९ साउन, एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी छिन् । विस्कन्सिन राज्यमा सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति ह्यारिसले कडा परिश्रमबाट आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी हुन्। उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पको सामना गर्न आफू… Continue reading ह्यारिसले दिइन् डोनाल्ड ट्रम्पलाई अपराधी र ठगको संज्ञा
Category: समाचार
इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु
९ साउन,एजेन्सी । इजरायली सेनाले मंगलवार वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले बताएको छ । हमास र फताह आन्दोलनसँग संवद्ध प्यालेस्टाइनी लडाकुहरूसहित चार जना पुरुष उत्तरी वेस्ट बैंकको तुलकर्म शिविरमा इजरायली ड्रोन आक्रमणमा मारिएका छन् । स्रोतहरूले इजरायली सेनाले शवहरू कब्जा गरेको आरोप लगाएका छन् । यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका… Continue reading इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु
गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाखले छाडे सहर
९ साउन, एजेन्सी । गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडेका छन् । गएको सोमवारदेखि अहिलेसम्म एक लाख ५० हजार मानिसले खान युनिस सहर छाडेका संयुक्त राष्ट्र संघले जनाएको छ । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा इजरायलले आक्रमणको केन्द्र बनाएपछि त्यहाँबाट मानिस अन्यत्र गएका राष्ट्र संघको दुई वटा संस्थाले गरेको अध्ययनले… Continue reading गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाखले छाडे सहर
रोबोट मानव बनाउँदै टेस्ला
९ साउन, एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ । मस्कले सामाजिक सञ्जाल ’एक्स’ बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी दिएका हुन् । यस्ता रोबोटहरू पहिला टेस्लाले प्रयोग गर्ने, दुई वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै अरू… Continue reading रोबोट मानव बनाउँदै टेस्ला
इथियोपियामा गाउँ नै बग्यो, २ सय २९६ जना बगे
९ साउन , एजेन्सी । भारी वर्षाका कारण इथियोपियाको दुर्गम क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ । उद्धार कार्य अहिले पनि भइरहेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । ज्यान गुमाउनेमा बालबालिका र महिलाका साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीय सरकारका अधिकारी पनि छन् । जीवितै उद्धार गरिएका करिव १० जनाको उपचार… Continue reading इथियोपियामा गाउँ नै बग्यो, २ सय २९६ जना बगे
पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
९ साउन , एजेन्सी । पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । आज भने नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान… Continue reading पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
९ साउन , काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट विमान मर्मतका लागि पोखरा उडेको १७ जना प्राविधिक कर्मचारीसहित १९ जना सवार सौर्य एयरको विमान दुर्घटनामा परेपछि विभिन्न प्रश्न उठेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर… Continue reading बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
सौर्यको जहाजमा को–को सवार थिए ?
९ साउन , काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल… Continue reading सौर्यको जहाजमा को–को सवार थिए ?
भ्रष्टाचारमा प्रचण्ड बेदाग ? नारायणकाजीको काउन्टर
९ साउन , काठमाण्डौ । आफू कहिल्यै पनि यथास्थितिमा बस्न नसक्ने, सानोठूलो उथलपुथल गरिरहने आफ्नो स्वभाव रहेको बताउने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोआज आफू बेदाग रहेको पनि दाबी गर्न थालेका छन् । नेपाली राजनीति र सत्तामा पुगेकाहरु प्राय कुनै न कुनै काण्डमा मुछिने गरेकामा प्रचण्डले आफू जति पटक सत्तामा पुगेपनि बेदाग निस्किएको… Continue reading भ्रष्टाचारमा प्रचण्ड बेदाग ? नारायणकाजीको काउन्टर
सौर्य जहाजमा सवार थिए १७ प्रविधिक , १३ शव फेला (तस्विरसहित)
९ साउन , काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । विमानमा सवार केही यात्रुको शव फेला परेको छ । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार… Continue reading सौर्य जहाजमा सवार थिए १७ प्रविधिक , १३ शव फेला (तस्विरसहित)
सौर्य जहाजमा सवार थिए १७ प्राविधिक , २ शव फेला
९ साउन , काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । सौर्य एयरको जहाज… Continue reading सौर्य जहाजमा सवार थिए १७ प्राविधिक , २ शव फेला
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना,आगोको मुस्लो देखियो
९ साउन,काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाज विमानस्थलमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको विमानस्थलका अधिकारीहरुले बताएका छन् । दुर्घटनापछि विमानमा आगोको मुस्लो देखिएको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका… Continue reading त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना,आगोको मुस्लो देखियो
अन्ततः जोडियो ६ उद्योगको लाइन, कुलमानले राखे सर्त
८ साउन , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको विषयमा सदनमा एमाले र माओवादी केन्द्रका सांसदहरु आमनेसामने भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरी र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेत उद्योगमा काटिएको विद्युत्को विषयमा आमनेसामने भएका हुन् । सदनको आकस्मिक समयमा एमाले सांसद गिरीले प्राधिकरणले उद्योगीहरूलाई २२ अर्ब रुपैयाँको… Continue reading अन्ततः जोडियो ६ उद्योगको लाइन, कुलमानले राखे सर्त
भारतले बढायो नेपाललाई दिने अनुदान रकम
८ साउन , विराटनगर। भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् । वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ तर… Continue reading भारतले बढायो नेपाललाई दिने अनुदान रकम
कसरी टुंगिदैछ टिआरसी विवाद ?
