काठमाडौँ, १० जेठ ः वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्धन्द बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय… Continue reading मानव–वन्यजन्तु द्धन्द ः ९ महिनामा १० व्यक्तिको मृत्यु
Category: समाज
मोरङमा भएका सवारी दुर्घटना ः दश महिनामा ९५ को मृत्यु
विराटनगर, १० जेठ ः चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र… Continue reading मोरङमा भएका सवारी दुर्घटना ः दश महिनामा ९५ को मृत्यु
बासनादार धानको अध्ययन गर्दै नार्क
ललितपुर, १० जेठ ः नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन । महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग… Continue reading बासनादार धानको अध्ययन गर्दै नार्क
पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकार,साेलार किन्न बाध्य
बेनी, म्याग्दी, १० जेठ ः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ । २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो । विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद… Continue reading पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकार,साेलार किन्न बाध्य
सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते
विराटनगर, जेठ १०ः मोरङको विराटनगर– १९ बैजनाथपुरमा सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते भएका छन् । उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ६८७३ नम्बरको सिटी सफारी र विपरित दिशाबाट आउँदै गरेको को १ ह ९३८२ नम्बरको ट्याम्पु ९अटो रिक्सा बुधबार मध्यान्ह १२ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा… Continue reading सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते
हिरासतमा रहेका साँवाको घरबाट भरुवा बन्दुक बरामद
ईलाम, जेठ १० ः प्रहरीले ईलामको माङसेबुङ गाउँपालिका–३ बस्ने गौतम भन्ने सनिहाङ साँवाको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जबरजस्ती करणी मुद्दाका प्रतिवादी रहेका साँवाको घरबाट प्रहरीले बुधबार दिउँसो छापा मारेर एक थान लोड भएको र अर्को लोड नभएको भरुवा बन्दुक बरामद गरेको हो। जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा… Continue reading हिरासतमा रहेका साँवाको घरबाट भरुवा बन्दुक बरामद
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, ३२ जना घाइते
विराटनगर,जेठ १० ः चितवनकाे नवलपुर, दुम्कीवास नजिक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस बिहीबार बिहान दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था… Continue reading काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, ३२ जना घाइते
गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ ः मन्त्री अधिकारी
लुम्बिनी, ९ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।” मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम… Continue reading गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ ः मन्त्री अधिकारी
काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने
काठमाडौँ, ९ जेठ ः काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो । केबलकार निर्माण,… Continue reading काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने
ईटहरीमा बस दुर्घटना ः एकको मृत्यु,३० जना घाईते
विराटनगर,जेठ ९ ःसुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टिँदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा करीब ३० जना घाईते भएका छन् । सिराहाबाट धरान तर्फ जाँदै गरेको ना४ ख ४२५८ नम्बरको तिब्र गतिमा आएको बस सडकको यात्रु जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शी सबिता बस्नेतले भनिन् “बस… Continue reading ईटहरीमा बस दुर्घटना ः एकको मृत्यु,३० जना घाईते
सवारी दुर्घटनामा तीनको मृत्यु
भक्तपुर, ९ जेठ ः काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल… Continue reading सवारी दुर्घटनामा तीनको मृत्यु
राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
लहान, ९ जेठ ः राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ । भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको… Continue reading राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र
नेपाली नागरिकता लिने भारतीय कारबाहीमा
विराटनगर, ९ जेठ ः किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ । विभिन्न नक्कली कागजपत्र तयार गरी… Continue reading नेपाली नागरिकता लिने भारतीय कारबाहीमा
सार्वजनिक विदा नभए कडा आन्दोलन ः मोरङ मुस्लिम समाज
विराटनगर,जेठ ९ ः मोरङ मुस्लिम समाजले मुस्लिम समुदायको हक अधिकार बञ्चित गर्दै धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको भन्दै विरोध जनाएको छ । मुस्लिम समाजले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सरकारले मुस्लिम समुदायलाई अन्याय गरेको भन्दै मोरङ मुस्लिम समाजले हक अधिकार सुनिश्चित तथा पुन स्थापित गराउन सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले संविधानको मर्म विपरीत मुस्लिम… Continue reading सार्वजनिक विदा नभए कडा आन्दोलन ः मोरङ मुस्लिम समाज
आगलागीमा रु चारलाख बराबरको क्षति
इनरुवा, ९ जेठ ः सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी… Continue reading आगलागीमा रु चारलाख बराबरको क्षति
अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान
भक्तपुर, ९ जेठ ः विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल (एसक्यूसीसी) सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई विद्यालयले मंगलबार सम्मान गरेको हो… Continue reading अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान
सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित पक्राउ
विराटनगर,जेठ ९ः जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको हो । सुवेदीले… Continue reading सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित पक्राउ
केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र हुने
काठमाडौँ, ९ जेठ ः संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले… Continue reading केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र हुने
साढे ३३ किलो सुन प्रकरण : २८ जनालाई थुनामा राख्न आदेश
बिराटनगर,जेठ ८ ः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतमा भएको एक महिना लामो बहसपछि अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाउँदै पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनीसहित प्रहरी, सर्वसाधरण… Continue reading साढे ३३ किलो सुन प्रकरण : २८ जनालाई थुनामा राख्न आदेश
कर्णालीमा जल यातायात ः कानूनी, नीतिगत र संस्थागत व्यवस्था
काठमाडौँ, ८ जेठ ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन् । काठमाण्डैंामा आज आयोजित साक्षात्कारमा उनले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका… Continue reading कर्णालीमा जल यातायात ः कानूनी, नीतिगत र संस्थागत व्यवस्था
रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु, तीन महिनामा सकिने
काठमाडौँ, ८ जेठ ः चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन् । यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगत रुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन शुरु गरेका हुन् । रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार… Continue reading रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु, तीन महिनामा सकिने
बर्डफ्लूले सत्तरी लाखको क्षति, जिल्लामा उच्च सतर्कता
चितवन, ८ जेठ ः बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण… Continue reading बर्डफ्लूले सत्तरी लाखको क्षति, जिल्लामा उच्च सतर्कता
सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक,विराटनगर ल्याउने तयारी
विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले गोरेलाई मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा… Continue reading सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक,विराटनगर ल्याउने तयारी
भारतले गर्याे विरानगरको फिल्ड अफिस बन्द गर्ने घाेषणा
विराटनगर,जेठ ८ः भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले फिल्ड अफिस बन्द हुने घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको हो । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड… Continue reading भारतले गर्याे विरानगरको फिल्ड अफिस बन्द गर्ने घाेषणा
सुन तस्करीका मुख्य अाराेपी चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । गोरेलाई पक्राउ गरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । तर, उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने बारे केही खुलाइएको छैन । उनलाई आज दिउँसो साढे १२ बजे पत्रकार… Continue reading सुन तस्करीका मुख्य अाराेपी चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
विषादी सेवनबाट दुई मितिनीको मृत्यु
गौशाला, ८ जेठ ः महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै मितिनीले सोमबार छिमेकीको घरमा… Continue reading विषादी सेवनबाट दुई मितिनीको मृत्यु
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न गृहमन्त्री थापाकाे निर्देशन
चितवन, ८ जेठ ः गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले सो सडकको अब… Continue reading नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न गृहमन्त्री थापाकाे निर्देशन
मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय
कञ्चनपुर, ८ जेठ ः कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको… Continue reading मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय
लेक लागेर र चिप्लिएर दुई जना आरोहीको मृत्यु
विराटनगर, जेठ ८ःसोलुखुम्बुको खुम्बुपासाङ ल्हामु नगरपालिका –४ स्थित ३ नम्बर आधार शिविरमा लेक लागेर र चिप्लिएर दुई जना सगरमाथा आरोहीको मृत्यु भएको छ । हिमालयन गाईड ट्रेकिङ्ग एजेन्सी बिशालनगर काठमाण्डौमार्फत सगरमाथा आरोहणका लागी नेपाल आएका मेसीडोनियाली नागरिक जिजौरुगी पेटकोभको शिविरबाट करिब चार सय मिटरको उचाईमा पुगेपछि आइतबार लेक लागेर बिरामी भई मृत्यु भएको छ ।… Continue reading लेक लागेर र चिप्लिएर दुई जना आरोहीको मृत्यु
लागुऔषधसहित चार पक्राउ
विराटनगर, जेठ ८ ः उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेबाट लागुऔषध टिडिजेसिक र गाँजासहित आइतबार चार जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले अपरान्ह ३ बजे जलजलेबाट उदयपुर सदरमुकामतर्फ जादै गरेका चार जनाको साथबाट लागुऔषध लुपिजेसिक १० एम्पुल, डाइजोल्याब १० एम्पुल, फेनारगन १० एम्पुल र २५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हाे। पक्राउ… Continue reading लागुऔषधसहित चार पक्राउ
