३० कार्तिक,एजेन्सी । श्रीलंकाको उच्च अदालतले देशका भूतपूर्व राष्ट्रपति गोटाबय राजपक्ष र उनका दाजु महिन्द राजपक्ष सहित अन्य १३ जना नेताहरू देशले बेहोरेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको फैसला सुनाएको छ । तिनीहरूले “चालेका कदम, नगरिदिएका काम र देखाएका व्यवहार” का देशमा सङ्कट आएको उक्त फैसलामा भनिएको बीबीसीले जनाएको छ । सन् २०२२… Continue reading श्रीलंकाका राजपक्ष दाजुभाई दोषी ठहर
Category: समाचार
क्रिकेटका भगवान ! सचिन भन्दा अघि बढे विराट
३० कार्तिक, एजेन्सी । छिमेकी राष्ट्र भारतमा अहिले विश्व क्रिकेटको महाकुम्भ एकदिवसीय विश्वकप क्रिकेट जारी छ । जारी विश्वकपमा विभिन्न कीर्तिमान बनेका छन् । ती कीर्तिमानमध्ये बुधबार भारतीय पूर्वकप्तान विराट कोहलीले आफ्नो नाममा रहेको सर्वाधिक एक दिवशीय अन्तर्राष्ट्रिय शतकको कीर्तिमान तोडेको यसको सर्वत्र चर्चा भईरहेको छ । एकदिवशीय विश्वकपको सेमिफाइनलमा बुधवार न्युजिल्यान्डविरुद्ध कोहलीले शतक पुरा… Continue reading क्रिकेटका भगवान ! सचिन भन्दा अघि बढे विराट
चारदेशीय टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार
३० कार्तिक, एजेन्सी । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टीम हङकङसँग ९ विकेटको लज्जास्पद हारसँगै नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो । नेपाल यसअघि तान्जानियासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ भने फाइनलमा पुगेको छ । अब नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका… Continue reading चारदेशीय टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार
निर्माता र निर्देशकले नै किन रोके ‘दिमाग खराब’को प्रर्दशन ?
३० कार्तिक, काठमाण्डौ । विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’ चलचित्रको प्रदर्शनी रोक्ने घोषणा गरेका छन्। निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो। ‘कात्तिक २४ देखि नेपाली चलचित्र… Continue reading निर्माता र निर्देशकले नै किन रोके ‘दिमाग खराब’को प्रर्दशन ?
६ वर्षपछि Biden ले गरे xi को भव्य स्वागत, के–के भयो सहमति ?
३० कार्तिक,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच अमेरिकामा भेटवार्ता भएको छ । सो क्रममा चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना लगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् । साथै लागुऔषधको तस्करी तथा आर्टिफिसियल इन्टेलिजेन्सको तनाव कम गर्ने बारेमा पनि दुई शीर्ष नेताबीचको भेटमा कुराकानी भएको छ ।… Continue reading ६ वर्षपछि Biden ले गरे xi को भव्य स्वागत, के–के भयो सहमति ?
पानीमा डुब्यो केन्या, हजारौं विस्थापित , थप बाढीको चेतावनी
३० कार्तिक, एजेन्सी । केन्यामा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीले ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिक विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे… Continue reading पानीमा डुब्यो केन्या, हजारौं विस्थापित , थप बाढीको चेतावनी
बाँकेको बोरा गोदाममा आगलागी बाट ४० लाखको क्षति
२९ कात्तिक, काठमाडौं । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा गए राति आगलागी भएको हो ।राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री… Continue reading बाँकेको बोरा गोदाममा आगलागी बाट ४० लाखको क्षति
ललितपुरबाट झन्डै १७ लाख रूपैयाँसहित आठ जुवाडे पक्राउ
२९ कात्तिक, काठमाडौं । मंगलबार ललितपुरमा जुवा खेल्ने आठ जनालाई झन्डै १७ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार जुवा खेल्ने आठ जनालाई वडा नम्बर १५ स्थित क्लासिक टावरको ब्लक ए को १६ औं तलाबाट पक्राउ गरिएको हो।उनीहरूका साथबाट प्रहरीले १६ लाख ८२ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको… Continue reading ललितपुरबाट झन्डै १७ लाख रूपैयाँसहित आठ जुवाडे पक्राउ
नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित
२९ कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी -२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६/५ ओभरमा ८८ रनमा अल आउट भएको हो ।नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन्… Continue reading नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
२९ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् ।राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि… Continue reading राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
टिकटक बारे रविकै अघि प्रचण्डले झुट बोले
२८ कार्तिक,काठमाण्डौ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयको समर्थन र विरोधमा प्रष्टसँग दुई धार देखिइरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई सत्य मान्ने हो भने शीर्ष नेतृत्व तहमा नेताहरुबीच सहमति भएर टिकटक बन्द गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएपछि… Continue reading टिकटक बारे रविकै अघि प्रचण्डले झुट बोले
