विराटनगर,जेठ १९ सडक निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार आफ्ना सहयोगीसहित विराटनगरमा पक्राउ परेका छन् । विराटनगरको जनआन्दोलन चोकछेउमा पक्की नाला बनाउने क्रममा गुणस्तरहीन काम गरेको भेटिएपछि टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको नेतृत्वमा गएको… Continue reading सडक निमार्णमा लापरवाही गर्ने ठेकेदार विराटनगरबाट पक्राउ
Category: समाज
पाल्पा–बुटवल सडक बन्द
पाल्पा, जेठ १९ सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको… Continue reading पाल्पा–बुटवल सडक बन्द
घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
सोलुखुम्बु, जेठ १९ दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले… Continue reading घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो
रत्ननगर, चितवन, जेठ १९ पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका… Continue reading विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो
काठमाडाैँ–ताप्लेजुङ हवाई भाडा वृद्धि
ताप्लेजुङ, जेठ १९ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडाैँ–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको… Continue reading काठमाडाैँ–ताप्लेजुङ हवाई भाडा वृद्धि
कर्णाली नदीमा साहसिक जलयात्रा
धनगढी, जेठ १९ कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट दक्षिणतर्फको चिसापानीसम्मको भागसम्म जलयात्रा गरिएको थियो ।… Continue reading कर्णाली नदीमा साहसिक जलयात्रा
सगरमाथा आरोही महिला पत्रकार प्रधानमन्त्रीद्वारा सम्मानित
काठमाडौँ, जेठ १९ प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे । उनले भने, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।” हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न… Continue reading सगरमाथा आरोही महिला पत्रकार प्रधानमन्त्रीद्वारा सम्मानित
कोरियन भाषा परीक्षाकाे मिति र केन्द्र सार्वजनिक
विराटनगर,जेठ १९ रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । हिँजो सार्वजनिक गरेको सुचना अनुसार भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ । भाषा परीक्षाको २८ वटा केन्द्र तोकिएको छ भने काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । भाषा परीक्षा दुई… Continue reading कोरियन भाषा परीक्षाकाे मिति र केन्द्र सार्वजनिक
भरुवा बन्दुक बरामद
विराटनगर, जेठ १८ ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका –४ स्थित यम कुमार राईको घरबाट प्रहरीले शुक्रबार एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी साब्लाखुका प्रहरी सहायक निरीक्षक सत्यनारायण साफीको कमाण्डमा निस्केको ग्रामीण गस्ती टोलीले शुक्रबार अपरान्ह २ बजे राईको घरबाट बन्दुक बरामद गरेको हो । घरधनि राई फरार भएकाले खोजी कार्य… Continue reading भरुवा बन्दुक बरामद
सालकको खपटासहित दुई जना पक्राउ
विराटनगर, जेठ १९ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ बाट प्रहरीले डेढ किलो सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –४ बस्ने ३८ वर्षीय सन्तोष कुमार लिम्बु र सोही ठाउँ बस्ने २९ वर्षीय मंगलसिंह लिम्बु रहेका छन्। इलाका प्रहरी कार्यालय दोभानको ग्रामीण गस्ती टोलीले शुक्रबार अपरान्ह २ः३० बजे आठराई त्रिवेणी… Continue reading सालकको खपटासहित दुई जना पक्राउ
भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ
काठमाडौँ, जेठ १८ महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले यादवबाट सुनको झण्डै… Continue reading भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ
बडाध्यक्ष र सदस्यहरुले नै राहत रकममा कमिशन लिएको खुलासा
विराटनगर,जेठ १८ माेरङकाे रंगेली नगरपालिका वडानम्बर–४ का बडाध्यक्ष र सदस्यहरुले बाढी पीडितकालागि राहतस्वरुप आएको रकमबाट कमिशन असुल्ने गरेको खुलासा भएको छ । राहत रकम उपलब्ध गराउन सहयोग गरिदिएवापत उनिहरुले रकम असुल्ने गरेकाे खुलेकाे हाे । कमिशन बुझाउन बाध्य भएका बाढी पीडितहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गराएका हुन । रंगेली नगरपालिका वडानम्बर… Continue reading बडाध्यक्ष र सदस्यहरुले नै राहत रकममा कमिशन लिएको खुलासा
