हलचल मच्चाएको छ । कार्लिन र हेकरले ‘थर्टीएटनर्थ’ वेबसाइटमा लेख लेखका छन्, “हामी विश्वास गर्छौँ कि सन् १९५०… Continue reading नयाँ युद्ध फुक्न किम तयार ?,वासिंगटनसम्म हलचल

स्टार्टअप कर्जा कसरी लिने ?कस्ता स्टार्टअपले पाउँछन् ?

????????????????????????????????????

१५ माघ, काठमाण्डौ । स्टार्टअप उद्यमलाई प्राथमितामा राखेको सरकारले अब तिनै उद्यमीलाई प्रोत्साहन गर्नका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेसँगै परियोजना धितोमा २५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने व्यवस्था छ । राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रदान गरिने यस्तो कर्जामा वार्षिक… Continue reading स्टार्टअप कर्जा कसरी लिने ?कस्ता स्टार्टअपले पाउँछन् ?

अमेरिकी सीमामा आतंकबादी हमला हुने ट्रम्पलाई आशंका

१५ माघ, एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सीमा नजिकै ठूलो आतंकबादी हमला हुन सक्ने आशंका ब्यक्त गरेका छन् । ट्रम्पले सामाजिक संजालमा यसबारे पोस्ट गरेका छन् । यो पोस्टमा ट्रम्पले लेखेका छन्, अमेरिका–मेक्सिको बोर्डरमा भइरहेको सम्झौताले विध्वंश निम्त्याउन सक्छ । उनले अमेरिकाको दक्षिणी बोर्डरलाई विश्व इतिहासमा सबैभन्दा खराब रहेकोबताउँदै सो क्षेत्रमा ठूलो… Continue reading अमेरिकी सीमामा आतंकबादी हमला हुने ट्रम्पलाई आशंका

‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?

१५ माघ, एजेन्सी । बलिउड गत वर्ष कमाईको हिसाबले बक्स अफिस शानदार रह्यो। बलिउडका धेरै फिल्महरु यसरी हिट भए कि साउथका फिल्महरुले उनीहरुको अगाडि केहि खास गर्न सकेनन् । प्रभासको ‘सलार’ र रजनीकान्तको ‘जेलर’ जस्ता केही फिल्महरू बाहेक दक्षिण भारतका ठूला फिल्महरूले दर्शकलाई तान्न सकेनन्। अब यही लामो अन्तरालपछि अल्लु अर्जुन ‘पुष्पा’को अर्को संस्करण ‘पुष्पा… Continue reading ‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?

नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि

१५ माघ, काठमाण्डौ ।  आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो १० दशमलव ३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ । आज युनियन… Continue reading नेप्सेमा आज दोहोरो अङ्कको वृद्धि

बिग बोस १७को ताज फारूकीलाई, के पाए पुरस्कार ?

१५ माघ, काठमाण्डौ । भारतीय चर्चित रियालिटी शो ’बिग बोस १७’ को विजेता मुनव्वर फारूकी भएका छन्। आइतबार राति भएको फिनालेमा उनी विजेता घोषित भएका हुन्। अभिषेक कुमारलाई पछि पार्दै ३२ वर्षे फारुकीले बिग बोस १७ को उपाधि हात पारेका हुन्। उनले बिग बोस १७ को उपाधिसँगै ५० लाख भारूसहित हुण्डाइको क्रेटा गाडी पाएका छन्।… Continue reading बिग बोस १७को ताज फारूकीलाई, के पाए पुरस्कार ?

नेपाली आकाशबाटै कैलाश मानसरोवरको दर्शन

१५ माघ, एजेन्सी । चीनको तिब्बतस्थित कैलाश मान सरोवरको अब माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै दुरदर्शन गर्न सकिने भएको छ । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान सुरु गरेको छ । नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो । नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका… Continue reading नेपाली आकाशबाटै कैलाश मानसरोवरको दर्शन

दुर्गा प्रसाईले भेटे पूर्व राजा, के भयो कुरा ?

१५ माघ, काठमाण्डौ । राजसंस्थाको वकालत गर्दै वित्तिय संस्थाहरुबाट लिइएको २० लाख भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने अभियानमा सक्रिय रहेका मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईले सोमबार विहान बाराको सिमरामा पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् । आफ्नो फेसबुक पेजमा पूर्वराजा शाह र आफ्नो फोटो पोष्ट्याउँदै श्री… Continue reading दुर्गा प्रसाईले भेटे पूर्व राजा, के भयो कुरा ?

सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

१५ माघ, काठमाण्डौ । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ।आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो।आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजावी सुन एक लाख… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

कस्तो रहनेछ आजको मौसम ?

१५ माघ, काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही… Continue reading कस्तो रहनेछ आजको मौसम ?

एआई चस्माबाट मान्छे चिन्ने भइन मेनुका

१५ माघ, एजेन्सी । नेपालकी मेनुका पौडेल इन्डियन आइडलका कारण अहिले चर्चामा छिन् । उनले सो प्रतिस्पर्धामा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी छिन् । गायकीमा मात्रै होइन मेनुकाले आफ्नो दृष्टिविहिनतालाई समेत केही हदसम्म परास्त गरेकी छिन् । उनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । जो अबदेखि उनको… Continue reading एआई चस्माबाट मान्छे चिन्ने भइन मेनुका

शान्ति सेना नै असुरक्षित, दर्जनौ हतियारधारीको निशानामा

१५ माघ, काठमाण्डौ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको अन्तरिम सुरक्षा बलको क्याम्पमा आक्रमण भएको छ । जसमा परि शान्ति मिसनका एक सदस्यसहित दर्जनौंको ज्यान गएको छ । अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य ६४ जना घाइते भएका छन् । बन्दुकधारीको समूहले… Continue reading शान्ति सेना नै असुरक्षित, दर्जनौ हतियारधारीको निशानामा

यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१५ माघ, काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । नेपालले जारी विश्वकपमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर सिक्स पुगेको नेपाली टोली अब अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्रविरुद्ध जितको लक्ष्यमा रहेको छ ।… Continue reading यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

माल्दिभ्समा संसदहरुबीच कुटाकुट, केही घाइते

१५ माघ, एजेन्सी । माल्दिभ्सको संसदमा सांसदहरु बीच नै झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको हो । जसमा केही सांसद घाइते समेत भएका छन् । संसदमा भएको झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ । चीनसँग निकट राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग… Continue reading माल्दिभ्समा संसदहरुबीच कुटाकुट, केही घाइते

चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

१४ माघ, विराटनगर । छिमेकी राष्ट्र चीनको बहुप्रतिक्षित योजना बीआरआई कतिपय देशबाट फिर्ता भईसकेको छ । खासगरी भारत र पश्चिमा राष्ट्रहरुले बीआरआईलाई गरिब देशहरुलाई ऋणको भारी बोकाउने आयोजना भनेर आलोचना गर्ने गरेका छन् । यसैकारण पनि हस्ताक्षर गरिसकेको युरोपेली राष्ट्र इटाली बीआरआईबाट पछि फर्किसकेको छ । नेपालपनि बीआरआईको सदस्य राष्ट्र हो । नेपालमा लगानी गर्न… Continue reading चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

मोदीले नितिशका लागि ओछ्याए रेड कार्पेट

१४ माघ, एजेन्सी । छिमेकी राष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी… Continue reading मोदीले नितिशका लागि ओछ्याए रेड कार्पेट

एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

१४ माघ,काठमाण्डौ ।  पटक पटक आफू प्रधानमन्त्री भएको,आफ्नो राजनीतिक जीवनको उर्जाशिलसहित अधिक समय विताएको, लामो समय अध्यक्षको रुपमा पार्टीको कमाण्ड सम्हाल्ने अवसर पाएको, पुरानो दल नेकपा एमाले यतिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आँखामा बिझाउने भएको छ । एमाले फुटाएर नयाँ दल बनाएदेखि नै माधव नेपालका हरेकजसो भाषण र टिप्पणीहरुमा एमालेको आलोचना हुने… Continue reading एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

आज नेप्सेमा १० दशमलव ३७ अङ्कको वृद्धी

१४ माघ, काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परसूचक नेप्से आज १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत्… Continue reading आज नेप्सेमा १० दशमलव ३७ अङ्कको वृद्धी