गाजाका अस्पतालहरु चिहान बने, यूएनले काम गर्न नसक्ने
२८ कार्तिक,एजेन्सी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताएअनुसार इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ । ’गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन,’ एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले एक्समा लेखेका… Continue reading गाजाका अस्पतालहरु चिहान बने, यूएनले काम गर्न नसक्ने
चीनमा जापानी जासुसीको जगजगी, १७ जना जेलमा
२८ कार्तिक,एजेन्सी । चिनियाँ जेलमा १७ जापानी नागरिकहरु १२ वर्षका लागि थुनिएका छन् । उनीहरुमाथि जासुसी गरेको आरोप छ । चिनियाँ जेलमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोकियोका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार बताएका छन् । “हामीलाई थाहा छ चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२… Continue reading चीनमा जापानी जासुसीको जगजगी, १७ जना जेलमा
नेपालको रेलले किचेर भारतीय ठहरै
२८ कार्तिक,काठमाण्डौ । धनुषामा रेलले किचेर एक जनाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए… Continue reading नेपालको रेलले किचेर भारतीय ठहरै
नेपाल संवत् ११४४ सुरु, कसरी सुरु भयो नेपाल संवत् ?
१८ कार्तिक, काठमाण्डौ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को… Continue reading नेपाल संवत् ११४४ सुरु, कसरी सुरु भयो नेपाल संवत् ?
कांग्रेस सरकार टिकटक बन्द गर्ने, गगन थापा विरोध गर्ने ,रवि भए आगो
२७ कार्तिक, काठमाण्डौ । सरकारले आजैबाट चर्चित सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा सामाजिक संजालमै अभिब्यक्तिहरु आइरहेका छन् । सरकार अचानक आजैबाट टिकटक बन्द गर्ने गरी मन्त्रिपषिद् बैठकबाट निर्णय गरेर यसको कार्यान्वयनका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरिसकेका छ । तर सरकारको निर्णयको सत्तारुढ दलकै प्रभावशाली नेताहरुबाट विरोध भएपछि प्रतिपक्ष… Continue reading कांग्रेस सरकार टिकटक बन्द गर्ने, गगन थापा विरोध गर्ने ,रवि भए आगो
भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना
२७ कार्तिक, काठमाण्डौ । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । सांसद विकास… Continue reading भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना
विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा /ग्लेन म्याक्सवेल र मिचेल मार्स हाई स्कोरर
२७ कार्तिक, एजेन्सी । घरेलु टोली भारत जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो… Continue reading विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यानको दबदबा /ग्लेन म्याक्सवेल र मिचेल मार्स हाई स्कोरर
टिकटक अब नेपालमा नचल्ने, सरकारले किन बन्द गर्याे ?
२७ कार्तिक,काठमाण्डौ । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने… Continue reading टिकटक अब नेपालमा नचल्ने, सरकारले किन बन्द गर्याे ?
टिकटक बन्द गर्ने देश कुन–कुन हुन् ?
२७ कार्तिक, काठमाण्डौ । टिकटक एक सोसल मिडिया एप्लिकेसन हो ।जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो बनाएर शेयर गर्न सक्दछन् । बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा… Continue reading टिकटक बन्द गर्ने देश कुन–कुन हुन् ?
ईपिएलमा ८ गोलको बराबरी /लिभरपुल दोस्रो स्थानमा उक्लियो
२७ कार्तिक, काठमाण्डौ । आइतबार इंग्लिस प्रिमियर लिग इतिहासकै एक उत्कृष्ट रोमाञ्चक खेल भयो । जसमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गर्दा कुल ८ गोलको वर्षा भयो । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४–४ को बराबरीमा टुङ्गिएको थियो । कोल पाल्मरले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा चेल्सीका लागि पेनाल्टीबाट गोल गरेपछि खेल… Continue reading ईपिएलमा ८ गोलको बराबरी /लिभरपुल दोस्रो स्थानमा उक्लियो
कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?
२७ कार्तिक, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली… Continue reading कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?
सुदूरसरकारले दीपेन्द्र, विनोद र सन्दीपले पाए लाखौंको पुरस्कार सहित सम्मान गर्ने
२७ कार्तिक, काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जनालाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी–२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच÷पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । शाहले दोस्रो किसान सहकारी लम्की… Continue reading सुदूरसरकारले दीपेन्द्र, विनोद र सन्दीपले पाए लाखौंको पुरस्कार सहित सम्मान गर्ने
दोस्रो पटक भेट गर्दै बाइडेन र सी, के होला कुरा ?