अनियमितता गरेको प्रमाण देखाउन अधिकृतको चुनौती
विराटनगर,जेठ १८ विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत खेमराज तिम्सिनाले आफूले कर अशुलीमा अनियमितता नगरेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले अखवारमा कर अनिमितता गरेको भनेर प्रकाशित समाचारले आफूलाई दु:खी वनाएको बताएका हुन् । उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिँदै सत्यतथ्य समाचार सम्प्रेषणगर्न संचारकर्मीहरुलाई आग्रह गरे । महानगरपालिकाको रानी करचौकीका प्रमुख रहेर… Continue reading अनियमितता गरेको प्रमाण देखाउन अधिकृतको चुनौती
प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा सुरक्षा गोष्ठी
विराटनगर, जेठ १८ प्रदेश संरचनाअनुसार सुरक्षा व्यवस्था थप सुदृढ वनाउने उद्देश्यले विराटनगरमा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ । गृह मन्त्रालयको आयोजनामा गरिएको उक्त गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् । गोष्ठीमा एक नम्बर प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ वनाउन प्रदेशको सुरक्षा अवस्था तथा चुुनौतीवारे छलफल हुने जनाइएको छ ।… Continue reading प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा सुरक्षा गोष्ठी
सभापति देउवाद्वारा समवेदना
काठमाडौँ, जेठ १८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पार्टी सभापति देउवाले आज एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२… Continue reading सभापति देउवाद्वारा समवेदना
रकम असुल्नेमाथि कारवाही गर्न मोरङका बाढी पीडितकाे माग
विराटनगर, जेठ १८ जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ? मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुणासो गरेका हुन् । पीडितद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि… Continue reading रकम असुल्नेमाथि कारवाही गर्न मोरङका बाढी पीडितकाे माग
सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने
काठमाडौँ, जेठ १८ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित… Continue reading सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने
वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै
काठमाडौँ, जेठ १८ सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी भएका थिए । अधिकार सम्पन्न वाग्मती समितिका… Continue reading वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै
दुर्घटनामा परेका बाह्र जनाको सनाखत
पाल्पा, जेठ १८ रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुशीलप्रसाद श्रेष्ठ,तानसेन– ६ का दुर्गाबहादुर… Continue reading दुर्घटनामा परेका बाह्र जनाको सनाखत
सुन काण्डमा अभियुक्त खत्रीकाे बयान ःतस्करीको आरोप अस्वीकार, आफूलाई फसाउन खोजेको दाबी
विराटनगर, जेठ १८ ३८ क्वीण्टल सुन तस्करी काण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीले आफूलाई योजनावद्ध रुपमा फसाउन खोजिएको दाबी गरेका छन् । एसएसपी खत्रीले अदालती बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन । साथै डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् । उनी पुर्पक्षका लागि जेल… Continue reading सुन काण्डमा अभियुक्त खत्रीकाे बयान ःतस्करीको आरोप अस्वीकार, आफूलाई फसाउन खोजेको दाबी
डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते
रत्ननगर, चितवन, जेठ १८ चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल… Continue reading डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते
पाल्पामा बस दुर्घटना ः १२ को मृत्यु, १५ जना घाइते
विराटनगर,जेठ १८ पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार बिहान यात्रु बाकेर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुबाहक बस रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट अन्दाजी २ सय मिटर तल खसेर भएको दुर्घटना भएको हो । दुर्घटनामा परेर ९ पुरुष र… Continue reading पाल्पामा बस दुर्घटना ः १२ को मृत्यु, १५ जना घाइते
विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द