८ साउन , काठमाण्डौ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित विषयमा सहमति नजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषय र सजायसम्बन्धी केही मापदण्डका विषयमा सहमति नजिक पुगेको सदस्यहरूले जनाएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग… Continue reading कसरी टुंगिदैछ टिआरसी विवाद ?
बंगलादेशीलाई युएईमा जेल
८ साउन ,काठमाण्डौ। युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ । अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार उक्त सजाय सुनाएको हो । आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजना बंगलादेशीलाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एकलाई… Continue reading बंगलादेशीलाई युएईमा जेल
क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु
८ साउन, एजेन्सी । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ । पूर्वी सहर दारुवरमा रहेको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो । अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ… Continue reading क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु
भारतको सबैभन्दा प्यारो भुटान, त्यसपछि नेपाल
८ साउन , एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा… Continue reading भारतको सबैभन्दा प्यारो भुटान, त्यसपछि नेपाल
द्वन्द्वग्रस्त इजरेलमा दुई हजार नेपाली ‘केयरगिभर’ पठाइने
८ साउन, काठमाण्डौ । गाजापट्टीमा हमासविरुद्ध लडाई लडिरहेको द्धन्दग्रस्त मुलक इजरायल दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रुपमा रोजगारी दिन सहमत भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोदारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग गरेको शिष्टाचार भेटमा यस्तो सहमति भएको हो । भेटका क्रममा राजदूत हनान गोदारले इजरायल नेपाली श्रमिकको संख्या वृद्धि… Continue reading द्वन्द्वग्रस्त इजरेलमा दुई हजार नेपाली ‘केयरगिभर’ पठाइने
मोदी सरकारले जागिर खोज्नेलाई १५ हजार दिने
८ साउन, एजेन्सी । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा पूर्ण बजेट प्रस्तुत गरेकी छन् । उनले यो लगातार सातौँपटक भारतको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट गरिब, महिला, युवा र किसानमा केन्द्रित छ। यो २०२४– ०२५ को पूर्ण बजेट हो । जसमा अर्थमन्त्रीले ’विकसित भारत’ को खाका प्रस्तुत गरेकी छन्। सरकारले बजेटका ९… Continue reading मोदी सरकारले जागिर खोज्नेलाई १५ हजार दिने
कमला राष्ट्रपति बन्दा उनको उत्तराधिकारी उमेद्वार को ?
८ साउन, एजेन्सी । कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छन् । एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए । ह्यारिसले भनेकी छन–… Continue reading कमला राष्ट्रपति बन्दा उनको उत्तराधिकारी उमेद्वार को ?
डा. सुनिल शर्मालाई नक्कली प्रमाणपत्रमा क्लिनचिट
८ साउन, काठमाण्डौ। नेपाली कांग्रेसका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनिलकुमार शर्माको प्रमाणपत्र विवादमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेको छ । सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई पठाएपछि मुद्दा नचल्ने भएको हो । उच्च सरकारी वकिल कार्यालयले आइतबार सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ… Continue reading डा. सुनिल शर्मालाई नक्कली प्रमाणपत्रमा क्लिनचिट
वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब
८ साउन, काठमाण्डौ। गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको… Continue reading वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब
ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि ?
