२७ पुष, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । उनी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । यसअघि भने… Continue reading रेशम चौधरीः जेलबाट पार्टी खोले,माफी पाएर अध्यक्ष बने
Category: समाचार
नेपाल–भारत सीमा बारे ’बाउन्ड्री वर्किङ ग्रुप’ले के काम गर्दै ?
२७ पुष, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतको लामो खुला सीमा क्षेत्रमा देखिएका विवादित विषयहरु आंशिक रुपमा सहमति भइसकेको बताएका छन् । नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको भन्दै उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको दाबी गरेका हुन् । शुक्रबार बिहान डडेल्धुरामा भएको पत्रकार सम्मेलनमा मन्त्री… Continue reading नेपाल–भारत सीमा बारे ’बाउन्ड्री वर्किङ ग्रुप’ले के काम गर्दै ?
बम्जनलाई जेलको खाना रुचेन, मागे लसुनप्याज विनाको खाना
२७ पुष, काठमाण्डौ । हत्या, बलात्कार लगायतका अभियोग लागेका कथित ‘तपस्वी’ रामबहादुर बम्जन यतिबेला महोत्तरीको जलेश्वर कारागारमा छन् । बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई त्यहाँ अरु कैदीबन्दीसँगै राखिएको छ । उनलाई अन्य कैदीहरुलाई जस्तै व्यवहार गरिएको जलेश्व कारागारका प्रमुख रामचन्द्र साहले बताएका छन् । तर अन्य कैदीबन्दीहरुलाई पकाएको खाना खान भने… Continue reading बम्जनलाई जेलको खाना रुचेन, मागे लसुनप्याज विनाको खाना
यमनमा हुथीविरुद्ध अमेरिका र बेलायतको हमला
२७ पुष, एजेन्सी । अमेरिका र बेलायती सैनिकले यमनमा हुथी विद्रोहीलाई लक्षित हवाई हमला गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई इरान समर्थित हुथी विद्रोहीले रेड सीमा पानीजहाजमाथि गरेको आक्रमणको जवाफी हमला भनेका छन् । प्यालेस्टाइनको लडाकु समूह हमासले गरेको आक्रमणपछि इजरायलले अक्टोबर ७ देखि गाजामा युद्ध थालेको थियो । गएको नोभेम्बरदेखि हुथीले लालसागरमा… Continue reading यमनमा हुथीविरुद्ध अमेरिका र बेलायतको हमला
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,अर्थतन्त्र बढेपनि सबै क्षेत्रमा किन सुस्तता ?
२७ पुष, काठमाण्डौ । चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा मुलुकको अर्थतन्त्रमा केही सुधार देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार पोहोरभन्दा हरेक क्षेत्रमा सुधार देखिएको छ । यस्तै चालु आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,अर्थतन्त्र बढेपनि सबै क्षेत्रमा किन सुस्तता ?
कुलमान अन्ततः पछि हटे, बक्यौता नतिर्ने २३ उद्योगमा लाइन जडान
२७ पुष,काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले अन्ततः उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ । सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएको दुई दिनपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको काटिएको विद्युत आपूर्ति जोडिने भएको छ… Continue reading कुलमान अन्ततः पछि हटे, बक्यौता नतिर्ने २३ उद्योगमा लाइन जडान
नेपालकै कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनिन् काजल
२७ पुष,काठमाण्डौं । नेपालकी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट हुन् । २६ वर्षीया काजल तेक्वान्दोमा नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी हुन् । उनले अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेकी हुन् । त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी… Continue reading नेपालकै कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनिन् काजल
इस्लामिक स्टेटका ७० संदिग्ध टर्कीबाट प*क्रा*उ
२७ पुष,एजेन्सी । अपराधिक संदिग्धहरुविरुद्ध तीव्र खोजी अभियान संचालन गरिरहेको टर्कीले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले प्रहरीले छापामारीमा ठूलो मात्रामा पैसा, डिजिटल सामग्री र हवाला बैंकिङ कारोबारका रसिदहरू बरामद गरेको बताएका छन् । टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठन घोषणा गरेको… Continue reading इस्लामिक स्टेटका ७० संदिग्ध टर्कीबाट प*क्रा*उ
