‘खतरा ’भन्दै जब आफ्नै नागरिकमाथि इजरेलले गोली चलायो..

३० मंसिर,एजेन्सी । गाजाक्षेत्रमा आफ्नो शत्रु हमासलाई सिध्याउने भन्दै भीषण कारबाही जारी राखेको इजरायलले आफ्नै नागरिकको हत्या गर्न पुगेको छ । तर यसलाई उसले भुल भनेको छ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय… Continue reading ‘खतरा ’भन्दै जब आफ्नै नागरिकमाथि इजरेलले गोली चलायो..

भारत र श्रीलंकाका विदेशमन्त्री किन आउँदैछन् नेपाल ?

२९ मंसिर, काठमाण्डौ । भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । यसैगरि श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका… Continue reading भारत र श्रीलंकाका विदेशमन्त्री किन आउँदैछन् नेपाल ?

भारतसँग रुष्ट माल्दिभ्सले गर्याे सर्वेक्षण सम्झौता रद्द

२९ मंसिर,एजेन्सी । राष्ट्रपतिमा निर्वाचित भएपछि लगातार भारत विरोधी अडान देखाउँदै आएको मोहम्मद मोइज्जुको सरकारले भारतसँगको अर्काे महत्वपूर्ण सम्झौता पनि रद्द गरेको छ । माल्दिभ्सले भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता रद्द गरेको हो । दुई देशबीच जलविज्ञानको क्षेत्रमा सहयोग र अनुसन्धानका लागि यो सम्झौता भएको थियो । हालै राष्ट्रपति मोइज्जुले भारतलाई माल्दिभ्समा रहेका आफ्ना सेना फिर्ता… Continue reading भारतसँग रुष्ट माल्दिभ्सले गर्याे सर्वेक्षण सम्झौता रद्द

स्वास्थ्य बीमाबाट ३ महिनाको औषधि एकैपटक

२९ मंसिर,काठमाण्डौ । झन्झटिलो कागजी प्रक्रिया र अव्यवहारिक प्रावधान रहेको भन्दै स्वास्थ्य बीमाप्रति आम नागरिकको विश्वास गुम्दै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डले व्यवहारिकतालाई हेरेर दीर्घकालीन महत्वका महत्वपूर्ण निर्णयहरु गरेको छ । भर्खरै मात्रै बोर्डको नयाँ नेतृत्वमा आए अध्यक्ष डा. गुणराज लोहनीले अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउन विभिन्न सुधारका निर्णय गरेका छन् । उनका अनुसार… Continue reading स्वास्थ्य बीमाबाट ३ महिनाको औषधि एकैपटक

सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

२९ मंसिर,काठमाण्डौ । सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो । ’कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी… Continue reading सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

सचिनको सम्मान धोनीले पाए, जर्सी नम्बर ७ ‘रिटायर’ कारण के हो ?

२९ मंसिर,एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको छ । यसअघि नै बीसीसीआईले जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘रिटायर’ घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो । भारतीय क्रिकेटलाई विश्वकपको उपाधिसहित ब्यवसायिक खेल… Continue reading सचिनको सम्मान धोनीले पाए, जर्सी नम्बर ७ ‘रिटायर’ कारण के हो ?

उखुको मूल्य २५ रुपैयाँ बढ्यो, किसान भन्छन् लागत नै उठ्दैन

२९ मंसिर, एजेन्सी । सरकारले उखुको मूल्य तोक्न ढिलागरेपछि उधारोमा उखु बेचेका किसान उखुको मूल्य निर्धारण भएपछि झनै दुखी भएका छन् । सरकारले गएको वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल यसवर्ष २५ रुपैयाँले बढाएको छ । अहिले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ निर्धारण गरिएको छ । तर सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति सर्लाहीका उखु उत्पादक… Continue reading उखुको मूल्य २५ रुपैयाँ बढ्यो, किसान भन्छन् लागत नै उठ्दैन

अष्ट्रेलियामा बेरोजगारी बढ्यो, भिसामा कडाइ

२९ मंसिर,एजेन्सी । नेपालीसहित विदेशी विद्यार्थीहरुको प्रमुख गन्तब्य बन्दै आएको अष्ट्रेलियामा बेरोजगरी दर ह्वातै बढेको छ । रोजगारीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाकै उच्चतम स्तरमा पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ… Continue reading अष्ट्रेलियामा बेरोजगारी बढ्यो, भिसामा कडाइ

बालेन र हर्कको नियमित भेट, नयाँ शक्ति बनाउने ?

