अमेरिकामा गर्मीका कारण जलनका केश बढ्यो

१० साउन, एजेन्सी । मौसममा आएको परिवर्तनका भयानक असरहरु पछिल्लो समय निकै देखिन थालेको छ । ग्लोवल वार्मिङका कारण विश्वभर कतै वनहरु डढेलोको चपेटामा परिरहेका छन् भने, कतै भारी वर्षा, बाढी पहिरोले मानिसको बस्ती बगाएका छन् । यस्तै धेरै देशहरुमा अहिले उखर्माउलो गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेका छन् । खेतबाली, पशुचौपाया पानीको हाहाकारमा परेका छन्… Continue reading अमेरिकामा गर्मीका कारण जलनका केश बढ्यो

ग्रीसमा आगो निभाउन गएको विमान आफै भष्म

१० साउन, एजेन्सी । ग्रीसको जंगलमा केही दिनदेखि लागिरहेको आगो अनियन्त्रित बन्दै गएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले ग्रीसमा गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ । यसक्रममा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको… Continue reading ग्रीसमा आगो निभाउन गएको विमान आफै भष्म

रोम पुगेर प्रचण्डले भने एक्लैले बिकृतिको चाङ हट्दैन

१० साउन, एजेन्सी । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको भन्दै नेपालीको साथ खोजेका छन् । प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताएका हुन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा… Continue reading रोम पुगेर प्रचण्डले भने एक्लैले बिकृतिको चाङ हट्दैन

इमरान खानविरुद्ध फेरि पक्राउ पुर्जी जारी

९ साउन, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो । स्थानीय समाचार एजेन्सी डनका अनुसार आयोगले इस्लामावाद प्रहरीलाई मंगलबार पक्राउ गरी पेस गर्न निर्देशन दिएको छ । गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट… Continue reading इमरान खानविरुद्ध फेरि पक्राउ पुर्जी जारी

शिक्षादीप कलेजमा भर्ना भएका ८५० जना विद्यार्थीलाई अभिमुखिकरण

५ साउन,विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ ।कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रा गरेको हो । ‘नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउनुको साथै कलेजको… Continue reading शिक्षादीप कलेजमा भर्ना भएका ८५० जना विद्यार्थीलाई अभिमुखिकरण

पूजा गर्दै गरेको पथ्थर प्रहरीले बरामद गरेपछि बाबुराम हेर्न पुगे

५ साउन, काठमाण्डौ । प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट वर्षाैदेखि धार्मिक आस्थाका साथ पूजा गर्दै आएको ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्बन्धित पक्षको चित्त बुझाएर संग्राहलयमा राख्न सुझाव दिएका छन् । गोरखामा एक स्थानीयको घरबाट प्रहरीले जाककचबुझनिम्ति लिएको मणि पत्थरको अवलोकन पछि डा भट्टराई आफूले त्रिविविका सम्बन्धित विषयविज्ञहरूबाट बुझे… Continue reading पूजा गर्दै गरेको पथ्थर प्रहरीले बरामद गरेपछि बाबुराम हेर्न पुगे

ए आईमा तीव्र प्रतिस्पर्धा/अब एप्पलले पनि एप्पल जीपीटी ल्याउने

५ साउन, एजेन्सी । आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स विश्वका प्रमुख कम्पनीहरु बीच तीव्र प्रतिस्पर्धाको कारण बन्न थालेको छ । चर्चित च्याट जिपीटीलाई टक्कर दिने गरी विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले पनि आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्ने भएको छ । यसका लागि एप्पलले एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको… Continue reading ए आईमा तीव्र प्रतिस्पर्धा/अब एप्पलले पनि एप्पल जीपीटी ल्याउने

सुन तस्करीमा गृह र अर्थकै मिलेमतो देखिन्छ,मुख्य नाइके सार्वजनिक गरियोस्ः सांसद डा.सुनिल शर्मा

५ साउन ,काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन… Continue reading सुन तस्करीमा गृह र अर्थकै मिलेमतो देखिन्छ,मुख्य नाइके सार्वजनिक गरियोस्ः सांसद डा.सुनिल शर्मा

नेपाली क्रिकेटरका लागि ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’

५ साउन, एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदै गरेको एसिया कपलाई लक्षित गरेर श्रीलंकामा विशेष तयारी गर्ने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष तयारी गराउने जनाएको छ। एसिया कपलाई लिएर निकै उत्साहित बनेको नेपाली टोलीले उत्कृष्ट… Continue reading नेपाली क्रिकेटरका लागि ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’

ललिता निवास प्रकरणको फैसला सुनाउदै अदालत / अभियुक्त थुनामुक्त होलान् ?