८ साउन , काठमाण्डौ। देशको चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीका लागि सुशासन र समृद्धि कहिल्यै नछुट्ने नारा हुन् । यसैले उनले झिनामसिना समस्यामा नहल्झि कनै नेपाली जनतालाई समृद्धिको यात्रामा लैजाने योजनामा आफू लागिसकेको बताउने गरेका छन् । तर ओलीले जनतालाई देखाएको समृद्धिको सपना कसरी पूरा गर्छन् भन्ने आधारहरु भने देखिएका छैन् । यसैले… Continue reading ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि ?
कुनैपनि भत्ता लिन अब राष्ट्रिय परिचयपत्र नचाहिने
८ साउन ,काठमाण्डौ। गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रस्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको हो । ‘नेपाल… Continue reading कुनैपनि भत्ता लिन अब राष्ट्रिय परिचयपत्र नचाहिने
उपसभामुख प्रकरणमा ९ लाख लेनदेन भएको रहस्य खुल्यो
८ साउन ,काठमाण्डौ। अमेरिकी भिसा प्रकरणमा उपसभामुख इन्दिरा राना मुछिएको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले फेरि अर्काे रहस्य खोलेका छन् । रास्वपा ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा राना निर्दाेष रहेको भनी प्रतिरक्षा गरिरहेका बेला मुकुलले भने त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्… Continue reading उपसभामुख प्रकरणमा ९ लाख लेनदेन भएको रहस्य खुल्यो
नेपाललाई विश्वकप पुग्न पहिलाभन्दा अब सहज
८ साउन , एजेन्सी । एसिसी महिला एसिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । १–१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ ।… Continue reading नेपाललाई विश्वकप पुग्न पहिलाभन्दा अब सहज
ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?
७ साउन, काठमाण्डौ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बर २०२४ मा हुन लागेको राष्ट्रपति चुनावबाट ब्याक भएको घोषणापछि अमेरिकामा राजनीतिक उथल–पुथल भएको छ । बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति उमेद्वारका रुपमा अघि सार्दै चुनावी दौडबाट बाहिरिने भएका हुन् । तर डेमोक्रेटिक पार्टीले भने अहिलेसम्म कुनै औपचारिक निर्णय लिएको छैन । कमलालाई उमेद्वार बनाउने कि नबनाउने भन्नेमा… Continue reading ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?
गौतमले गरे रोहित–विराटको भविष्यवाणी
७ साउन, एजेन्सी । भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् । श्रीलंका भ्रमणअघिको पत्रकार सम्मेलनमा गम्भीरले उनीहरूको भविष्यबारे टिप्पणी गरेका हुन् । सो क्रममा उनले भने, ‘उनीहरूले टिमका लागि के दिन सक्छन् भनेर टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा देखाइसकेका छन् । अब च्याम्पियन्स ट्रफी… Continue reading गौतमले गरे रोहित–विराटको भविष्यवाणी
सहकारी ठगीको छानविन स्थानीय तहमा पुग्यो
७ साउन, काठमाण्डौ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित संसदीय छानबिन विशेष समितिले आफ्नो काममा अगाडि बढिरहेको जनाएको छ । यसै संदर्भमा सोमबार सिंहदरबारमा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग पनि छलफल गरेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले जानकारी… Continue reading सहकारी ठगीको छानविन स्थानीय तहमा पुग्यो
ओलीको बोलीमा वर्षमानको लगाम, भयो नोकझोक
७ साउन, काठमाण्डौ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सांसदहरूले सोधेको प्रश्नको उत्तर दिन संसदको रोस्टममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली सुरुवातमै रिसाएका छन् । पहिलो प्रश्न कांग्रेस सांसद धनराज गुरूङले सोधेको भएपनि उनले शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयमाथि असन्तुष्टि ब्यक्त गरे । सांसद गुरूङले सोधेको प्रश्नको जवाफ दिने… Continue reading ओलीको बोलीमा वर्षमानको लगाम, भयो नोकझोक
मस्कले विश्वभरका चर्चित नेतालाई ¥याम्पमा उतारे
७ साउन , एजेन्सी । विश्वका धनाढ्य टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा एउटा भिडियो सेयर गरेका छन् । मस्कले यो भिडियोलाई एआई फेसन शो भनेर क्याप्सन दिएका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित स्वयम मस्क पनि देखिएका छन् । यो… Continue reading मस्कले विश्वभरका चर्चित नेतालाई ¥याम्पमा उतारे
