देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

२ माघ , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयरमा कार्यकाल बाँकी रहदै संसदीय राजनीतिमा होमिदै प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेका बालेन्द्र शाह बालेनले आफ्नो विगत, राजनीति र अबको राजनीतिक बाटोबारे प्रष्टिकरण दिएका छन् । भूकम्प सुरक्षा दिवसका सन्दर्भमा फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेनले देशलाई अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको उल्लेख गरेका छन् । बालेनले देशलाई… Continue reading देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

२७ असार , काठमाडौ । काठमाडौं महानगरपालिकामा विगत सात महिनादेखि जारी राजनीतिक र प्रशासनिक गतिरोध नाटकीय रूपमा अन्त्य भएको छ । लामो समयको विवाद र अडानपछि बसेको नगर कार्यपालिकाको बैठक मेयर बालेनले केवल १ मिनेट ८ सेकेन्डमा टुंग्याएका छन्। यो छोटो तर अर्थपूर्ण बैठकले बजेटको गाँठो फुकाए पनि मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज… Continue reading बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

२३ असार , काठमाडौं। काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादले बजेट प्रक्रिया नै अनिश्चित बनिरहेको बेला उपमेयर सुनिता डङ्गोलले सार्वजनिक अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले मेयर शाहको प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गरेर कार्यपालिका बैठक राख्ने तयारीप्रति असहमति जनाउँदै सबै जनप्रतिनिधिलाई संयमित भई कानुनी प्रक्रियाभित्र रहेर समाधान खोज्न… Continue reading के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

तीनकुने घटनाको न्याय खोज्दै बालेन

२६ चैत , काठमाण्डौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्। महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर… Continue reading तीनकुने घटनाको न्याय खोज्दै बालेन

काठमाडौं महानगरमा गुरागाईं आए, बालेनसहितलाई तलब खुवाए

२५ चैत , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका कर्मचारीले तीनदेखि ६ महिनासम्म रोकिराखेको तलब पाएका छन् । महानगरपालिकाका प्रमुख बालेन्द्र साहसहित कुचीकारसम्मका सबै कर्मचारीले तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मेयर बालेन्द्र शाहदेखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको… Continue reading काठमाडौं महानगरमा गुरागाईं आए, बालेनसहितलाई तलब खुवाए

७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने

१३ चैत , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र केन्द्र सरकारबीचको सम्बन्ध झनै टकरावपूर्ण बन्दै गएको छ। सरकारसँग पटकपटक आमनेसामने भइसकेका मेयर शाहले फेरि दुई कडा अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ। महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवादका बीच उनले आफू गलत भए जेल हाल्न सरकारले हिम्मत गर्नुपर्ने चुनौती… Continue reading ७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने

बालेन भर्सेस ट्रम्पः विश्वका नेता झुक्दा बालेन गर्जिए

९ फागुन , विराटनगर। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र कटाक्ष गरेका छन्। विश्वका नेताहरुले ट्रम्पविरुद्ध मुख खोल्न नसकिरहेको अवस्थामा यो आजको सर्वाधिक चासोको विषय हो । उनले नेपाललाई अमेरिका भन्दा राम्रो देश भएको महसुस गराएकोमा ट्रम्पलाई व्यंग्यात्मक धन्यवाद दिएका छन्। बालेनका अनुसार, नेपाल गरिब हुनुको कारण… Continue reading बालेन भर्सेस ट्रम्पः विश्वका नेता झुक्दा बालेन गर्जिए

चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

१९ पुष , काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयरका रुपमा महानगरवासी मात्रै होइन देशभरका आमजनताबाट समेत समेत अपार प्रशंसा बटुलिरहेका बालेन्द्र शाह बालेनले चलचित्र क्षेत्रमा नयाँ पाइला चाल्दै पाश्र्व गायनमा डेब्यु गरेका छन् । आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारिएको हिप–हप गीतसहित उनी चलचित्र ‘लाज शरणम्’मा देखिने भएका हुन् । मेयर बालेन्द्र शाह ¥यापर पनि… Continue reading चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

