सन्दीप र ललित बिबिएलको ड्राफ्टमा

१२ भदौ, विराटनगर । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ‘ड्राफ्ट’ मा नेपालका दुई खेलाडी परेका छन् । बिबिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी परेका हुन् । बिबिएलले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’ को सुचीमा सन्दीप र ललित अटाएका हुन् । ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन् । जसबाट… Continue reading सन्दीप र ललित बिबिएलको ड्राफ्टमा

सन्दीप संर्घष गरेर वेस्टइन्डिज पुगे अनि कीर्तिमान बनाए

३ असार, विराटनगर । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै शतक विकेट पूरा गरेका हुन् । जारी विश्वकप सुरु हुदासम्म सन्दीपको विश्वकप खेल्ने संभावना सकिसकेको आकलन गरिएको थियो । दुई पटकसम्म प्रयास गर्दा समेत अमेरिकाले भिसा नदिएपछि सन्दीपले समेत विश्वकप… Continue reading सन्दीप संर्घष गरेर वेस्टइन्डिज पुगे अनि कीर्तिमान बनाए

सन्दीप लामिछानेको पुनरावेदनमा आजदेखि सुनुवाइ

३ वैशमख , काठमाण्डौ । उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ।उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मुद्दालाई एकैसाथ राखेर उच्चले सुनुवाइ गर्ने भएको छ।… Continue reading सन्दीप लामिछानेको पुनरावेदनमा आजदेखि सुनुवाइ

अस्पतालको बेडबाट पनि क्रिकेट हेर्दै सन्दीप

९ फागुन , काठमाण्डौ । नेपाल क्रिकेटका लागि सन्दीप लामिछाने इतिहासको कुनै पनि कालखण्डमा पनि नविर्सिने नाम हो । अहिले भने यी क्रिकेटर अदालतको आदेशपछि क्रिकेटभन्दा बाहिर छन् । बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भएपछि नेपाल क्रिकेटको कप्तान समेत रहिसकेका सन्दीप नेपाल क्रिकेट संघ क्यानबाट निलिम्बत छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उनी उच्च अदालतमा पुनरावेदन… Continue reading अस्पतालको बेडबाट पनि क्रिकेट हेर्दै सन्दीप

सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

१६ माघ ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्यामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । जसमा अदालतले सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को आडमा बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको… Continue reading सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?

सन्दीप एसिया कप खेल्न आज टोलीसँग पाकिस्तान नजाने

५ भदौ, काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जाँदैछन् । तर सन्दीप टोलीसँग पाकिस्तान नजाने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका छन् ।… Continue reading सन्दीप एसिया कप खेल्न आज टोलीसँग पाकिस्तान नजाने

सन्दीपको केसमा भएन फैसला/‘गौशाला २६’की आमाको जन्ममिति पनि दुईवटा

३२ साउन, काठमाण्डौ । नाबालिगलाई बलात्कार गरेको कसुर लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला आज पनि आउन सकेन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी परे पनि फैसला भएन। इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्ने आदेश गरेको छ। न्यायाधीश खतिडवाले पीडित किशोरीकी आमाको जन्ममिति २ खालको देखिएको भन्दै… Continue reading सन्दीपको केसमा भएन फैसला/‘गौशाला २६’की आमाको जन्ममिति पनि दुईवटा

जन्मदिनमा सन्दीप बने म्यान अफ द म्याच

१८ साउन, एजेन्सी । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बधाई दिएको छ । सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै उनको टोली सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । सन्दीपले निकै किफायती बलिङ गर्दै चार… Continue reading जन्मदिनमा सन्दीप बने म्यान अफ द म्याच

अदालतको पेसी सर्याे सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

२१ जेठ,काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा… Continue reading अदालतको पेसी सर्याे सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

सन्दीपका लागि युएई जाने बाटो खुलेन, आइतबार सुनुवाइ

१२ फागुन, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुनः सुनुवाइ हुने गरि आदेश दिएको छ। आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि… Continue reading सन्दीपका लागि युएई जाने बाटो खुलेन, आइतबार सुनुवाइ

