प्रधानमन्त्री ओलीद्वारा चीन सरकारलाई जोडी गैँडा हस्तान्तरण

विराटनगर,असार २८ ‘भद्र’ र ‘रुपसी’ नामका एक जोडी गैँडा चीन सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी हस्तान्तरण गरेका हुन् । चीन सरकारलाई नेपालकोतर्फबाट गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताए । भृकुटी र… Continue reading प्रधानमन्त्री ओलीद्वारा चीन सरकारलाई जोडी गैँडा हस्तान्तरण

बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा

बनेपा, २८ असार बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए । यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका… Continue reading बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा

लोडसेडिङका कारण नेपालले ७ प्रतिशत आर्थिक वृद्धि र ४८ प्रतिशत लगानी गुमायाे

विराटनगर,असार २८ चरम ऊर्जा संकट (लोडसेडिङ) ले एक दशकको अवधिमा नेपालले ७ प्रतिशतका दरले आर्थिक वृद्धि गुमाएको एक अध्ययनले देखाएको छ । हालै मात्रै सार्वजनिक गरिएको विश्व बैंकको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले सन् २०१६ सम्म ठुलो आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको हो । बैंकले नेपालको औद्योगिक विकासको मुख्य बाधक… Continue reading लोडसेडिङका कारण नेपालले ७ प्रतिशत आर्थिक वृद्धि र ४८ प्रतिशत लगानी गुमायाे

मोरङ जिल्ला साक्षर घोषणा हुने अवस्थामा

विराटनगर, असार २८ नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको… Continue reading मोरङ जिल्ला साक्षर घोषणा हुने अवस्थामा

भक्तपुरमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु,भक्तपुरका धेरै ठाँउ डुबानमा

विराटनगर,असार २८ भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको… Continue reading भक्तपुरमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु,भक्तपुरका धेरै ठाँउ डुबानमा

पहिराेले च्यापिएर एकै परिवारका ३ को मृत्यु

विराटनगर,असार २८ भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राती सुतिरहेको अबस्थामा खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा र ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामा रहेको प्रमुख… Continue reading पहिराेले च्यापिएर एकै परिवारका ३ को मृत्यु

भन्सार छली गरेको सामान भन्सार बुझाईयो

मोरङ, असार २८ मोरङका इलाका प्रहरी कार्यालय रानी, बुधनगर र अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले बिभिन्न मिति र स्थानहरुबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान भन्सारमा बुझाएको छ । मोरङको बिराटनगर महानगरपालिका रानी भन्सार लगायत बिभिन्न ठाउँबाट बरामद गरेका चोलो २२ पिस, हाते घडि–३१ थान, घडिको पार्टपुर्जा ३५ थान, बिडि–२ बोरा, सर्टको कपडा ३… Continue reading भन्सार छली गरेको सामान भन्सार बुझाईयो

मोरङको खदम खोलाबाट टिफर र जेसिवी नियन्त्रणमा

मोरङ, असार २८ मोरङको केरावारी गाउँपालिका ७ र ८ को सीमानामा रहेको खदम खोलाबाट प्रहरीले टिफर र जेसिवी नियन्त्रणमा लिएको छ ।अबैध रुपमा खोलाबाट उत्खनन् गरि गिटी लोड गर्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार अपरान्ह ४ बजेको समयमा ३ वटा टिफर र एउट जेसिबि र चालकलाई नियन्त्रणमा लिईएको हो । त्यसैगरी… Continue reading मोरङको खदम खोलाबाट टिफर र जेसिवी नियन्त्रणमा

पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

सिन्धुली, असार २८ मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा… Continue reading पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

हनुमन्ते खोलाकाे बाढीले भक्तपुर र थिमिका सयौँ घर डुबानमा

भक्तपुर, असार २८ गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् ।… Continue reading हनुमन्ते खोलाकाे बाढीले भक्तपुर र थिमिका सयौँ घर डुबानमा

मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछ्र्याेट

विराटनगर, असार २८ मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हजार २१३ मुद्दा… Continue reading मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछ्र्याेट

रंगेली नगरपालिकाका मेयर बगडियाले कुनैपनि सेवासुविधा नलिने

विराटनगर,असार २७ मोरङको पूरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ५ बर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलव , भत्ता र अन्य कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । असार २८ गते मेयर पद सम्हालेका बगडियाको १ बर्ष पुग्दैछ । मेयरले प्राप्त गर्ने मासिक ३० हजार तलव , वोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी ,… Continue reading रंगेली नगरपालिकाका मेयर बगडियाले कुनैपनि सेवासुविधा नलिने

ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु

मोरङ, असार २७ मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को.२ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ बस्ने ४ वर्षीय बादल माझीको मंगलबार बिहान मृत्यु भएको हो। बाबु मनोज माझीले खेत जोत्नका लागी ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडीको चक्काले उनलाई किच्दा बालकको… Continue reading ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु

घरेलु मदिरा बरामद

मोरङ, असार २७ प्रहरीले मोरङको बेलबारीबाट मंगलबार घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको क्युआरटी टोलीले मंगलबार बिहान बेलबारी नगरपालिका ११ नलबारीबाट एक सय दश लिटर घरेलु मदिरा बरामद गरेको हो। साइकलमा मदिरा बोकेर बेच्न लैजाँदै गरेका मानिसहरु प्रहरीको टोलीलाई देख्नासाथ मदिरा छाडेर भागेका थिए।

६ लाख बढीको अवैध समान बरामद

सुनसरी, असार २७ सुनसरी प्रहरीले ईटहरीबाट ६ लाख बढी मूल्यको भन्सार छली गरेको सामान बरामद गरेको छ। ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ पचरुखीस्थित विजय कुमार साहको घरमा भण्डारण गरेको ६ लाख ८७ हजार ७ सय ३५ रुपैया बराबरको कपडा, कुकर तथा लेडिज चप्पल प्रहरीले सोमबार बरामद गरेको हो। घर भाडामा लिई तस्करी गरि ल्याएको सामान भण्डारण… Continue reading ६ लाख बढीको अवैध समान बरामद

सर्पदंशबाट एकको मृत्यु

लहान, असार २७ विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार… Continue reading सर्पदंशबाट एकको मृत्यु

नारायणगढ–मुग्लिन सडक भासियो,सवारी आवागमन एकतर्फी !

चितवन, असार २७ नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा… Continue reading नारायणगढ–मुग्लिन सडक भासियो,सवारी आवागमन एकतर्फी !

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित ६ जना जेल चलान

गाईघाट, असार २७ सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान… Continue reading सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित ६ जना जेल चलान

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्न थालियाे

पाल्पा, असार २७ सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली… Continue reading शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्न थालियाे

सत्र लाख लुटियो

गौशाला, असार  २६ महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै आज दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट… Continue reading सत्र लाख लुटियो

झुुटा मुुद्धा फिर्ता लिन तरुणदल रंगेलीको माग

विराटनगर,असार २६ नेपाली कांग्रेससँग आवद्ध विभिन्न चार संघसंगठनले नेपाल तरुणदल रंगेली नगर उपसभापति भरत मण्डल माथि लगाइएको झुुटा मुुद्धा निशर्त फिर्ता गर्न माग गर्दे मोरंगका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई आज ज्ञापनपत्र वुुझाएको छ । असार २१ गते रंगेली नगरपालिकाको कार्यालयको काममा ढिलासुुस्ति भएको भन्दै नगरपालिकाका कर्मचारी र मण्डल विच भएको विवादपछि मण्डललाई लगाएको सार्वजनिक… Continue reading झुुटा मुुद्धा फिर्ता लिन तरुणदल रंगेलीको माग

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, असार २६ त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त… Continue reading त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

काठमाडौँ, असार २६ नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन… Continue reading गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

सवारी दुर्घटनामा दुईको मृत्यु

मोरङ, असार २६ मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको… Continue reading सवारी दुर्घटनामा दुईको मृत्यु

२३.६ मेगावाटको इलेप खोला विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

????????????????????????????????????

काठमाडौँ, असार २६ उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान… Continue reading २३.६ मेगावाटको इलेप खोला विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

प्रहरीद्धारा शान्ति समाजको प्रदर्शनमा हस्तक्षेप, २५ पक्राउ

विराटनगर,असार २५ मानव अधिकार तथा शान्ति समाजले सिंहदरवारको दक्षिण गेट अगाडि गरेको धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेको भन्दै मंगलबार आन्दोलन सुरु गरेको मानव अधिकार तथा शान्ति समाजका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा… Continue reading प्रहरीद्धारा शान्ति समाजको प्रदर्शनमा हस्तक्षेप, २५ पक्राउ

तीन दिन लगातार वर्षा हुने

काठमाडौँ, असार २६ आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना… Continue reading तीन दिन लगातार वर्षा हुने

समझदारी भएअनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : कम्युनिष्ट नेता चौलागाईं

काठमाडौँ, असार २६ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन्। अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई… Continue reading समझदारी भएअनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : कम्युनिष्ट नेता चौलागाईं

जानकी मन्दिर झलमल्ल पारिने

धनुषा, असार २६ जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको… Continue reading जानकी मन्दिर झलमल्ल पारिने

जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर, असार २६ पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो… Continue reading जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