रुकुम, जेठ १८ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो । केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार… Continue reading विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द
उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते
विराटनगर, जेठ १८ः उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङ लागेर बिहिबार एक बलिकासहित तीन जनाको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर घाइते भएका छन् । चट्याङले लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा बस्ने ६३ बर्षीय धन प्रताप राई, सोही ठाउँ बस्ने कृष्ण बहादुर भुजेलको ८ बर्षीया छोरी विष्णु माया भुजेल र सोही ठाउँ बस्ने खड्डु भुजेलको ११… Continue reading उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते
डेढ लाख बढीको अवैध सामान भन्सार बुझाइयो
विराटनगर, जेठ १८ः इलाका प्रहरी कार्यालय रानीले बिहिबार डेढ लाख भन्दा बढी मूल्यको अवैध सामान बिहिबार भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत खटिएको टोलीद्वारा भारततर्फ भन्सार छली गरी ल्याउँदै गरेको एक लाख पचास हजार आठ सय साठी रुपैया बराबरको खाधान्न, लत्ताकपडा, डिसहोम र प्रेशकुकर लगायतका सामान बरामद गरिएको हाे। बरामद… Continue reading डेढ लाख बढीको अवैध सामान भन्सार बुझाइयो
पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु
विराटनगर, जेठ १८ ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बिहिबार पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका –१ पात्लेस्थित बबर्दो भीरमा महाकुलुङ–बुङ बजार जोड्ने कृषी सडक खन्न खटिएको बा २ क ८०१७ नम्बरको स्काईभेटर माथीबाट खसेको पहिरोले पुरिंदा सोही सह–चालक सोलुखुम्बु नेचासल्यान गाउँपालिका ३ निवासी अन्दाजी २२ वर्षीय लोचन गौतमको मृत्यु भएको छ ।… Continue reading पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु
हावाहुरीले घर भत्किंदा किचेर महिलाको मृत्यु
विराटनगर, जेठ १८ ः खोटाङको खोटेहाङ गाउँपालिकामा बिहिबार साँझ घरले किचेर एक महिलाको ज्यान गएको छ । बिहिबार परेको पानीसंगै चलेको हावाहुरीले खोटेहाङ गाउँपालिका–८ बर्रे बस्ने बिर्ख बहादुर विश्वकर्माको घर भत्किँदा घरभित्र बसेकी उनकी पत्नी कालीमाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सिम्पानीले जनाएको छ ।
फरार अभियुक्त पक्राउ
विराटनगर, जेठ १८ ः इलाका प्रहरी कार्यालय रानीले फरार एक जनालाई पक्राउ गरी बिहिबार अदालतमा उपस्थित गराएकाे छ। “फरार अभियुक्त पक्राउ” अभियान अन्तर्गत जिल्ला अदालत मोरङबाट जारी मुद्दामा एक महिना कैद सजाय भएका विराटनगर १६ बस्ने हिरालाल यादवलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो। यादवलाई विशेष सुराकी परिचालन गरी बुधबार उनकै… Continue reading फरार अभियुक्त पक्राउ
रोजगारीका लागि मलेसियामा गएका युवाको नेपालीकै कुटपिटबाट मृत्यु
फलेवास, पर्वत, जेठ १८ रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा… Continue reading रोजगारीका लागि मलेसियामा गएका युवाको नेपालीकै कुटपिटबाट मृत्यु
जङ्गली च्याउ खाँदा मोरङमा तीन बिरामी
विराटनगर, जेठ १७ मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको… Continue reading जङ्गली च्याउ खाँदा मोरङमा तीन बिरामी
झापाको शरणार्थी शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति
दमक, जेठ १७ झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बिहान २ः३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज… Continue reading झापाको शरणार्थी शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति
तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमपर्ण
विराटनगर,जेठ १७ करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । सुनकाण्डका मुख्य अभियुक्त मानिएका खत्रीको खोजीमा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् । खत्रीको अदालतका न्यायधिस नारायण शर्माको इजलासमा बयान जारी छ ।… Continue reading तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमपर्ण
धनगढीका छाडा गाई गोरु बझाङमा लगेर व्यवस्थापन गरिने