राष्ट्र निर्मातालाई राष्ट्रपतिले सम्झिए, प्रधानमन्त्रीले विर्सिए
२७ पुष,काठमाण्डौं । नेपालको एकीकरणका सूत्रधार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गरिएको छ। सरकारले आज उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा त दिएको छ तर सरकारीस्तरबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन। राष्ट्रनिर्माताका रुपमा राजनीतिक दल र संघसंस्थाहरुले जन्मजयन्तीको अवसरमा सम्झनास्वरुप विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। राप्रपा नेपाल र राप्रपाले पृथ्बीजयन्तीको… Continue reading राष्ट्र निर्मातालाई राष्ट्रपतिले सम्झिए, प्रधानमन्त्रीले विर्सिए
आज सुनको भाउ बढ्दा चाँदीको घट्यो
२७ पुष,काठमाण्डौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको घट्यो
राष्ट्रिय एकता अभियान भन्छ, ‘नेपाल चीनको ऋण जालमा’
२६ पौष, विराटनगर । राष्ट्रिय एकता अभियानले विराटनगरमा ’राष्ट्रिय स्वाधीनता, बीआईआर ऋणजाल र पोखरा अन्तराष्ट्रिय विमानस्थल’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संयोजक बिनय यादबले चीनले विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अपनाएको बताए । उनले चीनले आफ्नो निहित स्वार्थ अन्तर्गत अघि सारेको बेल्ट एण्ड रोड पहलको ऋणजालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फस्दै गएको… Continue reading राष्ट्रिय एकता अभियान भन्छ, ‘नेपाल चीनको ऋण जालमा’
वर्षमा ८० हजार पर्यटकले हेरेको श्वेडागन प्यागोडा कस्तो छ ?
२६ पुष,एजेन्सी । सैन्य शासन रहेको म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटकहरु म्यान्मार पुगेका छन् । स्वदेशीसहित १० लाख भन्दा बढी आगन्तुकहरुले प्यागोडा अवलोकन गरेको बताइएको छ । प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्याण्ड, भियतनाम र जापानबाट गएका थिए । यसलाई डोगोन पनि भनिन्छ । र… Continue reading वर्षमा ८० हजार पर्यटकले हेरेको श्वेडागन प्यागोडा कस्तो छ ?
नेपालगञ्जमा कागजविनाका इ–रिक्सा नष्ट
२६ पुष, काठमाण्डौ । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित इ–रिक्सा नष्ट गर्न थालेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न थालेको हो । गत मंसिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित इ–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले पछिल्लो समय पाँचवटा इ–रिक्सा नष्ट गरेको छ… Continue reading नेपालगञ्जमा कागजविनाका इ–रिक्सा नष्ट
लाल सागरका हुथीले मिसाइल हानेपछि युद्धको अवस्था
२६ पुष,एजेन्सी । हुथी विद्रोहीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूमा लगातार आक्रमण गरिरहेका छन्। यमनका हुथी विद्रोहीले जनवरी ९ मा लाल सागरमा अहिलेसम्मकै ठूलो हमला गरेका थिए । हुथीहरूले जहाजहरूमा ड्रोन र मिसाइलहरू प्रहार गरे जसलाई अमेरिकी र बेलायती नौसेनाहरूले विफल पारेका थिए। यो हमलापछि अमेरिका र बेलायतले लाल सागरमा आफ्ना युद्धपोतहरूलाई उच्च सतर्कतामा राखेका… Continue reading लाल सागरका हुथीले मिसाइल हानेपछि युद्धको अवस्था
‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? डा. चन्द्र भण्डारीले खोजे परिभाषा
२६ पुष, काठमाण्डौ । नेपाल क्रिकेटका चर्चित क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै ८ वर्षको जेल सजाय तोकिएपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । अदालतको फैसलापछि पीडित गौशाला २६ को भनिएको तस्विर सामाजिक संजालमा भाइरस भएपछि उनले थप कानूनी प्रक्रिया सुरु गरेकी छन् । आफ्नो तस्विर सार्वजनिक गरिदिने विभिन्न ६ वटा पेजविरुद्ध… Continue reading ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? डा. चन्द्र भण्डारीले खोजे परिभाषा
पासपोर्ट कति शक्तिशाली भनेर कसरी छुट्ट्याउने ? नेपालको पासपोर्ट कमजोर ?