५ साउन, काठमाण्डौ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज (शुक्रबार) निर्णय सुनाउने भएको छ। बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी… Continue reading ललिता निवास प्रकरणको फैसला सुनाउदै अदालत / अभियुक्त थुनामुक्त होलान् ?

अमेरिकी आणविक पनडुब्बी कोरिया पुगेपछि बबाल

५ साउन, एजेन्सी । उत्तर कोरियाले कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको हो । उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै… Continue reading अमेरिकी आणविक पनडुब्बी कोरिया पुगेपछि बबाल

बेलायतमा नर्सलाई रोजगारी, तलब ४७ लाख ,कसरी भर्ने आवेदन ?

५ साउन,एजेन्सी । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत… Continue reading बेलायतमा नर्सलाई रोजगारी, तलब ४७ लाख ,कसरी भर्ने आवेदन ?

महिला विश्वकप फुटबलमा आज तीन खेल/क्यानडा र नाईजेरिया बराबरी

५ साउन,एजेन्सी । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुदैछ । विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन्… Continue reading महिला विश्वकप फुटबलमा आज तीन खेल/क्यानडा र नाईजेरिया बराबरी

रुसविरुद्ध क्लस्टर बम प्रयोग भएको अमेरिकाले स्वीकारो

५ साउन,एजेन्सी । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् । क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै… Continue reading रुसविरुद्ध क्लस्टर बम प्रयोग भएको अमेरिकाले स्वीकारो

टिकटकमाथि फेरि खनियो अमेरिका,राष्ट्रिय सुरक्षाका जोखिम

२ साउन, एजेन्सी । टिकटकका माध्यामबाट चीनलाई घेरिरहेको अमेरिकाले फेरि एकपटक टिकटकलाई राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भनेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका हुन्। टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट… Continue reading टिकटकमाथि फेरि खनियो अमेरिका,राष्ट्रिय सुरक्षाका जोखिम

रुसको निशानामा क्रिमियाको पुल, फेरि विष्फोट

२ साउन, एजेन्सी । युक्रेनमा आक्रमण जारी राखेको रुसले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने उसंगको सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की,… Continue reading रुसको निशानामा क्रिमियाको पुल, फेरि विष्फोट

अमेरिकामा आँधी,वर्षा र बाढी, ५ करोड मानिस प्रभावित,१५ सय उडान रद्द

२ साउन, एजेन्सी । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्युयोर्क र न्युजर्सीका प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडान अवरुद्ध हुनुका साथै ‘ग्राउन्ड स्टप’ गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय… Continue reading अमेरिकामा आँधी,वर्षा र बाढी, ५ करोड मानिस प्रभावित,१५ सय उडान रद्द

इन्टर मियामीले सार्वजनिक गर्याे मेसी/जर्सी नम्बर १०

२ साउन, एजेन्सी । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सार्वजनिक रुपमा देखिएका छन् । तीन दिन अघि औपचारिक रुपमा मियामीसँग तीन वर्षे सम्झौता गरेका मेसीले मियामीको १० नम्बर जर्सी लगाउने भएका छन्। क्लबले करिब २० हजार दर्शकमाझ मेसीलाई सार्वजनिक गरेको छ। आफूलाई हेर्न आएका दर्शकलाई ३६ वर्षीय… Continue reading इन्टर मियामीले सार्वजनिक गर्याे मेसी/जर्सी नम्बर १०

किरण चेम्जोङको पञ्जाव एफसी बसाइँ १ वर्ष लम्बियो

२ साउन, एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् । भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको छ । पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध… Continue reading किरण चेम्जोङको पञ्जाव एफसी बसाइँ १ वर्ष लम्बियो

सूर्यमा डरलाग्दो विस्फोट, पृथ्वीमा कस्तो असर गर्छ ?

