राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

४ असार, काठमाडौँ । प्रतिनिधिसभाको रोष्ट्रमममै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने… Continue reading राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

नेपालको जलविद्युतमा लगानी प्रस्ताव गरेका अडानीले भुटानमा लगानी गर्ने

३ असार, विराटनगर । नेपालको जलविद्युतमा लगानीका लागि प्रस्ताव गरेका भारतीय अर्बपति गौतम अडानीले भुटानमा लगानी गर्ने भएका छन् । १० हजार ८०० मेगावाटको कर्णाली चिसापानीसहितका आयोजना मागेका अडानी नेपालबाट बाहिरिएर भुटानको जलविद्युतमा लगानी गर्ने भएका हुन् । लगानीको अन्तिम तयारी गरिरहेका अडानी नेपालमा अस्थिर नीति भएको भन्दै बाहिरिएका थिए । अडानी समूहले नेपालबाट बाहिरिएसँगै… Continue reading नेपालको जलविद्युतमा लगानी प्रस्ताव गरेका अडानीले भुटानमा लगानी गर्ने

विद्या भण्डारी फेरि एमाले कार्यकर्ता, पार्टी सदस्यता रिन्यू

bidya devi bhandari

३ असार, विराटनगर । नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपति भएपछि नेकपा एमाले त्याग गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेमा प्रवेश गरेकी छन् । सात वर्ष राष्ट्रपति भएकी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता… Continue reading विद्या भण्डारी फेरि एमाले कार्यकर्ता, पार्टी सदस्यता रिन्यू

एमाले मोरङ अध्यक्षले नगर अध्यक्षलाई पार्टीबाटै निकाले, निर्णय सच्याउन माग

३ असार, विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले खानेपानी संस्थाको निर्वाचनमा पार्टीका उम्मेद्वारविरुद्ध लागेको भन्दै विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा लगायतलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेपछि मोरङ एमाले भित्र ब्यापक तिक्तता उत्पन्न भएको छ । महानगर अध्यक्षलाई नै स्पष्टिकरण समेत नसोधी पार्टी सदस्य समेतबाट निलम्बन गरेपछि कार्यकर्ता पंक्ति समेत विभाजित… Continue reading एमाले मोरङ अध्यक्षले नगर अध्यक्षलाई पार्टीबाटै निकाले, निर्णय सच्याउन माग

टी–२० विश्वकपः ‘सुपर–आठ’को खेल तालिका, मिति र स्थानको टुङ्गो

३ असार, एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिकाको टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । यस्तै जुन २० मा बिहान सवा ६ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड… Continue reading टी–२० विश्वकपः ‘सुपर–आठ’को खेल तालिका, मिति र स्थानको टुङ्गो

पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सहमति, आजैदेखि इन्धन आपूर्ति हुने

३ असार, काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी… Continue reading पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सहमति, आजैदेखि इन्धन आपूर्ति हुने

युरो कपमा आज तीन खेलः कुन-कुन टोली भिड्दैछन् ?

३ असार, एजेन्सी । युरोकप फुटबलमा नेदरल्यान्डस् र इंग्ल्यान्ड विजयी भएका छन् । हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो । गएरातिकै अर्को खेलमा स्लोभेनिया र डेनमार्कले भने १–१ गोलको बराबरी खेलेका छन् । आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार… Continue reading युरो कपमा आज तीन खेलः कुन-कुन टोली भिड्दैछन् ?

६ किलो सुन, ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकतासमेत बरामद

३ असार, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले… Continue reading ६ किलो सुन, ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकतासमेत बरामद

भारतको दार्जिलिङमा रेल दु*र्घट*ना: आठ जनाको मृ*त्यु, ५० बढी घाइते

३ असार, एजेन्सी । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् । कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएका दार्जिलिङ जिल्लाका… Continue reading भारतको दार्जिलिङमा रेल दु*र्घट*ना: आठ जनाको मृ*त्यु, ५० बढी घाइते