२६ पुष, विराटनगर। विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । नेपालको पासपोर्ट संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रहरुले कठोर प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर रहेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको हो । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा… Continue reading पासपोर्ट कति शक्तिशाली भनेर कसरी छुट्ट्याउने ? नेपालको पासपोर्ट कमजोर ?
आज सेयर बजारमा सामान्य गिरावट
२६ पुष, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।२०९१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेको थियो । तर, अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो… Continue reading आज सेयर बजारमा सामान्य गिरावट
गौशाला २६को तस्विर सार्वजनिक गरेपछि रास्वपाबाट निलम्बित
२६ पुष, काठमाण्डौ । जिल्ला अदालतबाट बलात्कारको अभियोगमा दोषी ठहर भइ ८ वर्षको जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्। रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले… Continue reading गौशाला २६को तस्विर सार्वजनिक गरेपछि रास्वपाबाट निलम्बित
सन्दीप क्रिकेटबाट विदा भए, क्यानले गर्याे निलम्बन
२६ पुष,काठमाण्डौ । जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएर ८ वर्षको जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन… Continue reading सन्दीप क्रिकेटबाट विदा भए, क्यानले गर्याे निलम्बन
रविलाई चिनियाँ राजदूतले किन भेटे ?
२६ पुष,काठमाण्डौ । संघीय संसदको चौथो तथा प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा लामिछानेले (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका… Continue reading रविलाई चिनियाँ राजदूतले किन भेटे ?
नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर
२६ पुष,एजेन्सी । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । नेपालको पासपोर्ट संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रहरुले कठोर प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर रहेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको हो । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान… Continue reading नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर
भारतमा फिल्मीशैलीमा गुडिरहेको ट्रकबाट १६ करोडको आइफोन चोरी
२६ पुष,एजेन्सी । हामीले विभिन्न चलचित्रमा हेर्दै आएको चोरीको घटनालाई स्मरण गराउने गरी भारतमा गुडिरहेको ट्रकबाट झन्डै १० करोड भारु अर्थात १६ करोड नेपाली रुपैयाँ बराबरको आइफोन चोरी भएको छ । पश्चिम बङ्गालमा गुडिरहेको ट्रकबाट चोरहरूले ९ करोड ७० लाख भारु मूल्य बराबरका १ हजार ५०० थान आइफोन चोरेका छन् । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी… Continue reading भारतमा फिल्मीशैलीमा गुडिरहेको ट्रकबाट १६ करोडको आइफोन चोरी
मनिष बने गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली
२६ पुष,विराटनगर । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त गरेका हुन् । तिम्सिनाले यो आफ्नो करियरको भर्खर सुरुआत भएको बताउदै आफू व्यावसायिक जीवनमा प्रवेश गरेको अनुभूति भएको बताएका छन् ।… Continue reading मनिष बने गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली
कोशीको सभामुख बनेका अम्बरबहादुर को हुन् ?
२३ पुष,विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी… Continue reading कोशीको सभामुख बनेका अम्बरबहादुर को हुन् ?
दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने
२३ पुष,एजेन्सी । कोरियाले कुकुरको मासुमा किन लगायो प्रतिबन्ध ? वर्षाैदेखि कुकुरको मासु खाने दक्षिण कोरियामा कुकुरको मासु व्यवसायमा पूर्ण प्रतिबन्ध लगाइएको छ । शताब्दीदेखि नै चल्दै आइरहेको कुकुरको मासु खाने चलनलाई रोक्ने गरी कानुनमार्फत मासुको व्यवसायमा कोरियाली सरकारले प्रतिबन्ध लगाएको हो । पछिल्लो समय कुकुरको मासु खाने चलन प्रति दक्षिण कोरियाली युवाहरु सकारात्मक देखिएका… Continue reading दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने
उद्योगीले किस्ताबन्दीमा बिल तिर्न ३० दिनभित्र आवेदन दिनुपर्ने
२३ पुष,काठमाण्डौ । लामो समय देखि विवादित बनेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुलको विवाद समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले वक्यौता बुझाउन ६० महिनाको समय दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले… Continue reading उद्योगीले किस्ताबन्दीमा बिल तिर्न ३० दिनभित्र आवेदन दिनुपर्ने
भ्रष्टाचार छानबिन भइरहेका बेला दूरसञ्चारका अध्यक्षको राजीनामा
२३ पुष,काठमाण्डौ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका छन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया लगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । स्मार्ट सेलको खारेजी प्रक्रिया र… Continue reading भ्रष्टाचार छानबिन भइरहेका बेला दूरसञ्चारका अध्यक्षको राजीनामा
शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी
२४ पुष,विराटनगर । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ… Continue reading शेयर बजारमा आज २० अङ्कबढीको वृद्धी
विश्वप्रसिद्ध स्पोर्ट्स लिजेन्ड फ्रान्जको निधन
२४ पुष,विराटनगर । पछिल्लो केही दिनयता फुटबल जगतबाट अर्को ठूलो खबर बाहिर आएको छ । मारियो जागालोपछि अब जर्मनीका दिग्गज फुटबलर तथा प्रशिक्षक फ्रान्ज बेकेनबाउरले संसारलाई बिदाइ गरेका छन् । यी फुटबल दिग्गजले ७८ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ । परिवारले जर्मन समाचार एजेन्सी डिपिएलाई एक… Continue reading विश्वप्रसिद्ध स्पोर्ट्स लिजेन्ड फ्रान्जको निधन
आज सुनको मूल्य घट्दा चाँदीको स्थिर
२४ पुष,विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८… Continue reading आज सुनको मूल्य घट्दा चाँदीको स्थिर
उच्च पहाडी क्षेत्रमा हिमपात,तराईमा कुहिरो, कहाँ पर्छ पानी ?
२४ पुष,विराटनगर । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । चिसो बढेसँगै बिहान तराईका अधिकांश भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी… Continue reading उच्च पहाडी क्षेत्रमा हिमपात,तराईमा कुहिरो, कहाँ पर्छ पानी ?
प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने
२४ पुष,विराटनगर । काठमाडौं महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको सचिवालय स्रोतले बताएको छ । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच… Continue reading प्रशासकीय अधिकृतलाई बालेनले कार्यालय पस्न नदिने
ज्योति मगर नाच्दा स्टेज भ्वाङ पर्याे, मजाक नबनाउन अपिल
२४ पुष,विराटनगर । चर्चित गायिका ज्योति मगर एक सांस्कृतिक कार्यक्रममा नाच्दानाच्दै स्टेज भासिएको छ । पूर्वी इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको देखिन्छ । महोत्सवमा पुस १९… Continue reading ज्योति मगर नाच्दा स्टेज भ्वाङ पर्याे, मजाक नबनाउन अपिल
सूर्यबाट सित्तैमा पाइने उर्जा कहिले सदुपयोग गर्ने ?
२४ पुष,विराटनगर । राजसी हिमालय र प्राचीन तालहरूसहितको मनमोहक परिदृश्य भएको नेपाल लामो समयदेखि पर्यटकहरूको लागि विश्वव्यापी चुम्बक बनेको छ । नेपालको चौथो ठूलो क्षेत्र रहेको पर्यटन उद्योग रोजगारीको महत्वपूर्ण स्रोत हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस क्षेत्रले ३ लाख ७१ हजार भन्दा बढी रोजगारी सृजना गर्दछ । तर, जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूले राष्ट्रको… Continue reading सूर्यबाट सित्तैमा पाइने उर्जा कहिले सदुपयोग गर्ने ?