दुई जीप एकअर्कासँग ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते
विराटनगर, जेठ ८ ः कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा सोमबार दिउँसो दुई जीप एक अर्कासंग ठोक्किएर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको अरुण तेश्रो जलविद्युत परियोजनाको नाममा रही जिल्ला प्रहरी कार्यालयले प्रयोग गरेको को २ च १००७ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको को… Continue reading दुई जीप एकअर्कासँग ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते
ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीन घाइते
विराटनगर, जेठ ८ः मोरङको मिक्लाजुङ गाउँपालिका –८ तोरीबारीमा ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन। सोमबार साँझ मधुमल्ला – तोरीबारी सडक खण्डमा मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ ६ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी ईलाम चुलाचुली… Continue reading ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीन घाइते
कडा आन्दोलनको चेतावनी दिँदै मुस्लिम संघद्धारा ज्ञापन पत्र
विराटनगर,जेठ ७ ः नेपाल मुस्लिम संघ मोरङले नेपालमा स्थापित मुस्लिम जातिको धार्मिक पहिचान सरकारले खोसेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले संविधानको मर्म विपरित मुस्लिम समुदायका विदा कटौती गरेको प्रति आपत्ति जनाउँदै मुस्लिम संघले विदा तत्काल फिर्ता गर्न माग गरेको छ । मुस्लिम संघले आफ्ना मागहरु सम्बोधन गरिनुपर्ने भन्दै सोमबार ¥याली निकालेर… Continue reading कडा आन्दोलनको चेतावनी दिँदै मुस्लिम संघद्धारा ज्ञापन पत्र
दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने
काठमाडौँ, ७ जेठ ः भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले… Continue reading दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने
लुम्बिनी काठमाडौँ उपत्यकाभन्दा बढी प्रदूषित
ललितपुर, ७ जेठ (रासस) ः काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो । उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउँछिन् । काठमाडौँ उपत्यकामा सात, पोखरामा तीन,… Continue reading लुम्बिनी काठमाडौँ उपत्यकाभन्दा बढी प्रदूषित
पोखरीमा डुबेर चार बालिकाको मृत्यु
लुम्बिनी, ७ जेठ ः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया… Continue reading पोखरीमा डुबेर चार बालिकाको मृत्यु
गैँडाको आक्रमणबाट गम्भीर घाइते
रत्ननगर, चितवन, ७ जेठ ः चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट आज एक व्यक्ति गम्भीर घाइते भएका छन् । पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान करीब १० बजे उक्त… Continue reading गैँडाको आक्रमणबाट गम्भीर घाइते
भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब
पाँचथर, ७ जेठ ः नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला… Continue reading भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब
जोखिम बस्तीका परिवारलाई सुरक्षित स्थानमा घडेरी
नुवाकोट, ७ जेठ ः भूकम्पसँगै सुख्खा पहिरोले जोखिम रहेको बस्तीमा बसोबास गर्दै आएका तादी–१ उर्लेनीका बाह्र परिवारलाई तादी–३ बुदुनेमा स्थानान्तरणका लागि घडेरी उपलब्ध गराइएको छ । भूकम्प र पहिरोले बस्ती बगाएपछि ती विस्थापित परिवारलाई चार रोपानी तीन आना जग्गा खरीद गरी प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए। बुदुनेका शिवप्रसाद उप्रेती, चन्द्रमणि… Continue reading जोखिम बस्तीका परिवारलाई सुरक्षित स्थानमा घडेरी
दुर्गम गाउँमा अफिम खेती
जाजरकोट, ७ जेठ ः नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् । चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका… Continue reading दुर्गम गाउँमा अफिम खेती
इटहरीमा भएकाे आगलागीबाट तीन करोडको क्षति
इटहरी, ७ जेठ ः सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको… Continue reading इटहरीमा भएकाे आगलागीबाट तीन करोडको क्षति
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
सुरुङ्गा, झापा, ७ जेठ ः बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते… Continue reading कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
इनरुवा, ७ जेठ ः अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर… Continue reading कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
काठमाडौँ, ७ जेठ ः नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १००… Continue reading प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते
दमक, ७ जेठ (रासस) ः झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली… Continue reading वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते
जडीबुटी खेतीबाट युवालाई रोजगारी ः मन्त्री बस्नेत
काठमाडौँ, ६ जेठ ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबकारुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताएका छन् । कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उनले कर्णालीका जिल्लामा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गरिने बताए । मन्त्री बस्नेतले भने, “कर्णाली प्रदेश जडीबुटी खेतीका… Continue reading जडीबुटी खेतीबाट युवालाई रोजगारी ः मन्त्री बस्नेत
विद्यालयमै मृत भेटिए विद्यार्थी
महेन्द्रनगर, धनुषा, ६ जेठ ः जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक विद्यार्थी मृतावस्थामा फेला परेको छ । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धिरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धिरेन्द्र त्यस बोर्डिङ स्कूलमा… Continue reading विद्यालयमै मृत भेटिए विद्यार्थी
सल्यानमा यात्रुबहाक बस दुर्घटना, २० घाइते, एकको अवस्था गम्भीर
विराटनगर, जेठ ६ ः सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । सल्यानका डिएसपी… Continue reading सल्यानमा यात्रुबहाक बस दुर्घटना, २० घाइते, एकको अवस्था गम्भीर
रूख कटानमा समस्या देखिएपछि सोलु करिडोर प्रसारण लाइन समस्या
काठमाडौँ, ६ जेठ ः वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्याका कारण सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ । सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवद्र्धकलाई वार्षिक रु एक अर्ब ३८ करोड रकम क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाट क्षमताका… Continue reading रूख कटानमा समस्या देखिएपछि सोलु करिडोर प्रसारण लाइन समस्या
स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन
रसुवा, ६ जेठ ः रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका छन् । नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिए । २५किमी… Continue reading स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन
बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली
चितवन, ६ जेठ ः कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य… Continue reading बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली
अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प
ताप्लेजुङ, ६ जेठ ः स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ ।… Continue reading अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प
मन्दिरमा शङ्कास्पद शव
भक्तपुर, ६ जेठ ः भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।… Continue reading मन्दिरमा शङ्कास्पद शव
कर्मचारीको भावना समेट्न प्रयास गरिने ः मन्त्री पण्डित
पोखरा, ६ जेठ ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारे । मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म… Continue reading कर्मचारीको भावना समेट्न प्रयास गरिने ः मन्त्री पण्डित
कच्ची सडकका कारण ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ
ताप्लेजुङ, ६ जेठ ः गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो । “बर्षाकै कारण कच्ची… Continue reading कच्ची सडकका कारण ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, ६ जेठ ः नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
अवैध काठसहित ट्रिपर बरामद
इलाम, जेठ ६ःईलामको चुलाचुली गाँउपालिका– ५ स्थित रतुवा खोलाबाट शनिबार प्रहरीले अवैध काठसहित ट्रिपर बरामद गरेको छ । प्रहरी चौकी पेल्टिमारीले ना४ प ७८३ नम्बरको टिपरमा लोड भएको अवैध काठ सहित ट्रिपर र चालक मोरङ उर्लाबारी नगरपालिका ३ का पदम ढुङानालाई नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो गोप्य सुचनाका आधारमा सो ठाउँमा गाडीमा अवैध काठ… Continue reading अवैध काठसहित ट्रिपर बरामद
लागुऔषधसहित दुई युवक पक्राउ
विराटनगर, जेष्ठ ६ ः मोरङको विराटनगर महानगरपालिका –४ निमुवाबाट शनिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । कोशी राजमार्ग अन्तरगत मोरङको निमुवामा शनिबार साँझ सवारी चेकजाँच गर्नेक्रममा मकवानपुर जिल्ला हेटौटा–४ बस्ने दिपेश श्रेष्ठ र सुनसरी धरान–११ बस्ने उमेश भट्टराईलाई प्रहरीले ३० एम्पुल टिडिजेसिकसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट लागुऔषध एभिल १० एम्पुल, डाइजेल्याब १० एम्पुल,… Continue reading लागुऔषधसहित दुई युवक पक्राउ
अवैध चाँदीसहित विराटनगरबाट दुई जना पक्राउ
विराटनगर, जेष्ठ ६ः मोरङको विराटनगर महानगरपालिका –१७ मटेरुवाबाट अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका –४ बस्ने पिन्टु साहलाई प्रहरीले प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो । उनीहरुको साथबाट २३ थान औठी, ३ जोर पाउजु,… Continue reading अवैध चाँदीसहित विराटनगरबाट दुई जना पक्राउ
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर, जेष्ठ ६ः झापाको कन्काई नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मे १ ख २२८३ नम्बरको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३३÷३४ वर्षका पुरुष मानिसको मृत्यु भएको हो । मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत गर्ने कार्य भई रहेको प्रहरीले जनाएकाे छ। राती पौने ८ बजेतिर… Continue reading झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
हिमालबाट चिप्लिएर मलेशियन नागरिकको मृत्यु
विराटनगर, जेष्ठ ६ ःसोलुखुम्बुको आमा डब्लम हिमाल आरोहण गर्नेक्रममा चिप्लिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मेलशियन नागरिक रमन नैय हाचोडनका रहेका छन् । यही जेष्ठ २ गते खुम्बुपासाङल्हामु गाउँपालिका– ४ स्थित आमा डब्लम हिमालको तेस्रो क्याम्प भन्दा माथी चड्न नसकेपछि फर्कनेक्रममा चिप्लिंदा उनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ । मृतकको शव… Continue reading हिमालबाट चिप्लिएर मलेशियन नागरिकको मृत्यु