सन्दीप संर्घष गरेर वेस्टइन्डिज पुगे अनि कीर्तिमान बनाए

३ असार, विराटनगर । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै शतक विकेट पूरा गरेका हुन् । जारी विश्वकप सुरु हुदासम्म सन्दीपको विश्वकप खेल्ने संभावना सकिसकेको आकलन गरिएको थियो । दुई पटकसम्म प्रयास गर्दा समेत अमेरिकाले भिसा नदिएपछि सन्दीपले समेत विश्वकप… Continue reading सन्दीप संर्घष गरेर वेस्टइन्डिज पुगे अनि कीर्तिमान बनाए

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृ*त्यु

३ असार, एजेन्सी । साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ’हिट स्ट्रोक’ का कारण १४ जनाको ज्यान गएको र हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको… Continue reading साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृ*त्यु

निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध डेढ करोड ठगी मुद्दा दायर

३ असार, काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो । २१ जेठमा प्रहरी वृत्त… Continue reading निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध डेढ करोड ठगी मुद्दा दायर

ट्याङ्कर व्यवसायीको आन्दोलनका कारण पेट्रोल–डिजेलको अभाव

३ असार, काठमाडौँ। ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् । पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् । खाद्य वस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्री/वितरणमा अवरोध गर्न पाइन्न ।… Continue reading ट्याङ्कर व्यवसायीको आन्दोलनका कारण पेट्रोल–डिजेलको अभाव

ढल्केबर–भोक्राहा प्रसारण लाइनको परीक्षण शुरु, टावरहरूमा नचढ्न, नछुन अनुरोध

२ असार, काठमाडौँ । ढल्केबर–भोक्राहा विद्युत् प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह परीक्षण शुरु भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा समाहित गर्न धनुषाको ढल्केबर सबस्टेशनबाट सुनसरीको भोक्राहामा रहेको सबस्टेशनसम्म डबल सर्किट प्रसारण लाइनबाट ४०० केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रसारण लाइनका टावरहरूमा नचढ्न,… Continue reading ढल्केबर–भोक्राहा प्रसारण लाइनको परीक्षण शुरु, टावरहरूमा नचढ्न, नछुन अनुरोध

ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित, ४१ वडा उच्च जोखिममा

२ असार, ताप्लेजुङ । निरन्तर परेको वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५… Continue reading ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित, ४१ वडा उच्च जोखिममा

विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ

२ असार, काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍। शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको… Continue reading विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ

जी–७ को अर्को शिखर सम्मेलन क्यानडामा हुने

२ असार, एजेन्सी । विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले जी–सेभेन नेताको अर्को शिखर सम्मेलन कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका हुन् । क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । इटालीमा शुक्रवार… Continue reading जी–७ को अर्को शिखर सम्मेलन क्यानडामा हुने

कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि… Continue reading कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनुः मेयर बालेन

युरोकप फुटबलमा आज तीन खेल हुँदै

२ असार, एजेन्सी । युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् । यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् । गए राति… Continue reading युरोकप फुटबलमा आज तीन खेल हुँदै

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न माग

२ असार, विराटनगर । चिकित्सा शिक्षा आयोगद्वारा लिईने एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै विराटनगरको एचिभर्स कन्सल्टिङ सर्भिसेजले शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएको छ । कोशी प्रदेश र मधेस प्रदेशका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहजहुने गरि प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने, प्रत्येक संकायको परीक्षा शुल्क घटाउनु पर्ने लगायतका माग राख्दै एचिभर्स कन्सल्टिङ… Continue reading चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न माग

राष्ट्रभक्ति गीत ‘देश बचाउन युवा उठ’ विमोचन

२ असार, विराटनगर । गायक नगेन्द्र कटुवालको राष्ट्रभक्ति गीत देश बचाउन युवा उठ बोलको गितको विमोचन गरिएको छ । सुनसरीको इटहरीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गीतको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा पूर्वमुख्यमन्त्री राईले गीतले देश प्रति सम्बेदनशील हुने सन्देश बोकेको बताउदै यस्ता गीतहरु अझै समाजमा थप्नु पर्नेमा जोड… Continue reading राष्ट्रभक्ति गीत ‘देश बचाउन युवा उठ’ विमोचन