धनगढी, जेठ १७ धनगढी लगायतका क्षेत्रमा छाडा पशु चांैपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पु¥याई गरिब तथा विपन्न परिवारलाई वितरण गरेर व्यवस्थापन गरिने भएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङ्गको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका प्रमुखबीच बुधबार यस सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको… Continue reading धनगढीका छाडा गाई गोरु बझाङमा लगेर व्यवस्थापन गरिने
घूस लिने प्रहरीको विवरण माेरङ प्रहरीले सूचना पाटीमा राख्ने
विराटनगर,जेठ १७ जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारण सेवाग्राहीसँग घूस लिने प्रहरीको फोटो सहितको विवरण प्रहरी कार्यालयको सुचना पाटीमा राख्ने भएको छ । मोरङ प्रहरीले घुस लिनेलाई विभागीय कार्बाहीमात्रै गर्ने परम्परा तोड्दै यस्तो अभियान सञ्चालन गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रहरीले पैसाकै लोभमा परेर कतिपय अवैध कामलाई पनि सहयोग गर्ने गरेको र… Continue reading घूस लिने प्रहरीको विवरण माेरङ प्रहरीले सूचना पाटीमा राख्ने
भरुवा बन्दुकसहित चारजना पक्राउ
डडेल्धुरा, जेठ १७ अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई यहाँको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूलाई हिरासतमा राखी… Continue reading भरुवा बन्दुकसहित चारजना पक्राउ
भिसा तस्करी गरेको आरोपमा कतारमा नेपालीलाई एक वर्ष जेल
विराटनगर,जेठ १७ अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई कतारको अदालतले एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ जरिवाना तोकेको छ । कतार स्थित नेपाली दुतावासका अनुसार भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई अदालतले सजाय तोकेको हो । उनी सँगै सोही कारोबारमा संलग्न अदालतले विभिन्न देशका ४० जना माथि मुद्दा दायर गरेको… Continue reading भिसा तस्करी गरेको आरोपमा कतारमा नेपालीलाई एक वर्ष जेल
काठमाडौँका उनन्चालीस बालबालिकाको उद्धार
काठमाडौँ, जेठ १७ महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार… Continue reading काठमाडौँका उनन्चालीस बालबालिकाको उद्धार
वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
लहान, जेठ १७ राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटाँैडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेकाे छ । भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेकाे छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र… Continue reading वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
३३ किलाे सुनकाण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण
विराटनगर,जेठ १७ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् । उनी बिहीबार बिहान आफैँ जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्। सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलका अनुसार फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो तर… Continue reading ३३ किलाे सुनकाण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण
रामधुनीमा ८० लाखको लागतमा बधशाला निर्माण
इटहरी, १७ जेठ सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाैँ वल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी कूल रु ८० लाखको लागतमा निर्माण सम्पन्न उक्त पशु बधशालाका उप–प्रमुख सविना चौधरीले… Continue reading रामधुनीमा ८० लाखको लागतमा बधशाला निर्माण
३३ किलो सुनकाण्ड ः फरार एसएसपी खत्री आफैँ पुगे अदालत
विराटनगर,जेठ १७ सनम शाक्यको हत्या प्रकरण र ३३ केजी सुनकाण्ड प्रकरणमा फरार रहेका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार उनी विहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन् । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले प्रहरी… Continue reading ३३ किलो सुनकाण्ड ः फरार एसएसपी खत्री आफैँ पुगे अदालत
हस्तलिखित नागरिकता नष्ट गरेपछि !
पर्वत, जेठ १७ जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड… Continue reading हस्तलिखित नागरिकता नष्ट गरेपछि !