२९ मंसिर,काठमाण्डौ । मुलधारका राजनीतिक दलहरुले आगामी ०८४ को निर्वाचनका लागि बहुमत हासिल गर्ने लक्ष्य सहित विभिन्न कार्यक्रमका साथ मिसन ८४ अभियानको वकालत गरिरहेका बेला गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका दुई मेयरहरुले भने नयाँ शक्ति निमार्ण गर्ने जनाउँ दिएका छन् । स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित बालेन्द्र शाह बालेन शाहसँग… Continue reading बालेन र हर्कको नियमित भेट, नयाँ शक्ति बनाउने ?

सरकारविरुद्ध अदालत गएका वाणिज्य बैंकहरुले हारे मुद्दा

२९ मंसिर ,काठमाण्डौं । एफपीओ र मर्जर÷एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्धको मुद्दा वाणिज्य बैंकहरूले हारेका छन् । बैंकसँगै बीमा कम्पनीहरु पनि सरकारविरुद्ध मुद्दामा गएका थिए । बैंक र बीमा कम्पनीहरुले हालेको सामूहिक मुद्दामा दुई दिनको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला दिएको हो । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,… Continue reading सरकारविरुद्ध अदालत गएका वाणिज्य बैंकहरुले हारे मुद्दा

७ महिनापछि जेलमुक्त हुँदै पूर्व गृहमन्त्री खाँण

२९ मंसिर ,काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता… Continue reading ७ महिनापछि जेलमुक्त हुँदै पूर्व गृहमन्त्री खाँण

आज सुन–चाँदीको मुल्यमा वृद्धी, कतिमा हुँदैछ कारोबार ?

२९ मंसिर ,काठमाण्डौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक… Continue reading आज सुन–चाँदीको मुल्यमा वृद्धी, कतिमा हुँदैछ कारोबार ?

ओलीमाथि मुक्का हान्ने प्रयास , सुरक्षाका लागि ३९ पक्राउ

२८ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको १५औँ दिन धनकुटा पुगेको अध्यक्ष ओलीसहितको कार्यक्रममा महेश राई नाम गरेका व्यक्तिले अवरोध गर्न खोजेको छन्। मदिरा सेवन गरेर एमालेको कार्यक्रममा पुगेका उनले ओलीमाथि हातपातको प्रयास गर्न… Continue reading ओलीमाथि मुक्का हान्ने प्रयास , सुरक्षाका लागि ३९ पक्राउ

बालेनले बनाएको कानून अदालतले खारेज गरिदियो

२८ मंसिर,काठमाण्डौ । बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकामा रहेका निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने गरी महानगरले बनाएको कानुन सर्वाेच्च अदालतले खारेज गरिदिएको छ। बिहीबार बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासले निजी भवनमा पार्किङ शुल्क उठाउन नपाउने आदेश गरेको हो। सम्पत्ति उपभोग गर्ने… Continue reading बालेनले बनाएको कानून अदालतले खारेज गरिदियो

संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा

२८ मंसिर,काठमाण्डौ । कन्चनपुरको भीमदत्त नगरपालिकाको संविधान चोक क्षेत्रमा प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान चोकमा महेन्द्र शाहको शालिक स्थापना गर्न खोजेपछि प्रशासनले एक सूचना जारी गर्दै एक सातासम्मका लागि भेला हुन निषेध गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचना अनुसार उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी… Continue reading संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा

आज नेप्सेमा ६.५५ अंकको वृद्धि

२८ मंसिर,काठमाण्डौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंक बढेर बन्द भएको छ । दिनभर तीव्र उतारचढाव भएको नेप्से परिसूचक अन्तिममा ०.३२ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।यस क्रममा आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर… Continue reading आज नेप्सेमा ६.५५ अंकको वृद्धि