३० कार्तिक ,काठमाण्डौ। काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा ब्यवस्थापन गर्ने संकल्पसहित मेयर बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालनेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका हुन् । बालेनले सामाजिक… Continue reading बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान

१३ कार्तिक , काठमाण्डौ। काठमाडौं महानगरपालिकाले लाखौं रुपैयाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले तिहारमा प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएका छन् । उनले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको बताएका छन् । यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित… Continue reading काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान

बालेनको नगरसभा भाँडियो, सामाजिक संजालबाट बैठक स्थगित

१४ असार ,काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन… Continue reading बालेनको नगरसभा भाँडियो, सामाजिक संजालबाट बैठक स्थगित

कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि… Continue reading कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

काठमाडौँको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग निषेध

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य… Continue reading काठमाडौँको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग निषेध

संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् । उनले काठमाडौं… Continue reading संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

अझै मथ्थर भएनन् बालेन, सडकलाई मापदण्डको पाठ पढाउँदै

१८ जेठ, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र सडक डिभिजन कार्यालय बीचको टकराब मथ्थर हुनुको साटो झन झाँगिएको छ । सडकले न्यूरोडको सडक पुनःस्थापना गर्न दिएको २ दिनको समयसीमा सकिँदै गर्दा बालेनले त्यसलाई स्वीकार गर्नुको साटो सडकलाई नै उल्टै मापदण्डको अर्काे पढाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै न्यूरोडमा पार्किङ… Continue reading अझै मथ्थर भएनन् बालेन, सडकलाई मापदण्डको पाठ पढाउँदै

बालेनको ध्यान सहकारीको ऋणमा, समयमा ऋण तिर्नु

चैत ५ , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्ने आग्रह गरेको छ । ऋणीले समयमा नै ऋण चुक्ता नगरेको खण्डमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१… Continue reading बालेनको ध्यान सहकारीको ऋणमा, समयमा ऋण तिर्नु

सुन्दर र स्वच्छ काठमाडौं बालेनको अभियान

२५ माघ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ। सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ। फोहोर दानीको एउटा सेटमा २ वटा… Continue reading सुन्दर र स्वच्छ काठमाडौं बालेनको अभियान

बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?

९ माघ, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे… Continue reading बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?

नयाँ अधिकृत प्रदीपसंग बालेनको ट्युनिंग कस्तो रहला ?

६ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए । त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए । वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर बिदा भएपछि महानगरपालिकामा नयाँ… Continue reading नयाँ अधिकृत प्रदीपसंग बालेनको ट्युनिंग कस्तो रहला ?

बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

२ माघ, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्ति गरेकामा कर्मचारी रुष्ट बनेका छन । हाल महानगरमा मेयरकै इच्छाअनुसार २१ जना सल्लाहकार तलब–सुविधासहित राखिएको छ । अन्य आठजना अवैतनिक र अघोषित सल्लाहकारको टिम पनि छ । नियमअनुसार महानगरपालिकाले कुनै निर्णय वा सूचना जारी गर्नुअघि महानगरको सम्बन्धित शाखाबाट टिप्पणी उठाएर र छलफल गरेर निर्णयमा पुग्नुपर्छ । तर,… Continue reading बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने

२४ पुष,विराटनगर । काठमाडौं महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको सचिवालय स्रोतले बताएको छ । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच… Continue reading प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने

काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

२० मंसिर, विराटनगर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज सामाजिक सञ्जालमार्फत निर्देशन दिएका छन् । मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता… Continue reading काठमाडौंमा औषधि पसल चलाए कानूनबमोजिम, नत्र कारबाही

बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो

१४ मंसिर, काठमाण्डौ । लामो समयदेखि समसामयिक राजनीतिक विषयमा टिकाटिप्पणी नगरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति मिसन–८४का बारेमा तिखो टिप्पणी गरेका छन् । उनले मिसन ८४ अभियानमा लागेकाहरुप्रति लक्षित गर्दै मिसन ८४ ले देश नबन्ने बताएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक… Continue reading बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो

छात्रबृत्तिका लागि बालेनको अर्काे बोल्ड निर्णय

१८ असार, काठमाण्डौ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुलाई कानूनले व्यवसथा भएवमोजिमको छात्रबृत्ति अनिवार्य उपलब्ध गराउन भन्दै छात्रबृत्ति पाएका विद्यार्थीहरुको सूची समेत मगाएको महानगरले अब महानगरभित्रका निजी विद्यालयले दिने छात्रवृत्तिको परीक्षा आफैँले लिने भएको छ।एसईईको परीक्षाफल प्रकाशन हुने अन्तिम तयारी भईरहेको समयमा मेयर बालेन्द्र शाह बालेनले फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन्। उनले लेखेका छन्– काठमाडौँ महानगरपालिका… Continue reading छात्रबृत्तिका लागि बालेनको अर्काे बोल्ड निर्णय

टुकुचाको जग्गाको लगत कट्टा गर्न महानगरले लेख्यो पत्र

२६ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन्। ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा… Continue reading टुकुचाको जग्गाको लगत कट्टा गर्न महानगरले लेख्यो पत्र

टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत

२४ वैशाख, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् । उच्च अदालत पाटनको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको बालेनको दाबी छ । टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट… Continue reading टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत

सार्वजनिक स्थानमा विज्ञापन टाँसे जरिवाना/ पम्पलेट टाँसे एक लाख जरिवाना

१५ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा विज्ञापनका कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको छ। सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने भन्दै काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा विज्ञापन गर्न नपाइने निर्णय गरेको हो। गत चैत ३० गते प्रकाशन भएको काठमाडौँ महानगरपालिकाको… Continue reading सार्वजनिक स्थानमा विज्ञापन टाँसे जरिवाना/ पम्पलेट टाँसे एक लाख जरिवाना

बाटो मिच्ने प्रहरीलाई बालेनले दिए यस्तो चेतावनी

२५ चैत, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले नै सडक मिचेको बताएका छन् । उनले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै तत्काल हटाउन भनेका छन् । शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर हटाउन भनेका हुन् । नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन्… Continue reading बाटो मिच्ने प्रहरीलाई बालेनले दिए यस्तो चेतावनी

बालेनको साथमा उभियो काठमाडौंको नेवाः समुदाय

९ पौष, काठमाण्डौ । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिवार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका बिरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति… Continue reading बालेनको साथमा उभियो काठमाडौंको नेवाः समुदाय

काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

१५ असोज, काठमाण्डौ । गएको स्थानीय तहको निर्वाचनमा अनपेक्षित रुपमा विजय हासिल गरी काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाह बालेनको शुक्रबार काठमाडौंमा पुत्ला दहन गरिएको छ। यसअघि बालेनले काठमाडौंमा सुरु गरेको अनाधिकृत संरचना हटाउने अभियान र टुकुचाको उत्खनन्को प्रशंसा गर्नेहरुले नै उनको पुत्ला दहन गरेका छन् । बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले बालेनको पुत्ला दहन… Continue reading काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

फुटपाथमा व्यापार गर्न नदिन बालेन वचनबद्ध

१३ असोज, काठमाण्डौ। काठमाडौं महानगरपालिकाका सडकका फुटपाथमा महानगरले एक दिन पनि व्यापार संचालन गर्न नदिने भएको छ । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा अन्य समय भन्दा अधिक व्यापार व्यवसाय हुने भएपनि काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै दशैंसम्म फुटपाथ खुला गरिदिन व्यवसायीबाट माग भईरहेको अवस्थामा महानगरका मेयर बालेन्द्र साह बालेनले आज एक विज्ञप्ति जारी… Continue reading फुटपाथमा व्यापार गर्न नदिन बालेन वचनबद्ध

बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

७ असोज, काठमाण्डौ । संघीय राजधानी रहेको काठमाडौं महानगरमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा ३० प्रतिशतले राजस्वमा बृद्धि भएको छ । काठमाडौं महानगरले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष असोज ५ सम्ममा १ अर्ब २८… Continue reading बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