शेख हसिनाको नेतृत्वमा बंग्लादेशले फेरेको काँचुली
२३ पुष, विराटनगर । बंग्लादेशमा एक पटक फेरि शेख हसिना प्रधानमन्त्री बन्दैछिन् । आइतबार भएको आम चुनावमा उनको पार्टी आवामी लीगले दुई तिहाईको बहुमत प्राप्त गरेको छ । यससंगै उनी लगातार चौथो कार्यकालका लागि सत्ताको कमाण्ड सम्हाल्दै छिन् । १५ वर्षको अवधिमा भने उनको यो पाँचौ कार्यकाल हो । चुनावको नतिजा आज सार्वजनिक भएपनि उनले… Continue reading शेख हसिनाको नेतृत्वमा बंग्लादेशले फेरेको काँचुली
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
२३ पुष,एजेन्सी । माल्दिभ्सका मन्त्रीसहित केही अधिकारीहरुद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आपत्तिजनक टिप्पणीपछि भारत र माल्दिभ्सबीच अहिले जुहारी चलिरहेका बेला राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् । उनी पत्नी साजिदा मोहम्मदसहित आइतबार राती चीन भ्रमणमा निस्किएका हुन् । यो भ्रमण चीनका राष्ट्रपति सी जिंगपिंगको निमन्त्रणमा भएको हो । राष्ट्रपति मुइज्जूका साथ उच्च स्तरीय प्रतिनिधिमण्डल रहेको… Continue reading भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
चितवनमा बोरामा भेटिएको २ शवको डेढ महिनापछि पहिचान
२३ पुष,एजेन्सी । चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा भेटिएको एक महिला र पुरुषको शवको पहिचान भएको छ। चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ। दुबै जना भारतको मोतिहारीका बासिन्दा रहेका प्रहरीले जनाएको छ। उनीहरुका आफन्तले शवको सनाखत गरेको प्रहरीले बताएको छ । गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको… Continue reading चितवनमा बोरामा भेटिएको २ शवको डेढ महिनापछि पहिचान
एन्टोनी ब्लिंकेनले दिए गाजा युद्ध अन्यत्र फैलिने चेतावनी
२३ पुष,एजेन्सी । मध्यपूर्वको दौडाहामा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले गाजामा चलिरहेको युद्ध अन्य क्षेत्रमा पनि बढ्न सक्ने चेतावनी दिएका छन् । आइतबार यस्तो चेतावनी दिदै उनले यो युद्धले सिंगो पश्चिमी एशियाको सुरक्षालाई खतरा रहेको बताएका छन् । ब्लिंकेन अहिले इजरायलसहित अन्य अरब देशहरुको दौडाहामा आएका छन् । सोही क्रममा आइतबार दोहामा कतारका प्रधानमंत्री… Continue reading एन्टोनी ब्लिंकेनले दिए गाजा युद्ध अन्यत्र फैलिने चेतावनी
शेयर बजारमा हरियाली, कतिले बढ्यो ?
२३ पुष,काठमाण्डौ । आज कारोबारको दोस्रो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज… Continue reading शेयर बजारमा हरियाली, कतिले बढ्यो ?
११ बुँदे सहमतिपछि तेस्रो दिन उठाइयो जयशंकरको शव
२३ पुष,एजेन्सी । प्रहरीको गोली लागेर स्थानीय युवाको ज्यान गएपछि अशान्त बनेको सर्लाहीको बरहथवा सामान्य अवस्थामा फर्किएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमतिपछि गोली लागेर ज्यान गुमाएका बरहथवा नगरपालिका– ६ का युवा जयशंकर साहको शव उठाइएपछि बरहथवा सामान्य अवस्थातर्फ फर्किएको हो । आन्दोलित स्थानीयले राखेका मागको सम्बन्धमा स्थानीय स्तरमा सम्बोधन हुने… Continue reading ११ बुँदे सहमतिपछि तेस्रो दिन उठाइयो जयशंकरको शव
भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?
२३ पुष,विराटनगर । अहिले सामाजिक सञ्जालहरूमा एउटा हिन्दी चलचित्रले निकै चर्चा पाइरहेको छ– १२वीं फेल । यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्। सिनेमा हलहरूमा यो फिल्म सलमान खानको ’टाइगर’ सँगै भिडेको थियो। विक्रान्त मासे, मेधा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्ना लगायत कलाकारको मुख्य भूमिका रहेको… Continue reading भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?
काटिएको विद्युत तत्काल जोड्न अदालतले दिएन अन्तरिम आदेश
२३ पुष,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणसँग डेडिकेटेड र ट्रंकलाइन विवाद जारी रहँदा उद्योगमा काटिएको बिजुली तत्काल नजोडिने भएको छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुली काटेपछि अन्तरिम आदेश माग गर्दै अदालत पुगेका उद्योगीलाई अदालतले पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जिल्ला अदालत सुनसरीले विद्युत महसुल नतिरेका कारण लाइन काटिएको एक उद्योगमा ‘बिजुली जोडिदिनू’… Continue reading काटिएको विद्युत तत्काल जोड्न अदालतले दिएन अन्तरिम आदेश
पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?
२३ पुष,काठमाण्डौ । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा मात्रै पाँच वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर… Continue reading पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?