२५ कार्तिक ,एजेन्सी । अमेरिका र चीनका राष्ट्रपतिबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट आयोजना गर्दैछ । सोही सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका जाँदैछन् । सोही क्रममा १५ नोभेम्बरमा जो बाइडेन र सीबीच भेट बताइएको… Continue reading दोस्रो पटक भेट गर्दै बाइडेन र सी, के होला कुरा ?
पश्चिमी वायुले कहाँ गराउदै छ वर्षा ?
२५ कार्तिक ,काठमाण्डौ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज केही क्षेत्रमा बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का… Continue reading पश्चिमी वायुले कहाँ गराउदै छ वर्षा ?
मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले राखे विश्व किर्तिमान
२५ कार्तिक ,काठमाण्डौ । नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । लेखकसमेत रहेका उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा… Continue reading मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले राखे विश्व किर्तिमान
हमास र इजरायलबीच वार्ता सुरु
२५ कार्तिक ,एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा वार्ता सुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुई वटा प्रस्तावहरूमा वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ । सो समाचार अनुसार पहिलो चरणमा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना… Continue reading हमास र इजरायलबीच वार्ता सुरु
अब सामाजिक संजालमा बोल्दा र लेख्दा होस् पुर्याउनु
२५ कार्तिक, काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका–२०८० पारित गरेको छ। सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको हो। पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको हो। निर्देशिका पछि अब सरकारले फेसबुक, टिकटक,… Continue reading अब सामाजिक संजालमा बोल्दा र लेख्दा होस् पुर्याउनु
रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?
२५ कार्तिक, काठमाण्डौ । गत असोज महिनामा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको… Continue reading रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?
काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
२५ कार्तिक, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाभित्र यो पटक तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । ‘विगतको वर्षहरूमा कोभिडको कारण… Continue reading काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
जसले रोबोटको परीक्षण गरे रोबोटले उसैको ज्यान लियो
२५ कार्तिक, एजेन्सी । दक्षिण कोरियामा रोबोटले एक जनाको ज्यान लिएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको ज्यान लिएको हो । खोर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’… Continue reading जसले रोबोटको परीक्षण गरे रोबोटले उसैको ज्यान लियो
नेपाली ह्याकरले जिते २ करोड १२ लाख
२५ कार्तिक, काठमाण्डौ । नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराएको हो । योसँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार पाएको छ । यसअघि क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई… Continue reading नेपाली ह्याकरले जिते २ करोड १२ लाख
गजामा इजरायलको दैनिक ४ घण्टा युद्धविराम
२४ कार्तिक, एजेन्सी । अमेरिकी पहलमा इजरायलले गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएकोे छ । युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने छ । उनले भने, ’हामीलाई इजरायलले युद्धविरामको अवधिमा यी क्षेत्रमा कुनै पनि सैन्य गतिविधि नहुने बताएको छ । ’… Continue reading गजामा इजरायलको दैनिक ४ घण्टा युद्धविराम
कोप–२८ कालागि प्रधानमन्त्री प्रचण्ड युएई जाने
२४ कार्तिक, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो । त्यसका… Continue reading कोप–२८ कालागि प्रधानमन्त्री प्रचण्ड युएई जाने
आज सुन–चाँदीको मूल्यमा वृद्धी , कतिमा हुँदैछ कारोबार ?
२४ कात्तिक,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ नै बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading आज सुन–चाँदीको मूल्यमा वृद्धी , कतिमा हुँदैछ कारोबार ?
नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया
२२ कार्तिक,काठमाण्डौ । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी उक्त जानकारी दिएका हुन् । नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै… Continue reading नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया
अस्ट्रेलियाली इन्टरनेट र फोनमा रहस्यमय गडबडी
२२ कार्तिक ,एजेन्सी । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही… Continue reading अस्ट्रेलियाली इन्टरनेट र फोनमा रहस्यमय गडबडी
आज नेप्सेमा ५.१७ अंकको वृद्धि
२२ कार्तिक, काठमाण्डौ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ ।दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ । ७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर… Continue reading आज नेप्सेमा ५.१७ अंकको वृद्धि
पोखराको लेकसाइडमा अब २४ सै घन्टा व्यापार
२२ कार्तिक, काठमाण्डौ । पोखराको पर्यटकहरुको लागि मुख्य केन्द्र मानिने लेकसाइड क्षेत्रका व्यापार व्यवसाय अब २४ सै घन्टा खुल्ने भएका छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको… Continue reading पोखराको लेकसाइडमा अब २४ सै घन्टा व्यापार
एउटा मखमली मालाको मूल्य कति पर्छ ?