काठमाडौं महानगरले चलायो वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामा डोजर

६ असोज ,काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु… Continue reading काठमाडौं महानगरले चलायो वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामा डोजर

बालेनको टुकुचा अभियानमा अदालतको रातो झन्डा

२ असोज, काठमाण्डौ । वर्षाैदेखि हराएको काठमाडौंको टुकुचा खोलाको खोजीमा जुटेको काठमाडौं महानगरपालिकाका लागि अदालती आदेश फेरि बाधक बनेको छ । उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको… Continue reading बालेनको टुकुचा अभियानमा अदालतको रातो झन्डा

डेंगु संक्रमितका लागि १०२ बाट निःशुल्क एम्बुलेन्स सेवा

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन शाहले सेवा सुरु गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने… Continue reading डेंगु संक्रमितका लागि १०२ बाट निःशुल्क एम्बुलेन्स सेवा

डोजरले खोतल्दा कसरी भेटियो टुकुचा खोला

३० भदौ , काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ। आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो। खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो। महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो। आज डोजरले… Continue reading डोजरले खोतल्दा कसरी भेटियो टुकुचा खोला

बालेनले कहाँ कहाँ भत्काए अनधिकृत संरचना?

३० भदौ ,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले करिब एक महिनाको अवधिमा ३९ स्थानका अवैध संरचना हटाएको छ। भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ। गत साउन १ गते ३५ दिने सार्वजनिक सूचना जारी… Continue reading बालेनले कहाँ कहाँ भत्काए अनधिकृत संरचना?

असोज १ देखि काठमाडौंमा धूमपान निषेध

३० भदौ, काठमाडौं । काठमाडौंमा विद्यमान कानून कार्यान्वयनमा कडाईका साथ प्रस्तुत हुँदै आएको बालेन्द्र साह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका… Continue reading असोज १ देखि काठमाडौंमा धूमपान निषेध

बालेनले ४५ लाई पत्र काटे, ९ वटाले मात्रै कर तिरे

२८ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्। महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ। महानगरलाई कर बुझाउनेमा काठमाडौं फन… Continue reading बालेनले ४५ लाई पत्र काटे, ९ वटाले मात्रै कर तिरे

कर नतिर्ने आर्मी र प्रहरीलाई बालेनको १० दिने पत्र

२३ भदौ, काठमाण्डौ । वीर अस्पताल,नेपाल ल क्याम्पससहित १० कार्यालयले महानगरलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ। महानगरलाई बहाल कर नतिर्नेमा नेपाल आर्मीदेखि नेपाल प्रहरी समेत रहेका छन् । महानगरलाई कर नतिर्नेमा शंकरदेव क्याम्पस, आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, महाबौध, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस छन्। महानगरले ति कार्यालयलाई बिहीबार पत्र… Continue reading कर नतिर्ने आर्मी र प्रहरीलाई बालेनको १० दिने पत्र

काठमाडौंमा अवैध पर्खाल पनि हटाउनु पर्ने

२३ भदौ , काठमाण्डौ । नक्सा पास विना बनेका अनाधिकृत संरचनामा डोजर लगाउदै आएको काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनलाई भने डोजर लगाउनु अघि नक्सा बनाउन ९० दिनको समय दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न महानगरले ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले सार्वजनिक सूचना जारी… Continue reading काठमाडौंमा अवैध पर्खाल पनि हटाउनु पर्ने

कुलमानलाई बालेनले सम्झाए सामाजिक उत्तरदायित्व

२२ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिकामा पछिल्लो समय आक्रमक रुपमा कानून कार्यान्वयनमा उत्रिदै अवैध संरचना भत्काउने देखि बक्यौता कर उठाउने अभियानमा जुटेका मेयर बालेन्द्र साह बालेनले नेपाल विद्युत प्राधिकरणलाई काउन्टर दिएका छन् । काठमाडोैका सडकमा बालिएका सडकको बिल भुक्तानी र प्राधिकरणले महानगरलाई तिर्नुपर्ने कर मिलानको विषय प्राधिकरणले उठाएको भन्दै बालेनलले प्राधिकरणलाई कर र महसुलको… Continue reading कुलमानलाई बालेनले सम्झाए सामाजिक उत्तरदायित्व