२ साउन,एजेन्सी । सूर्यमा एक भयानक विष्फोट भएको छ । विष्फोटपछि त्यसको खतरनाक प्लाजमा पृथ्वीतर्फ बढ्दै आएको वैज्ञानिकहरुले बताएका छन् । ठूलो विस्फोट र तूफानबाट जन्मिएको कोरोनल मास इजेक्शन पृथ्वीमा ठोक्किन लागिरहेको छ। यो आज पृथ्वीमा ठोक्किए यसले हाम्रो ग्रहमा ठूलो भू–चुम्बकीय तूफान निम्त्याउन सक्नेछ । यदि कोरोनल मास इजेक्शनले पृथ्वीमा हिर्काउँछ भने तिनीहरूले भू–चुम्बकीय… Continue reading सूर्यमा डरलाग्दो विस्फोट, पृथ्वीमा कस्तो असर गर्छ ?

BMW को पहिलो विद्युतीय एसयूभी सार्वजनिक

२ साउन,एजेन्सी । विश्व चर्चित जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ पछि बीएमडब्लुको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ भित्र्याएको हो । नेपालमा यसको मूल्य २ करोड २९ लाख रुपैयाँ रहेको छ । बीएमडब्लुको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा… Continue reading BMW को पहिलो विद्युतीय एसयूभी सार्वजनिक

७७ जिल्लामै लम्पी स्किनः १ खर्ब ३८ अर्ब क्षति हुने अनुमान

३० असार,काठमाण्डौ । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको… Continue reading ७७ जिल्लामै लम्पी स्किनः १ खर्ब ३८ अर्ब क्षति हुने अनुमान

केदारनाथको शिर डोलेश्वरमा साउने सोमबारको मेला

३० असार, काठमाण्डौ । साउने सोमवारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तिब्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पु¥याइएको हो । मेलामा आउने पर्यटक र भक्तजनहरुलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम अन्तिम चरणमा पु¥याइएको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए । उनले… Continue reading केदारनाथको शिर डोलेश्वरमा साउने सोमबारको मेला

युरोप, अमेरिकासंगै चीनमा अत्याधिक गर्मी, चेतावनी जारी

३० असार, एजेन्सी । दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ । युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अमेरिका र जापानमा पनि तापक्रम बढेको बीबीसीले जनाएको छ । स्वस्थ मानिसहरूलाई पनि जोखिम पु¥याउनसक्ने तहमा उच्च तापक्रम बढ्नसक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ ।… Continue reading युरोप, अमेरिकासंगै चीनमा अत्याधिक गर्मी, चेतावनी जारी

बलात्कार आरोपमा बेन्जामिन मेन्डीले पाए सफाई

३० असार,एजेन्सी । ३ वर्षअघि चार बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लागेर म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डी निलम्बनमा परेका थिए । जसका कारण उनको २८ वर्षमै फुटबल करिअर धरापमा परेको थियो । उनै बेन्जामिन मेन्डी शुक्रबार भने निर्दोष सावित भए । चेस्टर क्राउन कोर्टमा तीनसाता लामो सुनुवाइपछि न्यायाधीशले उनलाई निर्दोष भएको फैसला सुनाएपछि यी फ्रान्सेली… Continue reading बलात्कार आरोपमा बेन्जामिन मेन्डीले पाए सफाई

सीमा विवादबारे सहमतिमा आउन भारतलाई चीनको आग्रह

३० असार,एजेन्सी । आफूहरुबीच दशकौंदेखिको सीमा विवाद हल गर्न भारतलाई चीनले आह्वान गरेको छ । चीनका एक वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका हुन् । दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री एस… Continue reading सीमा विवादबारे सहमतिमा आउन भारतलाई चीनको आग्रह

अमेरिकासंग फेरि कड्किए रावलः भने, mcc कालागि दबाब किन?’

३० असार, काठमाण्डौ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर एमाले नेता डा.भीम रावल फेरि कड्किएका छन् । रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति शनिबार टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर… Continue reading अमेरिकासंग फेरि कड्किए रावलः भने, mcc कालागि दबाब किन?’

लम्पी स्किनमय संसद/सभामुखले गरे रुलिङ/सरकार नाजवाफ

k|ltlglw ;efsf] a}7sdf ;f+;b sf7df8f}F, @@ c;f]h M ;ª3Lo ;+;b, k|ltlglw ;efsf] a}7sdf pkl:yt ;f+;b . t:jL/ M k|bLk/fh jGt÷/f;;

२९ असार,काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् । लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै… Continue reading लम्पी स्किनमय संसद/सभामुखले गरे रुलिङ/सरकार नाजवाफ

इमर्जिङ एसिया कपमा नेपालको सुरुवात हारबाट

२९ असार,एजेन्सी । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तान ए का लागि… Continue reading इमर्जिङ एसिया कपमा नेपालको सुरुवात हारबाट

