हिमाली तथा पहाडी भूभागमा आंशिक बदली

७ कार्तिक , काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि हिमाली तथा पहाडी भूभागमा आज हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र… Continue reading हिमाली तथा पहाडी भूभागमा आंशिक बदली

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

२ भदौ , काठमाण्डौ । आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना… Continue reading बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

६ साउन , काठमाण्डौं ।  आज विहानैदेखि कोशी,बागमती र लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । यसैबीच हिजो र अस्ति ठूलो पानी… Continue reading आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

१ साउन , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ… Continue reading आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

१६ असार, काठमाडौं । आज मधेश प्रदेशबाहेक सबै प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो हप्ताभर नै निरन्तर पानी पर्ने सम्भावना छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ । आज विहानैदेखि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । कञ्चनपुरको मोहना नदी लगायत अधिकांश… Continue reading आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

५ जेठ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आजदिउँसो देखि भोलि विहानसम्म वर्षा र हिमपात हुने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आज विहानैदेखि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो र राति सबै प्रदेशमा वर्षा… Continue reading बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

५ प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ पर्दैछ पानी ?

४ वैशाख , काठमाण्डौ। आज कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहानैदेखि कोशीसंगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । महाशाखाका अनुसार देशका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले… Continue reading ५ प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ पर्दैछ पानी ?

मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

१२ फागुन, विराटनगर। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई… Continue reading मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

५ फागुन , काठमाण्डौ। हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा वर्ष र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली… Continue reading काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बिहीबारसम्मै पहाडी क्षेत्रमा वर्षा, कहिले खुल्छ मौसम ?

६ कार्तिक , काठमाण्डौ । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिसकेपछि पनि अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । र यसको कारण भने हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनु हो । स्थानीय वायुका कारण मधेश, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। जल… Continue reading बिहीबारसम्मै पहाडी क्षेत्रमा वर्षा, कहिले खुल्छ मौसम ?

आज पनि तीन प्रदेशमा वर्षा

२७ असोज , काठमाण्डौ। नेपालबाट हिजोमात्रै मनसुन बाहिरिए पनि आज केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज केही स्थानमा बदली र वर्षाको सम्भावना छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली… Continue reading आज पनि तीन प्रदेशमा वर्षा

कोशी र बागमतीमा भारी वर्षा, भोलिसम्मै झरी

१७ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका… Continue reading कोशी र बागमतीमा भारी वर्षा, भोलिसम्मै झरी

कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

१२ असोज, काठमाण्डौ । केही दिनदेखिको निरन्तरको झरीले देशैभर जनजीवन अस्तब्यस्त बनेको छ । दर्जनौ खोला तथा नदीमा सर्तकता तह पार भएको छ । ठाउँ ठाउँमा पहिरो तथा बाढीले मानिस बेपत्ता भएका छन् । सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् । किसानका बाली डुबानमा परेका छन् भने शहरका बस्तीहरु जलमग्न छन् । यो अवधिमा… Continue reading कोशी ब्यारेजका सबै ढोका खोलिए, बागमती उर्लियो, नख्खुले मान्छे बगायो

आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

१० असोज ,काठमाण्डौ। देशका विभिन्न ठाउँ फेरि मनसुनले भिजेको छ । हिजो रातिदेखि नै पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको थियो । सोहीअनुसार आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र… Continue reading आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

यो साताभर देशका धेरै ठाउँमा पानी पर्ने

८ असोज , विराटनगर। पछिल्ला साताहरुमा बढ्दो तापक्रमले आक्रान्त पारेका बेला आज बिहानैदेखि भने देशभरको मौसम बदली भई केही स्थानमा वर्षा भएको छ भने आकाशमा बादल लागेको छ । यसले हिजोअस्तीको तुलनामा केही शितल महशुस भएको छ । यस्तै मौसमविद्हरुले यो साता भर अर्थात आउँदो १२ गतेसम्म नै विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको बताएका… Continue reading यो साताभर देशका धेरै ठाउँमा पानी पर्ने

