तुलसीपुर, दाङ, ६ जेठ ः दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा… Continue reading दुर्घटनामा दुई बालकको मृत्यु
Category: समाज
दोस्रो दिन नौवटा नाटक मञ्चन
विराटनगर÷ विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । शनिवार मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चा गरेका हुन् । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय वाई वाई नाटक उत्सव मोरङ २०७५ को दोस्रो दिन लक्ष्मी माबी लेटाङका विद्यार्थीले ‘म यो झोला बोक्दिन’, मोदर मधुमल्ला स्कुलका विद्यार्थीले ‘सोच’… Continue reading दोस्रो दिन नौवटा नाटक मञ्चन
हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ ः शंकराचार्य
चितवन, ५ जेठ ः श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार चितवनमा आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू… Continue reading हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ ः शंकराचार्य
पन्युले झटारो हानेर श्रीमतीको हत्या
सिन्धुली, ५ जेठ ः सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा… Continue reading पन्युले झटारो हानेर श्रीमतीको हत्या
बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक
सिन्धुली, ५ जेठ ः बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा… Continue reading बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक
महानगरीय ट्राफिक प्रहरी महाशाखामा नियम उल्लंघनका ३५ हजार उजुरी
काठमाडौँ, ५ जेठ ः महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२,… Continue reading महानगरीय ट्राफिक प्रहरी महाशाखामा नियम उल्लंघनका ३५ हजार उजुरी
छुवाछुतको घटनामा मिलापत्र गरियाे
धनगढी, ५ जेठ ः कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला… Continue reading छुवाछुतको घटनामा मिलापत्र गरियाे
मोटरसाइकल दुर्घटनामा मेारङमा एककेा मृत्यु
उर्लाबारी, मोरङ, ५ जेठ ः उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार… Continue reading मोटरसाइकल दुर्घटनामा मेारङमा एककेा मृत्यु
प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि
काठमाडौँ, ५ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ । प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।… Continue reading प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि
ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
रुकुम, ५ जेठ ः रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी… Continue reading ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
डा यादव विरुद्ध मुद्दा दायर
काठमाडौँ, ४ जेठ ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार निमित्त निर्देशक डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ । आयोगले बिगो असुल गरी चार महिना कैद… Continue reading डा यादव विरुद्ध मुद्दा दायर
काफल बेचेर कापी कलमको खर्च जुटाउँदै बालबालिका
डडेल्धुरा, ४ जेठ ः सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका… Continue reading काफल बेचेर कापी कलमको खर्च जुटाउँदै बालबालिका
चितवनका कुखुरामा बर्डफ्लु देखियो
चितवन, ४ जेठ ः चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए… Continue reading चितवनका कुखुरामा बर्डफ्लु देखियो
अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी
काठमाडौँ, ४ जेठ ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु… Continue reading अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी
करेन्ट लागेर मोरङमा एक युवकको मृत्यु
विराटनगर, ४ जेठ ः मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनास्थलमा… Continue reading करेन्ट लागेर मोरङमा एक युवकको मृत्यु
नेपालमा १२ विपद ः वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति
बनियानी, झापा, ४ जेठ ः नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिए… Continue reading नेपालमा १२ विपद ः वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति
मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ
काठमाडौँ, ४ जेठ ः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले… Continue reading मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ
आर्थिक र सामाजिक विकासमा जापानले ६८ करोड उपलब्ध गराउने
काठमाडौँ, ४ जेठ ः जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा… Continue reading आर्थिक र सामाजिक विकासमा जापानले ६८ करोड उपलब्ध गराउने
समाजप्रति जिम्मेवार बनाउने उदेश्यले जेठ १६ मा स्काउट भेला