सन्दीप फेरि अदालत पुगे, विदेश जान पाउनु पर्ने माग

८ फागुन, काठमाण्डौ । धरौटीमा छुटेका राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । विदेशी भूमिमा राष्ट्रिय टिमबाट खेल्न फैसलाबाट अवरोध पुगेपछि उनी सर्वाेच्च पुगेका हुन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका… Continue reading सन्दीप फेरि अदालत पुगे, विदेश जान पाउनु पर्ने माग

६ महिनापछि फर्किएका सन्दीपले ३ विकेट लिए/ खसाले आँशु

२ फागुन , काठमाण्डौ । बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन्। दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएका हुन्। सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनको बाँकी ४ ओभरमा प्रदर्शन खस्किएको थियो। खेलको ४९ र… Continue reading ६ महिनापछि फर्किएका सन्दीपले ३ विकेट लिए/ खसाले आँशु

सन्दीपसँग क्रिकेट खेल्न नामिबिया र स्कटल्याण्ड तयार

२६ माघ,एजेन्सी । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा धरौटीमा रिहा भएपछि उनीमाथिको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवासँग उनी अहिले नियमित क्यानको प्रशिक्षणमा सहभागि भइरहेका छन् । अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा निलम्बन फुुकुवा भएको भन्दै विरोध समेत भईरहेको अवस्थामा उनले निलम्बन फुकुवापछि पहिलो पटक कीर्तिपुरमा नामिबिया र स्कटल्याण्ड विरुद्धको घरेलु… Continue reading सन्दीपसँग क्रिकेट खेल्न नामिबिया र स्कटल्याण्ड तयार

के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?

२३ माघ, काठमाण्डौ । भारतका मोन्टी देसाई औपचारिकरुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम गर्दै देसाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो । क्यानले देसाईसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । प्रक्रियागत ढिलाइका कारण आज सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको… Continue reading के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?

सन्दीप र क्यानविरुद्ध लाग्यो बहिस्कारको नारा

२१ माघ, बाठमाण्डौ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो । शनिबार पनि क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजित… Continue reading सन्दीप र क्यानविरुद्ध लाग्यो बहिस्कारको नारा

सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

१५ माघ, काठमाण्डौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए । उनका… Continue reading सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

१३ माघ, एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ । यसअघि सन्दीपलाई राष्ट्रिय… Continue reading क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

१२ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि निलम्बन गरेका नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेट मैदानमा फर्किने बाटो खुलेको छ । सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने भएको छ। आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका छन् । ‘आईसीसीले… Continue reading सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

९ माघ, काठमाण्डौ । नाबालिकालाई जबरजस्तीकरणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामा पठाउँदै जिल्ला अदालतले आजका लागि पेशी तोकिएको थियो । उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताएका छन् । जिल्ला अदालतको अन्तिम फ्रसला… Continue reading सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

के सन्दीपले क्रिकेट छोड्न लागेका हुन् ?

६ माघ, काठमाण्डौ । बलात्कार आरोपपछि पूर्वपक्षका लागि कारगार पठाइएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि अहिले सन्दीप परिवारका साथ समय विताइरहेका छन् । उनी धरौटीमा छुटे लगत्तै उनका कानून व्यवसायीले समेत उनलाई क्रिकेट टिमममा फर्काउने बारे नेपाल क्रिकेट संघले सोच्नु पर्ने बताउदै क्रिकेट टिममा फर्काउन… Continue reading के सन्दीपले क्रिकेट छोड्न लागेका हुन् ?

सन्दीपले न्यायाधीशका अघि खोले होटल जानुको रहस्य

२४ असोज, एजेन्सी । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेको विषयमा उनले अदालतमा दिएको बयानले के उनलाई फसाइएको हो त भन्ने प्रश्न उठाउनेहरुलाई एउटा जवाफ दिएको छ । सन्दीपले न्यायाधीश समक्ष आफूलाई आरोप लगाउने पीडित नाबालिका भनिए पनि उनको उमेर १९ वर्ष भएको र आफूले नभई यवुतीकै इच्छामा होटलसम्म गएको बयान अदालतसमक्ष दिएका छन्… Continue reading सन्दीपले न्यायाधीशका अघि खोले होटल जानुको रहस्य