भोलिदेखि लगातार पानी पर्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

७ असोज, विराटनगर । लगातार केही दिन यता तराईका जिल्लामा अत्यधिक गर्मी भइरहेको अवस्थामा आजरातिदेखि वर्षाको संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।… Continue reading भोलिदेखि लगातार पानी पर्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

२२ भदौ , काठमाण्डौ ।  मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभरको मौसम कस्तो छ, कहाँ कति वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

आज कोशी र गण्डकीमा ठूलो पानी

१५ भदौ ,काठमाण्डौ। आज कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ । यद्यपी देशभर नै मनसुनी वायुको प्रभाव… Continue reading आज कोशी र गण्डकीमा ठूलो पानी

सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

६ भदौ ,  काठमाण्डौ । वर्षाका कारण जनजीवन प्रभावित भइरहँदा जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको… Continue reading सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा र बाढी

४ भदौ , विराटनगर । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।… Continue reading आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा र बाढी

तातो हावाको लहर, सतर्क रहनु

जेठ १९ , विराटनगर। मौसम पूर्वानुमान महाशाखाले देशभर तातो हावाको लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । महाशाखाले आज र भोलि (दुई दिन) देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका… Continue reading तातो हावाको लहर, सतर्क रहनु

५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

२ वैशाख , काठमाण्डौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भावना… Continue reading ५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

ओडिसाको मौसमी असर नेपालमा, आज पनि वर्षा ,कहिले आउँछ सुधार ?

१७ चैत , काठमाण्डौ । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम… Continue reading ओडिसाको मौसमी असर नेपालमा, आज पनि वर्षा ,कहिले आउँछ सुधार ?

चट्याङले एक जनाको ज्यान लियो, ७ जना घाइते , अझै तीन दिन पानी पर्ने!

१० चैत, काठमाण्डौ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अझै तीन दिनसम्म वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको… Continue reading चट्याङले एक जनाको ज्यान लियो, ७ जना घाइते , अझै तीन दिन पानी पर्ने!

कस्तो रहनेछ आजको मौसम ?

२०फागुन, काठमाडौ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। त्यस्तै काठमाडौंमा पनि छिटपुट वर्षा भइरहेको छ।आइतबार दिउँसो देशभर साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

पश्चिमी वायु पूर्वतर्फ सर्दै ,आज र भोलि पानी पर्ने

१९ फागुन , विराटनगर । नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । जसको प्रभावले वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । मौसमविद्का अनुसार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली (पानी पार्ने मौसम… Continue reading पश्चिमी वायु पूर्वतर्फ सर्दै ,आज र भोलि पानी पर्ने

आज र भोलि पानी पर्ने, कहाँको मौसम कस्तो छ ?

फागुन १८ , काठमाण्डौ । नेपालमा पश्चिमी बायुको प्रभाव परेको छ । यसकै कारण आज दुई प्रदेश र भोलि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने… Continue reading आज र भोलि पानी पर्ने, कहाँको मौसम कस्तो छ ?

आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

९ फागुन ,काठमाण्डौ ।  आज देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको… Continue reading आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

८ फागुन ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको महाशाखाले जनाएको… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

७ फागुन , काठमाण्डौ ।  आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी… Continue reading आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

कस्तो रहनेछ आजको मौसम ?

४ फागुन, काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

देशभरको अधिकतम तापक्रम बढ्न थाल्यो

२६ माघ, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताए। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने… Continue reading देशभरको अधिकतम तापक्रम बढ्न थाल्यो

कस्तो रहनेछ आजको मौसम ?

२२ माघ ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

२० माघ ,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना… Continue reading कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

१७ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा… Continue reading कस्तो रहला आजको मौसम ?

काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

१४ माघ, विराटनगर । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ।अधिकत तापक्रम पनि १६.५ डिग्री सेल्सियस पुग्ने महाशाखाको पूर्वानुमान् छ। हिजो न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १७ डिग्री… Continue reading काठमाडौंमा यो वर्षकै बढी चिसो,कस्तो रहला देशभरको मौसम ?