भारतभन्दा नेपालमा मूल्यवृद्धि कम, कात्तिक महिना सस्तो

२८ मंसिर,एजेन्सी । गएको कात्तिक महिनामा नेपालमा महँगी घटेको पाइएको छ । असोजको तुलनामा कात्तिकमा महँगी ०.२२ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकमा गत वर्षभन्दा ५.३८ प्रतिशतले महँगी बढेको छ । गत वर्षको कात्तिकमा ८.०८ प्रतिशतले महँगी बढेको थियो । २०७८ फागुनमा रुस–युक्रेन युद्ध सुरु हुनुका साथै राष्ट्र बैंकले… Continue reading भारतभन्दा नेपालमा मूल्यवृद्धि कम, कात्तिक महिना सस्तो

कात्तिकमा भित्रियो १ खर्ब १२ अर्ब रेमिटेन्स

?????????????????????????????????????????????????????????

२८ मंसिर,काठमाण्डौ । अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका सूचकमा निरन्तर सुधार देखिएको हो । कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो वर्षको चार महिनामा रेमिटेन्स… Continue reading कात्तिकमा भित्रियो १ खर्ब १२ अर्ब रेमिटेन्स

नेपाली खेलाडी न ipl मा न psl मा

२८ मंसिर,एजेन्सी । विश्वको ठूलो भारतीय क्रिकेट फ्रेन्चाइज आइपिएलको अक्सनमा नबिकेका नेपाली क्रिकेट खेलाडी पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेर पनि कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन सकेनन् । बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन् । यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल… Continue reading नेपाली खेलाडी न ipl मा न psl मा

च्याम्पियन्स लिगमा अन्तिम १६ को समीकरण पूरा

२८ मंसिर,एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु गएराति सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समूह बिबाट आर्सनल र पीएसभी, समूह सीबाट रियल मड्रिड र नापोली, समूह डी बाट रियल सोसियडाड… Continue reading च्याम्पियन्स लिगमा अन्तिम १६ को समीकरण पूरा

भारतमा नबिकेका नेपाली खेलाडीलाई पाकिस्तानले पनि किनेन

२८ मंसिर, एजेन्सी । विश्वको ठूलो भारतीय क्रिकेट फ्रेन्चाइज आइपिएलको अक्सनमा नबिकेका नेपाली क्रिकेट खेलाडी पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेर पनि कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन सकेनन् । बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन् । यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि… Continue reading भारतमा नबिकेका नेपाली खेलाडीलाई पाकिस्तानले पनि किनेन

अब केन्या जान भिसा नचाँहिने

२८ मंसिर,एजेन्सी । अफ्रिकी राष्ट्र केन्याले आगामी जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो । राष्ट्रपति विलियम रुटोले राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरेका हुन् । रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक… Continue reading अब केन्या जान भिसा नचाँहिने

आज उल्का वर्षा,नेपालबाट पनि देखिने, कतिबेला हेर्ने ?

२८ मंसिर,एजेन्सी । आज राति नेपालबाट पनि उल्का वर्षाको मनोरम दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । आज राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिन सक्ने सम्भावना रहेको खगोलविद्हरूले जनाएका छन् । यो वर्ष मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस… Continue reading आज उल्का वर्षा,नेपालबाट पनि देखिने, कतिबेला हेर्ने ?

प्रतितोला २८ सय रूपैयाँले बढ्यो सुनको भाउ

२८ मंसिर ,काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ बिहीबार बढेको छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार… Continue reading प्रतितोला २८ सय रूपैयाँले बढ्यो सुनको भाउ

२०८० साल भित्र टिकटक नखुल्ने , प्रतिबन्धविरुद्धको सुनुवाइ ०८१मा

२८ मंसिर, काठमाण्डौ । चिनियाँ ‘सर्ट टर्म भिडियो होस्टिङ’ सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धको फैसला अब २०८१ सालमा मात्रै हुने भएको छ । सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष (२०८० सालभित्र) सुनुवाइ नहुने भएको छ। वुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सरेपछि सुनुवाइको पालो अर्को… Continue reading २०८० साल भित्र टिकटक नखुल्ने , प्रतिबन्धविरुद्धको सुनुवाइ ०८१मा

मोरङमा रहेको प्रहरी अस्पताल एक रातामा कसरी इनरुवा पुग्यो ?