भारत–पाकिस्तानको दुश्मनीमा सधैं पिसिन्छ क्रिकेट
७ साउन ,एजेन्सी । पाकिस्तानले आगामी वर्ष २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । र सदा झैं यो प्रतियोगितामा पनि भारत खेल्नका लागि पाकिस्तान जाने कि नजाने भन्ने चर्चा सुरु भएको छ । भारत र पाकिस्तानबीच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ, जसले आयोजकलाई ठूलो झट्का लाग्न सक्छ… Continue reading भारत–पाकिस्तानको दुश्मनीमा सधैं पिसिन्छ क्रिकेट
प्रधानमन्त्रीको बोली खेर गयो, काटिएको बिजुली अझै जोडिएन
७ साउन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक शुल्क भुक्तानी नगरेको भन्दै काटिएका ६ उद्योगको लाइन जोड्न फेरि एक पटक कुलमानले अटेरी गरेका छन् । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले लत्याएको छ । यसअघि शुक्रबार नै प्रधानमन्त्रीले उद्योगीहरुसहितको… Continue reading प्रधानमन्त्रीको बोली खेर गयो, काटिएको बिजुली अझै जोडिएन
इतिहास नै इतिहास रचेकी कमला अर्काे इतिहास नजिक
७ साउन, एजेन्सी । अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसलाई फेरि अर्काे इतिहास बनाउने अवसर आएको छ । अमेरिकी इतिहासमा प्रथम इन्डियन–अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत रहेकी ह्यारिसलाई अबको नयाँ राष्ट्रपतिका लागि राष्ट्रपतिको उम्मेदवार रहेका वर्तमान राष्ट्रपति जो बाइडेनले नै प्रस्ताव गरेका छन् । आफू राष्ट्रपतिको दौडबाट अलग भएको घोषणा… Continue reading इतिहास नै इतिहास रचेकी कमला अर्काे इतिहास नजिक
चुनावी मैदानबाट बाइडेन ब्याक, कमलाको दाउ लाग्यो
७ साउन,काठमाण्डौ । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले समेत चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन अन्ततः दोस्रो पटक पनि राष्ट्रपति बन्ने दौडबाट बाहिरिएका छन् । आइतबार उनले आफ्नो उमेदवारीबाट पछि हटेको घोषणा गरेका हुन् । यस्तै उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाममा अब राष्ट्रपति पदको उमेदवारको रूपमा समेत समर्थन गरेका छन् । बाइडेनले… Continue reading चुनावी मैदानबाट बाइडेन ब्याक, कमलाको दाउ लाग्यो
पाहुनाले नै पूर्वमन्त्रीको ज्यान लिए अनि भागे
७ साउन,काठमाण्डौ। पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताएका छन् ।८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । राय २०५४ सालमा… Continue reading पाहुनाले नै पूर्वमन्त्रीको ज्यान लिए अनि भागे
रविलाई विनोद चौधरीले फर्काए यस्तो जवाफ
७ साउन ,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जवाफ फर्काएका छन् । लामिछानेले आफूमाथि कुण्ठापूर्ण अभिव्यक्ति दिएको उनले टिप्पणी गरेका छन् । आइतबारको संसद बैठकमा लामिछानले चौधरीलाई लक्षित गर्दै कटाक्ष गरेकोप्रति कांग्रेस सांसद चौधरीले सोमबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई लक्षित गर्दै जवाफ फर्काएका छन् ।… Continue reading रविलाई विनोद चौधरीले फर्काए यस्तो जवाफ
ग्लोबल टी–२०मा सन्दीप रोहित र दीपेन्द्र
७ साउन ,काठमाण्डौ । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । अदालतबाट सफाइ पाएपछिको यो उनको पहिलो फ्रान्चाईज सहभागिता हो । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा नेपालका तीन खेलाडी आवद्ध… Continue reading ग्लोबल टी–२०मा सन्दीप रोहित र दीपेन्द्र
आज यी नदीहरुमा सावधान रहनु
७ साउन , काठमाण्डौ । आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ। साथै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ,… Continue reading आज यी नदीहरुमा सावधान रहनु
बागमतीमा पहिलो पटक कांग्रेसको सरकार
६ साउन , काठमाण्डौ । वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् । कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार ढलेको हो ।… Continue reading बागमतीमा पहिलो पटक कांग्रेसको सरकार
उपसभामुखको बचाउमा रास्वपाले गरेको तर्क कि कुतर्क ?