२२ कार्तिक, काठमाण्डौ । मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री… Continue reading एउटा मखमली मालाको मूल्य कति पर्छ ?
हनी सिंहले १२ वर्षको वैवाहिक सम्बन्ध टुंग्याए,कारण हिंसा
२२ कार्तिक,एजेन्सी । भारतीय ¥यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेदलाई अनुमति दिएको हो। साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो। सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले… Continue reading हनी सिंहले १२ वर्षको वैवाहिक सम्बन्ध टुंग्याए,कारण हिंसा
आज सुनचाँदीको मूल्यमा गिरावट
२२ कार्तिक ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।आज छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन… Continue reading आज सुनचाँदीको मूल्यमा गिरावट
विश्वकप पुगेका क्रिकेटरलाई १३–१३ लाख पुरस्कार
२१ कर्तिक, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो… Continue reading विश्वकप पुगेका क्रिकेटरलाई १३–१३ लाख पुरस्कार
विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी
२१ कार्तिक,विराटनगर । शैक्षिक सत्र २०७६/ ७७ मा स्नातक तह बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको चौथो वर्षको नतिजा प्रकाशित भएको छ । उक्त नतिजामा विराटनगरस्थित विराट क्याम्पसका छात्र सञ्जय गुप्ताले नेपाल टप गरेको दाबी गरिएको छ । उनले एफआईएन २५०ः९०, एफआईएन २५२ः८४, एफआईएन २५३ः८५, एमजीटी २२०ः६०, एमजीटी २२१:४३, एमजीटी ४०१ः४४ गरी जम्मा : ४०६… Continue reading विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी
आरती साह प्रकरणमा एसपी बाधक! गृहको हस्तक्षेप
२१ कार्तिक, काठमाण्डौ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा लामो समयदेखि न्यायका लागि उनका माइती पक्ष आन्दोलनरत रहेको अवस्थामा गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई ५ महिनापछि वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ । गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत… Continue reading आरती साह प्रकरणमा एसपी बाधक! गृहको हस्तक्षेप
अर्नाले क्रिकेटरलाई दियो ४२ लाख पुरस्कार / कुन खेलाडीले कति जिते ?
२१ कार्तिक, काठमाण्डौ । नेपाललाई विश्व कप क्रिकेटसम्म पुर्याउनका लागि खेलाडीलाई प्रोत्साहन स्वरुप विश्वकप छनोटका खेलमा विभिन्न प्रावधानसहित पुरस्कार घोषणा गरेको अर्ना वियरले टी–२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । सोमबार साझ आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार खेलाडीहरुलाई विरतरण… Continue reading अर्नाले क्रिकेटरलाई दियो ४२ लाख पुरस्कार / कुन खेलाडीले कति जिते ?
गौतमबुद्ध रंगशाला बन्ने पक्का ,टियूमा फ्लड लाइट जडान हुने
२१ कार्तिक,काठमाण्डौ । नेपाल टी २० विश्वकप छनोटमा उपविजेता बन्दै आगामी वर्ष हुने विश्वकपका लागि छनोट भएपछि समग्र खेल जगत नै उत्साहित बनिरहेका बेला क्रिकेटका लागि दुई महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएका छन् । खेलाडीहरुसहित क्रिकेटका सरोकारवाला निकायहरुबाट सेवासुविधासहित खेल पूर्वाधारहरुमा सुधार गर्नुपर्ने जोडदार आवाज उठिरहेका बेला सरकारले पूर्वघोषित योजना अनुरुप नै नेपालको प्रमुख अन्तराष्ट्रिय क्रिकेट… Continue reading गौतमबुद्ध रंगशाला बन्ने पक्का ,टियूमा फ्लड लाइट जडान हुने
आज नेप्सेमा दोहोरो अंकको वृद्धी,झन्डै अर्बको कारोबार
२१ काार्तिक,काठमाण्डौ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा उक्लिन पुगेको हो ।यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ ।… Continue reading आज नेप्सेमा दोहोरो अंकको वृद्धी,झन्डै अर्बको कारोबार
‘डिपफेक’ भिडियोले हैरान ‘पुष्पा’ अभिनेत्री रश्मिका
२१ काार्तिक, एजेन्सी । बलिउड अभिनेत्री तथा दक्षिण भारतीय चर्चित चलचित्र ‘पुष्पा’बाट अधिक चर्चा पाएकी अभिनेत्री रश्मिका मन्दनाको जस्तै देखिने भिडियो भाइरल बनेपछि यसको चर्चाले बलिउड समेत तातेको छ । रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभ बच्चनले यसविरुद्ध कानुनी कारवाहीको माग गरेका छन् । इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी… Continue reading ‘डिपफेक’ भिडियोले हैरान ‘पुष्पा’ अभिनेत्री रश्मिका
आज सुनचाँदीको भाउमा सामान्य गिरावट
२१ कात्तिक , काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प
२० कार्तिक,काठमाण्डौ । जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर… Continue reading फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प
दुर्घटनामा परेको कारमा कस्ले गर्यो आगजनी ?