विपक्षीलाई थुनेर शेख हसिना फेरि विजयी
२३ पुष,एजेन्सी । विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने भएकी छन् । आइतबार भएको विवादास्पद चुनावमा विजयी हुँदै उनी लगातार चौंथो कार्यकाल प्रधानमन्त्री बन्न लागेकी हुन् । उनको पार्टी अवामी लिग र साझेदार दलहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन् । ३ सय सिट भए पनि… Continue reading विपक्षीलाई थुनेर शेख हसिना फेरि विजयी
फ्रेन्च कपमा गोल वर्षा ,एमबाप्पेको ह्याट्रिक,पीएसजीको ९ गोल
२३ पुष,एजेन्सी । स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा रान्डाल कोलो मुयनीले दुई गोल गरे । यस्तै, मार्को असेन्सियो, गोन्कालो रामोस, र चेर एन्डोउरले… Continue reading फ्रेन्च कपमा गोल वर्षा ,एमबाप्पेको ह्याट्रिक,पीएसजीको ९ गोल
त्रिविको उपकुलपति बन्न के चाहिन्छ योग्यता ?
२३ पुष,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि सोमबार पुनः आवेदन माग गरेको छ । गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएका थिए । छनोट तथा सिफारिस समितिले शुक्रबार प्रकाशन गरेको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष,… Continue reading त्रिविको उपकुलपति बन्न के चाहिन्छ योग्यता ?
कोशीमा फल्यो सबैभन्दा धेरै धान, अन्य प्रदेशमा कति फल्यो ?
२३ पुष,काठमाण्डौ । कृषि प्रदान देश नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी धान फलेको छ । चालु आर्थिक वर्षमा बर्खे धानवालीको उत्पादन बढेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै धान फलेको हो । यस वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक… Continue reading कोशीमा फल्यो सबैभन्दा धेरै धान, अन्य प्रदेशमा कति फल्यो ?
उत्तरबाट २ सय तोप प्रहार ,दक्षिणको गाउँ खाली
२३ पुष,एजेन्सी । वर्षाैदेखि छिमकी दक्षिण कोरियासँग शत्रुतापूर्ण सम्बन्ध अघि बढाइरहेको उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार… Continue reading उत्तरबाट २ सय तोप प्रहार ,दक्षिणको गाउँ खाली
काठमाडौंमा गाँजाको केक, बर्थ डे पार्टी कि गाँजा पार्टी ?
२२ पुष,काठमाण्डौ । केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पु¥याउने गरेका थिए । इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ… Continue reading काठमाडौंमा गाँजाको केक, बर्थ डे पार्टी कि गाँजा पार्टी ?
जापानमा भूकम्पको ५ दिनपछि ९० वर्षीया हजुरआमाको उद्धार
२० पुष, एजेन्सी । भनिन्छ जन्म र मृत्यु कसैको हातमा हुँदैन् । अहिले जापानमा यस्तै भनाइलाई स्मरण गर्ने गरी एक चमत्कारिक उद्धारको भएको छ । विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः निराशामा बदलिन्छ । तर भूकम्प गएपछि पाँच दिनसम्म नभेटिएपछि परिवारले माया मारिसकेकी एक ९० वर्षीय हजुरआमाको भग्नावशेषबाट जिवितै उद्धार गरिएको… Continue reading जापानमा भूकम्पको ५ दिनपछि ९० वर्षीया हजुरआमाको उद्धार
तीन महिनामा गाजामा के भयो ? इजरेली सेना के गर्दैछ ?
२२ पुष,विराटनगर । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासी घातक आक्रमण गरेपछि हमास र इजरायलबीच सुरु भएको युद्धको आज तीन महिना पूरा भएको छ । यो युद्धमा अहिलेसम्म १० नेपालीसहित २२ हजार ७०० बढिले ज्यान गुमाइसकेका छन्। यस्तै अझै पनि हमासको कब्जामा रहेका नेपालका विपिन जोशीसहित १३२ जनाको अवस्था अज्ञात छ… Continue reading तीन महिनामा गाजामा के भयो ? इजरेली सेना के गर्दैछ ?
शेखरले ४ माग्दा देउवाले ३ दिएपछि……….
२२ पुष,काठमाण्डौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलहरुमा जसोतसो सहमति जुटेपनि यसैलाई लिएर सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा भने चिसो बढेको छ । राष्ट्रिय सभा निर्वाचनको भागबन्डालाई लिएर फेरि एकपटक काँग्रेसमा गुटको टकराव बढेको छ । काँग्रेस संस्थापन इतर समूह पार्टी सभापति शेरबहादुर देउवासँग फायर भएको छ । इतर समूहले राष्ट्रिय… Continue reading शेखरले ४ माग्दा देउवाले ३ दिएपछि……….