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा अध्यागमन कार्यालयको कडाई

२ असार, काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको… Continue reading भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा अध्यागमन कार्यालयको कडाई

गण्डकी प्रदेशले ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट ल्यायो

२ असार, विराटनगर । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रस्तुत गर्नुभएको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।… Continue reading गण्डकी प्रदेशले ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट ल्यायो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

२ असार, विराटनगर । नेपाल आयल निगमले पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटाएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाण्डौ,… Continue reading पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

२ असाढ, विराटनगर । कोशी प्रदेशमा सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र… Continue reading कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

३२ जेठ, काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित भएको छ । मतगणना पर्सि असार २ गतेका लागि तय भएको थियो । मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरेको उच्च अदालत पोखराका सह–रजिस्ट्रार विश्व पौडेलले जानकारी दिए । मेयरमा पराजित दीपकराज जोशीको रिटमा उच्च अदालतले गएको जेठ… Continue reading तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध अपरेशन सुरु गर्नेः गृहमन्त्री

३२ जेठ, काठमाडौं । उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै लामिछानेले केही दिनमै ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध प्रहरीले अपरेशन सुरु गर्ने बताएका हुन् । ‘जाँदाजाँदै तपाईंहरुलाई एउटा कुरा जानकारी गराऔं । वृहत् जनकपुरको… Continue reading वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध अपरेशन सुरु गर्नेः गृहमन्त्री

फिस्लिङ बजार नजिकै भएको दुर्घ*टनामा घाइते कार चालकको मृ*त्यु

३२ जेठ,काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान भे १ ख ४०६२… Continue reading फिस्लिङ बजार नजिकै भएको दुर्घ*टनामा घाइते कार चालकको मृ*त्यु

नालामा पुरिएर ३ कामदारको मृ**त्यु, प्रशासन र आन्दो*लित स्थानीयबीच १० बुँदे सहमति

३२ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती घटनामा स्थानीय प्रशासन र स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ । बिहीबार नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएपछि शुक्रबार कावासोती नगरपालिका कार्यालय रहेको आसपास क्षेत्र तनावग्रस्त भएको थियो । शुक्रबार अपराह्न दुई पक्षबीच घटनास्थलमा मृतकको शिलालेख तयार गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र रोजगारी… Continue reading नालामा पुरिएर ३ कामदारको मृ**त्यु, प्रशासन र आन्दो*लित स्थानीयबीच १० बुँदे सहमति

गण्डकीका सांसद देवकोटा पदमुक्त

३२ जेठ, पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री… Continue reading गण्डकीका सांसद देवकोटा पदमुक्त

काठमाडौँको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग निषेध

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य… Continue reading काठमाडौँको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग निषेध

असार ३ गते सोमबार सार्वजनिक बिदा

३२ जेठ, काठमाडौं । सरकारले आउँदो सोमबार अर्थात असार ३ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता

३२ जेठ, काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जनाएको छ । गृहमन्त्री रवि लामिछानेको सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा २४१ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी गराइएको हो । नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले पत्रकार… Continue reading विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता

संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् । उनले काठमाडौं… Continue reading संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन

सिंहदरबार अब सबैका लागि खुलाः गृहमन्त्री लामिछाने

३२ जेठ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् । सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले बताए । मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा… Continue reading सिंहदरबार अब सबैका लागि खुलाः गृहमन्त्री लामिछाने

युक्रेनलाई सहयोग जुटाउन रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्न जी–७ सहमत

३२ जेठ, एजेन्सी । विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् । इटालीमा हिजोदेखि शुरु भएको जी–७ को ५० औँ शिखर सम्मेलनमा युक्रेनलाई सहयोग जुटाउने विषयमा सहमति जुटेको बीबीसीले जनाएको छ ।… Continue reading युक्रेनलाई सहयोग जुटाउन रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्न जी–७ सहमत

युरोकप फुटबल २०२४ आजदेखि, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच

३२ जेठ, एजेन्सी । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ । आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ ।… Continue reading युरोकप फुटबल २०२४ आजदेखि, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच

४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसनको उद्घाटन

३२ जेठ, मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौँडा सबस्टेशन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सबस्टेशनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी बाँकी भएको वर्षायामको झन्डै ४० मेगावाट बिजुली बङ्ग्लादेशतर्फ निर्यात गर्न अब… Continue reading ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसनको उद्घाटन

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई पार्टीद्वारा कारबाही

३२ जेठ, पोखरा । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा… Continue reading फ्लोर क्रस गर्ने सांसद देवकोटालाई पार्टीद्वारा कारबाही

जेलेन्स्कीको साथमा उभिरहने बाइडेनको बाचा

२६ जेठ , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग फेरि नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीसँग शनिबार भएको द्विपक्षीय बैठकमा उनले युक्रेनलाई नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । “हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको… Continue reading जेलेन्स्कीको साथमा उभिरहने बाइडेनको बाचा

बालेनले दलको दबाब टेरेनन् , सहकारी ठगलाई निर्मम कारबाही गर्ने

२६ जेठ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाले २८ सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्ने लक्ष्य राखेको महानगरले अहिलेसम्म २८ सहकारीको अनुगमन गरेको छ । चरम राजनीतिक दबाबका बीच पनि २८ वटा सहकारीको अनुमगन गरेको महानगरका अधिकारीहरु बताउँछन् । ‘अनुगमनका क्रममा हामीलाई निकै ठूलाठूलो नेताहरुले दबाब दिएका थिए तर मेयरसाब… Continue reading बालेनले दलको दबाब टेरेनन् , सहकारी ठगलाई निर्मम कारबाही गर्ने

रविसँग काँग्रेसले फेरि खोज्यो नैतिकता

२६ जेठ, काठमाण्डौ। नेपाली काँग्रेसले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि फेरि नैतिकताको प्रश्न उठाएको छ । काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको भन्दै रविमाथि प्रश्न उठाएका छन् । पौडेलले ७३ लाख जनता जोठिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले… Continue reading रविसँग काँग्रेसले फेरि खोज्यो नैतिकता

कस्तो छ आगामी तीन दिनको मौसम ?

२६ जेठ, काठमाण्डौ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । त्यसको प्रभावले काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा शनिबार विहानसम्म हल्का वर्षा भएको छ । यस्तै आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी… Continue reading कस्तो छ आगामी तीन दिनको मौसम ?

आज नेदरल्यान्ड्स भर्सेस द.अफ्रिका र अस्ट्रेलिया भर्सेस इंग्ल्यान्ड

२६ जेठ,  एजेन्सी । टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल भएकै समूहमा रहेको बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो । एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १… Continue reading आज नेदरल्यान्ड्स भर्सेस द.अफ्रिका र अस्ट्रेलिया भर्सेस इंग्ल्यान्ड

राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा को को भए निर्वाचित ?

२६ जेठ, एजेन्सी । डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूले जनवरी १, २०२५ मा आफ्नो नयाँ जिम्मेवारी लिनेछन् । डिसेम्बर ३१, २०२६ सम्म सेवा गर्नेछन् । पाँचै उम्मेदवार निर्विरोध भएका थिए । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष… Continue reading राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा को को भए निर्वाचित ?

न्यूरोड सडक कसको हो ? के बालेन जे गर्छन् ठीक गर्छन् ?

२५ जेठ , विराटनगर। पछिल्लो समय व्यापकता पाएको एक विषय हो न्यूरोडको सडक कसको हो ? मुलुकमा संघीयतामा गएपछि तीन तहका सरकार बने । सबै सरकारका स्रोत सम्पत्ति अधिकार र भूमिका संविधानले नै प्रष्ट पारिसकेको छ । तर कतिपय कानूनहरु अझै बनिनसक्दा विशेष गरी प्रदेश र स्थानीय पालिकाहरु केन्द्रिकृत कानूनकै भरपर्नुपर्ने अवस्था रहेको छ ।… Continue reading न्यूरोड सडक कसको हो ? के बालेन जे गर्छन् ठीक गर्छन् ?