६ साउन , विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रचण्ड रुपमा विश्वासको मत पाएका छन् । नेकपा माओवादी, नेकपा एस, रास्वपा, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मत हाले । बाँकीले ओलीलाई विश्वासको मत दिएका छन् । यससंगै ओली दोस्रो पटक दुई तिहाइको प्रधानमन्त्री बनेका हुन् । संसदमा संविधान संशोधनसहितको एजेण्डासहित आफूलाई प्रधानमन्त्रीका लागि विश्वासको… Continue reading उपसभामुखको बचाउमा रास्वपाले गरेको तर्क कि कुतर्क ?
ओलीले नै तोके आफ्नो कार्यकाल, २०८३ असारसम्म प्रधानमन्त्री
६ साउन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् । ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भने । विकासको… Continue reading ओलीले नै तोके आफ्नो कार्यकाल, २०८३ असारसम्म प्रधानमन्त्री
ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा
६ साउन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको रिटमाथि सुनुवाइपछि गम्भीर संवैधानिक व्याख्या आवश्यक हुने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश भएको हो । अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर… Continue reading ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा
देउवाले गरे ओलीका प्रशंसै–प्रशंसा,मेहनती,अध्ययनशील र अनुभवी
६ साउन , काठमाण्डौ। दलगतरुपमा प्राय एकअर्कालाई प्रतिष्पर्धीका रुपमा उभ्याएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्य नेताहरुबीचमा जस्तो तिखो, तितो आरोपप्रत्यारोप वा व्यक्तिगत टिकाटिप्पणी खासै सुनिदैन । भलै दुवै दलका अन्य नेताहरु ओलीदेउवामाथि व्यक्तिगतरुपमै उत्रिएका देखिन्छन् । तर ओलीले देउवालाई र देउवाले ओलीलाई आलोचना गर्नै पर्दा पनि शब्द छनौटमा ध्यान… Continue reading देउवाले गरे ओलीका प्रशंसै–प्रशंसा,मेहनती,अध्ययनशील र अनुभवी
विकास र समृद्धिका लागि एमाले र कांग्रेसबीच सहकार्यः मुख्यमन्त्री
६ साउन, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई ठूलो… Continue reading विकास र समृद्धिका लागि एमाले र कांग्रेसबीच सहकार्यः मुख्यमन्त्री
डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?
६ साउन, काठमाण्डौ । जतिबेला नेपालीहरु १८ घण्टासम्म त्यो पनि गर्मीको समयमा लोडसेडिङको मार खेपिरहेका थिए ।त्यो समयमा नेपाल विद्युत प्राधिकरणले जनताको घरमा बत्ती काटेर उद्योगी व्यापारीहरुका उद्योग कलकारखानामा बिजुली आपुर्ति गरिरहेको थियो । देशमा आर्थिक संकट उत्पन्न हुन् नदिन, उद्योगीको पिरमर्कालाई सम्बोधन गर्दै सरकारको निर्देशन र समन्वयमा नै प्राधिकरणले यो व्यवस्था मिलाएको थियो ।… Continue reading डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, कारण के हो ?
६ साउन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत असार ७ गते र साउन ४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१५ रुपैयाँ… Continue reading अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, कारण के हो ?
ओलीले विश्वासको मत पाउने पक्का, अदालतले के गर्ला ?
६ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक अहिले केहीबेरमा बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।… Continue reading ओलीले विश्वासको मत पाउने पक्का, अदालतले के गर्ला ?
रास्वपालाई उपसभामुखलाई दियो क्लिनचिट
६ साउन, काठमाण्डौ । सरोकार नै नभएका पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको आरोप लागेकी उपसभामुख इन्दिरा रानाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक बयान सार्वजनिक गरेको छ । जसमा रास्वपाले रानाको प्रतिरक्षा गरेको छ । रास्वपाले भिसाको सिफारिस गर्नु गलत नभएको जिकिर गर्दै अरु राजनीतिक दलका नेताहरुले समेत यस्तो सिफारिस गर्ने गरेको बताएको… Continue reading रास्वपालाई उपसभामुखलाई दियो क्लिनचिट
सयौं नेपाली विद्यार्थीले छाडे बंगलादेश
६ साउन, एजेन्सी । आन्दोलनको भुमरीमा फसेको बंगलादेशमा अहिलेसम्म सुरक्षित भनिएका नेपाली विद्यार्थीहरु अब भने धमाधम बंगलादेश छाड्न थालेका छन् । शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी त्यहाँबाट नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा… Continue reading सयौं नेपाली विद्यार्थीले छाडे बंगलादेश
त्रिशूलीमा बेपत्ता यात्रु खोज्दै भारतीय टोली
६ साउन, काठमाण्डौ । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र हराइरहेका बाँकी यात्रुको खोजीका लागि भारतले सहयोग गर्ने भएको छ । भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा… Continue reading त्रिशूलीमा बेपत्ता यात्रु खोज्दै भारतीय टोली
एसिया कपमा आज नेपाललाई अर्काे इतिहास रच्ने अवसर
६ साउन, एजेन्सी । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँगको जितले उत्साहका साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ… Continue reading एसिया कपमा आज नेपाललाई अर्काे इतिहास रच्ने अवसर
विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास
५ साउन, विराटनगर। विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने साझेदारी संस्था फुलबारीले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका फलका विरुवाहरु उपहार दिने भएको छ । विराटनगर महानगरपालिकाको उत्तरी भेगको सरसफाइ र व्यवस्थापन गरिरहेको नेपाल फुलबारी वेस्ट थ्री आर पलुसन कन्ट्रोल सर्भिस प्राइभेट लिमिटेडले’ १ सदस्यलाई १ विरुवा ’ उपहार प्रदान गर्ने जनाएको छ । सो उपहारस्वरुपको विरुवा फुलबारीका… Continue reading विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास
बेपत्ता खोज्न नेपाल आएको भारतीय उद्धार टोली कस्तो छ ?
५ साउन, काठमाण्डौ। चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र हराइरहेका बाँकी यात्रुको खोजीका लागि भारतले सहयोग गर्ने भएको छ । भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… Continue reading बेपत्ता खोज्न नेपाल आएको भारतीय उद्धार टोली कस्तो छ ?
अमेरिका उडेको एयर इन्डिया रुस पुग्यो
५ साउन, एजेन्सी । दिल्लीबाट अमेरिकाका लागि उडेको एयर इन्डियाको विमान रूस पुगेपछि यात्रुहरू अलपत्र परेका खबर बाहिरिएको छ । टाटा समूहको एक अंग बनेको कम्पनीले रुसमा यात्रुको पूर्ण ख्याल राखेको बताए पनि यात्रुहरूले एयर इन्डियाले लापरवाही गरेको आरोप लगाएका छन्। एयर इन्डियाको उडान एआई–१८३ बिहीबार साँझ दिल्लीबाट सान फ्रान्सिस्कोका लागि उडेको थियो । वास्तवमा… Continue reading अमेरिका उडेको एयर इन्डिया रुस पुग्यो
माओवादीलाई साथ नलिने शर्तमा बन्यो नयाँ गठबन्धन
५ साउन, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काँग्रेससंगको नयाँ सत्तासमीकरण बनेको बारेमा कारण खुलाएका छन् । उनले माओवादीलाई राजनीतिबाट किनारा लगाउने गरि नयाँ गठबन्धन बनाएको खुलाएका हुन् । आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस–एमालेको सरकार बनेको पोखरेलले बताएका छन् । कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको… Continue reading माओवादीलाई साथ नलिने शर्तमा बन्यो नयाँ गठबन्धन
बंगलादेशमा आन्दोलन उग्र, देशैभर कर्फ्यु
५ साउन, एजेन्सी । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन उग्र बन्दै गएको छ । यसक्रममा अहिलेसम्म ३५ भन्दा धेरैको मृत्यु भइसकेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका… Continue reading बंगलादेशमा आन्दोलन उग्र, देशैभर कर्फ्यु
एसिया कपमा नेपालको पहिलो ऐतिहासिक जित
४ असार, काठमाण्डौ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएई लाई ६ विकेटले हराएको हो । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो… Continue reading एसिया कपमा नेपालको पहिलो ऐतिहासिक जित
ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?
४ साउन, विराटनगर । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतिको चुनावलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भयमा देखिएका छन् । उनको यो भय, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फेरि फर्कने हो कि भन्नेमा छ । उनले ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न… Continue reading ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?
फसादमा परिन् उपसभामुख, के भन्छन्, सभामुख ?
४ साउन, काठमाण्डौ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रश्न उठेको छ । समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को गरिमासँग जोडिने प्रश्न उठेको बताउँदै सभामुख र उपसभामुखको धारणा मागेका थिए । “यो गम्भीर विषय आयो । यो संसद्को गरिमासँग जोडिएको, हाम्रो मानमर्यादासँग जोडिएको विषय आयो,”… Continue reading फसादमा परिन् उपसभामुख, के भन्छन्, सभामुख ?