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति/आरोप लगाउने युवतीका दुई जन्मदर्ता

२४ असोज, काठमाण्डौ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै… Continue reading सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति/आरोप लगाउने युवतीका दुई जन्मदर्ता

सन्दीपले भने, ‘२० गते नेपाल आइपुग्छु’

१५ असोज,एजेन्सी । सानो उमेर र छोटो अवधिमा अन्तर्राष्ट्रिय जगतमा चम्किएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने यतिखेर इन्टरपोलको खोजीमा छन् । उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ । क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगेको बेला उनीमाथि यो आरोप लागेको हो । आरोप लागेपछि आफू निर्दोश रहेको र छिटै नेपाल आएर त्यसको… Continue reading सन्दीपले भने, ‘२० गते नेपाल आइपुग्छु’

सन्दीप विक्षिप्त र अस्वस्थ र षड्यन्त्रको शिकार

१० असोज, काठमाण्डौ । बलात्कारको आरोपसहित एक १७ वर्षीया नाबालिकले प्रहरीमा जाहेरी दिएपछि प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । वेस्टइन्डिजबाट नेपाल फर्किने बताएको झन्डै तीन साता पुग्न लाग्दा समेत प्रहरी र क्रिकेटसंघको सम्पर्केमा नरहेका सन्दीपका बारेमा विभिन्न… Continue reading सन्दीप विक्षिप्त र अस्वस्थ र षड्यन्त्रको शिकार

सन्दीपलाई इन्टरपोलबाट पक्राउ गर्ने प्रक्रिया सुरु

२ असोज , काठमाण्डौ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसकेपनि लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न… Continue reading सन्दीपलाई इन्टरपोलबाट पक्राउ गर्ने प्रक्रिया सुरु

सन्दीपका बारेमा रिमा विश्वकर्माले के भनिन् ?

२७ भदौ ,काठमाण्डौ । नाबालिका बलात्कारको आरोपमा प्रहरी अनुसन्धानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । रिमाले नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेसँग जोडिएको विषय अनुशन्धानकै क्रममा रहेका बेला कालो… Continue reading सन्दीपका बारेमा रिमा विश्वकर्माले के भनिन् ?

सन्दीप अध्यागमनको कालोसूचीमा, प्रहरी ‘अलर्ट’

२६ भदौ ,काठमाण्डौ । नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी विभागले कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’… Continue reading सन्दीप अध्यागमनको कालोसूचीमा, प्रहरी ‘अलर्ट’

बलात्कार आरोपले सन्दीपलाई क्रिकेट खेल्न समस्या छैन्

२३ भदौ , काठमाण्डौ । नाबालिक बलात्कारको अरोपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । अब जुनसुकै बेला पनि लामिछाने पक्राउ पर्न सक्छन् । तर सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन् । लामिछानेले आफूमाथि लागेको आरोपबारे जमैका तलवाज क्लबलाई पनि जानकारी… Continue reading बलात्कार आरोपले सन्दीपलाई क्रिकेट खेल्न समस्या छैन्

सन्दीप लामिछाने लाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंद्धारा अनुमति प्रदान

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै… Continue reading सन्दीप लामिछाने लाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंद्धारा अनुमति प्रदान

सन्दीपले भने, ‘म बेकसुर छुँ’

२३ भदौ , काठमाण्डौ । नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथिको लागेको आरोपको खण्डन गरेका छन् । उनले आफू निर्दोष रहेको बताउँदै नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले… Continue reading सन्दीपले भने, ‘म बेकसुर छुँ’

होटलको सिसिटिभी फुटेजमा देखिए सन्दीप

२२ भदौ , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानका लागि प्रहरीले प्रमाण संकलनको काम सुरु गरेको छ। नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११ः५५ मा होटल पसेको… Continue reading होटलको सिसिटिभी फुटेजमा देखिए सन्दीप

सन्दीपले युएई इन्टरनेशनल टी–२० लिग खेल्ने

४ भदौ, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेशनल टी–ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो । भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्ड र नामिबियाका… Continue reading सन्दीपले युएई इन्टरनेशनल टी–२० लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

१३ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ । यो प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता… Continue reading नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.