२८ मंसिर,विराटनगर । मोरङको बेलबारीमा रहेको नेपाल प्रहरीको कोशी प्रादेशिक अस्पताल रातारात सुनसरी सदरमुकाम इनरुवा सारिएको छ । बेलबारी नगरपालिका–३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल संचालनमा आएको ९ महिनापछि मंगलबार मध्यराति स्थानीय पालिकासँग कुनै समन्वय नगरी इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सारिएको हो । नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल २०७९ फागुन १०… Continue reading मोरङमा रहेको प्रहरी अस्पताल एक रातामा कसरी इनरुवा पुग्यो ?

मार्न आदेश दिइएको धुर्बे हात्तीको दाह्रा काटियो

२६ मंसिर, काठमाण्डौ । चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा काटेर स्याटलाइट कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर स्याटलाइट कलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा स्याटलाइट कलर जडान गरिएको छ ।… Continue reading मार्न आदेश दिइएको धुर्बे हात्तीको दाह्रा काटियो

फेब्रुअरी १ मा रोनाल्डो भर्सेस मेसी

२६ मंसिर, एजेन्सी । अमेरिकी मेजर लिग सकर (एमएलएल)को टिम इन्टर मियामीले प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियन क्लब अल नासर र अल हिलालसँग खेल्ने भएको छ । मियामीले मंगलबार सामाजिक सञ्जालमार्फत प्रि–सिजन एसिया भ्रमणमा साउदी अरेबियाका दुई शीर्ष क्लबसँग खेल्ने पुष्टि गरेको हो । योसँगै फुटबल खेलका दुई महान हस्ती लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डो… Continue reading फेब्रुअरी १ मा रोनाल्डो भर्सेस मेसी

प्रचण्डले आफूलाई तुलना गरेका सम्राट आशोक को थिए ?

२६ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् । युद्धबाट शान्तिमा आएका आशोक र आफूबीच एक खालका संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए । ‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका… Continue reading प्रचण्डले आफूलाई तुलना गरेका सम्राट आशोक को थिए ?

युक्रेनका ४ क्षेत्रमा रुसले राष्ट्रपति निर्वाचन गर्ने

Russia vs Ukraine. Thick colored silky flags of Russia and Ukraine. 3D illustration on sky background. – Illustration

२६ मंसिर,एजेन्सी । क्रेमलिनले गत वर्ष कब्जा गरेको भन्दै दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले आगामी वर्ष मार्च १५ देखि १७ सम्म युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने बताएको हो । ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन । सरकारी… Continue reading युक्रेनका ४ क्षेत्रमा रुसले राष्ट्रपति निर्वाचन गर्ने

पुटिनले गरे २ नयाँ आणविक पनडुब्बीको निरीक्षण

२६ मंसिर,एजेन्सी । रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई आणविक पनडुब्बीको झण्डा फहराउने समारोहमा सहभागी भए। पुटिन सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी शहर सेभेरोडभिन्स्क पुगेका थिए । पुटिनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा वर्णन गरेका… Continue reading पुटिनले गरे २ नयाँ आणविक पनडुब्बीको निरीक्षण

आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

२६ मंसिर, काठमाण्डौ । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको… Continue reading आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

न्युरो अस्पतालको ब्राण्ड नाम कसले चोरी गर्याे ?

२६ मंसिर, विराटनगर। विराटनगर–१० स्थित न्यूरो कार्डिओ एण्ड मल्टिस्पेशियालिटी प्रा.लि.ले आफ्नो ब्राण्ड नाम (न्युरो अस्पताल)को दुरुपयोग गरी अस्पतालसँग मिल्दोजुल्दो नाम र विज्ञापन राखी अन्य अस्पतालले आफ्नो ब्राण्ड र सेवाहरुबारे गलत प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ब्राण्ड नाम (न्युरो हस्पिटल)लाई अन्य नयाँ खुलेका अस्पतालहरुले प्रयोग गरेको भन्दै… Continue reading न्युरो अस्पतालको ब्राण्ड नाम कसले चोरी गर्याे ?