काठमाडौं एमालेको सिफारिसमा परेका उम्मेदवारहरु यस्ता छन्

१६ भदौ , काठमाण्डौ । गत स्थानीय चुनावमा आफ्नै पार्टीका नेता केशव स्थापितलाई नसघाएको तथा त्यसअघि काठमाडौं महानगरपालिकाको मेयरका रुपमा पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको आरोप खेपेका विद्यासुन्दर शाक्यलाई नै नेकपा एमालेले दुई ठाउँबाट संघीय सांसद्को उम्मेदवारका  रुपमा सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका दुईवटा क्षेत्रीय कमिटिले उनलाई… Continue reading काठमाडौं एमालेको सिफारिसमा परेका उम्मेदवारहरु यस्ता छन्

बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए

१२ भदौ , काठमाडौं। काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत उपलब्ध गराउदै आएको दैनिक भत्ता बृद्धि गरेको छ । महानगरले अब नगर रक्षकलाई पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको… Continue reading बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए

काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनयर राख्ने मेयर बालेनको प्रस्ताव

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् । मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर… Continue reading काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनयर राख्ने मेयर बालेनको प्रस्ताव

पार्किङस्थलमा राखिएका कुर्सी महानगरले हटाइदिएपछि राहदानी विभागद्धारा सूचना जारी

१० भदौ ,काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो । महानगरले बेसमेन्ट खाली गराएपछि विभागले शुक्रबारै एक सूचना जारी गरेको… Continue reading पार्किङस्थलमा राखिएका कुर्सी महानगरले हटाइदिएपछि राहदानी विभागद्धारा सूचना जारी

शंखमूल र बानेश्वर पुग्दा किन झ्वाँक्किए बालेन ?

९ भदौ, काठमाण्डौ। काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।  कामपा प्रमुख बालेन्द्र साहको सचिवालयले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने बताएको छ । संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने… Continue reading शंखमूल र बानेश्वर पुग्दा किन झ्वाँक्किए बालेन ?

‘बालेन’ का डुप्लिकेट काठमाडौं ९ बाट उठ्ने

३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ का डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । जित्ने लक्ष्यसहित चुनावमा होमिएको भन्दै उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी… Continue reading ‘बालेन’ का डुप्लिकेट काठमाडौं ९ बाट उठ्ने

फोहोर बोकेको ट्रकले बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले फेरी आन्दोलन सुरु गरे

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।sis स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन… Continue reading फोहोर बोकेको ट्रकले बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले फेरी आन्दोलन सुरु गरे

एमाले मुख्यालय आउन बालेनलाई योगेशको प्रस्ताव

२९ साउन,काठमाण्डौ । गत जेठ १६ गते काठमाडौं महानगरपालिकाको प्रमुखको पदका लागि सपथ लिदै गर्दा मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका थिए । तर अढाई महिना हुन लाग्दासम्म फोहोरको दीर्घकालिन व्यवस्थापनको कुरा त धेरै परको कुरा दिनहुँ उठ्नु पर्ने फोहोरसमेत नउठेपछि बालेन चौतर्फी आलोचनाको घेरामा पर्न थालेका छन् । एकातिर काठमाडौंका… Continue reading एमाले मुख्यालय आउन बालेनलाई योगेशको प्रस्ताव

साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काठमाडौं महानगरको निर्णय

११ साउन,काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ। र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न… Continue reading साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काठमाडौं महानगरको निर्णय

काठमाडौं महानगरपालिका ले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा… Continue reading काठमाडौं महानगरपालिका ले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने

फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई बालेन्द्रले तिराए ५ हजार जरिवाना

२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका(११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।‘पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेका छन्, यही क्रममा फुटपाथ र सडकमा निर्माण सामग्री राखेका कारण आज कारबाही गरिएको हो । गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सधैं कायम… Continue reading फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई बालेन्द्रले तिराए ५ हजार जरिवाना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.