अमेरिकी टिममा भारतीय मुलका मात्रै ८ खेलाडी

२५ जेठ , एजेन्सी । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणअन्तर्गत बिहीबार राति खेलिएको खेलमा आयोजक मध्येको एक अमेरिकाले ऐतिहासिक तथा अप्रत्याशित नतिजा हात पारेको छ । अमेरिकाले एक पटकको टी २० विश्वकपको च्याम्पियन बनिसकेको बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएर जारी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । टी–२० विश्वकपमा कुनै पनि… Continue reading अमेरिकी टिममा भारतीय मुलका मात्रै ८ खेलाडी

ओलीका लागि बालेन, भैंसीको ढाडमा झिँगा

२५ जेठ ,काठमाण्डौ । केही दिन यता नेपालको संसददेखि समग्र राजनीति नै गर्माउने काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएको अभिब्यक्ति र ओलीले शिक्षामन्त्री समेत रहेकी रास्वपा नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिब्यक्तिका बारेमा ओलीले जवाफ दिएका छन् । उनले काठमाडौँ महानगरका मेयर बालेन शाहले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा… Continue reading ओलीका लागि बालेन, भैंसीको ढाडमा झिँगा

भारतदेखि अमेरिकासम्मका ११ राजदूत फिर्ता,को को परे ?

२५ जेठ ,काठमाण्डौ। सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा… Continue reading भारतदेखि अमेरिकासम्मका ११ राजदूत फिर्ता,को को परे ?

कंगनालाई थप्पड हान्नेलाई खालिस्तानीले १० हजार डलर दिने

२५ जेठ ,एजेन्सी । भारतको सर्वाधिक खोजी गरिरहेका खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हिमाचल प्रदेशको मण्डीबाट नवनिर्वाचित बीजेपी सांसद कंगना रनौतलाई थप्पड हान्ने महिला सुरक्षाकर्मीलाई पुरस्कार दिने घोषणा गरेका छन्। पन्नुले केन्द्रीय औद्योगिक सुरक्षा बलकी महिला कन्स्टेबल कुलविन्दर कौरको प्रशंसा गर्दै एक भिडियो जारी गरेका छन् । कुलविन्दरले कंगनालाई थप्पड हानेर सही काम गरेको बताएका छन्… Continue reading कंगनालाई थप्पड हान्नेलाई खालिस्तानीले १० हजार डलर दिने

टिकटकको प्रतिबन्ध खुलाउन सातौं पटक पत्र

२५ जेठ ,काठमाण्डौ। नेपालमा प्रतिबन्धमा रहेको चिनियाँ सामाजिक संजाल टिकटकको प्रतिबन्ध खुलाउन टिकटकले नेपाल सरकारलाई सातौं पटक पत्र पठाएको छ । पछिल्लो पटक समेत गरी सातौं पटक टिकटले प्रतिबन्ध खुलाउन अनुरोध गरेको हो । नेपाल सरकारलाई बारम्बार प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै टिकटकले गुनासो गरेको छ । टिकटकका लागि दक्षिण… Continue reading टिकटकको प्रतिबन्ध खुलाउन सातौं पटक पत्र

ताइवानी राष्ट्रपतिले मोदीलाई बधाई दिँदा बबण्डर, चीन भर्सेस अमेरिका

२५ जेठ ,एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ताइवानका राष्ट्रपतिबीच सामाजिक सञ्जालमा भएको कुराकानीप्रति चीनले आपत्ति जनाएको छ । ताइवानका राष्ट्रपतिले एनडीएको विजयमा बधाई दिएका थिए। जसको जवाफमा प्रधानमन्त्री मोदीले आभार व्यक्त गरेका छन् । नयाँ दिल्लीले ताइवानका अधिकारीहरूको ’राजनीतिक चाल’ को विरोध गर्नुपर्छ भन्दै चीनले विरोध जनाएको छ । अब चीनको धम्कीपूर्ण शैलीमा… Continue reading ताइवानी राष्ट्रपतिले मोदीलाई बधाई दिँदा बबण्डर, चीन भर्सेस अमेरिका

विश्वकप छनोटमा नेपालको पाँचौ हार

२५ जेठ , एजेन्सी । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा नेपाल ४–० ले पराजित भएको छ । बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल… Continue reading विश्वकप छनोटमा नेपालको पाँचौ हार

रविमाथि अर्काे गम्भिर आरोप, समाचार नरोक्दा सिरोहिया पक्राउ ?