टेस्ट क्रिकेटमा २१ वर्षपछि वेस्टइन्डिजसँग हार्यो अस्ट्रेलिया

१४ माघ , एजेन्सी । वेस्ट इन्डिजले डे–नाइट टेस्टमा अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै २१ वर्षपछि टेस्ट क्रिकेटमा जित हासिल गरेको छ । आइतबार ब्रिसबेनको गाब्बा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ७ रनमा अलआउट भएपछि वेस्टइन्डिजले रोमाञ्चक जित निकाल्यो । वेस्ट इन्डिजले ब्रिस्बेनमा ५६ वर्षपछि… Continue reading टेस्ट क्रिकेटमा २१ वर्षपछि वेस्टइन्डिजसँग हार्यो अस्ट्रेलिया

जलाउँदै गरेको शव नदीले बगाएपछी मलामी भागाभाग

१४ माघ,काठमाण्डौ ।  उमाकुण्ड गाउँपालिका– १ गुम्देलस्थित नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ । शनिबार साँझ गुम्देल– १ का मृतक ३२ वर्षीय झपडबहादुर थापाको शव जलाउने क्रममा लिखु– २ जलविद्युत् आयोजनाले विद्युतगृहबाट विनासूचना एकैपटक ड्याम खोलिदिँदा जलाउँदै गरेको शव नदीले बगाएको हो । जल्दै गरेको शव चितासहित बगेको छ । अकस्मात् नदीमा… Continue reading जलाउँदै गरेको शव नदीले बगाएपछी मलामी भागाभाग

सामाजिक सञ्जालमामा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी

१४ माघ , एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ । सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै सेफ्टी टुलु ल्याउन लागेको मेटाले जनाएको छ । इनक्रिप्टेड च्याटमा पनि यो लागू हुनेछ । यो टुल वैकल्पिक… Continue reading सामाजिक सञ्जालमामा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी

प्रविधिमा अर्काे चमत्कार ! अब भिडियो पनि एआईले बनाइदिने

१४ माघ, एजेन्सी । प्रविधिको पछिल्लो उपहार आर्टिफिसियल इन्टलिजेन्स्ले विश्वमै ब्यापकता पाइरहेको समयमा प्रविधि कम्पनी गुगलले लेखेर निर्देशन दिएरै भिडियो (टेक्स्ट टु भिडियो) बनाउन सक्ने एआई सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पछिल्लो एआई मल्टीमोडेल ल्युमियर सार्वजनिक गर्दै यसबाट प्रयोगकर्ताले अक्षरदेखि भिडियो र तस्बिरबाट भिडियो बनाउन सक्ने जानकारी दिएको हो । कम्पनीकाअनुसार यो एआईले वास्तविक… Continue reading प्रविधिमा अर्काे चमत्कार ! अब भिडियो पनि एआईले बनाइदिने

चीनका ३३ विमानले ताइवान घेरे

१४ माघ, एजेन्सी । चीनले फेरि आफ्नो देशलाई विमान तथा नौसेनाको जहाजहरुले घेरा हालेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मंत्रालयले २६ जनवरीको विहानदेखि २७ जनवरीको विहानसम्ममा चीनले एसयू–३० लडाकु विमानहरु र ६ नौसेना जहाजहरुसमेत ३३ विमानले टापुलाई चारैतिरबाट घेरा हालेको दाबी गरेको छ । ताइवानको दाबी छ कि ३३ विमानहरुमध्ये १३ युद्धक विमानले ताइवान… Continue reading चीनका ३३ विमानले ताइवान घेरे

के किम युद्ध सुरु गर्न खोजिरहेका छन् ?

१४ माघ , एजेन्सी । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार जनाएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणको सिलसिला बढेको छ । यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ । प्रक्षेपणहरू गएको साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र… Continue reading के किम युद्ध सुरु गर्न खोजिरहेका छन् ?

दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले

१४ माघ, काठमाण्डौ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरे । उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको… Continue reading दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले

ला लिगाः बार्सिलोना हारेको हारै

१४ माघ, एजेन्सी । बार्सिलोनाले ला लिगामा अर्को हार बेहोरेको छ । शनिबार भिल्लारियलले बार्सिलोनालाई ५–३ ले हराएसंगै उसले तेस्रो हार व्योहोरेको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए । २–० ले पछि परेको अवस्थाबाट… Continue reading ला लिगाः बार्सिलोना हारेको हारै

उद्घाटन भईसकेको धरहरा अझै बनिसकेन्,म्याद थपिँदै

१४ माघ, काठमाण्डौ ।  निमार्ण सम्पन्न नहुदै २ वर्ष अघि उद्घाटन गरिएको काठमाडौँको धरहरा अझै निर्माणाधीन अवस्थामा छ । तर निर्माण सम्पन्न नहुँदै धरहराको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।… Continue reading उद्घाटन भईसकेको धरहरा अझै बनिसकेन्,म्याद थपिँदै

आज पनी सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

१४ माघ  ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार… Continue reading आज पनी सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

जीबी राईविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

१४ माघ, काठमाण्डौ । ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालकसमेत रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार… Continue reading जीबी राईविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

सहिद नै सहिदको देश बन्दै नेपाल ,सम्मान कि अपमान ?