२० कार्तिक ,विराटनगर । इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिए । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार… Continue reading दुर्घटनामा परेको कारमा कस्ले गर्यो आगजनी ?
राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित
२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए। उनले भने ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन… Continue reading राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित
आज नेप्सेमा २१.३० अंकको वृद्धी
२० कार्तिक,काठमाण्डौ । सोमबार २१.३० अंकले बजार बढेको छ। अघिल्लो दिन नेप्से परिसूचक २१.४६ अंकले घटेको थियो।नेप्से बढेपनि लगानीकर्तामा अझै पनि बजारको वृद्धिलाई लिएर अन्यौल रहेको देखिन्छ।यसकारण कारोबार रकम भने बढ्न सकेन। अघिल्लो दिन ९७ करोड २३ लाख ६७ हजार २७८ रूपैयाँको कारोबार भएकोमा आज ९३ करोड ८९ लाख २९ हजार ४० रूपैयाँको सेयर कारोबार… Continue reading आज नेप्सेमा २१.३० अंकको वृद्धी
चोरबाटो हुँदै अमेरिका घुस्ने ९७ हजार भारतीय पक्राउ
२० कार्तिक,एजेन्सी । गैरकानुनी रूपमा चोरबाटो हुँदै अमेरिकी सीमा पार गर्ने क्रममा पक्राउ परेका भारतीयहरूको संख्या पछिल्लो वर्षको तुलनामा यस वर्ष पाँच गुणाले बढेको छ । अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ को बीचमा करिब ९६ हजार ९१७ भारतीय अवैध रूपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेको पीटीआई समाचार संस्थाले जनाएको छ । जुन सन् अक्टोबर २०२१… Continue reading चोरबाटो हुँदै अमेरिका घुस्ने ९७ हजार भारतीय पक्राउ
श्रीलंका क्रिकेटमा भाँडभैलो,बोर्ड नै बर्खास्त
२० कार्तिक,एजेन्सी । विश्वकपमा भारतसँगको लज्जाजनक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको… Continue reading श्रीलंका क्रिकेटमा भाँडभैलो,बोर्ड नै बर्खास्त
बालेनको महानगरवासीको दुःख मेट्ने अभियान सुरु
२० कार्तिक , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ नारासहित महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि सो योजना कार्यान्वयनमा ल्याएको बताएका छन् । यो योजनाको उद्धेश्य महानगरका सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने रहेको उनले बताएका छन्।… Continue reading बालेनको महानगरवासीको दुःख मेट्ने अभियान सुरु
कोशीमा प्रतिपक्षमा बसेर सरकारलाई सघाउने एमालेको कस्तो नीति ?
२० कार्तिक , काठमाण्डौ । कोशी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमालेसंगको सहमति विपरित कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि शनिबार एमालेका मन्त्री राम रानाले राजीनामा दिएका थिए । त्यसअघि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । सोमबार बसेको संसदीय दलको बैठकले भने… Continue reading कोशीमा प्रतिपक्षमा बसेर सरकारलाई सघाउने एमालेको कस्तो नीति ?
आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
आजदेखि दर्ता नभएका मोबाइल नचल्ने मोवाइल दर्ता छ कि छैन् ?कसरी थाहा पाउँने ? २० कार्तिक,काठमाण्डौ । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले यो नियम प्रणाली लागू गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस… Continue reading आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
भूकम्प पीडितलाई कसरी सहयोग गर्ने ? केमा रकम जम्मा गर्ने ?
२० कार्तिक,काठमाण्डौ । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गरी भूकम्प पीडितको राहतका लागि सहयोग गर्न आग्रह गरेको हो । कार्यालयले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न भनेको छ । ‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न… Continue reading भूकम्प पीडितलाई कसरी सहयोग गर्ने ? केमा रकम जम्मा गर्ने ?
आज सुनको मूल्य घट्दा चाँदीको स्थिर
२० कार्तिक, काठमाण्डौ । सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो आइतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले कम हो। आइतबार सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला… Continue reading आज सुनको मूल्य घट्दा चाँदीको स्थिर