२५ जेठ ,काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अर्काे गम्भिर आरोप लागेको छ । कान्तिपुर ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाले लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा आफ्ना बुवा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका छन् । सहकारीको बचत अपचलनबारे… Continue reading रविमाथि अर्काे गम्भिर आरोप, समाचार नरोक्दा सिरोहिया पक्राउ ?

विश्वकपमा आज क्यानडा भर्सेस आयरल्यान्ड

२५ जेठ , एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति सवा ८ बजे सुरु हुनेछ । आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो… Continue reading विश्वकपमा आज क्यानडा भर्सेस आयरल्यान्ड

पालिका अध्यक्षमा हारेका सतिस मधेसको मुख्यमन्त्री, कुन मन्त्रालय कसलाई ?

२५ जेठ , काठमाण्डौ । जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। उनलै… Continue reading पालिका अध्यक्षमा हारेका सतिस मधेसको मुख्यमन्त्री, कुन मन्त्रालय कसलाई ?

टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित,स्कटल्यान्ड पनि विजयी

२५ जेठ , एजेन्सी । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलम आयोजक अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा अमेरिकाले विश्व विजेता बनिसकेको पाकिस्तानलाई ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका… Continue reading टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित,स्कटल्यान्ड पनि विजयी

भेपले स्वास्थ्यमा कति र कसरी असर गर्छ ?

२४ जेठ,विराटनगर। हिजो प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप)को कुलतमा १८ वर्षमुनिका बालबालिकाहरू फसेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । शून्य समयमा बोल्दै उनले भेप चुरोटको प्रयोगमा सरकारले कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएकी हुन् । “विद्यालय जाने १८ वर्ष मुनि उमेरका धेरै बालबालिकाहरू भेपको कुलतमा फस्दै आएका छन् । रिहाव… Continue reading भेपले स्वास्थ्यमा कति र कसरी असर गर्छ ?

गाँजा खेतीमा छलफल गर्न आरजुले बोलाइन् ४ मन्त्री

२४ जेठ, काठमाण्डौ। आगामी आव ०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चारजना मन्त्री बोलाएको छ । आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । समितिले बजेटको २९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’… Continue reading गाँजा खेतीमा छलफल गर्न आरजुले बोलाइन् ४ मन्त्री

धेरै बच्चा जन्माउन जापानमा डेटिंग एप, एलन मस्क खुसी

२४ जेठ ,  एजेन्सी । विश्वभर तिव्ररुपमा जनसंख्याको आकार बढिरहँदा केही यस्ता देशहरु छन्, जो जन्मदर घट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेका छन् । ति देशहरुका सरकारले आफ्ना नागरिकहरुलाई धेरै सन्तान जन्माउनका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रमसमेत ल्याएका छन् । यस्तै देशहरुमा पर्छ जापान । जहाँ घट्दो जन्मदर एक समस्या र चिन्ताको रुपमा देखा परेको छ ।… Continue reading धेरै बच्चा जन्माउन जापानमा डेटिंग एप, एलन मस्क खुसी

पश्चिमालाई पुटिनको पाठः हतियारको बदला हतियार

२४ जेठ , काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशमा आक्रमण गर्ने योजना बनाएका देशहरुलाई मस्कोले हतियारहरु दिन सक्ने चेतवानी दिएका छन् । पुटिनले युक्रेनलाई पश्चिामा देशहरुले लामो दुरीको हतियारहरु पठाएकोप्रति आलोचना गर्दै यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिका लगायतका धेरै देशहरुले युक्रेनलाई रुसभित्रका टार्गेट आक्रमण गर्न अनुमति दिइसकेका छन् । यस्तो कार्यले… Continue reading पश्चिमालाई पुटिनको पाठः हतियारको बदला हतियार