ताइवानको चुनावले चीन र अमेरिकाको मुटु धड्कियो
२० पुष, एजेन्सी । ताइवानमा यही १३ जनवरीमा आम निर्वाचन हुँदैछ । उक्त चुनावबाट राष्ट्रपतिसँगै नयाँ सांसदहरुको चयन हुनेछ । स्वशासित द्वीप भए पनि ताइवानमा हुने यो चुनावलाई लिएर अहिले चीनदेखि अमेरिकासम्मले ध्यान केन्द्रित गरेका छन् । रणनीतिक र भूराजनीतिक रुपमा महत्त्वपूर्ण रहेको ताइवान र त्यहाँको चुनावको विषयलाई लिएर अहिले विश्व शक्तिहरुको ध्यान यो द्विपमाथि… Continue reading ताइवानको चुनावले चीन र अमेरिकाको मुटु धड्कियो
प्रचण्ड र देउवाले माधवलाई कसरी फकाए ?
२२ पुष, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम टुंगो लगाएको छ । आइतवार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीले ६ सिट लिने गरी सहमति गरेको थियो । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्मादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी र… Continue reading प्रचण्ड र देउवाले माधवलाई कसरी फकाए ?
१७१ यात्रु बोकेको बोइङ विमान आकाशमै कसरी भाँचियो ?
२२ पुष, एजेन्सी । अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो । संघीय उड्डयन प्रशासनका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ ७३७ म्याक्स… Continue reading १७१ यात्रु बोकेको बोइङ विमान आकाशमै कसरी भाँचियो ?
सूर्यको अध्ययन गर्न गएको आदित्य –L1गन्तव्यमा
२२ पुष, एजेन्सी । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । यो अन्तरिक्ष मिशन चार महिनापछि शनिवार अपराह्न आफ्नो निर्धारित लक्षमा पुगेको हो । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र… Continue reading सूर्यको अध्ययन गर्न गएको आदित्य –L1गन्तव्यमा
मोदीको लक्षद्वीप भ्रमणबाट माल्दिभ्स किन चिढियो ?
२२ पुष, एजेन्सी । माल्दिभ्सको राष्ट्रपति चीन समर्थित नेता विजयी भएपछि भारत र माल्दिभ्सबीचको सम्बन्ध बिग्रदै गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै लक्षद्वीप भ्रमणलाई लिएर माल्दिभ्सका केही नेताहरुबाट तिखो प्रतिक्रिया दिएका छन् । माल्दिभ्सका युवा सशक्तिकरण, सूचना र कला उपमन्त्री मरियम शिउनाले मोदीले लक्षद्वीप भ्रमणको तस्वीर पोस्ट गरेपछि अपमानजनक टिप्पणी गरेकी छन् ।… Continue reading मोदीको लक्षद्वीप भ्रमणबाट माल्दिभ्स किन चिढियो ?
नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट
२२ पुष, काठमाण्डौ । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले… Continue reading नेप्सेमा आज २६ दशमलव ३६ अङ्कको गिरावट
न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन
२० पुष,विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रोटरी क्लब अफ विराटनगर मिडटाउन सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी , ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा न्युरो अस्पतालका चिकित्सक, नर्सिगं स्टाफ , अन्य कर्मचारी तथा आम सर्वसाधारणबाट गरी ६० पिन्ट रगत संकलन भएको अस्पतालले जनाएको छ । उक्त कार्यक्रममा न्युरो… Continue reading न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन
उपकुलपतिको नियुक्ति प्रक्रिया किन रद्द भयो ?
२२ पुष, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ । विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०÷०९÷२० को सूचना रद्द गरिएको छ’, सूचनामा… Continue reading उपकुलपतिको नियुक्ति प्रक्रिया किन रद्द भयो ?
तीन महिना वित्यो, कहाँ छन् विपिन जोशी ?
२२ पुष, काठमाण्डौ । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायल भीषण युद्धमा होमिएको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित १२ सयले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो ।… Continue reading तीन महिना वित्यो, कहाँ छन् विपिन जोशी ?