आज यी क्षेत्रमा पानी पर्ने, तराई हुस्सुले ढाक्यो

१२ माघ, काठमाण्डौ । आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख… Continue reading आज यी क्षेत्रमा पानी पर्ने, तराई हुस्सुले ढाक्यो

कस्तो रहनेछ् आजको मौसम ?

११ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा मधेश प्रदेशका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि… Continue reading कस्तो रहनेछ् आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

९ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ। उसका अनुसार देशका तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

८ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत… Continue reading कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमान : तीन प्रदेशमा हिमपातको सम्भावना

७ माघ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली… Continue reading मौसम पूर्वानुमान : तीन प्रदेशमा हिमपातको सम्भावना

कस्तो छ आजको मौसमी पूर्वानुमान ?

४ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी… Continue reading कस्तो छ आजको मौसमी पूर्वानुमान ?

कस्तो रहनेछ आजको मौसम ?

२४ मंसिर,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको। तराईका थोरै स्थानहरू हुस्सरकुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२१ मंसिर ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस र बागमती… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

३ मंसिर ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२८ कार्तिक,काठमाण्डौ । हाल देशको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही… Continue reading कस्तो रहनेछ आजको मौसम ?

पश्चिमी वायुले कहाँ गराउदै छ वर्षा ?

२५ कार्तिक ,काठमाण्डौ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज केही क्षेत्रमा बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का… Continue reading पश्चिमी वायुले कहाँ गराउदै छ वर्षा ?

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

६ असोज,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित… Continue reading मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कस्तो रहनेछ आजको मौसम ?

३१ भदौ, काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।जल तथा पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमानः भारी वर्षा हुन्छ, जोगिनु

१० असार, काठमाण्डौ । दिनदिनै वर्षा भइरहेको पछिल्लो अवस्थामा आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको… Continue reading मौसम पूर्वानुमानः भारी वर्षा हुन्छ, जोगिनु

बंगालको खाडीमा खतरनाक आँधी,नेपालमा कति कसर ?

३१ वैशाख, एजेन्सी । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । बंगालको खाडीमा विकसित भइरहेको… Continue reading बंगालको खाडीमा खतरनाक आँधी,नेपालमा कति कसर ?

आज ५ प्रदेशमा वर्षा, तराईमा हावाहुरी

५ वैशाख, काठमाण्डौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ । गण्डकी,… Continue reading आज ५ प्रदेशमा वर्षा, तराईमा हावाहुरी

आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

१८ चैत, काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि… Continue reading आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज देशभर वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

५ चैत, काठमाण्डौ । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसममा गडबडी रहने मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् । मौसमविद् मानन्धरका अनुशार आज देशैभर आशिंकदेखि सामान्य बदलीको अवस्था छ । पश्चिमको गण्डकी, कर्णाली र सुदूरपश्चिम… Continue reading आज देशभर वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव

२९ माघ, काठमाण्डौ । नेपालको पश्चिमी क्षेत्रमा हाल पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ। जसका कारण आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो १२ बजेपछि… Continue reading आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

२७ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी… Continue reading आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

आज पारिलो घाम नलाग्ने

१७ माघ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका अधिकांश स्थानको मौसम धुम्मिएको मौसमविदले जानकारी दिएका छन्। आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना कम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।… Continue reading आज पारिलो घाम नलाग्ने

सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

१६ माघ, काठमाण्डौ । आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा… Continue reading सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

१५ माघ,काठमाडौं । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।तराईका… Continue reading भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णालीमा वर्षाको अनुमान

१४ माघ,काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू–भागमा हुस्सुरकुहिरो… Continue reading सुदूरपश्चिम र कर्णालीमा वर्षाको अनुमान

आज सुदूर पश्चिम र कर्णालीमा वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

५ माघ ,काठमाडौं । आज सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली रहनेछ भने तराईमा हुस्सु लागिरहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी… Continue reading आज सुदूर पश्चिम र कर्णालीमा वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.