१४ माघ, विराटनगर । यो देश र जनताको मुक्तिको लागि शाहदत प्राप्त गर्ने शहीदहरुप्रति सारा नेपाली सदै ऋणी रहन्छन् । शहीद भन्ने वित्तिकै अहिले पनि आम नेपाली जनताको मानसपटलमा चार शहीदको नाम नै पहिला आउने गर्दछ । तिनै शहीदको सम्मानमा अहिले देशभर शहीद सप्ताह चलिरहेको छ । केही वर्षअघि सम्म हातका औंलामा हटाउने शहीदका नाम… Continue reading सहिद नै सहिदको देश बन्दै नेपाल ,सम्मान कि अपमान ?

काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

१४ माघ, विराटनगर । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ। हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री… Continue reading काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

रोग लाग्ने बित्तिकै सूर्यज्योतिले दियो १४ लाख उपचार खर्च

१४ माघ, विराटनगर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि मोरङको धनपालथान–६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई बीमा सम्झौता बमोजिम १४ लाख ५५ हजार प्रदान गरेको छ । बिमित राजबंशीकै घरमा पुगेर शाखा प्रबन्धक कबिराज दाहाल नेतृत्वको टिमले घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । हाल कोरोनरी आर्टरीको उपचारको क्रममा रहेका… Continue reading रोग लाग्ने बित्तिकै सूर्यज्योतिले दियो १४ लाख उपचार खर्च

बालबालिकालाई कटन क्यान्डी दिए कारबाही

१३ माघ,काठमाण्डौ । के तपाइँले आफ्ना बालबालिकाहरुलाई कटन क्यान्डी खुवाउँने गर्नु भएको छ । यदी छ र तपाइँ काठमाडौंमा हुनुहुनु भने ख्याल गर्नुहोला । कटन क्यान्डी बेच्दा वा किन्दा तपाइँलाई २ लाख रुपैयासम्म जरिवाना हुनसक्छ । कटन क्यान्डीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य बताएको छ । विभागले परीक्षणपछि गुलावी रंगको कटन क्याण्डीलाई अखाद्य… Continue reading बालबालिकालाई कटन क्यान्डी दिए कारबाही

आज यो वर्षकै न्यून तापक्रम, काठमाडौंमा २.५ डिग्री सेल्सियस, तराईमा दिउँसै बत्ती

१३ माघ,काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो… Continue reading आज यो वर्षकै न्यून तापक्रम, काठमाडौंमा २.५ डिग्री सेल्सियस, तराईमा दिउँसै बत्ती

कस्तो रहनेछ आजको मौसम ?

१३ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी… Continue reading कस्तो रहनेछ आजको मौसम ?

सुवास आईसीसीको कारबाहीमा, किन ?

१३ माघ,एजेन्सी । नेपाली यू–१९ टोलीका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ । बुधबार दोस्रो खेलमा नेपाल पाकिस्तानसँग भिडेको थियो । सो क्रममा गरेको गल्तीका कारण स्पिनर भण्डारीलाई आईसीसीले कारबाही गरेको हो… Continue reading सुवास आईसीसीको कारबाहीमा, किन ?

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

१३ माघ,एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइपुगेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार काठमाडौं आइपुगेको हो । माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न टोली आएको हो । नयाँ वर्ष २०२४ सुरुवात भएपछि नेपाल आउने यो नै उच्चस्तरीय चिनियाँ टोली हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा

चुनावको मुखैमा ट्रम्पलाई ८३.३ मिलियन डलर जरिवाना

१३ माघ,एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले ८३.३ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ । लेखिका ई जिन केरलको मानहानि मुद्दामा ट्रम्पलाई सो क्षतिपूर्ति तिर्न आदेश दिएको हो । शुक्रबार, म्यानहट्टन संघीय अदालतले ट्रम्पविरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा फैसला सुनाएको हो । केरलको प्रतिष्ठामा आँच पु¥याएको तथा उनलाई भावनात्मक चोट पु¥याएकोमा ट्रम्पलाई सजाय सुनाइएको… Continue reading चुनावको मुखैमा ट्रम्पलाई ८३.३ मिलियन डलर जरिवाना