२०२३ मा रोनाल्डोले गरे ५०औं गोल

२६ मंसिर,एजेन्सी । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पूरा गरेका छन् । साउदी अरेबियामा अल नासरका लागि उनले अल सहवाबविरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पूरा गरेका हुन् । रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५–२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो । उनले अल नासरको… Continue reading २०२३ मा रोनाल्डोले गरे ५०औं गोल

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका १० खेलाडी

२६ मंसिर,काठमाण्डौ । नेपाली क्रिकेट टोलीका १० खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका छन् । जसमा सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल… Continue reading पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका १० खेलाडी

एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

२६ मंसिर,काठमाण्डौ । दूरसंचार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।… Continue reading एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

२६ मंसिर,एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) २०२४ को अक्शनका लागि ‘प्लेयर लिस्ट’ जारी भएको छ । अक्सनमा दर्ता गरेका कुनै पनि नेपाली खेलाडी प्लेयर लिस्टमा अटाउन सकेनन् । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेल्दै उत्कृष्ट प्रदर्शन… Continue reading बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

सुनको मूल्य घट्दा चाँदीको स्थिर,कतिमा हुँदैछ कारोबार?

२६ मंसिर,काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ र मंगलबार प्रतितोला सात सय रूपैयाँ गरी सुनको मूल्य तीन दिनमा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार… Continue reading सुनको मूल्य घट्दा चाँदीको स्थिर,कतिमा हुँदैछ कारोबार?

पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

२५ मंसिर, एजेन्सी । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ ।… Continue reading पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी

दाङका प्रतिक पुन पनि युक्रेनी सेनाको नियन्त्रणमा

२५ मंसिर,एजेन्सी। रुस–युक्रेनयुद्ध जारी रहँदा दुवैतर्फ गरि सयौंको संख्यामा नेपालीहरु सेनामा भर्ती भएको खुलेको छ । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएका हुन् । उनले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताएका छन् । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री… Continue reading दाङका प्रतिक पुन पनि युक्रेनी सेनाको नियन्त्रणमा

इजरायल र हमासबीच फेरि युद्धविराम हुनसक्छ ?

२५ मंसिर,एजेन्सी । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको बताएका छन् । उनले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताएका हुन् । तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको पनि उनी बताउँछन् । यसअघि कतारकै प्रयासमा… Continue reading इजरायल र हमासबीच फेरि युद्धविराम हुनसक्छ ?

आज नेप्सेमा १५ अंकको गिरावट

२५ मंसिर,काठमाण्डौ । मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । आइतबार बजार खुलेलगत्तै आक्रामक बनेको बजारमा १११ अंकको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन पुनः नेप्से सूचक १५।४० अंकले घटेर १९ सय ४८.५७ अंकमा झर्न पुगेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षाले ५० लाख रुपैयाँ… Continue reading आज नेप्सेमा १५ अंकको गिरावट

भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

२५ मंसिर,काठमाण्डौ । जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६… Continue reading भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

कंग्रेस सांसदको कम्पनीमा छापा, ३५१ करोड बरामद

२५ मंसिर,काठमाण्डौ । भारतमा नरेन्द्र मोदीको सरकार विपक्षी दललाई जसरी पनि काबुमा राख्ने रणनीतिमा छ । कहिले बोलेकै भरमा विपक्षी दलहरुका सांसदहरु पक्राउ पर्छन् त कहिले छानीछानी विपक्षी दलका नेताहरुमाथि त्यहाँको भाजपा सरकारले छापा मार्दै आएको छ । यसैबीच पछिल्लो पटक आयकर विभागले भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीमा छापा मारेको छ ।… Continue reading कंग्रेस सांसदको कम्पनीमा छापा, ३५१ करोड बरामद

अस्पतालले मृत घोषणा गरेका ब्यक्ति जिवितै प्रकरण

२५ मंसिर,विराटनगर । विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको भन्ने खबरले अहिले सनसनी मच्चिएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा… Continue reading अस्पतालले मृत घोषणा गरेका ब्यक्ति जिवितै प्रकरण

कोरियाको पानीजहाज कम्पनीमा नेपाली, कति हुन्छ तलब ?