उपत्यकामा साइबर अपराधका घटना बढ्दो,१० महिनामा एक हजार १७६ अपराध
काठमाडौँ, जेठ १७ काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका… Continue reading उपत्यकामा साइबर अपराधका घटना बढ्दो,१० महिनामा एक हजार १७६ अपराध
आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा
विराटनगर, जेठ १७ मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । श्रीनिवासलाई… Continue reading आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा
शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको निजी क्षेत्रद्वारा स्वागत
काठमाडौँ, जेठ १६ सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत गरेको छ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र स्वास्थ्य क्षेत्रको निजी संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इस्च्यिुट, नेपाल (अफिन)ले शिक्षा र स्थास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत… Continue reading शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको निजी क्षेत्रद्वारा स्वागत
मोरङका कुन स्थानीय तहलाई कति बजेट ?
विराटनगर,जेठ १६ सरकारले २०७५–७६ को बजेटमा मोरङका १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ । यसपालीको मोरङको बजेटमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ। मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो भने सबैभन्दा… Continue reading मोरङका कुन स्थानीय तहलाई कति बजेट ?
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने
पोखरा, जेठ १६ विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ । उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका अन्य… Continue reading अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने
भूकम्पपीडित भन्छन्– सरकार घर कसरी बनाउनु
भक्तपुर, जेठ १६ “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?” सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भूकम्पपीडितका लागि आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै शिकारीटारका जुलुम कपालीले यस्तो गुनासो गरे । प्रधानमन्त्रीले… Continue reading भूकम्पपीडित भन्छन्– सरकार घर कसरी बनाउनु
जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा
काठमाडौँ, जेठ १६ सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो । तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयबागेश्वरी अगाडिको ऐतिहासिक सुन्धारा । धरहरासँगैको सुन्धारा बन्नुभन्दा सयौँ वर्षअघि बनेको यो सम्पदाका… Continue reading जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा
स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब
काठमाडौँ, जेठ १६ सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर… Continue reading स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब
गुणस्तरहीन सामान बिक्री गर्ने नौ व्यवसायी माथि मुद्दा दायर
कैलाली, जेठ १६ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ । आज कैलालीमा दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान बिक्री वितरण गरिएको पाइएकाले कैलाली, कञ्चनपुर र… Continue reading गुणस्तरहीन सामान बिक्री गर्ने नौ व्यवसायी माथि मुद्दा दायर
मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति
वीरगञ्ज, जेठ १६ बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ । जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती… Continue reading मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति
सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार
मंगलबारे, इलाम, जेठ १६ सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए । “धावन मार्ग परीक्षण उडानका लागि तयार… Continue reading सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार
औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
काठमाडौँ, जेठ १६ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गरे । सो अवसरमा कतारी राजदूत… Continue reading औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
झाडापखालाबाट प्रभावित हुने १ हजार ६३१ पुग्याे, अवस्था सामान्य बन्दै
तुलसीपुर, दाङ, जेठ १६ पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ । आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । आज उपचारका… Continue reading झाडापखालाबाट प्रभावित हुने १ हजार ६३१ पुग्याे, अवस्था सामान्य बन्दै
रुखले किचेर ज्यान गयो
मंगलबारे, इलाम, जेठ १६ रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै… Continue reading रुखले किचेर ज्यान गयो
भरतपुरको रङ कारखानामा भिषण आगलागी
चितवन, जेठ १६ भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा… Continue reading भरतपुरको रङ कारखानामा भिषण आगलागी
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
रत्ननगर, चितवन, जेठ १६ पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली… Continue reading गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
टाउकोमाथि पोल खस्दा बालकको मृत्यु
गौशाला, जेठ १६ महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि… Continue reading टाउकोमाथि पोल खस्दा बालकको मृत्यु
भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु !
पाँचथर, १६ जेठ पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट… Continue reading भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु !
धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख
काठमाडौँ, जेठ १६ पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व… Continue reading धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख