काठमाडौँ, ३० वैशाख ः बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३÷६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ… Continue reading बाह्र वर्षमा एक्काइस हजार भन्दा बढी बेपत्ता
Category: समाज
बम विस्फोटको आरोपमा युवती पक्राउ
बनियानी, झापा, ३० वैशाख ः झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको… Continue reading बम विस्फोटको आरोपमा युवती पक्राउ
सुनसरीमा करेन्ट एककाे लागेर मृत्यु
इनरुवा, ३० वैशाख ः सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस
बम विस्फोट
रामपुर पाल्पा ,३० वैशाख ः यहाँ आज बिहानै बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् । विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए । नजिकै भेटिएका… Continue reading बम विस्फोट
दुईवटा भारतीय ट्रकमा आगजनी
मलेखु, धादिङ, ३० वैशाख ः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।… Continue reading दुईवटा भारतीय ट्रकमा आगजनी
आन्दोलनका कारण मिटर रिडिङमा समस्या
नवलपरासी, ३० वैशाख ः पूर्वी नवलपरासीको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ । ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो । कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने… Continue reading आन्दोलनका कारण मिटर रिडिङमा समस्या
एउटै जिल्लाका ३० वडा सचिवविहीन
दाङ, २९ वैशाख ः दाङका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् । वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता… Continue reading एउटै जिल्लाका ३० वडा सचिवविहीन
डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको द्रुतमार्ग खुल्यो
नवलपरासी, २९ वैशाख ः पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ हुँदै डेढगाउँ बुंगदीकालीसम्मको सडकको दु्रतमार्ग खोलिएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ मा हुप्सेकोट र बुंदाकाली गाउँपालिकाको क्रमशः रु ६०÷ ६० लाख खर्च गरेर सडकको द्रुतमार्ग खोलिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए । सो दु्रतमार्ग खोलेपछि पहाडी क्षेत्रको तीन… Continue reading डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको द्रुतमार्ग खुल्यो
प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना
पोखरा, २९ वैशाख ः प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए । उनका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि… Continue reading प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना
भेनको ठक्करबाट गम्भीर घाईते
विराटनगर,बैशाख २९ ः मोरङको बुढीगंगा गाउँपालिका –२,टंकी चौकमा म्याजिक भेनले ठक्कर दिँदा १ जना घाईते भएका छन् । बिहान मर्निङ वाक गरिरहेको बेला पछाडी बाट म्याजिक भेनले ठक्कर दिँदा बुढीगंगा गाउँपालिका–३ बस्ने मुकेस्वर चौधरी घाईत भएका हुन् । जनप्रिया उच्च मा वि.का प्रधनाध्यापक समेत रहेका उनलाई आज बिहान ४ः१५ मा उत्तर तर्फबाट आईरहेको म्याजीक भेनले… Continue reading भेनको ठक्करबाट गम्भीर घाईते
बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग
कञ्चनपुर, २९ वैशाख ः भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ । ७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो । विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ ।… Continue reading बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग
भारतीय स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
मोरङ, बैशाख २९ ःभारतीय स्कारपियोको ठक्करबाट मोरङमा १ जनाको ज्यान गएको छ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचौकमा शुक्रबार भारतीय स्कारपियोको ठक्करबाट साइकलमा सवार झापा, गौरीगंज गाउँपालिका–२ बस्ने २५ बर्षिया मनिका ताजपुरीयाको ज्यान गएको हो । उनलाई पश्चिमतर्फ आउँदै गरेको डब्लु बी ७४ क्यु ९१८० स्कारपिओ गाडीले साँझ ६ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो।… Continue reading भारतीय स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
रोल्पा, २८ वैशाख ः सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा आज भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर आउँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको… Continue reading ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
दाङ, २८ वैशाख ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको मुख्यमन्त्रीलाई अवलोकन गराएका हुन् । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाको गँगटे, वडा नं १७… Continue reading मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित
पाँचथर, २८ वैशाख ः अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची… Continue reading अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित
वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने
काठमाडौँ, २८ वैशाख ः वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एमनेष्टी इन्टरनेशनल नेपालले आज काठमाडाैँमा आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन र कानुनमा समयानुकूल परिमार्जन हुनुपर्नेमा जोड… Continue reading वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने
बस दुर्घटनामा १४ घाइते
फलेवास, पर्वत, २८ वैशाख ः पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ… Continue reading बस दुर्घटनामा १४ घाइते
नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण
धनगढी,२८ वैशाख ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । यो सीमा क्षेत्रमा पर्ने ६५९ वटा सीमा… Continue reading नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण
भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने
काठमाडौँ, २८ वैशाख ः छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी… Continue reading भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने
इसाई धर्मको प्रचार गर्ने पक्राउ
आठराई, तेह्रथुम, २८ वैशाख ः क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको… Continue reading इसाई धर्मको प्रचार गर्ने पक्राउ
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
रत्ननगर, चितवन, २८ वैशाख ः चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए।… Continue reading हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ
गौशाला, २८ वैशाख ः नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ । मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८÷१० वटा बस, दर्जनभन्दा… Continue reading मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ
रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ
उदयपुर, २८ वैशाख ः जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको… Continue reading रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ
महिला तथा बालबालिका हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम
विराटनगर, बैशाख २८ ः एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका –१५ रानीमा विहीबार उक्त एक दिने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असमानता, बाल विवाह , बह–विवाह , जबरजस्ती करणी तथा त्यस सम्बन्धी… Continue reading महिला तथा बालबालिका हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम
लागुऔषधसहित ७ जना पक्राउ
विराटनगर, बैशाख २८ ः सुनसरी र धरानबाट विहीबार प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ५ जनालाई धरानबाट दिउँसो ३ः३० बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–१७ रेल्बे बस्ने बर्षिय–३० बर्षिय ज्ञान प्रसाद राई, २७ बर्षिय टिकाराज परियार, २५ बर्षिय सन्तोष सुनुवार, अन्दाजी १९ बर्षिया उषा… Continue reading लागुऔषधसहित ७ जना पक्राउ
एग्रोफर्ममा बम विस्फोट
वालिङ, स्याङ्जा, २७ वैशाख ः स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको तर कस्ले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । विस्फोटबाट फर्ममा… Continue reading एग्रोफर्ममा बम विस्फोट
जोखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा
रत्ननगर, चितवन, २७ वैशाख ः चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले सोही वडाको दुम्किम भन्ने स्थानमा आठ घर प्रभावितलाई जग्गा उपलब्ध गराएको हो । “दुम्किममा बुधबार स्थलगत… Continue reading जोखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा
विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्
नुवाकोट, २७ वैशाख ः वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिए । उनको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान… Continue reading विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्
लहान कृषिमेला सम्पन्न
लहान, २७ वैशाख ः महादेव बजार समिति वीरनगरले आयोजना गरेको कृषिमेला सम्पन्न भएको छ । लहान नगरपालिका– १५ महादेव चोकस्थित दलित जनकल्याण युवा क्लब लहानको सहकार्यमा उक्त कृषिमेला आयोजना गरिएको हो । मेलाको उद्देश्य स्थानीय कृषि उत्पादन अभिवृद्धि तथा दिगो खेती प्रवद्र्धन गर्नु रहेको थियो । मेलामा तरकारी र माछाका करिब १०० कक्ष रहेका थिए… Continue reading लहान कृषिमेला सम्पन्न
करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै
डडेल्धुरा, २७ वैशाख ः डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराए । एक… Continue reading करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै
खोलामा तैरिरहेको भेटियो बालकको शव
गौशाला, २७ वैशाख ः महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो । परिवारजनका अनुसार… Continue reading खोलामा तैरिरहेको भेटियो बालकको शव
खानेपानी आपूर्तिमा समस्या ः दुईलाख जनता प्रभावित
काठमाडौँ, २७ वैशाख ः काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन । खानेपानी संस्थानले विगतमा सुन्दरीघाटमा गरेको… Continue reading खानेपानी आपूर्तिमा समस्या ः दुईलाख जनता प्रभावित
उपल्लो मुस्ताङमा बेमौसमी हिमपात
ठिनी, मुस्ताङ, २७ वैशाख ः उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट… Continue reading उपल्लो मुस्ताङमा बेमौसमी हिमपात
आँधीबेहरी पीडितलाई तत्काल दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, २६ वैशाख ः सरकारले तराईका धनुषा, महोत्तरी, सिरहालगायत जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।… Continue reading आँधीबेहरी पीडितलाई तत्काल दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय
करेन्ट लागेर युवकको मृत्यु
लहान, २६ वैशाख ः करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको आज उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । रासस
महिलालाई स्वदेशमै रोजगारी
विराटनगर, २६ वैशाख ः सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ । प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो । सुलभ समाधान प्रालिले आज यहाँ… Continue reading महिलालाई स्वदेशमै रोजगारी
विराटनगरलाई स्थायी राजधानी बनाउन माग
विराटनगर, २६ वैशाख ः विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो । अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले जिल्ला समन्वय समितिको प्रशासनिक भवन भुइँतला… Continue reading विराटनगरलाई स्थायी राजधानी बनाउन माग
नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ
काठमाडौँ, २६ वैशाख ः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा… Continue reading नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ
खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन
खोटाङ, २६ वैशाख ः मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ । दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे… Continue reading खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन
करोडौँको जडीबुटी चोरी निकासी हँुदै
बझाङ, २६ वैशाख ः जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ । व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि रु तीन करोडभन्दा बढीको यार्सागुम्बालगायत बहुमूल्य… Continue reading करोडौँको जडीबुटी चोरी निकासी हँुदै
ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते
त्रिपुराकोट, डोल्पा, २६ वैशाख ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र… Continue reading ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
सुरुङ्गा, झापा, २६ वैशाख ः झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते… Continue reading हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
माेदीकाे स्वागतका लागि बनार्इएका संरचना ढले
जनकपुरधाम, २६ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पु¥याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको… Continue reading माेदीकाे स्वागतका लागि बनार्इएका संरचना ढले
सुनसरीमा हावाहुरीले ठूलो क्षति
इनरुवा, २६ वैशाख ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति… Continue reading सुनसरीमा हावाहुरीले ठूलो क्षति
साँफे—मार्तडी राजमार्ग पहिरोले बन्द
बाजुरा, २६ वैशाख ः साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन्। जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको… Continue reading साँफे—मार्तडी राजमार्ग पहिरोले बन्द
बाटो खन्ने क्रममा लडेर मृत्यु
धनकुटा, बैशाख २६ ः धनकुटाको साँगुरीगढी गाउँपालिका–१० बस्ने ७० बर्षिय निङ्ग्रा बहादुर राईको मंगलबार बाटो खन्ने क्रममा लडेर मृत्यु भएकोे छ । साँझ ६ बजेतिर बाटो खन्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेका उनी गम्भिर घाइते थिए । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले… Continue reading बाटो खन्ने क्रममा लडेर मृत्यु
ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते
सुनसरी, बैशाख २६ः सुनसरीको भोक्राहा गाउँपालिका–४ मा मंगलबार ना ४ ख ८६२० नम्बरको ट्रक नहरको वालमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। ज्यान गुमाउनेमा ट्रकमा सवार भोक्राहा गाउपालिका–४ बस्ने अन्दाजी ४० बर्षिय मनोज मेहेता रहेका छन्।अपरान्ह ४ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा… Continue reading ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते
भन्सार छलेको स्याउ सहित ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगर, बैशाख २६ ःसुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ । भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा स्याउ लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले विहान ४ बजे ४… Continue reading भन्सार छलेको स्याउ सहित ट्रक प्रहरीको नियन्त्रणमा
दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग
मुस्ताङ, २५ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ… Continue reading दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग
बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै
काठमाडौँ, २५ वैशाख ः सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ । लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले… Continue reading बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै
रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने
जनकपुरधाम, २५ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ । सन्… Continue reading रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
फलेवास, पर्वत, २५ वैशाख ः पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन… Continue reading मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
शान्तिपुर मर्मत हुँदै
काठमाडौँ, २५ वैशाख ः भूकम्पले क्षतिग्रस्त विश्व सम्पदास्थल स्वयम्भूस्थित शान्तिपुर मन्दिरको करीब ८० प्रतिशत जीर्णोद्धार सम्पन्न भएको छ । मन्दिरको जग वरपरको क्षेत्र बलियो बनाउनाका साथै चारैतर्फका पर्खाल मर्मत तथा जीर्णोद्धार गरिएको छ । विभिन्न माध्यमबाट आर्थिक स्रोत संकलन गरी करीब रु एक करोड खर्च भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा… Continue reading शान्तिपुर मर्मत हुँदै
दुवै मिर्गौला फेल भएका ओझाको उपचारमा सहयोगको याचना
पथरी, मोरङ, २५ वैशाख ः दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गरेका हुन् । एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस… Continue reading दुवै मिर्गौला फेल भएका ओझाको उपचारमा सहयोगको याचना
वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत
काठमाडौँ, २५ वैशाख ः श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले बताए । “मन्त्रालयले समन्वयात्मकरुपमा… Continue reading वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत
श्रीनिवास गोलि काण्डको स्वतन्त्र छानविन होस् ः कमल थापा
विराटनगर, बैशाख २५ ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । श्रीनिवासले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो अत्यन्त निन्दनीय र भत्सर्नायोग्य हुनेसमेत उनको भनाई छ । उनले श्रीनिवासलाई चैत २५ गते भएको गोलि प्रहारको निन्दा एवम् दोषीमाथि कारबाहीको माग गरेका थिए । तर… Continue reading श्रीनिवास गोलि काण्डको स्वतन्त्र छानविन होस् ः कमल थापा
ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते
राजविराज, २५ वैशाख ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका… Continue reading ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते
पुरुषको शव फेला÷घाँस काट्दा हात छिनियो
बनियानी, झापा, २५ वैशाख ः झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए ।… Continue reading पुरुषको शव फेला÷घाँस काट्दा हात छिनियो
धार्मिक हिंसा भड्काउन श्रीनिवास असफल
विराटनगर,बैशाख २४ ः हिन्दु धर्मगुरु श्रीनिवासाचार्यले जनता र हिन्दुधर्मगुरु उक्साउन आफैँले आफुमाथि गोलि प्रहारको योजना बनाएको खुलेको छ । गत चैत २५ गते उनीमाथि भएको गोलि प्रहारमा प्रहरीले छान्बिन गर्दा उनकै योजना भएको खुलेको हो । केही गर्दा पनि देशलाई हिन्दु राष्ट्र बनाउन नसकेपछि उनले यस्तो योजना बनाएर गोली हान्न लाएको प्रहरीले जनाएको छ ।… Continue reading धार्मिक हिंसा भड्काउन श्रीनिवास असफल
विवादका क्रममा गोली चल्दा एक युवकको मृत्यु
लहान, २४ वैशाख ः विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए । विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब… Continue reading विवादका क्रममा गोली चल्दा एक युवकको मृत्यु
चट्याङ लागेर एकै परिवारका चार घाइते
बाजुरा, २४ वैशाख ः बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन् । घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाइतेमध्ये १३ वर्षका… Continue reading चट्याङ लागेर एकै परिवारका चार घाइते