काठमाडौँ, ४ जेठ ः किशोर–किशोरीलाई देश र समाजप्रति अनुशासित एवं आज्ञाकारी बनाउने उद्देश्यले यही जेठ १६ देखि २१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला (ज्याम्बोरी) आयोजना हुने भएको छ । नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजना हुने सो ज्याम्बोरीमा नेपालसहित दक्षिण एशिया क्षेत्रका १० देशका करीब पाँच हजार स्काउटकर्मीले भाग लिनेछन् । अन्तर्राष्ट्रिय स्काउटको मूल्य मान्यताअनुसार… Continue reading समाजप्रति जिम्मेवार बनाउने उदेश्यले जेठ १६ मा स्काउट भेला
बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार
राजविराज, ४ जेठ ः राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिए । आमाहरूका बच्चाको अधिकार र विकासका लागि कार्य गरिरहेको… Continue reading बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार
एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान
फलेवास, पर्वत, ४ जेठ ः पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर कामीसहित ७३… Continue reading एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान
ट्याक्टर दुर्घटनामा चार घाइते
भोजपुर, जेठ ४ः भोजपुर जिल्ला सदरमुकाममा बिहिबार राती ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भोजपुर नगरपालिका –५ दामौसिङमा को २ त ८६६४ नम्बरको ट्याक्टर राती ८ बजे तिर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हाे। घाइते हुनेमा भोजपुर ट्याम्केमैयुन गाउपालिका ४ बस्ने बर्ष २० को अमर राई, ट्याम्केमैयुन गाउपालिका… Continue reading ट्याक्टर दुर्घटनामा चार घाइते
गोठ भत्किंदा ढुङ्गाले थिचेर महिलाको मृत्यु
सोलुखुम्बु,जेठ ४ ः सोलुखुम्बुमा बिहिबार राती गोठ भत्किंदा स्थानीय एक महिलाको मृत्यु भएको छ । नेचा–सल्यान गाउँपालिका ३ भण्डारी टोलमा दुई तले ढुङ्गा माटोले बनेको कच्ची गोठ भत्किंदा ढुङ्गाले थिचेर गोठमा बाख्रा हेर्न गएकी स्थानीय कुल बहादुर बिष्टको पत्नी ३५ वर्षीय कल्पना विष्टको घटनास्थलमै मृत्यु भएको हाे। गोठले थिचेर घर धनि कुल बहादुर बिष्ट सामान्य… Continue reading गोठ भत्किंदा ढुङ्गाले थिचेर महिलाको मृत्यु
भरुवा बन्दुकसहित दुई पक्राउ
धनकुटा, जेष्ठ ४ःधनकुटाको साँगुरीगढी गाउँपालिका– ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको हो । बन्दुक सहित पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयमा ल्याइएको… Continue reading भरुवा बन्दुकसहित दुई पक्राउ
बम विष्फोटको घटनामा एकजना विराटनगरबाट पक्राउ
विराटनगर, ४ जेठ ः विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो । उनलाई… Continue reading बम विष्फोटको घटनामा एकजना विराटनगरबाट पक्राउ
अपाङ्गतामैत्री प्रविधि हुनुपर्ने माग
काठमाडौँ, ३ जेठ ः अपाङ्गता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् । सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा काठमाडौँमा आज आयोजित अन्तक्र्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिए । महासंघका महासचिव राजु बस्नेतले अपाङ्गतामैत्री भौतिक संरचना र अपाङ्गतामैत्री प्रविधि बन्न शुरु भए पनि त्यसले पूर्णता… Continue reading अपाङ्गतामैत्री प्रविधि हुनुपर्ने माग
घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका
बुटवल, ३ जेठ ः रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता… Continue reading घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका
इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु
काठमाडौँ, ३ जेठ ः इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजदेखि शुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार… Continue reading इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु
एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा
कञ्चनपुर, ३ जेठ ः ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउँछन् ।… Continue reading एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा
बलेवा–काठमाडौंको हवाई भाडा घट्यो
बागलुङ, ३ जेठ ः हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आएको थियो… Continue reading बलेवा–काठमाडौंको हवाई भाडा घट्यो
सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र पत्रकारलाई सूचना दिन निर्देशन
भक्तपुर, ३ जेठ ः महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन् । उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हन् ।… Continue reading सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र पत्रकारलाई सूचना दिन निर्देशन
भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी
नवलपरासी, ३ जेठ ः पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाँै आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन् । गण्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण… Continue reading भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी
मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय
काठमाडौँ, ३ जेठ ः सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । श्रममन्त्री गोकर्णराज विष्टले आज पत्रकार सम्मेलन गरी नेपाल… Continue reading मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय
ट्र्याक्टरबाट लडेर बालकको मृत्यु
राजविराज, ३ जेठ ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको… Continue reading ट्र्याक्टरबाट लडेर बालकको मृत्यु
मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
विराटनगर, जेष्ठ ३ ः सुनसरी र मोरङमा बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर बुधबार एक जनाको ज्यान गएको छ । करेन्ट लाग्दा रामधुनी नगरपालिका २ कालीझोडा बस्ने बर्ष ३२ को जयराम चौधरीको मृत्यु भएको हाे। बुधबार साँझ मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई… Continue reading मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
सुनसरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
विराटनगर, जेठ ३ ः सुनसरीको वराह नगरपालिका –१० प्रकाशपुरबाट ठुलो परिणममा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार चार हजार तीन सय पचास थान लागुऔषध स्पास्मोप्रोक्सिवन र एक सय मि.लि. को ५० बोतल डाइलेक्स डिसीसहित दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय अजय विश्वकर्मा… Continue reading सुनसरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
विमान दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
सुर्खेत, २ जेठ ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गरेका हुन् । विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण… Continue reading विमान दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ
काठमाडौँ, २ जेठ ः प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।… Continue reading दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ
झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ
भीमदत्तनगर, २ जेठ ः कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई… Continue reading झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ
मकालु एयरको विमान हुम्लामा भेटियो, चालक दलका दुवै सदस्यको मृत्यु
विराटनगर,जेठ २ ः मकालु एयरको वेपत्ता कार्गोे विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा फेला परेको छ । विमान दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’ सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका… Continue reading मकालु एयरको विमान हुम्लामा भेटियो, चालक दलका दुवै सदस्यको मृत्यु
मकालु एयरको विमान अझै बेपत्ता,बाजुरामा भेटिएको सूचना गलत रहेकाे एटीसीकाे भनार्इ
विराटनगर,जेठ २ ःसुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन । यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
बृद्धा बलात्कारका आरोपि थुनामा
फलेवास, पर्वत, २ जेठ ः वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको… Continue reading बृद्धा बलात्कारका आरोपि थुनामा
एक लाख बराबरको अवैध सामान भन्सार बुझाइयो
विराटनगर, जेष्ठ २ ःसीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत प्रहरीले मंगलबार एक लाख एक हजार नौ सय रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार सो मूल्य बराबरको खाधान्न, लत्ताकपडा, भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको थियो । बरामद सामान मंगलबार आवश्यक कारवाहीका लागि… Continue reading एक लाख बराबरको अवैध सामान भन्सार बुझाइयो
दुई सय लिटर घरेलु मदिरा बरामद
विराटनगर, जेष्ठ २ ः“घरेलु मदिरा नियन्त्रण अभियान” अन्र्तगत प्रहरीले विराटनगर–१५ बाट दुई सय लिटर घरेलु तथा अन्य विभिन्न खालका मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट अभियान अन्तरगत खटिएका प्रहरीले सोमबार अपरान्ह ४ देखी ५ बजेसम्म विराटनगर–१५ रानीस्थित होटल, भट्टी पसलहरु चेकजाँचका क्रममा दुई सय लिटर अवैध घरेलु रक्सी बरामद गरेको हो। अवैध घरेलु… Continue reading दुई सय लिटर घरेलु मदिरा बरामद
मकालुको बेपत्ता विमान बाजुरामा भेटियो
विराटनगर,जेठ २ ः आज विहानबाट सम्पर्क विहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडको सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । कार्गोे सामान लिएर उडेको उक्त विमानमा चालक दलका दुवै सदस्य सकुशल रहेको क्षेत्रीले बताएका छन् । विमानमा दुई जना चालक दलका सदस्य… Continue reading मकालुको बेपत्ता विमान बाजुरामा भेटियो
स्मृती समाजद्धारा छात्रवृत्ति प्रदान
विराटनगर,जेठ १ः बार्षिक रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको वीरप्रसाद कृष्णादेवी स्मृती समाजले यो बर्ष पनि दुई जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । स्मृती समाजले आज विराटनगर–१७ स्थित आफ्नो भवनमा एक कार्यक्रमको आयोजना गरि दुई जना छात्रालाई छात्रवृत्ति स्वरुप जनही रु.७५००।–प्रदान गरेको हो । छात्रवृत्ति पाउनेमा महेन्द्र मोरङ आर्दश बहुमुखि क्याम्पसमा अध्ययनरत मानवीकी… Continue reading स्मृती समाजद्धारा छात्रवृत्ति प्रदान
विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै
विराटनगर, १ जेठ ः मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । आज बिहान ९ बजेसम्म मात्र शुभसाइत… Continue reading विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै
आगलागीबाट रु सातलाख क्षति
कञ्चनपुर, १ जेठ ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा र खोरमा… Continue reading आगलागीबाट रु सातलाख क्षति
खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने
विराटनगर, १ जेठ ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा… Continue reading खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने
भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
जिरी, दोलखा, ३१ वैशाख ः दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्नेसहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब रु ९० लाखबराबरको धनमाल क्षति भएको उद्योगका प्रोप्राइटर मोहनकुमार… Continue reading भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
प्रदेश सांसद हरीशरण लामिछानेको निधन
विराटनगर,बैशाख ३१ः एमालेबाट निर्वाचित प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ । भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई सोमबार केएमसीमा भर्ना गरिएको थियो । उनको निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै… Continue reading प्रदेश सांसद हरीशरण लामिछानेको निधन
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी कार्यकर्ता छुटाइयो
डोल्पा, ३१ वैशाख ः नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य… Continue reading प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी कार्यकर्ता छुटाइयो
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
रामपुर, पाल्पा, ३१ वैशाख ः सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि… Continue reading पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
बसपार्कमा अपांगमैत्री शौचालय निर्माण
काठमाडौँ, ३१ वैशाख ः नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन । ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई… Continue reading बसपार्कमा अपांगमैत्री शौचालय निर्माण
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
पर्वत, ३१ वैशाख ः गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली… Continue reading चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
भोटो प्रदर्शनसँगै रातो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न
काठमाडौँ, ३१ वैशाख ः वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जावलाखेल मैदानमा प्रदर्शन गरेसँगै रातो मच्छेन्द्रनाथको रथयात्रा हिँजेाबाट सम्पन्न भएको छ । भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कामु प्रधानन्यायाधीश दीपकराज जोशी र गृहमन्त्री रामबहादुर थापा जावलाखेल पुगेका थिए । भोटो जात्रा हेर्न मन्त्रिगण,… Continue reading भोटो प्रदर्शनसँगै रातो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न
केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो
महोत्तरी, ३१ वैशाख ः महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो । जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो । जिल्ला… Continue reading केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो
बाढीले चार घर पु¥यो,सडक अवरुद्ध
म्याग्दी, ३१ वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए। बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा… Continue reading बाढीले चार घर पु¥यो,सडक अवरुद्ध
पूर्वाञ्चलमा खाद्य स्वच्छता कार्यक्रम हुने
विराटनगर,३० वैशाख ः दशौंं राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा क्षेत्रीय खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालयले पूर्वाञ्चलमा विभिन्न खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम शुरु गर्ने भएको छ । “हामी सबैको सरोकार खाद्य शृङखलामा स्वच्छता र गुणस्तर ” भन्ने नाराका साथ देशव्यापीरूपमा आयोजना गरिने कार्यक्रम अन्तर्गत सो कार्यालयले आगामी जेठ २ गतेबाट पूर्वाञ्चलमा विविध कार्यक्रम गर्न लागेको… Continue reading पूर्वाञ्चलमा खाद्य स्वच्छता कार्यक्रम हुने
स्याफ्रु–रसुवागढी राजमार्ग बन्द
रसुवा, ३० वैशाख ः सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा… Continue reading स्याफ्रु–रसुवागढी राजमार्ग बन्द
प्रधानसेनापति पाकिस्तान जाँदै
काठमाडौँ, ३० वैशाख ः पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन् । आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम… Continue reading प्रधानसेनापति पाकिस्तान जाँदै