फ्रान्सले मोदीलाई दियो सर्वाेच्च सम्मान

२९ असार,एजेन्सी । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई साता अघिको अमेरिका तथा मध्यपूर्वी राष्ट्रको भ्रमणपछि अहिले फ्रान्स भ्रमणमा छन् । यही भ्रमणका क्रममा विश्वकै उदाउदो अर्थतन्त्र भएको भारतका प्रधानमन्त्री मोदीलाई फ्रान्सले देशको सर्वोच्च नागरिक र सैन्य सम्मान ग्रान्ड क्रस अफ द लिजन अफ अनर प्रदान गरेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार साँझ… Continue reading फ्रान्सले मोदीलाई दियो सर्वाेच्च सम्मान

भद्रपुर उडेको जहाज आकाशबाटै फर्कियो

२९ असार, काठमाण्डौ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ । “काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ,“ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेर उडेको जहाजमा… Continue reading भद्रपुर उडेको जहाज आकाशबाटै फर्कियो

पुटिन र प्रिगोजिन बीच भएको भनिएको भेट झुटो

२९ असार, एजेन्सी । गत महिना रुस विरुद्ध असफल विद्रोह सुरु गर्ने निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन कहाँ छन् भन्ने विषयमा विश्वकै चासो बढिरहेको छ । रुसमा विद्रोहपछि पुटिनसँग भएको सहमति, त्यसपछि बेलारुस निर्वासन र बेलारुसबाट फेरि रुस फिर्ता भईसकेको र पुटिनसँग समेत भेट भएको बताइएपनि बाग्नर प्रमुखका विषयमा अमेरिकाले नयाँ खुलासा गरेको… Continue reading पुटिन र प्रिगोजिन बीच भएको भनिएको भेट झुटो

जब मेसी सामान किन्दै गरेको भेटिए…

२९ असार, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका विश्वि चर्चित अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसी अहिले अमेरिका पुगेका छन्। अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि परिवारसहित अमेरिका पुगेका मेसीलाई आइतबार क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि क्लबले मेसीका पोस्टर राख्दै भव्य सजावट… Continue reading जब मेसी सामान किन्दै गरेको भेटिए…

नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

२९ असार, काठमाण्डौ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको… Continue reading नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीअब केएमसीमा

२९ असार, काठमाडौं । चर्चित मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । सहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा.सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । उनले केएमसीले कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने केएमसीका जनरल मेनेजर नारायण दाहालले बताएका छन् । उनले भने… Continue reading बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीअब केएमसीमा

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

२९ असार,एजेन्सी । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए लाई नेपाल १ सय ८० रनको लक्ष्य दिएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो । नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका… Continue reading नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

भारतले आज ८ करोड डलरको चन्द्रयान–३ प्रक्षेपण गर्दै

२९ असार, एजेन्सी । भारतले एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्दैछ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ । आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने लक्ष्य राखिएको छ । आठ… Continue reading भारतले आज ८ करोड डलरको चन्द्रयान–३ प्रक्षेपण गर्दै

मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

२९ असार, काठमाण्डौ । पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ। सप्तरीमा तीन घन्टामा १०८.४… Continue reading मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

भारतले भोलि चन्द्रमामा यान पठाउने

२८ असार, एजेन्सी । भारतले भोलि शुक्रबार आफ्नो महत्वकाँक्षी मिसन चन्द्रयान ३ प्रक्षेपण गर्न लागेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको हो । यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन् । यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ । यसअघि सन् २०१९… Continue reading भारतले भोलि चन्द्रमामा यान पठाउने

अब बैंकहरु आफैले ब्याजदर निर्धारण गर्ने

२८ असार, काठमाण्डौ । अब बैंकहरुले आफै ब्याजदर निर्धारण गर्ने भएका छन् । आज बसेको बैंकर्स संघको बैठकले यस अघि हुँदै आएको भद्र सहमति अन्त्य गर्दै बैंकहरु आफैले ब्याज निर्धारण गर्ने सक्ने गरि निर्णय गरिएको हो । यस अघि बैंकर्स संघले ब्याज निर्धारण गर्ने गरेकोमा अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमा भित्र रहेर आफै… Continue reading अब बैंकहरु आफैले ब्याजदर निर्धारण गर्ने

नेप्सेमा आज १२ अंकको गिरावट

२८ असार, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर… Continue reading नेप्सेमा आज १२ अंकको गिरावट

मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण

२७ असार, एजेन्सी । विश्वकै लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्ग केज म्याचको तयारीमा जुटेका छन् । उनको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ । जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको… Continue reading मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण

चीनले खुलासा गर्यो मानवसहित चन्द्र मिसन

२८ असार, एजेन्सी । यतिबेला सारा संसार चन्द्रमामा जान चाहन्छ । अमेरिकाले ५० वर्षअघि चन्द्रमामा मानिस पठाएको थियो । भारतले चन्द्रयान–३ मिसनमार्फत शुक्रबार आफ्नो रोभरलाई चन्द्रमामा पठाउदै छ । चन्द्र मिसनमा भारतले सफलता खोजिरहेका बेला चीन चन्द्रमामा मानिस पठाउने दोस्रो देश बन्ने अभियानमा जुटेको छ । चिनियाँ अधिकारीहरूले आफ्नो मानव चन्द्रमा मिसनसँग सम्बन्धित विवरणहरु सार्वजनिक… Continue reading चीनले खुलासा गर्यो मानवसहित चन्द्र मिसन

जब विमान चढ्न लागेका ११७ श्रमिकलाई रोकियो….

International Terminal of Tribhuvan International Airport. Photo: THT

२८ असार, एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ। उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई फर्काइएको… Continue reading जब विमान चढ्न लागेका ११७ श्रमिकलाई रोकियो….

क्रिकेट संघको चुनावमा होमिए पूर्व कप्तान पारस खड्का

२८ असार, काठमाण्डौ । नेपालका कीर्तिमानी खेलाडी तथा सफल कप्तानको छवि बनाएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ–क्यानको राजनीतिमा होमिने संकेत गरेका छन् । क्रिकेट टिमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सन्यास लिएपनि निरन्तर क्रिकेटसँग जोडिदै आएका खड्काले आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी हुन आह्वान गरेका छन्। त्यसका… Continue reading क्रिकेट संघको चुनावमा होमिए पूर्व कप्तान पारस खड्का

सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

२८ असार,एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् । सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको… Continue reading सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले वृद्धी

२८ असार, काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा… Continue reading सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले वृद्धी

तोसिमाले के बोलिन् अनि किन माफी मागिन् ?

२८ असार, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोगमा छन् । पत्नी सीताको बुधबार निधन भएपछि उनलाई हौसला, आँट हिम्मतसहित सबै क्षेत्रबाट समवेदना आईरहेको छ । प्रधानमन्त्रीको परिवार प्रतिको यो दुखको घडीमा छिमेकी राष्ट्रका सरकार प्रमुखदेखि पूर्व राजा अनि के प्रतिपक्ष के सत्ता पक्ष सबै राजनीतिक दलहरुले प्रचण्डप्रति समवेदनासहित… Continue reading तोसिमाले के बोलिन् अनि किन माफी मागिन् ?

आज र भोलि भारी वर्षा, २४ घण्टे चेतावनी जारी,बाढीको डर

२८ असार, काठमाण्डौ । मनसुन सक्रिय रहेकाले आज पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसो बिहानदेखि नै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । ‘दिउँसो र राति पनि वर्षाको सम्भावना छ’, उनले भनिन्, ‘विशेषगरी आज र… Continue reading आज र भोलि भारी वर्षा, २४ घण्टे चेतावनी जारी,बाढीको डर

आज  नेप्सेमा २५ अंकको वृद्धी

२७ असार,काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो । आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता… Continue reading आज  नेप्सेमा २५ अंकको वृद्धी

एक वर्षपछि बस्ने भनिएको कांग्रेस बैठक किन सर्यो ?

२७ असार ,काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । एक वर्षपछि आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो । विधान सम्मत कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हुन्छ । तर लामो समयदेखि बैठक बसेको थिएन । पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पौडेलले अब बैठक साउन २… Continue reading एक वर्षपछि बस्ने भनिएको कांग्रेस बैठक किन सर्यो ?