२५ मंसिर,एजेन्सी । दक्षिण कोरियामा पानीजहाज कम्पन्नीका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका आवेदकमध्ये करिब ४ हजार १ सय जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार भाषा परीक्षाका लागि ३५ हजार जनाभन्दा बढीले फारम भरेकामा ३२ हजार जतिले जाँच दिएका थिए । त्यो भनेको जाँच दिएकामध्ये करिब १३ प्रतिशत भाषा परीक्षामा… Continue reading कोरियाको पानीजहाज कम्पनीमा नेपाली, कति हुन्छ तलब ?

बाहुबली स्टार प्रभावको सालारमा मेनुकाको स्वर

२५ मंसिर, एजेन्सी । विश्वस्तरीय सांगितीक फ्रेन्चाइज शोको भारतीय संस्करण इन्डियन आइडल प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। यो प्लेटफर्मले धेरै गायक गायिकाहरूलाई संगीत क्षेत्रमा उच्च स्थानमा पुर्याएको छ । अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी नेपालकी गायिका मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ । मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा… Continue reading बाहुबली स्टार प्रभावको सालारमा मेनुकाको स्वर

आज पनी सुन–चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२५ मंसिर,एजेन्सी । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको… Continue reading आज पनी सुन–चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बाइडेनका छोरा हंटरले सबैभन्दा मूर्ख बुद्धिमान भनेपछि मस्कबीच वाकयुद्ध

२५ मंसिर,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हंटर बाइडेन र टेस्ला एवं स्पेसएक्सका मालिक इलोन मस्कबीच वाकयुद्ध छेडिएको छ । हंटरले मस्कलाई विश्वकै सबैभन्दा मूर्ख बुद्धिमान व्यक्ति भनेका छन् । उनले मस्कलाई लोकतन्त्र वा अभिव्यक्ति स्वतन्त्रताको कुनै मतलब नै नरहेको आरोप लगाएका छन् । हंटरले मस्कमाथि गलत जानकारी फैलाएको पनि आरोप लगाएका छन् ।… Continue reading बाइडेनका छोरा हंटरले सबैभन्दा मूर्ख बुद्धिमान भनेपछि मस्कबीच वाकयुद्ध

जोगबनीमा विराटनगरका युवकमाथि  कसले हान्यो गोली ?

२५ मंसिर,विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको सीमावती भारतीय भूमि जोगबनीमा एक नेपाली युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आइतबार साँझ जोगबनीमा दैनिक उपभोग्य खाद्यवस्तु किन्न गएका विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।… Continue reading जोगबनीमा विराटनगरका युवकमाथि  कसले हान्यो गोली ?

प्रचण्डसंग सल्लाहकार नै असन्तुष्ट, गजुरेलले दिए राजीनामा

२५ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समेत जोडेर हेरिरहेका बेला राजनीतिक सल्लाहाकार बाहिरिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएका हुन् । उनी मन्त्री सहरको सेवा सुविधा तथा वरियतामा रहने गरी राजनीतिक सल्लाहकारको भूमिकामा थिए । उनले सल्लाहाकारका… Continue reading प्रचण्डसंग सल्लाहकार नै असन्तुष्ट, गजुरेलले दिए राजीनामा

यूकेमा फैलियो100 Days Cough, अलर्ट जारी

२४ मंसिर, एजेन्सी । पछिल्लो पटक चीनमा स्वासप्रस्वास सम्बन्धि संक्रमण फैलिएको खबरहरु आइरहँदा उता संयुक्त अधिराज्य बेलायतमा पनि स्वास्थ्य विशेषज्ञहरुले एक तिव्र संक्रामक रोगका लागि अलर्ट जारी गरेका छन् । साथै मानिसहरुलाई सतर्क रहन पनि अपिल गरेका छन् । चिकित्सकहरुका अनुसार यो रोगको नाम ’पर्टुसिस वा वूपिंग कफ’ हो । यो रोगमा मानिसहरुलाई १०० दिनसम्म खोकी… Continue reading यूकेमा फैलियो100 Days Cough, अलर्ट जारी