बाढीले सडक बगाउँदा निजगढ—रतनपुरी यातायात अबरुद्ध

विराटनगर,असार २६ बाराको निजगढ—रतनपुरी जोड्ने ग्राभेलिङ्ग सडक बाढीले भत्काएसँगै सो सडक भएर हुने यातायातको आवत÷ जावत बन्द भएको छ । स्थानीयले अहिले तनपुरीबाट निजगढ आउँने र निजगढबाट रतनपुरी जान फास्ट ट्र¥याकको निमार्णाधीन सडक प्रयोग गरिरहेका छन् । साविकको सडक लालबकैया खोलाले पूर्णरुपमा कटान गरेपछि अहिले सेनाले आफूले निर्माण गरिरहेको फास्ट ट्र¥याक सडक प्रयोगका लागि खुल्ला… Continue reading बाढीले सडक बगाउँदा निजगढ—रतनपुरी यातायात अबरुद्ध

टिपर दुर्घटनामा आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

पोखरा, असार २६ झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश… Continue reading टिपर दुर्घटनामा आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

चितवन, असार २६ नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध… Continue reading पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

साइबर अपराध समस्याका रुपमा

विराटनगर, असार २६ सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुं बढिरहेको छ ।  सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर… Continue reading साइबर अपराध समस्याका रुपमा

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ईलाम, असार २६ ईलाम माङसेबुङ गाँउपालिका ३ कच्ची सडकमा आइतबार ट्याक्टरको ठक्करबाट माङसेबुङ–६ बस्ने ३० वर्षीय शरण राईको मृत्यु भएको छ। माङसेबुङबाट दमकतर्फ आउँदै गरेको ना ६ त ४०२३ नम्बरको ट्याकटरले ठक्कर दिंदा गम्भीर घाइते राईको उपचारार्थ उपचारका लागी दमकतर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरी चौकी बाँझोले जनाएको छ। ठक्कर पश्चात ट्याक्टरका चालक फरार भएकाले… Continue reading ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर र सुनसरीबाट लागुऔषधसहित तीन पक्राउ

विराटनगर, असार २६ प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ता र सुनसरीको ईटहरीबाट आइतबार १७४ एम्पुल लागुऔषध टिडिजेसिकसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी लालपत्ताबाट आइतबार साँझ खटिएको चेकिङ टोलीले कटारी नगरपालिका २ बस्ने अन्दाजी १८ वर्षीय प्रतिक तामाङलाई ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र ५० एम्पुल डाइजेल्याबसहित आइतबार साँझ पक्राउ गरेको हो। उनको… Continue reading उदयपुर र सुनसरीबाट लागुऔषधसहित तीन पक्राउ

दुर्घटनामा तीनको मृत्यु

झापा, असार २६ पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा… Continue reading दुर्घटनामा तीनको मृत्यु

पहिराेका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

चितवन, असार २६ नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्… Continue reading पहिराेका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

मंगलबार गैँडा काठमाडौँ पठाइने

चितवन, असार २५ चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको पहिलो जोडी गैंडा मंगलबार यहाँबाट काठमाडौँ पठाइने भएको छ । यही असार २८ गते गैंँडा चीन पठाइनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले स्थानीय सरोकार भएकाहरुसँग छलफल गरी सबैलाई जानकारी दिएर मध्याह्न गैंडा काठमाडौँ पठाउन लागिएको बताए। गैंँडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ… Continue reading मंगलबार गैँडा काठमाडौँ पठाइने

मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा

काठमाडाैँ, असार २५ मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिए । समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको… Continue reading मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ः थप ३ थुनामा, ३ धरौटीमा रिहा

विराटनगर,असार २५ ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई… Continue reading सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ः थप ३ थुनामा, ३ धरौटीमा रिहा

भालुको पित्तसहित दुई पक्राउ

दार्चुला, असार २५ भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए । बिहान ७ बजे पक्राउ… Continue reading भालुको पित्तसहित दुई पक्राउ

ठमेल र दरबारमार्ग २४ घण्टा खुलार्इने

काठमाडौँ, असार २५ पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि… Continue reading ठमेल र दरबारमार्ग २४ घण्टा खुलार्इने

तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडाैँ, असार २५ आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो । आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको… Continue reading तीनदिन देशैभर बदली र वर्षा हुने

भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, असार २५ भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा… Continue reading भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु पाँच घाइते

इलाम, असार २५ इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते भएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु पाँच घाइते

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, असार २५ जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । रासस

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृ शोक

विराटनगर,असार २५ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचापबाट पीडित खनालको ग्राण्डी इन्टरनेसलन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले दिएको छ । शर्माका श्रीमती, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित तीन छोरा र १ छोरी… Continue reading सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृ शोक

खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु

विराटनगर, असार २५ सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्याक्टरले थिचेर गम्भीर घाइते… Continue reading खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु

गोपनीयता भंग गर्नेलार्इ तीन वर्ष कैद, तीस हजार जरिबाना

विराटनगर, असार २५ कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याएर गोपनीयता भंग गर्नेलाई कारबाहीको तयारी गरिएको छ । व्यक्तिगत गोपनीयता अतिक्रमण भएको कारण कसैलाई हानि, नोक्सानी, क्षति पुगेमा पीडितलाई क्षतिपूर्तिसमेतको व्यवस्था साथै तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ। नेपाल कानुन आयोगले वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको… Continue reading गोपनीयता भंग गर्नेलार्इ तीन वर्ष कैद, तीस हजार जरिबाना

कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै

विराटनगर,असार २५ सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउने तयारी गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको हो । संघीय मामिला मन्त्रालयले अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको थियो ।… Continue reading कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ, असार २४ धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए। खेतमा पानी लगाउन गएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको… Continue reading करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

श्रीसंसारी माईस्थानमा प्रदेश मन्त्रीहरुले गरे सामूहिक पुजा

विराटनगर,असार २४ मोरङको पूरानो सदरमुकाम रंगेलीस्थित श्रीसंसारी माईस्थान मन्दिरमा प्रदेश नं.१ का मन्त्रीहरुले सामूहिक पुजाअर्चना गरेका छन् । प्रदेश नं.१ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्गवोले सामूहिक पूजाअर्चना गरेका हुन् । मन्त्रीहरुलाई मन्दिरका पुजारीहरुले स्वस्ती वाचन गरी विशेष पूजा गराएका थिए । सो क्रममा… Continue reading श्रीसंसारी माईस्थानमा प्रदेश मन्त्रीहरुले गरे सामूहिक पुजा

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

ललितपुर, असार २४ जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर… Continue reading जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

टेलिभिजन प्रसारक संस्था डिसहोमकाे अध्यक्षमा ढकाल

काठमाडौँ, असार २४ टेलिभिजन प्रसारक संस्था डिसहोमकाे अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । डिसहोम सञ्चालक बोर्ड बैठकले अध्यक्षमा ढकाल र प्रबन्ध निर्देशकमा सुदीप आचार्यलाई नियुक्त गरेको छ । अध्यक्ष ढकाल यसअघि सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक आचार्य यसअघि डिसहोमका प्रमुख कार्यकारी अधिकृत थिए । संयुक्त राज्य अमेरिकाको आरकान्सा विश्वविद्यालयबाट इण्डष्ट्रियल इञ्जिनीयरिङ अध्ययन गरेका आचार्यसँग अमेरिकाकै… Continue reading टेलिभिजन प्रसारक संस्था डिसहोमकाे अध्यक्षमा ढकाल

भूमिनीति ल्याइँदै 

काठमाडौँ, असार २४ कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाएर युवालाई सहभागी गराइने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले सातै प्रदेशमा आधुनिक कृषि बजार निर्माण गर्ने योजना अगाडि सारेको र नगदेबाली उत्पादनमा बजेटले जोड दिएको उल्लेख गरे ।… Continue reading भूमिनीति ल्याइँदै 

धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान

काँकडभिट्टा, असार २४ भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित रु एक लाख एक हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद… Continue reading धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान

चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

चितवन, असार २४ नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र… Continue reading चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी

काठमाडौँ, असार २४ सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल… Continue reading सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी

अबैध मदिरा बरामद

विराटनगर,असार २४ प्रहरीले विराटनगर महानगरपालिका ८ बाट अवैध मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले बिहिबार चेकजाँचकाक्रममा अवैध घरेलु मदिरा बेच्ने होटल तथा भट्टी पसलहरुबाट ६० लिटर घरेलु मदिरा तथा बिना ईजाजत विक्रि वितरण गर्ने पसलबाट दुई कार्टुन सोफी ब्रान्डको मदिरा बरामद गरेको हो। बरामद मदिरा शुक्रबार आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय विराटनगरमा… Continue reading अबैध मदिरा बरामद

लागुऔषधसहित दुई पक्राउ

मोरङ, असार २४ मोरङको विराटनगरबाट प्रहरीले शुक्रबार लागुऔषधसहित दुइ युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरीले डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल तथा एभिल ३० एम्पुल सहित नियन्त्रणमा विराटनगर–१२ रोडशेष चौकबाट उनीहरुलाई पक्राउ गरेका हुन। पक्राउ पर्नेमा सुनसरी धरान उमनपा १५ बस्ने बर्ष ३२ को सनम तामाङ र सोही ठाउँ बस्ने… Continue reading लागुऔषधसहित दुई पक्राउ