स्वीडेन जसको जितमा एर्दोगान झुक्न विवश भए

२७ असार, एजेन्सी । टर्कीएले आपत्ति हटाएपछि स्वीडेनलाई विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नेटोमा सामेल हुने बाटो खुलेको छ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो शिखर सम्मेलनमा आफ्नो देशले स्वीडेनको प्रवेशलाई हरियो संकेत गरेका छन् । उनले बैठकमा भिटो प्रयोग गर्ने छैनन् । फिनल्याण्ड हाल नेटोको सबैभन्दा नयाँ सदस्य हो । अब स्वीडेन सम्मिलित… Continue reading स्वीडेन जसको जितमा एर्दोगान झुक्न विवश भए

नेपाल टाइम्सकी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

२७ असार, विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको महिला पत्रकार प्रोत्साहन पुरस्कार यस वर्ष नेपाल टाइम्सकी समाचार संयोजक रन्जिता पोखरेललाई प्रदान गरेको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर एक दशकदेखि सक्रिय पत्रकार पोखरेललाई २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको हो… Continue reading नेपाल टाइम्सकी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

अमेरिकी विमान खसाल्ने धम्की, उत्तरले छोड्यो मिसाइल

२७ असार,एजेन्सी । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधवार जनाएअनुसार उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ । प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो… Continue reading अमेरिकी विमान खसाल्ने धम्की, उत्तरले छोड्यो मिसाइल

अदालतको अपहेलनाको जवाफमा बालेनले के लेखे ?

२७ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन्। अधिवक्ता वर्षाकुमार झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा मंगलबार अदालतले उनलाई वारेस राख्न अस्वीकार गरेको छ। मेयर बालेनले २०८० असार ७ गते हिन्दी फिल्मसम्बन्धी विवादमा अदालतको आदेशमाथि टिप्पणी गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति प्रकट गरी… Continue reading अदालतको अपहेलनाको जवाफमा बालेनले के लेखे ?

विश्व अर्थतन्त्रमा अमेरिकालाई उछिन्ने दौडमा भारत

२७ असार, एजेन्सी । नेपालसंग खुल्ला सिमाना भएको छिमेकी मुलुक भारत सन् २०७५ मा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । गोल्डम्यान स्याक्सले गरेको प्रक्षेपणअनुसार भारत जापान र जर्मनीलाई मात्र नभई अमेरिकालाई समेत उछिनेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको छ । अहिले भने भारत जर्मनी, जापान, चीन र अमेरिकापछि विश्वको पाँचौँ… Continue reading विश्व अर्थतन्त्रमा अमेरिकालाई उछिन्ने दौडमा भारत

टर्कीएले समर्थन जनाएपछि स्वीडेन नेटो सदस्य बन्दै

२७ असार, एजेन्सी । स्वीडेनलाई उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) को सदस्यता दिन टर्कीले समर्थन जनाएको छ । यसअघि टर्कीले समर्थन नदिएका कारण स्विडेन नेटोको सदस्य बन्न सकेको थिएन । नेटोमा आबद्ध ३१ देशलाई नेटोमा नयाँ सदस्य आबद्ध गराउने कि नगराउने भन्ने विषयमा ’भिटो’ प्रयोग गर्ने अधिकार छ । रुसले युक्रेनमा आक्रमण शुरु गरेको एक… Continue reading टर्कीएले समर्थन जनाएपछि स्वीडेन नेटो सदस्य बन्दै

टेलिभिजनमा नयाँ युग, भर्चुअल समाचार वाचिका लिसा को हुन् ?

२७ असार,एजेन्सी । भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो । ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ । सारी पहिरिएकी कृत्रिम महिला एङ्करले टेलिभिजन र नेटवर्कको अनलाइन मिडियामा समाचार पढिरहेकी छिन्। च्यानलको यो… Continue reading टेलिभिजनमा नयाँ युग, भर्चुअल समाचार वाचिका लिसा को हुन् ?

आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धी

२७ असार काठमाडौं। बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। यो साताको आइतबारदेखि मंगलबारसम्म स्थिर मूल्यमा कारोबार भएको सुन चाँदीको मूल्य आज बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११… Continue reading आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धी

अस्ताइन प्रधानमन्त्री पत्नी सीता दाहाल

२७ असार,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उनको निधन भएको प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।… Continue reading अस्ताइन प्रधानमन्त्री पत्नी सीता दाहाल

सीतालाई लागेको विश्वमै जटिल र निको नहुने रोग के हो ? लक्षण कस्ता हुन्छन् ?

२७ असार,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ। दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पु¥याएर उपचार गरिएको थियो। तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन। नेपालका स्नायुरोग विशेषज्ञहरुले… Continue reading सीतालाई लागेको विश्वमै जटिल र निको नहुने रोग के हो ? लक्षण कस्ता हुन्छन् ?