नेपाली सेना र प्रहरी एकाइमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

१३ माघ,एजेन्सी । नेपाल प्रहरीको गुप्तचर निकाय र सीआईबी संयुक्त राज्य अमेरिकाको कालोसूचीमा परेको छ । नेपालका यी दुई रणनीतिक एकाइलाई अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेको भन्दै कालोसूचीमा राखेको हो । यसैका कारण नेपाल प्रहरीकासाथै नेपाली सेनाका केही एकाइमाथि पनि अमेरिकाले सहयोगमा प्रतिबन्धसमेत लगाएको छ । सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको… Continue reading नेपाली सेना र प्रहरी एकाइमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

पानीको अणु भएको अर्को ग्रह भेटियो

१३ माघ,एजेन्सी । बैज्ञानिकहरुले पानीको अणु भएको अर्को ग्रह पनि भेटिएको दाबी गरेका छन् । हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन् । जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको… Continue reading पानीको अणु भएको अर्को ग्रह भेटियो

एक शसस्त्र प्रहरीले नै पाएनन् न्याय

१२ माघ,विराटनगर । शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रर्दशनकारीहरुबाट जलाइएको मोटरसाइकलको सरकारले क्षतिपूर्ति नदिएपछि धनुषाका एक शसस्त्र प्रहरी जवानले क्षतिपूर्तिका लागि गुहार लगाएका छन् । मधेश प्रदेशको धनुषा जिल्लास्थित हंसपुर नगरपालिका सुगानिकासस्थित प्रहरी कार्यालयमा गएको पुस ६ गते स्थानीयले आक्रमण गरेपछि शान्ति सुरक्षाका लागि शसस्त्र प्रहरीको सुरक्षा बेस सोनिगामाबाट गएको शसस्त्र प्रहरीको टोलीले प्रयोग गरेको… Continue reading एक शसस्त्र प्रहरीले नै पाएनन् न्याय

विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृतलाई कुटेपछी…..

१२ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न… Continue reading विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृतलाई कुटेपछी…..

वनारसमा हिन्दु मन्दिर भत्काएर बनाइएको थियो मस्जिद

१२ माघ, विराटनगर । छिमेकी राष्ट्र भारतमा लामो समयदेखि विवादित अयोध्यामा मस्जिदको साटो राम मन्दिर बनाएर प्राणप्रतिष्ठा समेत सम्पन्न भइसकेको अवस्थामा अर्काे धार्मिक स्थल वाराणसीमा समेत मन्दिरको स्थानमा मस्जिद बनाएको पाइएको छ । वाराणसीस्थित ज्ञानवापी मस्जिद परिसरमा सर्वेक्षण गरेको भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) ले हालको संरचना निर्माण हुनुअघि त्यहाँ हिन्दू मन्दिर रहेको बताएको छ ।… Continue reading वनारसमा हिन्दु मन्दिर भत्काएर बनाइएको थियो मस्जिद

प्रचण्डका दुवै हातमा लड्डु, प्रधानमन्त्रीसहित सबैभन्दा ठूलो दल

१२ माघ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिमा कुशल खेलाडी मध्येका एक हुन् । शान्ति प्रक्रियामा आएपछि बाबुराम भट्टराईसहित माओवादीले ४ पटक सरकार संचालन गरिसकेको छ । यो क्रममा एक पटक मात्रै माओवादीले देशको सबैभन्दा ठूलो दलको हैसियतमा सरकार संचालन गरेपनि त्यसयता भने तेस्रो शक्तिका साथ पटक पटक… Continue reading प्रचण्डका दुवै हातमा लड्डु, प्रधानमन्त्रीसहित सबैभन्दा ठूलो दल

अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?

१२ माघ, एजेन्सी ।  नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएकोमा अहिले सो जहाज जलाइएको अवस्थामा भेटिएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनिश प्रधानले सो हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए । नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा… Continue reading अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?

मदिरा प्रतिबन्ध लगाएका देशहरु कुन–कुन हुन् ?

No alcohol sign. Red prohibition signs vector image

१२ माघ, विराटनगर । कट्टर मुस्लिम देश साउदी अरेबियाले भर्खरै आफ्नो पहिलो मदिरा पसल खोल्ने घोषणा गरेको छ। यो पसल रियादमा खोलिनेछ, जहाँ गैर–मुस्लिम विदेशी कूटनीतिज्ञहरूले मात्र रक्सी किन्न सक्नेछन्। यसअघि साउदी अरबमा मदिरा उत्पादन र बिक्रीमा पूर्ण प्रतिबन्ध थियो । कुवेतमा मदिराको बिक्री, उपभोग र कब्जामा कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ। मादक पदार्थ सेवन… Continue reading मदिरा प्रतिबन्ध लगाएका देशहरु कुन–कुन हुन् ?

बानेश्वरमा गुड्दा गुड्दै बस भासियो

१२ माघ, काठमाण्डौ । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरेका छन्… Continue reading बानेश्वरमा गुड्दा गुड्दै बस भासियो

आज यी क्षेत्रमा पानी पर्ने, तराई हुस्सुले ढाक्यो

१२ माघ, काठमाण्डौ । आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख… Continue reading आज यी क्षेत्रमा पानी पर्ने, तराई हुस्सुले ढाक्यो

आज सुन–चाँदीको मूल्य स्थिर

१२ माघ, काठमाण्डौ । शुक्रबार सुन–चाँदीको मूल्य स्थिर छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ।आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ।बिहीबार… Continue reading आज सुन–चाँदीको मूल्य स्थिर

चीनको समुद्र हुँदै नेपाली चाउचाउ जापान पुग्यो

१२ माघ, काठमाण्डौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला २०७२ चैतमा चीनसँग भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । यो सम्झौता कार्यान्वयनमा आएसँगै चिनियाँ समुद्रमा नेपालको पहुँच पुगेको छ। नेपालले चिनियाँ समुद्रबाट तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ । यो सम्झौता कार्यान्जयनमा आएसँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कलकत्तामा मात्रै… Continue reading चीनको समुद्र हुँदै नेपाली चाउचाउ जापान पुग्यो

‘बेटी पढाऊ, बेटी बचाऊ’ साइकल किन्दा भ्रष्टचार

१२ माघ, काठमाण्डौ । प्रदेश नम्बर २ मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबावु राउतको महत्वकाक्षी योजनामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएको छ। विशेष अदालतले साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित दुई जनालाई कैद सजायको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले… Continue reading ‘बेटी पढाऊ, बेटी बचाऊ’ साइकल किन्दा भ्रष्टचार

फेरि फर्कियो अध्यारो युग, दैनिक ८ घण्टा लोडसेडिङ

१२ माघ, काठमाण्डौ । केही हप्ता अघि मात्रै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेपछि धेरैले नेपालले अब खेर जाने बिजुली बेचेर देश धनी हुने सपना बुने । जलस्रोत तथा अर्थविद्हरुले समेत यो सम्झौता नेपालको हितका लागि कोशेढुङ्गा सावित हुने टिप्पणी गरे । नभनुन् पनि कसरी देशभर विद्युतीकरण नभएपनि नेपाल विद्युत… Continue reading फेरि फर्कियो अध्यारो युग, दैनिक ८ घण्टा लोडसेडिङ

किसानले पेरिस घेरे, म्याक्रोन दिल्लीमा रातो कार्पेटमा

१२ माघ, एजेन्सी । फ्रान्सेली किसानहरूले बिहीबार देशका प्रमुख सडकहरू बन्द गरेका छन्। उनीहरुले आफ्ना उत्पादनका क्रेट सडकमा फालेका छन् । सबैभन्दा खराब अवस्था राजधानी पेरिसको छ । जहाँ किसानहरूको आन्दोलनका कारण चारैतिर अराजकता छ। किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कारबाही गर्न माग गरिरहेका छन्। यी किसानहरुको आन्दोलन अहिले… Continue reading किसानले पेरिस घेरे, म्याक्रोन दिल्लीमा रातो कार्पेटमा

स्यिानिटरी प्याडमा पनि भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्या

११ माघ,काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एकैदिन भ्रष्टाचारको अभियोगमा एक दर्जन भन्दा बढीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज… Continue reading स्यिानिटरी प्याडमा पनि भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्या

चिनियाँ मन्त्री फेरि नेपाल आउँदै

११ माघ,काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण… Continue reading चिनियाँ मन्त्री फेरि नेपाल आउँदै