चीन र फिलिपिन्स समुद्रमै भिडे, जहाज धकेलाधकेल

२४ मंसिर, एजेन्सी । दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको स्थिति देखिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो । तर यो तनावलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप भएको छ । चीनले यो घटनाको दोषी फिलिपिन्स भएको जनाएको छ… Continue reading चीन र फिलिपिन्स समुद्रमै भिडे, जहाज धकेलाधकेल

महावीरले बनाए फालिएका प्लास्टिकबाट डन्डी बनाउने मेसिन

२४ मंसिर, काठमाण्डौ । फालिएका प्लास्टिकलाई धुलो बनाउने र त्यसलाई पगालेर डन्डीहरु बनाई बलियो फर्निचर बनाउने मेसिन राष्ट्रिय आविष्कार केन्द्रमा बन्यो । प्लास्टिकलाई धुलो बनाउने एउटा मेसिनले प्रति घण्टा ५० किलोग्राम सम्म प्लास्टिक धुलो पार्छ। धुलो प्लास्टिकलाई पगालेर पेल्ने मेसिनले प्रति घण्टा ४० किलोग्राम सम्म प्लास्टिकको डण्डा निकाल्न सक्छ आविष्कार केन्द्रमा बनेका यी दुवै मेसिनको… Continue reading महावीरले बनाए फालिएका प्लास्टिकबाट डन्डी बनाउने मेसिन

विश्व नेताहरुमा मोदी नम्बर वान, कसरी भए ?

२४ मंसिर,एजेन्सी । विश्व राजनीतिमा प्रमुख निर्णायक बन्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक विश्व नेताहरुको शीर्षस्थानमा पुगेका छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणका अनुसार, पीएम मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा पुगेका हुन् । उनले ७६ प्रतिशतको अनुमोदन रेटिंग पाएका छन् । अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार… Continue reading विश्व नेताहरुमा मोदी नम्बर वान, कसरी भए ?

३९ वर्ष कैद गर्नुपर्ने ५ यातायातका पूर्वकर्मचारी ३ दिनमै छुटे

२४ मंसिर, काठमाण्डौ । राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएर कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्व कर्मचारी बन्दीप्रत्यक्षीकरणपछि छुटेका छन् । मोरङ प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई सोमबार साझ पक्राउ गरेको थियो । विशेष अदालत… Continue reading ३९ वर्ष कैद गर्नुपर्ने ५ यातायातका पूर्वकर्मचारी ३ दिनमै छुटे

गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

२४ मंसिर,एजेन्सी । बलिउड चलचित्र उद्योगका तीन दिग्गज कलाकारहरु गुट्खाको प्रचार गरेपछि सरकारको नजमा तल परेका छन् भने कानूनी झमेलामा समेत फसेका छन् । गुट्खा कम्पनीका लागि विज्ञापनमा खेलेको भन्दै बलिउड सुपरस्टार शाहरुख खान, अक्षय कुमार र अजय देवगनलाई भारतीय केन्द्र सरकारले पत्र काटेको छ । यस मामिलामा एक निवेदनको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको… Continue reading गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

२४ मंसिर,काठमाण्डौ । गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सकारातमक सर्किट लागेको छ । आइतवारको प्रि ओपन शेयरमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से… Continue reading शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

१०६ रन जोडेका जमसिद नेपालाई भारी

२४ मंसिर, एजेन्सी । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। दुबईको आइसिसी ओभल–२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रनमा अलआउट भयो। अफगानिस्तानका जमसिद जार्दानले शतक प्रहार गरे। अन्तिम ओभरसम्म उनले १०६ रन जोडे। उनले १५२ बलमा ८ चौका प्रहार गरे। जाम्सीदले चौथो… Continue reading १०६ रन जोडेका जमसिद नेपालाई भारी

जब उडिरहेको तारा एयरको ढोकाको सिसा खस्यो………..

२४ मंसिर, काठमाण्डौ । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।उक्त जहाजको आपतकालीन ढोकाको… Continue reading जब उडिरहेको तारा एयरको ढोकाको सिसा खस्यो………..

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गयो, ३१ जना बिरामी

२४ मंसिर, लमजुङ । लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा भोज खाएकामध्ये एक जनाको ज्यान गएको छ । भाज खाएका अन्य २९ जना बिरामी परेका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी… Continue reading लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गयो, ३१ जना बिरामी